Ahead of Anthropic’s IPO, a rare coalition across AI safety, open source, e/acc, science, and law has signed the MisAnthropic Statement. Read the statement or sign at: misanthropicstatement.com
Baburam Bhattarai
Baburam Bhattarai (born 18 June 1954), also known by his nom de guerre Laaldhwoj, is a Nepalese politician and architect who served as the Prime Minister of Nepal from 2011 to 2013. He currently is serving as the leader of the Pragatisheel Loktantrik Party. More on Wikipedia
-
Baburam Bhattarai reposted
Center for AI Safety
@CAIS
-
Baburam Bhattarai
@brb1954
My 5-point suggestions for further enhancing Nepal-India friendly relations on the eve of upcoming state visit of PM Balendra Shah to India.
@ShahBalen @PMOIndia
kathmandupost.com/national/2026/11/15/bhattarai-urges-pri… -
Baburam Bhattarai
@brb1954
वैदेशिक रोजगारीमा वाध्यतावश जानु परेका बुबाको न्यानो काख पर्खिरहेका यी अबोध गाउँले नानी-बाबुहरू!
एकातिर, परम्परागत निर्वाहमुखी कृषिप्रणाली धरासायी बन्दै जानु र अर्कोतिर देशभित्र औद्योगीकरणको प्रक्रिया समेत लामो समयदेखि अबरूद्ध हुनुले श्रम निर्यात र वस्तु आयातको दुष्चक्रमा देश उम्कनै नसक्ने गरी फस्दै गएको छ!
अतः यी कलिला नानी-बाबुहरूको जन्मसिद्ध मौलिक अधिकारलाई ध्यान दिंदै देशभित्रै पर्याप्त उत्पादनमूलक रोजगारी सिर्जना गर्ने कुरालाई केन्द्रमा राखेर संघीय सरकारले एकीकृत नीति तथा योजना बनाओस् र सबै तहका सरकारले तदनुरूप कार्यान्वयन् गरून्!
यो भन्दा ठूलो र सही आर्थिक विकासको मोडेल/फर्मूला वर्तमान नेपालको सन्दर्भमा अर्को छँदैछैन!
#ruraleconomy #developmentpolicy #outmigration #childrenrights #balenshah #swarnimwagle -
Baburam Bhattarai
@brb1954
प्र म बालेन्द्र शाहको आसन्न भारतभ्रमणको सन्दर्भमा नेपालले ध्यान दिनुपर्ने दीर्घकालीन र तत्कालीन महत्वका बिषयहरूबारे मेरा सुझाव - कान्तिपुर दैनिकसंगको कुराकानी!
#nepalindiarelations #balenshah #shishirkhanal #pmo
Kantipur
@ekantipur_com
‘भारतसँगको व्यापार घाटा घटाउँदा मात्रै सही अर्थमा स्वाधीन र सम्पन्न मुलुक बन्न सक्छौं’
–अन्तर्राष्ट्रिय सम्बन्धलाई ठीक ट्र्याकमा नल्याएसम्म अहिलेको युगमा आफ्नो देशको स्वाधीनताको रक्षा, विकास र समृद्धि सम्भव हुँदैन । यस अर्थमा, प्रधानमन्त्रीको शैली र स्वभाव फरक भए पनि त्यसले देशको परराष्ट्र नीतिसम्बन्धी निर्णयलाई प्रभावित गर्नु हुँदैन । नत्र खतरनाक स्थिति आउन सक्छ, देशको अहित हुन सक्छ । कान्तिपुरका किशोर दहाल र सुदीप कैनले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग गरेको कुराकानी:
ekantipur.com/Interview/2026/11/14/only-by-correcting-the… -
Baburam Bhattarai
@brb1954
काठमाण्डौं-हेटौंडा सडकमार्गमा पुनः अर्को सवारी दुर्घटनामा सर्लाहीको एउटै गाउँका १४ जनाको मृत्यु र अरू ६ जना घाइते हुनु अत्यन्त दुःखद छ।
परन्तु अब यस्ता घटनाहरूलाई 'दुर्घटना' मात्र भनेर पुग्दैन। यी घटनाहरू हाम्रो देशका 'घुम्ने मेचमाथिका अन्धा मान्छे' (शब्द सापटी भूपि शेरचन!)-हरूका संगठित अपराधका घृणित नमूना हुन्।
इतिहास साक्षी छ, आधुनिक नेपाल राज्य बने यता पर्सा- मकवानपुर - काठमाण्डौ कोरिडोर नै नेपालको सबभन्दा बढी आवतजावत गर्ने मार्ग हो।
त्यसैले यो कोरिडोरमा पहिले त्रिभुवन राजपथ (बोलिचालीमा 'बाइरोडको बाटो'!) र पछि कान्ति राजपथ, भीमफेदी-बल्खु मार्ग, कुलेखानी-थानकोट मार्ग आदि टुक्राटुक्रामा बन्दै आएका हुन्। सुरूंग मार्गको कुरा पनि पटकपटक उठेको तर कहिल्यै नबनेको कटुसत्य हो।
एउटा शहरी तथा क्षेत्रीय विकास योजना (Urban and Regional Development Planning)- को विद्यार्थीको नाताले मैले आफ्नो छोटो राष्ट्रिय जिम्मेवारीको कालमा आगामी दिनमा राजधानी काठमाण्डौलाई सबभन्दा बढी जनसंख्या वसोवास गर्ने तराई-मधेश र पछिसम्म पनि ठूलो औद्योगिक र व्यापारिक क्षेत्र रहिरहने हेटौंडा-वीरगंज कोरिडोरसंग जोड्ने यातायात मार्गलाई सर्वोच्च प्राथमिकता दिनुपर्छ भन्ने अवधारणा अघि सारेको हुँ।
त्यसैले मैले १७ वटा ठूला पूर्वाधार आयोजनाहरूलाई 'राष्ट्रिय गौरवका आयोजना' किटान गरेर तीमध्ये एक नम्बरमा काठमाण्डौ-तराई/मधेस फाष्टट्र्याक र निजगढ अन्तर्राष्ट्रिय एयरपोर्टलाई राखेर निर्माणकार्य अघि बढाएको हुँ।
साथै फाष्टट्र्याक बन्न केही समय लाग्न सक्ने र हेटौंडा पश्चिममको ट्राफिकको पनि चाप पर्न सक्ने भएकाले भिमफेदी नजिकबाट अर्को सुरूंग मार्गले पनि जोड्ने योजना बनाएर क्याबिनेटबाट निर्णय समेत गरेको हुँ।
तर म 'ताक्छु मुढो,बञ्चरो ताक्छ घुँडो' भने झैं त्यसपछि के भयो र किन अहिलेसम्म जनताले अनाहकमा ज्यान फाल्नु परिरहेछ इतिहासले एकदिन अवश्य मूल्यांकन गर्नेछ!
नयाँ युवाहरूको सरकारले यो इतिहासको समीक्षा गरोस् र आवश्यक पहल गरोस्!
#katmanduteraifasttrack #kathmanduhetaudatunnel #balenshah -
Baburam Bhattarai
@brb1954
Yes, this practice of animal puja is definitely praiseworthy of our culture and I wish the whole world could emulate it.
Paradoxically, we also have the obnoxious practice of untouchability within human beings, and don't allow the so-called Dalits to enter the temples or houses of the self-proclaimed upper castes.
I wish the secular and enlightened forces of our Sub-Continent would unite to 'annihilate caste system' root and barrel, as B.R.Ambedkar so rightly called upon nearly a century ago.
Mahua Moitra
@MahuaMoitra
Instead of behaving like savages & bursting loud crackers that terrify animals how about we learn from our neighbour Nepal on how we can actually do puja…
Love you Nepal for this… -
Baburam Bhattarai
@brb1954
तिहारको समयमा, एकातिर, प्रकृतिले सिर्जना गरेका विभिन्न पशुपन्छीहरूको सम्मानपूर्वक पूजा गरेको देख्दा हाम्रो परम्परागत संस्कृतिप्रति गौरवको अनुभूति हुन्छ भने, अर्कोतिर, २०० बढी दिनदेखि दलित विभेद विरुद्ध माइतीघर मण्डलमा सत्याग्रहरत दीपा नेपालीलाई भेट्दा र अगुवा दलित अधिकारकर्मी प्रदिप परियारको हालै प्रकाशित पुस्तक ' सियोधागो: समानताहेतु सङ्घर्ष ' पढ्दा हाम्रो परम्पराभित्रको जातपातजन्य विभेदको अमानवीय कुप्रथा र कलंकप्रति लज्जाबोध हुन्छ!
हाम्रो संविधानले "सबै प्रकारका छुवाछुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून वमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ" ( धारा-२४(५) ) भनेर स्पष्ट किटान गरिसकेको सन्दर्भमा संबिधानका प्रावधानहरूलाई कडाइपूर्वक कार्यान्वयन गर्न दलितसम्बन्धी एउटा बलियो छाता ऐन नै बनाएर हाम्रो निधारमा युगौंदेखि लाग्दै आएको कलंक सदाकोनिम्ति अन्त्य गर्ने कार्यमा ढिलाइ किन?
देशविदेशमा पढेर,घुमेर आएका शिक्षित युवाहरूको बाहुल्य रहेको झण्डै दुइतिहाइ बहुमत प्राप्त सरकारले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने?
#annihilatecaste #balenshah #rabilamichhane #rastriyaswatantraparty #deepanepali #pradippariyar -
Baburam Bhattarai
@brb1954
देशजस्तै बहुसांस्कृतिक,बहुभाषिक,बहुभेषी हाम्रो परिवार!
नेपालसम्बत् 1147- न्हूँ दयाः भिन्तुना! -
Baburam Bhattarai
@brb1954
उत्तरी गोरखाको चुम-नुब्री गा पा हुँदै चीनको तिब्बत जोड्ने बेनीघाट-आरूघाट-लार्के (रुइला) सडक १८ बर्षसम्म पूरा हुन नसक्नु र क्षेत्रफलको हिसाबले देशकै चौथो र गण्डकी प्रदेशको सबभन्दा ठूलो पालिका सडकले जोडिन नसक्नु विडम्बनापूर्ण छ।
मैले अर्थमन्त्री छँदा २०६५/६६ को बजेट-बक्तब्यमार्फत् 'रातो किताब' मा राखेर शुरु गरेको यो ऐतिहासिक र रणनीतिक महत्वको १५४ कि मि लामो सडक अहिलेसम्म पूरा हुन नसक्दा मनांग/मुस्तांग जत्तिकै ठुलो यो हिमाली क्षेत्रका जनताले ठूलो सास्ती ब्यहोर्नु परिरहेको छ।
पछिल्लो बुढीगण्डकी मिनि-प्रलयपछि सडकको बनेको खण्ड पनि नष्ट हुँदा यो क्षेत्र झन् देशबाटै पूरै कटेजस्तो भएको छ।
साथै तल्लो भेगमा राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनाको निर्माणमा भइरहेको ढिलाइले न त डुवानमा पर्ने भनिएको दर्बुंगदेखि आर्खेतसम्मको सडकको स्तरोन्नति भएको छ न त्यो खण्डमा वैकल्पिक सडक नै बनेको छ।
परिणाम स्वरूप पूर्वी र उत्तरी गोरखाको समग्र विकासमा नै प्रतिकुल असर परेको छ।
अतः गोरखा जिल्ला भनिए पनि भौगोलिक-जातीय-भाषिक-सांस्कृतिक सबै हिसाबले फरक पहिचान भएको,मनास्लु संरक्षण क्षेत्र रहेको यो उत्तरी भूभागलाई नेपालको संविधानको धारा-५६(५) बमोजिम संघीय कानून बनाएर 'स्वायत्त क्षेत्र' कायम गर्न र बेनीघाट-आरूघाट-लार्के सडक युद्धस्तरमा पूरा गर्न वर्तमान युवाजोशयुक्त सरकारको प्राथमिकतापूर्ण ध्यान पुगोस्!
#chumnubri #sudangurung #swarnimwagle #sunillamsal #surendrapande #gorkhanepal #manasluconservationarea -
Baburam Bhattarai
@brb1954
This spirit of multi-culturalism and secularism is highly appreciable! Coming from a budding leader of the sole Super Power,the USA, means a lot for a more eqitable, inclusive, democratic, peaceful world order. Happy Tihar/Deepawali to you @NYCMayor and all the American people of different origins!
Mayor Zohran Kwame Mamdani
@NYCMayor
Tihar ko hardik shuvakamana!
As thousands of Nepali New Yorkers light diyas for Laxmi Puja and celebrate the bonds of Bhai Tika, may this Tihar bring you prosperity, peace, and the sense of belonging you deserve. -
Baburam Bhattarai
@brb1954
हार्दिक शुभकामना!
Happy Deepawali, Nepal Sambat 1147 and Chhath Parva!
#culturalfestivals #multiculturalnepal -
Baburam Bhattarai
@brb1954
नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टी वीचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रकोनिम्ति शुभसंकेत होइन।
स्मरण रहोस्, २००७ सालपछि कांग्रेसमा बिपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरीजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धी पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूह वीचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई कति नोक्सान भयो इतिहास साक्षी छ।
भनाइ पनि छ - History repeats because men repeat their mistakes. ( इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन्।)
जेन-जी विद्रोहको जगमा बनेको युवा वाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस्। बरू इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्!
#rabilamichhane #balenshah #rastriyaswatantraparty #democracy -
Baburam Bhattarai
@brb1954
देश 'यदुवंशी' बाटोमा नजाओस्!
'दशचोटि नाप्नू,एकचोटि काट्नू' भन्ने लोकोक्ति सत्तापक्ष र प्रतिपक्ष दुवैले स्मरण गरून्!
अंग्रेजीमा पनि भनाइ छ- 'The road to hell is paved with good intentions'. -
Baburam Bhattarai
@brb1954
Congratulations to the people of the USA for checking a dangerous drift towards global anarchy, wars, unpredictability in recent years and keeping democracy on track through the ballot box!
America can become and remain GREAT only in a more stable, equitable, sustainable and peaceful world!
#uselections #democracywins #nowar -
Baburam Bhattarai
@brb1954
२०० दिनदेखि दलितहरूमाथिको विविध क्षेत्रका संरचनात्मक विभेद र तत्काल जातपातको आधारमा डेरा नदिने प्रवृत्ति अन्त्यको माग सहित माइतीघर मण्डलमा एकल सत्याग्रह गरिरहेकी दीपा नेपालीप्रति ऐक्यबद्धता!
सरकारले तत्काल दीपासंग संवाद गरेर उनले प्रस्तुत गरेका ११-सूत्रीय मागहरू सम्बोधन गरोस् र नेपालको संविधान र कानून विपरित दलितहरूलाई डेरा नदिने लगायतका जातीय विभेदपूर्ण गतिविधि रोक्न र गर्नेलाई कडा दण्ड दिन बलियो कानूनी व्यवस्था गरोस्!
साथै केही नयाँ गरौं भन्ने जोश सहित गठित करिब दुइतिहाइ बहुमतप्राप्त वर्तमान सरकारले विगतका शासकहरूले गर्दै आएको आलटाललाई चिर्दै नेपालको संविधानको धारा-२४ को "छुवाछुत तथा भेदभाव विरूद्धको हक", धारा-४० को "दलितको हक" लगायतका दलित समुदायका मौलिक हक पूर्ण रूपले कार्यान्वयन गर्न आवश्यक कानूनहरू प्राथमिकताका साथ निर्माण गरोस्!
स्मरण रहोस्, ऐतिहासिक रूपले वर्ण-व्यवस्थाबाट निःसृत दलित समुदायमाथिको छुवाछुत र भेदभावजन्य व्यवहार एक्काइसौं शताब्दीमा मानवजातिमा कायम रहेको सबभन्दा ठूलो कलंक हो र यसलाई पूर्ण रूपले निमिट्यान्न पार्नु जेन-जी लगायतका नयाँ पुस्ताको अति जरूरी दायित्व र कार्यभार हो।
#annihilatecaste #balenshah #deepanepali -
Baburam Bhattarai
@brb1954
सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीशहरूवारे हालै सार्वजनिक भएका विषयमा विधिसम्मत ढंगले निष्पक्ष छानवीन गर्न र त्यसमा सघाउन तयार रहेको सर्वोच्च अदालतको पूर्ण बैठकको ५-बुँदे निर्णय सकारात्मक छ।
संविधानको सर्वोच्चता र कानूनी शासनको मुख्य पहरेदार रहेको र सुशासनको मूलद्वार रहेको सर्वोच्च अदालतबाटै शुद्धीकरण शुरू भयो भने राज्यका सबै अंग र तहमा व्यवहारतः सुशासन कायम गर्न सम्भव र सहज हुनेछ।
यसैलाई आधार बनाएर सरकारले अति आवश्यक भैसकेको राज्यको सबै अंगको संस्थागत शुद्धीकरण अभियान दृढतापूर्वक अघि बढाओस्।
वर्तमान सरकारबाट आम जनताको सबैभन्दा ठूलो अपेक्षा यही छ।
#pmo #goodgovernance #supremecourt -
Baburam Bhattarai
@brb1954
देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालय/प्रशासन/प्रहरी लगायतमा अस्तव्यस्तता,अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिंदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिंदो निराशा, आदिले देश ठुलो संकटतिर उन्मुख भैरहेको संकेत गर्छ!
अब कुनै पनि बहानामा देशले अस्थीरता र उथलपुथल थेग्न सक्दैसक्दैन!
सबै आआफ्नो क्षेत्रबाट गम्भीर बनौं!
सक्छौं, सकारात्मक योगदान गरौं! सक्दैनौं, नकारात्मक काम नगरौं! -
Baburam Bhattarai
@brb1954
Seti, the dog stranded in the recent Budhi-Gandaki River flash floods in Gorkha(Nepal), has been rescued by rafters after 20 days!
A poignant moment to reflect how mankind has paid back a part of the huge debt it owes to the oldest ally and buddy of humans! #animalrights -
Baburam Bhattarai
@brb1954
ChatGPT को सहयोगमा मैले परिकल्पना गरेको नेपालको आर्थिक उडान ( Economic Take-Off) को सांकेतिक मार्गचित्र!
कमसेकम दुइ दशक दुई अंकको आर्थिक बृद्धिदर र प्रतिबर्ष ८-१० लाख आन्तरिक रोजगारी सिर्जना गर्ने लक्ष्य सहित एकीकृत रणनीतिक योजना बनाएर कार्यान्वयन गरौं! अर्थतन्त्त्रले टेक-अफ गर्छ; समृद्ध नेपाल अवश्य बन्छ! नत्र भन्न सकिन्न!
@SwarnimWagle @PM_nepal_ -
Baburam Bhattarai
@brb1954
Congratulations and best wishes to President Luiz Inacio Lula da Silva on his fourth grand victory in the Presidential elections in Brazil!
This victory has special singnificance to the world in the face of rising tendency of ultra-right populism, fudamentalism and fascism in different countries. -
Baburam Bhattarai
@brb1954
Mary Gabriel लिखित चर्चित पुस्तक LOVE and CAPITAL: KARL AND JENNY MARX AND THE BIRTH OF A REVOLUTION हालै पढियो।
पहिले पढ्दापढ्दै जलेको किताब पुनः शुभचिन्तकहरूबाट प्राप्त गरेर दशैंको छेकोमा पढ्दा उकालोमा तिर्खाएको बटुवाले कुवाको पानी भेटे जस्तो अनुभूति भयो।
मेरो बुझाइमा अहिलेसम्मको मानव इतिहासमा भौतिक तथा प्रकृति विज्ञानको क्षेत्रका अगुवा चिन्तक अल्बर्ट आइन्स्टाइन् हुन् भने समाज तथा मानव विज्ञानको क्षेत्रका अगुवा चिन्तक कार्ल मार्क्स हुन्!
अतः यी दुई महान् व्यक्तित्वहरूले आफ्ना ती युगान्तकारी खोज र संश्लेषणहरू कुन ऐतिहासिक पृष्ठभूमिमा,कस्तो पारिवारिक र निजी जीवनको परिवेशमा, कस्ता कठिनाइ र विरोधहरूको सामना गरेर सम्पन्न गरेका थिए भन्ने बुझ्ने मेरो जीवनभरको जिज्ञाशा थियो।
केही महिना पहिले मैले उल्लेख गरे झैं Walter Isaacson को Einstein: His Life and Universe ले आइनस्टाइनबारे मेरो तिर्खा धेरै हदसम्म मेटाएको थियो भने Mary Gabriel को यो पुस्तकले मार्क्सबारे त्यसै गरेको छ।
यी दुइ महान् व्यक्तित्वहरूको जीवनीबाट सिक्नुपर्ने सबभन्दा महत्वपूर्ण पाठ अथवा मैले सिकेको पाठ चाहिं के हो भने जीवनका सबभन्दा महान् उपलब्धीहरू सत्यको खोज वा आफ्नो निर्दिष्ट लक्ष्यप्रतिको अविचल समर्पण, सबै बाधाव्यवधानसंग निरन्तर संघर्ष, यात्राका उतारचढावहरूमा असीम संयम् वा धैर्यबाट नै प्राप्त हुन्छन्।
यो Love and Capital को शीर्षकले नै बताएको थप पाठ के हो भने कसैको जीवनको सार्थकता र उपलब्धीमा उसका परिवार, विशेषतः दम्पत्ति, र निकटतम साथी/सहयोगीहरूको असाध्यै ठूलो भूमिका रहन्छ।
मार्क्सको सन्दर्भममा सहयोद्धा एंगेल्सको भूमिका त सबैले जानेबुझेकै कुरा हो, तर मार्क्सकी जीवनसंगिनी जेनी मार्क्सको भूमिका हामीले, कमसेकम मैले, बुझेको भन्दा धेरै महान् र उच्चकोटीको देखा पर्छ।
त्यसरी नै मार्क्सले आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण कृति CAPITAL (पूँजी) लेख्दा गर्नुपरेको संघर्ष, उन्नाइसौं शताब्दीको मध्य र उत्तरार्धमा यूरोप र अमेरिका केन्द्रित समाजवादी आन्दोलनमा मार्क्सले प्रत्यक्ष निर्वाह गरेको रोचक भूमिका, श्रमिक पार्टीहरू र गुट-उपगुटहरू वीचको दिक्दारीपूर्ण कचिंगल, पटकपटकको पार्टी गठन र बिघटनको शृंखला आदि वर्तमानकोनिम्ति पनि महत्वपूर्ण सन्दर्भ-सामाग्री बन्न सक्छन्।
अहिले चौथो/पाँचौं औद्योगिक क्रान्तिको वेला फ्रान्स लगायत यूरोपका विभिन्न देशमा भैरहेका जुझारू र हिंसात्मक आन्दोलनहरूले त्यति वेलाको त्यहाँको पहिलो/दोश्रो औद्योगिक क्रान्तिका श्रमिक विद्रोहहरूको झझल्को दिनु निकै रोचक र विडम्बनापूर्ण लाग्नसक्छ।
साथै पूरै पुस्तक पढिसक्दा मार्क्सलाई उनका अनुयायी दावी गर्नेहरूमध्ये कतिले निरपेक्ष 'शान्तिवादी' ठान्ने र अर्काथरिले निरपेक्ष 'हिंसावादी' ठान्ने दुवै प्रवृत्ति गलत रहेको प्रष्ट हुन्छ। मार्क्स तत्काल विद्यमान समय र स्थान सापेक्ष परिवर्तन र क्रान्तिको बाटोका पक्षधर थिए भन्ने नै प्रष्ट हुन्छ।
संगसंगै यस पुस्तकले मार्क्सलाई कुनै कमीकमजोरी नभएका काल्पनिक 'ईश्वर' हैन, मानवीय कमीकमजोरी सहितका एक युगीन मानव थिए भन्ने तथ्यसहित पुष्टी गर्छ!
त्यस अर्थमा मार्क्सका सन्तानहरूमध्ये अन्त्यमा हेलेन डेमुथबाट जन्मेका परित्यक्त छोरा फ्रेडेरिक डेमुथ ( १८५१-१९२९) मात्र एक जनाले रूसी बोल्सेभिक क्रान्ति देख्न पाए भन्ने पुस्तकको उद्घोषले सबैलाई भावुक बनाउँछ! @MaryGabriel55 -
Baburam Bhattarai
@brb1954
बालेन्द्र सरकारले हालै राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना अघि बढाउन बुढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गर्नु स्वागतयोग्य छ।
परन्तु हालैको भोटेकोशी/त्रिशुली र बुढीगण्डकीमा आएको हिम-चट्टान पहिरो निःशृत महाविपत्तिलाई वहाना बनाएर एउटा वृत्तबाट अब नेपालमा ठूला जलाशययुक्त परियोजना बनाउनै हुन्न भन्ने आवाज उठ्न थाल्नु विडम्बनापूर्ण छ।
यो त ठूलो भूकम्पपछि बहुतले भवनहरू बनाउनै हुन्न भनेजस्तो हास्यास्पद कुरा भएन र? नत्र सबभन्दा बढी भूकम्प गैरहने जापान लगायतका देशहरूमा बहुतले भवन किन र कसरी बन्दा हुन्?
अतः हालैको भोटेकोशी/त्रिशुली र बुढीगण्डकी प्रकरणले हामीलाई सिकाएको सबभन्दा महत्वपूर्ण पाठ भनेको अब उप्रान्त ठुला नदी जलाधार क्षेत्रको विकास एकीकृत विकास योजना बनाएर मात्र गर, असुरक्षित क्षेत्रमा मानव वस्ति र पूर्वाधार नबनाऊ, पूर्वाधार निर्माण गर्दा अधिकतम प्राकृतिक जोखिमको पूर्वानुमान गरेर जोखिमप्रतिरोधी संरचना बनाऊ, दिगो पर्यावरण संरक्षणमा विशेष ध्यान देऊ, आदि पो हुन् त!
त्यसैले मेरो पालामा बुढीगण्डकी राष्ट्रिय गौरवको परियोजना अघि बढाउँदा त्यसलाई एउटा जलविद्युत योजना मात्र नभएर जलाशययुक्त जलविद्युत, पर्यटन सहितको सेवा केन्द्र, पुनर्वास सहितको शहरीकरण,आधुनिक औद्योगिक केन्द्र, गोरखा हिमाल र गणेश हिमालसम्मको जलाधार पर्यावरण संरक्षण सहितको बहुउद्दश्यीय परियोजनाको रूपमा परिकल्पना गरिएको हो।
छुट्टै ऐनद्वारा संचालित हुने प्राधिकरणको अवधारणा त्यसैनिम्ति अघि सारिएको हो।
अहिले त्यसै क्षेत्रबाट सभामुख, अर्थमन्त्री, गृहमन्त्री लगायत उच्च पदाधिकारीहरू सत्तामा रहेको वेला बुढीगण्डकी विकास प्राधिकरणको विधेयक निर्माण गर्दा यो अहम् महत्वको विषयमा पर्याप्त ध्यान पुगोस्! -
Baburam Bhattarai
@brb1954
History is witness since 1789: people of France rebel against the rulers and the rest of the world follows!
Rulers of the world- BEWARE!
#franceprotest
Ashok Swain
@ashoswai
Only far right idiots brand the protests in France and other parts of Europe as Immigrants and Islamists movement. There is a genuine anger and helplessness among Europe’s youths as the political leaders have failed to deliver and spending money on war!
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
Glad to meet good old friend Ian Martin in Kathmandu, who served as Special Representative of the Secretary General of United Nations and Head of United Nations Mission in Nepal (UNMIN),2006-2009.
We discussed about the progress of peace process in Nepal and expressed concern over the still pending issues of Truth and Reconciliation Commission (TRC) and others.
I apprecited his positive role during his tenure in Nepal and wished that the international community would continue its support for the successful completion of the remaining work of TRC by the new government in Nepal. @UN @PM_nepal_ -
Baburam Bhattarai
@brb1954
स्वागतयोग्य वैचारिक बहस! वादे वादे जायते तत्वबोध!@TweetPRK
Setopati
@setopati
नेपालमा विचारधाराको बहस
@TweetPRK
www.setopati.com/opinion/400702 -
Baburam Bhattarai
@brb1954
बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन र पीडित जनतासंग सम्वाद गर्दा यो भोटेकोशी-त्रिशुली महाविपत्तिकै मिनि-संस्करण जस्तो लाग्यो!
शृंगी हिमाली चट्टानी पहिरोले बुढीगण्डकीको सहायक नदीको प्रवाह अबरूद्ध गरेर बिष्फोटन पश्चात तीव्र गतिमा चट्टान र लेदो सहित प्रवाहित हुंदा किनाराका पूरै बस्ती, पक्की पुल, झोलुंगेपुल,जलविद्युत निर्माण संरचना आदि ठूलो मात्रामा बगाएको/पुरेको देखियो।
अतः यसलाई गम्भीरतापूर्वक लिएर तत्काल उद्धार,राहत,पुनर्स्थापना र बगाएका पक्की पुलहरूको पुनर्निर्माण सहित बुढीगण्डकी करिडोरको एकीकृत विकास र हिमाली क्षेत्रको वातावरणीय संरक्षणमा ध्यान दिइयोस्।
साथै राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना र सामरिक महत्वको बेनीघाट-आरूघाट-रुइला भन्ज्यांग सडक निर्माणसंग पनि यसलाई तालमेल मिलाएर अघि बढाइयोस्! -
Baburam Bhattarai
@brb1954
युवा नेतृत्वको सरकारले हाम्रो राज्यको क्यान्सरको रूपमा मौलाएको उच्च तहका विचौलियाहरूको जालो च्यात्न गरेको प्रयास सराहनीय छ।
राजनीति, प्रशासन,न्यायालय,सुरक्षा अंग, बाह्य शक्तिकेन्द्र लगायतको सेटिंगमा हुने खरबौंको अपचलनले देशको अर्थतन्त्रलाई मात्र हैन हाम्रो समाजको नैतिक धरातललाई नै ध्वस्त पारेको छ।
त्यो माथिदेखि तलसम्म संस्थागत बन्दै गएको भ्रष्टाचारको जालो जरैदेखि नउखेली सुशासन सम्भवै छैन! सुशासन विना समृद्धिको नारा 'सम्धीको गफ' मात्र हुनेछ।
त्यसैले यो माथिबाट शुरू गरिएको अभियान तार्किक निष्कर्षसम्म पुर्याउन सूचना, कानून,अनुसन्धान,अभियोजन,मुद्दा फर्स्यौट लगायत सबै प्रक्रियागत क्षेत्रमा समेत पर्याप्त ध्यान पुगोस्!
कुनै प्रकारको दबाब सामुन्ने यो सरकार नझुकोस्! -
Baburam Bhattarai
@brb1954
दशैं-तिहारको मुखमा चीनतर्फका सबै नाका बन्द हुँदा नेपाल-चीन व्यापारमा ठूलो समस्या र नोक्सानी हुने स्वतःसिद्ध छ।
विकल्पमा मुस्तांगतर्फको कोरोला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने प्रस्ताव स्वागतयोग्य छ।
यसले भविष्यमा नेपाली अर्थतन्त्रलाई दुइ ठूला छिमेकी भारत र चीनको मूल्य-शृंखलासंग जोडेर 'गतिशील सेतु' बनाउन राम्रो आधार तयार गर्नसक्छ।
तीनवटै देशका नेतृत्ववीच राम्रो रणनीतिक समझदारी बनाउन हाम्रो युवा नेतृत्वले बेलैमा ध्यान देओस्! -
Baburam Bhattarai
@brb1954
मेरो जीवनका अनुभवमा आधारित वर्तमान सरकारलाई केही सुझाव! youtu.be/wiPYIiGEgtc
-
Baburam Bhattarai
@brb1954
सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एक पछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ!
हो, लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ!
तर, झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको कांक्रो चोर्दा पक्रिएर दण्डित हुने! अनि पेट भरिएको सुकिलामुकिलाले सबुत नछोडिकन भित्ता फोरेर हिरा चोर्दा प्रमाण नभेटिएर निर्दोष ठहर्ने ! हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने?
देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहलाई पहिले नष्ट नगरी सुशासन र समृद्धिको सही शुरूवात हुन्न है! -
Baburam Bhattarai
@brb1954
चोलेन्द्र प्रकरणबारे @Online_khabar यो विश्लेषण निकै रोचक साथसाथै तथ्यपरक रहेको प्रतीत हुन्छ।
भनिन्छ- 'तथ्यबाट सत्य खोज्नू' !
तथ्यबाट सत्यको निरूपण गरौं। लोकतन्त्रमा विधिसम्मत ढंगले सत्यलाई स्थापित गरौं!
'सत्य' र 'विधि' को सन्तुलन मिलाउन कठीन अवश्य हुन्छ!
वैकल्पिक राजनीति र युवा नेतृत्वबाट अहिले देश र संसारले खोजेको यही अन्तरविरोधको हल हो!
देशलाई अर्को अनिष्टतिर उन्मुख हुन नदिन सबै गम्भीर बनौं!
Onlinekhabar
@Online_khabar
चोलेन्द्र पक्राउ :
कुपण्डोलको शक्ति बाँसबारी सर्यो, बालेन टिमलाई झोक चल्यो
–चोलेन्द्रले रास्वपालाई ‘हाम्रो पार्टी’ भन्न थालिसकेका थिए, अनि आफूलाई भावी राष्ट्रपति । तर ‘आफ्नो पार्टीको भनिएको सरकार’ ले किन उनलाई समात्यो, किन यत्तिकै छोड्यो– त्यसको अन्तर्यचाहिँ बाहिर देखिएभन्दा फरक छ :
#onlinekhabar #cholendrasamserjabara
Full_Report– @krishnaktm
www.onlinekhabar.com/2026/09/2027135/kupandols-power-shif… -
Baburam Bhattarai
@brb1954
हिमाली महाविपत्ती/सुनामीको एक महिना पूरा हुँदा केही गम्भीर समस्याहरूले सरकारसामु मिथककी सुरसाले मुख बाएर बसे झैॅ बसेको प्रतीत हुन्छ।
पहिलो, छ हजार बढी ब्यक्तिहरू वेपत्ताकै अवस्थामा रहनु। यसले आफन्तजनहरूमा कति ठूलो पीडा र चोट परेको होला यसको कुनै अनुमान गर्न सकिन्न।
दोश्रो, घरवारविहीन भएर अस्थायी शिविर वा स्वव्यवस्थापना बस्नेहरूलाई छिटो पुनर्स्थापनाको खाँचो छ। अभिभावकविहीन बालबालिकाहरू र विद्यालय/कलेजबाट बन्चितहरूलाई तुरून्तै नियमित पठनपाठनको व्यवस्था गर्नुपर्नेछ।
तेश्रो, मुख्यतः रसुवा,नुवाकोट र धादिंगका ध्वस्त भएका रणनीतिक पूर्वाधारहरू युद्धस्तरमा पुनर्निर्माण गरेर त्यहाँको जनजीवन र अर्थतन्त्रलाई पुनर्संचालन गर्ने कार्य ठुलै महाभारत जितेजस्तो हुनेछ।
चौथो, सम्पत्ति,व्यवसाय,रोजगार गुमाएकाहरूलाई राज्यले विशेष आर्थिक,वित्तीय प्याकेज ल्याएर सहयोग गर्नैपर्ने अवस्था छ।
पाँचौ, त्रिशुली करिडोरमा क्षतिग्रस्त एक दर्जन जलविद्युत आयोजनाहरूको क्षतिपूर्ति र पुनर्निर्माण गर्नुपर्नेछ।
छैटौं, क्षतविक्षत समग्र त्रिशुली करिडोरको एकीकृत विकास र पुनर्निर्मणको योजना निर्माण र कार्यान्वयन गर्नुपर्नेछ। साथै रणनीतिक महत्वको रसुवागढी नाका खोलेर चीनसंगको अन्तरसम्बन्ध पुनर्स्थापना गर्नुपर्नेछ।
सातौं र सबभन्दा महत्वपूर्ण र कठीन कुरा, यी सबै कार्यकोनिम्ति चाहिने ७-८ खर्ब रूपियाँ (अझै त्यो भन्दा बढी पनि हुनसक्छ!) -को छिटो जोहो गर्ने विषय छ। त्यो न हामी आफ्नै नियमित श्रोतबाट व्यवस्थापन गर्नसक्ने अवस्थामा छौं; न अरूले तत्कालै र सहजै दिने कुरामा भर गर्नसकिन्छ; न हानी-नोक्सानी कोषबाट तुरून्तै पाउने अपेक्षा गर्न सकिन्छ; न अहिले त्यत्रो रकमको थप ऋणको बोझ थाम्न सकिने अवस्था छ।
सम्भवतः सरकारकोनिम्ति तत्काल सबभन्दा ठूलो परीक्षा यही हुनेछ! -
Baburam Bhattarai
@brb1954
प्रमको UNGA को सम्बोधनको समग्र अन्तरवस्तु र प्रस्तुती सही छ! शैली र आस्था त सबैको फरक हुनु स्वाभाविक छ! बधाइ!@PM_nepal_ @ShahBalen
-
Baburam Bhattarai
@brb1954
नेपालका मूर्धन्य शिक्षाविद् तथा काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको दुःखद निधनले देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा ठूलो क्षति पुगेको छ।
मैले पनि वहाँसंग सत्तामा रहँदा वा नरहँदा लामो संगत गर्ने अवसर पाएकाले वहाँको निधनमा भएको क्षति गहीरोसंग अनुभूत गरेको छु।
वहाँसंग जतिपटक भेट्दा पनि देशको विकासकोनिम्ति गुणस्तरीय शिक्षा र विशेषतः उच्च शिक्षा नै मुख्य रहेको कुरामा जोड दिंदै हाम्रा विश्वविद्यालयहरूलाई दलीय भागबण्डाबाट मुक्त गरेर प्राज्ञिक ट्रष्टी प्रणालीमा लैजानुपर्ने बताउनुहुन्थ्यो।
वर्तमान युवाबाहुल्य सरकारले ऐनमा आवश्यक संशोधन गरेर प्रम कुलपति, शिक्षामन्त्री सह-कुलपति रहने व्यवस्था लगायतमा परिवर्तन गर्न सके मात्र पनि उच्चशिक्षा क्षेत्रमा ठूलो सुधार र वहाँप्रति सच्चा सम्मान हुनेछ।
आदरणीय सुरेश सरप्रति हार्दिक श्रद्धान्जली तथा परिवारजनमा गहीरो समवेदना! @KU_Dhulikhel -
Baburam Bhattarai reposted
Sen. Bernie Sanders
@SenSanders
No, Mr. President. We should not “annihilate” the people of Iran.
That is a war crime. That is barbarism. And it is something the United States must never be associated with.
Let’s be clear: Trump’s war in Iran is illegal and unconstitutional. Congress must end it NOW. -
Baburam Bhattarai
@brb1954
राजनीतिक विमर्शमा हामी नेपालीहरू विश्वका अरू कोही भन्दा कम छैनौं! यदि औसत राजनीतिक सचेतना नाप्ने कुनै सूचकांक हुन्थ्यो भने (मलाई चाहिं जानकारी भएन!)शायद हामी विश्वको सिरानतिरै पर्थ्यौं कि!
परन्तु हाम्रो बौद्धिक (IQ) र आर्थिक-सामाजिक विकासको सूचकांक लामो समयदेखि विश्वको पुछारमा छ। हाम्रो पछिल्लो IQ स्कोर ४२.९ छ, जुन विश्वमा सबभन्दा कम हो। औसत आर्थिक हैसियत नाप्ने प्रतिब्यक्ति बार्षिक कुल गार्हस्थ उत्पादन (GDP) विश्वको औसत भन्दा हाम्रो दश गुना कम छ। अर्थात् अहिले विश्वको औसत करिब १५ हजार अमेरिकी डलर छ भने हाम्रो १५ सय डलर मात्र छ।
त्यसमा हामीले तीव्र गतिमा सुधार नगरी विश्वमा हाम्रो कुनै सकारात्मक पहिचान र सम्मान हुनेवाला छैन । न त देशभित्र दिगो शान्ति र अमनचैन नै हुनेवाला छ। सत्ताको कुर्सीमा जो बसे पनि त्यो 'मुतको न्यानो' भनेजस्तो मात्रै हो।
यस्तो स्थितिमा सत्ताच्यूत पुराना राजनीतिक शक्तिहरूमा अझै हठ र प्रतिशोधको भावना र नयाँ सत्ताशीनहरूमा दम्भ र हल्कापनको आभास देखिनु राष्ट्रिय हितकोनिम्ति ज्यादै चिन्ताजनक विषय हो।
कच्चा शिशाको घरमा बसेर एक अर्कामाथि ढुंगा प्रहार गरिरहने हो भने कसैको पनि घर बाँकी नरहन सक्छ भन्ने सबैले हेक्का राखौं!
निषेधात्मक द्वन्द्व हैन स्वस्थ प्रतिस्पर्धा र सहकार्यको संस्कार विकास गरौं! -
Baburam Bhattarai
@brb1954
विद्रोही चेत र वैकल्पिक राजनीतिक अभियन्ता हुनुको नाताले भ्याएसम्म वैकल्पिक धारका सिनेमाहरू हेर्ने शोख छ! पछिल्लो पटक अविनाश बिक्रम शाह निर्देशित नेपाली सिनेमा Elephants in the Fog हेरियो!
नेपालका किन्नर (पार-लैंगिक) समुदायको जीवनसंघर्षमा आधारित यो फिल्मले कान्स लगायतका अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पुरस्कार प्राप्त गरिसकेको र फिल्मक्षेत्रको बहुचर्चित अस्कर पुरस्कारनिम्ति नेपालको तर्फबाट सिफारिस भएकाले यसको आकर्षण बढ्ने नै भयो।
मनोरञ्जन मात्र खोज्नेहरूकानिम्ति फिल्म केही सुष्क लाग्न सक्छ। महिलाको समेत छुट्टै पहिचान,अधिकार, सम्मान, भावना, आकांक्षा स्वीकार र कदर गर्न नसक्नेहरूकानिम्ति पार-लैंगिकहरूको विशेष पहिचान र अधिकारको कुरा असहज वा अपाच्य हुनसक्छ। तर उन्नत चेतना र संस्कार भएकाहरूनिम्ति फिल्म गम्भीर र रोचक छ।
सारमा फिल्म उत्कृष्ट छ। समाजले बहिस्कृत र किनाराकृत गरेका किन्नर समुदाय र मान्छेले प्राकृतिक वासस्थान खोसेर लोपोन्मुख बनाउँदै लगेका जंगली हात्तीको बाध्यात्मक संयुक्त विद्रोह साँच्चै नै वेजोड र सांकेतिक महत्वको छ।
यो वैकल्पिक धारको असल फिल्मलाई सफलताको शुभकामना! निर्देशक, निर्माता टिम र वास्तविक किन्नर समुदायबाटै आएका कलाकारहरूलाई बधाइ! -
Baburam Bhattarai
@brb1954
असो३ गते! राष्ट्रिय दिवस! संविधान दिवस! नेपाली जनता सार्वभौमसत्तासम्पन्न बनेको दिन! आधुनिक नेपाली इतिहासको सबभन्दा महत्वपूर्ण दिन! युगयुगसम्म सम्झिइने दिन!
देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक वधाइ तथा शुभकामना!
यो ऐतिहासिक दिनकोनिम्ति आफ्नो अमूल्य ज्यान अर्पण गर्नुहुने सम्पूर्ण अमर शहीदहरूप्रति हार्दिक श्रद्धासुमन; वेपत्ताजनहरूमा असीम सम्मान!
स्मरण रहोस्, बिपी-पिएलहरूको पहिलो पुस्ताले देशमा आधुनिक लोकतन्त्रको जग खनेको थियो! हाम्रो दोश्रो पुस्ताले त्यो जगमा संघीय लोकतान्त्रिक गणतन्त्रको मजबुत बहुतले संरचना निर्माण गरेको थियो! अबको तेश्रो नयाँ पुस्ताले त्यो लोकतन्त्रको संरचनामा सुशासन र समृद्धिको सुन्दर साजसज्जा र गजूर हाल्नू छ!
हेक्का राखौं, लोकतन्त्र एउटा वस्तु वा घटना नभएर एउटा निरन्तर गतिवान प्रक्रिया हो! प्रत्येक नयाँ पुस्ताले त्यसलाई समृद्ध र उन्नत बनाउँदै लैजानुपर्छ! हाम्रो नयाँ पुस्ता सचेत र सफल रहोस्! -
Baburam Bhattarai
@brb1954
लांगटांग हिमाली महाविपत्ती पीडितहरूको अवस्था निरीक्षण गर्दा सबभन्दा गम्भीर र चिन्ताजनक अवस्था बढी दूर्गम रसुवाबाट विस्थापितहरूको देखियो।
रसुवाको उत्तरगया गापाबाट विस्थापित भएर नुवाकोटको विदूर नपा-५ बडाचौतारामा अस्थायी टेन्टमा बसीरहेका र एक धार्मिक च्यारिटीको सहयोगमा खानपीन गरिरहेका १२७ परिवारहरू आफ्नो र साथमा रहेका लालाबालाहरूको भविष्यप्रति स्वाभाविक रूपमा ज्यादै चिन्तित देखिन्थे।
साथै रसुवाबाटै अभिभावक समेत गुमाएर विस्थापित भएका र हाल नुवाकोट दरबार नजिक र अन्यत्र होल्डिंग सेन्टरमा रहेका बालबालिकाहरू पनि निकै जोखिमपूर्ण अवस्थामा रहेको अनुभूत हुन्थ्यो।
राज्यले वेलैमा सबभन्दा विकट,विपन्न र जोखिमपूर्ण अवस्थामा रहेका नागरिकहरूको सुरक्षित र सम्मानजनक पुनर्स्थापनामा विशेष प्राथमिकता देओस्। -
Baburam Bhattarai
@brb1954
हिमाली महाविपत्तिबाट प्रभावित क्षेत्रहरू र होल्डिंग सेन्टरहरूको भ्रमणका क्रममा प्रभावित आम नागरिकहरू, ज्येष्ठ नागरिकहरू, अभिभावक गुमाएका बालबालिकाहरू, उद्यमी-व्यवसायीहरू,जनप्रतिनिधिहरू,विपद् व्यवस्थापनमा संलग्न सुरक्षाकर्मीहरू, राष्ट्सेवकहरूसंग व्यापक विमर्श!
उद्धार र राहतको कार्य केही कमीकमजोरीहरू सहित मूलत: सन्तोषजनक रहेको प्रतिक्रिया ! बाॅकी उद्धार र राहत कार्यनिम्ति तत्काल त्रिशुलीमा केही स्थानमा शीघ्र पुलको निर्माण अत्यावश्यक रहेको अनुभूति!
एकजना शहरी तथा क्षेत्रीय योजनाको विद्यर्थीको आँखाबाट हेर्दा अबको प्रमुख माग र चुनौति सबै विस्थापितहरूलाई पहिले अस्थायी र पछि स्थायी आवासको व्यवस्था, सम्पत्ति र रोजगारी गुमाएकाहरूकोनिम्ति विशेष आर्थिक प्याकेजको व्यवस्था, अभिभावकविहीन वालवालिकाहरूकोनिम्ति आवासीय विद्यालयहरूमा पूर्ण छात्रवृत्ति सहित शिक्षाको व्यवस्था, सामरिक महत्वको त्रिशुली कोरिडोरको एकीकृत विकासनिम्ति वृहद् गुरुयोजनाको निर्माण र कार्यान्वयन आदि देखियो।
केन्द्रीय सरकारले युद्धस्तरमा सबै तहको समन्वय, निजी क्षेत्रसंगको सहकार्य, अन्तर्राष्ट्रिय सहयोगको परिचलन र आम जनताको सक्रिय सहभागिता सहित ठोस कदम चलोस्। महाविपत्ति महान् पुनर्निर्माण र अग्रगामी छलांगको प्रस्थानबिन्दू बन्नसक्छ! अन्यथा संरचनात्मक संकट झन् गम्भीर बन्ने खतरा पनि रहन्छ! -
Baburam Bhattarai
@brb1954
विभिन्न दलसंग आबद्ध बुढीगण्डकी परियोजना प्रभावित क्षेत्रका युवाहरूसंग गम्भीर विमर्श! अब पनि यो परियोजना विभिन्न वहानामा बन्दैन कि भन्ने युवाहरूको चिन्ताबाट आफैं पनि चिन्तित!
अहिलेको लांगटांग हिमाली महाविपत्तिपछि ठूला राष्ट्रिय गौरवका परियोजनाहरूबारे यस्ता आशंका बढ्नु अस्वाभाविक हैन।
परन्तु यो महाविपत्तिले मेरो प्रम कालमा परिकल्पना गरिएको बहुउद्देश्यीय ढाँचामा बुढीगण्डकी परियोजना र एकीकृत तथा समन्वित ढाँचामा काठमाण्डौ-तराई फास्टट्र्याक प्लस निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने ऐतिहासिक आवश्यकता झन् बढी स्थापित भएको अनुभूति हुन्छ।
हो, ठूला भौतिक परियोजनाहरूको प्राविधिक डिजाइनमा वर्तमान महाविपत्ति पछि अरू थप सतर्क बन्नुपर्ने हुनसक्छ। तर भोलि आकाशै खस्नसक्छ भनेर आजैदेखि तर्सेर केही नगरी बस्नु बुद्धिमानी हुन्न।
खाशगरी रसुवा,नुवाकोट,धादिंग लगायतका विस्थापित परिवारहरूकानिम्ति नयाँ वस्ती निर्माण गर्नु परेको अवस्थामा बुढिगण्डकी करिडोरको एकीकृत विकासको क्रममा त्यसको रिंगरोड वरपर प्रस्तावित नयाँ वस्तीको अवधारणा अहिल्यैदेखि कार्यान्वयन गर्न थाल्नु राष्ट्रिय दृष्टिकोणले निकै सान्दर्भिक, किफायती र उपयोगी हुनसक्छ।
त्यसरी नै अहिलेको महाविपत्तिले सडक-पुल संजाल अस्तव्यस्त पारेर राजधानी काठमाण्डौको घाँटी नराम्ररी अँठ्याएको अवस्थामा फाष्ट-ट्र्याक र त्यसको अभिन्न अंग रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिटो निर्माण गर्नु अनिवार्य भएको छ।
स्मरण रहोस्, शहरी तथा क्षेत्रीय विकास योजनाको विद्यार्थीको नाताले मैले आफ्नो प्रम कालमा १७ वटा ठूला पूर्वाधार आयोजनाहरूलाई 'राष्ट्रिय गौरवका आयोजना' घोषणा गर्ने क्रममा फाष्ट-ट्र्याक तथा निजगढ विमानस्थललाई १ नं महत्वको आयोजना र बुढीगण्डकीलाई २ नं महत्वको आयोजना भनेर सार्वजनिक रूपमै घोषणा गरेको थिएँ।
युवा इन्जिनीयरको नेतृत्व रहेको र सुविधाजनक एकल बहुमत प्राप्त वर्तमान सरकारले यी राष्ट्रिय गौरवका आयोजनाहरू अति प्राथमिकतासाथ छिटो सम्पन्न गर्नसक्यो भने इतिहासले उसको अवश्य उच्च मूल्यांकन गर्नेछ।
विज्ञेषु किमधिकम्! -
Baburam Bhattarai reposted
Vijay Prashad
@vijayprashad
If China and India collaborate, BRICS can become a workshop for development.
My interview for @globaltimesnews - www.globaltimes.cn/page/202609/1370437.shtml -
Baburam Bhattarai
@brb1954
The 140-points BRICS Plus Summit Declaration and the subsequent bilateral talks between the President of China and the Prime Minister of India in New Delhi, are of major strategic significance for Nepal.
Let our new youth leaders take proper notice in time and prepare for the possible geo-political challenges and opportunities for the country.
BRICS प्लस देशहरूको दिल्लीमा भैरहेको शिखर-सम्मेलनको क्रममा पारित १४०-बुँदे प्रस्ताव र चीनियॉं राष्ट्रपति तथा भारतीय प्रधानमन्त्री वीच भएका द्विपक्षीय वार्ताका संकेतहरू निकै सकारात्मक छन्।
नेपाल जस्तो लामो संक्रमणकालबाट गुज्रिरहेको र दुइ ठूला छिमेकी भारत र चीनको वीचमा रहेको 'अति कम विकसित' देश नेपालले अब कुनै द्विविधामा नरही यसबाट अधिकतम लाभ लिने ढंगले अघि बढ्नुपर्छ।
हामीले हिजोको भारत र चीन वीचको दूरीमा खेलेर आफ्नो क्षणिक सत्तास्वार्थ पूर्ति गर्न खोज्ने र अन्ततः देशलाई अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसाइराख्ने अल्पदृष्टि भएका हाम्रा शासकहरूको गल्तीबाट सिक्नैपर्छ।
अहुलेको द्विपक्षीय वार्ताको क्रममा चीनियाँ राष्ट्रपतिले प्रयोग गरेका शब्दहरू " both sides keeping in mind the long-term development of bilateral relations from a strategic perspective" को निहितार्थ र भारतको अगुवाइमा बनेको सर्वसम्मतिले पारित लामो प्रस्तावको बहुआयामिक दिशावोध राम्ररी ठम्याउन सक्नुपर्छ।
अबको युगमा उच्च तथा दिगो आर्थिक समृद्धि र चातुर्यपूर्ण soft power हासिल नगरी हामी जस्ता सापेक्ष रूपले साना र कमजोर देशले विश्वमा सम्मानजनक उपस्थिति कायम गर्नै सक्दैनौं।
यसनिम्ति आगामी दिनमा चीन र भारत वीच सम्भावित बढ्दो प्रतिस्पर्धात्मक सहकार्य (competitive cooperation) को लाभ उठाउन अनिवार्य छ। त्यसकालागि कुशल कुटनीतिक प्रयास मार्फत् हामीले नेपाललाई दुइ छिमेकी वीच 'गतिशील सेतु' बनाउने र अन्ततः 'शान्ति राष्ट्र' मा रूपान्तरण गर्ने कार्यको योजनावद्ध शुरूवात आजैदेखि गर्नैपर्छ।
अन्यथा 'दुई हात्ती लड्दा पनि मिल्दा पनि घाँसकै नाश' भन्ने हाम्रो परम्परागत लोकोक्तिको दुष्परिणाम भोग्न हामी अभिशप्त हुनेछौं!
हाम्रा युवा सत्तधारीहरूको वेलैमा ध्यान पुगोस्! -
Baburam Bhattarai
@brb1954
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुने वित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा बसेको छ।
जबकि हाम्रो जस्तो अल्पविकसित देशमा प्रश्न राज्य 'कि' निजी क्षेत्र ? नभएर राज्य 'र' निजी क्षेत्रको सहकार्य कसरी र कुन रूपमा गर्ने भन्ने हो।
अहिले उच्च विकसित भनिएका युरोप,अमेरिका,जापान लगायत सबै देशहरूले प्रारम्भिक निर्वाहमुखी कृषिप्रधान अर्थतन्त्रलाई आधुनिक औद्योगिक अर्थतन्त्रमा छलांगमय ढंगले रूपान्तरण गर्ने क्रममा शुरूको चरणमा राज्यको आड लिएर नै निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता विकास गरेका हुन्।
इतिहासमा सबभन्दा पहिले औद्योगीकरण भएको वेलायतले त आफ्नो फौज समेत परिचालन गरेर 'इष्ट इण्डिया कम्पनी' जस्तालाई बजार विस्तार गर्न दिएको र उपनिवेश नै कायम गरेर निजी क्षेत्रलाई मुनाफा कमाउन दिएको हामी सबैले पढेकै छौं।
पछिल्लो चरणमा खाशगरी पूर्वी एशियाका देशहरू सिंगापुर,कोरिया, मलेशिया, चीन,भियतनाम लगायतले राज्यकै आडमा निजी क्षेत्र मौलाउन दिएको साक्षी हामी सबै छौं।
यसबारे प्रसिद्ध विकास अर्थशास्त्री Ha-Joon Chang ले आफ्नो चर्चित पुस्तक "Kicking Away the Ladder: Development Strategy in Historical Perspective" (2002) मा रोचक ढंगले प्रकाश पारेका छन्।
नेपाल जस्तो वर्तमान भूमण्डलीकृत पुँजीवादको किनारामा परेको र ऐतिहासिक रूपले भारत लगायतका हामीभन्दा बलिया अर्थतन्त्रहरूसंग प्रभुत्व-पराश्रय (Dominance-Dependence) सम्बन्धमा बाँधिएको देशमा हाम्रो उद्योगधन्दाले राज्यको संरक्षण नपाइकन एक्लै विश्वबजारसंग प्रतिष्पर्धा गर्नसक्दैन भन्ने हाम्रा विनोद चौधरी, चन्द्र ढकाल, पवन गोल्यान, उमेश श्रेष्ठहरूले कसरी नबुझेको हुनसक्छ र?
त्यसैले हामीले निर्वाचित संविधानसभाबाट 'नेपालको संविधान' निर्माण गर्ने क्रममा निकै वहस छलफल र मेहनत गरेर 'राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व' खण्डको धारा- ५० (३) मा "सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकास मार्फत... राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर,स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ" भन्ने स्पष्ट किटान गरेका छौं।
तर यसलाई रबरको टोपी झैं सबैले आआफ्नो टाउको (त्यसभित्रको तत्वको गुणस्तर!)अनुसार तन्काउने र कुरूप पार्ने जुन प्रयत्न हुँदै आएको छ त्यो अत्यन्त दुःखद छ। स्मरण रहोस् 'समाजवाद उन्मुख' भनेको अहिल्यै 'काल्पनिक समाजवाद' थोपर्ने भनेको हैन; पहिले राष्ट्रिय पुँजीको निर्माण र संरक्षण मार्फत् राष्ट्रिय औद्योगिक पुँजिवादको विकास गर्दै त्यसलाई अहिलेको युग सुहाउँदो नयाँ ढंगको समाजवादतर्फ 'उन्मुख' (orient) गर्ने भनिएको हो!
एकजना संविधान निर्माता र त्यस क्रममा भीषण हण्डरठक्कर खाएको व्यक्तिको नाताले संविधान दिवस नजिकिदै गर्दा यति भन्ने धृष्टता गरेकोमा अन्यथा अर्थ नलागोस्! -
Baburam Bhattarai
@brb1954
नेपाल सरकार, सत्तरूढ राजनीतिक दल र अन्य सबैको गम्भीर ध्यानाकर्षण होस्! बिषय गम्भीर प्रतीत हुन्छ।
This matter deserves serious attention of all ,including the Nepal Government, the ruling Party RSP and all others.
Ashok Swain
@ashoswai
An investigative report says, Nepal's new prime minister Balen Shah and several of his colleagues came to power thanks in part to a covert program sponsored by the US government. thegrayzone.com/2026/09/09/landslide-leaks-nepals-leaders…
-
Baburam Bhattarai
@brb1954
जुम्लाको स्वादिलो अर्गानिक स्याउकानिम्ति चन्दननाथ बहुउद्देश्यीय सहकारीका अध्यक्ष ऋषिराम पाण्डेलाई हार्दिक धन्यवाद!
विडम्वनाको कुरा हो कि नेपालले गत बर्ष करिब रू. चार खर्बको कृषिजन्य वस्तु आयात गर्यो। त्यसमध्ये फलफूल रू. २१ अर्ब बराबर थियो भने त्यसमा सबभन्दा धेरै स्याउको हिस्सा रू. १०.५५ अर्ब थियो।
अर्थात् एकातिर जुम्ला, हुम्ला, मुस्तांग,मनांग लगायतका स्वदेशमै उत्पादित स्याउले बजार पाइरहेका छैनन् भने अर्कोतिर हामी हाम्रै छोराछोरीले खाडीको गर्मीमा पसिना बेचेर पठाएको रेमिटेन्स खर्चेर विदेशी स्याउ भित्र्याइरहेछौं!
अब साँच्चैं हाम्रा युवाहरूले देशलाई समृद्ध बनाउने हो भने राजनीति संगसंगै अर्थनीतिमा पनि आमूल परिवर्तन गर्नैपर्छ।
त्यसकोनिम्ति राज्यले अन्य कुरा अतिरिक्त खाद्यवस्तु र उर्जामा आत्मनिर्भर हुने नीति अपनाउने र सबै नागरिकले स्वेच्छिक ढंगले सकेसम्म स्वदेशी उत्पादन नै प्रयोग गर्ने वृहद् राष्ट्रिय अभियान नै चलाउने कि?
मैले त प्र. म. रहेकै वेलादेखि कमसेकम जुत्ता चाहिं स्वदेशमै उत्पादित मात्रै प्रयोग गर्ने अठोट गरेर निरन्तर पालना गर्दै आएको छु। पछि स्वदेशमै बनेकोअल्लोको कोट-पाइन्ट मात्रै औपचारिक कार्यक्रममा लगाउने अठोट सहित पालना गरिरहेछु। अरू पनि थप्दै जानेछु।
हामी सबैले कमसेकम किनेर खाँदा स्वदेशी स्याउ मात्रै किन्ने गरे कसो होला?
( जुम्लाको स्याउको कठमाण्डौमा वितरण केन्द्र भद्रकालीमा रहेको छ।) -
Baburam Bhattarai
@brb1954
भदौ २३ को जेन्जी आन्दोलनमाथि नृसंस दमन गर्नेहरूलाई इतिहासले दण्डित गरिसकेको छ।
परन्तु भदौ २४ मा भएको अकल्पनीय विध्वंश आंशिक रूपमा आक्रोशित युवाहरूको आवेगात्मक प्रतिवाद भए पनि लोकतान्त्रिक राज्यको सर्वोच्च अंग मानिने व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकाका मुख्यालय र राज्यका अमूल्य ऐतिहासिक अभिलेखहरू सुनियोजित ढंगले नष्ट गर्ने दुष्प्रयत्न र त्यसको सम्भव भएसम्मको संरक्षणको प्रयत्न नगर्ने वा गर्न नदिने कार्य अत्यन्त गम्भीर विषय हो।
मैले विश्व इतिहासको अध्ययनबाट बुझेसम्म ठूलाठूला क्रान्ति र राज्यविप्लवको क्रममा पनि यस्तो हर्कत विरलै भएको छ।
भदौ २३ र २४ को घटनाको छानवीन गर्न बनेको गौरीबहादुर कार्की आयोगले २३ गतेको घटनावारे विस्तृत प्रतिवेदन दिएको छ तर २४ गतेका घटनावारे सामान्य चर्चा गरेर 'थप छानवीन गर्नुपर्ने' सुझाव दिएको छ।
युवाहरूको ठुलो वलिदान र आम जनताको अपार समर्थनबाट करिव दुइतिहाइ बहुमत प्राप्त र सुशासन तथा पारदर्शितालाई प्रमुख एजेण्डा बनाएको वर्तमान सरकारले कार्की आयोगको प्रतिवेदन तुरून्त सार्वजनिक गरोस् र भदौ २४ का घटनाहरूको विस्तृत छानवीननिम्ति अझै उच्चस्तरीय र विश्वसनीय आयोग बनाओस्।
सत्ताधारी दलका सभापति रवि लामिछानेको आजको संसदको संवोधनमा महत्वसाथ प्रयुक्त शब्द 'संस्थागत उपादेयता' ले यसवारे केहीआशा जगाएको छ।
सत्तासीन दल र सरकार दुबैको ध्यान भदौ २४ को सत्यतथ्य उत्खनन् र लोकतान्त्रिक राज्यको संस्थागत रक्षा र विकासमा केन्द्रित होस्! -
Baburam Bhattarai
@brb1954
On the first anniversary of GenZ uprising in Nepal, I have analysed structural underpinnigs of the youth revolt and highlighted the major challenges ahead.
Onlinekhabar English
@OnlineKhabar_En
The younger generation connected to contemporary global consciousness saw no future in such distorted and corrupt politics.
Writes Dr Baburam Bhattarai on Nepal's Gen Z uprising.
english.onlinekhabar.com/one-year-of-nepals-gen-z-uprisin… -
Baburam Bhattarai
@brb1954
जेनजी विद्रोहपछिको नेपाली राजनीतिको अवस्था र भावी सम्भावना तथा चुनौतीबारे मेरो आलेख!
Onlinekhabar
@Online_khabar
विद्रोहले बदलिएको राजनीति, अबको परीक्षा अर्थतन्त्र र भू-राजनीति
जेनजी विद्रोहपछि नेपालमा भू-राजनीतिक चासो र तनाव दृश्य-अदृश्य रूपमा ह्वात्तै बढेर गएको छ। चाहे तिब्बत सम्बन्धी प्रस्तावित गोष्ठीको सन्दर्भमा होस्, दलाई लामाको उत्तराधिकारी खोज्ने क्रममा होस् वा भर्खरैको हिमाली महाविपत्तिको बेलामा होस्, त्यसका संकेतहरू स्पष्ट देखिंदैछन्।
#onlinekhabar #baburambhattrai #genzrevolution
www.onlinekhabar.com/2026/09/2012695/politics-changed-by-… -
Baburam Bhattarai
@brb1954
आज भाद्र २३!
जेन-जी दिवस! ऐतिहासिक जेन-जी विद्रोहको प्रथम बार्षिकी! सबै महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली! योद्धाहरूप्रति उच्च सम्मान!
आजै ऐतिहासिक माओवादी सशस्त्र संघर्षका दशौं हजार महान् शहीदहरूमध्ये पार्टीमा जिम्मेवारीका हिसाबले सबभन्दा उच्च तहमा रहनुभएका क.सुरेश वाग्लेले शहादत प्राप्त गर्नुभएको दिन! वहाँप्रति हार्दिक श्रद्धासुमन!
भनिन्छ- इतिहासका महत्वपूर्ण घटना र व्यक्ति आवश्यकता र आकस्मिकताको योगको रूपमा जन्मिन्छन्! अतः जेन-जी दिवस र सुरेश वाग्ले स्मृतिदिवस एकै दिन पर्नु नेपाली इतिहासको त्यस्तै संयोग हुनसक्छ।
नेपाली जनक्रान्तिको सांगोपांगो इतिहास लेख्नै बाँकी छ। जुन दिन लेखिनेछ, त्यसले भन्नेछ- बि सं १९९० को दशकदेखि जुन आधुनिक लोकतान्त्रिक आन्दोलन शुरू भयो त्यसका विभिन्न खुड्किलामध्ये माओवादी सशस्त्र संघर्षले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को हान्न निर्णायक भूमिका खेल्यो भने जेन-जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ/खिया पखाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्यो।
स्मरण रहोस्- लोकतन्त्र विभिन्न ऐतिहासिक खुट्किला हुँदै अघि बढ्ने अविरल प्रक्रिया हो।
( मैले 'अनलाइनखबर' कानिम्ति यी लगायत विषयमा लेखेको लेखको प्रतीक्षा गर्नुहोला!) -
Baburam Bhattarai
@brb1954
भाद्र १० को हिमाली महाविपत्तिमा आज राष्ट्रिय शोक!
अमूल्य ज्यान गुमाउनुहुनेहरूप्रति हार्दिक श्रद्धाजली! वेपत्ताहरूप्रति गहीरो सम्मान! घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना!
वेपत्ताहरूको खोजीलाई तीव्र पारौं! घरवारविहीनहरूको पुनर्स्थापनामा ध्यान दिऊँ!
विपद्को घडीमा सम्पूर्ण देश एकढिक्का भएर पुनः फिनिक्स झैं उठौं! -
Baburam Bhattarai
@brb1954
Some useful lessons from @vijayprashad for Nepal as well. How long shall we survive by continuing with the historical 'unequal exchange' trajectory of primary goods plus labor export and industrial products import regime?
Will our young rulers listen?
Vijay Prashad
@vijayprashad
Growth rates are important, but even more important is the question of what is produced, how it is produced, who controls the process of production, and how the benefits are distributed. The goal of development should not be growth per se but the flourishing of human life.
-
Baburam Bhattarai
@brb1954
यो महाविपत्तिको घडीमा पुरानाहरूमा प्रतिशोधभाव र नयाँहरूमा दम्भ हैन नयाँहरूको विनयशील नेतृत्वमा पुरानाहरूको जिम्मेवारीपूर्ण साथ देश र जनताको ऐतिहासिक माग छ है! सबैलाई हेक्का रहोस्!
-
Baburam Bhattarai reposted
Erik Solheim
@ErikSolheim
How did the Nepal 🇳🇵 flood horror start?
Forget all the misinformation out there - this is meteorologist @mikebettes brilliantly explaining what happened during the Nepal glacial collapse.
Let’s listen to this to this fantastic popular science:This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
अकल्पनीय हिमाली महाविपत्ति पछि राज्यका अंगहरू, विशेषतः सुरक्षा अंगहरू, -को परिचालन प्रशंसनीय छ। प्रारम्भिक खोजी र उद्धारको काम प्रमुख भएको चरणमा यो आवश्यक र स्वाभाविक अवश्य हो।
अब राहत, पुनर्स्थापना,पुनर्निर्माणको काम प्रमुख बन्दै जाने चरणमा राज्यका राजनीतिक/सिभिल अंगहरू र आम नागरिक तथा सामुदायिक अंगहरूको भूमिका प्रमुख बन्दै जान्छ र बनाउनुपर्छ।
यसनिम्ति केन्द्रीय निर्देशन र सुपरिवेक्षणमा प्रदेश र स्थानीय तहहरूलाई क्रियाशील बनाउने विधि/प्रकिया निर्माण/अनुसरण गर्नैपर्दछ।
खाशगरी हाम्रा निर्वाचित वडाहरू, जसमा समाजका सबभन्दा पिंधमा पारिएका दलित महिलाहरूको अनिवार्य उपस्थिति हुन्छ, हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रको विश्वलाई नै चकित पार्ने सबभन्दा गौरव गर्न लायक पक्ष हो।
यसको साथै, 'जिउँदाको जन्ती, मर्दाको मलामी' भन्ने हाम्रो मौलिक सामुदायिक परम्परालाई यस्तो विपत्तिको बेला गजबसंग परिचालित गर्न सकिन्छ र गर्नुपर्छ।
(शवबाट सुनको सिक्री खोस्नेहरू निकृष्ट घुन मात्र हुन्, तिनलाई महत्व दिन आवश्यक हुन्न!)
सत्तासीन नवोदित राजनीतिक दलको नेतृत्व र सरकारको वेलैमा ध्यान पुगोस्! -
Baburam Bhattarai
@brb1954
खोजी र उद्धार कार्य पूरा नहुँदै र आफन्त हराएकाहरूसंग पर्याप्त परामर्श नगरी पहिचान हुन बाँकी रहेका शवहरूको हतारमा व्यवस्थापन गर्नु कति उचित हो? शवगृह पर्याप्त नभए आवश्यक सहयोग जुटाएर युद्धस्तरमा अल्पकालीन शवगृहहरू बनाउन वा शीतगृहहरू खोज्न सकिन्न? अरू कुनै विकल्प नभएकै हो त?
आम जनताले बुझ्ने गरी यो संवेदनशील विषयलाई प्रष्ट पार्दा अहिले आवेग हावी भएको वेला नयाँ सरकारलाई राम्रै गर्ला! -
Baburam Bhattarai reposted
Onlinekhabar English
@OnlineKhabar_En
In the face of disaster, what is needed is not finger-pointing but helping hands; not conspiracy theories but scientific investigation; not political manipulation but humanitarian responsibility.
english.onlinekhabar.com/disaster-becomes-disinformation.… -
Baburam Bhattarai
@brb1954
नेपाल-चीन सीमानाको उच्च हिमाली भेगमा गएको हिम-चट्टान पहिरोबाट शुरूभएको भोटेकोशी ( तल पुग्दा त्रिशुली) को अकल्पनीय गेगार सहितको बाढी पौराणिक युगको प्रलय भन्दा कम त्रासदीपूर्ण रहेन।
प्रति सेकेण्ड पचास मिटरको गतिमा ओरालो लागेको त्यो भीषण गेगार-बाढीले आसपासका बस्ती,संरचना,पूर्वाधारहरूलाई तासको घर झैं ढालेको र मानिसहरुलाई आँखा झिमिक्क समेत गर्न नदिई बगाएको र पुरेको घटनाले अहिले विश्वलाई नै तरंगित पारेको छ।
यो नेपाल,छिमेक र विश्वभर पर्यावरण विनाशले निम्त्याएको मानवजातिको अस्तित्वकै प्रश्न हुनाले यसवारे हामीले अब गम्भीर ढंगले नसोची सुखै छैन। पृथ्वीको 'तेश्रो ध्रुव' भनिने हिमालय शृंखलाको मुख्य खण्डका वासिन्दा हुनाले हामी नेपालीले त्यसको जिम्मेवारपूर्ण पहल गर्नैपर्छ।
यो त केही दिनपछि गर्नैपर्ने कुरा भयो।
तर आजै र अहिल्यै सम्पूर्ण देशवासी एक ढिक्का भएर गर्नुपर्ने प्रमुख काम चाहिं हराइरहेका हजारौ नेपाली र विदेशी नागरिकको खोजी तथा उद्धार र विपत्मा परेकाहरूलाई राहत नै हो। त्यो संख्या अहिले हामीले सोचे भन्दा निकै ठूलो हुनसक्छ!
राज्यका अंगहरू र विशेषतः सुरक्षाकर्मीहरूले अहोरात्र आवश्यक भूमिका निभाइरहेका छन्, जुन प्रशंशनीय छ। परन्तु अहिलेको जुन प्रलयकारी घटना हो त्यसको निम्ति त्यति मात्र पर्याप्त नहुनसक्छ। त्यसनिम्ति राज्यका तीनै तहका अंगहरू सहित आम नागरिकहरू र राजनीतिक दल तथा स्वयंसेवी संगठनहरूको एकीकृत परिचालन जरूरी छ।
अति प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधीहरू तथा स्थानीय समुदायहरूको सक्रिय संलग्नतामा विपद्-व्यस्थापनमा तालिमप्राप्त सुरक्षाकर्मीहरूले खोजी, उद्धार र राहत कार्य सम्पादन गर्दा बढी प्रभावकारी हुनसक्छ।
यो अति विशिष्ठ राष्ट्रिय र मानवीय संकटको घडीमा सबैले निस्वार्थ ढंगले आआफ्नो भूमिका निर्वाह गरौं! -
Baburam Bhattarai reposted
Ambassador Zhang Maoming
@PRCAmbNepal
H.E. Mr. Zhang Maoming, Chinese Ambassador to Nepal, Speaks to NTV World on the Massive Flash Flood in Rasuwa
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
यस हिमाली भेगकै अहिलेसम्मको सम्भवतः सबभन्दा विनाशकारी हिमपहिरोजन्य बाढीको प्रकोपपछि हामी नेपालीले केही महत्वपूर्ण पाठ सिकौं र आफ्नो तत्कालीन र दीर्घकालीन कार्यभार विवेकपूर्ण र संयमित ढंगले सम्हालौं:-
तत्कालीन कार्यभार:
- सरकारको नेतृत्वमा सबै राजनीतिक दल, निजी तथा नागरिक संघसंस्था र आम नागरिकले कुनै किन्तुपरन्तु नगरी एकीकृत रूपमा विपत्तीमा परेकाहरूको खोजी, उद्धार, उपचार, राहत, पुनर्स्थापनामा पूर्ण ध्यान दिऊँ!
-बाढीले बगाएका,डुबेका,भत्केका,टुटेका अत्यावश्यक संचार,यातायात,खानेपानी,आवास,खाद्य, स्वास्थ्य,शिक्षा,सुरक्षा,प्रशासन,वित्त लगायतका पूर्वाधार र सेवाको शीघ्र वैकल्पिक व्यवस्था गर्न प्राथमिकता किटानी सहित योजनाबद्ध पहल गरौं!
- ठूलो मात्रामा आवश्यक साधनश्रोतको व्यवस्था गर्न विभिन्न तहका सरकारको नेतृत्वमा एकद्वार प्रणाली अन्तर्गत राज्य, समुदाय, निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको सहयोग परिचालन गरौं!
दीर्घकालीन कार्यभार
- सर्वप्रथम, हामी सबैले वाल्यकालमा सुनेको/पढेको 'गोठालो र बाघ'को कथा एकपटक सम्झौं र वर्तमान वातावरण विनाशले निम्त्याएको विपत्तीको सन्दर्भमा राम्ररी पाठ सिकौं।
(कसैले बिर्सनुभएको छ भने संक्षिप्तमा कथा यस्तो छ: एउटा गोठालो 'बाघ आयो, बाघ आयो,गुहार दिनोस्' भनेर चिच्याउँदो रहेछ। जब गाउँले गुहार सुनेर आउँथे उ मज्जाले हाँस्दो रहेछ। पटक पटक यसरी अरूलाई झुक्याएर आनन्द लिंदो रहेछ। एकदिन साँच्चै बाघ आएछ। गाउँलेले वास्ता गरेनछन्। बाघले सबै बाख्राहरू मारेछ। गोठालाले रूँदै पश्चाताप गरेछ। इति।)
- हाम्रो हिमाली क्षेत्रमा केही समय यताका बाढीपहिरो, अतिवृष्टी, अनावृष्टी, लगायतका प्राकृतिक प्रकोपहरूको मूल कारण यस क्षेत्रमा भैरहेको मनपरी ढंगको पर्यावरण विनाश हो भनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूले भनेकाभन्यै छन्। त्यसनिम्ति हामीले आफ्नो समग्र विकास-निर्माण, उर्जा, भू-उपयोग,जलश्रोत, आवास, शहरीकरण,जैविक विविधता लगायतका नीतिहरूमा विशेष ध्यान दिन र हिमाली क्षेत्रसंग जोडिएका छिमेकीहरूसंग एकीकृत पहल गर्नुपर्छ भनिरहेछन्। तर हामी नीति कथाको गोठालो झैं आफैले आफैलाई ढाँट्ने र विपत्ती निम्त्याउने मार्गमा हिंडिरहेछौं। यसलाई अब सच्याउनैपर्छ; सच्याऊँ।
- ठोस रूपमा भन्नुपर्दा अब हामीले अहिलेको अराजक र दिशाविहीन विकासको नाउँमा विनाश निम्त्याउने कुबाटो छोडेर देशको समग्र,एकीकृत र दिगो विकासको नीति तथा योजना निर्माण गरौं र तीनै तहका सरकार, निजीक्षेत्र तथा समुदायको सहकार्यमा दृढतापूर्वक कार्यान्वयन गरौं।
- अहिलेको हिमपहिरोले निम्त्याएको बाढीपीडित क्षेत्रको पुनर्निर्माणको सन्दर्भमा नै यो सोंच अनुरूप योजनाबद्ध ढंगले काम गरौं।
कमसेकम अब भविष्यको समेत आँकलन गरेर असुरक्षित नदी किनारमा वस्ती नबसालौं। ठीक ढंगले जोखिम मूल्यांकन नगरी खोलै पिच्छे मनपरी जलविद्युत परियोजना नबनाऊँ; बनाउन नदिऊँ। सडक, पुल लगायतका दीर्घकालीन पूर्वाधार बनाउँदा शुरूमै डिजाइनमा राम्रो ध्यान दिऊँ र सबभन्दा कम मूल्य कबोल गर्नेलाई हैन आँकलन गरेको खर्चको सबभन्दा नजिक कबुल गर्नेलाई ठेक्का दिऊँ।
हिमाली, पहाडी र मैदानी क्षेत्रको विशेषता र सम्भावना अनुकूल भू-उपयोग नीति तय गरेर वस्तीप्रणाली, भौतिक पूर्वाधार, जलविद्युत परियोजना, संचार प्रणाली, सेवाप्रवाह प्रणाली, पर्यावरण संरक्षण लगायतको व्यवस्थापन गरौं।
- यो नमूना कार्य अनुरूप भविष्यमा हुनसक्ने यस्ता विपत्तीहरूको आँकलन गरेर सम्पूर्ण देशकै योजनाबद्ध र दिगो विकासको मार्ग अवलम्बन गरौं। सोही अनुरूप दुइ ठूला छिमेकी वीच 'गतिशील सेतु' बन्ने ढंगले समग्र राष्ट्रिय नीति अनुशरण गरौं।
• अहिलेको अत्यधिक मतादेश प्राप्त युवा-बाहुल्य सरकारबाट देशले यति अपेक्षा गर्नु पक्कै अस्वाभाविक हुनेछैन। -
Baburam Bhattarai
@brb1954
प्रकृतिको भयानक आक्रोशको रूपमा आएको आकस्मिक बाढीबाट अमूल्य ज्यान गुमाउनुहुने भोटेकोशी र त्रिशुली नदी किनारका असुरक्षित वस्तीका नागरिकहरू, विकट क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू, अहोरात्र शान्तिसुरक्षामा खटिने सुरक्षाकर्मीहरू, देशलाई उज्यालो पार्ने जलविद्युत परियोजनामा कार्यरत श्रमिकहरू तथा प्राविधिकहरू, जनैपूर्णिमाको विशेष अवसरमा देशको महत्वपूर्ण पवित्रस्थल मानिने गोसाइँकुण्डको तीर्थ गर्न गएका श्रद्धालुजन, हिमाली क्षेत्रको दृश्यावलोकन गर्न र रसुवागढी मार्ग हुँदै कैलाश-मानसरोवर जान लागेका स्वदेशी तथा विदेशी पर्यटकहरू लगायत सबै दिवंगतजनप्रति आज हामी सबै नेपाली नतमस्तक छौं! अन्तरमनले शोकाकुल छौं! तपाईंहरूको स्मृति सदा अमर रहोस्! तपाईंहरूको यो जीवनोत्सर्गले हामीलाई प्रकृतिसंग सदैव मिलेर बस्नसक्ने सद्बुद्धि देओस्!
-
Baburam Bhattarai
@brb1954
चीनतर्फबाट रसुवा सीमाना हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढीबाट तल्लो तटीय क्षेत्रसम्म ठूलो जनधनको क्षति हुने सम्भावना भएकाले राज्यका सबै अंग, राजनीतिक दल,निजी क्षेत्र र आम जनसमुदाय सबैले एकीकृत ढंगले आवश्यक सुरक्षा, उद्धार, राहत, पुनर्स्थापना कार्य सम्पन्न गर्न हार्दिक आग्रह गर्दछु।
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
Let the youth-lead Nepal government take due legal action in time against the criminal elements who may attempt to discredite the new government by indulging in destructive activities on the eve of the first anniversary of the historic GenZ revolt.
यस्ता अपराधीलाई राज्यले वेलैमा नियन्त्रणमा लिएर विधिवत् कार्वाही गरोस्!
अन्यथा जेन-जी विद्रोहको बार्षिकी नजिकिदै गर्दा भेडाको छाला ओढेर प्रतिगामी र राष्ट्रघाती ब्वाँसाहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सर्वभौमिकता बिरूद्ध वितण्डा मच्चाउने थप जघन्य अपराध गर्नसक्छन्! -
Baburam Bhattarai
@brb1954
'नयाँ शक्ति' को खाँचो टरेको छैन! बरू झन् बढ्दै गएको छ! देश र जनताको चीरस्थायी हितप्रति समर्पित सबैको गम्भीर ध्यानाकर्षण होस्!
-
Baburam Bhattarai
@brb1954
विभिन्न दलका नेताहरूका साथ वरिष्ठ संचारकर्मी राजेन्द्र बानियाँ (गोरखा निवासी) संग सम्बादको रूपमा गोरखामै रेकर्ड गरिएको nepallead.com को 'Listenसिंहदरबार' कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। गोरखाको तीव्र र संतुलित विकासनिम्ति अन्य कुरा अतिरिक्त मेरो पालादेखि ( प्रम, अर्थमन्त्री, संविधानसभा सदस्य,सांसद) अघि बढाइएका वा प्रस्तावित निम्न महत्वपूर्ण परियोजना र प्रस्तावहरू छिटो कार्यान्वन गर्न सिंहदरबारलाई सुझाव दिएको छु:-
१. उत्तरी गोरखाको चुम-नुब्री र धार्चे गापालाई नेपालको संविधानको व्यवस्था वमोजिम छिटो 'स्वायत्त इलाका' को दर्जा दिइयोस्।
२. बुढीगण्डकी राष्ट्रिय गौरवको परियोजनालाई बहुउद्देश्यीय परियोजनाको रूपमा अधिकारसम्पन्न प्राधिकरण मार्फत् शीघ्र कार्यान्वयन गरियोस्।
३. २०६५ साल देखि शुरू भएको वेनीघाट-आरूघाट-रुइला (तिब्बत सीमाना) सडक छिटो सम्पन्न गरियोस्।
४. गोरखाको विशिष्ठ ऐतिहासिक-धार्मिक-सांस्कृतिक पर्यटन प्रबर्धन गर्न प्रस्तावित गोरखककाली - लिगलिगकोट -सिरानचोक -अजिरकोट - बारपाक - भीमसेन थापा जन्मस्थल - लखन थापा जन्मस्थल - मनकामना टुरिज्म सर्किट अवधारणा कार्यान्वयन गरियोस् ( संस्कृति तथा पर्यटन मन्त्रालय)।
५. राष्ट्रिय नमूना आधुनिक एकीकृत कृषि विकास परियोजनाको रूपमा प्रस्तावित एकीकृत दरौंदी जलाधार एकीकृत कृषि विकास परियोजना ( अजिरकोट-४ को बालुवादेखि गोरखा नपा-१३को रामशाह घाटसम्म) कार्यान्वयन गरियोस्। ( कृषि मन्त्रालय )
६. पालुंगटार-७ च्यांगलीमा प्रस्तावित विशेष औद्योगिक क्षेत्रको कार्यान्वयन गरियोस् र गोरखकाली रबर उद्योग PPP मोडेलमा पुनर्संचालन गरियोस्। (उद्योग मन्त्रालय)
७. सिरानचोक-५ जरेवरमा प्रस्तावित प्रदेश जडिबुटी संकलन तथा प्रशोधन केन्द्र छिटो निर्माण गरियोस्। (वन मन्त्रालय)
८. जिल्लामा एक अन्तर्राष्ट्रिय स्तरको प्राविधिक सेन्टर अफ एक्सेलेन्स स्थापना गरियोस्। अथवा नयाँ शुरू भैरहेको नेपाल विश्वविद्यालयलाई जिल्लाको उपयुक्त स्थानमा सार्वजनिक जमिन उपलब्ध गराएर स्थापना गर्न सहयोग गरियोस्। (शिक्षा मन्त्रालय)
९. जिल्लाको मध्यभाग भएर पूर्व-पश्चिम जाने मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बाँकी खण्ड छिटो पूरा गरियोस्।
( यी प्रमुख आयोजनाहरू - जुन तत्कालीन मन्त्रालयहरूको अभिलेखमा हुनुपर्छ , यदि जलेका वा हराएका भए पुनः उपलब्ध गराउन सकिनेछ - कार्यान्वयन भएमा अहिलेसम्म समग्र विकासको सूचकांकमा ७७ जिल्लामध्ये राष्ट्रिय स्तरमा पछिल्लो आधाभित्र रहेको देशको भौगोलिक एकीकरणको अगुवा रहेको, लोकतान्त्रिक आन्दोलनको पनि अगुवामध्येको एक रहेको र भौगोलिक रूपले झण्डै देशको मध्यभागमा रहेको गोरखा आर्थिक विकासको नापोमा पनि अगुवामध्ये एक पर्न सक्नेछ। र अरू धेरै पहाडी जिल्लाहरू झैं केही दशक यता ऋणात्मक जनसंख्या वृध्दिदरबाट धनात्मकमा रूपान्तरण हुनेछ। सिंहदरबारले ध्यान दिएर सुनोस्! )
@ekantipur_com -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशिता संविधानका आधारभूत तत्व हुन्, संवैधानिक राजतन्त्रको गल्ती दोहोर्याउनु हुँदैन ।- बाबुराम भट्टराई
ekantipur.com/politics/2026/08/19/the-constitution-can-be… -
Baburam Bhattarai
@brb1954
सके सबैले आआफ्नो ठाउँबाट छरछिमेक,समाज,देश र समग्र मानव जातिका विद्यमान समस्या हल गर्न र दिगो सुखशान्ति प्राप्त गर्न योगदान गरौं; तर हुँदै नभएका नयाँ समस्या थपेर भावी पुस्ताको समेत भविष्य बिगार्ने काम कसैले नगरौं!
जसको बर्षौंसम्मको कुशासन,भ्रष्टाचार, वेथितिले देशलाई गरीबी र बेरोजगारीको दलदलमा फसायो र विभिन्न राजनीतिक आन्दोलन हुँदै जेन-जी विद्रोहसम्म पुर्यायो तिनै तत्वहरू फेरि लाजशरम पचाएर र कुनै अदृश्य शक्तिको आड लिएर देशमा भर्खरै जरा गाड्न लागेको जननिर्वाचित संविधानसभाले बनाएको संविधान भत्काउने र देशलाई फेरि अँधेरो युगतिर फर्काउने दुस्साहस गर्छन् भने तिनलाई अबका वैज्ञानिक चेतनायुक्त जागरूग युवाहरूले कसरी सहन सक्छन्?
देशको दिनहुँ विकराल बन्दै गैरहेको गरिबी,बेरोजगारी, महँगी, परनिर्भरता, ब्यापारघाटा, वैदेशिक ऋणको पासो, युवा पलायन लगायतका समस्याका चांग धार्मिक राज्य घोषणा गरेर, मृत राजतन्त्रको भूत जगाएर हल हुन्छ? भोकाएको मान्छेलाई तन्त्रमन्त्र सुनाएर पेट भरिन्छ? यो सिधासादा र सहनशील जनतामाथि भद्दा मजाक नभए के हो? नांगो राजनीतिक ठगीधन्दा नभए के हो?
अब कसैले अर्को एक दशक फेरि देशलाई नयाँ द्वन्द्व र झैझगडामा फसाएर सिदासाधा जनता र नयाँ युवापुस्तालाई धोका दिने दुस्प्रयास गर्छ भने सचेत जेन-जी युवाहरूले र विभिन्न पार्टीभित्रका स्वाभिमानी नयाँ पुस्ताले तिनलाई वेलैमा यथोचित दण्ड दिनैपर्छ।
अन्यथा अर्को अल्फा पुस्ता पनि जन्मिसकेको सबैलाई हेक्का रहोस्! -
Baburam Bhattarai
@brb1954
नेपालभाषा र नेपाली भाषा साहित्यका धरोहर जनकवि दुर्गालाल श्रेष्ठको निधनले नेपालको साहित्यिक र वैचारिक क्षेत्रमा ठूलो रिक्तता सिर्जना गरेको छ।
वहाँ एक उच्च कोटीका कवि, गितकार, साहित्यकार मात्र हुनुहुन्थेन नेपालभाषा आन्दोलन, नेवाः मुक्ति आन्दोलन र नेपालको लोकतान्त्रिक आन्दोलनका वैचारिक अगुवा पनि हुन्थ्यो।
हिसिला र दिदीहरूका स्कूलका शिक्षक समेत हुनुभएकाले वहाँसंग युवा अवस्थादेखि नै नजिकबाट संगत गर्न पाएकोमा र साहित्य, विचार र नेवाः सभ्यताको क्षेत्रमा धेरै सिक्न पाएकोमा निजी रूपमा पनि मलाई निकै गौरवको अनुभूति हुन्छ।
'सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल'; 'फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार' जस्ता वहाँका गहन वैचारिक र कालजयी सिर्जनाहरूले विविधतायुक्त नेपाली समाज र जनतालाई लामो समयसम्म दिशावोध गरिरहनेछन्!
वहाँप्रति हार्दिक श्रद्धान्जली तथा शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना! -
Baburam Bhattarai
@brb1954
जेन-जी युवाहरूको काँधमा चढेर देशलाई पुन: अँध्यारो युगतिर फर्काउने र त्यसपछिको अन्त्यहीन द्वन्द्वमा देशको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि नै धावा बोल्ने कुत्सित मनशाय विभिन्न ढंगले अभिव्यक्त हुन थाल्नु ज्यादै चिन्ताजनक र गम्भीर बिषय छ।
यस्तो वेला लामो बलिदानीपूर्ण संघर्ष पछि नेपाली इतिहासमा पहिलोपटक संविधानसभाबाट बनेको संविधानका पक्षधर र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिहरू चट्टान झैं एकढिक्का भएर उभिनुपर्नेमा सबैले आआफ्नै डम्फू बजाउन थाल्नु विडम्वनापूर्ण छ।
पछिल्लो पटक देशको पुरानो पार्टी नेपाली कांग्रेसको एउटा पक्षको भेलाले पारित गरेको सार्वजनिक प्रस्तावमा हिजोका आफ्नै प्रतिवद्धता र निर्णयहरूबाट पछि हट्न खोजेको र एकजना वरिष्ठ नेताले अत्यन्त अस्वाभाविक ढंगले 'धर्म भाकेको' प्रसंगले 'दालमा केही कालो' भएको सहज संकेत गर्छ!
हेक्का रहोस्, गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र नेपालको संविधानरूपी खाटका चार खुट्टा हुन् र तीमध्ये कुनै एक खुट्टा भाँचिदा पूरै खाट ढल्नसक्छ।
अनि, हाम्रा जेनजी र सबै युवाहरूको छिटो सुशासन र समृद्धिको सपना संविधानका यी आधार स्तम्भहरूमा टेकेर मात्र पूरा हुनसक्छ, नकि पुरानो अंध्यारो युगतिर फर्केर र अर्को नयाँ द्वन्द्व सिर्जना गरेर !
जेनजी विद्रोहको पहिलो बार्षिकी नजिकिंदै गर्दा सबै प्रवुद्ध (enlightened) युवाहरूको सतर्कतापूर्ण ध्यान पुगोस्! -
Baburam Bhattarai
@brb1954
जेन-जी विद्रोहको बर्षदिन पुग्नलाग्दा इतिहासबाट विदा हुन लागेका पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु र उदीयमान नयाँ शक्तिहरू चौबाटोमा अल्मलिए जस्तो देखिनु बिडम्बनापूर्ण छ।
अर्कोतिर, बाह्य रूपमा झन् मडारिदै गैरहेको भूराजनीतिक बादल र आन्तरिक रूपमा सतहमुनि लामो समयदेखि पुत्पुताइरहेको अर्थराजनीतिक र सामाजिक-सांस्कृतिक ज्वालामुखी कुनै पनि बेला बिष्फोट हुनसक्ने खतरा अरू प्रबल बन्दै गैरहेछ।
यस्तो वेला देश र जनताप्रति प्रतिबद्ध सबै शक्तिहरूले विश्व इतिहास र आफ्नै इतिहासबाट सिकेर आआफ्नो भूमिका जिम्मेवारपूर्ण ढंगले निर्वाह गर्नु जरूरी भएको छ।
त्यसनिम्ति पुराना शक्तिहरूले इख साँध्ने ढंगले हलो अट्काएर गोरू चुट्ने तरिका अपनाउने हैन इमान्दारपूर्ण आत्मसमीक्षा गर्नु र नयाँ सत्ताधारीहरूले अहंकारपूर्ण तरिकाले एक्लै आकाश थाम्न खोज्ने हैन विनम्र र संयमपूर्ण ढंगले सबैको साथ लिएर राज्यको दायित्व पूरा गर्नु श्रेयस्कर हुनेछ।
अन्यथा गर्नु यो संगीन ऐतिहासिक घडीमा देश र जनताकोनिम्ति निकै जोखिमपूर्ण र घातक हुनेछ।
स्मरण रहोस्, समाज परिवर्तन गर्नु र लोकतान्त्रिक ढंगले राज्यसंचालन गर्नु एकल दौड हैन रिले दौड हो। -
Baburam Bhattarai
@brb1954
Highly honored and glad to participate in a Panel Discussion on "From People's War to People's Rule" moderated by Prof. Michael Callen (London School of Economics) in Kathmandu.
Prior to it a joint Research Paper on "From People's War to People's Rule: Rebel Governance and the Foundations of Inclusive Democracy", based on the comparative study of different parts of Nepal under different scale of influence by the Maoist PW and the then People's Government and the results of subsequent elections of the Local Government under the new Constitution in 2017 and 2022 in those areas,and particularly focussed on the question of inclusion, was presented by Prof. Rohini Pande (Yale University).
The program was part of a 3 day workshop of 25 Ph.D. students from MIT, LSE, Stanford, Yale, Harvard, Peking University and Ashoka with senior faculty in political economy and economic history, organised as 5th ACES Political Economy Summer School, Kathmandu.
It was interesting to note that the rigorous research paper finds that the Maoist wartime People's Government left a lasting imprint on Nepal's democratic instituions, specially in terms of higher political engagement among Janajati citizens, more inclusive party candidate-selection committees and stronger local state capacity, in areas with deeper wartime exposure.
As the Chief of the then Maoist People's Government ( 'United Revolutionary People's Council' ) I have added satisfaction with the findings of the research paper; of course, with certain reservations. -
Baburam Bhattarai
@brb1954
Well done PM Balen (though belatedly!).
Future of a sovereign and prosperous Nepal and Nepali people in the 21st century lies in our noble statecraft to correctly handle the two immediate big neighbors. The rest of the things can follow.
Try to build a national concensus around this. You will surely create a new history. Or else...!
This is my humble advice based on lifelong struggle, study and experience. @ShahBalen @navsri6619 @PRCAmbNepal -
Baburam Bhattarai
@brb1954
यतिवेला देशमा पुनः एकपटक राजनीतिक दलहरूवीच विघटन र पुनर्गठन अथवा विनिर्माण र निर्माणको नयाँ चक्र चल्न थालेको अनुभूत हुँदैछ।
त्यो स्वाभाविक र अनिवार्य कुरा हो। किनकि प्रकृति, समाज र विचार (पार्टी) को उद्विकासको आधारभूत नियम नै त्यही हो।
परन्तु खालि पुरानै नेता, विचार, प्रणालीका विभिन्न चिराहरू घालमेल गरेर र नयाँ रंगरोगन गरेर मात्र नयाँ युगको आवश्यकता पूर्ति गर्ने नयाँ पार्टी बन्दैन।
साँच्चै अग्रगामी नयाँ र वैकल्पिक पार्टी बनाउने हो भने देश र काल सापेक्ष नयाँ अग्रगामी विचार,नीति,कार्यक्रम,नेतृत्वको पूर्ण प्याकेज सहितको नयाँ संगठन/अभियान चाहिन्छ।
त्यसमध्येमा पनि जसले जतिसुकै चिच्याएर विचार/सिद्धान्त चाहिंदैन भनेपनि देशलाई दिगो रूपान्तरणकारी नेतृत्व दिनसक्ने दलको केन्द्र/कोरमा सही विचार/सिद्धान्त नै हुन्छ र हुनुपर्छ।
विचार/सिद्धान्त विनाको पार्टी भनेको दिशावोधक यन्त्र विनाको गाडी वा जहाज जस्तै हो।
अहिलेको वित्तीय भूमण्डलीकृत विश्व र आन्तरिक जडता र बाह्य परनिर्भरतको दुस्चक्रबाट गुज्रिरहेको बहुवर्गीय/बहुजातीय नेपाली समाजमा दलहरू पुरानै वैचारिक जडताबाट माथि उठ्न नसक्नु अथवा समयानुकूल विचारको विकास गर्न नसक्नु सबभन्दा ठूलो समस्या र विडम्बना भएको छ।
त्यनिम्ति बहसमा योगदान पुगोस् भन्ने ध्येयले अहिले जस्तै २०४६/४७ को परिवर्तनपछि दलहरू वीच विघटन र पुनर्गठनको चक्र चलिरहेको वेला मैले लेखेको 'यी 'कम्निष्ट धर्म' मान्नेहरू' भन्ने व्यंग्यात्मक निबन्ध यहाँ विशेषतः नयाँ पुस्ताका युवाहरूको जानकारीकालागि शेयर गरेको छु! -
Baburam Bhattarai
@brb1954
२०७० फागुन २५ गतेको 'नेपाल साप्ताहिक' पत्रिकामा "नयाँ शक्तिको खाँचो" शीर्षकमा मेरो लामो विश्लेषणात्मक आलेख छापिए पछि नै समकालीन नेपालमा नयाँ वैकल्पिक राजनीतिको बहस र निर्माणको प्रक्रिया राष्ट्रिय स्तरमा अगाडि बढेको हो।
त्यो आज विभिन्न प्रयोग र घुम्तीहरू हुँदै नेपाली राजनीतिको केन्द्रमा स्थापित हुनु निकै ठूलो ऐतिहासिक महत्व र खुशीको कुरा हो। पार्टी र नेतृत्वको नाउँ जेसुकै भए पनि र त्यसका भंगालाहरु जतिसुकै भए पनि युग परिवर्तन संगसंगै अगाडि आउने समाज र राज्यका आधारभूत समस्याहरूको पहिचान र तिनको समाधान गर्ने विधि (अर्थात् वैचारिक-राजनीतिक कार्यदिशा) नै व्यवहारिक राजनीतिको गुदी कुरा हो।
@
त्यस हिसाबले त्यति वेलादेखि पहिचान गरिएका सार्वभौमिकता/स्वाधीनता, संघीयता/समावेसीता, सुशासन/सदाचार, समतामूलक समृद्धि र समुन्नत समाजवाद ( ५ स ) नै समकालीन नेपालका साझा आधारभूत राजजनीतिक एजेण्डा हुन्।
यिनीहरूमध्ये कुनै एक वा एकाधलाई मात्र टिपेर क्षणिक चुनावी लाभ उठाउनु सहज हुन्छ , जसलाई दाहिने वा देब्रे पपुलिज्म भनिन्छ, भने यी सबैलाई एकमुष्ठ तर प्राथमिकताबद्ध ढंगले हल गरेर समाज र राज्यलाई दिगो अग्रगामी रूपान्तरण गर्नु निकै कठीन तर वैकल्पिक राजनीतिको आवश्यक र सम्भव साध्य हुन्छ।
यसै वरपर रहेर नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूले स्वस्थ वहस, प्रतिष्पर्धा र आवश्यक सहकार्य गरून्! समृद्ध नेपाल अवश्य बन्छ,बन्छ!! -
Baburam Bhattarai
@brb1954
राजनीतिक दलहरू भनेका विचार मिल्नेहरू वीचको स्वैच्छिक संगठन हुन्। तसर्थ दलहरूभित्र विचार/नीति/कार्यक्रम नमिल्दा सौहर्द्रपूर्ण ढंगलेे अलग्गिने र विचार/कार्यदिशा मिल्नेहरूवीच एकता गर्ने उन्नत लोकतान्त्रिक संस्कृतिको परिचायक हो। त्यसनिम्ति नयाँ शक्ति र प्रगतिशील अभियानले सहमतिमै छुट्टिनेे निर्णय गर्नु सकारात्मक कुरा हो।
अग्रगामी नयाँ र वैकल्पिक शक्तिहरू वीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य हुँदै जाओस्! -
Baburam Bhattarai
@brb1954
अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ- I can't give you the formula of success, but I will give you the sure formula of failure: TRY TO APPEASE EVERYONE AT THE SAME TIME!
( म तिमीलाई सफलताको सूत्र त दिन सक्दिनँ, तर पक्का असफलताको सूत्र चाहिं दिन सक्छु: त्यो हो, सबैलाई एकैचोटि खुशी पार्ने प्रयत्न गर!)
युवा वाहुल्य नयाँ सरकारको वेलैमा ध्यान पुगोस्! -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
This timely clarification from PM Balenndra Shah should remove all doubts from the minds of many about the committment of the new government to the basic fundamentals of the constitution of Nepal, viz republicanism, federalism, secularism and inclusion.
Nepalkhabar
@nepalkhabar
PM Balen rules out Hindu state and monarchy, stresses federalism commitment en.nepalkhabar.com/news/detail/19239/
-
Baburam Bhattarai
@brb1954
केही दिनदेखि तराई-मधेशका विभिन्न भागमा साम्प्रदायिक दंगा र हिंसा मच्चिदै गएर ठुलो संख्यामा जनधनको क्षति हुनु र देशमा असहज परिस्थिति निर्माण हुॅदै जानु अत्यन्त गम्भीर र राष्ट्रिय चिन्ताको विषय हो।
विवेकमाथि आवेग हावी हुँदै गयो भने झन् अकल्पनीय परिस्थिति उत्पन्न हुनसक्छ। विभिन्न दृश्यअदृश्य शक्तिहरूले हात हालेर संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि नै खतरा उत्पन्न हुनसक्छ।
'भाइ फुटे गँवार लुटे'भनिन्छ। अतः यतिवेला कुनै किन्तुपरन्तु नगरी सरकार, राजनीतिक दलहरू, सबै जाति,धर्म, समुदायका देशभक्त नागरिकहरू एक ढिक्का भएर यो आसन्न संकटलाई तुरून्तै निमिट्यान्न पार्नुको विकल्प छँदैछैन।
ढिलै भए पनि राज्यका उपल्लो तहका नेतृत्व, राजनीतिक दलहरू, सामुदायिक नेताहरू वीच जुन सम्बाद र सहकार्य शुरू भएको छ त्यो सकारात्मक छ। कसैका गल्तीकमजोरीका समीक्षा पछि हुँदै गर्ला । पहिले यो घृणा, आवेग र आक्रोशको आगो निभाऊँ। देश र लोकतन्त्र रहे हामी सबै रहन्छौं। अरू हिसाबकिताब हुँदै रहन्छ। -
Baburam Bhattarai
@brb1954
सुनसरीको देवानगंजमा एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी साम्प्रदायिक दंगा हुनु अत्यन्त गम्भीर र चिन्ताजनक घटना हो।
अहिलेको वैज्ञानिक युग, बद्लिदो भूराजनीति र नेपालमा भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रले जरा गाड्दै गरेको अवस्थामा जेनजी विद्रोह पछि नवनिर्वाचित सरकार, सबै राजनीतिक शक्तिहरू र आम नाकरिकले यस्ता अवान्छित र हानिकारक घटना हुन नदिन उच्च विवेक र संयमको प्रयोग गरौं!
स्मरण रहोस्, अब हामी कसैलाई पनि यो वा उ बहानामा देशलाई अविकास र अस्थीरताको भूमरीमा फसाइराख्ने छुट छैन। आगामी दिन अझै चुनौतिपूर्ण हुनसक्छन्! हामी कसैलाई पनि इतिहासले क्षमा गर्नेछैन! -
Baburam Bhattarai
@brb1954
लघुवित्त पीडित, मिटरब्याज पीडित, सहकारी पीडित, सुकुम्बासी, मुक्त कमैया, मुक्त हलिया आदि सबै एउटै गरिबी/वेरोजगारी र सामाजिक विभेदरूपी रोगका भिन्नभिन्न लक्षण हुन्। वर्तमान नेपालको बहुसंख्यक जनसंख्या यसवाट पीडित छ।
निरपेक्ष गरीबीको आधिकारिक तथ्यांक २०% र सापेक्ष गरीबीको अनौपचारिक तथ्यांक ७०% लाई आधार मान्ने हो भने हाल देशको सबभन्दा ठूलो चुनौति नै यही हो। देशमा पटकपटक आन्दोलन र विद्रोहको गुदी कारण पनि यही हो।
पछिल्लो जेनजी विद्रोह र सरकार परिवर्तनको कारक बाहिरी रूप पक्षमा पढेलेखेका शहरी युवा देखिए पनि भित्री सारतत्वमा ग्रामीण क्षेत्रबाट विस्थापित भएर शहर पसेका र शहरमा रोजगारी नपाएर विदेश भास्सिन बाध्य युवाहरूको आक्रोश नै प्रमुख रहेको बुझ्न कुनै गाह्रो छैन।
हाम्रो समाज र राज्यको क्यान्सर जस्तो बनेको यो भयानक रोगको उपचार सामान्य झारफुक र मलहमपट्टीबाट मात्रै सम्भव छैन भन्ने बर्षौंदेखिको अनुभवले पुष्टी गरिसकेको छ। यसनिम्ति विभिन्न आर्थिक-सामाजिक, वित्तीय,कानूनी,प्रशासनिक क्षेत्रमा एकीकृत र समन्वयात्मक शल्यक्रिया अपरिहार्य बनिसकेको छ।
खाशगरी परम्परागत कृषिप्रधान अर्थतन्त्र धरासायी बनेको र औद्योगिक तथा सेवाप्रधान अर्थतन्त्रले जरा गाडिनसकेको यो संक्रमणकालीन चरणमा ऐतिहासिक सेतुको काम गर्ने वित्त तथा बैंकिंग क्षेत्रको समयानुकूल संरचनात्मक सुधार निर्णायक महत्वको हुन्छ।
किनकि विकास अर्थशास्त्रको सामान्य नियम अनुसार प्रारम्भिक पुँजी सञ्चय (primitive accumulation of capital) बाट बनेको वित्तीय पुँजी (financial capital) मध्ये अनुत्पादक 'पैसाले पैसा मात्र खेलाउने' पुँजी अर्थात् सामान्य भाषामा 'सुदखोरी'(usury) को मात्रा जति बढी हुन्छ उत्ति नै कमी उत्पादनमूलक क्षेत्रमा लाग्ने पुँजीको मात्रा हुन्छ। त्यसले गर्दा औद्योगिक अर्थतन्त्रको विकास र रोजगारी सिर्जना हुन सक्दैन। अर्थतन्त्र पेटमात्र फुलेको रोगी मान्छे जस्तो हुन्छ।
मुख्यतः श्रमनिर्यात र उपभोग्य वस्तुआयातको माखेसांग्लोमा बाँधिएको हाम्रो सत्तरी खर्ब बढीको वित्तीय पुँजी सीमित समूहको हातमा केन्द्रित रहनु, बाह्र खर्ब बढी लगानीयोग्य रकम बैंकमा निष्क्रिय बस्नु, पचासौं लाख गरीब,साना तथा मध्यम किसान र उद्यमी-व्यवसायी ऋणको पासो (debt trap) मा फस्नु, राज्य स्वयम् तीस खर्ब बढी ऋणको भारमा पर्नु आदि हाम्रो वित्तीय क्षेत्र र संक्रमणकालीन अर्थतन्त्रका असमाधेय बन्दै गएका रोगका लक्षण हुन्।
अतः यति वेला अन्य क्षेत्रका सुधार अतिरिक्त नयाँ युवामैत्री सरकारले वित्तीय क्षेत्रको आमूल सुधार (radical reform) मा ध्यान केन्द्रित गर्नु अत्यन्त जरूरी भएको छ। एकातिर माथिल्लो तहबाट बैंकमा थुप्रिएको र अनुत्पादक क्षेत्रमा अल्झिएको ठूलो पुँजीलाई उत्पादन र रोजगारीमूलक क्षेत्रमा प्रवाहित गर्ने र अर्कोतिर, तलबाट ऋणको पासोमा परेका गरीब किसान,साना तथा मध्यम व्यवसायीलाई ऋणमुक्त गरेर रोजगारीमूलक व्यवसायमा लाग्न अभिप्रेरित गर्ने नीति तथा कार्यक्रम निर्माण र लागू गर्नैपर्छ।
आँटिला प्रधानमन्त्री र विद्वान अर्थमन्त्री तथा राष्ट्र बैंकका गभर्नरबाट यो संगीन घडीमा नेपाली जनता र मुख्यतः युवाहरूले यति अपेक्षा गर्नु किमार्थ अन्यथा हुँदैन! -
Baburam Bhattarai
@brb1954
Congratulations to the students and youths of India!
Youths of South Asia are making history!!
भारतका विद्यार्थी तथा युवाहरूलाई वधाइ!
दक्षिण एशियाका युवाहरूले इतिहास रच्दैछन्!! -
Baburam Bhattarai
@brb1954
नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर ब्यक्तित्वहरू बिपी कोइराला (श्रावण ६) र पुष्पलाल (पिएल) श्रेष्ठ (श्रावण ७) को स्मृतिदिवस संगसंगै जस्तो पर्नु गजबको ऐतिहासिक संयोग हो। यस क्रममा नेपाली इतिहासको छोटो स्मरण गर्नु सान्दर्भिक हुनेछ।
हालको भौगोलिक सीमामा बाँधिएको नेपालको वस्तुपरक र तथ्यपरक इतिहास अझै लेख्न बाँकी छ।प्रत्येक कालखण्डका प्रमुख कार्यभारका हिसाबले सर्सर्ती भन्नुपर्दा यसका मुख्य तीन चरण छन्। पहिलो, भौगोलिक एकीकरणको चरण (सन् १७४२ देखि १८१५/१६)। दोश्रो, लोकतान्त्रीकरणको चरण (सन् १९५१ देखि २०१५)। तेश्रो, सुशासन र समृद्धीकरणको चरण ( सन् २०१५ देखि यता)।
सिद्धान्ततः इतिहासका वास्तविक निर्माता तत्कालीन कालखण्डका आमजनता नै हुन्छन्। परन्तु प्रत्येक कालखण्डमा जनताको नेतृत्व गर्ने ब्यक्तिहरूको भूमिका विशेष महत्वपूर्ण हुन्छ। साथै प्रत्येक कालखण्डका जनता र नेताहरूले आफुभन्दा अघिका जनता र नेताहरूले निर्माण गरेको आधार वा जगमा टेकेर नै नयाँ चरणको ऐतिहासिक कार्यभार सम्पन्न गरेका हुन्छन् र गर्नुपर्दछ। यसैलाई इंगित गर्दै महान् वैज्ञानिक न्यूटनले भनेका हुन्- ' I can see farther because I stand on the shoulder of giants'.( ' मैले परसम्म देख्न सक्छु किनकि म महामानवहरूको काँधमा उभिएको छु।')
त्यस हिसाबले आधुनिक नेपाली इतिहासकोपहिलो कालखण्डमा पृथ्वीनारायण शाहदेखि भीमसेन थापासम्मका नेताहरूले पचास बढी राज्यमा विभाजित भूखण्डलाई एउटै केन्द्रीकृत राज्यमा गाभेर देशको भौगोलिक एकीकरणको नेतृत्व (भलै त्यतिवेला नेपाली जनताको चेतना संघीय राज्यको तहसम्म उठिसकेको थिएन!) गरेको ऐतिहासिक तथ्यलाई स्वीकार्न र सम्मान गर्न कोही हिच्किचाउनु हुन्न।
दोश्रो, लोकतन्त्रीकरणको कालखण्डमा १०४ बर्ष (सन् १८४६ देखि १९५१ सम्म)को निरंकुश राणातन्त्रको अन्त्य गरेर शाहवंशीय राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्रको मुख्य जग फरक फरक वैचारिक धारबाट बिपी र पुष्पलालले नै खनेका हुन्। परन्तु शाहवंशीय राजतन्त्रले पटकपटक लोकतन्त्रको हत्या गरेर आफ्नै एकतन्त्रीय शासन लादेपछि सशस्त्र जनयुद्ध, जनआन्दोलन,मधेश आन्दोलन लगायतको बलमा हाम्रो पुस्ताले सन् २०१५ मा निर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर देशलाई लोकतान्त्रीकरणको सापेक्ष पूर्णतामा पुर्याएको हो।
तेश्रो, सुशासन र समृद्धीकरणको चरण शुरू भएको भर्खर एक दशक मात्र भएको र पछिल्लो जेनजी विद्रोह पछि निर्वाचित युवबाहुल्य नयाँ राजनीतिक शक्तिको सरकारले भर्खरै कार्यभार सम्हालेकाले यो कसरी अघि बढ्छ केही समय पर्खेर हेर्नुपर्ने स्थिति छ।
यो समग्र सन्दर्भमा अहिले बिपी र पिएललाई किन विशेष महत्वकासाथ सम्झन र सम्मान गर्न जरूरी छ भने अन्य कुराहरूका अतिरिक्त उनीहरूले जस्तै कठीन र प्रतिकूल परिस्थितिमा पनि आफ्नो वैचारिक-राजनीतिक प्रतिबद्धता र नैतिक आदर्शलाई परित्याग गरेनन्। उनीहरूको लोकतन्त्रप्रतिको निष्ठा नै हाम्रो पुस्ताको प्रेरणाको श्रोत रहिरह्यो। अबको नयाँ पुस्ताले पनि बिगतका पुस्ताको योगदान र अनुभवमा टेकेर अघिबढ्नुपर्नेछ।
ती महान् ऐतिहासिक ब्यक्तित्व बिपी र पिएलप्रति हार्दिक श्रद्धासुमन! -
Baburam Bhattarai
@brb1954
निजी शिक्षामा कर लगाउने कि नलगाउने भनेर बहस गर्नु सट्टा यी कुरामा बहस केन्द्रित गर्ने र निकास खोज्ने कि?:
- आधुनिक युगमा शिक्षा सबै नागरिकको मौलिक अधिकार हो कि किन्न सक्नेले किनेर उपभोग गर्ने र नसक्नेले उपभोग नगरे पनि हुने विलाशिताको उपभोग्य वस्तु हो?
- 'नेपालको संविधान' को धारा ३१(२) मा लेखिएको "प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको (अर्थात् कक्षा ८ सम्मको!) शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको (अर्थात् कक्षा १२ सम्मको!) शिक्षा निःशुल्क पाउने हक हुनेछ" भन्नुको अर्थ के हो?
- अहिले देशमा प्रि-स्कूलदेखि उच्च शिक्षासम्म अनियन्त्रित ढंगले लागू भैरहेको सार्वजनिक/सामुदायिक र निजी भनिने दोहोरो शिक्षाप्रणालीले भूइँतहदेखि नै सिर्जना गरेको र बढाउँदै लगेको नागरिकहरु वीचको बढ्दो वर्गीय र सामाजिक विभेदको खाडलको दुष्परिणाम के होला? त्यसको वेलैमा रोकथाम कसरी गर्ने होला?
- यदि संविधानतः शिक्षा सबै नागरिकको मौलिक अधिकार हो; कमसेकम माध्यमिक तहसम्मको शिक्षाको दायित्व पूरै राज्यको हो; अहिले तत्काल राज्यको आवश्यक व्यवस्थापकीय क्षमता र कोषको अभावमा निजी क्षेत्रको पनि सहयोग लिनुपरेको हो भने सकेसम्म निजी क्षेत्रलाई मुनाफाको ध्येयले हैन परोपकारी ध्येयले शिक्षणसंस्था संचालन गर्न अभिप्रेरित गर्ने र त्यसो हुन नसकेमा राज्यले नै क्षमता अभिवृद्धि गरेर माध्यमिक तहसम्मको शिक्षाको पूर्ण दायित्व लिने र निजी क्षेत्रको लगानी अन्य क्षेत्रहरुमा स्थानान्तरण गर्नुपर्ने हैन र?
सार्थक बहस होस्! -
Baburam Bhattarai
@brb1954
आधुनिक नेपालका एक मूर्धन्य व्यक्तित्व, अग्रणी अर्थविद्, मानव अधिकारवादी अगुवा, शान्तिप्रक्रियाका सहजकर्ता, असल मानव, असल मित्र डा. देवेन्द्रराज पाण्डेको दुःखद निधनमा मर्माहत छु। वहाँसंगका सहकार्यका थुप्रै सुखद सम्झना मनमष्तिष्कमा गुंजीरहेछन्!
तपाईंको निष्कलंक सादा जीवन र देश तथा जनताप्रतिको अटूट समर्पणभावले हामीलाई सधैं उत्प्रेरणा दिइरहनेछ, डा. साब!
हार्दिक श्रद्धान्जली! शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना! -
Baburam Bhattarai
@brb1954
गजबको संयोग! यी दुबै (अहिलेका ३९ बर्षीय Messi र १९ बर्षीय Yamal) को बिश्वकप फाइनल खेलमा भेट अवश्य रोमांचक हुनेछ! प्रतीक्षा गरौं!
UNICEF
@UNICEF
Yes, those photos you’ve seen are real.
More than 18 years ago, a baby named Lamine Yamal and his mom Sheila met Lionel Messi at a UNICEF fundraising photoshoot.
Today, their achievements on the pitch inspire millions. Off the pitch, both Messi and Lamine Yamal use their voices and platforms as UNICEF Goodwill Ambassadors to support and advocate for children around the world.
The goal? That every child survives, thrives, and fulfils their potential.
We are proud to have them on our team.
Credit: Joan Monfort -
Baburam Bhattarai
@brb1954
नयाँ युग सुहाउँदो विदेशनीतिवारे गम्भीर बहस गरौं र आम सहमति कायम गरौं! अन्तर्राष्ट्रिय स्तरका बौद्धिक @KatakMalla लाई बहसमा सहभागितानिम्ति बधाइ तथा धन्यवाद!
Yogesh Dhakal
@yodhakal
#बाबुराममाथि मल्लको अभिमत ।
नेपालको कूटनीतिक विरासत : पुनर्मूल्यांकनको आवश्यकता र बाबुरामको लालीगुराँस @brb1954 @Shilapatra
shilapatra.com/detail/190520 -
Baburam Bhattarai
@brb1954
नेपालको परराष्ट्रनीतिमा समयानुकूल गुणात्मक मोड र नयाँ भाष्य निर्माण गर्नुपर्ने विषयमा मैले हालै 'यदुनाथ खनाल स्मृति व्याख्यान' को क्रममा उठाएका 'लालीगुराँस', 'गतिशील सेतु', 'शान्ति राष्ट्र', 'व्यवहारिक आदर्शवाद', 'वैज्ञानिक मानवतावाद' लगायतका अवधारणाकेन्द्रित अर्को एउटा महत्वपूर्ण प्रस्तुती! यो गहन सार्वजनिक विचारमन्थनको शृंखला जारी रहोस्!
'वादे वादे जायते तत्वबोध' जो भनिन्छ!
Onlinekhabar
@Online_khabar
नेपालको विकास कूटनीति- दुई ढुंगा बीचको लालीगुराँस बन्न सक्ला ?
दुवैसँग समानान्तर रूपमा रेलवे सेवा मात्र विकास गर्न सकियो भने पनि देशको आर्थिक गतिविधिले फड्को मार्न सक्छ।
#onlinekhabar #articles #कूटनीति
www.onlinekhabar.com/2026/07/1976274/nepals-development-d… -
Baburam Bhattarai
@brb1954
गज्जब! भकुण्डोभित्र विद्युतीय सेन्सर राखेर खेलका सबै सूक्ष्म गति मापन र अनुगमन गर्ने जमाना आइसक्यो! हामी चाहिं अझै आफ्ना साना नानीहरूलाई पुराना लुगाका डल्ला पारेर भकुण्डो खेलाउने आदिम चरणमा छौं! त्यसमाथि राष्ट्रिय स्तरमा ठालुहरूका जुँगाका लडाइँमा खेलकुद सम्बन्धी संघसंस्था र खेलाडीहरूको भविष्य ध्वस्त पार्छौं! अनि पाँच लाख जनसंख्या भएको फुच्चे टापू केब भार्डेले फुटबल विश्वकपमा तहल्का मच्चाउँदा हामी ट्वाँ परेर हेर्छौँ!
सबै गम्भीर बनौं! हामी सबै क्षेत्रमा विश्वको पुछारमा थच्चिन अभिसप्त छैनौं! हामी पनि विश्व सामू शीर ठाडो गरेर बाँच्न सक्छौं!
Vala Afshar
@ValaAfshar
The incredible innovation inside the 2026 FIFA World Cup football ⚽️
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
'कानूनको दृष्टिमा सबै नागरिक बराबर हुन्छन्' भन्ने लोकतन्त्रको सर्वव्यापी र सर्वकालीन मान्यता हो। यसरी नागरिकहररूलाई प्रथमदृष्टिमै विभेद हुने गरी लोकतान्त्रिक राज्यले कसरी काम गर्न मिल्छ?
अनि एउटै निर्णयलाई राज्यका दुई निकायले एकैसाथ कसरी फरकफरक व्याख्या र कार्यान्वयन गर्न मिल्छ? त्यो पनि न्यायसम्पादनका अनुभवी र जिम्मेवार व्यक्तिहरू र निकायबाट?
यो केको संकेत हो? राज्यका केही अंगलाई 'पवित्र' र अरूलाई 'अपवित्र' घोषणा गरेर पहिले ग्वेबेलियन शैलीमा आफु अनुकूल जनमत निर्माण गर्ने र पछि नियोजित ढंगले लोकतन्त्रको हत्या गर्ने एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका कतिपय देशमा गरिंदै आएको अभ्यासको पुनरावृत्ति त गरिंदैछैन?
स्मरण रहोस्, म गत एक दशकदेखि नयाँ अग्रगामी वैकल्पिक विचार र शक्तिको पैरवी गर्दै आइरहेको व्यक्ति हुँ र आजीवन त्यसमा दृढ रहनेछु। अनि संसदमा रहँदा र नरहँदा भ्रष्टाचार नियन्त्रण गर्न अन्य कुराका अतिरिक्त उच्च पदस्थ ब्यक्तिहरूको सम्पत्ति निष्पक्ष छानवीन हुनुपर्छ र कार्वाही गरिनुपर्छ भन्दै आएको व्यक्ति हुँ र निरन्तर भनिरहनेछु। अतः हाल केही समय गाउँमा रहेकाले अलि ढिलो हुन गएपनि आफ्नो सम्पत्ति विवरण तोकिएको समयभित्रै बुझाउँदैछु र सबैलाई बुझाउन आग्रह गर्दछु।
परन्तु अंग्रेजी भनाइ ' The road to hell is paved with good intentions' ( 'नरक जाने बाटो राम्रै उद्देश्यले बनाइएको हुन्छ') जस्तो नहोस्!
Naya Patrika
@NAYA_PATRIKA
पूर्वन्यायाधीश र पूर्वसैनिकबाहेकको सम्पत्ति छानबिनलाई निरन्तरता nayapatrikadaily.com/news-details/199774/2026-07-14
-
Baburam Bhattarai
@brb1954
प्रमुख संचार माध्यमका कार्यालय, प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास, उद्यमी-व्यवसायीका कार्यस्थल अगाडि नियोजित रूपले शंकास्पद गाडीहरू तेर्स्याएर कसले के संकेत गर्न खोजेको हो त्यसको गहिराइमा गएर सत्यतथ्य बुझ्न र गम्भीर प्रतिरोधात्मक कदम चाल्न अत्यन्त जरूरी भएको छ।
यदि यो सरकार पक्षबाट गरिएको हो भने त्यो सरासर लोकतन्त्रको घाँटी रेट्ने दुस्प्रयत्न हो जसलाई सबै दल र जनसमुदायले एकतावद्ध भएर सशक्त प्रतिवाद गर्नुपर्छ।
यदि यो नवनिर्वाचित सरकारलाई बदनाम गर्ने, दलहरूवीच दूरी बढाएर धमिलो पानीमा माछा मार्ने कुनै अदृश्य शक्तिको षड्यन्त्रपूर्ण हर्कत हो भने सरकार, प्रतपक्षी दलहरू र आम जनता एकजुट भएर त्यस्तो कुतत्वलाई बेनकाव र परास्त गर्नुपर्छ।
जेसुकै भए पनि देशले लोकतान्त्रिक स्थीरता, सुशासन र समृद्धि खोजिरहेको वेला देशमा पुनः राजनीतिक द्वन्द र अस्थीरताका बादलहरू मडारिन थाल्नु जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, देशको स्वाधीनता र जनताको सुखसमृद्धिकालागि पटक्कै शुभसंकेत हुँदैहैन।
अतः यतिवेला सबै पक्ष गम्भीर र जिम्मेवार बनौं। राज्यपक्ष विशेष उत्तरदायी बनोस् र यस घटनाको सत्यतथ्य छिटो उजागर गरोस्! -
Baburam Bhattarai
@brb1954
वर्तमान नेपालका सम्भवतः श्रेष्ठतम दश जनाभित्र पर्ने युवाा वैज्ञानिक तथा बौद्धिक व्यक्तित्व उत्तमबाबु श्रेष्ठको यो मर्मस्पर्सी र तर्कपूर्ण आलेख सबैले र विशेषतः अहिले सत्तासीन युवाहरूले अवश्य पढून्!
Nepal Views
@nepalviewsnv
| विचार |
समानुभूतिको खडेरी ✍️ @uttambabu
‘गणेश नेपालीको आत्मदाहको सतहमा एक हजार देखिए तापनि त्यसको गुदीमा चरम गरिबी, निरन्तरको तिरस्कार र असीमित दुःखका लाखौँ-करोडौँ पत्रहरू रहेछन् ।’
विचारोत्तेजक लेख : www.nepalviews.com/story/422370/empathy-drought -
Baburam Bhattarai
@brb1954
पठनीय आलेख! देशको राजनीतिमा नयाँ मोडसंगै २१औं शताब्दीमा देशको नयाँ अन्तर्राष्ट्रिय पहिचान कायम गर्न पनि जरूरी छ। त्यसवारे राष्ट्रिय सहमति निर्माण गर्न उदीयमान अन्तर्राष्ट्रिय सम्बन्धकी गम्भीर अध्येता सृष्टि राणाको यो प्रस्तुती निकै उपयोगी हुनसक्छ। @PM_nepal_ @MofaNepal @shisir
Kantipur
@ekantipur_com
सृष्टि राणाकाे विचार
विश्वमा नेपाललाई के भनेर चिनाउने ?
शान्तिको सबैभन्दा विस्तृत र व्यवस्थित ज्ञान हाम्रै बुद्धले दिएका छन् । त्यसैले ‘शान्ति राष्ट्र’ को परिकल्पनाले हिमाली सभ्यताको सरलता मात्रै होइन, तराईको सभ्यताको गहनता पनि समेट्छ ।
ekantipur.com/opinion/2026/07/12/how-should-nepal-be-know… -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
Would welcome an enlightened public debate on "Reimagining Nepal's foreign policy: A new strategic vision" for the 21st century! A detailed presentation was made at the 5th Yadunath Khanal Memorial Lecture recently in Kathmandu. @MofaNepal
-
Baburam Bhattarai
@brb1954
Gem of wisdom from the famed American scholar Jeffrey Sachs on the 250th anniversary of the USA invoking its founding fathers. It is time for all peaceloving world citizens to be ' partners for common good' against the tendency of hegemony and war. www.chinadaily.com.cn/a/202607/03/WS6a471746a310986e2b463…
-
Baburam Bhattarai reposted
Appie Culé
@appiecule
This image will be remembered for generations.
Moments after completing an unforgettable comeback against Egypt, every Argentina player lifted Lionel Messi into the air. Not because he asked for it—but because they knew who had dragged them back into the game when everything looked over.
A missed penalty. Two goals down. The entire football world writing him off.
Then Messi happened.
An assist. A stunning goal. A captain’s performance. A legendary comeback.
Respect isn’t demanded. It’s earned.
And that’s why, even at 39 years old, Lionel Messi is still the player everyone turns to when history needs another unforgettable chapter. 🐐🇦🇷❤️ -
Baburam Bhattarai
@brb1954
रास्वपा सरकारका सय दिन, भूराजनीति, विचार/दर्शन,समृद्धिको बाटो, पुराना दलहरूको नियति, नेपाल र नेपाली जनताको सुन्दर भविष्यको सपना लगायतका विषयमा 'शिलापत्र' का सम्पादक योगेश ढकालसंग मेरो विहंगम कुराकानी!सार्थक बहस् होस्!youtu.be/6HoiALfKLXI
-
Baburam Bhattarai
@brb1954
सन्दर्भ: पुस्तक विमोचन! बहस: नेपालको समृद्धिको बाटो!
RatoPati
@Rato_pati
रास्वपासँग पद खोजेको होइन, विकास र समृद्धिको एजेन्डा साकार पार्न सहयोग गरेको हो : डा. भट्टराई
#ratopati #baburambhattarai
www.ratopati.com/story/575353/i-did-not-seek-a-position-w… -
Baburam Bhattarai
@brb1954
बालेन्द्र शाह नेतृत्वको नवोदित दल रास्वपाको एकल सरकारको १०० दिनबारे आआफ्नो दृष्टकोण अनुसार मूल्यांकन हुनु स्वाभाविक छ। 'फूलको आँखामा फूलै संसार,काँडाको आँखामा काँडै संसार'!
पुरानै संसदीय राजनीतिको निरन्तरताको आँखाबाट हेर्ने हो भने यी सय दिन खासै उपलब्धीपूर्ण नलाग्न सक्छन्। बरू केही परम्परागत शैली भत्किन लागेकोमा आशंका र चिन्ता लाग्नसक्छ।
तर युग परिवर्तन, राजनीतिको पुस्तान्तरण, गैरराजनीतिक नयाँ युवाहरूको बाहुल्यता लगायतको नयाँ चस्मा सहितको आँखाबाट हेर्दा यी सय दिनलाई अन्य कुराहरूका अतिरिक्त न्यूनतम रूपमा पुरानो शासकीय शैलीको ध्वंश र नयाँ शैलीको निर्माणको प्रयासको रूपमा मूलतः सकारात्मक ढंगले हेर्न सकिन्छ। अतः केही समय शंकाको लाभ दिनु नै उचित हुन्छ।
त्यसरी नै देशको जटील भूराजनीति, अत्यन्त अल्पविकसित र परनिर्भर अर्थराजनीति, तीब्र आर्थिक-सामाजिक रूपान्तरणको आवश्यकता लगायतका गम्भीर संरचनात्मक चुनौतिहरूलाई केन्द्रमा राखेर हेर्दा चाहिं यी सय दिनलाई सामान्य सिकाइका दिन मानेर आगामी दिन अरू गम्भीरता र मेहनतकासाथ अघि बढ्नु श्रेयस्कर हुनेछ।
सय दिनका अनुभव र कमीकमजोरीहरूबाट सिक्दै सुशासन र समतामूलक समॄद्धिको दिशामा दृढतापूर्कक अघि बढ्न र भविष्यमुखी नयाँ तथा वैकल्पिक राजनीतिको आधारशिला निर्माण गर्न नयाँ युवाबाहुल्य सरकारलाई सफलताको हार्दिक शुभकामना! -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
नेपाल कक्रिएको तरुल कि फक्रिएको लालीगुराँस ?
डा. भट्टराईले अघि सार्नुभएको ‘शान्ति राष्ट्र’ को नवीन अवधारणा विगतमा राजा वीरेन्द्रले प्रस्ताव गर्नुभएको ‘शान्ति क्षेत्र’ को परम्परागत पुनरावृत्ति होइन, बरु बदलिएको बहुध्रुवीय विश्वपरिस्थितिमा नेपालको विश्वव्यापी भूमिकाको नयाँ र गतिशील परिकल्पना हो।
#onlinekhabar #articles
www.onlinekhabar.com/2026/07/1967246/nepal-pickled-yam-or… -
Baburam Bhattarai
@brb1954
लामो समयदेखिको सुस्ताको घाउ निकै गहीरो छ। पूरै निको हुन केही समय अझै लाग्नसक्छ। त्यतिवेलासम्म हामीले त्यहाँका निवासी हाम्रा नागरिकलाई नागरिकताको प्रमाणपत्र, जग्गा भोगचलन गर्दै आएकालाई लालपुर्जा लगायतका अन्य अधिकार र सुविधाबाट समेत किन बन्चित गर्ने? त्यहाँका वास्तविक बासिन्दालाई नागरिकता नदिनु भनेको त त्यो भूमि हाम्रो हैन भन्ने सर्वथा गलत अर्थ लाग्दैन र? सरकारको ध्यान पुगोस्! #pmonepal
-
Baburam Bhattarai
@brb1954
समतामूलक समृद्धिलाई केन्द्रमा राख्नुपर्ने लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ युगको आवश्यकता अनुरूप नेपाललाई भारत र चीन वीचको 'गतिशील पुल' र 'शान्ति राष्ट्र' को रूपमा विकास गर्न मेरो सुझाव!
Onlinekhabar
@Online_khabar
उनले यो अवधारणा तत्कालीन राजा वीरेन्द्रले अघि सारेको ' शान्ति क्षेत्र' (जोन अफ पिस) को प्रस्तावभन्दा आधारभूत रूपमा फरक रहेको स्पष्ट पारेका छन् ।
#onlinekhabar
www.onlinekhabar.com/2026/06/1965625/former-prime-ministe… -
Baburam Bhattarai reposted
MOFA of Nepal 🇳🇵
@MofaNepal
The Ministry of Foreign Affairs today hosted the 5th Edition of the Prof. Yadu Nath Khanal Lecture Series in Kathmandu on the theme "Foreign Policy of Nepal: Navigating Geopolitical and Geoeconomic Trends."
In his keynote address, Former Prime Minister Dr Baburam Bhattarai reflected on the profound shifts reshaping the international order- intensifying major-power competition, the growing role of economic instruments and technology in global affairs, and what these mean for Nepal's foreign policy choices.
Delivering the concluding remarks, Hon. Foreign Minister Mr Shisir Khanal underscored that Nepal must approach this evolving environment with clarity, confidence and prudence- with foreign policy firmly anchored in national interest while serving the aspirations of our people.
Hon. Ministers, Members of Parliament, former ministers, heads of diplomatic missions, and distinguished guests attended the event. The programme was also livestreamed through the Ministry's Facebook and YouTube channels.
The link to the full keynote remarks can be found here: mofa.gov.np/content/1837/professor-yadu-nath-khanal-lectu… -
Baburam Bhattarai reposted
The Decode Nepal
@thedecodenp
३६ वर्षमै यदुनाथ खनालकै उपस्थितिमा नेपाल–भारत सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरेका डा. बाबुराम भट्टराई।।
आज, यदुनाथ खनाल लेक्चर सिरिजमा उनको योग्यतामाथि नै बहस।पूरा विश्लेषण। 👇
@brb1954
#baburambhattarai #yadunathkhanal #nepalpoliticsThis media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
विविध सकारात्मक र नकारात्मक अनुभव सहित आफ्नो प्रथम महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा देशको प्रमुख राजनीतिक शक्तिको रुपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी र नवनिर्वाचित नेतृत्व टिमलाई हार्दिक बधाइ तथा शुभकामना!
#highlight #rspnepal #rabilamichhane -
Baburam Bhattarai
@brb1954
We express our profound grief and heartfelt condolences to the friendly people and government of Venezuela on the loss of life and property due to massive earthquakes.
Also, we urge all governments and international agencies, including the Government of Nepal, to rush all possible and necessary humanitarian assistance during this critical hour. @MofaNepal -
Baburam Bhattarai
@brb1954
Insightful piece by @PRCAmbNepal on Nepal-China relations. Notable quote-"A close neighbour is better than a distant relative"!
The Kathmandu Post
@kathmandupost
OPINION: More practical cooperation, stronger Nepal-China relations
China will always be a trustworthy and reliable friend and partner of Nepal in its pursuit of development, revitalisation and modernisation.
kathmandupost.com/columns/2026/06/24/more-practical-coope… —by @PRCAmbNepal -
Baburam Bhattarai
@brb1954
रास्वपा महाधिवेशनमा मैले व्यक्त गरेका विचारहरूलाई लिएर विभिन्न कोणबाट आएका प्रतिक्रियाहरूप्रति मेरो ध्यानाकर्षण भएको छ! चिन्ता र चासो राख्नुहुनेहरू सबैप्रति आभारी छु!
संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको दिनदेखि नै अब नयाँ युगको नयाँ कार्यभार सम्पन्न गर्न नयाँ अग्रगामी विचार सहितको वैकल्पिक राजनीतिक शक्ति चाहिन्छ भनेर आफ्नै रगतपसिनाले बनाएको पार्टी परित्याग गर्दै नयाँ अभियानमा होमिएको व्यक्ति हुनाले नयाँ शक्ति र दलहरूप्रति मेरो विशेष लगाव र दायित्व हुनु विल्कुल स्वाभाविक कुरा हो।
त्यसै क्रममा चमत्कारिक ढंगले देशको प्रमुख शक्तिको रूपमा उदाएको रास्वपालाई आफुले जानेबुझेसम्मका सल्लाहसुझाव दिएर सहयोग गर्नु मेरो नैतिक दायित्व हो। मेरो कुरा सुन्नु नसुन्नु वहाँहरूको स्वेच्छा र अधिकार हो। यसमा कसैले टाउको दुखाइरहनु आवश्यक छैन।
विशेषत: जेनजी विद्रोह र पछिल्लो आमनिर्वाचन पछि नेपाली राजनीतिको ऐतिहासिक पुस्तान्तरण भएकै हो। आफ्नो देशमा रोजीरोटीको व्यवस्था नभएर संसारका १७० बढी देशमा छरिन वाध्य युवाहरूले र देशभित्र रहेका हिमाल/पहाड/तराईका तिनका आफन्तहरूले पुराना राजनीतिक शक्तिहरूविरूद्ध सामुहिक आक्रोश ब्यक्त गरेकै हुन्। अनि नयाँप्रति आशाको नजरले हेरेकै हुन्।
यसलाई नबुझेर वा बुझ पचाएर नाना थरिका षड्यन्त्रका कथा बुनेर आत्मरति गर्नु पुराना पतनशील शक्तिहरूको नैसर्गिक चरित्र नै हो। आफ्ना सन्तानहरूको पालनपोषण गर्न नसक्ने नालायकहरूलाई छिमेकी र परचक्रीहरूले त हेपिहाल्छन् नि! मैले अकबर-विरवलको कथा मार्फत् त्यसैको स्मरण मात्र गराएको हुँ।
सत्तासीन नयाँ युवाहरूले एकैचोटि सबै राम्रै मात्र गर्लान् भन्न सकिन्न। जटील भूराजनीति, जर्जर अर्थतन्त्र, मक्किएको राज्य-प्रणाली एकातिर र अर्कोतिर जनताको असीमित आवश्यकता र चाहनावीचको अन्तरविरोध हल गर्नु त्यति सहज हुनेछैन। गल्तीकमजोरी हुनेछन्।
तर एकैचोटि मूसोलिनी र हिट्लरको उदय हुनेछ भनेर आतंकित हुन वा पार्न
आवश्यक छैन। भैहालेछ भने हिजो पचासलाख तोकिएका यी टाउका चूप लागेर बस्नेछैनन्!
भारत (२०३६ साल), राजा (२०४३ ,२०४५ साल),कांग्रेस (२०५० साल),एमाले (२०५१ सालको 'भित्तेकाण्ड') र प्रचण्ड माओवादी(२०७४ साल) सबैको दमन र जेल-थुना भोगेको सम्भवतः एकमात्र जीवित यो पात्र आजीवन सत्य र न्यायकोनिम्ति लडिरहनेछ।
#highlight #rspnepal #conspiracytheory#alternativepolitics -
Baburam Bhattarai
@brb1954
रास्वपा महाधिवेशनमा शुभकामना! सुशासन र समृद्धिको मुद्दामा केन्द्रित हुन र पूर्ण समय सरकार चलाउन रवि-बालेनको एकतालाई मजबुत बनाउन जोड!
-
Baburam Bhattarai
@brb1954
नयाँ सत्ताधारी दल रास्वपाको पहिलो महाधिवेशनको मुखमा उसको विधानमा उल्लेखित राजनीतिक विचारधारा "संवैधानिक समाजवाद" को वास्तविक अर्थ र मर्म के हो भन्ने जिज्ञासा सबैतिर हुनु स्वाभाविक छ।
यदि त्यसको अर्थ 'नेपालको संविधानमा उल्लेख भए बमोजिमको समाजवाद' हो भने त्यसलाई सोही बमोजिम सर्वसाधारणले बुझ्ने भाषामा प्रष्ट पार्दा राम्रो होला।
संविधानसभाबाट निर्मित "नेपालको संविधान" मा मुख्यतः परम्परागत उदारवादी लोकतन्त्र पक्षधर र साम्यवाद पक्षधर शक्तिहरूवीचको सहमतिका आधारमा संविधानको गुदी मानिने 'प्रस्तावना' खण्डमा "लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद" भनेर उल्लेख गरिएको छ।
अतः सम्पूर्ण देश र अन्तर्राष्ट्रिय जगतले समेत चासोपूर्वक हेरिरहेको प्रथम महाधिवेशनको क्रममा रास्वपा नेतृत्वले यो अहम् वैचारिक-राजनीतिक पक्षलाई प्रष्ट्याउने काम गरोस्!
#highlight #rabilamichhane #balenshah #swarnimwagle #rsp #ideologymatter -
Baburam Bhattarai
@brb1954
US-Iran memorandum of understanding in full share.google/g9fdWcNGYLgYZBOxV
-
Baburam Bhattarai
@brb1954
रास्वपा सरकारद्वारा गठित 'संविधान संशोधन बहसपत्र' कार्यदलसंग आफ्नै निवासमा विहंगम छलफल!
आफ्ना लिखित (छापित!) सुझावहरू १.वैचारिक-राजनीतिक दिशा, २. शासकीय स्वरूप र निर्वाचन प्रणाली, ३. संघीयता र राज्यको पुनर्संरचना, ४. न्यायपालिका, ५. संवैधानिक आयोग,६. विविध, शीर्षकमा प्रदान!
#highlight #constitutionamendment
#pmonepal -
Baburam Bhattarai
@brb1954
नेपालका विदेश मन्त्री श्री शिशिर खनालको चीनभ्रमण र उच्चस्तरीय भेटवार्ताले सुखद परिणाम देओस्! दुइ देश वीच बहुपक्षीय सम्बन्ध र विशेषतः यातायात-संचारको पूर्वाधार विकासमा विशेष जोड पुगोस्!
दुइ ठुला छिमेकीहरू वीच शान्तिपूर्ण 'गतिशील सेतु' बनेर समृद्धिको शिखर चुम्ने नेपाली जनताको चाहना ( र मेरो शुरुको अबधारणा!) पूरा गर्ने दिशामा ठोस पहल होस्!
हार्दिक शुभकामना!
Bilateral meeting between the Foreign Ministers of Nepal (Shishir Khanal) and China (Wang Yi) in Beijing is a welcome development.
Let this visit of the new FM of Nepal to China lead to further strengthening of age-old friendly relations between the two countries!
I wish and advise both sides two focus on developing multifaceted connectivity between Nepal and China at a fast pace so that the long cherished dream of the Nepalese people (and my initial idea !) of achieving prosperity by turning Nepal into a peacefull 'Vibrant Bridge" between our two big neighbors is realised!
#highlight #nepalchinafriendship
#vibrantbridge #shishirkhanal -
Baburam Bhattarai
@brb1954
-" निर्यातमा भारतको अवरोधपछि ८३ चिया उद्योग बन्द गर्ने घोषणा"!
- "उद्योगमा घट्यो आकर्षण, पोहोरभन्दा १२० उद्योग कम दर्ता"!
यी अत्यन्त गम्भीर आर्थिक क्षेत्रका संरचनात्मक संकटका संकेत हुन्! त्यसै त जम्मा ११.४% जीडीपी र १३.८% श्रमशक्ति (सन् २०२४) भएको कमजोर औद्योगिक क्षेत्र!
झन् गम्भीर कुरा, राष्ट्रियताका अरू पक्षहरूमा हामी नेपाली जति सम्वेदनशील छौं, आर्थिक राष्ट्रियताका विषयमा भने हाम्रो बालसुलभ अज्ञानता र मौनता बडो चिन्ताजनक छ!
मैले ठीक ४० बर्ष पहिले (सन् १९८६) JNU मा प्रस्तुत गरेको " The Nature of Underdevelopment and Regional Structure of Nepal" बिषयक विद्यावारिधी शोधग्रन्थमा यही संरचनात्मक आर्थिक अल्पविकास र परनिर्भरताको आन्तरिक र बाह्य कारणबारे चिरफार गरेको थिएँ!
परन्तु वीचको अवधि राजनीतिक अधिकारको संघर्षमै बित्यो!
अहिले नयाँ जोशजाँगर सहित सत्तामा पुग्नुभएका साथीहरूले अब त्यो ऐतिहासिक आर्थिक रोगको दिगो निदान खोज्ने हो कि?
#highlight #structuralcrisis #dependency #swarnimwagle #balenshah -
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
नयाँ र वैकल्पिक शक्तिहरूवीच निरन्तर सम्वाद,सहकार्य र रचनात्मक प्रतिष्पर्धा गर्दै अघि बढ्नु नै युगको आवश्यकता हो! आज अवश्य भेटौं,कुरा गरौं,कुरा सुनौं!
#highlight #alternativepolitics -
Baburam Bhattarai
@brb1954
हामी दुइजना कहिले शहर कहिले गाउँ किन गरिरहन्छौं?
दार्शनिक रूपले भन्नुपर्दा - ऐतिहासिक आवश्यकता र संयोग (historical necessiity and chance)- ले एउटा गाउँमा र अर्को शहरमा जन्मे-हुर्केको मान्छे School of Planning & Achitecture ( अर्थात् शहर र गाउँको आवास तथा विकास योजनावारे पढ्ने ठाउँ)- मा भेट भएर समाज बदल्ने साझा ध्येय सहित जीवनसाथी बन्यौं!
सहजीवनको पहिलो खण्ड राजनीतिक परिवर्तनको अभियानमा बित्यो भने दोश्रो खण्ड आर्थिक-सामाजिक-साँस्कृतिक रूपान्तरणको अभियानमा विताउने अठोट छ!
युगीन हिसाबले नेपाली समाज अहिले कविलाइ-सामन्ती चरणबाट पुँजीवादी-समाजवादी चरणमा रूपान्तरणको संक्रमणकालीन अवस्थामा छ। यस्तो वेला गाउँ (अर्थात् कृषिप्रधान अर्थतन्त्रको बाहुल्य भएको क्षेत्र) र शहर (अर्थात् गैर-कृषि उद्योग तथा सेवाप्रधान क्षेत्र) वीचको अन्तरविरोध निकै पेचिलो हुन्छ!
ठाडो भाषामा भन्नुपर्दा अहिले हामीकहाँ 'गाउँको शहरीकरण' (urbanization of countryside)-को सट्टा 'शहरको ग्रमिणीकरण' (ruralization of city) भैरहेछ!
त्यसैले जन्मले र कर्मले दुवै क्षेत्रसंग जोडिएका हामी सचेत ढंगले यता र उता गरिरहेछौं। गरिरहनेछौं! इति!!
#highlight #ruralurbancontinuum -
Baburam Bhattarai
@brb1954
एक महिनाको गाउँ बसाइका केही घटनाहरुले मन उद्वेलित गरिरहेछन्!
केही दिन अघि एकजना छिमेकी भाउज्यू आउनुभो! सामान्य कुशलमंगलका कुरापछि भन्नुभो - 'छोरो एउटा कम्पनीमा काम गर्छ! बुहारी नातिनातिनी पढाउन शहरतिर बस्छे! म एक्लै गाउँमा बस्छु!'
अस्ति अर्की गाउँले भाउज्यू दुइजना साना नाति-नातिनी लिएर आउनुभो। कुरैकुरामा भन्नुभो- ' छोराहरु सबै बाहिर छन्। दुइवटा छोराका नाति-नातिनी त बोर्डिंगमा पढ्छन्! तर के गर्नु खै, यी दुइलाई चाहिं गाउँकै स्कूलमा पढाउनु परिराख्या छ!'
मन चसक्क भयो! आफुले यहीं स्थानीय विन्ध्यवासिनी स्कूलको प्रारम्भकालमा चौतारामा चकटीमा बसेर पढेको इतिहास सुनाउँदै सरकारी स्कूलमा पढेर पनि राम्रो गर्न सकिन्छ भन्ने तर्क गर्न खोजें। तर कुरा निकै गहिरो र संवेदनशील थियो।
निजी र सरकारी स्कूल वीचको बढ्दो दूरीले समाजमा विभेदको खाडल बढाउँदै गैरहेछ। यसले नयाँ द्वन्द सिर्जना गर्छ गर्छ। यसको छिटो अन्त्य गर्न राज्य र समाज दुवैले बेलैमा पहल गर्नैपर्छ।
पहिलो त राज्यले संविधानको अक्षर र भावना (letter and spirit) दुवैको कदर गर्दै कमसेकम माध्यमिक तहसम्मको शिक्षाको पूर्ण दायित्व लिनुपर्छ। दोहोरो शिक्षाप्रणाली पूर्ण खारेज गर्दै शिक्षालाई मुनाफाको क्षेत्र बन्न दिनैहुन्न।
दोश्रो, शिक्षामा लगानी वृद्धि गरेर र आमूल प्रणालीगत सुधार गरेर गुणस्तरयुक्त र जीपनोपयोगी शिक्षा सबैलाई उपलब्ध गराउनैपर्छ।
तत्काल गाउँका कुनाकाप्चाका स्कूलहरूको गुणस्तर बृद्धि गर्न स्थानीय तह, समुदाय र सबै सचेत नागरिकले आआफ्नो ठाउँबाट पहल गरौं।
मैले कखरा सिकेको र अधिकांश दलित तथा विपन्न वर्गका बालबालिका अध्ययन गर्ने स्कूल (विन्ध्यवासिनी आधारभूत विद्यालय, पालुंगटार न पा- १, गोरखा) लाई केही थान कम्प्यूटर लगायत आधुनिक प्रविधिमैत्री सिकाइसामाग्री प्रदान गरेर सहयोग गर्न सबै शुभेच्छुक साथीहरू र संस्थाहरूसंग विनम्र आग्रह गर्दछु।
सम्पर्क:-
फोन- +९७७-९८२५१००३०४
सन्तोष पोखरेल
अध्यक्ष, विद्यालय व्यवस्थापन समिति
#highlight #educationforall -
Baburam Bhattarai
@brb1954
बदलिदो विश्व परिस्थितिमा हाम्रो परराष्ट्र नीतिका निर्णायक पक्ष भूराजनीतिक (geopolitical) र भूआर्थिक (geoeconomic) नै हुनेछन्। त्यस अर्थमा सत्ताधारी दलका सभापतिको भारत भ्रमणलाई अनावश्यक आशंका भन्दा सकारात्मक ढंगले नै बुझ्नु उपयुक्त हुन्छ।
गाउँले किसानको भाषामा भन्नुपर्दा राजनीतिक नेतृत्वले बाँझो फोर्ने, राज्यको नेतृत्वले सम्याएर रोप्ने र आम नागरिकले गोडमेल गर्ने तरिका अपनाउँदा नै कुटनीतिमा राम्रो फसल भित्र्याउन सम्भव हुनेछ।
साथै अब उत्तरी छिमेकी र उदीयमान विश्वशक्ति चीनसंगको सम्बन्धमा पनि विशेष ध्यान दिन सत्ताधारी दल र सरकार नचुकोस्।
वर्तमान बहुध्रुवीय विश्व र हाम्रो देशको भूराजनीतिक अवस्थितिको धरातलीय यथार्थलाई मध्यनजर गर्दै (कुनै आकस्मिकता नआइपरेसम्म!) क्रमश: भारत,चीन,अमेरिका र अन्य प्रमुख शक्ति राष्ट्रहरूसंग सुमधूर सम्बन्थ राख्ने नीतिमा सरकार दृढ रहोस्!
अरू कुरामा सार्वजनिक माथापच्ची गरेपनि परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गरौ!
#highlight #foreignpolicy #rabilamichhane #balendrashah #shishirkhanal #nationalconcensusonforeignpolicy #geopolitics #geoeconomics -
Baburam Bhattarai
@brb1954
नयाँ पार्टीको नयाँ सरकार बनेको सय दिन पुगेको छैन तर देशको राजनीति उही पुरानै दन्तबझानमा अल्झिने, संसद अवरुद्ध हुने, आधारभूत जनताका एजेण्डा अलपत्र पर्ने संकेत देखिनु विडम्वनापूर्ण छ।
अब कसैलाई पुरानै अस्थीरताको खेल खेल्ने र देशलाई गरीबी र वेरोजगारीको दुष्चक्रमा फसाइराख्ने छुट छैन।
सरकारका गल्तीकमजोरीको आलोचना गर्दै उसलाई पूरा कार्यकाल काम गर्न दिऊँ। उसले गर्न नसके अर्को निर्वाचनमा जनताले दण्डित गर्ने लोकतान्त्रिक बाटो छँदैछ।
अनि हेक्का रहोस्, पुस्तान्तरण भैसकेको नेपाली राजनीति अब फेरि पुरानैतिर फर्कने सम्भावना छैन। नयाँको विकल्प झन् नयाँ मात्र हुनसक्छ।
#highlight #balendrashah #rabilamichhane #nayashakti -
Baburam Bhattarai
@brb1954
RSP Chair Rabi Lamichhane's article in @htTweets has been generally appreciated both in Nepal and India. I also appreciate it.
But this is only the half of the story. As long as you talk about the developmental and cultural/civilizational issues everybody goes gaga over it. I do vividly remember my time when I pushed forward the BIPPA agreement between the two countries to enhance bilateral investment and economic cooperation.
But when you open the other half of the story, as you all can easily guess, the real demon of security and sovereignty question, the whole passionately built edifice collapses just as a house of cards.
India's fixation with the 'Himalayan Frontier' mindset on the security question and Nepal'a deep-rooted fear psychosis of 'Sikkimization' , come as insurmountable obstacles on the way. We have been reliving this Sisyphus story for decades.
To end this tragic saga for ever and embark on the path of longterm cooperation and coexistence I had initially proposed the idea of EPG (Eminent Persons Group) and was subsequently agreed upon by both sides. Unfortunately the EPG report is in virtual deathbed for years.
Let Rabi's current Delhi visit succeed to create a new history. The rattling sounds both in Kathmandu and Delhi, however, are not very assuring. -
Baburam Bhattarai
@brb1954
देश र जनताले धेरै आशा गरेका युवा इन्जिनीयर प्र. म. लाई मित्रवत् सुझाव:
- संसदमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो। राम्रो गर्नुभयो।
- पदमा बहाल रहुन्जेल हाम्रो नीतिशास्त्रको यो पद्यांश निरन्तर स्मरण गर्दा राम्रो होला:
'सत्यं ब्रुयात् प्रियं ब्रुयात् ,
न ब्रुयात् सत्यमप्रियं !
('सत्य बोल प्रिय बोल, अप्रिय सत्य नबोल!)
#highlight #balendrashah -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
बजेटबारे बाबुराम :
‘सुशासन र रूपान्तरणमा चुके पनि शंकाको लाभ दिन सकिन्छ’
–‘शङ्काको लाभ दिन सकिने बजेट, तर सुशासन र रूपान्तरणमा चुकेको छ’
#onlinekhabar #baburambhattarai #budget
www.onlinekhabar.com/2026/05/1942689/even-if-we-fail-in-g… -
Baburam Bhattarai
@brb1954
गाउँको आँगनमा बसेर विद्वान अर्थमन्त्रीको बजेट-भाषण सुन्दा निकै रोमान्चक अनुभुति!
शब्द र प्रस्तुति निकै नयाँ र आकर्षक छ!
नीतिगत रुपमा नयाँ प्रविधीमैत्री पुस्ता, निजी क्षेत्र, विदेशमा बस्ने नेपाली, कर्मचारी आदिलाई बढी आकर्षित गर्ने खालको पनि छ।
मलाई पनि निजी रूपमा बुढीगण्डकी परियोजना लामो अन्योल र आशंका पछि मैले शुरूमा प्रस्ताव गरे झैं 'अधिकारसम्पन्न प्राधिकरण' मार्फत निर्माण गर्ने कुराले केही सन्तोष दिएको छ।
परन्तु गहिराइमा गएर बजेटको समग्र संरचनात्मक ढाँचा ( आय-व्ययको अनुपात, राजस्वको श्रोत, क्षेत्रगत विनियोजन, वित्तीय संघीयता आदि) हेर्दा निरन्तरतामा क्रमभंगता खाशै दृष्टिगोचर हुन्न।
त्यसैले यत्तिकैमा बजेट वक्तव्यमा भनिए जस्तो 'संरचनात्मक सुधारको नयाँ चरण' कसरी पूरा होला र?
तैपनि शुभकामना!
#highlight #nationalbudget #swarnimwagle #budhigandakiproject -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
१९ औं गणतन्त्र दिवसको सबैमा हार्दिक शुभकामना!
नेपाली जनता पूर्ण रुपले सार्वभौम बनेको यो दिन नेपाली इतिहासको सबभन्दा गौरवशाली दिन हो। यसमा सबैले गर्व गरौं।
इतिहासको जगमा टेकेर नै नयाँ इतिहास निर्माण हुन्छ र देश तथा जनता समॄद्ध र सुखी बन्छन् भन्ने हमेशा ख्याल राखौं।
गणतन्त्रकोनिम्ति लामो संघर्षमा जीवन उत्सर्ग गर्नुहुने सबै महान् शहीदहरू अमर रहून्!
#highlight #happyrepublicday -
Baburam Bhattarai
@brb1954
काठमाण्डौबाट आउनुभएका नयाँ पुस्ताका साथीहरूलाई गाउँमा सजीवनको डाँठले दाँत माझ्न सिकाउँदै!
हाम्रो पुस्ता गाउँमा सजीवनले दाँत माझ्ने, रिठ्ठाको गेडाले नुहाउने र लुगा धुने गर्दथ्यो भन्ने धेरैलाई थाहा नहुन सक्छ!
त्यसैले हामी लोकतान्त्रिक गणतन्त्रकानिम्ति स्वेच्छाले जीवन उत्सर्ग गर्न हिंडेका थियौं भन्ने हेक्का गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सबैलाई होओस्!
गणतन्त्रको फल सबैलाई प्राप्त होस्! सबैलाई खाना,नाना र छानाको व्यवस्था होस्! शुभकामना!
#highlight #democraticrepublic #inclusivedevelopment -
Baburam Bhattarai reposted
P. Sainath
@PSainath_org
Even by the standards of a country ranking 157 of 180 nations in the World Press Freedom Index, the reaction of the authorities to the ‘Cockroach Janata Party’ is beyond extraordinary. The public response to that imaginative prank should have signalled to them a deep discontent, even distress, among young people. Instead, as The Indian Express reported, it was framed as jeopardising the country’s ‘national security’ and ‘posing a threat to the sovereignty of India.’ Decades ago, the Malaysian lawyer and poet Cecil Rajendra wrote this brilliant poem that captures the idiocy of it better than any pompous editorialising could (not that our ‘mainstream’ media would dare do even that much).
-
Baburam Bhattarai
@brb1954
बत्तीमुनि अँधेरो भने झैं मध्यपहाडी लोकमार्गको यो गोरखा पालुंगटार न. पा. अन्तर्गत सातदोबाटो-ठाँटीपोखरी खण्ड बर्षौंदेखि कछुवागतिमा अलपत्र परेर घिस्रिरहेको देख्दा दिग्दार लाग्यो!
आफ्नै गृह वडा भएर पूर्वको चिवाभन्ज्यांग (पाँचथर) देखि पश्चिमको झुलाघाट (वैतडी) सम्म पुग्ने यो आफैले घोषणा गरेको राष्ट्रिय गौरवको सडकवारे आफु सत्तामा रहदा वा नरहदा अनगिन्तिपटक सत्ताको शीरदेखि पुछारसम्मको ढोका ढक्ढक्याएको ढक्ढक्याएकै छु तर टसमस हुँदैहुँदैन!
गाइँगुइँ सुन्छु यसका मुखिया ठेक्दार सा'ब यति पहुँचवाला छन् रे कसैले तिनको रौं हल्लाउन सक्दैन रे!
जेन-जी विद्रोहको जगमा अपूर्व मतादेश सहित बनेको सरकारको ध्यान पुगोस्!
#highlight #midhillhighway #palungtar #corruptioninnepal -
Baburam Bhattarai
@brb1954
गोरखाका राष्ट्रिय कृषि आधुनिकीकरण, कृषि विकास, वन, सिंचाइ कार्यालयका प्रमुखहरू (पशु कार्यालयका प्रमुखसंग फोनसम्वाद!) संग विशेषतः पहाडी भेगमा कृषियोग्य जमीनको बढ्दो बाँझोकरण, श्रम पलायन, कृषिजन्य वस्तुमा समेत परनिर्भरता आदि रोक्ने र जल,जंगल,जमीन,जनशक्तिको सदुपयोग मार्फत ग्रामीण अर्थतन्त्रको आधुनिकीकरण गर्ने विविध उपायवारे निकै उपयोगी छलफल!
आफ्नै भट्टराई वंशको विस्तारित परिवार र निकट छरछिमेकीको समेत जमीन बाँझिएको र युवाहरू विदेश पलायन भएको देख्दा एकैसाथ ग्लानी र जिम्मेवारीवोधको अनुभूति!
विभिन्न तहका सरकार र जनसमुदायको सहकार्यमा केही नमूना काम अघि बढाउन सहजीकरण गर्ने अठोट!
आफ्नो पालामा विशेषतः गोरखामा भौतिक पूर्वाधारहरूको संजाल सापेक्ष रूपले सन्तोषजनक ढंगले तयार भएकोले अब उत्पादन र रोजगारी अभिवृद्धिका कार्यक्रममा जोड दिन सम्बन्धित सबैसंग विशेष आग्रह!
#highlight #integratedruraldevelopment #agroforestry #agrimodernization #landutilization
#employmentgeneration -
Baburam Bhattarai
@brb1954
नेपालका सुप्रसिद्ध न्यूरो-सर्जन डा. बसन्त पन्त र साथीहरूले शुरू गरेको गोरखा पानपा-१ स्थित आन्नपूर्ण एग्रो फार्मको रोमान्चक अवलोकन भ्रमण!
केही बर्ष पहिले कुरैकुरामा गोरखा पुर्खौली भएका डा. पन्तसंग सबैले आआफ्ना गाउँ र पुर्खौली थलोमा केही न केही आधुनिक समृद्धि प्रबर्द्धन गर्ने व्यवसायमूलक काम गरौं न भन्ने छलफल भएको थियो। अहिले वहाँ र साथीहरूको पहलमा कफी खेती लगायतका स्थानीय रोजगारी सिर्जना गर्ने र आय आर्जन गर्ने व्यवसायमूलक योजना गाउँमा कार्यान्वयन हुँदै गरेको देख्दा सन्तोषको अनुभूति!
विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरेर सार्वजनिक प्रतिष्ठा आर्जन गरेका व्यक्तित्वहरूले यसरी नै आआफ्नो ढंगले गाउँ र पिछडिएका क्षेत्रहरूसंग जीवन्त सम्बन्ध कायम गरे हाम्रो जस्तो संक्रमणकालीन समाज र अर्थतन्त्रलाई अग्रगामी रूपान्तरण गर्न र ठुलो श्रमशक्तिको विदेश पलायन रोक्न निकै मदत पुग्नेछ।
हार्दिक शुभकामना!
#highlight #ruraldevelopment #coffeefarming #gorkhadevelopment -
Baburam Bhattarai
@brb1954
झण्डै हप्ता दिन लगाएर गाउँको एकान्तमा आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण आदर्श पात्र आइन्सटाइनको चर्चित जीवनी तथा ब्रह्माण्ड-चिन्तन केन्द्रित पुस्तक EINSTEIN: His Life and Universe पढ्दा असीम आनन्दको अनुभुति!
थुप्रै बेस्टसेलर पुस्तकका लेखक Walter Isaacson द्वारा लिखित झण्डै सात सय पेजको यो किताब नेपाली लगायत हाम्रा राष्ट्रिय भाषाहरूमा पनि अनुवाद गरेर शिक्षण संस्थाहरू मात्र हैन घरघरमा पुर्याउन पाए हामी नेपालीको विश्वमै सबभन्दा पुछारमा रहेको औसत IQ (४२.९%)
ह्वात्तै बढाउन सकिन्थ्यो कि भन्ने मनमा लागिरह्यो।
पुस्तकमा भौतिक विज्ञानका कुरा मात्र हैन दर्शन,राजनीति, समाजशास्त्र,मनोविज्ञान लगायतका कुरा औपन्यासिक शैलीमा अत्यन्त रोचक ढंगले प्रस्तुत गरिएको छ।
सम्भवतः यसको पूरै फिल्म पनि कुनै दिन बन्नेछ। ओस्कार पुरस्कार विजेता अंग्रेजी चलचित्र OPPENHEIMER का कतिपय कुरा यसबाट लिइएको अनुभूति हुन्छ।
मानव इतिहासमा पहिलो पटक ब्रह्माण्डलाई वैज्ञानिक ढंगले बुझ्न सिकाएर मानवजातिलाई अतुलनीय गुन लगाउने र दिगो विश्व-शान्तिकालागि मानवकेन्द्रित समाजवादको विचार र विश्व-फेडरेसनको पैरवी गर्ने यी महामानवको ७६ बर्षमा निधनको वेला साथमा एकजना सहयोगी Helen Dukas मात्र रहेको र उही दिन भएको सामान्य अन्त्येष्टिमा १२ जना मात्र उपस्थित रहेको सुन्दा आँखा नरसाइरहन सकेन!
पुस्तक पढिसक्दा असीम श्रद्धाले मनमा यी अतिविनम्र महामानवको यो चर्चित वाणी गुनगुनाइरह्ये- 'I have no special talents; I am only passionately curious' ('मसंग कुनै विशिष्ट क्षमता छैन; खालि म तिर्खायुक्त जिज्ञासु छु')!
#highlight #einstein #relativity #quantumphysics #unifiedfieldtheory #worldfederation
#scientifichumanism -
Baburam Bhattarai
@brb1954
My humble advice to our new youth-led government would be - 'Be firm on strategic issues, but flexible on tactical matters.' #pmonepal
The Kathmandu Post
@kathmandupost
Nepal-India relations in uncertain territory as new government charts assertive course
Prime Minister Balendra Shah’s break from Nepal’s tradition of diplomatic deference has unsettled New Delhi and raised a question his government cannot yet answer: is this a foreign policy or just a posture?
kathmandupost.com/national/2026/05/20/nepal-india-relatio… —by @anilkathmandu -
Baburam Bhattarai reposted
The Hindu
@the_hindu
#podcast | Abhijeet Dipke, a student of public relations in the U.S., woke up from uneasy dreams one morning and found himself transformed into a ‘gigantic cockroach’. He then founded the Cockroach Janta Party (CJP), as a joke.
But it quickly acquired a momentum of its own. In less than four days, it notched up more than 1.6 lakh members and over 2 million followers on Instagram. What makes the CJP interesting is its popularity and connect among India’s Gen Z.
Can it develop into a platform that gives voice to the grievances of India’s youth? Is it a flash in the pan? Can it make a political impact?
We speak with the man behind the CJP phenomenon, Abhijeet Dipke.
Guest: Abhijeet Dipke, Founding President - Cockroach Janta Party @abhijeet_dipke @CJP_2029
Host: G Sampath, Social Affairs Editor, The Hindu @samzsays
Producer: Shiksha Jural and Jude Francis Weston
@Shiksha_Jural @heyjudeweston
www.thehindu.com/podcast/in-focus-podcast-cockroach-janta… -
Baburam Bhattarai
@brb1954
यस्तो वैचारिक वहस हुनु लोकतन्त्रको विकासनिम्ति अत्यन्तै आवश्यक र सकारात्मक कुरा हो। विभिन्न कोणबाट हुने तथ्य र तर्क सहितका वहसले नै सत्य र न्यायलाई बुझ्न र स्थापित गर्न मदत गर्छन्।
जहाँसम्म 'डिपार्चर' को कुरा छ, त्यसलाई पनि 'मात्रात्मक'/'सुधारात्मक' (Quantitative/ Reformative) र 'गुणात्मक'/'क्रान्तिकारी'( Qualitative/Revolutionary) भनेर वर्गीकरण गर्नु उपयुक्त हुन्छ। एउटै प्रणाली भित्रको मात्रात्मक परिवर्तन 'सुधार' मात्र हो, भने प्रणालीमै गुणात्मक परिवर्तन 'क्रान्ति' वा वास्तविक 'डिपार्चर' हो।
त्यस अर्थमा आधुनिक नेपाली राजनीतिक इतिहासमा राणा र शाह वंशको निरंकुशतन्त्र अन्तरगत भएका कतिपय मात्रात्मक सुधारहरू र अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र अन्तरगत भएका कतिपय परिवर्तनहरूलाई सही अर्थमा 'डिपार्चर' भन्न मिल्दैन। ती 'सुधार' मात्र हुन्। हिजोका वंशानुगत निरंकुशतन्त्रको अन्त्य गरेर आजको लोकतान्त्रिक गणतन्त्र ल्याउने कार्य र समय नै सही अर्थमा नेपाली राजनीतिका सवभन्दा महत्वपूर्ण र ऐतिहासिक 'डिपार्चर' हुन्।
अनि 'डिपार्चर' को नाउँमा 'लोकतन्त्र' लाई नै कमजोर पार्ने वा मास्ने काम भयो भने त त्यो 'प्रतिगमन' वा 'प्रतिक्रान्ति' पो हुनपुग्छ।
यसवारे स्वस्थ वहस जारी रहोस्!
Kantipur
@ekantipur_com
पछिल्ला पाँच दिनमा प्रधानमन्त्री वालेन्द्र शाहको शासकीय तौरतरिकाबारे कान्तिपुरमा समर्थन र शंसयसहितका लेखहरु प्रकाशित भएका छन्। विष्णु सापकोटाको ‘डिपार्चर’सँग तर्सेको परम्परावादी वृत्त' शीर्षकको लेख र त्यसको प्रतिक्रियामा आएका अन्य लेख एउटै थ्रेडमा पढ्नुहोस् 🧵
-
Baburam Bhattarai
@brb1954
नेपालको वर्तमान राजनीतिक परिवर्तनलाई हेर्ने विभिन्न दृष्टिकोणवारे युवा विश्लेषक @Bishnusapkota को रोचक लेख!
यसलाई 'constructive destruction' ('रचनात्मक ध्वंश') को एक महत्वपूर्ण शृंखलाको रूपमा बुझ्न र स्वीकार्न चाहिं कोही पनि हिच्किचाउनु हुन्न।
पुरानोको ध्वंश पछि नयाँको निर्माणको बाटो के? कस्तो?कसरी? भन्नेवारे चाहिं गम्भीर विमर्श हुनु राम्रो होला!
त्यसनिम्ति यी मुद्दा महत्वपूर्ण हुनेछन्:
- तीब्र गतिले वदलिंदो भू-राजनीतिको आलोकमा नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा र उदीयमान 'एशियाली शताब्दी'को लाभ कसरी व्यवस्थापन र प्राप्त गर्ने?
- आन्तरिक अर्थ-राजनीति परम्परागत निर्वाहमुखी कृषि र पछिल्लो चरणमा बढ्दो श्रम निर्यात तथा वस्तुआयातको दुष्चक्रमा फसेको अवस्थामा त्यसबाट मुक्त भएर दिगो समतामूलक सममृद्धि कसरी हासिल गर्ने? त्यसमा राज्य, बजार र समुदायको भूमिकाको अनुपात कस्तो हुने?
- राज्यका सबै प्रमुख अंगहरू ( प्रशासन, न्याय, सुरक्षा लगायत ) परम्परागत सोपानक्रम र प्रक्रियामुखी ढाँचामा बनेको र सुशासनको गम्भीर बाधक बनिरहेको अवस्थामा तिनलाई वर्तमान युग सापेक्ष ढाँचामा कसरी तीव्र रूपान्तरण गर्ने?
- देशको क्षेत्रीय,जातीय,भाषिक, वर्गीय, साँस्कृतिक, जातपातजन्य विविधता र विभेदको व्यवस्थापन र अन्त्य कसरी गर्ने?
संसद र सार्वजनिक वृत्तमा व्यक्तिविशेषका स्वभाव र प्रवृत्तिवारे गलफत्ती गर्नु सट्टा यी र यस्तै गम्भीर संरचनात्मक परिवर्तनका मुद्दामा बहस केन्द्रित गर्न सबैले ध्यान दिने कि?
Kantipur
@ekantipur_com
विष्णु सापकोटाको विचार :
‘डिपार्चर’सँग तर्सेको परम्परावादी वृत्त ekantipur.com/opinion/2026/05/16/traditionalist-circle-ap… -
Baburam Bhattarai
@brb1954
नेपाली राजनीतिको ऐतिहासिक पुस्तान्तरण सहित बनेको नयाँ सरकार र नेतृत्वबाट जनताले निकै ठूलो अपेक्षा गरेका छन्! मैले अहिले गाउँको कुनाबाट चियाएर हेर्दा पनि त्यस्तै देखिरहेको छु। सम्बन्धित सबैको ध्यान पुगोस्!
अनि मूल नेतृत्वले महान् वैज्ञानिक न्युटनको यो चर्चित भनाइ निरन्तर स्मरण गरोस्:
"I can see farther because I stand on the shoulder of giants."
( "मैले परसम्म देख्न सक्छु किनकि म महामानवहरूको काँधमा चढेको छु।") -
Baburam Bhattarai
@brb1954
The war on Iran will likely end in American retreat www.aljazeera.com/opinions/2026/5/9/the-war-on-iran-will-… via @AJEnglish
-
Baburam Bhattarai
@brb1954
This article by renowned Marxist political economist Prof. Prabhat Patnaik could be a good reference for our new government in Nepal on the eve of presenting the national budget.
However, I would add my own reservations on this article and suggest some economic development ideas we in the Naya Shakti (or Alternative Politics) movement in Nepal have attempted to develop over the past few years.
Whereas the liberals or neo-liberals focus on GDP or Growth and the 'Marxists' or Communists harp on Distribution, we in the Naya Shakti movement are trying to go beyond liberalism and communism and have proposed a four-dimensional model of Growth, Distribution, Sustainability and Happiness as the new economic development path of Samunnat Samajbad ( or Enhanced/Enriched Socialism) based on Inclusive and Participatory Democracy.
We prefer to call this developmental path the path of Critical Modernism.
Of these four dimensions, the priority of focus would vary depending on the concrete historical stage of development of a particular country/region.
For instance, for a least developed country like Nepal with a very low per capita income or mere $1500 per annum as against the world average of $15000, the initial focus would be on Growth but due consideration would be given for the rest three dimensions.
For the most advanced countries, the development priorities would be just the opposite.
In other words, the focus of development policies for each country/region would go on changing accoding to the historical stage of development of society until there is complete or almost parity among all nations in the world. #swarnimwagle #pmonepal #prabhatpatnaik #criticalmodernism
Monthly Review
@monthly_review
A rejection of the identification of GDP growth with economic development must therefore be the very first step of any objective critical thought @pd_weekly
mronline.org/2026/05/11/what-is-economic-development/ -
Baburam Bhattarai
@brb1954
नयाँ युगको नयाँ विचार संश्लेषणनिम्ति पछिल्ला ज्ञानविज्ञानमा आधारित नयाँ किताबहरूको जोहो गर्दैं!
प्रारम्भमा मानवीय व्यवहारबाट सिद्धान्तको संश्लेषण; अनि सो सिद्धान्तको व्यवहारमा प्रयोग; पुनः सो व्यवहारको जगमा उन्नत नयाँ विचारको संश्लेषण ... ! यो चक्र निरन्तर अघि बढाएर नै मानव-सभ्यता यहाँसम्म आइपुगेको मानिन्छ! र अनन्तकालसम्म यो चक्र अघि बढिरहने मानिन्छ!
यसैलाई शायद 'वादे वादे जायते तत्वबोध..' भनिन्छ!www.facebook.com/share/v/18iBKfFoYN/ -
Baburam Bhattarai
@brb1954
नयाँ सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाउने तयारी गरिरहेको कुरा मूलतः सही छ। तर एउटा अत्यावश्यक मन्त्रालय असावधानीवश हो या जानीजानीकन छुटेकोमा त्यस क्षेत्रको विद्यार्थीको नाताले र देशको दिगो विकासको हितैषीको नाताले सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
त्यो हो - आवास तथा शहरी विकास/मामिला मन्त्रालय ( Ministry of Housing and Urban Development/Affairs )।
अमेरिका, जर्मनी,भारत, चीन, चिले, केन्या लगायत विश्वका विकसित र विकासशील अधिकांश देशमा छुट्टै आवास तथा शहरी विकास मन्त्रालय अत्यावश्यक मानिन्छन् र राखिन्छन्।
नेपाल जस्तो भर्खरै ग्रामिण र कृषिप्रधान अर्थतन्त्रबाट शहरी र उद्योग तथा सेवाप्रधान अर्थतन्त्रतिर संक्रमण हुन लागेको देशमा छुट्टै मन्त्रालय मार्फत् आवास र शहरीकरणको वैज्ञानिक व्यवस्थापन भएन भने आगामी दिनमा भयंकर संकट व्यहोर्नुपर्नेछ। हालैको सुकुम्वासी समस्या त्यसको एउटा ट्रेलर मात्र हो!
अर्कोतिर हिमाल,पहाड र तराईको अद्भूत भौगोलिक र पर्यावरणीय विविधता भएको हाम्रो देशमा शुरू देखि नै योजनाबद्ध र एकीकृत राष्ट्रिय (national), क्षेत्रीय (regional) र स्थानीय (local) विकासको खाका निर्माण गरेर कडाइपूर्वक कार्यान्वयन गरिएन भने यो शताब्दीको अन्त्यसम्म पूरै देश बाढीपहिरो, कंक्रिट जंगल र मरूभूमीले छियाछिया परेको कुरूप र बस्न अयोग्य स्थानमा परिणत हुन बेरलाग्ने छैन!
'एकीकृत भौतिक पूर्वाधार मन्त्रालय'को अवधारणा ठीक छ। तर त्यमा सडक,रेल लगायतका भौतिक पूर्वाधारहरू बढी पर्ने भएकाले र आवास तथा शहरी प्लस क्षेत्रीय विकासमा भौतिक मात्र नभएर आर्थिक,सामाजिक,सांस्कृतिक,मानवीय,पर्यावरणीय विकासका आयाम समेत रहने भएकाले विश्वभर आवास तथा शहरी विकासको छुट्टै राजनीतिक प्रशासनिक संयन्त्र निर्माण गर्नेगरिन्छ र हामीले पनि गर्नुपर्छ।
जहाँसम्म हामी तीन तहको संघीयतामा गइसकेकाले संघमा छुट्टै मन्त्रालय नचाहिने तर्क आउनसक्ने कुरा छ, आवास र शहरीकरण जस्तो बहुआयामिक विषयमा र नेपालको विशिष्ट भौगोलिक विविधतामा संघको एकीकृत नीतिनिर्देशन, योजना र श्रोत विना प्रदेश र स्थानीय तहले मात्रै तिनको सही व्यवस्थापन गर्न असम्भव हुन्छ।
अतः विज्ञ र विद्वानहरूले भरिएको मन्त्रीपरिषद्ले विवेकपूर्ण निर्णय गरोस्। #pmonepal #ministryofhousingandurbandevelopment -
Baburam Bhattarai
@brb1954
समाज विज्ञानको क्षेत्रका सर्वश्रेष्ठ चिन्तक तथा आधुनिक समाजवादी विचारका प्रवर्तक कार्ल मार्क्स ( १८१८-१८८३ ) को जन्मजयन्ती ( मे ५) को अवसरमा सबैमा हार्दिक शुभकामना!
यस सन्दर्भमा केही बर्ष पहिले लेखेको "एक्काइसौं शताब्दीमा कार्ल मार्क्स" शीर्षकको केही अंश यहाँ शेयर गरेको छु! मार्क्सका विचारलाई अपरिवर्तनीय 'धर्मशास्त्र' हैन समयानुकुल प्रयोग र विकास गर्दै जाने समाज विज्ञानको रूपमा ग्रहण गरौं! विगतका असफलताहरूबाट सिक्दै नयाँ युगको नयाँ अवश्यकता अनुरूप नयाँ वैज्ञानिक मानवतावादी विचारको विकास गर्ने साहस गरौं! #karlmarx #socialism #scientifichumanism -
Baburam Bhattarai
@brb1954
मेरो पुरानो स्कूल- अमर ज्योति जनता हाइस्कूल (हाल उच्चमाध्यमिक विद्यालय),गोरखा!
सबैलाई आफुले पढेको स्कूलको माया त हुन्छ नै! मलाई चाहिं यो स्कूल मात्र नभएर दोश्रो जन्मघर जस्तो लाग्छ! २०१९ साल फागुनमा पहिले आँपको वगैंचा र पछि स्याउलाले छाएको छाप्रोमा तीन कक्षामा भर्ना भएर २०२६ सालको SLC परीक्षासम्म यो स्कूलमा बिताएका रोमांचक दिनहरू अहिले पनि दिलदिमागमा फनफनी घुमीरहन्छन्।
गोरखाको ग्रामिण क्षेत्र (हाल पालुंगटार नगरपालिका -४) मा रहेको यही स्कूलले उत्पादन गरेका हजारौं विद्यार्थीहरूले देश र विदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट भूमिका र महत्वपूर्ण सार्वजनिक जिम्मेवारी निर्वाह गरेको पाउँदा असीम गर्वानुभूति हुन्छ।
स्कूलबाट विदा भएपछि पनि समस्त विद्यालय परिवारले आफुलाई निरन्तर दिइरहेको अपार माया र आफुले पनि खाशगरी जनप्रतिनिधि र राज्यको जिम्मेवारीमा रहेको वेला पूर्वाधार निर्माण र विशेषतः विज्ञान शिक्षाको प्रवर्द्धनमा केही योगदान गरेर आंशिक ऋण तिर्न पाएकोमा सन्तोषको अनुभूति हुन्छ।
कुनैवेला देशकै अग्रणी विद्यालयको परिचय बनाएको र वीचमा केही ओझेलमा परेको यो स्कूल पुनः आफ्नो ऐतिहासिक गौरव र भूमिका स्थापित गर्न अग्रसर भैरहेको पाउँदा हर्षानुभूति हुन्छ।
वैज्ञानिक र गुणस्तरीय शिक्षा नै व्यक्ति र समाजको उन्नति र सुखसमृद्धिको प्रमुख आधार हुनाले यो ऐतिहासिक विद्यालय आफ्नो नाउँ अनुकुल ज्ञानको 'अमर ज्योति' निरन्तर फैलाइरहन सफल रहोस्! हार्दिक शुभकामना! www.facebook.com/share/v/1A5DscoCkJ/ -
Baburam Bhattarai
@brb1954
नेपालको समृद्धिको मार्गचित्रवारे "सुनौलो नेपाल"कानिम्ति डा. सुरेन्द्र के सी संग मेरो विहंगम कुराकानी!
youtu.be/fGtylKUF8e0 -
Baburam Bhattarai
@brb1954
Loss of precious human lives during the current demolition drive of sqatter settlements in Kathmadu valley is a very serious matter. The government @pmofnepal @ShahBalen must look into it and review its demolition campaign.
During my recent visits to the demolition sites and interactions with the genuine squatters they looked terrified and were apprehensive of their future resettlement.
As a student of architecrure and urban & regional planning I would like to advise the government: a hasty demolition drive without a prior plan for appropriate resettlement can be counter-productive. -
Baburam Bhattarai
@brb1954
किसान राष्ट्रिय भेलालाई शुभकामना!६०% जनसंख्या अझै कृषिक्षेत्रसंग जोडिएको नेपालमा कृषिक्रान्ति पूरा नगरेसम्म समृद्ध नेपाल निर्माण सम्भवै छैन ( भिडियो शुभकामना सन्देश)!www.facebook.com/share/v/1B9WuQmcxu/
-
Baburam Bhattarai
@brb1954
हटाइएका सुकुम्वासी वस्तीहरूको भ्रमण र विस्थावित सुकुम्वासीहरूसंग भेटघाट पछि सरकारलाई नीतिगत र तत्काल तथा दीर्घकालीन कार्यभारवारे हाम्रो सुझाव!www.facebook.com/share/v/183Z8TnqDo/
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
अन्तर्राष्ट्रिय श्रमिक दिवस ( मे दिवस ) को उपलक्ष्यमा नेपाल र विश्वभरका सबै श्रमिकहरूमा हार्दिक शुभकामना!
-
Baburam Bhattarai
@brb1954
आफैंलाई चिनौं! मिथकको कस्तुरी मृग झैं आफ्नै सुवास/सौंन्दर्य खोज्दै नभौंतारिऔं!
Global Statistics
@Globalstats11
World’s Most Naturally Beautiful Countries
1. 🇯🇵 Japan
2. 🇳🇵 Nepal
3. 🇮🇹 Italy
4. 🇲🇻 Maldives
5. 🇮🇩 Indonesia
6. 🇮🇸 Iceland
7. 🇫🇷 France
8. 🇺🇸 United States
9. 🇨🇭 Switzerland
10. 🇨🇷 Costa Rica
11. 🇵🇪 Peru
12. 🇬🇧 United Kingdom
13. 🇿🇦 South Africa
14. 🇹🇿 Tanzania
15. 🇳🇿 New Zealand
• Best tourist destination: Japan
• Underrated hidden gem: Nepal
• Best for families: Italy
• Best for couples: Maldives
• Best for solo travelers: Indonesia
Source: Travel & Leisure -
Baburam Bhattarai
@brb1954
Interesting!
क्या गजब!!
Cata Paul 🃏
@CataPaul2
🥾 Top 100 countries for hiking & trekking
1. 🇳🇵 Nepal
2. 🇵🇪 Peru
3. 🇳🇿 New Zealand
4. 🇨🇭 Switzerland
5. 🇨🇱 Chile
6. 🇨🇦 Canada
7. 🇳🇴 Norway
8. 🇮🇳 India
9. 🇺🇸 United States
10. 🇦🇷 Argentina
11. 🇵🇰 Pakistan
12. 🇧🇹 Bhutan
13. 🇰🇬 Kyrgyzstan
14. 🇹🇿 Tanzania
15. 🇮🇸 Iceland
16. 🏴 Scotland
17. 🇮🇪 Ireland
18. 🇪🇸 Spain
19. 🇫🇷 France
20. 🇮🇹 Italy
21. 🇦🇹 Austria
22. 🇩🇪 Germany
23. 🇸🇮 Slovenia
24. 🇭🇷 Croatia
25. 🇲🇪 Montenegro
26. 🇦🇱 Albania
27. 🇬🇷 Greece
28. 🇹🇷 Turkey
29. 🇬🇪 Georgia
30. 🇦🇲 Armenia
31. 🇲🇦 Morocco
32. 🇪🇹 Ethiopia
33. 🇺🇬 Uganda
34. 🇰🇪 Kenya
35. 🇿🇦 South Africa
36. 🇳🇦 Namibia
37. 🇲🇬 Madagascar
38. 🇯🇵 Japan
39. 🇰🇷 South Korea
40. 🇨🇳 China
41. 🇲🇳 Mongolia
42. 🇻🇳 Vietnam
43. 🇱🇦 Laos
44. 🇹🇭 Thailand
45. 🇮🇩 Indonesia
46. 🇵🇭 Philippines
47. 🇲🇾 Malaysia
48. 🇱🇰 Sri Lanka
49. 🇦🇺 Australia
50. 🇦🇺 Tasmania
51. 🇲🇽 Mexico
52. 🇬🇹 Guatemala
53. 🇨🇷 Costa Rica
54. 🇵🇦 Panama
55. 🇨🇴 Colombia
56. 🇪🇨 Ecuador
57. 🇧🇴 Bolivia
58. 🇧🇷 Brazil
59. 🇻🇪 Venezuela
60. 🇩🇴 Dominican Republic
61. 🇨🇺 Cuba
62. 🇯🇲 Jamaica
63. 🇬🇱 Greenland
64. 🇮🇸 Iceland
65. 🇫🇮 Finland
66. 🇸🇪 Sweden
67. 🇩🇰 Denmark
68. 🇵🇱 Poland
69. 🇨🇿 Czech Republic
70. 🇸🇰 Slovakia
71. 🇷🇴 Romania
72. 🇧🇬 Bulgaria
73. 🇷🇸 Serbia
74. 🇲🇰 North Macedonia
75. 🇧🇦 Bosnia and Herzegovina
76. 🇽🇰 Kosovo
77. 🇵🇹 Portugal
78. 🇦🇩 Andorra
79. 🇱🇮 Liechtenstein
80. 🇱🇺 Luxembourg
81. 🇲🇹 Malta
82. 🇨🇾 Cyprus
83. 🇯🇴 Jordan
84. 🇮🇱 Israel
85. 🇴🇲 Oman
86. 🇦🇪 United Arab Emirates
87. 🇮🇷 Iran
88. 🇰🇿 Kazakhstan
89. 🇺🇿 Uzbekistan
90. 🇹🇯 Tajikistan
91. 🇦🇫 Afghanistan
92. 🇲🇲 Myanmar
93. 🇰🇭 Cambodia
94. 🇵🇬 Papua New Guinea
95. 🇫🇯 Fiji
96. 🇼🇸 Samoa
97. 🇻🇺 Vanuatu
98. 🇸🇧 Solomon Islands
99. 🇨🇻 Cape Verde
100. 🇱🇸 Lesotho
🖇️ Source: backpackr. org -
Baburam Bhattarai
@brb1954
हालै विस्थापित भएका सुकुम्वासीहरुसंग भेटघाट । साथै अब्यबस्थित तथा असुरक्षित सुकुम्वासी वस्तीका वास्तविक सुकुम्वासीहरूको स्थायी वसोवासनिम्ति मेरो प्रमकालमा बनेको र पछिल्ला सरकारहरूले अलपत्र पारेको नागार्जुन इचंगुनारायणस्थित अपार्टमेन्टहरूको निरीक्षण! सरकारले अब कुनै किन्तुपरन्तु नगरी पहिचान गरिएका सुकुम्वासीहरूलाई यथाशिघ्र ती अपार्टमेन्टहरूमा सारोस्!www.facebook.com/share/v/18LMJKBheV/
-
Baburam Bhattarai reposted
Shilapatra
@Shilapatra
बाबुरामले हालेकाे जगमा बालेनकाे फिनिसिङ
shilapatra.com/detail/184286 -
Baburam Bhattarai
@brb1954
अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ- 'You should not only be good but you should appear to be good'.( 'तपाईं असल भएर मात्र हुँदैन परन्तु तपाईं असल पनि देखिनुपर्छ।'
हालैको सुकुम्वासी बस्ती विस्थापन र पुनर्स्थापन प्रकरणमा नेपाली सेनाको संलग्नतावारे आशंका बढीरहेको अवस्थामा देशका विभिन्न जिल्ला र पालिकामा सेनाले सुकुम्वासी वस्तिहरूको लगत संकलन गरिरहेको भन्ने कुरा सत्य हो भने त्यो राम्रो देखिएन।
विपद् व्यबस्थापन वा कुनै गैर-सैनिक काममा सेनाको संलग्नता सिधै आफ्नो स्वेच्छामा नभएर नागरिक सरकारका सम्बन्धित निकायहरू मार्फत् हुन्छ र हुनुपर्छ।
देशको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्ने प्रमुख दायित्व बोकेको सेनाले अरू क्षेत्रमा जरूरी भूमिका निर्वाह गर्नुपर्दा राज्यका सम्बन्धित अंगहरूको अगुवाइमा मात्रै गर्नुपर्छ। अनावश्यक ढंगले विवादमा परेर आफ्नो छवी बिगार्ने र राष्ट्रिय सुरक्षाको प्रश्नलाई कमजोर पार्ने काम पटक्कै गर्नुहुँदैन।
यसवारे नेपाली सेनाको नेतृत्वको गम्भीर ध्यानाकर्षण होस् र कमजोरीहरू वेलैमा सच्याइउन्।
Onlinekhabar
@Online_khabar
सुकुमवासीको लगत संकलन : सेनाको कदममा स्थानीय तहको प्रश्न
–सेनाले विभिन्न पालिका, त्यस क्षेत्रका सुकुमवासी बस्ती, त्यहाँका परिवार र संख्यात्मक विवरण माग गरेको छ । त्यसो त काठमाडौंकै सुकुमवासी बस्तीमा डोजर चल्दासमेत ‘ब्याक–अप’मा सेनाको ‘मुभमेन्ट’ देखिएको थियो ।
#onlinekhabar
Report– @NomanAdhikari
www.onlinekhabar.com/2026/04/1921304/collection-of-data-o… -
Baburam Bhattarai
@brb1954
बार्षिक बजेटको मुखमा अर्थमन्त्री @SwarnimWagle ले जारी गर्नुभएको "स्थितिपत्र" मा आर्थिक रूपान्तरणकालागि संस्थागत र संरचनात्मक सुधारका कुरा गरिएको छ। त्यो स्वागतयोग्य छ तर कस्तो संरचनात्मक सुधार हो प्रष्ट छैन।
हाम्रो समाज र राज्य-व्यवस्थाका केही आधारभूत क्षेत्रहरूमा गहिरो शल्यक्रिया नगरी हाम्रो अर्थतन्त्र अहिलेको अति विपन्न अवस्थाबाट मध्यम विकसित हुँदै उच्च विकसित अवस्थामा पुग्नैसक्दैन।
त्यसनिम्ति उपयोगी सन्दर्भ-सामाग्री बनोस् भन्ने हेतुले मैले केही समय पहिले लेखेको " आर्थिक क्रान्तिकालागि संरचनात्मक परिवर्तन" को महत्वपूर्ण अंश यहाँ शेयर गरेको छु। -
Baburam Bhattarai
@brb1954
अर्थमन्त्री @SwarnimWagle ले जारी गर्नुभएको "नेपालको वर्तमान आर्थिक स्थितिपत्र" सापेक्ष रूपले सकारात्मक छ।
नेपालको अर्थतन्त्र समग्र आकार, विकासको गति, वितरणको अवस्था, वातावरणीय सन्तुलन आदि सबै प्रमुख सूचकांकको हिसाबले दशकौं देखि विश्वका अन्य देशहरूको तुलनामा भर्यांगको करीब पुछारमा रहदै आएको सर्वविदितै छ र यो स्थितिपत्रले पनि त्यही तीतो सत्यलाई स्वीकारेको छ।
तर दीर्घ रोग क्यान्सर नै हो भन्ने पहिचान भैसकेपछि फेरि उपचार चाहिं पुरानै झारफुक र धामीझाँक्री विधिकै गर्ने कि आधुनिक प्रविधि सहितको शल्यक्रिया गर्ने भन्ने अबको निर्णायक प्रश्न हो।
अत्यधिक बहुमत सहितको एकल सरकार हुनाले यसलाई विगतमा अरू कसैले गर्न नपाएको वा गर्न नसकेको ऐतिहासिक काम गर्ने अवसर प्राप्त छ। त्यो भनेको अब अर्थतन्त्रलाई सर्प झैं घस्रने वा क्रमिक सुधारको रूपमा हैन भ्यागुतो झैं उफ्रने वा गुणात्मक फड्को हान्ने (Take-Off or Great Leap) रूपमा अघि बढाउनु हो। विश्वका उत्कृष्ट विश्वविद्य्लयबाट विकास अर्थशास्त्र र अर्थ-राजनीतिको गहन अध्ययन गर्नुभएका विद्वान अर्थमन्त्रीलाई त्यसवारे पर्याप्त जानकारी छदैंछ।
वहाँवाट आगामी बार्षिक बजेट मार्फत् त्यस्तो साहसिक पहल हुनेछ भन्ने अपेक्षा सहित विगतमा पनि मैले निरन्तर अरण्यरोदन गर्दै आएको तर सबैले एउटा कानले सुनेर अर्को कानले उडाएको आर्थिक फड्को सम्बन्धी आफ्नो पुरानो लेखको प्रमुख अंश यसैसाथ सम्प्रेषण गरेको छु।
यो सैद्धान्तिक अंश पछि अर्को क्षेत्रगत संरचनात्मक परिवर्तनवारे लेखको किस्ता पनि प्रेषित गर्नेछु। -
Baburam Bhattarai reposted
Shilapatra
@Shilapatra
अहिले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकार उनै भट्टराईले थालेको कार्यलाई मूर्त रूप दिने प्रयासमा छ ।
shilapatra.com/detail/184292 -
Baburam Bhattarai
@brb1954
अमेरिकी-इज्रेली आक्रमण विरूद्ध साहसिक प्रतिरोध गरिरहेको इरानको त्यो क्षमताको सामाजिक तथा ऐतिहासिक आधारवारे प्रगतिशील चिन्तक@vijayprashad को यो रोचक विश्लेषण!
इतिहासमा कहिल्यै वैदेशिक उपनिवेश नबनेका विश्वका थोरै देशहरूमध्ये यो एशियाली क्षेत्रका इरान र नेपाल भएकाले नेपालले पनि आफ्नो राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र भोगोलिक अखण्डताको विशिष्ठ आधार खोज्नु, संश्लेषण गर्नु र स्थापित गर्नु जरूरी छ। त्यसवारे मैले पहिले माओवादी पार्टिमा छँदा र अहिले वैकल्पिक राजनीतिक अभियानमा रहँदा 'प्रगतिशील राष्ट्रवाद', 'इन्द्रधनुषी राष्ट्रियता', 'गतिशील सेतु' ('vibrant bridge') आदि विम्व मार्फत् अभिव्यक्त गर्ने कोशिश गरिरहेछु।
यसवारे हामीकहाँ गम्भीर वहस हुनसकिरहेको छैन। अव विशेषतः जेन-जी युवाहरूको ध्यान पुगोस्!
Vijay Prashad
@vijayprashad
What gives Iran the social basis for its resilient stand against the imperialist attack? In this week’s Tricontinental newsletter, I look at the idea of ‘Iranian civilisation’ and the idea of ‘civilisation’ itself. Read it here, and share: thetricontinental.org/newsletterissue/iran-dialogue-acros…
-
Baburam Bhattarai
@brb1954
'सुकुम्बासी' अर्थात् आवासविहीन शहरी गरीबहरूको समस्यालाई अमानवीय र असंवेदनशील ढंगले कसैले पनि नहेरौं,नबोलौं! झन् एकैचोटि 'डोजर चलाउने' कुरा र फलानाले नसकेको ढिस्कानाले सक्ने भनेर उराल्ने कुरा नगरौं!
म आफैं आर्किटेक्चर र शहरी तथा क्षेत्रीय विकास योजनाको विद्यार्थी हुनुको नाताले आफ्नो छोटो प्रमकालमा देशभर व्यवस्थित शहरीकरण र वस्तिविकासको निम्ति केही महत्वपूर्ण पहल गरेको सर्वविदितै छ। तीमध्ये दीर्घकालीन ढंगले समस्या समाधाननिम्ति शहरी विकास मन्त्रालय, काठमाण्डौ उपत्यका विकास प्रधिकरण लगायतका संरचनाहरूको निर्माण र तत्कालीन रूपमा काठमाण्डौका वास्तविक सुकुम्वासीहरूको पहिचान गरेर तिनको पुनर्स्थापनानिम्ति बालाजु इचंगुनारायणमा सामुहिक आवास निर्माणका विषय विशेष उल्लेखनीय छन्।
नयाँ सरकारले ती अनुभवमा समेत टेकेर विधिसम्मत र न्यायपूर्ण ढगले वास्तविक सुकुम्वासीहरूको पहिचान गरी सम्मानजनक रूपमा उनीहरूको पुनर्स्थापना गरोस्। हतारिएर गल्ती गर्नु सट्टा 'दशचोटि नाप्नू, एकचोटि काट्नू' भन्ने लोकोक्ति अनुशरण गरोस्!
#highlight #pmonepal #sqattersrights #resettlement
RatoPati
@Rato_pati
बाबुरामले नसकेको काम बालेनले सक्लान् ?
बागदरबारमा आँट, सिंहदरबारको ठाँट !
#ratopati #balenshah
www.ratopati.com/story/558849/will-balen-be-able-to-do-wh… -
Baburam Bhattarai
@brb1954
लामो समयको अन्योल र आशंकापछि बुढीगण्डकी राष्ट्रिय गौरवको आयोजनालाई नवनिर्वाचित रास्वपा सरकारले पुनः अघि बढाउने पहल गर्नु सकारात्मक छ।
यस सन्दर्भमा यो रूपान्तरणकारी परियोजनाको एक प्रमुख पहलकर्ताको नाताले केही अति महत्वपूर्ण पक्षवारे बेलैमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु आफ्नो नागरिक दायित्व ठानेको छु:
सबभन्दा आधारभूत र महत्वपूर्ण कुरा, देशको मध्यभागमा र काठमाण्डौ,पोखरा र भरतपुर जस्ता ठूला शहरहरूको वीचमा रहेको यो परियोजनालाई एउटा थप विद्युत उत्पादन (१२०० मेगावाट) को साधनको रूपमा मात्र हैन देशको बहुआयामिक आर्थिक रूपान्तरणको केन्द्रको रूपमा बुझ्न जरूरी छ।
अल्पविकसित अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रतर्फ फड्को (Take-Off) हान्न वा आर्थिक मन्दीलाई अन्त्य गर्न इतिहासका विशिष्ठ मोडहरूमा त्यहाँका दूरदर्शी नेताहरूले यस्तै बहुआयामिक मेगा-प्रोजेक्टहरूलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्छन्/गराउँछन्। अमेरिकाको Tennesse Valley Authority, भारतको Bhakra Dam, चीनको Three Gorges Dam, इथियोपियाको Grand Ethiopian Renaissance Dam आदि यसका विश्वचर्चित उदाहरण हुन्।
एक Regional Development Planning को विद्यर्थीको नाताले मैले पनि आफ्नो छोटो प्रमकालमा यही सोंच र तिनै उदाहरणहरूबाट अभिप्रेरित भएर अरू राष्ट्रिय गौरवका आयोजनाहरू (१७ वटा) अतिरिक्त बुढीगण्डकी आयोजनालाई विशेष प्राथमिकतासाथ अघि बढाएको हुँ। त्यसनिम्ति अधिकारसम्पन्न छुट्टै 'बुढीगण्डकी करिडोर विकास प्राधिकरण' ( Authority for Budhigandaki Corridor Development -ABCD) को परिकल्पना गरिएको थियो। परन्तु तत्काल छुट्टै कानून बनाउन संसद नरहेकाले गठन आदेश मार्फत् 'बुढीगण्डकी विकास समिति' बनाएर काम द्रूत गतिमा अघि बढाइएको थियो।
स्मरण रहोस्, फेवाताल भन्दा १५ गुना ठूलो त्यहाँ बन्ने तालको बहुआयामिक उपयोग, त्यसको वरिपरिका गोरखा,धादिंग र चितवनका ठूला टारहरूमा दर्जनौं नयाँ शहरी वस्तिहरू, तल्लो तटीय क्षेत्रहरुमा थुप्रै नयाँ जलविद्युत आयोजनाहरू, माथिल्लो हिमाली क्षेत्रहरूमा पर्यावरण संरक्षण र आकर्षक पर्यटन केन्द्रहरू, ताल वरपरको रिंगरोडमा पुनर्वास र विविध उद्योग-व्यवसायहरूको स्थापना आदिले नेपालको आर्थिक-सामाजिक रूपान्तरणमा गर्ने योगदान अतुलनीय हुनसक्छ।
परन्तु वीचका सरकारहरूका पालामा केकस्ता हर्कतहरू भए र देशलाई कति अपूरणीय क्षति भयो त्यसको हिसाबकिताब इतिहासले एकदिन अवश्य गर्नेछ।
अहिलेको सरकारलाई ती गल्ती सच्याएर अघि बढ्ने राम्रो अवसर छ। सभामुख, अर्थमन्त्री त्यही क्षेत्रका भएकाले र स्वयम् प्रम इन्जिनीयर समेत भएकाले साथै उर्जाशील उर्जामन्त्री भएकाले यसको महत्ववोध अवश्य गर्नुहुनेछ। बुढीगण्डकी आयोजनालाई अरू सामान्यमाथि एउटा थप जलविद्युत योजना मात्र हैन देशको अर्थतन्त्रलाई नै फड्को लगाउनसक्ने विशिष्ठ रूपान्तरणकारी आयोजनाको रूपमा ग्रहण गर्नुहुनेछ।
त्यनिम्ति निर्णायक महत्वको कुरा, यसलाई विद्युत प्राधिकरण मातहतको एउटा सामान्य 'कम्पनी' मार्फत् हैन छुट्टै ऐनद्वारा गठित अधिकारसम्पन्न 'बुढीगण्डकी जलाधार विकास प्राधिकरण' मार्फत् बहुउद्देश्यीय परियोजनाको रूपमा निर्माण र व्यवस्थापन गरियोस्। अन्यथा यो पुनः 'हात्ती आयो, फुस्सा ..' हुनसक्छ!
( नोट: विगतका विभिन्न सरकारहरूलाई बुझाइएको तर सम्भवतः रद्दीको टोकरीमा फालिएको स्मरणपत्रको प्रतिलिपी यहाँ प्रस्तुत छ। )
#highlight #pmonepal #budhigandakiproject #dparyal #swarnimwagle #birajbhaktashrestha -
Baburam Bhattarai
@brb1954
A recent visit to South Asian University (SAU) in New Delhi, India made me seriously reflect on the urgent need and huge potential of collaboration among South Asian countries in the field of higher education and research.
If South Asia,with 25% of world population (along with its 20% of poor !), wants to play a leading role in the projected 'Asian Century' it must focus on quality higher education and research for rapid socio-economic transformation.
To start with, SAU, a collective effort of South Asian nations, could be turned into a Regional Centre of Excellence with specialization in major core areas. Later on it could branch out in different territorial units.
I urge upon all the leaders in the South Asian region, including our own youth-led government in Nepal, to rise above sectarian mindset and respond to the urgent call of history.
#sau #pmonepal #pmoindia -
Baburam Bhattarai
@brb1954
प्र म शाह, परराष्ट्रमन्त्री खनाल, सभापति लामिछाने लगायतले पढ्नैपर्ने परराष्ट्र-सम्बन्धकी विशेष जानकार सृष्टि राणाको यो मौलिक लेख! @PM_nepal_
Kantipur
@ekantipur_com
सृष्टि राणाको लेख
९० को दशकदेखि नै अस्थिर सरकार, सशस्त्र द्वन्द्व, त्यसपछि नयाँ संविधान निर्माणको संक्रमणले गर्दा नेतृत्वको उचित ध्यान अन्तर्राष्ट्रिय सम्बन्धतिर जान सकेन । आफ्नै आन्तरिक विषयमा अल्झिादा र व्यावहारिक कमजोरीले गर्दा अरू देशभन्दा हामी निकै पछाडि पर्यौं । फलतः नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध इतिहासकै कमजोर भएको छ ।
ekantipur.com/opinion/2026/04/14/international-relations-… -
Baburam Bhattarai
@brb1954
ITM University, Gwalior द्वारा आयोजित डा. राममनोहर लोहिया स्मृति व्याख्यानमा प्रमुख अतिथिको रूपमा "Reimagining Justice and Equality in the Spirit of Dr Ram Manohar Lohia: Toward Scientific Humanism in the 21st Century" विषयमा व्यख्यान प्रस्तुत!
#highlight #itmuniversitygwalior -
Baburam Bhattarai
@brb1954
Happy to go around a tour of historical monuments in Gwalior, India, including the majestic Gwalior Fort built in 8th-9th century.
Pleasantly surprised to know that the renovation work of the Fort is taking place under the supervision of a Nepali Architect-Conservationist Anita Tamrakar.
After all, Kathmandu and Gwalior enjoy long-standing cultural and political relations!
#nepalindiarelations -
Baburam Bhattarai
@brb1954
Looking forward to enlightening intellectual discourses at ITM University,Gwalior (April 14) and South Asian University , New Delhi (April 15) .
केही सिक्ने र केही सिकाउने लक्ष्य सहित भारतको ग्वालियरस्थित ITM University (अप्रिल १४) र दिल्लीस्थित South Asian Universiry (अप्रिल १५) मा हुने महत्वपूर्ण बौद्धिक विमर्शमा सहभागी हुन आगामी केही दिन प्रवासतिर!
वैश्विक,क्षेत्रीय र राष्ट्रिय समस्या तथा समाधानको अन्तरसम्बन्ध र त्यसनिम्ति पछिल्लो ज्ञानविज्ञानको बुझाइ र प्रयोगबारे उपयोगी विमर्श हुने अपेक्षा!
#itmuniversity #sau -
Baburam Bhattarai
@brb1954
Thought-provoking piece from veteran journalist @Kishore_chandra ! Let religion and culture rest in people's heart! And let science and tecnology prevail in their minds! Our brave GenZ youths would be wary in time!
The Kathmandu Post
@kathmandupost
OPINION: For the RSP, ‘Blue’ is not just a colour. It is a political sign
Do citizens only see the colour, or do they also understand the underlying meanings?
kathmandupost.com/columns/2026/04/07/for-the-rsp-blue-is-… —by Chandrakishore -
Baburam Bhattarai
@brb1954
कार्यालय समय ९-५ बजे र शनिवार-आइतबार बिदा गर्ने वर्तमान सरकारी निर्णय सही र वैज्ञानिक छ। यसलाई तत्काल पेट्रोलियम पदार्थको अभावको कारण अस्थाइ रूपमा लागू गर्ने मात्र हैन सार्वजनिक बार्षिक विदा र क्यालेण्डर (पात्रो) मा समेत समयानुकूल सुधार गरी स्थायी रूपमा नै लागू गर्नु सबै हिसाबले राम्रो र उपयोगी हुन्छ।
मेरो पालामा मन्त्रीपरिषद्ले यसवारे निर्णय गरेर पनि विविध कारणले लागू नगरिएको र पछिल्ला सरकारहरूले रद्दीको टोकरीमा फालेको यो विषयलाई अझै आवश्यक परिमार्जन गरेर वर्तामान सरकारले लागू गरोस्:-
• दैनिक कार्य समय बढाएर हप्ताको दुइ दिन बिदा दिंदा कुल कार्यसमय कम हैन झन् बढी हुन्छ; कर्मचारी/श्रमिकको कार्यदक्षता बढ्छ; पारिवारिक सुखशान्ति बढ्छ;इन्धनको बचत हुन्छ; स्वच्छ पर्यावरण निर्माणमा मदत पुग्छ; आन्तरिक पर्यटन बृद्धि हुन्छ। आइतवारको विदाले अन्तर्राष्ट्रिय कार्यसमयसंग व्यवसायिक तालमेल गर्न सजिलो हुन्छ। सबै हिसाबले देश र समाजलाई फायदा हुन्छ।
• यो संगसंगै राष्ट्रिय औपचारिक पात्रोमा पनि सुधार गर्दा राम्रो हुन्छ। देशको इतिहास र संस्कृतिको संबर्द्धननिम्ति नेपालसम्बत् र बिक्रमसम्बत् कायम गर्ने र साथमा औपचारिक अन्तर्राष्ट्रिय कारोवार र व्यवसायिक प्रयोजनकोनिम्ति ग्रेगोरियन क्यालेण्डर (इस्वीसम्बत्) प्रयोग गर्दा समयको प्रवाह अनुरूप पदचाप मिलाउन सहज हुन्छ।
• साथै हाम्रा सार्वजनिक विदाहरू धेरै र अनिश्चित हुँदा वर्तमान युग र आर्थिक प्रणालीको सापेक्षतामा हाम्रो समग्र सामाजिक-आर्थिक उत्पादन र उत्पादकत्वमा निकै नोक्सान हुन पुगेको छ। अतः संघमा केही महत्वपूर्ण ऐतिहासिक दिन र साझा राष्ट्रिय प्रकृतिका पर्वहरूमा मात्र सार्वजनिक विदा दिने; अरू निश्चित दिन स्वेच्छिक विदा लिन सक्ने ; र अन्य केहीमा प्रदेश र स्थानीय तहले निर्णय गर्न सकिने व्यवस्था हुनु राम्रो हुन्छ।
[• र अन्त्यमा, एउटा साँचो तर ठट्यौली जस्तो कुरा! मेरो पालामा मन्त्रीपरिषद्ले विभिन्न समुदायका मन्त्रीहरूको प्रतिनिधित्व सहित सार्वजनिक विदाको कुल संख्या कटौती गर्ने गरी प्रस्ताव ल्याउन एउटा कमिटी गठन गर्यो। तर कसैले पनि आफ्नो समुदायका पर्वहरूको विदा कटाउन नमानेको र एकजना मारवाडी समुदायका मन्त्रीले आफ्नो समुदायको पर्वमा पनि विदा हुनुपर्छ भनेपछि एक दिन विदा अरू थपेर पो प्रस्ताव आएछ! हामीले केही हाँसो र केही दिग्दारी सहित 'पुनः मुषिको भवः' भन्दै मन्त्रीपरिषद्बाट प्रस्तावै हटाएका थियौं!अब त्यस्तो कहिल्यै नहोस्!]
#highlight #pmonepal -
Baburam Bhattarai
@brb1954
नवगठित प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएकोमा श्री डोलप्रसाद (डीपी) अर्याललाई हार्दिक बधाइ तथा शुभकामना!
सभामुखलाई संसद संचालन गर्न थुप्रै स्वविवेकीय अधिकार समेत रहने भएकाले सर्वोच्च जनप्रतिनिधि संस्थालाई साँच्चै लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने भन्ने सभामुखको हातमा रहने गर्छ। यो कुरा नेपालमा र विश्वभर देखिने गरेको छ।
हँसमुख र मृदुभाषी स्वभावका धनी श्री अर्यालले आफ्नो कार्यकालमा नेपालको विशिष्ठ कालखण्डमा गठित वर्तमान प्रतिनिधिसभालाई उन्नत लोकतन्त्रको अभ्यासको थलो बनाउनुहुनेछ भन्ने विशेष शुभेच्छा! -
Baburam Bhattarai reposted
Erik Solheim
@ErikSolheim
Can Trump please learn from emperor Ashoka?
Yesterday Trump spoke and promised more war - devastating Iran, keeping poor people all over the world hostage.
Why not learn from the best? Ashoka is a unique figure in history. Living from 304 to 232 in what is today Bihar, India 🇮🇳.
He was the brilliant military leader who won big victories in the Kalinga wars.
But later he was also the emperor who repented violence and started reflecting over the deaths and destruction of war. He dedicated his life to a peaceful world and to spiritual uplifting of the people of the Maurya empire
I recently spent time in the splendid new Bihar Museum in Patna. The museum tells the story of Ashoka, his dedication to the people of Bharat and to the Buddha.
It’s such a beautiful story! Can someone please tell Trump? -
Baburam Bhattarai
@brb1954
ऐतिहासिक जेनजी विद्रोहपछि युवाहरूको बाहुल्य सहित निर्वाचित नयाँ प्रतिनिधिसभाको कामकार्वाहीको शैली र निर्णयहरूको अन्तरवस्तु पनि नयाँ र रूपान्तरणकारी होस् भन्ने आमजनताको चाहना सफलिभूत पार्न सांसदहरूको पर्याप्त ध्यान पुगोस्।
पहिलो दिन (चैत १९) को बैठकमा सत्तापक्ष र प्रतिपक्षका भूमिका र प्रस्तुतिहरू स्वाभाविकै देखिएकाछन्। सत्तापक्ष जिम्मेवार र विनयशील बन्ने र प्रतिपक्ष आलोचक तर मर्यादित बन्ने बहुदलीय लोकतन्त्रको स्थापित मान्यता नै हो।
परन्तु हाम्रो संसदीय अभ्यास र परम्पराका केही नकारात्मक पक्षलाई सच्याएर प्रतिनिधिसभालाई दलीय/गुटीय/निजी स्वार्थपूर्तिको थलो सट्टा देश र जनताको पक्षमा जिम्मेवार र सशक्त व्यवस्थापकीय (सरकार, ऐनकानून, नीति-कार्यक्रम निर्माण) र सचेतकीय भूमिका निर्वाह गर्न निम्न कुराहरुमा ध्यान पुगोस्:
• संसदका नियमावली,कार्यविधि आदि असाध्यै कर्मकाण्डीय र अंकुशे प्रकृतिका छन्। तिनलाई समयानुकुल परिमार्जन र सुधार गरेर बढी लोकतान्त्रिक तथा परिणाममुखी बनाइयोस्।
उदाहरणार्थ, हामीकहाँ प्राय सबै विधेयक सरकारको तर्फबाट प्रस्तुत हुन्छन्; प्रायः सबै बिषयमा संसदीय दलले ह्वीप लगाउँछ; जति बहस छलफल गरेपनि कमा र फुलस्टप पनि नबदली विधेयक/प्रस्ताव ( खाशगरी बजेट प्रस्ताव) आदि पारित हुन्छन्। जसले सांसदहरूलाई रबर स्ट्याम्प मात्र बनाउँछ। यसमा छिटो व्यापक सुधार गर्नैपर्छ।
• सत्तापक्षले बहसै नगरी पेलेर जाने र विपक्षले सानो कुरामा पनि सदन अवरोध गर्ने अहिलेसम्मको खराब विरासतलाई छिटो पूर्णविराम लगाउनैपर्छ।
• देश संघीयतामा गैसकेको र तीन तहका अधिकार संविधानमै किटान भैसकेको अवस्थामा संघीय सांसदहरूले आफ्नो अधिकार र कर्तव्यको क्षेत्रको राम्रो हेक्का राखेर गहीरो तयारी गर्ने र सोही अनुसार संसदमा भूमिका निर्वाह गर्ने कुरामा विशेष ध्यान पुर्याउनुपर्दछ।
• खाशगरी जेनजी विद्रोहपछिको अहिलेको विशिष्ठ अवस्थामा सांसदहरूले झिनामसिना कुरामा अल्झनु सट्टा मुख्यतः त्यो परिस्थितिको कारकतत्व रहेको देशको गहीरो अर्थ-राजनीतिक संकट र भू-राजनीतिक चुनौतिको दिगो समाधान खोज्ने कुरालाई केन्द्रमा राखेर भूमिका निर्वाह गर्नु अत्यावश्यक छ।
हार्दिक शुभकामना!! -
Baburam Bhattarai
@brb1954
हाल देशमा संसदीय प्रतिपक्ष कमजोर भएको वेला सधैं आफ्ना तीक्ष्ण लेखन र संचार माध्यम मार्फत् सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्नुहुने नेपालका विशिष्ठ बौद्धिक व्यक्तित्व सीके लालको यो सबैको आंग जिरिंग पार्ने आलेख अवश्य पढौं!
उन्नत लोकतन्त्रमा सत्तापक्ष जति बलियो हुन्छ त्यसलाई सन्तुलनमा राख्न विभिन्न क्षेत्रका प्रतिपक्ष , विशेषतः सार्वजनिक बौद्धिकहरू, उत्तिकै आवश्यक हुन्छन् भन्ने सत्यलाई आत्मसात गरौं!
#highlight #youthleadership #alternativepolitics #balen
Kantipur
@ekantipur_com
सीके लाल लेख्छन् :
जवाफदेहिता सिद्धान्तको प्राथमिक मान्यता के हो भने कमजोरले शंकाको लाभ पाउँछ, तर पदासीन शक्तिशाली व्यक्तिको प्रत्येक लाभलाई शंकाको दृष्टिकोणबाट विवेचना गरिनुपर्छ।
ekantipur.com/opinion/2026/04/01/the-rise-to-power-of-the… -
Baburam Bhattarai
@brb1954
नवगठित बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले मन्त्रीपरिषद्को पहिलो बैठकबाट पारित गरेका विभिन्न शीर्षकका शासकीय सुधार र अन्य महत्वपूर्ण कार्य सम्बन्धी एक सय कार्यसूची मूलतः सकारात्मक र स्वागतयोग्य छन्।
परन्तु अपूर्व मतादेश पाएको यो सरकारले देश र जनताको हितमा प्राथमिकतासाथ गर्नै पर्ने केही अति महत्वपूर्ण काम छुटेकाछन् वा छुटाइएको छ, जसमा ध्यान पुगोस् । जस्तै:-
१. देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनानिम्ति भएको सशस्त्र संघर्ष पश्चात् सम्पन्न बृहद् शान्ति-सम्झौता बमोजिम गठित सत्यनिरुपण तथा मेलमिलाम आयोग र वेपत्ता व्यक्तिहरू सम्बन्धी छानवीन आयोगको काम झण्डै दुइ दशक हुनलाग्दासम्म पूरा भएको छैन। जसका कारण पचासौं हजार शहीद, बेपत्ता, घाइते-अपांग र तिनका परिवार अहिलेसम्म न्याय र परिपूरणबाट बन्चित भएका छन्।
यो कुुनै एउटा पार्टीको मात्र नभएर समग्र राज्यको जिम्मेवारीको बिषय हो। तसर्थ यसको स्वामित्व लिएर यसलाई छिटो सम्पन्न गर्न यो सर्वाधिकारसम्पन्न सरकार चुक्नुहुँदैन।
२. अहिले पनि एकातिर, ६०% श्रमशक्ति अनुत्पादक ढंगले बाध्यतावश अल्झिरहेको, देशको वेरोजगारी/छद्म-वेरोजगारी/अर्ध-रोजगारी तथा गरिबी र अल्पविकासको मुख्य पकेट बनेर रहेको र अर्कोतिर, लाखौं हेक्टर खेतियोग्य जमीन बाँझै बसेको कृषिक्षेत्रको आमूल रूपान्तरण नगरी हाम्रा विकास र समृद्धिका हवाइकल्पना पूरा हुनैसक्दैनन्। विगतका विभिन्न दलीय सरकारहरूको अतिरन्जित दावी र निराशाजनक परिणामले यो पुष्टी गरिसकेका छन्।
त्यसकानिम्ति अन्य कुराहरूका अतिरिक्त वैज्ञानिक भूमिसुधार, जुन नेपालको संविधानको निर्देशक सिद्धान्तमा पनि उल्लेख छ, अनिवार्य पूर्वशर्त हो। यसलाई वर्तमान सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्नैपर्छ।
३. यो सरकारको कार्यसूचीमा सामान्य रूपमा परे पनि विशेष जोडका साथ उठाउनै पर्ने अर्को विषय 'राष्ट्रिय गौरवका आयोजना' को रूपमा सूचीकृत ठूला पूर्वाधार आयोजनाहरुको उच्च प्राथमिकतापूर्वक कार्यान्ययन हो। तीमध्ये पनि राष्ट्रिय अर्थन्त्रको 'टेक-अफ'को प्रमुख इन्जीन बन्न सक्ने बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाको शीघ्र कार्यान्वयन हो।
( वर्तमान अर्थमन्त्री र गृहमन्त्री दुवैजना त्यस क्षेत्रका जानकार हुनुभएकाले वहाँहरूको विशेष जोडबल यसमा अवश्य लाग्नेनैछ भन्ने अपेक्षा गर्नु अन्यथा नहोला!)
४. नेपालको तीव्र तथा दिगोआर्थिक विकास र समृद्धिको मूल बाटो भनेकै आगामी दिनमा पहिलो र तेश्रो ठूलो अर्थतन्त्र हुने निश्चित भएका दुइ छिमेकीहरूसंग सुमधूर सम्बन्ध कायम राख्दै उनीहरूको मूल्यशृंखलासंग जोडिने र हाम्रो देशलाई 'दुइ ढुंगा वीचको तरूल' हैन परन्तु 'दुइ देश वीचको गतिशील पुल' ( vibrant bridge) बनाउने हो।
मैले निकै हण्डरठक्कर खाँदै केही पहिलेदेखि उठाउँदै आएको यो विषय अहिले सत्तासीन बनेको रास्वपाले आफ्नो वाचापत्रमै राख्नु ज्यादै खुशीको कुरा हो।
परन्तु यो अति संवेदनशील बिषय भन्न जति सजिलो छ, गरिपुर्याउन उत्तिकै गाह्रो छ। त्यसनिम्ति हाम्रा युवा नेताहरूले शुरूकै दिनदेखि बुद्धिविवेक र कुटनीतिक कौशलको अधिकतम प्रयोग गरेमा असम्भवलाई सम्भव बनाउन पक्कै सकिन्छ।
शुभकार्यमा किन विलम्व? हार्दिक शुभकामना! -
Baburam Bhattarai
@brb1954
आज भन्दा ठीक १२ बर्ष पहिले अर्थात् २०७० चैतमा तत्कालीन प्रतिष्ठित पत्रिका 'नेपाल साप्ताहिक' मा मेरो अग्रलेख "नयाँ शक्तिको खाँचो" प्रकाशित भएको थियो। त्यतिवेला संविधानसभाबाट संविधान बन्दै थियो। म तत्कालीन माओवादी पार्टीको उच्च नेतृत्व पंक्तिमै थिएँ।
मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै संविधान बनिसकेपछि नयाँ युगको नयाँ कार्यभार पूरा गर्न देशमा पुराना दल र नेतृत्वको विकल्पमा नयाँ विचार,नीति,कार्यक्रम, नेतृत्व सहितको 'नयाँ शक्ति' चाहिन्छ भन्ने पैरवी गरेको थिएँ।
आज नवोदित दल रास्वपाको तर्फबाट नवनिर्वाचित प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई वहाँको सपथग्रहण पछि वधाइ दिंदै गर्दा मेरो मनमष्तिष्कमा त्यो आलेखको संझना झलझली आइरहेको थियो।
अनि सम्झिरहेको थिएँ Karl Marx को चर्चित कृति The Eightienth Brumare of Louis Bonaparte को यो अंश: " Men make their own history, but they donot make it just as they please; they do not make it under circumstances chosen by themselves, but under circumstaces directly encountered, given and transmitted from the past."
( "मानिसले आफ्नो इतिहास आफैं बनाउँछन्, तर आफ्नो इच्छा अनुसार मात्र बनाउन सक्दैनन्; उनीहरूले आफैंले रोजेको परिस्थिति अनुसार बनाउने हैन , परन्तु प्रत्यक्ष सामना गरेको, विद्यमान र विगतबाट आइलागेको परिस्थिति बमोजिम मात्र गर्नसक्छन्।")
नेपालको अहिलेको अवस्था पनि त्यस्तै त्यस्तै हो कि?
#highlight #balen #alternativepolitics -
Baburam Bhattarai
@brb1954
युवाहरूको बाहुल्य, महिलाको ३३% प्रतिनिधित्व, पहिलोचोटि अति उत्पीडित वादी समुदायको उपस्थिति लगायतका विशेषता रहेको बालेन्द्र शाह मन्त्री परिषद्का सबै सदस्यहरूलाई वधाइ तथा सफलताको शुभकामना!
-
Baburam Bhattarai
@brb1954
ऐतिहासिक कार्यभार बहन गर्न लाग्नुभएका नेपाली इतिहासकै कान्छा र मधेसी मूलका पहिलो प्रधानमन्त्री युवा इन्जिनीयर श्री बालेन्द्र शाहलाई सफल कार्यकालको हार्दिक शुभकामना!
आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ-राजनीति र बाह्य रूपमा तीव्र गतिले बद्लिदै गएको भू-राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्स्थापन गर्दै देश र जनताका एक्काइशौं शताब्दीका आकांक्षा पूरा गर्न सफलता मिलोस्!
लामो र कष्टसाध्य लोकतान्त्रीकरणको प्रक्रियापछि सुशासन र समावेसी समृद्धीकरणको नयाँ चरणमा प्रवेश गरेको नेपाली राजनीतिको अब समयानुकूल डिजिटल प्रविधि/एआइमैत्री युवापुस्तामा पुस्तान्तरण हुँदै गएको वस्तुगत यथार्थलाई सबैले आत्मसात गरौं!
कसैको देवत्वकरण वा दानवीकरण नगरी गुणदोषको आधारमा सहकार्य र प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गरौं!
#highlight #balen #youthleadership -
Baburam Bhattarai
@brb1954
भदौ २३ र २४ गतेको घटनाको छानवीन गर्न बनेको गौरी ब. कार्की आयोगको रिपोर्ट (९०७ पेज, यहाँ संलग्न छन्, अवश्य हेरौं!) सुशीला कार्की सरकारले अन्तिम समयमा भए पनि जारी गर्नु सकारात्मक छ।
प्रतिवेदन सरसर्ती पढ्दा लागेका प्रारम्भिक अनुभूति:
• दुबै दिनका अपेक्षा गरिए अनुरुपकै घटना विवरण छन्!
• २३ गते तत्कालीन सरकारमा रहेकाहरूको गम्भीर गल्ती देखिन्छ! TOB समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको देखिन्छ।
• २४ गते राज्यका सबै अंगहरू कोल्याप्स भएको प्रष्ट बुझ्न सकिन्छ। त्यसमा मुख्यतः Youth Against Corruption, Yuwa Hub , Hami Nepal ले २२ गतेदेखि नै Discord service मार्फत् तयारी गरेको विस्तृत विवरण प्रतिवेदनमा उल्लेख छ।यसमा विशेषतः Sudan Gurung को भूमिकालाई प्रतिवेदनले महत्वसाथ उल्लेख गरेको छ।
• कार्वाही, पुरस्कार र शासकीय सुधारका सिफारिसहरू विस्तृत रूपमा दिइएका छन्।
देश र जनताको हितमा यो प्रतिवेदनलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने र नयाँ इतिहास रच्ने कि पुरानै दुःखद इतिहास दोहोर्याउने अब बन्ने रास्वपा सरकारको हातमा छ!
#highlight #gengmovement #karkicommissionreport
Kantipur
@ekantipur_com
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ] ekantipur.com/news/2026/03/25/this-is-the-report-of-the-c…
-
Baburam Bhattarai
@brb1954
नेपाली राजनीतिको ऐतिहासिक पुस्तान्तरण सहित नवोदित रास्वपाको सुविधाजनक एकमना सरकारले देशको नेतृत्व सम्हाल्न लाग्दा आम जनता र विशेषतः युवापुस्ताका आकांक्षा चुलिनु स्वाभाविक छ। यस सन्दर्भमा नयाँ बन्ने सरकारले समयवद्ध तरिकाले कार्यान्वयनकालागि आफ्ना कामका प्राथमिकता निर्धारण अवश्य गरिरहेकै छ।
त्यसनिम्ति विगतका सरकारहरूले शुरू गरेका कतिपय राम्रा अभ्यासहरू उपयोगी सन्दर्भ-सामाग्री हुनसक्छन्। तीमध्ये मेरो नेतृत्वको विशिष्ठ कालखण्डको छोटो अवधि (अठार महिना)-को सरकारका " प्रमुख काम र उपलब्धी" ( विस्तृत विवरण सहित प्रकाशित ग्रन्थ प्रम कार्यालयमा सुरक्षित हुनसक्छ!) पनि केही काम लाग्नसक्छ।
विशेषतः सुशासन, भ्रष्टाचार निवारण र पारदर्शिताको क्षेत्रमा शुरू गरिएका हेलो सरकार, जनतासंग प्रधानमन्त्री, संवैधानिक निकायमा नियुक्ति प्रक्रियामा सुधार, संस्थान निर्देशन बोर्ड गठन आदि उपयोगी हुन सक्छन्।
त्यसरी नै तीव्र आर्थिक रूपान्तरण र समृद्धिकानिम्ति पहल गरिएका लगानी बोर्ड, बिप्पा सम्झौता, राष्ट्रिय गौरवका आयोजना,रूग्ण उद्योगहरूको पुनरूत्थान, विशेष अर्थिक क्षेत्र (SEZ), काठमाण्डौ उपत्यका विकास प्राधिकरण, वैज्ञानिक भूमिसुधारनिम्ति तयारी, भूउपयोग नीति निर्माण र कार्यान्वयन,गरीवीको पहिचान र परिचयपत्र,राष्ट्रिय स्वयंसेवा अभियान आदिलाई परिमार्जन र प्रथमिकतासहित अघि बढाउन सकिन्छ।
विज्ञेषु किमधिकम् !! -
Baburam Bhattarai
@brb1954
By brief talks with Economic Times , New Delhi, on recent political change in Nepal and its impact on Nepal-India relations. #nepalindiarelation
-
Baburam Bhattarai
@brb1954
२०८२ को आमनिर्वाचन परिणामको व्याख्या विभिन्न ढंगले लामो समयसम्म हुनेनै छ। तर एउटा सर्वस्वीकार्य तथ्य के हो भने यसले नेपाली राजनीतिको पुस्तान्तरण अब उल्टाउनै नसक्ने गरी गरेको छ!
४० बर्ष मुनिका सांसद १०२ जना अर्थात् करिब ३८% हुनु भनेको नेपाली राजनीतिले अब डिजिटल र एआई युगतर्फ फड्को हानिसक्यो। यो तथ्यलाई आत्मसात गर्न नसक्ने दल/नेतृत्वको भविष्य के हुन्छ आफै बुझ्ने कुरा हो! -
Baburam Bhattarai
@brb1954
नेपालको लोकतान्त्रिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कम्युनिष्ट पार्टीका नेता कमरेडहरूले हालैको आमनिर्वाचनको परिणाम पछि गम्भीर आत्मसमीक्षा गर्नुसट्टा उल्टै पार्टीको पक्षमा मतदान नगर्ने लाखौं नेता-कार्यकर्ता-समर्थकहरूलाई छानीछानी 'कार्वाही गर्छु' भन्नु विडम्वनापूर्ण छ!
मार्क्सदेखि माओसम्मले संश्लेषण गरेको र संसारभरका कम्युनिष्टहरूले अनुसरण गर्ने दर्शन भौतिकवादी द्वन्दवादको आधारभूत नियम अनुसार कुनै वस्तु वा घटनाभित्रको अन्तरविरोध वा समस्याको प्रधान कारण आफैभित्र हुन्छ र बाह्य पक्षले सहायक भूमिका खेल्छ भन्ने हैन र?
पहिलेको कुरा छोडेर गत एक दशकको मात्र नेपाली कम्युनिष्टहरूको ओरालो यात्राको हिसाब गर्दा २०७४ सालमा झण्डै दुइ तिहाइ रहेको जनमत २०८२ मा करिब २२ प्रतिशतमा झर्नु सबै बाह्य कारणले ( वैदेशिक षड्यन्त्रले?) मात्र होला त? अनि त्यो दोषको मुख्य जिम्मा मूल नेतृत्वले नलिएर सहायक नेतृत्व वा कार्यकर्ताले मात्र लिनुपर्ला त?
चोर औंला अरूमाथि ठड्याउँदा बाँकी औंलाहरू आफैतिर फर्कन्छन् भन्ने पनि हेक्का राख्ने कि?
बरू पछिल्लो निर्वाचन परिणामसम्म आइपुग्दा समग्र कम्युनिष्ट आन्दोलनलाई नै वदलिएको विश्व र राष्ट्रिय परिस्थिति अनुरूप नयाँ विचार/नीति/कार्यक्रम/संगठन/नेतृत्व सहित नयाँ ढंगले रूपान्तरण गर्ने दिशामा सोच्नुपर्ने हैन र? नत्र रुस र पूर्वी यूरोपदेखि पश्चिम बंगालसम्म जे भयो यहाँ हुन्न भन्ने के ग्यरेन्टी छ र? -
Baburam Bhattarai
@brb1954
'Democracy in the Age of AI: Digital Governance and the Youth'
Full text of my speech at NXT2026 Summit in New Delhi. youtu.be/x8kkN8HFFrk -
Baburam Bhattarai
@brb1954
हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सवैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ।यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन्।
पहिलो, फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ भन्ने हाम्रो लोकोक्ति राम्रोसंग झल्केको छ। त्यो कायम रहोस्।
दोश्रो, रास्वपाले पाएको यो प्रचण्ड अभिमत कुनै एउटा पार्टी वा व्यक्तिलाई प्राप्त मत भन्दा समग्र नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश हो भन्ने सोंच वस्तुपरक छ । त्यसनिम्ति पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्नु भन्दा उनीहरूले ऐतिहासिक रूपमा निर्वाह गरेको भूमिकाको सम्मान गर्दै र प्राप्त उपलब्धीको रक्षा गर्दै देशको नयाँ भविष्य निर्माण गर्नुपर्छ भन्ने कुरा ज्यादै अर्थपूर्ण छ।
हार्दिक शुभकामना! -
Baburam Bhattarai
@brb1954
दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय NXT2026 सम्मेलनबाट स्वदेश फर्कदा सन्तोषको अनुभूति!
AI ले समाज र राज्यका विभिन्न क्षेत्रमा आगामी दिनमा पार्न सक्ने सकारात्मक/नकारात्मक प्रभावबारे सम्बन्धित क्षेत्रका विज्ञहरूबाट बुझ्ने महत्वपूर्ण अवसर!
साथै नेपालको जेनजी आन्दोलन र हालैको आमनिर्वाचनपछिको राजनीतिक स्थितिवारे विश्व समुदायलाई यथार्थपरक ढंगले बुझाउने स्वर्ण अवसर! -
Baburam Bhattarai
@brb1954
फागुन २१ को चुनावी महोत्सवनिम्ति पुर्ख्यौली घर गोरखामा !
यो विशेष महत्वको आम निर्वाचनमा सबै सचेत नेपाली नागरिक अधिकाधिक संख्यामा सहभागी बनौं ! डिलमा पुगिसकेको संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणनिम्ति आआफ्नो स्थानबाट योगदान गरौं! -
Baburam Bhattarai
@brb1954
नयाँ दिल्लीमा आयोजित NXT 2026 समिटमा " Democracy in tne Age of AI: Digital Governance and the Youth" विषयक मेरो मन्तव्यको नेपाली भावानुवाद!
Onlinekhabar
@Online_khabar
डा. बाबुराम भट्टराईले व्यक्त गरेको विचार–
यी प्लेटफर्महरू सार्वजनिक विमर्शका अदृश्य सम्पादक बनेका छन्, जसले अरबौं मानिसले के हेर्छन्, उनीहरू के कुरामा रिसाउँछन् र उनीहरू केलाई सत्य मान्छन् भन्ने निर्णय गर्छन्।
#onlinekhabar
www.onlinekhabar.com/2026/03/1890568/democracy-in-the-age… -
Baburam Bhattarai
@brb1954
भारतको नयाँ दिल्लीमा आयोजना हुन गैरहेको अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन प्रस्थान गर्दै!
Heading towards New Delhi for a grand intellectual and scientific discourse among internarional dignitaries on varied subjects at Bharat Mandapam! Will be speaking on " DEMOCRACY IN THE AGE OF AI: DIGITAL GOVERNANCE AND THE YOUTH". #nxt2026 -
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
मानवशास्त्री सुरेश ढकालको विश्लेषण : ‘डिजिटल इकोच्याम्बर’ले जन्माएको चुनावी सुनामी
‘रास्वपाका समर्थक विश्वासी जमातजस्ता छन्, त्यहाँ प्रश्न हुँदैन विश्वास मात्र हुन्छ’
#ratopati #election
www.ratopati.com/story/549599/anthropologist-suresh-dhaka… -
Baburam Bhattarai
@brb1954
२०८२ को आमनिर्वाचन नेपाली राजनीतिको एउटा महत्वपूर्ण पानीढलो बन्ने अब सुनिश्चित भएको छ। त्यसो त २०१५ साल र २०६४ सालको आमनिर्वाचनहरू पनि आआफ्नो युगका पानीढलोहरु नै थिए। परन्तु यो निर्वाचनले परम्परागत कांग्रेस-कम्युनिष्ट धारका पार्टीहरूलाई नै विस्थापित गरेर विल्कुलै नयाँ डिजिटल युगका युवाहरूको बर्चस्व रहेको नयाँ ढंगको पार्टी र नयाँ पुस्तालाई राजनीतिको केन्द्रमा जसरी स्थापित गरेको छ त्यसको दूरगामी महत्व रहने निश्चित छ।
नेपालमा २०७२ सालमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसंगै र विश्वमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (AI) सहितको चौथो औद्योगिक क्रान्तिसंगै पुराना वैचारिक युगका पार्टीहरूको विकल्पमा नयाँ युगको नयाँ विचार,नीति,कार्यक्रम,संगठन,नेतृत्व सहितको नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्ने पैरवी हामी कतिपयले गर्दै आइरहेका थियौं।
परन्तु इतिहासका कतिपय महत्वपूर्ण घटना कसैको चाहनाले भन्दा पनि वस्तुगत आवश्यकता र आकस्मिकताको संयोजन स्वरूप घट्छन् भने झैं अहिले यो जेन-जी विद्रोह र आमनिर्वाचनको रूपमा नेपालमा घट्न गएको छ। कतिपय कन्स्पिरेसी थ्योरिष्ट (षड्यन्त्रवादी)-हरुले अन्यथा भनेपनि केही दशक यता नेपाली समाजको पुरानो अर्थ-राजनीतिक संरचना जसरी भत्किरहेको थियो र विशेषतः वैदेशिक रोजगारी र डिजिटल प्रविधिले नयाँ युवाहरूमा नयाँ चेतना जागृत गराइरहेको थियो त्यसले यी रूपान्तरणकारी परिघटनाहरू अनिवार्य बनाइरहेका थिए।
अतः अब कसैले चाहे पनि नचाहे पनि नेपाली राजनीति पुरानो ठाउँमा रहन सक्दैसक्दैन। जेन-जी विद्रोह र यो निर्वाचनले त्यसको स्पष्ट संकेत गरेको छ। अहिलेको चुनाव एउटा नियमित चुनाव मात्र नभएर आम जनताको शान्त विद्रोहमा परिणत भएको तीतो सत्यलाई सबैले स्वीकार्नैपर्छ।
सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आफुलाई रूपान्तरण गर्न खोजे पनि त्यो निकै ढिलो र अपूर्ण रहेछ भन्ने घटनाक्रमले पुष्टी गरिरहेछ। सबभन्दा बढी जनाधार र बलियो संगठन भएको भनिएका कम्युनिष्ट पार्टीहरू भित्रभित्रै कति मक्किइसकेका रहेछन् भन्ने जनसमक्ष छर्लंग भएको छ।
यो स्थितिमा नेपाली राजनीतिको समग्र अग्रगामी पुनर्संरचनानिम्ति यो महत्वपूर्ण घुम्ती बन्नसक्छ। त्यसकोनिम्ति यति ठूलो जनविश्वास प्राप्त गरेको रास्वपा र त्यसको मूल नेतृत्व रवि-वालेन्द्रको काँधमा ऐतिहासिक जिम्मेवारी आएको छ। यो विशिष्ठ घडीमा अन्य सबै दल र नेताहरूले पनि समुचित पाठ सिकेर आआफ्नो ठाउँबाट सहयोगी हात बढाउनु उपयुक्त हुनेछ।
बधाइ तथा शुभकामना रवि-बालेन्द्र टिमलाई! -
Baburam Bhattarai
@brb1954
ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ठ परिस्थितिमा सम्पन्न आमनिर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशब्यापी जनलहर पैदा भएको स्पष्ट भएको छ। यो देशमा मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नकालागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नै पर्ने हुन्छ।
देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ-राजनीतिक र बाह्य भू-राजनीतिक चुनौतिहरूको कुशल व्वस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस् हार्दिक शुभकामना!
#highlight #nepalelections #rspnepal -
Baburam Bhattarai
@brb1954
देशमा नयाँ शक्ति अभियानदेखि जेनजी आन्दोलन सम्मको राजनीतिक ध्रुवीकरणको रुपमा स्थापित उन्नत विचार सहितको विकल्प प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गरौं!
फागुन २१ गते दूरदृष्टि र पारदर्शिताको प्रतिक 'खुलेको एकल आँखा' चिन्हमा मतदान गरौं! -
Baburam Bhattarai
@brb1954
फागुन २१ को आमनिर्वाचनबारे मेरो सार्वजनिक अपील!
- विदेशमा रहेका नेपालीले मतदान गर्ने व्यवस्था नहुनु दुःखद
- आधारभूत राष्ट्रिय मुद्दाहरूमा दलहरू वीच सहमति हुनु आवश्यक
- ब्यक्ति भन्दा विचार र प्रणालीलाई ध्यान दिऊँ
- सहकार्य र प्रतिस्पर्धाको संस्कार बसालौं
- स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गरौं
www.facebook.com/share/v/1BuLHXjFP7/ -
Baburam Bhattarai
@brb1954
हाल मध्यपूर्वको खाडीक्षेत्रमा भैरहेको भीषण युद्धको क्रममा नेपाली नागरिक गोरखा जिल्ला भिमसेन गापा-७ निवासी दिवस श्रेष्ठ (२९ बर्ष) को अत्यन्त दुःखद निधन भएकोमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना अर्पण गर्दछु। त्यस क्षेत्रमा नेपाल सरकारले आफ्ना नागरिकको सुरक्षानिम्ति विशेष ध्यान दियोस् भन्ने आग्रह गर्दछु।
-
Baburam Bhattarai reposted
Sputnik India
@Sputnik_India
🚨🇳🇵Former PM of Nepal Dr. Baburam Bhattarai discusses future of Nepal ahead of elections with Sputnik India
Here are the key moments from the interview:👇
(0:11) — Why Bhattrai withdrew from the election
(3:02) — Is Nepal headed for a new crisis?
(6:10) — 5 major structural problems in Nepal
(10:05) — 19 months to change Nepal
(12:23) — Is foreign interference to blame for Nepal’s chaos?
(18:07) — The world order is crumbling
(19:24) — BRICS and the emerging multipolar world
(25:55) — New leadership might not be enough to fix Nepal’s crisisThis media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
ममतामयी आमा संसारबाट विदा हुनुभएको २१औं बार्षिकी (१६ फागुन,२०६२)! असीम श्रद्धासुमन!
यसै बर्ष ( २२ माघ ) बुबा पनि संसारबाट विदा हुनुभएकोले दिवंगत माता-पिताको स्मृतिलाई दिगो बनाउन र वहाँहरूको आजीवन सामाजिक सत्कर्मलाई निरन्तरता दिन वहाँहरूको नाउँमा एक 'ज्येष्ठ नागरिक सम्मान कोष' निर्माण गरेर त्यसबाट प्रत्येक बर्ष एक/एक ज्येष्ठ नागरिक महिला र पुरूष ( तेश्रो लिंगी समेत ) -लाई सम्मान गर्ने वहाँहरूका सन्तान हामी सबैको सामुहिक सहमतिले निर्णय गरिएको व्यहोरा पनि यस घडीमा सार्वजनिक जानकारी गराउँदछु। -
Baburam Bhattarai
@brb1954
फागुन २१ को आमनिर्वाचन नजिकिंदै गर्दा सबै जिम्मेवार नागरिकहरूले सोच्नैपर्ने केही महत्वपूर्ण कुरा:
१. यो सामान्य र नियमित आमचुनाव हैन। यो गत भदौ २३-२४ गतेको ऐतिहासिक जेनजी विद्रोहले निम्त्याएको विशिष्ठ आमचुनाव हो। सरकार र आन्दोलनकारीहरू वीच सम्पन्न १०-बुँदे सहमतिले त्यसलाई औपचारिक दस्तवेजीकरण गरेको छ। तर चुनाव घर्किदै जाँदा पुराना र नयाँ प्रमुख दावेदारहरूले त्यसलाई चटक्कै बिर्से जस्तो गर्नु विडम्वनापूर्ण छ।
एउटा धारले त्यो सबै वैदेशिक षड्यन्त्र मात्र थियो; देशमा सबै ठीकठाक थियो भन्नु; र अर्को धारले पहिले सबै खराब थियो; अब शुन्यबाट शुरू गर्छु भन्नु दुबै मनोगतवाद र अतिवाद हो। सत्य कतै वीचमा थियो र छ। तथ्यबाट सत्य खोजियो भने मात्र सही समाधान निस्कनेछ र देशमा दिगो शान्ति वहाल हुनेछ। नत्र चुनावको परिणाम जे आए पनि देश अर्को द्वन्दको चक्रमा फस्नेछ।
२. संघीय लोकतान्त्रिक गणतन्त्रको परिधिमा रहेर शासकीय र निर्वाचन प्रणालीमा केही महत्वपूर्ण सुधार नगरी चुनावबाट कुनै एउटा दलको मात्र बहुमत आउन असम्भव नभए पनि अत्यन्त कठीन छ। बहुमतै आइहाले पनि सरकार पूरै कार्यकाल टिक्न कठीन छ। नियमित अस्थीरताभित्र सुशासन र आर्थिक समृद्धि असम्भव छ। यो तीतो सत्य विगतदेखि पटकपटक पुष्टी भैरहँदा पनि सबै प्रमुख दावेदार शक्तिहरू चुनावको वेला एक्लै आकाश थाम्छु भनेर गर्जिनु अर्को ठुलो विडम्वना छ। यस्तै प्रवृत्तिलाई हेरेर शायद आइन्सटाइन भन्थे-'उही कुरा पटकपटक दोहोर्याउनु अनि फरक परिणामको आशा गर्नु पागलपन हो'।
झन् उदेक लाग्दो कुरा त के भने यो मिश्रित संसदीय प्रकृतिको आम निर्वाचनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा झैं पहिल्यै पार्टीका आआफ्ना प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएका छन्। त्यसले अमुक व्यक्तिको निजी लोकप्रियताको केही लाभ त सम्बन्धित पार्टीलाई मिल्ला। तर १६५ निर्वाचन क्षेत्रमध्ये एउटा क्षेत्रका मतदाताले मात्र भोट हालेर पठाएको व्यक्ति पहिले सम्बन्धित पार्टीका देशैभरका सांसदहरूद्वारा संसदीय दलको नेता चुनिनुपर्छ र त्यसपछि संसदका समानुपातिक सहित सबै २७५ सांसदहरूको बहुमतबाट चुनिएपछि मात्र प्रधानमन्त्री बन्नसक्छ। यो थाहा हुँदाहुँदै विचारा सोझा मतदाताहरूमाथि र स्वयं घोषित प्रमका उम्मेदवारमाथि यस्तो मजाक किन?
यसको सट्टा देशैभरका मतदाताहरूबाट सिधै देशको कार्यकारी प्रमुख चुन्न किन हुन्न?
हामीले संविधानसभाको बेलादेखि उठाउँदै आएको र हालै जेनजी आन्दोलनकारीहरूसंग सम्झौता समेत भएको यस्तो अहम् प्रश्नमा अहिले चुनावमा खै एजेण्डा र वहस?
३. देशमा संरचनात्मक ढंगले गम्भीर अर्थ-राजनीतिक ,सामाजिक-साँस्कृतिक र भू-राजनीतिक समस्या भएर नै तिनको दिगो समाधाननिम्ति पटकपटकका क्रान्ति र आन्दोलनहरू भएका हुन्। ती अहम् राष्ट्रिय मुद्दा र एजेण्डाहरुबारे यो विशिष्ठ परिवेशको आमनिर्वाचनमा जति बहस छलफल हुनुपर्ने हो त्यो खाशै भएको महसूस हुन्न। राष्ट्रिय रूपमा र विशेषतः डिजिटल/प्रिन्ट लगायत सबै मिडियाहरूमा व्यक्तिविशेषका गुणअवगुणवारे मात्र समय, श्रोत र शक्तिको व्यय भैरहेको अनुभूत हुन्छ। विवेकमाथि आवेग हावी भैरहेको सर्वत्र देख्न सकिन्छ।
यो स्थितिमा आसन्न निर्वाचनको परिणाम जे आए पनि देशमा दिगो शान्ति, सुशासन र समृद्धिको प्रत्याभूति कसरी होला? जटील भू-राजनीतिक सन्तुलन कसरी कायम होला? यो ऐतिहासिक घडीमा सबैले आआफ्नो छातीमा हात राखेर ममः भनौं! -
Baburam Bhattarai
@brb1954
Heartfelt thanks to all friends and wellwishers who are generously contributing to re-establish the private library destroyed during the recent GenZ movement!
आन्दोलनको क्रममा नष्ट भएको निजी पुस्तकालय पुनःस्थापनामा सहयोग गर्नुहुने सबै शुभेच्छुक महानुभावहरू र साथीहरूलाई हार्दिक धन्यवाद! -
Baburam Bhattarai
@brb1954
ठुला पुराना र नयाँ दलहरूको चुनावी घोषणापत्र/प्रतिबद्धतापत्र/वाचापत्र सर्सर्ती हेर्दा जनताको र विशेषतः युवाहरूको बढ्दो आकांक्षाको चाप राम्रै परेको देखिन्छ। परिणामतः विगतको तुलनामा घोषणापत्रहरूको गुणवत्ता बढेको प्रष्ट अनुभूत हुन्छ। यसमा रास्वपा सापेक्ष रूपले संक्षिप्तमा आफ्ना कुरा राख्न वढी सफल देखिन्छ।
घोषित लक्ष्यहरू महत्वाकांक्षी जस्ता देखिए पनि म आफै अर्थमन्त्री छँदा आ ब २०६५/०६६ को बजेट-बक्तब्यमा 'उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक!'भन्ने महाकवि देवकोटाको पंक्ति उद्धृत् गर्ने व्यक्ति भएकाले त्यसलाई अन्यथा मान्दिनँ। साथै मैले संसदबाट पनि पटकपटक 'दुइ अंकको बृद्धिदर, दुइ दशक निरन्तर' लाई राष्ट्रिय नारा बनाएर दृढतापूर्वक कार्यान्वयन नगरी देशको अर्थतन्त्रले फड्को (Take-off) मार्दैन र त्यो विना हाम्रो युवा वेरोजगारीको प्रमख राष्ट्रिय समस्या हल हुन्न भन्दै आएको छु। अहिले सबैले त्यो लक्ष्य राख्नु खुशीको कुरा हो।
परन्तु त्यसकोनिन्ति केही प्रमुख संरचनात्मक सुधार गर्नैपर्छ। खाशगरी आन्तरिक रूपमा दिगो राजनीतिक स्थीरताकोनिम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था र बाह्य रूपमा दुइ ठुला छिमेकी अर्थतन्त्रसंग जोडिन 'गतिशील पुल' (vibrant bridge) को अबधारणा कार्यान्वयन गर्नैपर्छ। त्यो विना घोषणापत्रका राम्रा महत्वाकांक्षी कुरा 'आकाशको फल आँखा तरी मर्'भने झैं हुन्छ।
यसवारे प्रमुख दलहरू चूप रहनु वा विपक्षमा उभिनु विडम्वनापूर्ण छ। कमसेकम रास्वपाले झिनै स्वरमा भए पनि यी दुइ कुरा उठाएकोमा केही आशा पलाएको छ। निर्वाचनबाट म्यान्डेट लिएर यसलाई कार्यान्यन गर्न सके नयाँ समृद्ध नेपालको सपना अवश्य पूरा हुनेछ। अन्यथा यो निर्वाचन पनि अर्को कर्मकाण्ड मात्र हुनेछ। -
Baburam Bhattarai
@brb1954
I would like to express my sincere gratitude and thanks to all the dignitaries, including the Rt Hon President of Nepal, Rt Hon Vice-President of Nepal, Former President Vidhya Devi Bhandari, Former King Gyanendra Bir Bikram Shah, Former Prime Ministers, Ministers, Chiefs of Political Parties, President of FNCCI, Heads of Diplomatic Missions, members of civil society, friends within and outside the country and our near and dear ones, for their valuable condolence messages on the 13th day of sad demise of our beloved father Bhoj Prasad Bhattarai (96 years). Let his memory live for ever!
-
Baburam Bhattarai
@brb1954
पितृशोकको नवौं दिन:
पुज्य पिताको ९६ बर्षको विस्मयकारी जीवन-यात्रा:
• बि.सं. १९८७ ( इ.सं १९३०) मा गोरखामा उहाँको जन्म हुँदा नेपालमा निरंकुश राणातन्त्र थियो।
त्यस यता वहाँले १९९७ सालको निरंकुशतन्त्रविरोधी पहिलो जनविद्रोह देख्नुभयो; २००७ सालको क्रान्ति देख्नुभयो; २०१७ सालको शाही प्रतिक्रान्ति देख्नुभयो; २०४६/०४७ सालको अर्को जनक्रान्ति देख्नुभयो; २०५२-२०६२ को माओवादी जनयुद्ध देख्नुभयो/भोग्नुभयो; २०६२/०६३को जनआन्दोलन देख्नुभयो; २०८२ को जेन-जी विद्रोह देख्नुभयो।
- एउटै मान्छेको जीवनकालका यी देखाइ/भोगाइ कति मूल्यवान् छन्! एक सामान्य गाउँले किसान भएर पनि यी ऐतिहासिक घटनाहरूवारे वहाँ जानकार हुनुहुन्थ्यो। राजनीतिमा निकै रूची राख्नुहुन्थ्यो। छोरा-बुहारी-नातिनी क्रान्तिकारी राजनीतिमा क्रियाशील भएकोमा गर्व गर्नुहुन्थ्यो। जनयुद्धकालका ती भीषण दिनहरूमा समेत वहाँबाट कहिल्यै कुनै रोइकराइ र गुनासो हामीले सुनेनौं।
• उहाँ सामाजिक सेवा र काममा सधैं सक्रिय हुनुहुन्थ्यो। कुनै औपचारिक शिक्षा र शिक्षणसंस्था नभएको मध्ययुगीन अवस्थामा वहाँकै सक्रियतामा गाउँमा २०१८ सालमा अनौपचारिक प्राथमिक विद्यालय शुरू भएको थियो। जहाँ हामीले शिक्षाको पहिलो ज्योति देख्न पाएका थियौं। पछि त्यो विन्ध्यवासिनी प्राथमिक विद्यालय ( अहिले आधारभूत बिद्यालय) -को रूपमा विकसित भएपछि दशकौंसम्म त्यसको संचालकसमिति अध्यक्ष भएर वहाँले स्कूलको जग बसाल्नुभएको थियो।
- काठमाण्डौ आएपछि पनि वहाँ भट्टराई समाज लगायतका सामाजिक-सांस्कृतिक संस्थाहरुमा क्रियाशील हुनुहुन्थ्यो। किसान संघमा लामो समय संगठित पनि हुनुहुन्थ्यो।
• सत्यनिष्ठा,इमान्दारी, सदाचार, स्वअनुशासन, सालीनता वहाँका जन्मजात र आजीवन गुण तथा आदर्श थिए। गाउँमा कुनै विवाद हुँदा 'कान्छा भट्टराई' को मत सर्वस्वीकार्य हुन्थ्यो। झुटो कुरा नगर्ने, कसैसंग झैझगडा र चर्को डाँको नगर्ने वहाँलाई पुछारघरे पण्डित्नी आमैले हिन्दू साहित्यका 'सत्यवादी हरिश्चन्द्र' 'युधिष्ठिर' संग तुलना गरेको म अझै सम्झिन्छु। पिताजीको त्यो अन्तरनिहीत चरित्रले वहाँका सन्तान हामी सबैलाई धेरथोर प्रभावित गरेकोमा गर्वानुभूति हुन्छ।
• दुःखमा नआत्तिने, सुखमा नमात्तिने, सधैं शान्त मुद्रामा रहने वहाँको वेजोड गुण थियो। गोरखामा गाईगोठालो जाँदा होस् वा खेतमा आली लगाउँदा होस् वा छोरा/बुहारी मन्त्री/प्रधानमन्त्री भएको वेला बालुवाटारमा बस्दा होस् वा सामान्य जीवनमा रहदा होस् वहाँको वोली र चेहरामा अति निराशा वा अति प्रफुल्लता कहिल्यै देखिन्नथ्यो। बरू सधैं शान्त समुद्र जस्तो देखिन्थ्यो। अस्पतालको शैय्यामा अन्तिम सास फेर्दा पनि त्यस्तै शान्तभावमा रहेको सम्बन्धित चिकित्सकले बताउँदा कुनै आश्चर्य लागेन।
• परम्परागत सामन्ती रूढिवादी संस्कार र संस्कृतिमा हुर्के पनि हाम्रो घरपरिवारमा निरन्तर शान्ति, मेलमिलापको वातावरण कायम रहनुमा माता-पिता दुवैको सहनशील, गतिशील, समन्वयकारी र उदार दृष्टिकोण प्रमुख कारण थियो। भट्टराई परिवारको इतिहासमामा पहिलो चोटि हिसिला र मैले अन्तरजातीय र प्रेमविवाह गर्यौं। परन्तु वहाँहरूबाट हामीले कुनै असन्तुष्टी र वाधाव्यवधान हैन पूर्ण समर्थन र स्वागत पाउँदा अरू त अरू हामी आफैं चकित परेका थियौं।
- माता-पिताको धार्मिक आस्था र हाम्रो सेक्युलर वैज्ञानिक मानवतावादी दृष्टिकोण/आचरण वीच परिवारमा कहिल्यै द्वन्द भएन। बरू बर्षौसम्म सुविचारित समझदारी र शान्तिपूर्ण सहअस्तित्व कायम रहिरह्यो। हामीले वहाँहरूको आस्थालाई सम्मान गरिरह्यौं; वहाँहरूले हाम्रो प्रतिबद्धता र आचरणलाई कुनै अवरोध गर्नुभएन। एउटै भान्सा र टेबुलमा वहाँहरू साकाहारी बनिरहनुभयो; हामी मांसाहारी रहिरह्यौं।
- गज्जबको कुरा त पहिले परम्परादेखि शास्त्रको आड पाएको वर्णव्यवस्था र छुवाछुत प्रणाली अनुशरण गर्ने माता-पिता दुवैले सहजै त्यो कुप्रथालाई व्यवहारतः परित्याग गर्नुभयो। पहिले पिंढीमा उक्लन नपाउने दलितहरूलाई घरभित्र मात्र हैन भान्सामा पनि स्वागत गरियो। पहिले गाउँमा झुक्किएर छोइँदा सुनपानी छर्किने माइला दमाइ बाका नातिलाई हामीले भान्से बनाउँदा पिताजीले सहर्ष स्वीकारेर एउटै टेबलमा भोजन ग्रहण गरेको देख्दा मेरा हर्षका आँसु थामिएकाथिएनन्।
• गत माघ २१ गते विहान १०.० बजेतिर अस्पतालको आइ सी यू मा मैले 'बा, म बाबुराम' भन्दा दुवै आँखा खोलेर हेर्नुभएका पिताजीसंगको जीवनको अन्तिम संवाद त्यही रह्यो। साँझ भेट्दा आँखा खोल्नु भएन। २२ गते विहान ८.१५ बजे पिताजी हामी सबैबाट सदाको निम्ति विदा हुनुभयो।
- तर वहाँको स्मृति हामीसंग सधैं रहिरहनेछ। वहाँको सत्यनिष्ठा र सत्कर्मले हामीलाई सधैं बाटो देखाइरहनेछ। हार्दिक श्रद्धांजली! -
Baburam Bhattarai
@brb1954
पूज्य पिताको दुःखद निधनपछि हामीले सामुहिक पारिवारिक सल्लाहले पिताजीका सबै जीवित दुइ छोरी र दुई छोरा ( क्रमशः थीरकुमारी, बाबुराम, शिव र पार्वती ) -ले सामुहिक मुखाग्नी ( दागबत्ती ) दियौं।
पुरानो परम्परा अनुसार छोराले मात्र मुखाग्नी दिने गरिए पनि आधुनिक युगको लैंगिक समानताको मान्यता र हाम्रा पिता-माताको छोरी र छोराहरूमा विभेद नगर्ने सोंच र ब्यबहार अनुरूप हामीले त्यसो गर्नु नै उहाँहरूप्रति सच्चा सम्मान हुन्छ भन्ने ठहर गरेका हौं।
साथै विद्युत शवदाह प्रणालीको प्रयोगलाई प्रबर्द्धन गर्दा नै बिग्रदो पर्यावरणको संरक्षण र दिगो विकास नीतिमा मद्दत पुग्छ भन्ने हाम्रो सुविचारित सामुहिक निर्णय हो। -
Baburam Bhattarai
@brb1954
During the period of mourning, just recollecting the marvellous pilgrimage to the holy Mount Kailash and Mansarover in Tibet Autonomous Region of China along with our late father in May 2014. Pilgrimage to Kailash-Mansarover in Tibet TRC and Four Holy Shrines in India is a lifelong dream of devout Hindus in Nepal.
-
Baburam Bhattarai
@brb1954
With my father ( who expired on February 5) at Rameshwaram( Tamilnadu, India) , one of the holiest places of the Hindus, a few years back. It may be worthnoting that I have taken my late parents during their lifetimes to all the holy places in Nepal, India and Tibetan Autonomous Region of China, despite my secular dispositions.
हिन्दूहरूको प्रमुख पवित्र धामहरूमध्ये एक रामेश्वरम् ( तामिलनाडु, भारत ) - मा केही बर्ष पहिले पूज्य पिता भोजप्रसाद भट्टराईको भ्रमण गराउँदै!( फोटो)
स्मरण रहोस्, मैले माता-पिता दुबैलाई सन् १९८० मा बद्रीनाथ-केदारनाथ (उत्तराखण्ड, भारत), जगन्नाथपुरी (उडिशा,भारत) लगायत उत्तर भारतबर्षका सबै हिन्दू तीर्थस्थलहरूको भ्रमण गराएको छु भने माताजीको देहान्तपछि पिताजीलाई रामेश्वरम् र द्वारकानाथ (गुजरात,भारत) सहित दक्षिणका सबै प्रमुख तीर्थस्थलहरूको भ्रमण गराएको छु।
त्यसरी नै सन् २०१४ मा पिताजीलाई चीनको तिब्बत स्थित हिन्दू-बौद्धहरूको पवित्र स्थल मानसरोवर-कैलाशपर्वतको भ्रमण गराएको छु।
मेरो निजी आस्था धर्मनिरपेक्ष वैज्ञानिक मानवतावाद रहे पनि माता-पिता र आम जनताको निश्चित धार्मिक आस्थाको सम्मान गर्दै माता-पिता जीवित छँदै वहाँहरूको इच्छा पूरा गरेर पुत्रधर्म निर्वाह गर्न पाएकोमा सन्तोषको अनुभूति गरेको छु। -
Baburam Bhattarai
@brb1954
बहुदलीय लोकतन्त्रमा सबैले आवधिक निर्वाचनमा आफु सम्बद्ध पार्टी र त्यसका उम्मेदवारको बढाइचढाइ बखान गर्नु र उसको पक्षमा भोट माग्नु स्वाभाविक हुन्छ! त्यसलाई अन्यथा भन्न मिल्दैन।
परन्तु केही व्यक्तिहरू दलीय घेराभन्दा माथि उठेर समर्थन र मतदान गर्न योग्य र आवश्यक हुन्छन्। यसपटकको निर्वाचनमा पनि त्यस्ता व्यक्तिहरूको पहिचान हुँदै जाला।
मैले यस पटक ठम्याएका त्यस्ता केही व्यक्तिहरूमध्ये एक कैलाली-१ का प्रगतिशील लोकतान्त्रिक पार्टी Progressive Democratic Party (प्रलोपा) का उम्मेदवार डा. जनकराज शाह हो।
सुशासन र समृद्धि मुख्य राष्ट्रिय एजेण्डा र आवश्यकता बनेको वर्तमान सन्दर्भमा वहाँको विशिष्ठ बौद्धिक र पेशागत दक्षता, आर्थिक तथा व्यवस्थापन क्षेत्रको नीतिनिर्माण र कार्यान्वयनको लामो अनुभव, राजनीतिक सुझबुझ र गतिशीलता, कुशल जनसम्बन्ध, निष्कलंक छवी आदि गुण देशको संसदकोनिम्ति ज्यादै उपयोगी हुनसक्छन्।
मेरो छोटो अर्थमन्त्री र प्रधानमन्त्री कालमा वहाँले निर्वाह गरेको महत्वपूर्ण भूमिका र नजिकबाट चिनेको आधारमा पनि मैले यति भन्ने धृष्टता गरेको हुँ।
सबै दल र सम्बन्धित क्षेत्रका मतदाताहरूको ध्यान जाओस्।
#highlight #voteforjanakrajshah #kailali-1 #voteforeye -
Baburam Bhattarai
@brb1954
अब आँखा खोलौं! फागुन २१ गते समानुपातिकतर्फ गत एक दशकदेखि नयाँ शक्ति अभियानको सूत्रधार बन्दै आएको तथा उन्नत विचार सहितको विकल्प प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को चुनावचिन्ह 'खुलेको एकल आँखा'मा अमूल्य मतदान गरौं! #voteforeye
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
देशको एक मात्र आधुनिक टायर उत्पादन गर्ने गोरखकाली रबर उद्योग बन्द हुनु राष्ट्रिय लज्जाको बिषय हो। तत्कालीन नेसपा (नयाँ शक्ति) (हालको प्रलोपा) को पहलमा गठित डा. जनक शाह नेतृत्वको कार्यदलको सिफारिस बमोजिम सरकारले छिटो पुनर्संचालन गर्ने कार्य शुरू गरोस्।
Annapurna Post
@Annapurna_Post
गोरखकाली रबर उद्योग पीपीपी मोडलमा पुनः सञ्चालन गर्न कार्यदलको सुझाव annapurnapost.com/story/493277/
-
Baburam Bhattarai
@brb1954
Happy 77th Republic Day 2026 to the friendly people and Government of India. @pmmodiofficial
-
Baburam Bhattarai
@brb1954
मैले आसन्न आम निर्वाचनमा किन उम्मेदवारी दिएँ र किन फिर्ता लिएँ?
Kantipur
@ekantipur_com
मुख्यगरी तीन कारणले आफूले उम्मेदवारी दिएको र पछि अन्य दल र शुभेच्छुकको सल्लाहबमोजिम नै फिर्ता लिएको उनले बताए ।
ekantipur.com/politics/2026/01/23/baburam-after-withdrawi… -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
उम्मेदवारी फिर्तापछि बाबुरामले भने : देशले चाहेको व्यक्तिलाई सहयोग गर्छु | Dr. Baburam Bhattarai | Onlinekhabar
News Link : www.onlinekhabar.com/2026/01/1855642This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
Received prasad (rot) from the priest of historic Gorakhnath math at Gorkha during my election camaign in my parliamentary constituency Gorkha-2.
गोरखा-२ निर्वाचन अभियानको क्रममा गोरखकालीमा गोरखनाथको प्रसाद (रोट) ग्रहण! -
Baburam Bhattarai
@brb1954
आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा-२ बाट मैले उम्मेदवारी दिनुका प्रमुख ५ लक्ष्य/कारण:
१. बद्लिदो भू-राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाएर राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न।
२. देशमा नयाँ र पुराना राजनीतिक दलहरूवीच र दलहरूभित्रको बढ्दो द्वन्द,असमझदारीले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्नसक्ने स्थितिमा समन्वयकारी र अभिभावकीय भूमिका सहित लोकतन्त्रको रक्षामा योगदान गर्न।
३.जेन-जी विद्रोहको पृष्ठमूमि र संविधानसभाबाट संविधान निर्माणको दश बर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारकोनिम्ति संविधानको एक प्रमुख निर्माणकर्ताको हैसियतले प्रतिनिधिसभाबाट आवश्यक भूमिका निर्वाह गर्न।
४.देशमा सुशासन र आर्थिक समृद्धि प्रमुख एजेण्डा बनेको वर्तमान अवस्थामा अर्थ-राजनीतिको ज्ञान र अनुभवको आधारमा देशको तीब्र आर्थिक-सामाजिक रूपान्तरणको मार्गचित्र तथा कार्ययोजना निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न।
५. गोरखाको विकास-निर्माणमा विगतमा गरेका रूपान्तरणकारी कार्यको जगमा टेकेर भविष्यमा गोरखालाई देशको आधुनिक र समतामूलक आर्थिक विकासको मोडेल बनाउन। -
Baburam Bhattarai
@brb1954
गोरखा-२ का पार्टीसाथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा-२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह 'खुलेको आँखा' लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु। सबैबाट पूर्ण सहयोग र सद्भावको अपेक्षा गर्दछु। #अबआँखाखोलौं #gorkha2
-
Baburam Bhattarai
@brb1954
Highly honored to meet and interact with my 95 years old teacher and celebrated educationist Thomas Varughese (Kerala,India), who laid the foundation of Amar Jyoti Janata High School in Gorkha in the 1960s and later groomed another great school in Tikapur.
Conveyed condolences to the bereaved family on the recent sad demise of my dear Guru Aama and his beloved wife Mary Varughese.
Thank you Anand Bhai (Dr. George Varughese), for this great meeting !
मेरा आदरणीय गुरू थोमस भरूगीज (९५ बर्ष) लाई लामो समय पछि भेट्न पाउँदा असीम खुशी र गर्वको अनुभूति ! -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
पूर्व जनमुक्ति सेनाका डेप्यूटी कमाण्डर जनार्दन शर्मा र नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठ अहिले एकै ठाउँमा उभिएर देशमा उन्नत विचार सहितको नयाँ वैकल्पिक राजनीतिक शक्तिको रूपमा प्रगतिशील लोकतान्त्रिक पार्टी Progressive Democratic Party निर्माण गर्नु ठूलो ऐतिहासिक महत्वको विषय हो।
कतिपयले नबुझेर र कतिपयले गलत मनशायले वहाँहरूबारे अन्यथा टिप्पणी गर्नु सर्वथा अनुचित कुरा हो। हिजो लोकतन्त्र र अधिकारको लडाइँको युगमा भिन्न भिन्न कित्तामा उभिएका शक्ति र व्यक्तिहरू अहिले देशमा वृहद राष्ट्रिय एकता सहित सुशासन र आर्थिक समृद्धि प्रमुख एजेण्डा रहेको बेला यसरी सहकार्य गर्नु इतिहासको अपरिहार्य आवश्यकता हो। यसले नयाँ आधारमा नयाँ राष्ट्रिय एकताको राम्रो सन्देश दिनसक्छ र दिनुपर्छ।
साथै देशकोनिम्ति ज्यान हत्केलामा राखेर हिंड्ने फौजी अनुशासन, समर्पणभाव, देशभक्ति, दक्षता र अनुभव भएका व्यक्तिहरूको राजनीतिक क्षेत्रमा क्रियाशीलता र सहकार्य देशकोनिम्ति निकै लाभदायक हुनसक्छ। -
Baburam Bhattarai
@brb1954
ऐतिहासिक राजनीतिक-सैनिक विरासत बोकेको गोरखाले प्राज्ञिक रूची र व्यवसायिक दक्षता सहितका उपरथि(अप्रा) बाबुराम श्रेष्ठको सक्रिय राजनीतिमा प्रवेशसंगै नयाँ परिपक्व र विकासमुखी नेतृत्वको खाँचो पूर्ति हुने विश्वास लिन सक्छ। हार्दिक शुभकामना!
RatoPati
@Rato_pati
राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ, भने– 'पेन्सन खाएर मात्र बस्न मनले मानेन' www.ratopati.com/story/536415/former-senior-officer-babur…
-
Baburam Bhattarai
@brb1954
नायक, प्रतिनायक, खलनायक, अपनायक ( सम्भवतः नेपालीमा पहिलो पटक प्रयोग भएको !) शब्दहरूको अर्थ बुझ्नकैनिम्ति मात्र भए पनि सबैले पढ्नैपर्ने प्रकाण्ड विद्वान् सीके लालको यो लेख!
Kantipur
@ekantipur_com
सीके लाल लेख्छन् :
भेनेजुएलाको सार्वभौमिकताबारे नेपालको अर्ध–सैनिक, गैर–संवैधानिक र ‘डिस्कर्ड–निर्मित’ सरकारसमेत आफ्नो औपचारिक अडान सार्वजनिक गर्नुअघि संयुक्त राष्ट्रसंघको विशेष बैठकको निष्कर्ष पर्खेर बसेको जस्तो छ ।
उथलपुथलको दशकका ‘अपनायक’ ! ekantipur.com/opinion/2026/01/07/the-bad-guys-of-the-turb… -
Baburam Bhattarai
@brb1954
Kantipur TV को Fireside कार्यक्रममा मेरो पछिल्लो अन्तर्वार्ता! share.google/ef2KRh9LqDUEl44eS
-
Baburam Bhattarai reposted
Kantipur TV HD
@KantipurTVHD
बाबुराम भट्टराईका केहि गम्भीर खुलासा, केहि महत्वपूर्ण घोषणा । FIRESIDE PROMO । Baburam Bhattarai | Tonight at 9
#baburambhattarai #fireside #rupeshshrestha #kantipurtvhd #kantipurThis media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
भारतको प्रतिष्ठित हिन्दी दैनिक पत्रिका ' नवभारत टाइम्स' मा प्रकाशित मेरो अन्तर्वार्ता !
-
Baburam Bhattarai
@brb1954
Naked aggression on Venezuela and abduction of its President by the USA is a grave violation of international law and threat to world peace. It needs to be unequivocally condemned by all sovereign nations and people of the world. #notomightisright #solidaritywithvenezuela
संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भेनेजूएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्र संघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानूनको भद्दा उल्लंघन हो।
यसको सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्छ। यस्तो 'जसको लाठी उसको भैंसी' प्रवृत्तिलाई बेलैमा सबै मिलेर रोक्न नसके सबैतिर भयंकर अनिष्ट आउन सक्छ।
BBC News Nepali
@bbcnepali
‘नियन्त्रणमा लिइएका’ मदुरोलाई ‘देशबाहिर लगिएको’ ट्रम्पको भनाइ
पूरा समाचार : www.bbc.com/nepali/articles/cre2z8z3zn3o
#bbcnepali #venezuela #trump #nicolasmaduro -
Baburam Bhattarai reposted
Jacobin
@jacobin
Mayor Zohran Mamdani in his inauguration speech yesterday: “I was elected as a democratic socialist, and I will govern as a democratic socialist. I will not abandon my principles for fear of being deemed radical.”jacobin.com/2026/01/zohran-mamdani-inauguration-address
-
Baburam Bhattarai reposted
ImageKhabar
@imagekhabar
नयाँ पुस्ताहरु राजनीतिमा आइरहँदा एउटा तहको राजनीतिक सुझबुझ आवश्यक पर्छ कि पर्दैन ?
👉Full Interview: youtu.be/5qFj16UxNs8
#imagechannelhd #imagekhabar #imagechannel
#hotseat #baburambhattarai #bikashthapaliyaThis media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
भारतको अग्रणी दैनिक पत्रिका The Times Of India मा प्रकाशित मेरो पछिल्लो अन्तर्वार्ता!
My latest views on multifaceted issues, including current Nepali politics and Nepal-India relations, shared with Rudraneel Ghosh for the @timesofindia.
timesofindia.indiatimes.com/world/south-asia/zero-chance-… -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
डा. बाबुराम भट्टराईसँग वार्ता :
‘बालेनले सक्रिय अभिभावक बन्नुपर्यो भन्नुभयो, रविले पनि अभिभावक भन्नुहुन्छ’
www.onlinekhabar.com/2025/12/1837115/there-may-be-two-or-… -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
'नयाँ वैकल्पिक, अग्रगामी शक्तिलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्नुपर्छ भनेर लागिराखेकै हुँ । सहकार्य गर्ने, चुनावी तालमेल गर्ने, मिल्नेहरू एक हुने सम्भावना अहिले पनि छ ।' @brb1954
ekantipur.com/Interview/2025/12/25/i-received-an-assuranc… -
Baburam Bhattarai
@brb1954
MERRY CHRISTMAS !
-
Baburam Bhattarai
@brb1954
Four-day (December 21-24) visit to Mumbai (Bombay) and Delhi was a unique experience in deep-rooted people to people relations between Nepal and India. Free and frank discussions on a gamut of issues with academicians, technicians, policymakers, diplomats, politicians, mediapersons, youths and others has added qualitative value to further deepen the friendly relations between the two countries. #nepalindiarelations
-
Baburam Bhattarai
@brb1954
Looking forward to the interaction program on "India-Nepal Relations and the Future of Democracy in Nepal" at IIC, New Delhi.
-
Baburam Bhattarai
@brb1954
It was a pleasure to attend IIT Bombay TechFest 2025 . Had an opportunity to share my views with young students about the need to relate technology with social transformation and foster closer cooperation between intellectuals and activists of South Asia. Also it was a joy to observe different tech exibitions.
-
Baburam Bhattarai reposted
Himal Press
@HimalPress
अध्यक्ष पद भनेपछि समाजले अझै पनि ‘बुढो पुरुष’ कल्पना गर्ने प्रवृत्ति रहेको बताउँदै त्यसैलकारण आफू नेतृत्वमा आउँदा असहज ठानिएको हुन सक्ने उनको भनाइ छ। युवाप्रति राजनीतिक दलहरूले वितृष्णा जगाएकै कारण जेनजी विद्रोह भएको उनको विश्लेषण छ। #himalpress
himalpress.com/2025/12/we-broke-the-tradition-of-having-a… -
Baburam Bhattarai
@brb1954
जेन-जी र सरकार वीचको १०-बुँदे सहमतिको नालीवेली!
www.facebook.com/share/p/17fQzJfJbQ/ -
Baburam Bhattarai
@brb1954
केही ढिलै भए पनि जेन-जी प्रतिनिधिहरू र नेपाल सरकार वीच सम्झौता हुनु अत्यन्त सकारात्मक छ। यसले नेपाली जनताले दशकौंसम्म लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको जगमा टेकेर लोकतन्त्रलाई अझै उन्नत बनाउँदै सुशासन र समतामूलक समृद्धिको दिशामा अघि बढ्ने मार्ग प्रशस्त गरेको छ।
यो ऐतिहासिक सम्झौतासंगै नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको नयाँ युग शुरू भएको छ। यो सम्झौताको पूर्ण कार्यान्वयननिम्ति पनि अग्रगामी नयाँ तथा वैकल्पिक शक्तिहरुको उदय र सचेत/सक्षम युवापुस्ताको नेतृत्व अपरिहार्य भएको छ।
नयाँ युगका अगुवा जेन-जी अभियन्ताहरूलाई हार्दिक बधाइ तथा शुभकामना! -
Baburam Bhattarai
@brb1954
पुराना साथी तथा चर्चित लेखिका अरून्धती रायसंग काठमाण्डौमा रमाइलो भेट र उन्मुक्त हाँसो! वहाँको नवप्रकाशित पुस्तक "Mother Mary Comes To Me" वारे रोचक विमर्श!
Heartful laugh and talks with old friend and celebrated writer Arundhati Roy in Karhmandu! Her latest book "Mother Mary Comes To Me" was discussed in a function. -
Baburam Bhattarai
@brb1954
भूतो न भविष्यति प्रकृतिको जेन-जी विद्रोहको तीन महिना पूरा हुँदा मानौं त्यो एउटा सामान्य दुःस्वप्न मात्र थियो र अब सबै अनन्त कालसम्म ठीकठाक हुन्छ जस्तो गरी सुस्ताउनु र आआफ्नो आंगनमा रमाउनु देश,जनता र सबैकोनिम्ति झन् घातक हुनसक्छ।
त्यो एउटा बर्षौंदेखि चुलिदैं गएको आन्तरिक अर्थ-राजनीतिक संकट र बाह्य भू-राजनीतिक दबाबबाट सिर्जित भयंकर बिष्फोटको पूर्वाभ्यास मात्र थियो र बेलैमा तिनको दिगो समाधान खोजिएन भने झन् विनासकारी परिदृश्य सिर्जना हुनसक्छ भन्ने कसैले नबिर्सौं! -
Baburam Bhattarai
@brb1954
बहुध्रुवीय विश्व-व्यवस्थाको आगमन, विभिन्न क्षेत्रीय शक्तिहरूको उदय आदिवारे प्रकाश पार्ने पछिल्लो अमेरिकी सुरक्षा रणनीतिको यो विश्लेषण नेपाल जस्ता देशले अपनाउनु पर्ने परराष्ट्र नीति निर्माणकानिम्ति पनि उपयोगी हुनसक्छ। खाशगरी शितयुद्धकालीन वैचारिक युद्ध ( ideological crusade ) को सट्टा पछिल्लो उपयोगितावादी नीतिमा आधारित प्रभाव क्षेत्रको अवधारणालाई ठिकसंग बुझ्न जरूरी छ। सबैले वेलैमा गम्भीरतापूर्वक चिन्तन-मनन गरौं।
Ignis Rex
@Ignis_Rex
The American Retreat and the Birth of a Multipolar World: A Eurasian Reading of Trump’s 2025 National Security Strategy (NSS). China is now downgraded to an Economic Competitor!
The United States has just published the most honest national-security document of the past eighty years. In thirty-three sober pages, Washington has admitted what Moscow, Beijing and much of the Global Majority have been saying for two decades: the unipolar era is over, liberal hegemony is dead, and the United States is returning home to its own hemisphere. The rest of the world is now explicitly invited – or rather instructed – to take responsibility for its own security.
This is Buck-Passing on a continental scale.
Buck-passing is a strategy in Offensive Realism where a great power attempts to shift the responsibility for deterring or fighting a dangerous rising state onto another power. The buck-passer avoids the costs and risks of direct confrontation, hoping the "buck-catcher" and the aggressor will weaken each other through bloodletting, thereby maximizing the buck-passer's relative power.
The NSS of November 2025 does not merely downgrade China from “pacing threat” to “economic competitor”; it quietly demotes the entire Indo-Pacific to fourth place, after (1) homeland defence, (2) the Western Hemisphere [the Americas], and (3) economic re-industrialisation [focus on American industrial renewal]. Europe and the Middle East barely merit a subsection each. The message could not be clearer: the American security blanket is being pulled back, and regional powers are expected to step forward.
Why is China downgraded to only an Economic Competitor? See 2/2
East Asia: Japan’s Moment of Truth
In Asia, the beneficiary – and the new buck-catcher – is obviously Japan.
By openly stating that defending Taiwan is merely “a priority” (not a vital interest) and that it is “ideal” to preserve military overmatch but no longer guaranteed as China is too strong militarily), the United States is effectively telling Tokyo: “If you want the First Island Chain to hold, you will have to do much of the holding yourselves.” Which explains PM Takaichi brash statement that a potential Chinese military attack or blockade against Taiwan could constitute a "survival-threatening situation" for Japan – she is trying to step up to say Japan can hold the First Island Chain on its own.
The document repeatedly insists that “our allies must step up and spend – and more importantly do – much more for collective defence.” Translation: the post-war arrangement in which Japan enjoyed security at American expense while remaining constitutionally and politically castrated is finished.
This creates an historic opportunity for Japan to become a fully sovereign great power for the first time since 1945. The grey zones deliberately left in the 1951 San Francisco Peace Treaty and the 1972 Okinawa Reversion Agreement – under which Japan regained only administrative control of Okinawa while the United States retained exclusive use of the bases – can now be renegotiated. If Japan is to become the eastern anchor of any serious containment policy toward China, it will need genuine command authority over the 31 U.S. military installations on its soil, especially the strategic hub at Kadena.
Whether Washington will voluntarily surrender these extraterritorial privileges is doubtful. More likely, Tokyo will have to force the issue – and that, in turn, will require the acquiescence of Beijing and Moscow. Why? Because the legal foundation for the original American seizure of Okinawa rests on the 1943 Cairo Declaration and the 1945 Potsdam Proclamation, both of which promised that all territories “stolen” from China by Japan would be returned to the Republic of China. Russia, as co-signatory to Potsdam and as the successor to the Soviet seat on the Allied Council, retains a theoretical veto over any final settlement of Okinawa’s status. So Taiwan has to be returned to China?
In other words, Japan’s path to full sovereignty over its own territory now runs through Beijing and Moscow, not Washington. The irony is exquisite: the very powers Japan is supposed to help contain may hold the keys to its liberation from the post-war order.
Europe: Abandonment in Slow Motion
Across the Eurasian landmass, the same logic applies. The 2025 NSS mentions Russia exactly twice – once in passing, once to say that Europe must restore its “civilisational self-confidence and Western identity.” There is no mention of NATO’s Article 5 as the cornerstone of American strategy, no pledge to defend every inch of Allied soil, no promise to keep 100,000 troops in Europe indefinitely. The message to Paris, Berlin and Warsaw is unmistakable: if you wish to manage the Russian frontier, you will do it largely with your own money and your own blood.
The Europeans, predictably, are in denial. But the mathematics are brutal. Without the American security subsidy, the combined GDP of the EU plus UK is still larger than Russia’s, but their collective defence spending remains anaemic and their arms industries are decades behind. The coming years will be a frantic, and probably unsuccessful, attempt to create a European pillar capable of deterring Moscow on its own. The more likely outcome is a Finnish-style accommodation with Russia or, in the case of Germany and France, a reluctant drift toward Eurasian economic integration once the American shield is visibly lowered.
The Gulf: An Arab-Israeli Condominium over Energy
In the Middle East, the strategy is equally revealing. The United States will no longer police the region with occupation forces or regime-change adventures. Instead, it will rely on the expanded Abraham Accords framework – effectively an Israeli-Saudi-Emirati-Qatari condominium – to ensure that no single power (i.e., Iran) can close the Strait of Hormuz or Bab el-Mandeb. American naval power will remain over the horizon, ready to intervene only if the regional balance collapses entirely. This explains why Trump sold F-35 to Saudi Arabia as now the Saudi will have to police the Middle East with Israel-Emirati-Qatari. How Iran will react to this is anyone’s guess?
This is classic offshore balancing: let the local heavyweights fight the limited wars, sell them the weapons, secure the insurance policy, but refuse to pay the premium forever.
The New Geometry of Power
What we are witnessing is the orderly (for now) dissolution of the American world order and its replacement by a multipolar system organised around continental spheres of influence:
- The United States consolidates an expanded Monroe Doctrine in the entire Western Hemisphere.
- China dominates mainland East Asia and the South China Sea.
- Russia re-establishes privileged influence in the post-Soviet space and the Arctic.
- India emerges as the swing power in South Asia and the Indian Ocean.
- A reluctant European bloc, possibly led by a Franco-German directorate, tries to find a modus vivendi with Russia while keeping the Americans at arm’s length.
- An Israeli-Arab coalition polices the greater Middle East.
Japan, the eternal outlier, faces the most consequential choice. It can cling to the fading American protectorate and remain a political dwarf with American bases on its soil forever, or it can seize the moment, negotiate with its continental neighbours, and finally become a normal great power – sovereign in Tokyo and sovereign in Naha (capital city of Okinawa)
The 2025 NSS is a plan for American Restraint and Renewal. It is the strategic re-orientation document of a power that has accepted its limits. The age of ideological crusades is over; the age of pragmatic spheres of influence has begun. America will have to invest in itself if it wants to renew its industrial and manufacturing base. The only question left is whether the former hegemon will manage its decline with grace – or whether its former dependents will force the issue themselves.
It will also open the question of the structure of the UN Security Council where you have 3 Western powers – US, France and UK where France and UK are small countries that may have to make way for India, one Muslim and one African country to be UNSC permanent member – but the new members may not have a regular veto power like the original members US, Russia and China.
We are living in interesting time.
1/2
www.whitehouse.gov/wp-content/uploads/2025/12/2025-Nation… -
Baburam Bhattarai
@brb1954
मेरो आलेख:
के विश्वमा र नेपालमा 'विचारको अन्त्य' भएको हो? वर्तमान नेपालमा नयाँ तथा वैकल्पिक शक्तिको वैचारिक आधार के हुनुपर्छ?:
- ' महान् मान्छेहरू विचारको कुरा गर्छन्; औसत मान्छेहरू घटनाका कुरा गर्छन्; सामान्य मान्छेहरू व्यक्तिका कुरा गर्छन्।' -एलनर रुजवेल्ट
- संसारमा र नेपालमा विचारको अन्त्य भएको होइन, पुराना विचारहरूको मात्र अन्त्य भएको हो।
- सुस्पष्ट अग्रगामी विचार सहितको वैकल्पिक शक्ति निर्माण वर्तमान युग र नेपालको अपरिहार्य आवश्यकता हो।
- हाम्रो अर्थ-राजनीतिक प्रणाली प्रगतिशील औद्योगिक पुँजीवादको विकास गर्दै त्यसमा टेकेर समाजवाद-उन्मुख दिशामाअग्रसर हुनुपर्ने अवस्थामा छ।
- नेपालको अति अल्पविकसित आर्थिक-सामाजिक अवस्था, जातीय तथा क्षेत्रीय विविधता, अति जटील भू-राजनीति लगायतलाई मध्यनजर गर्दै हाम्रो बाटो 'मध्य-वाम' ( लेफ्ट-अफ-सेन्टर ) नै हुन्छ र हुनुपर्छ।
।
Onlinekhabar
@Online_khabar
संसारमा र नेपालमा ‘विचारको अन्त्य’ भएको होइन, पुराना विचारहरूको मात्र अन्त्य भएको हो। विचारको अन्त्य वा मृत्यु भइसकेपछि, स्वतः त्यो विचारधारी शक्ति वा दलको पनि मृत्यु हुन्छ।
#onlinekhabar #baburambhattarai
www.onlinekhabar.com/2025/08/1743950/a-period-of-ideologi… -
Baburam Bhattarai reposted
Setopati
@setopati
प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर गोरखा र धादिङका नेताहरूले भने- बूढीगण्डकी आयोजना अघि बढाउनुपर्छ
www.setopati.com/politics/375771 -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रधानमन्त्री शुसीला कार्कीलाई जेनजी आन्दोलनको वैधतालाई अभिलेखीकरण गर्न माग गरेको छ ।
#onlinekhabar
www.onlinekhabar.com/2025/12/1819164/pralopa-demands-prim… -
Baburam Bhattarai
@brb1954
पछिल्लो जेन-जी विद्रोहले नेपाली अर्थ-राजनीतिको समग्र अग्रगामी पुनर्संरचनाको माग गरेको कुरा प्रत्येक चेतनशील र इमान्दार नागरिकको अगाडि दिनको घाम झैं छर्लंग छ।
त्यसको सिधा अर्थ हो अब कुनै पनि वहानामा पुरानो राजनीति, दल,नेतृत्व, संगठन, कार्यशैली,संस्कारलाई सामान्य डेन्टिंग-पेन्टिंग गरेर प्रस्तुत गर्ने वा नयाँको नाउँमा खोक्रा पपुलिष्ट एजेण्डा र पुरानै राजा-रजौटा शैलीमा चमत्कारिक 'देवदूत'हरूलाई अघि सारेर नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई आगामी दिनमा झन् ठूलो बिष्फोट र विग्रहतिर लैजान सक्छ।
स्मरण रहोस् संकटग्रस्त राज्य र समाजको सतहभित्र पुत्पुताइरहोको बहुआयामिक अन्तरविरोधको ज्वालामुखीलाई वेलैमा उचित निकास नदिई स्याउलाले छोपेर सामसुम पार्ने प्रयत्न इतिहासमा कहिल्यै पनि सफल भएको छैन।
अतः यी कार्यहरू तदारूकताका साथ सम्पन्न गर्नेतर्फ सबैको ध्यान जाओस्:
१. जेन-जी समूहहरूको तर्फबाट संयुक्त रूपमा सरकार समक्ष प्रस्तुत सहमतिपत्र (म्यानडेट) मा तुरून्त दुबैपक्षबाट हस्ताक्षर होस् र कार्यान्वयनमा अघि बढोस्।
२. कार्की आयोगले भदौ २३ र २४ गतेको घटनाको छानवीन अहिले जस्तो कछुवागतिमा हैन रकेटको गतिमा छिटो सम्पन्न गरोस् र त्यसका सिफारिसहरु तदारूकताका साथ कार्यान्वयन होस्।
३. तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन निर्बाध रूपमा सम्पन्न होस्।
४. निर्वाचन पश्चात् पुराना दल र नेतृत्वलाई लोकतान्त्रिक ढंगले ससम्मान विदाइ गरेर देशलाई अग्रगामी नयाँ लोकतान्त्रिक नेतृत्व प्रदान गर्न नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू वीचमा वृहद् ध्रुवीकरण, मोर्चावन्दी, सहकार्य होस्। -
Baburam Bhattarai
@brb1954
यही मंसीर ७ गते चार राजनीतिक घटकहरूको एकताद्वारा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को गठन र मंसीर १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीको एकता पश्चात देशमा दुई फरक धारका नयाँ तथा वैकल्पिक शक्तिहरूको निर्माण हुनु नेपालको लोकतन्त्रको भविष्यनिम्ति निकै सुखद र दूरगामी महत्वका परिघटना हुन्।
आफ्नो घोषित प्रतिबद्धता अनुसार प्रलोपाको वैचारिक-राजनीतिक धार मध्य-वाम ( लेफ्ट-अफ-सेन्टर ) देखापर्छ भने रास्वपाको धार मध्य-दक्षिण ( राइट-अफ-सेन्टर ) देखिन्छ।
जुनसुकै देशको राजनीतिमा पनि रूप-रंगमा केही फरक भए पनि वाम र दक्षिण धार र प्रवृत्ति निरन्तर रहेकै हुन्छन्। ती सम्बन्धित देशको अर्थ-राजनीतिको विकासको स्तर र सामाजिक-सांस्कृतिक बनोटको अवस्था अनुसार कहिले 'अति' तिर ढल्कन्छन् भने कहिले 'मध्य' तिर ढल्कन्छन्। वाम र दक्षिण दुई धार वा प्रवृत्ति वीचको प्रतिष्पर्धा र सहकार्यबाट नै लोकतान्त्रिक राज्य-प्रणाली स्वस्थ ढंगले परिचालित हुनसक्छ।
नेपालमा केही समय यता र विशेषतः जेन-जी विद्रोह पछि परम्परागत रूपमा दक्षिण धारमा रहेको कांग्रेस र वाम धारमा रहेका कम्युनिष्टहरूप्रति आम जनतामा ब्यापक वितृष्णा र आक्रोश बढ्दै गएको स्थितिमा नयाँ र वैकल्पिक शक्तिको रूपमा क्रमशः रास्वपा र प्रलोपाको उदयले देशको राजनीतिलाई सकरात्मक दिशातिर लैजान महत्वपूर्ण योगदान गर्नसक्छ।
सबै सचेत नागरिकहरू र विशेषतः पछिल्लो क्रान्तिकारी आन्दोलनका अगुवा जेन-जी पुस्ताको ध्यान पुगोस्! -
Baburam Bhattarai
@brb1954
सारा देश र अन्तर्राष्ट्रिय जगत समेत हल्लाउने गरी भएको जेन-जी विद्रोहपछि देशका राजनीतिक,आर्थिक,प्रशासनिक, सुरक्षा, परराष्ट्र लगायत सबै क्षेत्रमा महत्वपूर्ण अग्रगामी रूपान्तरण र सुधारकानिम्ति गम्भीर विमर्श र पहल हुनुपर्नेमा सबैजना 'सुतुरमूर्गले बालुवामा टाउको घुसारेर सुरक्षित ठाने झैं' ढुक्कले आआफ्नै पुरानै धन्दामा फर्कन लागे जस्तो देखिनु बिडम्बनापूर्ण छ।
यतिबेला पुराना दल र नेता भदौ २४ गतेको भागाभागलाई चटक्कै बिर्सेर कुनै आत्मसमीक्षा विना पुनः आत्ममुग्धतामा रमाइरहेको देखिदैछ।
नयाँ र वैकल्पिक भन्ने कतिपय दल र नेता जेन-जी विद्रोहको प्रमुख कारक-तत्व रहेको देशका गम्भीर अर्थ-राजनीतिक, भू-राजनीतिक, सामाजिक-सांस्कृतिक समस्याहरूको संरचनात्मक र दिगो निदान कसरी गर्ने भन्ने स्पष्ट मार्गचित्र विना पपुलिष्ट र आत्मकेन्द्रित ढंगले अघि बढ्न खोजेको देखिदैछ।
विशिष्ठ ऐतिहासिक अवस्थामा बनेको अन्तरिम सरकार जेन-जीका तत्कालिक माग समेत पूरा नगरी कताकता कुइरोको काग जस्तै बन्दै गएको प्रतीत हुन्छ।
यस्तो बेला देश र जनताप्रति प्रतिबद्ध सबैले आआफ्नो साँघुरो स्वार्थको घेरा भन्दामाथि उठेर जेन-जी विद्रोहपछिको असामान्य आन्तरिक र बाह्य स्थितिलाई आत्मसात गर्दै समस्याको दिगो समाधाननिम्ति हातेमालो गर्नु जरूरी छ। नत्र भोलि निकै ढिलो हुनसक्छ। इतिहासले कसैलाई माफी दिनेछैन। -
Baburam Bhattarai
@brb1954
विचार सहितको विकल्प !
नेपाली माटो नेपाली बाटो!
सह-नेतृत्व र समावेसी नेतृत्वको अभ्यास!
'अध्यक्ष परिषदमा'
जेन-जी प्रतिनिधित्व!
www.facebook.com/share/p/1Ly32i5iZ1/ -
Baburam Bhattarai
@brb1954
भदौ २३-२४ नेपाली राजनीतिको असाध्यै महत्वपूर्ण पानीढलो ( watershed ) हो। यसको गम्भीरतालाई सबैले आत्मसात गरौं।
राष्ट्र-राज्य रहुन्जेल राजनीति नै देश, समाज, अर्थतन्त्र, सुरक्षा, संस्कृति लगायत सवैलाई दिशावोध गर्ने मूल साधन हुन्छ। लोकतन्त्रमा विचार-नीतिको संगठित अभिव्यक्तिको रूपमा दलहरू नै राजनीतिका मूल वाहक हुन्छन्।
त्यसैले खराब राजनीतिको विकल्प असल राजनीति हो; अ-राजनीति हैन। खराब दल र नेतृत्वको विकल्प असल दल र नेतृत्व हो; गैर-दल, निर्दल हैन।
देश र राजनीति अहिले गम्भीर मोडमा छ। सरल भाषामा भन्नुपर्दा 'भीरको चिचिण्डो जस्तो' अर्थात् 'उँधो न उँभो' को अवस्थामा छ। प्रकृति र इतिहासको नियम अनुसार यस्तो स्थिति लामो समय रहन सक्दैन।
यसको छिटो अग्रगामी तथा लोकतान्त्रिक निकास दिनैपर्छ। लोकतन्त्रमा त्यो भनेको छिटो स्वतन्त्र र निष्पक्ष निर्वाचन नै हो। जेन-जी विद्रोहको बलमा विघटित भएको संसदको पुनर्स्थापना कुनै विकल्प हुँदैहैन। त्यसले अन्तरनिहीत संकटलाई झन् गिजोल्छ मात्र।
अतः इतिहासको यो संगीन घडीमा सबै जिम्मेवार बनेर छिटो सर्वमान्य निर्वाचनको तयारीमा लागौं। पुराना दल र नेतृत्वले नयाँ पुस्ताको आवाज र इतिहासको आवश्यकतालाई बुझेर आफुलाई वेलैमा अग्रगामी रूपान्तरण गरून्! नयाँ र वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाइरहेका दल र नेताहरूले मूलतः जेन-जी पुस्ताको आवाज सुनेर एक्लाएक्लै डम्फू बजाउनु सट्टा अग्रगामी, प्रगतिशील, लोकतान्त्रिक विचार/नीति/नेतृत्व सहित वृहद् एकता कायम गरेर भरपर्दो नयाँ विकल्प प्रस्तुत गरून्!
विज्ञेषु किमधिकम् इत्यलम्! -
Baburam Bhattarai
@brb1954
नेपाल र नेपाली राष्ट्र, राज्य, समाज,अर्थतन्त्र,लोकतन्त्र, सुरक्षा,संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ।
घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला यो हैन। वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो।
सबैले गम्भीर आत्म-समीक्षा गरौं! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन! -
Baburam Bhattarai reposted
Setopati
@setopati
हामीले बनाउने पार्टीको अध्यक्ष बाबुराम र जनार्दन बाहेक अरू नै हुन्छ– सुदन किराँती
***
अब पार्टी कसरी अघि बढ्छ भन्ने विषयमा नेता सुदन किराँतीसँग कुराकानी गरेका छौं —
BY: @bishnubk_
www.setopati.com/politics/374120 -
Baburam Bhattarai
@brb1954
हाम्रो युवा उमेर मोटो 'श' (मशाल) कि पातलो 'स' (मसाल) राम्रो ? भन्ने अन्तहीन विवादमा गुज्रेको थियो। गुरूहरु अझै नेतृत्वमै हुनुहुन्छ।
अब अर्को पुस्ताको जीवन 'अ' कार (नेपा 'ल' कम्युनिष्ट पार्टी) राम्रो कि 'ई' कार (नेपा 'ली' कम्युनिष्ट पार्टी) राम्रो ? भन्ने गलफत्तीमा जाने भो!
लाखौं वेरोजगार सर्वहारा/श्रमिक विदेशिने र श्रम -निर्यात तथा वस्तु-आयातको परनिर्भरताको दुष्चक्र चाहिं तोडिने भन्दा कस्सिने क्रम यथावत् छ! तिनले यो बहसलाई 'वे' कार नभनून्!
अतः यस्तो निरर्थक शब्दजालमा अल्झनु /अल्झाउनु सट्टा मार्क्सले प्रतिपादन गरेको द्वन्दात्मक भौतिकवादी चिन्तनपद्धति र पछिल्लो ज्ञानविज्ञानमा उभिएर अहिलेको चौथो औद्योगिक क्रान्ति ( डिजिटल क्रान्ति, जेनेटिक क्रान्ति, नानो-प्रविधि, ए आइ आदि) -ले सिर्जना गरेको विश्वपरिस्थिति, नेपालको भर्खरै पहिलो औद्योगिक क्रान्तिको चरणमा प्रवेशको अवस्था, गत सय बर्षका समाजवाद निर्माणका सफलता र असफलता, भर्खरै देशमा भएको चमत्कारिक जेन-जी विद्रोह लगायतको गहन विश्लेषण गर्ने र देश-काल सापेक्ष नयाँ विचार, नीति, कार्यक्रम, संगठन,नेतृत्वको विकल्प तयार गर्नुपर्ने हैन र ?
कणहरूको जो मर्जी! -
Baburam Bhattarai
@brb1954
जेन-जी युवाहरूसंग अन्तरसंवादको सम्पादित अंश।
( भूलसुधार: शुरूको वाक्यमा 'रिलेसन' हैन 'रिले रेस' हो!)
Onlinekhabar
@Online_khabar
क्रान्ति आफैंमा एउटा रिलेसन हो । यो एउटा पुस्ताले अर्कालाई हस्तान्तरण गर्छ । हामीले लोकतन्त्रको जग हालेका छौं । तपाईंहरूले समृद्धिको महल ठड्याउनुहोस् ।
#onlinekhabar
www.onlinekhabar.com/2025/11/1798034/we-laid-the-foundati… -
Baburam Bhattarai
@brb1954
जेन-जी युवहरूसंग अन्तरसम्बाद! ( पूरा भिडिओ) www.facebook.com/share/p/1CvqDJXzRR/
-
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
वैकल्पिक राजनीतिक शक्तिबिच ध्रुवीकरणको प्रयास www.ratopati.com/story/522165/attempts-to-polarize-altern…
-
Baburam Bhattarai
@brb1954
समकालीन नेपालमा पनि सबैले पढ्न लायक यो लेख, जहाँ हामी करिब एक दशकदेखि भ्रष्टीकृत भैसकेको उदारवाद/नव-उदारवाद र साम्यवाद/स्टालिनवादको वैचारिक-राजनीतिक विकल्प खोज्न अथक प्रयास गरिरहेका छौं। भलै यो पर्याप्त छैन!
Useful reading for all, including in Nepal where we are slugging for over a decade for an ideo-political alternative to the much corrupted liberalism/neo-liberalism and communism/Stalinism. Though it is not enough! #alternativepolitics #nayashakti
www.msnbc.com/opinion/msnbc-opinion/zohran-mamdani-electi… -
Baburam Bhattarai
@brb1954
अमेरिकाको सबभन्दा ठूलो शहर New York को मेयरमा लोकतान्त्रिक समाजवादी विचार अंगीकार गर्ने नवनिर्वाचित युवा Zohran Mamdani को चुनावी अभियान र त्यसले उठाएका वैचारिक-राजनीतिक मुद्दाहरूलाई हाम्रो नेपालका जेन-जी युवाहरू र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले पनि उपयोगी सन्दर्भ-सामाग्रीको रूपमा लिन जरूरी छ।
विचार र व्यक्ति दुवैको सम्मिश्रणले सही नेतृत्व जन्मन्छ। विचार विनाको व्यक्ति र व्यक्तित्व विनाको विचारले सही राजनीतिक नेतृत्व गर्न सक्दैन। विश्व इतिहासको अनुभवले यही भन्छ।
Jacobin
@jacobin
A democratic socialist wasn’t supposed to be able to win a major office like New York City mayor over the objections of billionaires.
Yet Zohran Mamdani and the movement behind him built a campaign stronger than the oligarchs and their unlimited money. jacobin.com/2025/11/mamdani-election-trump-democrats-soci… -
Baburam Bhattarai
@brb1954
यति युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेन-जी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु उपयुक्त हुन्छ। त्यसनिम्ति मतदाता सूचीमा वेलैमा नाम दर्ता गर्ने काम पहिलो कदम हो। तसर्थ देश-विदेशमा रहनु भएका सबैले नियम अनुसार समयमै नाम दर्ता गर्न सबैलाई हार्दिक आग्रह गर्दछु। नत्र नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिने र युवाहरुले पछुताउनुपर्ने स्थिति आउन सक्छ।
यसको साथै सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अबलम्वन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ बर्ष गर्नु राम्रो र सहज हुनेछ। त्यस अतिरिक्त निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ बर्षबाट घटाएर १८ बर्ष वा कमसेकम २१ बर्ष गर्नु आवश्यक छ। नत्र पछिल्लो आन्दोलनका अगुवा जेन-जी युवाहरूलाई आसन्न निर्वाचन 'जसको विहा उसैलाई नजिक नल्या' भन्ने लोकोक्ति जस्तो हुनेछ।
BBC News Nepali
@bbcnepali
अपेक्षाअनुसार थपिएनन् 'जेन जी' मतदाता, १ लाख जना नयाँ मतदाता दर्ता
#bbcnepali #genz #nepalelection
www.bbc.com/nepali/articles/c20pk447ry3o -
Baburam Bhattarai
@brb1954
जेन-जी विद्रोहको आलोकमा नेपालको अधूरो लोकतान्त्रीकरण प्रक्रियाको सिंहावलोकन, अर्थ-राजनीतिक संकटको संरचनात्मक चिरफार, वैचारिक बन्ध्याकरण र भ्रष्टीकरण भैसकेका पुराना नेतृत्व र दलहरूको विकल्पमा अग्रगामी नयाँ शक्तिको निर्माणको अपरिहार्यता, नेपालको मौलिक विकासको बाटो लगयतका बिषयमा Lok Niti शृंखलामा Jason Shah संग गम्भीर छलफल!youtu.be/K66JXDuq-B0
-
Baburam Bhattarai
@brb1954
Two rebel women from SPA (School of Planning and Architecture, New Delhi) , Arundhati Roy and Hisila Yami! Both excelled in their own respective fields, one a famous writer and the other a fiery revolutionary politician! I feel proud to have seen them grow since SPA days!
दुइ विद्रोही महिला अरून्धती राय र हिसिला यमि दुबैलाई दिल्लीमा संगै पढ्दादेखि चिन्न र बुझ्न पाएकोमा गर्वको अनुभूति!
Hisila Yami
@HisilaPost
Suzie, whom I once knew, and Arundhati, whom I know now kathmandupost.com/books/2025/11/01/suzie-whom-i-once-knew… via @kathmandupost
-
Baburam Bhattarai reposted
Setopati
@setopati
रास्वपाको बृहत् छलफलमा के भने बाबुराम भट्टराईले?
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानवीन गर्न बनेको उच्चस्तरीय आयोगले छिटो आफ्नो काम सम्पन्न गरेर सोही प्रतिवेदन अनुरूप अन्तरिम सरकारले आवश्यक कदम चाल्नु उपयुक्त हुनेछ। त्यस विपरित २३ गतेको घटनावारे केही नगर्ने र २४ गतेको घटनामा संलग्नलाई मात्र छानेर पहिले नै कार्वाही गर्दा जनआन्दोलन र न्यायका आधारभूत सिद्धान्त विपरित हुनजान्छ। साथै क्रिया (Action) र प्रतिक्रिया (Reaction) को अन्तरसम्बन्धवारे स्थापित प्राकृतिक नियम विपरित पनि हुन्छ।
जेन-जी विद्रोहको बलमा बनेको अन्तरिम सरकारको विशेष ध्यान पुगोस्। -
Baburam Bhattarai
@brb1954
नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली नै किन? तत्कालीन देश-कालको सापेक्षतामा मूलतः यी ५ कारण निम्ति: लोकतान्त्रिक स्थीरता + संस्थागत सुशासन + तीव्र विकास/समृद्धि + भूराजनीतिक सन्तुलन सहित राष्ट्रिय स्वाधीनताको रक्षा + जातीय क्षेत्रीय विविधता वीच दिगो राष्ट्रिय एकता !
सेतोपाटीका सम्पादक अमित ढकालसंग मेरो विस्तृत छलफल !
Setopati
@setopati
नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी कति ठिक – बाबुराम भट्टराईसँग बहस
@ameetdhakal with @brb1954
www.setopati.com/opinion/372514 -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
जेन-जी विद्रोहले पुराना राजनीतिक दल र तिनका पदलोलुप र भ्रष्ट नेताहरूमाथि भीषण बज्रप्रहार गरेपछि रन्थनाएकाहरूले पुनः एक पटक सत्तामा टाँसिइरहन र सोझा कार्यकर्ता तथा जनता अल्मल्याउन विभिन्न नाटक गर्न थालेका छन्।
तीमध्ये पुनः एकपटक विभिन्न चिरामा छरिएका 'कम्युनिष्ट' समूहहरूलाई एक ठाउँमा ल्याउने र विभिन्न कुटील तर्क गरेर पार्टी र राज्यको सत्तामा आफैं हालिमुहाली गरिरहने प्रयत्न विशेष उल्लेखनीय छ। सामान्यतः एउटै विचार सिद्धान्त मान्नेहरू फुटीरहनु भन्दा एकताबद्ध हुनु राम्रो हो। यो विगतमा पनि पटकपटक भएकै हो। फुट्ने र जोडिने प्रक्रियालाई अन्यथा पनि भन्न मिल्दैन।
परन्तु कम्युनिष्ट आन्दोलनभित्रका प्रबुद्ध र इमान्दार व्यक्ति तथा समूहहरूले तीब्र गतिले बदलिंदो विश्व र राष्ट्रिय परिस्थितिलाई ध्यान दिंदै भावनात्मक ढंगले बगेर भन्दा 'संसारलाई बुझ्ने र बदल्ने' मार्क्सेली पद्धतिलाई ठीकसंग ग्रहण गरेर समग्र वैचारिक-राजनीतिक रूपान्तरण सहितको मोर्चावन्दी र ध्रुवीकरणमा जोड दिनु उपयुक्त हुनेछ। उही पुरानै विचार, नीति, संगठन, नेतृत्व सहितको ठुलो आकारको शक्तिको निर्माण सुन्निएर मोटाएको वस्तु झैं क्षणभंगूर मात्र हुनेछ।
विशेषतः यी प्रश्नहरूमाथि गम्भीर ध्यान दिनु पर्नेछ- पहिलो र दोश्रो औद्योगिक क्रान्तिको वेला संश्लेषण गरिएका मार्क्स र लेनिनका विचारलाई अहिलेको चौथो औद्योगिक क्रान्तिको सन्दर्भमा कति विकास, परिमार्जन वा पुनर्संश्लेषण गर्नुपर्ला? अथवा गत सय बर्ष बढीका रूस, पूर्वी युरोप लगायतका कम्युनिष्ट पार्टीहरूका सत्ताका असफलताहरूबाट मार्क्स र लेनिनले के पाठ सिक्दा हुन्? पश्चिम यूरोपका युरो-कम्युनिज्म, पश्चिम बंगाल लगायतका संसदीय मार्क्सवादहरूको कटु अनुभवहरूबाट के सिक्नुपर्ला? नेपालमै २०५१ देखि पहिले एमाले र २०६३ देखि माओवादी समेतको पटकपटकको सत्ता संचालनको अनुभवबाट के पाठ लिनुपर्ला? यी अनुभवहरूबाट केही पाठ नसिकी आइन्सटाइनले भने झैं उही कुरा पटकपटक दोहोर्याउनु र फरक परिणामको आशा गर्नु भनेको पागलपन हुन्न र?
यसनिम्ति कम्युनिष्ट आन्दोलनभित्रका इमान्दार र गम्भीर व्यक्तिहरूले कमसेकम यी पुस्तकहरू पुनः एक पटक पढ्ने कि?:
1. मार्क्सले वास्तवमै उन्नाइसौं शताब्दीमा कम्युनिज्मवारे के परिकल्पना र विश्लेषण गरेका थिए भन्ने संक्षिप्तमा बुझ्नकालागि उनका जीवनभरका कृति, पत्राचारहरूको सारसंक्षेप एकै ठेलीमा संकलन गरिएको : Eugene Kamenka (ed) " THE PORTABLE KARL MARX", Penguin Books. 1983
2. रूसमा स्टालिनको लामो शासनकालमा कसरी अहिलेसम्म संसारभरका कम्युनिष्टहरूले अपनाउने 'जनवादी केन्द्रीयता' को सिद्धान्तको प्रयोग र विकास भएको थियो र त्यसैबाट आजीवन सत्तामा बस्ने 'कम्युनिष्ट' नामधारी नेताहरू जन्मिरहेछन् भन्ने बुझ्न : Isaac Deutscher, " STALIN: A Political Biography", Penguin Books, 1990.
3. मार्क्स र मार्क्सवादवारे सरल व्याख्या, विभिन्न देशहरूमा त्यसको प्रयोग र २१ औं शताब्दीमा समाजवादको औचित्य र बाटोवारे सर्सर्ती बुझ्न: Gregory Claes, "Marx and Marxism", Pelican, 2018
यस अतिरिक्त सच्चा रूपान्तरणकारी राजनीतिक सोंच राख्ने साहसिला ब्यक्ति र समूहहरूले उही पुरानै स्टालीनवादी ढाँचाको पार्टीमा आजीवन गनगन गरेर अमूल्य समय र शक्ति खेर फाल्नु सट्टा त्यहाँबाट विद्रोह गरेर युग अनुकूल नयाँ अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा लाग्ने हो कि? -
Baburam Bhattarai
@brb1954
'नेपाल' लाई ठीकसंग बुझ्न 'नेवार' को वैज्ञानिक तथ्यपरक इतिहासबारे जानकारी राख्नैपर्छ। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक नेपालमा मूलत: काठमाण्डौ उपत्यकाबासी नेवारहरू नै नेपालका सबभन्दा मिश्रित र प्रतिनिधिमूलक जाति/राष्ट्रियता (nationality) हुन् भन्ने कुरा नृतत्वशास्त्रीहरूले लामो समयदेखि भन्दै आएका हुन्। मैले पनि तिनै प्रारम्भिक अध्ययन र तथ्यहरूलाई मानेर सन् १९८६ मा आफ्नो विद्यावारिधी शोधग्रन्थ र पछि जनयुद्धकालमा "नेवारहरूको जातीय मुक्तिको प्रश्न" लेखेको हुँ।
अहिले नेपालका विभिन्न राष्ट्रियताहरूको सूक्ष्म ढंगले गरिएको DNA को परीक्षणले त्यही कुरालाई पुष्टी गरेको रोचक तथ्यहरू बाहिर आएका छन्। ( हेरौं/सुनौं यो भिडियो!) त्यस अनुसार हाम्रो संविधानमा उल्लेख गरिएको 'खस आर्य' समूहमा ८०% भारोपेली र २०% मंगोलियन, मगर,राई लगायतका 'आदिवासी जनजाति' समूहमा ९०% मंगोलियन र १०% भारोपेली, र नेवारहरूमा झण्डै बराबर अर्थात् ५०/५०% भारोपेली र मंगोलियन अंश पाइएको छ। साथै 'नेपाल भाषा' को छुट्टै पहिचान र इतिहास भएको सर्वविदितै छ।
यी तथ्यहरूलाई सबैले आत्मसात गरौं। अनि 'नेवार' लाई 'आदिवासी जनजाति' क्लस्टर हैन छुट्टै क्लस्टरमा राख्नु बढी वैज्ञानिक हुन्छ कि? साथै यी वैज्ञानिक तथ्यहरूका आधारमा नेपालका सबै राष्ट्रियताहरूले विविधता वीच एकताको राजनीतिक आधार 'संघीयता' लाई कमजोर हैन अझै बलियो र प्रभावकारी बनाउन ध्यान दिऊँ। त्यस आधारमा इन्द्रधनुषी नेपाली राष्ट्रियताको प्रबर्धन गररौं। सबै जिम्मेवार नेपाली नागरिकले आवेगले हैन विवेकले काम गरौं। youtu.be/eF-CAKNmZ98 -
Baburam Bhattarai
@brb1954
सबैमा भाइटीकाको हार्दिक शुभकामना!
Happy Bhaitika to all ! -
Baburam Bhattarai
@brb1954
न्हु दँया भिन्तुना!
नेपालको मौलिक सम्बत् नेपाल सम्बत् ११४६ को शुभारम्भको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना!
राष्ट्रिय विभूति शंखधर साख्वाप्रति श्रद्धासुमन!
@BRB_Secretariat -
Baburam Bhattarai
@brb1954
यस बर्षको अर्थशास्त्रका नोवेल पुरस्कार विजेताहरूको योगदानबारे नेपाली मूलका क्यानाडेली अर्थशास्त्री राम आचार्यको सटीक विश्लेषण। हामीकहाँ थेगो जस्तो बनेको तर सधैं आकाशको फल आँखा तरी मर् भनेजस्तो भैरहेको विकास/समृद्दि त्यत्तिकै गफ र उखानटुक्का भनेर आउने हैन पुरानो संरचनाको विनिर्माण र नयाँ प्रविधि तथा संरचनाको निर्माण/प्रयोगबाट प्राप्त हुन्छ भन्ने बुझ्न यी अर्थशास्त्रीहरूका कुरा अवश्य सुनौं! www.spotlightnepal.com/2025/10/17/2025-nobel-prize-econom…
-
Baburam Bhattarai
@brb1954
जेन-जी पुस्ताले पुरानोको विनिर्माण मात्र हैन नवनिर्माण पनि गर्नु छ। त्यसनिम्ति उसले नेपाल र विश्व इतिहासका अनुभवबाट सिकेर देश-काल (space-time) को सापेक्षतामा दीर्घकालीन र अल्पकालीन सोंच-नीति-योजना बनाएर अघि बढ्नु छ। त्यसनिम्ति जेन-जी विद्रोहका सचेत अगुवाहरूलाई सफलता मिलोस्। हार्दिक शुभकामना! #genznepal
www.facebook.com/share/1BVDinqPmC/ -
Baburam Bhattarai
@brb1954
ICC T-20 WORLD CUP 2026 छनौटमा सबै म्याच जितेर आगामी बर्ष दक्षिण एशियामै हुने विश्वकप प्रतियोगितामा आफ्नो स्थान शानदार ढंगले सुरक्षित गरेकोमा नेपाली क्रिकेट राष्ट्रिय टिम (पुरूष) लाई हार्दिक वधाइ तथा शुभकामना!
देश अर्थ -राजनीतिक रूपमा अहिले गम्भीर मोडमा उभिइरहेको विशिष्ठ परिस्थितिमा सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील सोंच राख्ने सचेत नागरिकहरू र विशेषतः जेन-जी लगायत युवाहरूलाई एकताबद्ध गर्न र उच्च मनोबलका साथ अघि बढ्न यस्ता सुखद विजयले थप उर्जा दिऊन्! -
Baburam Bhattarai
@brb1954
जेन-जी आन्दोलनका विभिन्न समूह वीचको सहकार्यको महत्ववारे अमेरिकी विश्वविद्यालयमा प्राध्यापनरत प्रा. आलोक बोहोराको यो उपयोगी आलेख।
Useful piece on various factions of GenZ movement in Nepal from Prof.Alok K. Bohora ( USA).
nepalunplugged.substack.com/p/distributed-strength-nepals… -
Baburam Bhattarai reposted
Sameer Khatiwada
@Khatiwada_S
A New York Times investigation reveals new details that cast doubt on the idea that such a tightly coordinated nationwide campaign of destruction [in Nepal] could have been an entirely spontaneous response to the deaths the day before.
www.nytimes.com/2025/10/12/world/asia/nepal-protests-genz… -
Baburam Bhattarai
@brb1954
This deserves serious and immediate attention of all concerned. Please note, as it is said: 'Time and tide wait for none.'
-
Baburam Bhattarai
@brb1954
जेनजी विद्रोह पछिको परिवेशमा नेपालको आन्तरिक अर्थ-राजनीतिक चुनौति, बाह्य भू-राजनीतिक चाप, सम्भावित राजनीतिक पुनर्संरचना लगायतका विषयमा Himalya TV को 'यक्ष प्रश्न' कार्यक्रममा राजेन्द्र बानियासंग मेरो कुराकानी ! youtu.be/dX8v74nzaf0
-
Baburam Bhattarai
@brb1954
विगतका आन्दोलनका गल्तीकमजोरीबाट सिक्दै जेन-जी विद्रोहलाई यसको ऐतिहासिक परिवर्तनकारी ध्येयसम्म पुर्याउन निम्न कुराहरूमा ध्यान दिऊँ:
१. अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ: 'Success has hundred fathers; defeat is an orphan'! अर्थात्, 'सफलताका सयजना पिता हुन्छन्; असफलता टुहुरो हुन्छ'। नेपालीमा पनि एउटा त्यस्तै भनाइ छ: ' माछा देखे भित्र हात, सर्प देखे बाहिर हात!'
अझैसम्म यो विद्रोहको परिणाम के हुन्छ भन्ने चित्र प्रष्ट भैसकेको छैन। तैपनि अहिले खाश गरी जेन-जी का वास्तविक प्रतिनिधि को हुन्? यसमा को कसको के के भूमिका रह्यो? आदिवारे केही अन्योल जस्तो देखिनु विडम्बनापूर्ण छ।
यसवारे अन्तरिम सरकार प्रष्ट रहनुपर्छ। भदौ २३ गते जेन-जी आन्दोलन शुरू हुँदा जसले औपचारिक रूपमा पहल गरेका र सडकमा नेतृत्व गरेका थिए तिनलाई नै मुख्य प्रतिनिधि मान्ने र जसले पछि सहयोग गरे तिनलाई सहयोगी मान्ने कुरा नै सही हुन्छ। पछि घुसपैठ गरेर प्रतिगामी नारा लगाउने र गलत हर्कत गर्नेहरूलाई यथोचित व्यवहार गर्नु उचित हुन्छ।
साथै अर्को गम्भीर कुरा, पटकपटक सत्तमा रहेर जसका गलत हर्कतले यो युवाविद्रोह सिर्जना गर्यो वा जसले अहिलेको आन्दोलनमा पनि घुसपैठ गरेर/गराएर सार्वजनिक सम्पत्ति नष्ट गराए तिनैमध्ये कोही साखुल्ले बनेर अहिले गोहीको आँसु झार्दैअघि आउँछन् भने तीबाट पनि सतर्क रहनैपर्छ।
२. अहिलेको अन्तरिम सरकार कसैको दयामाया र कृपाले नभै जेन-जी विद्रोहको बलमा र ऐतिहासिक आवश्यकताले गठन भएको हुँदा यसले भित्रीबाहिरी कुनै शक्तिको डरत्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा प्रष्ट हुँदै प्राप्त कार्यादेश पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्नुपर्छ। सत्कर्मको जश इतिहासले अवश्य दिन्छ भन्ने कुरामा ढुक्क रहनुपर्छ।
३. मुख्य कार्यकारी अंग अन्तरिम सरकार बाहेक राज्यका अरू स्थायी अंगहरू ( कर्मचारीतन्त्र, न्यायालय, सुरक्षा अंगहरू, संवैधानिक आयोगहरू आदि) र प्रदेश र स्थानीय सरकारहरूले पनि आफुलाई यो बदलिएको परिवेशमा जेन-जी विद्रोहको दूरगामी महत्व र असरलाई आत्मसात गर्दै कुनै किन्तुपरन्तु नगरी सहयोग गर्नुपर्छ। कथंकदाचित चित्त नबुझे पदत्याग गरेर मार्ग प्रशस्त गर्नु उचित हुन्छ तर असहयोग र अन्तरध्वंश गर्नु हुँदैन।
४. लोकतन्त्रमा अर्को महत्वपूर्ण तर ओझेलमा पर्दै आएको बिषय, विशाल गैर-राज्य क्षेत्रका उद्यमी-व्ययवसायी, सार्वजनिक बौद्धिक र आम नागरिकहरूले पनि सचेतनापूर्वक यो अन्तरिम कालमा आफ्नो दायित्व जिम्मेवारीपूर्वक र सक्रियतासाथ निर्वाह गर्नुपर्छ। -
Baburam Bhattarai
@brb1954
ऐतिहासिक जेन-जी विद्रोहको महिना दिन पूरा हुँदा सबैले गम्भीर आत्मसमीक्षा गर्दै थप मुठभेड र विग्रह हैन अग्रगामी रूपान्तरण सहितको दिगो शान्ति र समृद्धिको मार्ग प्रशस्त गरौं! त्यसनिम्ति:
- जेन-जी विद्रोह पुराना दल र नेतृत्व, मुख्यतः गत दश बर्षमा पालैपालो सरकारको नेतृत्व गर्ने तीन दलका तीन टाउका, -को चरम सत्तालिप्सा,कुशासन र भ्रष्टाचारले युवाहरू र आम जनतामा ल्याएको आक्रोशको परिणाम हो भन्ने तथ्यलाई आत्मसात गरौं।
- देशभित्र आम जनतामा असन्तुष्टी छाउँदा, राज्यका सबै अंगहरूको दलीयकरण र क्षयीकरण हुँदा, अकस्मात् जनविद्रोह बिष्फोटित हुँदा कति भयावह स्थिति उत्पन्न हुँदो रहेछ र संवेदनशील भूराजनीति क्रियाशील हुँदो रहेछ भन्ने दरोसंग बुझौं।
- लोकतन्त्रमा राजनीतिक दलहरू नै राज्यका प्रमुख खम्बा र सुशासन तथा समृद्धिका वाहक हुनाले पुराना दलहरूको रूपान्तरण सहित पुस्तान्तरण र नयाँ तथा वैकल्पिक शक्तिहरूको बृहद ध्रुवीकरण/मोर्चावन्दी मार्फत् देशलाई पुनर्निर्माण र नवनिर्माणको द्रूतमार्गमा डोर्याऊँ ।
- तत्काल विद्रोहका नायक जेन-जी युवाहरूका जायज मागहरू (आन्दोलनमाथि हिंस्रक दमन गर्नेहरू र ठूला भ्रष्टाचारीहरूमाथि तुरून्त कार्वाही, जेन-जी युवाहरू उम्मेदवार बन्न पाउने गरी न्यूनतम उमेरको हद २५ बर्षबाट २१ बर्ष कायम, विदेशबाट मतदानको व्यवस्था आदि ) पूरा गरेर तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गरौं।
स्मरण रहोस्, जसले अझै हठ गरेर देशलाई थप द्वन्द्वको दिशामा धकेल्ने धृष्टता गर्छ र देशको स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्तन्त्रलाई नै धरापमा पार्ने कुकृत्य गर्छ उसलाई नेपाली इतिहासले कहिल्यै क्षमा गर्नेछैन। -
Baburam Bhattarai
@brb1954
हाम्रा जेन-जी अभियन्ताहरूले भारतका एक प्रतिष्ठित सार्वजनिक बौद्धिक तथा नागरिक अभियन्ता @AnandTeltumbde को यो तीक्ष्ण चिरफार एकचोटि पढ्दा र मनन गर्दा राम्रै होला! समय अझै बाँकी छ सिक्ने र सच्याउने! नत्र शहीदहरूको बलिदान पुनः खेर जानसक्छ!
Nepal’s Gen Z Movement Needs Deeper Considerations | Outlook India share.google/kfPj9lXDvckRNOMNe -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
Same storey as in Darjeeling of India in the adjoining districts of Nepal, particularly in Ilam, where there was huge devastation of life and property due to landslides the same day. It is high time that an inter-regional approach of tackling climate change challenges in the Himalayan region is worked out and implemented by neighboring countries.
Express Explained 🔍
@ieexplained
Unsustainable development, climate change, and lack of institutional will are pushing Darjeeling to a precipice.
Mahendra P. Lama, fmr Member of National Security Advisory Board, who prepared the 1st Plan of Darjeeling Gorkha Hill Council, writes:
indianexpress.com/article/explained/explained-climate/the… -
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
विपद्मा मृत्यु भएका ५३ जनाको सनाखत (सूचीसहित) www.ratopati.com/story/516535/identification-of-53-people…
-
Baburam Bhattarai
@brb1954
Thought-provoking piece on recent Gen-Z uprising in nepal.
www.alterinter.org?Himalayan-Uprising -
Baburam Bhattarai
@brb1954
आपत्कालीन अवस्थामा सबैले ध्यान दिऊँ!
-
Baburam Bhattarai reposted
Himal Press
@HimalPress
सत्ता र पदभन्दा पुस्तान्तरणलाई प्राथमिकता दिँदै भट्टराईले नेसपा नयाँ शक्तिको अध्यक्ष पद त्यागेर वैकल्पिक शक्तिलाई एकताबद्ध गर्ने नयाँ कोर्स थालनी गरेका छन्। #himalpress @Rameshdawadi77
himalpress.com/2025/09/252030/ -
Baburam Bhattarai
@brb1954
Celebrated writer Arundhati Roy's latest book " Mother Mary Comes To Me " , a memoir, was a great reading in Bada Dashain ( Vijaya Dasami ) holidays. Best part of Arundhati's writing is there is no boundary between fiction and non-fiction.
For me , her Booker winning novel "The God Of Small Things" was a non-fiction, and not surprisingly, this one appeared to be a great fiction full of twists and turns in her life and relations with her family, friends and lovers.
Thank you, Arundhati, for remembering Hisila and me in the book during our days in the good old School of Planning and Architecture, New Delhi, in the late 1970s.
#aundhatiroy #schoolofplanningandarchitecture #hisilayami #baburambhattarai -
Baburam Bhattarai
@brb1954
Received tika and blessings from 96 year old father Bhoj Prasad Bhattarai on the occasion of Bada Dashain / Vijaya Dashami, the biggest festival of Hindus in Nepal.
-
Baburam Bhattarai
@brb1954
Happy Bada Dashain /Vjaya Dashami/Dushera/Durga Puja festival to all !
-
Baburam Bhattarai
@brb1954
जेन-जी अगुवाहरू र जेन-जी विद्रोहको जगमा बनेको वर्तमान अन्तरिम सरकार दुवैलाई उपयोगी सन्दर्भ-सामाग्री बन्नसक्ने मेरो आफ्नै जीवनको यो सत्य घटना:
२०५० जेठ ३ गते चितवनको दासढुंगा नजिक त्रिशुलीमा जीप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको दुःखद निधन भएपछि देशमा ठुलो जनआक्रोश पैदा भयो। थप जनधनको क्षति हुनथाल्यो। एमाले, तत्कालीन माओवादीको खुला मोर्चा संयुक्त जनमोर्चा (संजमो) लगायतको संयुक्त नेतृत्वमा आन्दोलन चर्कदै गयो। निष्पक्ष छानवीन, दोषीलाई कार्वाही लगायतका मागहरू अतिरिक्त तत्कालीन प्र म गिरीजाप्रसाद कोइरालाले राजीनामा गर्नु पर्ने मुख्य मागहरू बने। सरकार टसमस भएन।
महिनौंको संघर्षपछि भदौको कुनै दिन सरकार र आन्दोलनकारी वीच वार्ता गर्ने सहमति भयो। आन्दोलनकारीहरूको तर्फबाट तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी, वरिष्ठ वामपन्थी नेता शम्भुराम श्रेष्ठ र संजमोको अध्यक्ष म चयन भयौं। सरकार पक्षबाट कांग्रेस सभापति तथा पूर्व प्र म कृष्णप्रसाद भट्टराई (किसुनजी) खटिनुभयो। ललितपुर सानेपाको कुनै घरमा वार्ता भयो।
लामो रस्साकस्सी पछि अरू कुराहरूमा सहमति बन्दै गयो। तर प्रमको राजीनामावारे सहमति हुन निकै सकस पर्यो। हामी पनि टसमस भएनौं। अन्त्यमा किसुनजीले भन्नुभयो - 'लौ त्यो माग पनि तपाईंहरूको पूरा हुन्छ। म जिम्मा लिन्छु।'
हामीले भन्यौं- 'मिति तोक्नुपर्छ।'
किसुनजीले भन्नुभयो- 'लौ लौ, भदौ ३० गते! मेरो वचन भयो।'
मेरो मनमा शंका लाग्यो। किनकि म त्यतिवेला ३९ बर्षको जल्दोबल्दो थिएँ।
मैले भनें- 'किसुनजी, यसको एउटा लिखत गरौं न त!'
किसुनजीले बोल्नु अघि नै वहाँका समवयी र मेरा पिताको उमेरका मनमोहनजी र शम्भुरामजीले एकै स्वरमा भन्नुभयो- ' किसुनजी जस्तो सन्तनेताले भनेपछि भैगो नि! वहाँको वचननै लिखतभन्दा बलियो हुन्छ।'
म हिस्स परें।
भदौ ३० गते आयो। प्रम गिरिजा प्रसाद कोइरालाले राजीनामा गर्नुभएन।
बरू 'सन्तनेता' ले पो भन्नुभयो- 'मैले राजीनामावारे आश्वासन दिएकै थिइनँ।'
सबै फासफूस भयो।
यसको पाठ हो- राजनीति धेरै निर्मम हुन्छ। निरपेक्ष विश्वास हैन शंकासहितको विश्वास गर्नुपर्छ।
विशेषतः अहिले नयाँ इतिहास बनाइरहेका जेन-जी अभियन्ताहरूले पनि सिक्ने कि? -
Baburam Bhattarai
@brb1954
Excellent piece on the politico-economic rationale of recent GenZ uprising in Nepal by Ram Acharya, a Canadian intellectual of high order of Nepali origin and a good personal friend.
Thank you, Ram. Keep on guiding the Nepali youths from far off so that they are not forced in desperation to leave in millions their beloved motherland except by their voluntary choice.
ramacharya.substack.com/p/nepals-gen-z-has-given-the-nation -
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
पुराना थोत्रा पार्टीको नेताहरू सच्चिनेवाला छैनन्। कांग्रेस, एमाले, माओवादी सच्चिने म कुनै सम्भावना देख्दिनँ। त्यो यति टाउकैसम्म कुहिएर बसेको शक्ति रूपान्तरण हुन सम्भावना छैन।
#ratopati #baburambhattarai
www.ratopati.com/story/515324/congress-uml-maoists-are-no… -
Baburam Bhattarai reposted
Setopati
@setopati
“Both new and old parties must either correct themselves or perish," Bhattarai said
en.setopati.com/political/165321 -
Baburam Bhattarai
@brb1954
जेन-जी विद्रोहका उथलपुथलकारी दिनवारे हिसिलाको रोचक संस्मरण र अनुभूति The Kathmandu Post मा!
Hisila Yami's reminiscences of the tumultous days of the recent GenZ revolt in Karhmandu.
Hisila Yami
@HisilaPost
The Kathmandu Post
kathmandupost.com/columns/2025/09/25/another-underground-… -
Baburam Bhattarai
@brb1954
Space 4K TV मा जेन-जी आन्दोलनको कारकतत्व लगायतका विषयमा मेरो कुराकानी! www.facebook.com/share/p/1dQwiKDkki/
-
Baburam Bhattarai
@brb1954
जेन-जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका प्रम सुशीला कार्कीका अहिले सम्मका अभिव्यक्ति, कदम, नियुक्ति सकारात्मक नै छन्। परन्तु आन्दोलनको रापताप सेलाउँदै जाँदा पुरानै शक्ति र प्रवृत्ति हावी हुँदै जान्छ र युवाहरूको असन्तुष्टी र आक्रोश पुनः बिष्फोट हुनसक्छ।
अतः सरकारले आफ्नो लोयल्टी पुराना शक्ति र यथास्थितितिर होइन विद्रोही जेन-जी र परिवर्तनतिर हो र हुनुपर्छ भन्ने हमेशा हेक्का राख्नु उपयुक्त हुनेछ। त्यसनिम्ति अन्य कुराहरूका अतिरिक्त मन्त्रीपरिषद् लगायत सबै नियुक्तिहरूमा युवा समूहबाट कमसेकम एक तिहाइ सदस्य राख्नु राम्रो हुनेछ। -
Baburam Bhattarai
@brb1954
जेन -जी विद्रोह पछि पुराना भ्रष्ट शक्तिहरूबाट हुनसक्ने षड्यन्त्र र युवाहरूले अपनाउनुपर्ने सतर्कतावारे CIN संग मेरो विहंगम कुराकानी! www.facebook.com/share/r/1HCZyr7g9M/
-
Baburam Bhattarai
@brb1954
जेन-जी आन्दोलनको ऐतिहासिक महत्व, चुनौती र नेपाली राजनीतिको भावी दिशाबारे मेरो विश्लेषण: यो नेपालको लोकतान्त्रिक आन्दोलनको नयाँ कडी हो! यो अझै टुंगिएको छैन र टुंग्याउनु हुन्न। अब नेपालको समग्र राजनीतिको पुनर्संरचना हुनुपर्छ।
Onlinekhabar
@Online_khabar
नेतृत्वमा आजीवन टाँसिने प्रवृत्ति त्यागेर तत्कालै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ। अन्यथा नाति-नातिनाहरूले बाहिरबाट ढोका ढकढक्याइरहँदा चुकुल ठोकेर हठपूर्वक भित्र बसिरहने हजुरबा-हजुरआमाहरूलाई सबैले ‘रामराम’ भन्नु बाहेक के गर्न सकिन्छ र ?
#onlinekhabar #baburambhattrai
www.onlinekhabar.com/2025/09/1767905/the-gen-g-rebellion-… -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत सहभागी छन् ।
www.onlinekhabar.com/2025/09/1767951/constitution-day-at-… -
Baburam Bhattarai
@brb1954
My thoughts on recent GenZ movement and its impact on future politics and foreign relations of Nepal @ThePrintIndia .
ThePrintIndia
@ThePrintIndia
'Protesters burnt my home, but I understand their anger. This is a new era in country's democracy' - Former Nepal PM Baburam Bhattarai @brb1954 tells Debdutta Chakraborty @debdutta_c
Watch #theprintuninterrupted
www.youtube.com/watch?v=yRPXlCF11wM -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
'नाति पुस्ता आइसक्यो, पुराना दलले पुनर्संरचना गर्नुपर्छ'
ekantipur.com/politics/2025/09/17/periodical-elections-sh… -
Baburam Bhattarai
@brb1954
जटील संक्रमणकालमा देशको नेतृत्व सम्हाल्नु भएकी नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई हार्दिक बधाइ तथा शुभकामना! हाम्रा पुराना मित्र तथा वहाँका पति सादगी नेता दुर्गा सुवेदीलाई विशेष सम्मान!
Kantipur
@ekantipur_com
प्रधानमन्त्री कार्कीको शपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ekantipur.com/politics/2025/09/12/202509121757693114.html
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
THE DEMOCRATIC WAY OUT NOW
It is a matter of happiness that the Gen Z youth movement in Nepal is gradually heading towards a peaceful resolution! Heartfelt congratulations and best wishes!
However, just as our proverb says “It is harder to deliver the offering to the priest than to perform the funeral rite itself,” the challenges are still ahead or rather, they have only just begun. Therefore, it is essential to move forward with prudence and patience.
Contrary to what some self-proclaimed intellectuals are claiming, the country has not reached a state of being “constitutionless” or “stateless,” nor should it ever be pushed into such a void. Even if the government resigns, the fundamental pillars of democracy the Constitution, the Parliament, the Head of State (President/Vice-President), and the permanent organs of the State remain intact. The leaders of a new Nepal, especially Gen Z, must not fail to move forward by standing firmly on those foundations. Otherwise, in trying to pick up something from the ground, one risks losing what is already in one’s pocket.
History shows that the law of progress is to preserve the old while building the new. At this critical stage the most important thing to protect is the sovereignty, autonomy, and territorial integrity of the nation, as well as the sovereign power and state authority vested in the people. These are declared unamendable under Article 274(1) of the Constitution, promulgated through the Constituent Assembly elected on the strength of historic movements. (Please refer to the important constitutional provisions of Constitution of Nepal.)
The most urgent matter right now is to address the demands raised by the movement and to form an interim government with the recommendation and participation of the movement’s representatives, in order to swiftly hold fresh general elections. This must be done within the framework of the existing Constitution; otherwise, grave misfortune may follow.
First, meaningful dialogue and negotiations must take place between the official representatives of the movement and the President, who at present is the highest representative and guardian of the State. Other individuals or institutions may facilitate the process, but under these extraordinary circumstances, this responsibility must be carried out directly by the President.
Second, a question may arise: since the current Constitution has no provisions for either holding immediate general elections or forming a government led by someone outside Parliament, what should be done? The answer is that since the Parliament is still alive, it can and must be convened even for a single day to make the necessary constitutional arrangements. Therefore, the emerging new parties must not, in a rush of emotion, resign from Parliament, but rather remain within it to play their crucial role. Likewise, all parties represented in Parliament must act responsibly and cooperatively during this time of national crisis.
Let the serious attention of all concerned be drawn to this. Otherwise, the nation may plunge into a terrifying dark tunnel, a Black Hole.
- BABURAM BHATTARAI -
Baburam Bhattarai
@brb1954
जेन जी नवयुवाहरूको आन्दोलन क्रमश: शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु खुशीको कुरा हो! हार्दिक बधाइ तथा शुभकामना!
परन्तु 'श्राद्ध गर्न भन्दा सिदा ( पुरोहितलाई दिने दानदातव्य !) पुर्याउन गाह्रो' भन्ने हाम्रो लोकोक्ति झैं चुनौति अझै बाँकी छन् अथवा भनौं भर्खर शुरू भएको छ। त्यसनिम्ति विवेकपूर्ण र धैर्यताकासाथ अघि बढ्नु जरूरी छ।
१. केही स्वघोषित बुझक्कड, दुराशयप्रेरित तत्वहरू वा अल्पज्ञानी जनसाधारणले भन्न खोजे झैं देश संविधानविहीन, राज्यविहीन 'शून्यता' को अवस्थामा पुगेको छैन र पुर्याउनु पनि हुँदैन। सरकारले राजीनामा गरे पनि लोकतन्त्रका आधारभूत अंगहरू संविधान, संसद, राष्ट्राध्यक्ष (राष्ट्रपति/उपराष्ट्रपति), राज्यका स्थायी अंगहरू यथावत् कायम छन्। तिनमा टेकेर नै अघि बढ्न नयाँ नेपालका अगुवा जेन जी चुक्नुहुन्न। नत्र भूइँको टिप्न खोज्दा पोल्टाको खस्ने खतरा हुन्छ।
पुरानोको रक्षा गर्दै नयाँ निर्माण गर्ने नै इतिहासको नियम हो। हामीले यतिखेर रक्षा गर्नुपर्ने सबभन्दा महत्वपूर्ण कुरा भनेकै देशको स्वाधीनता/सार्वभौमिकता/भौगोलिक अखण्डता र जनतामा निहित सार्वभौमसत्ता (sovereignty) र राजकीयसत्ता (state authority) हो। जसलाई ऐतिहासिक आन्दोलनहरूको बलमा निर्वाचित संविधानसभाबाट निर्मित संविधानको धारा २७४ (१) ले असंशोधनीय भनेको छ। ( हेर्नोस् संविधानका यहाँ प्रस्तुत महत्वपूर्ण धाराहरू)
२. अहिले तत्कालको सबभन्दा जरुरी बिषय आन्दोलनमा उठेका मागहरूको संबोधन र छिटो नयाँ आमचुनावकोनिम्ति आन्दोलनकारीहरू समेतको सिफारिस र सहभागितामा अन्तरिम सरकारको गठन हो। यो कुरा विद्यमान संविधानमा टेकेर नै गर्नुपर्छ। अन्यथा ठूलो अनिष्ट हुनसक्छ ।
त्यसनिम्ति पहिलो कुरा, आन्दोलनकारीहरूका आधिकारिक प्रतिनिधि र अहिले राज्यका सर्वोच्च प्रतिनिधि/संरक्षक राष्ट्रपतिसंग सार्थक संवाद/वार्ता गरेर राजनीतिक सहमति कायम गरिनुपर्छ। अरू संस्था/व्यक्तिले सहजीकरण गर्न सक्छन् तर अहिलेको विशिष्ठ अवस्थामा राष्ट्रपतिको तहबाट नै यो कार्य सम्पन्न गरिनु वान्छनीय हुन्छ।
दोश्रो कुरा, उपरोक्त सहमति खाशगरी तत्कालै आमचुनावमा जाने र संसदबाहिरको ब्यक्तिको नेतृत्वमा सरकार बनाउने प्राबधान वर्तमान संविधानमा नरहेकाले के गर्ने? भन्ने हुनसक्छ। त्यसनिम्ति अहिले संसद जीवितै रहेकोले एक दिनकोनिम्ति संसद बोलाएर आवश्यक संवैधानिक व्यवस्था गर्नसकिन्छ र गर्नुपर्छ। अतः नयाँ उदीयमान दलहरूले अहिले नै आवेगमा आएर संसदबाट राजीनामा दिने हैन त्यहीं बसेर आवश्यक भूमिका निर्वाह गर्नुपर्छ र संसदमा भएका सबै दलहरूले यस्तो संकटको घडीमा जिम्मेवार सहयोगी बन्नुपर्छ।
यसमा सबै पक्षको गम्भीर ध्यान पुगोस्। नत्र देश डरलाग्दो अँध्यारो सुरूंग (Black Hole) मा फस्नसक्छ! -
Baburam Bhattarai
@brb1954
प्रिय Gen-Z का नवयुवा साथीहरू,
1.शायद 'Revolurion' अब 'Counter-Revoltion' मा परिणत हुँदैछ। मैले शुरूमा तपाईंहरूलाई समर्थन गर्ने क्रममा भनेको थिएँ- 'भेडाको खोल ओढेर आउने ब्वाँसाहरू' संग सतर्क रहनुहोला! शायद तिनीहरू तपाईंहरूको आन्दोलनमा पसिसके! देशको लोकतान्त्रिक कानून बनाउने थलो संसद, कार्यान्यन गर्ने थलो सिंहदरबार, कानूनको व्याख्या र न्याय निरूपण गर्ने थलो अदालत, शान्तिसुरक्षा कायम गर्ने थलो गृह मन्त्रालय, राजनीतिक दिशावोध गर्ने थलो दलहरूका कार्यालय, राम्रो/नराम्रो जे भए पनि लोकतन्त्रनिम्ति लडेका शीर्ष राजनीतिक दलका नेताको निवास आदि छानीछानी आगो लगाउने काम तपाईंहरूले पक्कै गर्नुभएको हैन। लोकतन्त्रका प्रमुख आधारस्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होलान्? तिनको उद्देश्य के होला?
त्यसैले आत्मसमीक्षा गर्नुहोस्! अब त्यो आगो निभाउने काममा लाग्नुहोस्!
2. ती 'ब्वाँसाहरू'लाई चिन्ने प्रयत्न गर्नुहोस्! विश्वभरका महान् क्रान्तिहरूको इतिहास पढ्नुहोस्। खासगरी संसार हल्लाउने फ्रान्सेली क्रान्ति ( इ सं 1789- 93) को इतिहास पढ्नुहोस्। मैले नेपालकै सबभन्दा भीषण क्रान्तिको वेला लेखेको ' नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन' ( कान्तिपुर दैनिक, 2058 जेठ 24 ) हेर्नुहोस्!
3. म निरन्तर तपाईंहरूको पक्षमा उभिदै आएको, एक दशकदेखि अब लोकतन्त्रको जगमा टेकेर मुख्यतः सुशासन र समृद्धिको वैकल्पिक राजनीतिलाई अघि बढाउनुपर्छ भनेर उकालीओराली गर्दै रातदिन खट्दै आएको मानिसलाई तपाईंहरूले मार्नुहुन्छ र घरमा आगो लगाउनुहुन्छ भन्ने विश्वास गर्दिनँ। त्यसैले सुरक्षाकर्मी र निकट सहयोगी साथीहरूले जोड गर्दागर्दै पनि आत्मविश्वासपूर्वक घरमै बसेर तपाईंहरूको आन्दोलनलाई हौसला दिंदै थिएँ। पन्ध्र मिनेट अगाडि मात्र सुरक्षाकर्मी र सहयोगीहरूले जोडबल गरेर ननिकालेको भए 96 बर्षीय पिता सहित एकै चिहान हुनेरहेछौं।
आखिर ती बाहिरबाट आएका मानिसहरू को थिए? सुने अनुसार कतिपयले विशेष रंगको स्कार्फ पनि लगाएका थिए रे! तपाईं Gen-Z का युवाहरू जस्ता देखिने कोही थिएनन् रे!
4. अब अलिकति वैदेशिक रोजगारीमा जान बाध्य हुनुभएका युवा साथीहरूसंग! तपाईं सधैं स्वदेश फर्कदा मलाई नयाँ नयाँ किताबको कोसेली ल्याइदिनुहुन्छ। ती किताब नै मेरा सम्पत्ति हुन्! अब ती किताब सबै खरानी भए रे! धन्न निस्कने वेलामा 21 औं शताब्दीका डार्विन भनिने Edward O. Wilson को चर्चित पुरानो पुस्तक THE HUMAN NATURE लिएर निस्कन भ्याएँ! अहिले किन मान्छेमा परोपकारी र स्वार्थी गुण संगसंगै हुन्छ भन्ने पढ्दैछु र अझै राम्ररी बुझ्दैछु।
Gen-Z लाई पनि काम लाग्ला कि? -
Baburam Bhattarai
@brb1954
GEN-Z का नवयुवाहरूसंग हार्दिक अपिल
प्रिय नवयुवा साथीहरू,
अन्तर्हृदयैदेखि तपाईंहरू सबैमा विनम्र नमन!
भदौ २३ को ऐतिहासिक जनप्रतिरोधको क्रममा नवफासिवादी शासकहरूको गोलीबाट शहादत प्राप्त गर्नुहुने महान शहीदहरूप्रति उच्च सम्मान र हार्दिक श्रद्धान्जली! वहाँहरूका शोकसन्तप्त परिवारजनहरूप्रति गहीरो समवेदना! घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना!
देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा म तपाईंहरूप्रति असाध्यै गौरवान्वित छु। भनिन्छ- नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ। अनि नयाँ नेतृत्व संघर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर मात्र स्वयं स्थापित हुन्छ। नेपालमा त्यसको शुरूवात हुनु ऐतिहासिक महत्वको परिघटना हो। त्यसनिम्ति तपाईंहरूलाई हार्दिक वधाइ!
साथै अर्को एउटा प्रसिद्ध भनाइ पनि छ- History repeats itself, because men repeat their mistakes. (इतिहास दोहोरिन्छ, किनकि मानिसहरूले आफ्ना गल्तीहरू दोहोर्याउँछन्।) त्यसैले यी कुराहरूमा ध्यान दिनुहोला:
- आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म वीचैमा छोड्नुहुन्न। अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ।
- संघर्षको जुन रूप निर्धारण गरिएको छ (अहिलेको शान्तिपूर्ण रूप!) त्यसमा दृढ रहनुपर्छ। कसैको वहकावमा आउनुहुन्न।
- आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र 'भेडाको छाला ओढेर आउने ब्वाँसाहरू' लाई समयमै चिन्न अत्यधिक सतर्कता अपनाउनुपर्छ र भैहाले त्यसलाई तत्कालै रोक्ने पूर्वयोजना बनाइराख्नुपर्छ।
- 'भूइँको टिप्न खोज्दा पोल्टाको नखसोस्' भन्ने हाम्रो लोकोक्तिलाई हमेशा स्मरण गर्नुपर्छ। नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थीरता प्राप्त गर्न आदिनिम्ति यो संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्छ तर सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधाननै भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र जस्ता आधारस्तम्भहरूमाथि छेडछाड गर्ने गल्ती गर्नुहुन्न।
तपाईंहरू सबैलाई पूर्ण सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना!
- बाबुराम भट्टराई -
Baburam Bhattarai
@brb1954
GEN-Z भनिने नवयुवाहरूको देशव्यापी विरोध प्रदर्शनमा एमाले-कांग्रेस सरकारद्वारा ठूलो संख्यामा युवाहरूको ज्यान जाने र गम्भीर घाइते हुने गरी गरिएको नृसंस हत्या-आतंकवारे नेसपा (नयाँ शक्ति) को प्रेस-वक्तव्य । यो गृहमन्त्रीको सामान्य राजीनामाले मात्र थामथुम पार्न सकिने विषय हुँदैहैन। सबै गम्भीर बनून्।
-
Baburam Bhattarai
@brb1954
सामाजिक संजाल प्लाटफर्महरूलाई आवेगात्मक ढंगले मन्त्रीस्तरीय निर्णयद्वारा बन्द गरिनु सरकारको अलोकतान्त्रिक, अदूरदर्शी र प्रतिगमनकारी कदम हो। अहिलेको विश्वब्यापीकरण, अत्याधुनिक सूचनासंचार र उन्नत लोकतन्त्रको युगमा अन्य उपयुक्त नियमनकारी कदम सट्टा यस्ता लहडी कदमले जनताको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता , सूचनाको हकलाई कुन्ठित मात्र गर्छ। आफ्नै आँखामा पट्टी बाँधेर सूर्यलाई छेक्न खोज्ने सरकारको यस्तो मूर्खतापूर्ण हर्कत निन्दनीय छ।
-
Baburam Bhattarai
@brb1954
धेरै धेरै वधाइ उदीयमान विश्वस्तरका युवा वैज्ञानिक @uttambabu . तेश्रो थ्रुव भनिने हिमाली क्षेत्रको केन्द्रमा रहेको नेपालको जैविक विविधा र पर्यावरणीय संकटको मुद्दाले विश्वव्यापी महत्व पाओस् र हाम्रा वैज्ञानिकहरूले सोही अनुरूप भूमिका र सम्मान पाऊन्, हार्दिक शुभकामना!
Uttam Babu Shrestha
@uttambabu
-
Baburam Bhattarai
@brb1954
People, political leaders and Government of Nepal should deeply analyse the recent tumultuous developments in the world and the neighborhood and recalibrate our foreign policy and relations accordingly. Just chest-thumping at home for public consumption and narrow secterian ends won't work. #foreignpolicyofnepal
नेपाली जनता, राजनीतिक दल र नेपाल सरकारले पछिल्ला दिनहरूमा विश्व र छरछिमेकमा भैरहेका उथलपुथलकारी घटनाहरूलाई गम्भीर ढंगले विश्लेषण गरेर आफ्नो परराष्ट्र नीति र सम्बन्धलाई सोही अनुरूप बेलैमा पुनर्संरचना गर्नुपर्छ। खालि देशभित्र सोझा देशभक्त जनतालाई झुक्याउन र संकीर्ण निजी वा दलगत स्वार्थ पूर्ति गर्न छाती पिटेर मात्र केही हुनेवाला छैन। -
Baburam Bhattarai
@brb1954
आसन्न रूपन्देही-३ को प्रतिनिधिसभा उपनिर्वाचन सामान्य चुनाव हो र सामान्य चुनाव हैन पनि ।
यो सामान्य चुनाव हो किनकि यसको परिणामले संसदीय अंकगणितमा कुनै फरक पार्दैन र सरकारको स्थीरतालाई पनि कुनै तात्विक असर गर्दैन।
परन्तु यो सामान्य नभएर ऐतिहासिक महत्वको चुनाव पनि हुनसक्छ । यदि नयाँ र वैकल्पिक शक्तिहरूले एकताबद्ध र सुझबुझपूर्ण तबरले जनताको पुराना शक्तिप्रतिको निराशा र आक्रोशलाई प्रष्ट अग्रगामी विकल्पको मार्गचित्रसहित सकारात्मक विजयमा परिणत गर्नसके भने यो २०८४ को निर्वाचनकालागि राम्रो प्रारम्भिक रिहर्सल हुनसक्छ।
अतः नयाँ र वैकल्पिक शक्तिहरूका जिम्मेवार नेताहरूले उक्त निर्वाचन क्षेत्रका राम्रा सम्भावना संगसंगै ठोस विशेषता र चुनौति समेतलाई ध्यान दिएर एक्लाएक्लै डम्फू बजाउनु सट्टा उपयुक्त साझा उमेदवार उठाउने र जनताको भावनालाई कदर गर्नेतर्फ ध्यान दिउन्। -
Baburam Bhattarai
@brb1954
बच्चादेखि बुढासम्मको प्रिय र अनिवार्य उपभोग्य वस्तु दूधको उत्पादनकर्ता किसानहरू आफ्नो महिनौंसम्मको अर्बौंको बक्यौता रकमको माग गर्दै सडकमा उत्रन बाध्य हुनुअत्यन्त दुःखद र खेदजनक छ।
बाहिरबाट आयातित दूधको अतिक्रमण र दलीय भागबण्डा र भ्रष्टाचारले थला परेको दुग्ध विकास संस्थानको अकर्मण्यताले निरीह स्वदेशी दुग्धकिसानहरू यसरी जीवनमरणको दोसाँधमा पुगेको तीतो यथार्थ सबैका सामु छर्लंग छ।
कहिले जमीन, कहिले पानी, कहिले मल, कहिले मूल्यकोनिम्ति सडकमा उत्रन बाध्य देशभरका पचासौं लाख किसानको आक्रोशको बाँध एकैसाथ फुट्यो भने के होला? पटकपटक सत्ताको तर् मारेर पनि सधैं किसानलाई रूवाउनेहरुको चेत खुलोस्! -
Baburam Bhattarai
@brb1954
नेपालमा किन सुशासन र समृद्धि कायम हुन सकिरहेको छैन? त्ससनिम्ति किन अग्रगामी वैकल्पिक राजनीतिक शक्ति आवश्यक छ? त्यो कसरी बन्छ? लगायतका विषयमा मेरो विचार।
Onlinekhabar
@Online_khabar
२०८४ मा देश नयाँ र वैकल्पिक शक्तिहरुको हातमा जान्छ : डा. बाबुराम भट्टराई | Baburam Bhattarai
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
हामी गफ हैन गरेर देखाउँछौं। म अर्थमन्त्री (२०६५-०६६) र प्रधानमन्त्री (२०६८-०६९) भएको वेला कृषिप्रधान देश नेपालमा कृषिक्षेत्रकोनिम्ति गरेका रणनीतिक महत्वका कामहरू ( स्मरण रहोस् म प्र म छँदा दुवै प्रमुख दल काँग्रेस र एमाले विपक्षमा थिए र मलाई दुइ बर्षसम्म बजेट ल्याउन दिइएको थिएन) :
१. आ ब २०६५-६६ मा कृषि मन्त्रालयनिम्ति अघिल्लो बर्षभन्दा झण्डै दोब्बर बजेट।
२. पहिलेका सरकारहरूले रोकेका कृषिमलमा अनुदान पुनः नयाँ र व्यवस्थित ढंगले शुरूवात।
३. तीन लाख बढी किसानहरू र आम जनताले लिएको रु. तीस हजारसम्मको ऋण पूरै मिनाहा र एक लाखसम्मको ऋणको व्याज मिनाहा। जसबाट गरीब र साना व्यवसायीलाई एकै बर्ष रू. दश अरबको राहत ।
४. सिंचाइ क्षेत्रमा क्रान्तिको शुरूवात गर्न मोडेलको रूपमा पश्चिमको दांग उपत्यका, मध्यको दरौंदी जलाधार क्षेत्र र पूर्वको इन्द्रावती जलाधार क्षेत्रमा नदी नियन्त्रण र बृहद नहरप्रणाली तथा तराई-मधेसको सिंचाईनिम्ति सुनकोशी-कमला डाइभर्सनलाई बजेट विनियोजन। प्र म भएको वेला घोषित १७ वटा ठूला पूर्वाधार निर्माण लक्षित राष्ट्रिय गौरवका योजनामध्ये ४ वटा ठूला सिंचाइ र नदी डाइभर्सन योजना ( सुनकोशी-कमला , सिक्टा, भेरी-बबई, कर्णाली कुलरिया- रानीजमरा)।
५. 'गाउँगाउँमा सहकारी, घरघरमा भकारी' नारासहित तत्कलीन सबै गाउँ विकास समितिहरू ( हालका वडाहरू) र नगरका वडाहरूमा सहकारी स्थापना र संचालनिम्ति रू. एक/एक लाख अनुदान।
६. प्र म छँदा शान्ति-सम्झौतादेखि नेपालको संविधानमा समेत लेखिएको तर अझै ओझेलमा पारिएको 'वैज्ञानिक भूमिसुधार' कार्यान्ययन गर्न विगतका जगन्नाथ आचार्य आयोग, केशव बडाल आयोग , हरिवोल गजुरोल आयोग लगायतका प्रतिवेदनहरूलाई समेटेर नयाँ वैज्ञानिक भूमिसुधार प्रतिवेदन तयार तर अहिलेसम्म अलपत्र। आदि इत्यादि।
BRB Secretariat
@BRB_Secretariat
उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन पूर्व प्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टाराई माइतीघर पुग्नुभएको छ ।
www.facebook.com/share/v/19p9XVXcB2/ -
Baburam Bhattarai reposted
BRB Secretariat
@BRB_Secretariat
२०८४ मा देश नयाँ र वैकल्पिक शक्तिहरूको हातमा जान्छ: डा बाबुराम भट्टराई
youtu.be/AWvz5UB4iIg -
Baburam Bhattarai
@brb1954
Highly honored to be the chief witness of the establishment and inaguration of the ARCHITECTS ASSOCIATION OF SOUTH ASIA (AASA) at a grand ceremony in Kathmandu.
Chiefs and delegates of Architects Associations of Bhutan, Bangladesh, India, Maldives, Nepal, Sri Lanka were present and addressed in person, whereas delegation of Pakistan had participated online due to technical compulsion.
This should be a landmark event to foster collaboration among the architects of the region and enhance people to people relations in South Asia.
दक्षिण एशियाका आर्किटेक्टहरूका राष्ट्रिय संगठनहरूको छाता संगठन 'आर्किटेक्ट्स एशोशिएशन अफ साउथ एशिया' (AASA) को काठमाण्डौमा भएको स्थापना र उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुन पाएकोमा असीम गर्वको अनुभूति।
यो ऐतिहासिक समारोहमा भुटान, बंगलादेश, भारत, मालदीभ्स, नेपाल, श्रीलंकाका आर्किटेक्टहरूको संगठनका प्रमुख र प्रतिनिधिहरू प्रत्यक्ष सहभागी थिए भने पाकिस्तानका प्रमुखले प्रविधिक कारणले अनलाइन सम्बोधन गरेका थिए।
नागरिक स्तरबाट उनीहरूकै पहलमा बनेको यो स्वतन्त्र संगठनले दक्षिण एशियामा आर्किटेक्टहरूका व्यवसायिक र बौद्धिक कार्यमा र जनताका बीचमा आपसी सहकार्य अभिबृद्धिमा ठूलो योगदान गर्नसक्ने अपेक्षा गरिएको छ। -
Baburam Bhattarai
@brb1954
Katha Express का लागि नवीन तिवारीसंग मेरो वैचारिक-राजनीतिक विषयकेन्द्रित कुराकानी:
पूँजीवाद,साम्यवाद र समाजवादमा फरक के हो? नेपालको पूँजीवादको चरित्र कस्तो हो? राजनीतिमा भू-राजनीतिको असर कस्तो हुन्छ? विश्वमा र नेपालमा किन वैकल्पिक राजनीतिको आवश्यकता छ? वैकल्पिक राजनीतिको वैचारिक-राजनीतिक आधार के हुनुपर्छ? आदि।
m.youtube.com/watch?v=6GvBSjflNTA&sfnsn=mo -
Baburam Bhattarai
@brb1954
कुशे औंसी अर्थात् बाहरूको मुख हेर्ने दिनमा एक्ली सन्तान छोरी मानुषीबाट पाएको यो 'कोसेली'! सबैको रसास्वादननिम्ति !
Kantipur
@ekantipur_com
मानुसी यमी भट्टराई लेख्छिन् : प्रेम, ज्ञान, जिज्ञासा, सुझावले भरिपूर्ण ती चिठीका पाना सम्झिँदा लाग्दै छ– चिठीबाटै जीवनको कखरा सिकें, चिठीमै बालाई चिन्न पाएँ, चिठीभित्रै बालाई पाएँ ।
@manushiyb
ekantipur.com/koseli/2025/08/23/ba-baburam-found-in-lette… -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
नेपाल भारत र चीन दुवैसँग झुक्नु हुँदैन, प्रमाणका आधारमा समस्या हल गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
ekantipur.com/news/2025/08/22/nepal-should-not-bow-down-t… -
Baburam Bhattarai reposted
Setopati
@setopati
चीन-भारत लिपुलेक सहमतिबारे बाबुराम भन्छन्- प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा दरोसँग उभिएर कुरा गर्न सहयोग गरौं
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
हाम्रो देश पछाडि पर्नुका अनेक कारण हुनसक्छन् र छन्। तर अहिलेको चरणमा एउटै प्रमुख कारण भन्नुपर्दा शिक्षा क्षेत्रको अनियन्त्रित व्यापारीकरण, दलीयकरण, गैरजिम्मेवारीपन, गुणस्तरहीनता, अस्तव्यस्तता, अराजकता, मनपरीतन्त्र नै हो भन्दा कुनै अतिशयोक्ति हुँदैन।
केही समयदेखि शिक्षासम्बन्धी विधेयकवारे भैरहेको राष्ट्रिय तमाशा, प्रमुख राजनीतिक दलहरूको चरम अवसरवादीता, शिक्षा व्यापारीहरूको नांगो दादागिरी, शिक्षकहरूको स्वार्थान्धता, निरीह अभिभावक र कोमल विद्यार्थीहरूको निराशालाई हेरेर कुनै पनि विवेकशील र स्वाभिमानी मान्छे शीर ननिहुराई बस्न सक्दैन।
दशकौंको बलिदानीपूर्ण संघर्षपछि निर्वाचित जनप्रतिनिधीहरूले बनाएको देशको पहिलो संविधान अर्थात् मूल कानूनमा शिक्षालाई प्रत्येक नागरिकको 'हक' मानेर स्पष्ट भाषामा धारा ३१(२) मा " प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ" भनिसकेपछि कसैले कुनै पनि खोल ओढेर शिक्षाको व्यापार गर्ने र राज्यको उच्च कुर्सीमा बसेर ल्यांगल्यांग गर्ने ठाउँ कहाँ रहन्छ?
हो, कुनै धनाढ्यले परोपकारको उद्देश्यले देशको कानूनभित्र रहेर पूर्ण रूपले निःशुल्क शिक्षा प्रदान गर्नसक्छ तर मुनाफाकोनिम्ति गर्न सक्दैन र हुँदैन। उच्च शिक्षावारे हाम्रो जस्तो गरीब देशले केही समयकोनिम्ति सहायक भूमिकाको रूपमा निजी क्षेत्रको सहयोग लिनसक्छ।
यही कुरालाई ध्यान दिंदै संविधान बनिनसकेको अवस्थामा पनि मैले अर्थमन्त्रीको रूपमा २०६५/६६ को बजेट मार्फत् पहिले खुलिसकेका निजी स्कूलहरूलाई शुरूमा करको दायरामा ल्याउने र क्रमशः गैरनाफामूलक बनाउँदै अन्ततः शिक्षालाई पूर्ण रूपले राज्यको दायित्वमा ल्याउने नीति अघिसारेको थिएँ। पछिल्ला सरकारहरूले शिक्षा व्यापारीहरूको प्रभावमा परेर त्यो कसरी तुहाँउँदै लगे अथवा सरकार नै उनीहरूको कब्जामा पर्दै गयो इतिहास आफै साक्षी छ।
अव पनि संसदले संविधानको मर्म अनुरूप शिक्षासम्बन्धी कानून बनाउँदैन र सबै धनीगरीब नागरिकका छोराछोरीलाई बराबरी रूपमा गुणस्तरीय र जीवनोपयोगी शिक्षामा पहुँचको हक स्थापित गर्दैन भने जनआक्रोशको आँधीलााई कसैले पनि रोक्न सक्नेछैन। -
Baburam Bhattarai
@brb1954
नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितकानिम्ति गम्भीर चिन्ता र चासोको विषय हो।
पहिलेदेखि नेपालले दावी गर्दै आएको, भारतले समेत विवादको विषय स्वीकारेको र चीनले नेपालसंग परामर्श गरेर मात्र निर्णय गर्ने भन्दै आएको भनिएको यो विषयमा दुइ ठूला छिमेकीले पुनः एकतर्फी सहमति गर्नु नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथिको ठूलो चुनौति हो।
यसवारे नेपाल सरकारले गम्भीरतापूर्वक राष्ट्रिय हितको पक्षमा आवश्यक कुटनीतिक र राजनीतिक कदम चालोस्!@PM_nepal_
BBC News Nepali
@bbcnepali
लिपुलेक पासबाट फेरि व्यापारिक नाका खोल्ने भारत र चीनको सहमति, नेपालले के गर्नुपर्छ
#bbcnepali #lipulekh #diplomacy
www.bbc.com/nepali/articles/cdxyz8pp2deo -
Baburam Bhattarai
@brb1954
Safe release of Bipin Joshi, a student from Nepal abducted by Hamas, is a serious concern of all Nepalese people and the government. But one fails to understand why the government of Nepal has allowed the family members of the captive and a team of Nepali journalists, apparently under the auspices/hospitality of the Israeli embassy in Kathmandu, to visit Israel and plead with Netanyahu to help release Joshi at this juncture.
Netanyahu has been accused of genocide in Gaza by the world community ( excepting the USA ! ) for his indiscriminate killings of more than 62 thousand Palestenian civilians including children, women, journalists, health workers and others over the past two years. Still Netanyahu is hellbent on depopulating Gaza through indiscriminate bombings and other means.
How would the safety of Bipin Joshi be assured by appealing to Netanyahu at this critical juncture? Would'nt it rather aggravate further? Is'nt it like pleading mercy with the butcher?
And on world diplomatic front , where does our govenment stand? What about our stand on the Two-State-Solution? How do we show our face to the big Arab community?
SHAME! SHAME!! @PM_nepal_ -
Baburam Bhattarai
@brb1954
हाल सार्वजनिक प्रदर्शन भैरहेको चलचित्र "सिटामोल" पछिल्लो चरणमा निर्माण भएका नेपाली चलचित्रहरूमध्ये सबै हिसाबले उत्कृष्ट लाग्यो।
समकालीन नेपाली राजनीति, आर्थिक-सामाजिक परिस्थिति र कर्णाली क्षेत्रको परिवेशमा बनेको सामाजिक यथार्थवादी विधाको यो चलचित्रले दर्शकलाई शुरूदेखि अन्त्यसम्म भावनात्मक उद्वेलन, वैचारिक खुराक, भरपूर मनोरन्जन र कथानकको कौतुहलको डोरीले गजबसंग बाँधेर राख्छ।
चलचित्रको कथानक, निर्देशन, गीत-संगीत-नृत्य, अभिनय, फोटोग्राफी सबै अब्बल छन्। आंचलिकताको सुवास पछिसम्म छचल्किरहन्छ। करूणा र खुशीका आँसुहरू शुरूदेखि अन्त्यसम्म रसाइरहन्छन्।
यति सुन्दर र उत्कृष्ट फिल्मलाई राज्य र हल मालिकहरूले विशेष संरक्षण दिन कन्जुस्याइँ गर्नुहुन्न। हामी दर्शकहरूले पनि स्तरीय स्वदेशी फिल्महरूको पारखी बनेर तिनलाई संरक्षण र प्रबर्द्धन गर्नैपर्छ।
सम्पूर्ण चलचित्र परिवारलाई हार्दिक वधाइ तथा शुभकामना! -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
ओली, दाहाल र नेपालको नेतृत्वमा कम्युनिस्ट पार्टी र आन्दोलन अगाडि बढ्छ भनेर अझै पनि कसैले सोचेको छ भने त्यो व्यक्ति या त महाभ्रममा छ, या कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने योजनामा सहमत छ । -हरि रोका
ekantipur.com/opinion/2025/08/19/communist-movement-crush… -
Baburam Bhattarai
@brb1954
Breaking Nepal’s Cycle of Manipulation in the AI Era www.timilayamithapa.com/blogs/view/391.html
-
Baburam Bhattarai reposted
Setopati
@setopati
चौतारीमा साथी र आफ्ना विद्यार्थीसँग कुराकानी गर्दै बाबुराम भट्टराई
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
संसारमा र नेपालमा ‘विचारको अन्त्य’ भएको होइन, पुराना विचारहरूको मात्र अन्त्य भएको हो। विचारको अन्त्य वा मृत्यु भइसकेपछि, स्वतः त्यो विचारधारी शक्ति वा दलको पनि मृत्यु हुन्छ।
#onlinekhabar #baburambhattarai
www.onlinekhabar.com/2025/08/1743950/a-period-of-ideologi… -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
भष्टाचारीलाई कडा कारवाहीको माग राख्दै नेसपा (नयाँशक्ति)ले कास्कीमा अख्तियारको कार्यालय अगाडी धर्ना दिँदै ।
-
Baburam Bhattarai
@brb1954
नेपाल र विश्वभरका सबै वैकल्पिक राजनीतिक अभियन्ताहरू सबैले टुप्पी/चुल्ठो बाँधेर पढ्नैपर्ने वर्तमान विश्व अव्यवस्था र सम्भावित भावी विश्व व्यवस्थाबारे विख्यात बौद्धिक जेफ्री स्याक्सको यो विचारोत्तेजक अन्तर्वार्ता।
Another gem of wisdom from good old Jeffrey Sachs on the current world disorder and possible new world order!
twitter.us19.list-manage.com/track/click?u=50ec04f7fdd8f2… -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
लामिछानेलाई सूचनाबाट वञ्चित गरिएको र कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस गरेको पूर्वप्रधानमन्त्री भट्टराईले बताएका छन् ।
ekantipur.com/news/2025/08/07/after-meeting-ravi-baburam-… -
Baburam Bhattarai
@brb1954
बिसौं शताब्दीमा स्टालिनवादी ढाँचामा स्थापित भएका कम्युनिष्ट पार्टीहरूलाई एक्काइसौं शताब्दीको नयाँ वस्तुगत र आत्मगत परिस्थिति तथा आआफ्नो देशको सापेक्षतामा नयाँ समाजवादी आन्दोलनको आवश्यकता अनुरूप रूपान्तरण गर्न वा प्रस्तिस्थापन गर्न संघर्ष गरिरहेका नेपाल र विश्वभरका नयाँ पुस्ताका अभियन्ताहरूले आद्योपान्त पढ्नै पर्ने यी दुइ चर्चित पुस्तकहरू:
1. Isaac Deutscher (1990) STALIN: A POLITICAL BIOGRAPHY, Penguin Books
2.Archie Brown (2011) THE RISE AND FALL OF COMMUNISM, Harper Collins Publishers
पहिलोले अन्य विषयहरूका अतिरिक्त स्टालिनको पालामा रूसी कम्युनिष्ट पार्टी भित्र भएको भीषण अन्तरसंघर्षको सजीव चित्र प्रस्तुत गर्छ भने दोश्रोले विश्वभरिका कम्युनिष्ट आन्दोलन र पार्टीहरूको उत्थान र पतनको विस्तृत विवरणसहितको विश्लेषण प्रस्तुत गर्छ। -
Baburam Bhattarai reposted
Biswas Baral
@biswasktm
Manushi Yami Bhattarai opens up about alternative politics, populism, Maoist movement, women's leadership, youth politics and country's overall polity in this episode of Idea of Nepal. @manushiyb
www.youtube.com/watch?v=u3hR6AgdFIc -
Baburam Bhattarai
@brb1954
Cordial interactions with a team of young entrepreuners from India led by Mr Kaniska Tripathi, son of our old friend late D. P. Tripathi.
Nepal could develop as an attractive investment destination in the light of growing trade wars between the rising and declining world economic powers. #nepalindiaeconomiccooperation
पुराना भारतीय मित्र स्व. डी.पी. त्रिपाठीका सुपुत्र कनिष्क त्रिपाठी र वहाँसंग आएको युवा व्यवसायीहरूको टीमसंग नेपालमा लगानीका विविध सम्भावनाबारे उपयोगी विमर्श!
विश्वमा पछिल्लो पटक देखिएको व्यापार युद्धका विभिन्न घोषित अघोषित घटनाहरूको सन्दर्भमा नेपाल पूँजी-प्रविधि लगानीको आकर्षक गन्तव्य बन्नसक्नेबारे छलफल! -
Baburam Bhattarai
@brb1954
एक्काइसौं शताब्दीसंगै विश्वभर पुराना राजनीतिक विचार र दल गम्भीर संकटमा पर्दैगैरहेछन् र त्यसको विकल्पमा नयाँ विचार-राजनीति र शक्तिको निर्माण प्रयास तीव्र रूपमा भैरहेछ।
स्वाभाविक रूपमा पहिलो चरणमा त्यो प्रयास स्वस्फूर्तमा बढी भयो र सामान्य जनको आवेग र अल्पचेतनाको वुइ चढेर विभिन्न रंगको लोकप्रियतावाद ( Populism ), मुख्य रूपमा दक्षिणपन्थी लोकप्रियतावाद हावी हुन पुग्यो। अझै भैरहेछ । तर समाज, जीवन र जगतका समस्या वस्तुपरक अर्थात् मान्छेको भौतिक जीवनसंग जोडिएका बढी हुन्छन्।
अतः केही समय यता नयाँ युग र चेतनासंगै जन्मेका समाज र राज्यका वास्तविक संरचनात्मक समस्या वस्तुपरक र वैज्ञानिक ढंगले हल गर्नुपर्ने सोंचका साथ विशेषतः अमेरिका र यूरोपका पहिले बढी विकसित तर अहिले बढी संकटग्रस्त बन्दै गैरहेका देशहरूबाट स्पष्ट वैज्ञानिक र प्रगतिशील विचारमा आधारित वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने प्रयाश शुरू भएका छन्। यो निकै सकारात्मक कुरा हो।
हालै ब्रिटेनमा शुरू भएको त्यस्तै एउटा नयाँ/वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयास हाम्रानिम्ति पनि महत्वपूर्ण सन्दर्भ सामाग्री हुनसक्छ ।jacobin.com/2025/08/britain-new-left-wing-party?sfnsn=mo -
Baburam Bhattarai
@brb1954
नेपाल-चीन दौत्य-सम्बन्ध स्थापनाको ७० औं बार्षिकोत्सवको उपलक्ष्यमा दुबै देशका जनता र सरकारलाई हार्दिक बधाइ तथा शुभकामना! हामी दुइ निकट छिमेकी वीचको सदियौंदेखिको बहुआयामिक मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै फलोस् फूलोस्!
( फोटो: १४ जनवरी २०१२ मा चीनका महामहित प्रधानमन्त्री Wen Jiabao को नेपाल भ्रमणको क्रममा सिंह दरबारमा औपचारिक भेटवार्ता!) -
Baburam Bhattarai
@brb1954
अंग्रेजीमा एउटा चर्चित भनाइ छ- 'We learn from history that we do not learn from history' अर्थात् 'हामी इतिहासबाट यो सिक्छौं कि हामी इतिहासबाट सिक्देनौं'। नेपालको कम्युनिष्ट आन्दोलनमा यो हुबहु लागू हुन्छ भन्दा अतिशयोक्ति हुँदैन।
मूलत: २०२८-३१ को झापा आन्दोलन र २०५२-०६२ को जनयुद्धको जगमा उभिएको नेपाली कम्युनिष्ट आन्दोलन संसारको पहिलो र करिब ७५ बर्षसम्म सत्तामा रहेर अहिले विलोप भएर गएको रूसको कम्युनिष्ट पार्टी र आन्दोलनकै दिशामा अग्रसर भैरहेको देखिनु बिडम्वनापूर्ण छ।
यसको तीव्र वैचारिक स्खलन/बन्ध्याकरण र राज्यसत्ता संचालनको प्रवृत्ति र अवस्था हेर्दा ब्रेजनेभ-काल (सन्१९६४-८२) को 'era of stagnation' ( 'गतिहीन काल' अर्थात् सुन्निएर मोटाएको जस्तो) संग मिल्दोजुल्दो देखिन्छ। अर्थात् पटकपटक सत्तामा बस्दा पनि कुनै गुणात्मक र उल्लेख्य रूपान्तरणकारी उपलब्धी छैन तर गफ चाहिं रूसका भूपू कमरेडहरूले मिति नै तोकेर 'बीस बर्षभित्र साम्यवाद आउँछ' भने झै यहाँ पनि 'समाजवाद/साम्यवाद' को डिङ् हान्न र कार्यकर्ता अल्मल्याउन भ्याएकै छन्।
भित्री पार्टी सम्बन्ध, अथवा सनातनी कम्युनिष्ट पदावली अनुसार 'अन्तर-पार्टी संघर्ष', को कुरा गर्दा यहाँ पनि स्टालिनको मुख्यत: सन् १९२७-३८ कालखण्डको 'Great Trial'(Terror?) को झल्को दिने गरी मूल नेतृत्वसंग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता-कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाकोनिम्ति बिदा गर्ने प्रवृत्ति उत्तिकै हावी छ।
यस सन्दर्भमा अझै विडम्वनापूर्ण र हास्यास्पद प्रवृत्ति र घटना त के भने जसरी रूसमा स्टालिनले लेनिनको पालादेखिका सबै प्रमुख समकक्षी र आफ्ना प्रतिष्पर्धी नेताहरूलाई पालैपालो भौतिक रूपले नै सफाया गरेका थिए (जस्तै- त्रोत्स्कीलाई सबभन्दा पहिले सन् १९२७ मा पार्टीबाट निष्काशन, १९२९ मा देशनिकाला र पछि विदेशमै हत्या; जेनोभिभ र कामेनेभलाई बिरालाले मुसा खेलाए झैं पटकपटक पार्टीबाट निष्काशन र अन्त्यमा१९३६ मा हत्या; बुखारिन, रिकोभ लगायतलाई त्यसरी नै अन्त्यमा १९३८ मा हत्या , आदि इत्यादि)।
त्यसकै झल्को आउने गरी अहिले नेपालका 'कम्युनिष्ट' मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त?
अझै पुरानै एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिष्ट पार्टीमा भावनात्मक ढंगले टाँसिएर बसिरहेका र पार्टी सुप्रिमोले पहिले एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्नेसाथीहरूले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण गर्ने साहस गर्ने कि? -
Baburam Bhattarai
@brb1954
History will and must someday definitely punish all those who have kept quiet over or condoned the ghastly genocide of Palestine masses in Gaza by the devilish Benjamin Netanyahu regime of Israel over the last two years. This applies to the supine political parties and leaders in Nepal as well. Let all democratic, progressive and humanitarian forces all over the world break silence and act! #stopgenocideingaza #implementtwostatesolution
jacobin.com/2025/07/gaza-israel-politics-genocide-starvation -
Baburam Bhattarai
@brb1954
नेपालमा पुरानो एकात्मक राज्यलाई संघीय राज्य-प्रणालीमा रूपान्तरण गर्न ऐतिहासिक रूपमा कसको कति भूमिका थियो भन्नेवारे आम जनमानस र राजनीतिक वृत्तमा निकै भ्रम र विवाद छन्।
त्यसको वास्तविकता बुझ्न तत्कालीन विद्रोही माओवादी शक्ति र सात संसदवादी दलहरू वीचको सहमति र शान्ति-सम्झौता बमोजिम 'नेपालको अन्तरिम संविधान २०६३' निर्माणको क्रममा माओवादीका तर्फबाट औपचारिक रुपमा प्रस्तुत मस्यौदा प्रस्तावलाई एकपटक सबैले सूक्ष्म अध्ययन गर्नु उपयुक्त हुनेछ।
नौ प्रदेशको नाम सहित प्रस्तुत भएको प्रस्तावलाई बेलैमा सबैले स्वीकारेको भए त्यसपछिका आन्दोलनको क्षति र अहिलेसम्म बल्झिरहेको घाउ ब्यहोर्न पर्दैनथ्यो कि? ( श्रोत: "माओवादी माग र मान्यताहरू", पैरवी प्रकाशन )
(यो प्रस्ताव तयार गर्दा भक्तपुरको एउटा होटेलमा रातभर नसुती घोटिएको मलाई अझै सम्झना छ। ) -
Baburam Bhattarai
@brb1954
Interesting analysis to understand the emerging trends of world power balance- economically, militarily and politically! #newworldorder #geopolitics #globalsouth
jacobin.com/2025/07/europe-dependency-trump-trade-militar… -
Baburam Bhattarai
@brb1954
सिन्धुलीको गोलन्जोरमा वसोवास गर्दै आएका लोपोन्मुख हायु जातिको १६ जनाको परिवार विभिन्न वाध्यतावास आफ्नो थातथलो छोडेर भौंतारिदै हिंडेको घटना अत्यन्त मार्मिक र गम्भीर छ। यसलाई विशेषतः राज्य, राजनीतिक दल र सचेत नागरिकहरूले ठूलो मानवीय संकटको रूपमा लिएर तुरून्त आवश्यक कदम चाल्नु जरूरी छ।
हामीले त्यत्रो भीषण जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनको बलमा वहुजातीय, वहुभाषिक, वहुसाँस्कृतिक मुलुक नेपाललाई संघीय संरचनामा लैजाने र घोषित पहिचानका ५ आधार र सामर्थ्यका ४ आधारमा टेकेर तीन तहको राज्यसंरचना निर्मण गर्ने संवैधानिक व्यवस्था गरेका थियौं। साथै लोपोन्मुख, अति सीमान्तकृत, सीमान्तकृत जातिहरूलाई विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको व्यवस्था गर्ने कुरा गरेका थियौं। संविधानको धारा ५६(५) मा मधूरै भाषामा भए पनि भनिएको छ - "संघीय कानून वमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासकालागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिनेछ।"
परन्तु अहिलेसम्म पटकपटक सरकारमा बसेर पनि उल्लेखित कानून नबनाउने र बनेका कानून पनि कार्यान्वन नगर्ने कथित ठूला दल र नेतृत्वको गैरजिम्मेवारपूर्ण र विभेदकारी रवैयाले गर्दा नै नेपाल राज्यको भूगोलभित्र अनादिकालदेखि वसोवास गर्दै आएका र उल्टै लोपोन्मुख बन्दै गएका हायु जातिले आज यस्तो दुःखद नियति ब्यहोर्नु परेको हो। राज्यमा हालीमुहाली गर्दै आएकाहरूको यस्तै अपराधिक उपेक्षा (criminal negligence) कायम रहने हो भने अरु लोपोन्मुख जाति कुसुन्डा, राउटे, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लेप्चा, कुसवाडियाहरूले पनि यस्तै दुरावस्था खेप्नुपर्नेछ। त्यसरी नै राज्य स्वयंले वर्गीकरण गरेको अति सीमान्तकृत जाति चेपांग, थामी, सतार, माझी, बरामो, दनुवार, झागडहरू र सीमान्तकृत जाति सुनुवार, राजवंशी, थारू, दुरा, कुमाल, दराई लगायतको भविष्य पनि यस्तै दर्दनाक हुनसक्छ।
अतः राज्यको नेतृत्व गर्ने र पालो कुर्नेहरूले क्षमायाचना सहित तुरून्त यी भूमिपुत्र/पुत्रीहरूप्रतिको संवैधानिक र कानूनी दायित्व पूरा गरून्। नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन। -
Baburam Bhattarai
@brb1954
Let our Government of Nepal also play an active role on the question of Implementation of the Two-State Solution in Palestine and permanent peace in the Middle East. @PM_nepal_
António Guterres
@antonioguterres
Next week’s High-level Conference on the Question of Palestine and the Implementation of the Two-State Solution is an important step toward sustainable peace.
I commend co-chairs, France and Saudi Arabia, for their leadership and commitment to facilitate this event. -
Baburam Bhattarai
@brb1954
नेसपा (नयाँ शक्ति) गण्डकी प्रदेशका सबै जिल्लाहरूबाट एकैसाथ सांकेतिक धर्ना सहित प्रजिअ मार्फत विविध बिषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र प्रेषण!
देशमा गहीरिदो बहुआयामिक अर्थ-राजनीतिक संकट र आम जनता तथा विशेषतः युवाहरूमा पुराना राजनीतिक दल/नेतृत्वप्रति चुलिदो आक्रोशको सन्दर्भमा छिटो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीकालागि संविधान संशोधन, ठुला भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानवीन र कार्वाही, शिक्षा क्षेत्रमा आमूल सुधार, स्वदेशमै सबैलाई आयमूलक रोजगारीको ग्यारेन्टी, विदेशमा रहेका लाखौं नेपालीलाई त्यहींबाट मतदानको व्यवस्था लगायतका मागहरू प्रस्तुत। -
Baburam Bhattarai
@brb1954
पछिल्ला राष्ट्रिय र अन्तर्राष्ट्रिप घटनाक्रम, पुराना दल र नेतृत्वप्रति जनतामा तीव्र गतिमा बढ्दो वितृष्णा र आक्रोश, मुख्यतः सुशासन र समृद्धिको क्षेत्रमा तत्कालै जनतालाई आशा र विश्वासको संचार गराउनुपर्ने आवश्यकता, निकट भविष्यमै देशमा भरपर्दो अग्रगामी वैकल्पिक राजनीतिक शक्ति निर्माणको सम्भावना लगायतलाई मध्यनजर गर्दै देशमा गम्भीर विमर्श गर्नुपर्ने वेला आएको छ।
यसनिम्ति उदीयमान नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू, विभिन्न दलहरूभित्रका निष्ठावान प्रगतिशील लोकतान्त्रिक तप्काहरू, सचेत नागरिकहरू सबैले आआफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नु आवश्यक र वाञ्छनीय हुनेछ।
लोकतन्त्रमा आवधिक निर्वाचनको समय नै जनस्तरमा बढी राजनीतिक विमर्श, क्रियाशीलता र ध्रुवीकरणको विन्दू हुने भएकाले आगामी कार्तिक १७ गतेकालागि घोषित रूपन्देही-३ को प्रतिनिधिसभा निर्वाचनमा साझा वैकल्पिक उम्मेदवारको घोषणा त्यस दिशामा महत्वपूर्ण प्रस्थानविन्दू हुनसक्छ।
सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण होस्! -
Baburam Bhattarai
@brb1954
Interesting conversation between Noam Chomsky and Alexandria Ocasio-Cortez on the possible new world. www.facebook.com/share/p/12GfBG6xYyL/
-
Baburam Bhattarai
@brb1954
देशको अन्नभण्डार मानिने मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्थामा पुग्नु अत्यन्त गम्भीर र चिन्ताजनक विषय हो।
बेलैमा महाभारत शृंखलाबाट पूर्व-पश्चिम बग्ने नदीहरूबाट सुरूंग खनेर चूरे फेदीबाट पूर्व-पश्चिम र उत्तर-दक्षिण नहरहरूको सन्जाल निर्माण गर्ने, चूरे-संरक्षण कार्यक्रम दृढतापूर्वक कार्यान्वयन गर्ने र भूमिगत जलश्रोत रिचार्ज गर्ने, वैज्ञानिक भूमीसुधार कार्ययोजना छिटो निर्माण गरेर लागू गर्ने, गहीरो/मध्यम/साना ट्यूववेलको संजाल बनाउने आदि बृहद हरित-क्रान्तिको गुरूयोजना बनाएर लागू नगर्नुको दुष्परिणाम हो यो।
'जब पर्यो राति अनि बुढी(बुढो) ताति' कहिलेसम्म? #अबआँखाखोलौं -
Baburam Bhattarai
@brb1954
बी पी र पी एलको स्मृतिदिवस संयोगले संगसंगै मनाउदै गर्दा देशको वर्तमान अर्थ-राजनीतिक संकट र पुराना दलहरूप्रति आम जनता र विशेषतःयुवा पुस्ताको निराशा र आक्रोशको अन्तर्य खोतल्नेतर्फ सबैको खाशै ध्यान नपुग्नु विडम्वनापूर्ण छ।
यतिवेला ती युगीन व्यक्तित्वहरूको ओठे गुणगान र मूर्तिपूजा गरेर आआफ्नो दलीय,गुटीय र निजी स्वार्थ पूर्तिनिम्ति होडवाजी गर्नुसट्टा उनीहरूको तत्कालीन समयसापेक्ष विचार,कर्म र जीवनबाट सिकेर अहिले उनीहरू भएका भए बदलिएको वर्तमान युग, देश र जनताका समस्या कसरी हल गर्थे र हामीले के गर्नुपर्ला भन्नेवारे गम्भीर विमर्श खै?
अरू देशहरूभन्दा पचास वा सय बर्ष ढिलै भए पनि आधुनिक प्रवोधन युग (Enlightenment) बाट शुरू भएको ब्यक्तिको निजी स्वतन्त्रतालाई प्रधानता दिने उदारवादी लोकतन्त्रका पक्षधर बी पी र मानवजातिमा अन्तरनिहित सामाजिकतालाई प्रधानता दिने समाजवादी लोकतन्त्रका पक्षधर पी एल ले ती विचार-राजनीतिको विउ नेपालमा रोप्न ऐतिहासिक योगदान गरेकै हुन्।
तिनै विचार-राजनीतिलाई समयानुकुल प्रयोग र विकास गरेर हाम्रो पुस्ताले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याएको हो।
एक्काइशौं शताब्दीसंगै व्यापक बनेको चौथो औद्योगिक क्रान्ति ( डिजिटल, जेनेटिक्स, नानोप्रविधि, ए आइ लगायत ), पूँजीवादी भूमण्डलीकरण, पर्यावरण विनाश, आणविक युद्धको विभीषिका, उत्पादनको प्रचूरतावीच वितरणको बढ्दो असमानता आदिले नयाँ बहुआयामिक राष्ट्रिय र अन्तर्राष्ट्रिय संकट सिर्जना भैरहेछ।
यसले समग्र विचार-राजनीतिकै पुनर्संश्लेषण र पुनर्संरचना माग गरिरहेछ। यसैनिम्ति विश्वभर र नेपालमा नयाँ र वैकल्पिक विचार-राजनीतिको खोजी भैरहेछ।
त्यसैले अब पहिलो र दोश्रो औद्योगिक क्रान्तिकालको विचारका वाहक बी पी र पी एल् का योगदानहरूको जगमा टेकेर चौथो औद्योगिक क्रान्तिकालका नयाँ विचार/राजनीतिको विकास गर्ने साहस गरौं। नयाँ युगका नयाँ मानिसहरूको
आवश्यकता र आकांक्षा पूरा गरौं। त्यही नै बी पी र पी एल् प्रति सच्चा श्रद्धान्जली हुनेछ। -
Baburam Bhattarai
@brb1954
नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व तथा नेपाली साहित्यका विशिष्ठ प्रतिभा बी पी कोइरालाको स्मृति दिवसमा वहाँप्रति हार्दिक श्रद्धासुमन!
देशको इतिहासका विशिष्ठ व्यक्तित्वहरूलाई अमुक राजनीतिक दलको घेरामा कैद नगरी उनीहरूका सकारात्मक योगदानहरूलाई सबैले सम्मान गर्ने संस्कारले नै राष्ट्रिय एकता र लोकतन्त्रको जग बलियो हुन्छ भन्ने सबैले आत्मसात गरौं! -
Baburam Bhattarai
@brb1954
नेपाली कम्युनिष्ट/वामपन्थी आन्दोलनका शीर्ष व्यक्तित्व क. पुष्पलाल श्रेष्ठको स्मृतिदिवस (जुलाई २२, श्रावण ६) को सन्दर्भमा वहाँप्रति हार्दिक श्रद्धासुमन!
२०३५ साल साउन ९ गते दिल्लीको यमुना नदी किनारको निगमबोध घाटमा वहाँको दाहसंस्कारमा सहभागी नेपाल र भारतका सीमित व्यक्तिहरूमध्ये अखिल भारत नेपाली विद्यार्थी संघको अध्यक्षको रूपमा म पनि थिएँ। म त्यतिवेला प्रतिबन्धित कुनै पनि पार्टीमा आबद्ध नभए पनि सबैको समनिकटतामा थिएँ र कांग्रेस-कम्युनिष्ट सबै मिलेर लोकतान्त्रिक गणतन्त्र ल्याउनुपर्छ भन्ने सोंच राख्थें। दाहसंस्कार लगत्तै आफ्नो दैनिक डायरीमा लेखेको अनुभूति यहाँ प्रस्तुत छ। ( फोटोकपि: दायाँ-माथिल्लो)
२०३७ सालदेखि २०७२ सालसम्म कम्युनिष्ट आन्दोलन र पार्टीमा आबद्ध भएर संविधानसभा मार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि नयाँ युगको नयाँ कार्यभार पूरा गर्न नयाँ अग्रगामी विचार सहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने अभियानमा क्रियाशील छु। त्यसक्रममा अहिलेको युगको नयाँ विचार निर्माणनिम्ति अहिले मार्क्स ( र पुष्पलाल समेत!) भए के गर्थे वा गर्नुपर्ला भन्ने आशयले लेखिएको लेख " एक्काइशौं शताब्दीमा कार्ल मार्क्स" ( रातो झिल्को, पूर्णांक-१५; 'अर्थ-राजनीतिक विमर्श' मा संग्रहित) को केही अंश पुनः यहाँ प्रस्तुत गरेको छु। ( फोटोकपी: दायाँ- बीच र तल)
पुष्पलाल बाँचुन्जेल 'दलाल' 'गद्दार' भन्ने र मरेपछि अहिले वहाँप्रति गोहीको आँसु झार्दै संसदीय सत्ताको तर मार्ने कणहरूले ममः भन्ने कि? -
Baburam Bhattarai
@brb1954
नेपालमा गणतन्त्र स्थापनाको ऐतिहासिक आवश्यकता र त्यसका वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, भूराजनीतिक आयामवारे मेरो विश्लेषण। @ekantipur_com अब पछि फर्कने हैन लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर सुशासम र समृद्धिको दिशामा अघि बढ्न नयाँ र वैकल्पिक राजनीतिको प्रबर्द्धन गर्न आग्रह।
Kantipur
@ekantipur_com
कान्तिपुर बहस-विचार शृंखलामा बाबुराम भट्टराईको लेख
गणतान्त्रिक चेतना र राजतन्त्रको भ्रम
@brb1954
ekantipur.com/opinion/2025/07/21/the-illusion-of-republic… -
Baburam Bhattarai
@brb1954
Interesting analysis! "Strategic altruism" as "highest form of self-interest"? Or is it "long-term investment"?
How will Nepal navigate the coming storm of strategic rivalry in the neighborhood? Will our ever squabbling , outdated political leadership wake up? -
Baburam Bhattarai
@brb1954
अन्यथा अर्थ नलागोस्, वैचारिक-राजनीतिक-नैतिक स्खलन र बन्ध्याकरण भैसकेका पुराना दल र नेताहरूसंग भावनामा बगेर टाँसिइरहनु भनेको हात्तीले मरिसकेको सन्तानलाई बोकेर हिंड्नु जस्तै हो। #अबआँखोलौं
-
Baburam Bhattarai reposted
Setopati
@setopati
'पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टीमा फर्कँदा माओवादी रूपान्तरणमा योगदान होइन, नोक्सान गर्छ'
www.setopati.com/politics/364513 -
Baburam Bhattarai reposted
Janmadev jaisi
@janmadev
८४ मा पुराना दलहरुबिरुद्ध जनताको विद्रोह हुन्छ, म साथ दिन्छु | Baburam B... youtu.be/WJcdjOdgnvE via @YouTube
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
कान्तिपुरले ल्याएको छ नयाँ बहस शृंखला– ‘वैकल्पिक इतिहास,’ जसमा हामी सोध्छौं, ‘के हुन्थ्यो तब...?’
यो श्रृंखलामा विष्णु सापकोटाको विचार :
इतिहास-चेत नै नभएको पंक्ति ekantipur.com/opinion/2025/07/14/a-line-without-history-c… -
Baburam Bhattarai
@brb1954
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! बहुभाषिक मुलुक नेपालमा बोलिने/लेखिने सबै राष्ट्रिय भाषाहरूलाई फल्नेफुल्ने अवसर दिऊँ! इन्द्रधनुषी नेपाली राष्ट्रियताको व्यवहारिक प्रत्याभूति गरौं!
-
Baburam Bhattarai
@brb1954
संसदका दुइ ठूला दल मिलेर बनेको सरकारको गत एक बर्षको सबभन्दा ठूलो उपलब्धी भनेको अब पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्क समस्याहरू (संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश आदि) हल हुनैसक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी ब्यबहारमै प्रमाणित गरिदिनु हो।
तेश्रो ठूलो दलका एकल सुप्रिमोले पटक पटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएकै हो।
यो स्थितिमा अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउने निश्चितै छ। उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ? आगामी दिनको राजनीतिक विमर्श अव त्यता सोझिनुपर्छ। सबैले आआफ्नो छातीमा हात राखेर ममः भन्ने कि? #अबआँखाखोलौं -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
‘साहस’ को साहसिक यात्रा ekantipur.com/koseli/2025/07/12/adventure-journey-of-cour…
-
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
प्रचण्डलाई दोषी देखाउँदै बाबुरामले औँल्याए माओवादीका तीन गल्ती www.ratopati.com/story/500251/baburam-points-out-three-mi…
-
Baburam Bhattarai
@brb1954
सत्ता र प्रतिपक्षमा पालैपालो बसेर संघीय लोकतान्त्रिक गणतन्त्रको हुर्मत लिंदै आएका पुराना दलहरू अब सुध्रनै नसक्ने गरी पतनको दिशातिर उन्मुख हुँदैछन् भन्ने पछिल्लो प्रमाण उनीहरूले चोचोमोचो मिलाएर संसदबाट पारित गरेको संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक हो।
प्रधान न्यायाधीश र निर्वाचन आयोग, लोकसेवा आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका लोकतन्त्रका महत्वपूर्ण खम्बा मानिने संवैधानिक अंगहरूको नियुक्ति गर्ने, राज्यका तीनवटै अंगका टाउकाहरूले भरिएको, संबिधानमै किटान भएको ६ सदस्यीय संवैधानिक परिषद्मा प्रम र अर्को एकजना सदस्यले मात्र मनपरी नियुक्ति गर्न पाउने प्रवधान विधेयकमा राख्नु जस्तो हास्यास्पद, निर्लज्ज, स्वेच्छाचारी, अलोकतान्त्रिक, असंवैधानिक हर्कत अरू के हुन सक्छ?
कार्यकारी प्रमुखको सम्भावित स्वेच्छारिता नियन्त्रण गर्ने, देशमा निष्पक्ष निर्वाचन गराउने, सुशासन कायम गर्ने, भ्रष्टाचार रोक्ने, समावेसीता र संघीयता कार्यान्यन गर्ने लगायतका जिम्मेवारी पाएका अंग र ब्यक्तिको नियुक्ति एक जना साथ लिएर प्रमले मात्र गर्न पाउने हो भने त्यो कस्तो लोकतन्त्र हुन्छ?
यसको सोझो अर्थ हो - यी पुराना दल र तिनका टाउका सुध्रनेवाला छैनन्। यिनले आफ्नो चिहान आफै खन्दैछन्। नयाँ र वैकल्पिक शक्तिहरूको उदयलाई अपरिहार्य बनाउँदैछन्। #अबआँखाखोलौं -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
गुरु पूर्णिमा २०८२ को शुभकामना !
ज्ञान, चेतना र न्यायको बाटो देखाउने हाम्रा सबै गुरुजनहरूलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को तर्फबाट श्रद्धा र सम्मान।
शिक्षा र मार्गदर्शनमार्फत समावेशी, समान र समुन्नत समाज निर्माणमा योगदान दिनुहुने सम्पूर्ण गुरुहरूलाई हार्दिक नमन। -
Baburam Bhattarai
@brb1954
Happy to address the 'International Climate Camp 2025' in Kathmandu. Participants from Bangladesh and Nepal discussed the pressing climate issue in the South Asian region streched from the Himalayas to the seas. www.facebook.com/share/p/1CFYdpZXrr/
-
Baburam Bhattarai
@brb1954
Happy Independence Day , 2025 , to the people and government of the United States of America! Let Nepal-USA friendly relations flourish further in the days to come! @POTUS @USEmbassyNepal
-
Baburam Bhattarai reposted
Bob Vylan
@BobbyVylan
Silence is not an option.
-
Baburam Bhattarai
@brb1954
Timely and incisive analysis of Nepal's unfolding politics. Let the progressive new generation draw appropriate lessons in time and act ! नयाँ पुस्ताका युवाहरूले पढ्नैपर्ने लेख!www.facebook.com/share/p/15Z5YBY1cN/
-
Baburam Bhattarai
@brb1954
'कूलिंग अफ पिरियड' भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामा पछि अर्को ठूलो सरकारी भाग खान २ बर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराएको घटना नेपाल मात्र हैन विश्व इतिहासकै निकृष्ट र लाजमर्दोमध्ये एक राजनीतिक ठगीको घटना हुनुपर्छ!
उच्च तहको कर्मचारी र राजनीतिक नेतृत्वको साँठगाँठमा यो देशमा कति ठूला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका रहेछन् वा हुनसक्नेरहेछन् भन्ने यो जिउँदो र ताजा प्रमाण हो। यसको जति भर्त्सना र निन्दा गरे पनि कम हुन्छ।
हामीले त्यत्तिकै अब टालटुले सुधारले हुन्न बरू देशको समग्र राजनीति र राज्यप्रणालीकै अग्रगामी, लोकतान्त्रिक, समाजवादी पुनर्संरचना गरौं भनेर केही बर्षदेखि नयाँ वैकल्पिक राजनीतिवारे चिच्याउँदै आएको हैन है!! #notocorruption #alternativepolitics -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
बेलवासटारको खेतमा धान रोप्न व्यस्त पूर्वप्रधानमन्त्री भट्टराई
ekantipur.com/news/2025/06/29/former-prime-minister-bhatt… -
Baburam Bhattarai
@brb1954
राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव (असार १५) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना!
कृषि क्रान्ति गरौं! खाद्यसुरक्षा सुनिश्चित गरौं!! -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
अत्यन्त संवेदनशील र महत्वपूर्ण सत्यनिरूपण तधा मेलमिलाप आयोग ( TRC ) को कामलाई देशका तीन ठूला टाउकाहरूले दुइ दशकदेखि जसरी तुच्छ सत्तास्वार्थको भर्यांग बनाउँदै आएका छन् र हजारौं पीडितहरू न्यायनिम्ति छट्पटाइ रहेछन् त्यसको सही निकासको बाटो नै हराउँदै गए जस्तो सबैलाई अनुभूत भैरहेछ।
यस्तो वेला मण्डला थिएटरमा मन्चन भैरहेको नाटक "मञ्जीरा" ( यो शनिवार र आइतवारसम्म मात्र चल्ने ) ले सबैको अन्तष्करण झक्झकाउने मात्र हैन सत्यको अन्वेषण, न्यायको प्रत्याभूति र मेलमिलापको दिगो समाधानको बाटो समेत देखाएको छ। विषयवस्तु संगसंगै प्रस्तुती, अभिनय अब्बल र मार्मिक छ। सम्बन्धित सबैले अवश्य हेरून्! -
Baburam Bhattarai
@brb1954
जीवनजी, तपाईंको पवित्र भावनाको उच्च सम्मान र मप्रतिको स्नेहनिम्ति हार्दिक आभार व्यक्त गर्दै जीवन, जगत र वर्तमान विश्व तथा नेपालका केही कटू यथार्थप्रति तपाईंको ध्यान आकृष्ट गर्न चाहन्छु:
१.भनिन्छ संसारका कुनै पनि घटना ऐतिहासिक आवश्यकता र आकस्मिकताको योगफल स्वरूप परिघटित हुन्छन्। त्यस हिसाबले बिसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको शुरूमा नेपालमा युगीन हिसाबले थोत्रो भैसकेको राजतन्त्रात्मक सामन्ती, अर्धसामन्ती र अर्ध-औपनिवेसिक अर्थ-राजनीतिक प्रणालीको अन्त्य गरेर युगानुकूल अग्रगामी संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली स्थापना गर्न ( हेर्नोस्, सशस्त्र जनयुद्ध शुरूवातको पूर्वसन्ध्यामा २०५२ माघ २१ गते तत्कालीन सरकार समक्ष हामीले प्रस्तुत गरेको ४०-बुँदे मागपत्र ) त्यसको प्रमुख साधनको रूपमा हामीले आन्तरिक रूपमा माओवादी पार्टी र जनमुक्ति सेना तथा बाह्य रूपमा संयुक्त जनमोर्चा नेपाल ( पछि त्यसको विकसित रूप संयुक्त क्रान्तिकारी जनपरिषद् ) गठन गरेका थियौं। २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट केही अपूर्णता सहित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर सो युगीन कार्यभार मूलतः पूरा गर्यौं। जसप्रति हामीलाई असीम गर्व छ र यसको सही मूल्यांकन इतिहासले अवश्य गर्नेछ।
२. इतिहास स्थीर रहँदैन । त्यो विभिन्न ऐतिहासिक खुड्किलाहरू पार गर्दै निरन्तर अघि बढिरहन्छ। नयाँ युगका नयाँ कार्यभार हुन्छन् । तिनलाई नयाँ विचार, नयाँ राजनीति, नयाँ संगठन, नयाँ शैली सहित पूरा गर्दै अघि बढ्नुपर्दछ। समाजका अगुवा चेतना भएका मानिसहरूले त्यसको अगुवाइ गर्छन्। निरन्तर नयाँ यात्रामा अघि बढिरहन्छन्। थाकेका र पुरानै चेतना बोकेका मानिसहरू पुरानै कुराका गुणगान गरेर र प्राप्त उपलब्धीमा मोजमज्जा गरेर आरामकासाथ बस्छन्। यो इतिहासको आम नियम हो। एक्काइसौं शताब्दीले ल्याएका नयाँ सम्भावना र चुनौतिलाई ध्यान दिंदै हामीले नेपाललाई तीव्र गतिमा सुशाशन र समृद्धिको प्रत्याभूति मार्फत अझै उन्नत समावेसी र सहभागितामूलक लोकतन्त्र सहितको समुन्नत समाजवादको दिशामा अघि बढाउनु छ। त्यसैले अहिले हामी विकसित नयाँ विचार, नीति, कार्यक्रम, संगठन सहितको नयाँ वैकल्पिक राजनीतिक अभियाननमा छौं।
३. त्यसैले हिजोका क्रान्तिकारी माओवादीहरू विगततिर फर्किने हैन भविष्यतिर उन्मुख बनौं। पार्टी आफैमा साध्य हैन निश्चित लक्ष्य हासिल गर्ने साधन हो। हजारौं शहीद, वेपत्ता, घाइतेहरूको वलिदान र तपाईं हामी सबैको मेहनतले बनाएको त्यो महान् पार्टीले आफ्नो ऐतिहासिक कार्यभार पूरा गरिसक्यो। माओवादी विचारले पनि आफ्नो युगीन कार्यभार सम्पन्न गरिसक्यो। माओ यो संसारबाट विदा भएको पनि आधा शताब्धी भैसक्यो। चौथो औद्योगिक क्रान्ति र ए.आइ. ( कृत्रिम बुद्धिमता) ले नयाँ सम्भावना र चुनौति ल्याइसके। त्यसैले अब पछि फर्कने हैन अघि बढ्ने कुरा गरौं। हिजो हामीले निर्माण गरेका तीन जादूगरी हतियारमध्ये दुइ हतियार जनसेना र संयुक्त मोर्चा ( संयुक्त क्रान्तिकारी जनपरिषद्) पुनर्संरचना गरिसक्यौं भने तेश्रो हतियार पार्टीको पुनर्संरचना गर्न किन आनाकानी?www.facebook.com/share/p/19yie8o2vK/ -
Baburam Bhattarai
@brb1954
देशको अग्रणी कृषि अनुसन्धान केन्द्र लुम्ले (कास्की) को भौतिक पूर्वाधार र सिर्जनात्मक सम्भावना हेर्दा हर्षको अनुभूति भयो! परन्तु दरबन्दी अनुरूपको दक्ष जनशक्ति र शोधकर्ताहरूमा पर्याप्त उत्प्रेरणा राज्यले प्रदान गर्न नसक्नु दुःखद पक्ष देखियो।
समृद्ध नेपाल निर्माणको एक प्रमुख आधार खाद्य सुरक्षा रहेको र जलवायु तथा जैविक विविधता हाम्रो प्रमुख राष्ट्रिय प्रतिष्पर्धी लाभको क्षेत्र रहेकाले कृषि अनुसन्धान र आधुनिकीकरणमा कुराले मात्र हैन कामले प्राथमिकता दिन सम्बन्धित निकायको ध्यान पुगोस्! -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
मुख्य ३ दलका नेताहरू भ्रष्टाचारको दलदलमा फस्दै गएको बताउँदै भट्टराईले भ्रष्टाचारीहरूको लर्कोमा आफूलाई नजोड्न आग्रह गरेका हुन् ।
#onlinekhabar
www.onlinekhabar.com/2025/06/1709521/dont-include-me-in-t… -
Baburam Bhattarai
@brb1954
चर्चित भिजिट भिसा प्रकरणमा एक जना पूर्व प्रमुख कर्मचारीको नेतृत्वमा वहालवाला कनिष्ठ कर्मचारीहरू भरेर बनाएको हास्यस्पद 'छानवीन समिति' ले सत्ताधारी र प्रमुख प्रतिपक्षी दल/नेताहरूको राज्यदोहनकारी र छलकपटपूर्ण हर्कतलाई पूरै उदांगो पारेको छ।
जनयुद्ध शुरू गर्नु पहिले हामी तत्कालीन राजतन्त्र सहितको संसदीय प्रणालीको यस्तै पाखण्डी हर्कतलाई 'खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल' भनेर भण्डाफोर गर्थ्यौं र जनताको वास्तविक सहभागितामूलक लोकतान्त्रिक गणतन्त्रको पैरवी गर्दथ्यौं।
तर आज जनताको त्यत्रो बलिदानीपूर्ण संघर्षपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई 'पुराना जोगी'माथि एक 'नयाँ जोगी' थपिएर उस्तै पाखण्डपूर्ण हर्कत गर्छन् र जनताको सहज बुद्दि ( कमन सेन्स) माथि समेत खेलबाड गर्छन् भने त्यो नेपाली जनता र वैकल्पिक राजनीतिक शक्तिहरूलाई मान्य हुन सक्दैन।
अब भिजिट भिजा प्रकरण मात्र हैन यी तीन ठुला टाउका संलग्न ठानिएका एनसेल प्रकरण, बुढीगण्डकी प्रकरण, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु प्रकरण लगायत सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली,उच्चस्तरीय, स्वतन्त्र, निष्पक्ष संयन्त्र मार्फत छानवीन गरिनुपर्छ र दोषीहरूलाई हदैसम्मको कार्वाही गरिनुपर्छ। #enoughisenough -
Baburam Bhattarai reposted
BRB Secretariat
@BRB_Secretariat
“Former Prime Minister Dr. Baburam Bhattarai delivering a keynote address at the Global Youth Leadership Summit 2025 in Kathmandu, Nepal.”
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
The world is rapidly sliding into irriversible man-made catastrophe. The doctrine of Might-is-Right being practised now in the Middle East will snowball into collective human suicide. The impending nuclear confrontation will leave behind no winner. Let sanity prevail in time! Let the collective wisdom speak out and act in favor of truth and justice! Tomorrow may be too late! #notomightisright #standfortruthandjustice
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
-
Baburam Bhattarai
@brb1954
मेरो जन्मदिनमा विभिन्न माध्यमहरूबाट अमूल्य शुभकामना, सद्भाव, आत्मीयता प्रकट गर्नु हुने देशविदेशमा रहनुभएका सम्पूर्ण आदरणीय महानुभावहरू, साथीहरू, आफन्तजनहरू, शुभचिन्तकहरू सबैमा मुरीमुरी धन्यवाद! यहाँहरूको निरन्तर माया र सद्भभावले मलाई सत्य र न्यायको मार्गमा लागिरहन प्रेरित गरेको छ र आगामी दिनमा पनि गरिरहनेछ।
-
Baburam Bhattarai
@brb1954
Let the world, including Nepal, listen in time to the sane advice of renowned public intellectual, Jeffrey Sachs! We may be collectivey heading towards total nuclear suicide! Stop the madness of extremists like Netanyahus! Let us raise our collective voice for peace and justice! Push for two-state-solution in the Middle East! #stopnetanyahu #twostatesolution www.commondreams.org/opinion/netanyahu-war-on-iran
-
Baburam Bhattarai
@brb1954
शिक्षा सम्बन्धी विधेयक, निजामती सेवा सम्बन्धी विधेयक लगायतका महत्वपूर्ण विधेयकहरूमा संसदीय समितिले गरेका निर्णयहरू समेत मन्त्रीपरिषद्बाट उल्टाउने प्रयास गर्ने सत्ताधारी दलहरूको हर्कत र भिजिट भिसा प्रकरणमा निर्लज्ज ढंगले आत्मसमर्पण गर्ने र सत्ता मोलतोल, आआफ्ना अपराधको ढाकछोपमा हमेशा निर्लिप्त रहने प्रमुख प्रतिपक्षको घिनलाग्दो भूमिकाले नयाँ र वैकल्पिक शक्तिहरू वीच सदन र सडकमा एकीकृत संघर्षको माग गर्दैछ।
पुराना तीन दल र तीन टाउकाहरूबाट अब पनि केही आशा गर्नु भनेको गोरूबाट दूधको आशा गर्नु जस्तै हो। वेलाबखत भावनामा बगेर उनीहरूसंग गरेको संसर्ग नयाँ र वैकल्पिक शक्तिहरू तथा देश र जनतानिम्ति प्रत्युत्पादक रहेको तीतो अनुभवबाट सबैले पाठ सिकौं।
George Bernard Shaw को यो रोचक भनाइ सबैले गम्भीरतापूर्वक मनन गरौं - 'Never wrestle with a pig. You get dirty, and the pig likes it.' ( ' सुंगूरसंग कहिल्यै नखेल। तिमीलाई फोहर लाग्छ, अनि त्यो सुंगूरले मन पराउँछ।') -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रणालीका लागि संविधान संशोधन : नेसपा नयाँ शक्ति
ekantipur.com/news/2025/06/16/constitutional-amendment-fo… -
Baburam Bhattarai reposted
Nirmala Dhakal
@Nirmaladhakal44
Please, save this person
@hello_sarkar @NepalPoliceHQ -
Baburam Bhattarai
@brb1954
नेसपा (नयाँ शक्ति) को केन्द्रीय समिति बैठकबाट पारित महत्वपूर्ण ११-बुँदे प्रस्तावहरू!
www.parewanews.com/2025/06/15/28935 -
Baburam Bhattarai
@brb1954
नेसपा (नयाँ शक्ति) को केन्द्रीय समितिको दोश्रो पूर्ण बैठक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारित र संगठनात्मक निर्णयहरू गर्दै उत्साहपूर्ण रूपमा सम्पन्न। स्पष्ट अग्रामी विचार, नीति र कार्यक्रममा आधारित नयाँ वैकल्पिक राजनीतिक शक्तिहरू वीच सहकार्य गर्दै देशलाई भरपर्दो राजनीतिक विकल्प प्रदान गर्ने प्रतिबद्धता।
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु
ekantipur.com/news/2025/06/14/second-plenary-session-of-n… -
Baburam Bhattarai
@brb1954
नेसपा (नयाँ शक्ति) को १०औं स्थापना दिवस (जेठ ३० गते) उत्साहपूर्वक मनाऊँ!
-
Baburam Bhattarai reposted
Nepalkhabar
@nepalkhabar
वामपन्थी रूपान्तरणमा जोड दिँदै बाबुराम भट्टराई भन्छन्: म मुलुक बनाउन हिँडेको व्यक्ति हुँ
‘अग्रगमनमा जाने गरी संविधान संशोधन आवश्यक’
nepalkhabar.com/politics/239824-2025-6-11-9-4-13 -
Baburam Bhattarai
@brb1954
Old article but equally relevant today to understand new alternative politics, penned by @HisilaPost. kathmandupost.com/opinion/2016/06/12/how-new-is-naya-shak…
-
Baburam Bhattarai reposted
BRB Secretariat
@BRB_Secretariat
10th Establishment Day of SPN (Naya Shakti)
With the people's trust, continuity of thought, and a journey of transformation—
Let’s come together to grandly celebrate the 10th Establishment Day!
Venue: Rastriya Sabha Griha
Date: 13 June 2025 (2082 Jestha 30)
Time: 1:00 PM -
Baburam Bhattarai
@brb1954
राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना तुहाउँदै लगिएको सन्दर्भमा त्यसलाई बचाउन र शीघ्र कार्यान्वयन गराउन आवश्यक पहल गर्नेवारे गोरखा र धादिंगका सरोकारवालाहरू र सम्बन्धित विज्ञहरूसंग परामर्श। अझै व्यापक रूपमा परामर्श गरेर आवश्यक कदम चाल्ने समझदारी।
-
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
हाल सालैको कांग्रेस र एमालेको नेतृत्वमा पनि यस्तो दोधार अवस्था देखिन्छ। यसलाई, गोरुले दुई दिशाबाट तान्दा हलो नै जोतिंदैन अहिले त्यस्तै भइरहेको छ। न त समाजवादतर्फ स्पष्ट रूपमा लागिएको छ, न त पूँजीवादतर्फ।
#onlinekhabar
www.onlinekhabar.com/2025/06/1697522/the-budget-remained-… -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
कान्तिपुर सम्पादकीय
माधव नेपालविरुद्ध मुद्दा : सुशासनको कोसेढुंगा कि नयाँ कोतपर्वको सुरुवात ?
- पतञ्जलि प्रकरण पनि एउटा ‘केस स्टडी’ हो, जसको निष्कर्षले देशलाई सार्थक मार्गदर्शन गर्नेछ । सत्ताले पनि कालान्तरसम्म आफ्नो निष्पक्षता सावित गर्नुपर्नेछ ।
ekantipur.com/opinion/2025/06/06/the-case-against-madhav-… -
Baburam Bhattarai
@brb1954
नेसपा (नयाँ शक्ति) को १०औं स्थापना दिवस जेठ ३० गते विविध कार्यक्रम सहित नेपाल र विश्वभर उत्साहसाथ मनाऔं! #alternativepolitics
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
नेसपा नयाँशक्तिको झण्डा र लोगो नेसपाले दुरुपयोग गरेको निर्वाचन आयोगको ठहर www.onlinekhabar.com/2025/06/1695538/election-commission-…
-
Baburam Bhattarai
@brb1954
Let's exchange ideas among progressive democratic forces and gradually move towards building a new Alternative International ! My conversation with new found friends in Canada. www.alterinter.org?Rethinking-Revolution-Migration-and-Na…
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
-
Baburam Bhattarai
@brb1954
अन्तत: राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको छ। २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरवार चलाएर घाँटी रेट्न शुरू गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२/०८३ को बजेट-बक्तव्य (बुँदा २२४) मार्फत कथित "सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ" भनेर पूरै घाँटी छिनालेको छ।
यो देश र जनतामाथि अक्षम्य अपराध र धोका हो। देशको बहुआयामिक आर्थिक रूपान्तरणकालागि गेमचेन्जर आयोजनाको रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ताको नाताले म यो सरासर वदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको घोर भर्त्सना र विरोध गर्दछु। भविष्यको उज्ज्वल सपनाको खातिर आफ्नो पुस्तौंदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर यो आयोजना कार्यान्वयनकालागि पूर्ण सहयोग गर्दै आउनुभएका गोरखा र धादिंगको प्रभावित क्षेत्रका जनताप्रति पूर्ण सहानुभूति र ऐक्यवद्धता व्यक्त गर्दछु।
यो राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न म प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसंग हार्दिक अपील गर्दछु। -
Baburam Bhattarai
@brb1954
एमाले-कांग्रेस सरकारले आगामी २०८२/०८३ आ ब कानिम्ति प्रस्तुत गरेको बजेटबारे मेरो संक्षिप्त चिरफार- केही क्षेत्रमा केही सुधारका संकेत भए पनि आम रूपमा बजेट विगतकै घस्रने गतिको निरन्तरतामा छ। देशले खोजेको आमूल आर्थिक रूपान्तरणको छनक छैन। www.facebook.com/share/v/1XRMZFJZBQ/
-
Baburam Bhattarai
@brb1954
अहिले देशमा केही पुरातनपन्थीहरू बाहेक सबैजना गणतन्त्रवादी भएको देख्दा गर्वले छाती फुल्छ।
तर गणतन्त्रकोनिम्ति कति लामो र भीषण वैचारिक तथा भौतिक लडाइँ लड्नु परेको थियो भन्ने एक दिन इतिहासले अवश्य तथ्यपरक लेखाजोखा र गम्भीर समीक्षा गर्ने नै छ।
( जिज्ञाषुहरूले यहाँ प्रस्तुत किताबहरू र फोटोकपी अंशहरूबाट केही झल्को पाउन सक्नुहुनेछ।)
अतः वर्तमान नेपाल राज्यको निर्माणपछि पृथ्वीनारायण शाहले " मेरा साना दुःखले आर्ज्याको मुलुक हैन यो सबैलाई चेतना भया" भने झैं हामीलाई पनि भन्न मन लाग्छ- " हाम्रा साना दुःखले आर्ज्याको गणतन्त्र हैन यो सबैलाई चेतना भया"! -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
पहाडमा प्रचण्ड के खोज्दै छन् ?
शुभशंकर कँडेल लेख्छन् : माओवादी अधोपतनका अनेक कारणहरूमध्ये सबैभन्दा शीर्ष अन्योल भनेको नीतिगत गन्जागोल र अन्यमनस्कता हो भन्ने आत्मसात् नगरेसम्म देखावटी उछलकुदले गुणात्मक सुधार हुने कुनै गुन्जायस छैन ।
ekantipur.com/opinion/2025/05/28/what-is-prachanda-lookin… -
Baburam Bhattarai
@brb1954
यस पटकको तीन दिने ( जेठ ११-१३ ) गोरखा-२ को जनभेटघाट कार्यक्रममा भूइँतहका गोरखाली जनसमुदायबाट पाएको असीम माया, सद्भाव र विश्वासबाट असाध्यै द्रवित र भावविभोर छु।
आजीवन जनताको सेवा,सुखसमृद्धि र उत्थानमा समर्पित हुने थप उर्जा प्राप्त गरेको अनुभूत गरेको छु।
धन्यवाद गोरखा ! -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
साँच्चै बुद्धि नभएको चाहिं को हो ? प्रचण्ड कि बाबुराम ? बाबुरामको बुद्धि छ कि छैन भनेर जाँच्न उनका पहल र परिणामहरूको फेहरिस्त लामो छ।
#onlinekhabar
www.onlinekhabar.com/2025/05/1688637/the-irrational-battl… -
Baburam Bhattarai reposted
Naya Patrika
@NAYA_PATRIKA
नेपाल गरिबी र बेरोजगारीको दुष्चक्रबाट माथि उठ्नसक्ने चरणमा छ : डा. भट्टराई www.nayapatrikadaily.com/news-details/168355/2025-05-23
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
भ्रान्त युवा र राजनीति
सञ्जीव कार्की लेख्छन् : युवालाई राजनीतिक दलहरूको प्रचारको साधन होइन, आलोचनात्मक चेत र परिवर्तनको संवाहक बनाइनुपर्छ ।
ekantipur.com/opinion/2025/05/23/misguided-youth-and-poli… -
Baburam Bhattarai
@brb1954
सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम छिटो सम्पन्न गरौं। नेपाल मानव अधिकार संगठन ( HURON) द्वारा आयोजित कार्यक्रममा मेरो मन्तव्यको अंश। www.facebook.com/share/v/16Jmd1g6Z9/
-
Baburam Bhattarai
@brb1954
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई हार्दिक बधाइ तथा शुभकामना !
लामो समयदेखि अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फस्दै आएको नेपाली अर्थतन्त्रलाई छिटो तीब्र अन्तरनिर्भर समृद्धिको दिशामा टेकअफ गराउन अनुत्पादक र आयातमुखी वाणिज्य क्षेत्रमा अल्झिएको ठूलो पैमानाको पूँजीलाई राष्ट्रिय औद्योगिक पूँजीमा रूपान्तरण गर्ने उपयुक्त वित्तीय तथा मौद्रिक नीति निर्माण र कार्यान्वयन गर्न सफलता मिलोस्! -
Baburam Bhattarai
@brb1954
गत जेठ १ गते विकट हुम्लाको तिलगाउँमा अकस्मात आएको बाढीको कारण उच्च हिमाली क्षेत्रमा 'थर्मोकाष्ट' वा अन्य कुनै प्रविधिक नामको प्रक्रिया जे भए पनि त्यो विश्वव्यापी र हिमाली क्षेत्रमा भएको तीव्र पर्यावरण विनाश र जलवायु परिवर्तनले ल्याएको संकटकै एउटा गम्भीर अभिव्यक्ति हो।
काठमाण्डौमा हालै सम्पन्न 'सगरमाथा सम्वाद' कै सेरोफेरोमा यो विपत्ति उद्घाटित हुनुले पनि 'तेश्रो ध्रुब' (Third Pole) भनिने हिमाली क्षेत्रको पर्यावरण संरक्षणको महत्व कति ठुलो र जरूरी भैसकेको छ भन्ने पुष्टी हुन्छ।
राज्यका तीनै तहका सरकारहरूले संयोजित ढंगले हुम्लाका पीडित जनतालाई तत्काल राहत/पुनर्स्थापना/पुनर्निर्माणका कार्य सम्पन्न गर्नुकासाथै पर्यावरण संरक्षणको मुद्दालाई विकासनिर्माण र जीवनचर्याको अभिन्न अंग बनाऊन्! नत्र भावी पुस्ताले हिमाल हैन नांगा पहाड मात्र देख्नेछन् , अथवा मरूभूमीकरणले मान्छे लगायत प्राणी जगत नै लोप हुनेछ।
स्मरण रहोस्, यही गम्भीरता वोध गरेर हामी नयाँ शक्ति अथवा अग्रगामी वैकल्पिक राजनीतिक अभियन्ताहरूले शुरू देखि नै वैकल्पिक अर्थ-राजनीतिक मोडेलको रूपमा 'आलोचनात्मक आधुनिकतावाद' (Critical Modernism) को विचार-दर्शनमा आधारित वृद्धि (Growth), वितरण (Distribution), दिगोपन (Sustainability) र खुशीपन (Happiness) सहितको ४-आयामिक विकाश/समृद्धिको नयाँ अवधारणा प्रतिपादन र अनुशरण गर्दै आएका छौं।
Setopati
@setopati
करिब ५४ सय मिटर उचाइमा रहेका ठाउँबाट बाढी उत्पत्ति भएकाले त्यस क्षेत्रका सुरक्षाकर्मी पुग्न सकेका छैनन्।
By @aksharkaka
www.setopati.com/social/359238 -
Baburam Bhattarai reposted
BRB Secretariat
@BRB_Secretariat
तपाईंहरूको प्रत्येक रन, प्रत्येक बलमा हाम्रो गर्व समेटिएको छ। अघि बढ, नेपाली खेलाडीहरु!
#nepali #cricket #nepalicricket #nepaliwomencricket -
Baburam Bhattarai
@brb1954
My address as a Chief Guest at the inauguration function of the Ambassadors' Club and other initiatives in Kathmandu. www.facebook.com/share/v/1EmsFSCpkB/
-
Baburam Bhattarai
@brb1954
देशभरबाट आएका लघुवित्त पीडितहरूका दर्दनाक समस्या सुन्दा देशमा अझै मध्ययुगीन सुदखोरी ( usury ) प्रथाभन्दा पनि क्रूर र अमानवीय शोषण-उत्पीडन नयाँ खोलमा विद्यमान रहेको अनुभूति भयो। झण्डै एक लाख जति कालोसूचीमा परेका, हजारौं फरार रहेका, सयौंले आत्महत्या गरेका र अधिकांश महिला रहेका तथ्य बुझ्दा आंग जिरिंग हुनु स्वाभाविक भयो।
राज्यले तुरून्त यी काम गरोस्:
- कार्यकारी निर्णयद्वारा अर्को व्यवस्था नभएसम्मकालागि सबै प्रकारका ऋणअसुली, कालोसूची,धरपकड आदि बन्द गरोस्।
- उच्चस्तरीय स्वतन्त्र आयोग बनाएर छोटो अवधिभित्र लघुवित्त ( प्लस मिटरब्याजी साहूकार ) क्षेत्रका सम्पूर्ण समस्याहरूको वस्तुनिष्ठ अनुसन्धान गरोस्।
- सम्पूर्ण लघुवित्त संस्थाहरूको राष्ट्रियकरण गरोस्। निश्चित रकमसम्मको ऋण पूर्ण मिनाहा, आंशिक मिनाहा र अन्यको पुनर्तालिकीकरण गरोस्। भूमीहीन, गरीब किसान र साना व्यवसायीलाई विना धितो निर्ब्याजी ऋण , शीपमूलक तालिम र उत्पादित वस्तुको बजारको उचित व्यवस्था गरोस्।
- बैंक तथा वित्त क्षेत्रको आमूल संरचनात्मक सुधार गरेर अहिलेको चरम वेथिति र अपचलनको अन्त्य गर्दै थुप्रिएर बसेको परजीवी वित्तीय पूँजीलाई उत्पादन तथा रोजगारीमूलक औद्योगिक पूँजीमा रूपान्तरण गरोस्।
नत्र ढिलोछिटो जनआक्रोशको बिष्फोटलाई कसैले रोक्न सक्नेछैन। -
Baburam Bhattarai
@brb1954
My conversation with Nehal Kumar Singh,an enlightened youth born in india and now happily settled in Canada, on the need and possibility of creating an alternative world. #alternativepolitics www.alterinter.org?Rethinking-Revolution-Migration-and-Na…
-
Baburam Bhattarai reposted
ujyaalo | उज्यालो
@ujyaalo
बाबुरामको प्रश्न–आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?
-
Baburam Bhattarai
@brb1954
देशको ढुकुटीको प्रमुख संवाहक र रक्षक मानिने राष्ट्र बैंकका गभर्नरको नियुक्ति बार्षिक बजेट र मौद्रिक नीति जारी गर्ने समय नजिकिदा समेत सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा परेर अलपत्र हुनु ज्यादै लज्जास्पद र निन्दनीय छ। के देश साँच्चै kakistocracy (भ्रष्ट र अयोग्यहरूको शासन) मा परिणत भएको हो? सचेत र सुशासन पक्षधर नागरिकहरू र जिम्मेवार राजनीतिक शक्तिहरूले वेलैमा खबरदारी गरौं।
-
Baburam Bhattarai reposted
Setopati
@setopati
बाबुरामको प्रश्न – आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौं भने राजनीति गरेको के अर्थ ?
www.setopati.com/politics/358732 -
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
#ratopati #baburambhattarai
www.ratopati.com/story/489747/question-to-baburam-doesnt-… -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
सकेला उभौलीको शुभकामना ।
-
Baburam Bhattarai
@brb1954
सन्दर्भ बुद्धजयन्ती: स्मरण ऐतिहासिक 'लुम्बिनी-संकल्प २०७४' ! हामी प्रतिबद्ध छौं, रहनेछौं !
-
Baburam Bhattarai reposted
BRB Secretariat
@BRB_Secretariat
नेसपा (नयाँ शक्ति) , प्रवास समितिको जुम मिटिङ मार्फत राजनीतिक/वैचारिक प्रशिक्षण गर्नुहुँदै अध्यक्ष डा. बाबुराम भट्टराई ।
-
Baburam Bhattarai
@brb1954
Full and immediate truce between India and Pakistan is a welcome development. Leaders of both the countries deserve appreciation for their foresighted decision. Let the remaining disputes be resolved through dialogue and permanent peace prevail in the region. @PMOIndia @ThePMOPAK
-
Baburam Bhattarai
@brb1954
अब्बल कथा, अब्बल निर्देशन, अब्बल अभिनय, अब्बल गीत/संगीत, अब्बल छायांकन सहितको अब्बल नेपाली फिल्म 'जार'को यो अब्बल समीक्षा ! अन्तर्राष्ट्रिय स्तरका यस्ता राष्ट्रिय चलचित्रहरूलाई राज्य, समाज र ब्यक्ति सबैले प्रबर्द्धन र संरक्षण गरौं।
Kantipur
@ekantipur_com
ऐतिहासिक ऐनामा अब्बल
गुरुङ सुशान्त लेख्छन् : प्रेमसम्बन्धमा मितेरी साइनो घुसेपछिका घटनाले कसरी सामाजिक–सांस्कृतिक–वैधानिक संकट ल्याइदियो भन्ने जीवन्त कथा हो– ‘जार’
ekantipur.com/koseli/2025/05/10/abel-in-the-historical-mi… -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना किन अलपत्र पारिदैछ? किन गोरखा र धादिंगका प्रभावित जनता भनिरहेछन्-'सपना बेचेर सरकार वेपत्ता भयो'? गत १२ बर्षदेखि पटकपटक सरकारमा बसेर देश र जनतालाई धोका दिनेहरू को हुन्?
जनताका यी आवाज सुनौं!
#savebudhigandaki #iamwithbudhigandaki -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
पूर्वराजा र राजभक्तका दुःख
खगेन्द्र संग्रौला लेख्छन् : पूर्वमौसुफलाई मेरो सविनय सल्लाह छ- इतिहासको मसानघाटमा सेलाइएको वंशतन्त्र फर्किनु वीरबलको खिचडी पाक्नुजस्तै हो
ekantipur.com/opinion/2025/05/07/sorrows-of-former-kings-… -
Baburam Bhattarai reposted
BRB Secretariat
@BRB_Secretariat
नेपाली चलचित्र ‘जार’ को भव्य प्रिमियर ललितपुरको लबिम मलमा सम्पन्न।
इन्द्रबहादुर राईको कालजयी कथा ‘जारः भएकै एउटा कथा’मा आधारित यो फिल्मको शोमा डा. बाबुराम भट्टराईको विशेष उपस्थिति।
“इतिहास बुझ्नकै लागि भए पनि ‘जार’ अवश्य हेर्नुपर्छ।” - डा. बाबुराम भट्टराई
#nepalicinema #jarmovie -
Baburam Bhattarai
@brb1954
नयाँ तथा वैकल्पिक राजनीति उन्नत 'विचार' र उन्नत 'विधि'मा आधारित हुनुपर्छ।
त्यसनिम्ति नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन र विधान अधिवेशनबाट पारित र हालै छुट्टाछुट्टै ग्रन्थमा प्रकाशित विचारको वाहक " वैचारिक राजनीतिक कार्यदिशा र घोषणापत्र" र विधिको वाहक "विधान र नियमावली २०८१" अवश्य पढौं! -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
संकीर्णताले एनआरएनएमा विभाजन आयो : पूर्वप्रधानमन्त्री भट्टराई
- एकता महाधिवेशनको उद्घाटन सत्रमा उनले भने, ‘अहिले एनआरएनएमा विभाजन देखिनुको अन्तर्य दलीय संकीर्णता हो ।’
ekantipur.com/news/2025/05/03/parochialism-led-to-divisio… -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
नीति तथा कार्यक्रम निरन्तरतामा आधारित : भट्टराई
- 'नीति तथा कार्यक्रम सामान्य रूपमा पास अंक ल्याउने भए पनि उच्चतम अंक प्राप्त गर्न नसक्ने खालको छ,' उनले भने ।
ekantipur.com/news/2025/05/02/policies-and-programs-based… -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
पास अंक आयो, प्रथम डिभिजन पनि आएन
www.onlinekhabar.com/2025/05/1673894/government-missed-op…
#policyandprogram2082 #नीति_तथा_कार्यक्रम_२०८२ #ramchandrapaudel #policiesandprograms #fiscalyear2082 -
Baburam Bhattarai
@brb1954
मलाई जवाहरलाल नेहरू विश्वविद्यालय (JNU) मा Ph D को सुपरिवेक्षण गर्ने गुरुआमा Prof. Atiya Habeeb Kidwai संग दिल्लीस्थित नेपाली राजदूतावासमा !
मानवतावाद कसरी राज्य, राष्ट्र, जाति, धर्म आदि मानवसिर्जित अवधारणाभन्दा माथि हुन्छ भन्ने प्रमाण म प्रधानमन्त्रीको रूपमा सन् २०११ अक्टोबरमा भारत भ्रमणमा जाँदा JNU मा आयोजित एक कार्यक्रममा वहाँले दिनुभएको स्वागत भाषण हो। जसलाई सम्झदा र पढ्दा मेरा आँखा सधैं रसाउने गर्छन्।
( हेर्नोस् BABURAM: A Visionary Rebel by Dr Mukti Rijal, BELA PUBLICATIONS, Kathmandu,2024) -
Baburam Bhattarai
@brb1954
A part of my presentation at the Press Club of India, New Delhi on April 28, 2025.
-
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
‘श्री ५ का बाउबाजेले राज गरेर यो देशलाई कंगाल पारेका होइनन् ? अनि तिनले आफ्नै कारणले गर्दा वंशनाश भएर सिद्धिने, अनि तिनलाई ल्याउने कुरा हुँदैन । समस्या भनेको हाम्रा अहिलेका श्री ३ हरूमा हो,’ उनले भने ।
#onlinekhabar
Read_more- www.onlinekhabar.com/2025/05/1673077/baburams-comment-mr-… -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
अन्तराष्ट्रिय श्रमिक दिवस, May 1 को सम्पुर्ण श्रमिकहरुलाई शुभकामना व्यक्त गर्दछौं ।
-
Baburam Bhattarai
@brb1954
अन्तर्राष्ट्रिय श्रमिक दिवस ( May 1st) हर्षोल्लासकासाथ मनाऊँ। नेपाल र विश्वभरका गरिखानेहरूको पक्षमा आवाज उठाऊँ!
Happy May Day to all the workers of the world ! -
Baburam Bhattarai
@brb1954
संविधान र कानूनको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालतका एकजना 'अधिकृतको अनाधिकृत पत्र' को आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको प्रस्तावित एकतास्थलबाट नाटकीय ढंगले पक्राउ गर्नु र केही घण्टापछि छोड्नुले नेपाल राज्य र राजनीतिको अत्यन्त कुरूप चित्र प्रस्तुत गर्छ। यो अत्यन्त निन्दनीय, आपत्तिजनक र रहस्यमय छ।
तराई-मधेश जस्तो देशको अत्यन्त महत्वपूर्ण र संवेदनशील क्षेत्रमा प्रमुख शक्तिको रूपमा उदाएका यी दुइ दलहरूको एकता प्रक्रियाको पूर्वसन्ध्यामा अत्यन्त नाटकीय ढंगले घटेको ( वा घटाइएको?) यो प्रकरणको शीघ्रातिशीघ्र निष्पक्ष छानवीन गरेर सत्यतथ्य जनसमक्ष ल्याउनु अत्यन्त जरूरी छ।
सम्बन्धित निकाय र पक्षहरूको ध्यान पुगोस्! -
Baburam Bhattarai
@brb1954
My remarks at the Press Club of India interactions with the media persons in New Delhi. The PM s of Nepal and India should sit together and resolve all outstanding issues through dialogue. www.hindustantimes.com/india-news/pms-of-india-nepal-shou…
-
Baburam Bhattarai
@brb1954
'Dead monarchy cannot be resurrectd. It will create more conflict and instability.' nepalmonitor.com/2025/04/29/nepal-ex-pm-warns-against-mon…
-
Baburam Bhattarai
@brb1954
My interaction with media persons in Delhi: PMs of Nepal and India should hold talks and resolve all outstanding issues. Now the focus should be on economic cooperation.The dead monarchy in Nepal cannot be resurrected and is of no use to anybody. www.newindianexpress.com/nation/2025/Apr/28/high-time-ind…
-
Baburam Bhattarai
@brb1954
It was a great pleasure to meet with my Ph.D. superviser Prof. Atiya Habeb Kidwai at the Nepal Embassy in New Delhi. Had a scholarly discussion with her and the Nepali Ambassador Dr Shankar Sharma over lunch. Thank you Nepal Embassy in New Delhi for the hospitality! #nepalindiafriendship
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
दिल्लीमा राजनीतिक र कूटनीतिक भेटघाटलाई तीव्र बनाइरहेका पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईसँगको कुराकानी । भन्छन्– 'बीजेपी नेताहरुमा गणतान्त्रिक प्रणाली ढल्न लागेको हो कि भन्ने चासो रहेछ'
@gangabc
ekantipur.com/Interview/2025/04/28/bjp-leaders-are-concer… -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
उनले भनेका छन्, ‘नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन र नागरिक असन्तोष ओली सरकारप्रति हो, लोकतन्त्रप्रति होइन ।’
#onlinekhabar
www.onlinekhabar.com/2025/04/1670949/baburam-said-in-delh… -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
दिल्लीमा भेटघाटमा सक्रिय बाबुराम, भेटे ४ पूर्वराजदूत
#onlinekhabar
www.onlinekhabar.com/2025/04/1670996/baburam-active-in-me… -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
Had very cordial and fruitful meetings with good old friends Dr Murli Manohar Joshi ( past President of the Ruling Party BJP, former Union Minister and renowned scholar) and Shri Jairam Ramesh ( fomer Union Minister, current MP of Rajya Sabha and senior leader of the main Opposition Party INC ) in New Delhi.
A range of issues of mutual interests to further enhance Nepal-India relations were discussed. We unequivocally condemned the recent terrorist attacks in J&K and expressed our solidarity with the people and Government of India.
#nepalindiarelations #terroristattack -
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत जाँदै www.ratopati.com/story/486515/former-prime-minister-dr-ba…
-
Baburam Bhattarai
@brb1954
२०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दू बारपाकमा फोटो पत्रकार प्रकाश तिमिल्सिनाद्वारा आयोजित भूकम्पसम्बन्धी फोटो प्रदर्शनीको पूर्ण सफलताको हार्दिक शुभकामना!
१० बर्षपछि पनि बारपाककै भूकम्पपीडित दलितहरूको स्थायी बसोबासको ठेगान नहुनु अत्यन्त दुःखद र विडम्वनापूर्ण छ। अन्यत्र पनि यस्तै स्थिति हुनसक्छ। सम्बन्धित निकायको ध्यान पुगोस्। -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
‘तीन नेता नसुध्रिए ज्ञानेन्द्रकै हबिगत हुनेछ’
दोस्रो जनआन्दोलनमा भएको दमनको जाँचबुझका लागि गठित उच्चस्तरीय आयोगका संयोजकसमेत रहेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीसँग कान्तिपुरका @Bodhighanashyam गरेको कुराकानी :
ekantipur.com/Interview/2025/04/24/if-the-three-leaders-d… -
Baburam Bhattarai reposted
Hisila Yami
@HisilaPost
हाम्रो देशको बिशिस्टता बुझ्नकोलागि पनि पढ्नु पर्यो !
के पढ्ने, किन पढ्ने ? Hisila Yami youtu.be/NB8yd8Kdnv4 via @YouTube -
Baburam Bhattarai
@brb1954
American scholar Jeffrey Sach's observation on the new world order! twitter.us19.list-manage.com/track/click?u=50ec04f7fdd8f2…
-
Baburam Bhattarai
@brb1954
समकालीन नेपाली राजनीतिको तीतो यथार्थको गज्जब चित्रण! @ekantipur_com
यस्तै तमाशा दोहोर्याइरहने कि छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक आधारमा प्रत्यक्ष निर्वाचित संसदको व्यवस्था गरेर दिगो लोकतान्त्रिक स्थीरता सुनिश्चित गर्ने? -
Baburam Bhattarai
@brb1954
नेपालका ५ जना प्रतिष्ठित सार्वजनिक बौद्धिकहरूको यो युगान्तकारी महत्वको आलेख! देशको आत्मा जीवितै छ भन्ने ठोस प्रमाण! सबैले पढौं र आत्मसात गरौं!
संघीय लोकतान्त्रिक गणतन्त्रमा लागेका केही धमिराहरूलाई पन्छाउँदै र गणतन्त्रको विरोधमा टाउको उठाउन खोज्ने मुठ्ठीभर प्रतिगामी तत्वहरूलाई कुल्चदै प्रगतिपथमा निरन्तर अघि बढौं!
Kantipur
@ekantipur_com
सुशीला कार्की, केदारभक्त माथेमा, कृष्ण खनाल, विद्याधर मल्लिक र भोजराज पोखरेल लेख्छन् : दल र नेताको त विकल्प निस्कन्छ, तर राजनीति प्रणालीलाई नै धरापमा धकेल्ने कुरा हुँदैन, जनतामा राजनीतिक अलगाव बढ्नु भनेको कुनै निरंकुश र फासिस्ट शक्ति संघारमा छ भन्ने कुराको द्योतक हो
-
Baburam Bhattarai
@brb1954
गैरजिम्मेवार सरकार र असंवेदनशील शिक्षकहरूका कारण पचासौं लाख विद्यार्थीहरूको जीवन नै जोखिममा पर्नु अत्यन्त निन्दनीय छ। कति भयंकर विनाशकारी र क्रूर युद्ध त वार्तासम्वाद र लेनदेनबाट हल हुन्छ भने देशको अभिभावक सरकार र सबैलाई ज्ञानको ज्योति बाँड्ने गुरूहरू वीचको जुँगाको लडाइँ गम्भीर वार्ता र केही समयको अघिपछिबाट किन हल हुन सक्दैन?
सरकारलाई सबै माग पूरा गर्न गाह्रो भए पहिले सहमति भैसकेका कुरा तत्काल लागू गर्ने र बाँकी निश्चित अवधिभित्र गरिसक्ने प्रतिवद्धता गरे हुन्छ। गुरूहरूले पनि ' गुरू ब्रह्मा गुरू विष्णु गुरूदेव महेश्वर...' को जिम्मेवारीवोध गरेर आफ्नै सन्तान सरहका विद्यार्थीहरूको सुन्दर भविष्यनिम्ति मुखैमा आएको १२ कक्षाको परीक्षा र भर्ना अभियान पछि पुनः आन्दोलन गर्ने अठोट गरेर अहिले एक कदम पछि हट्दा कुनै आकाश खस्दैन।
तर यो जुँगाको लडाइँले पहिले नै तहसनहस भैसकेको सार्वजनिक शिक्षाको दाहसंस्कार हुन पुग्यो र देश युवाविहीन हुन पुग्यो भने इतिहासले कसैलाई क्षमा गर्नेछैन। -
Baburam Bhattarai
@brb1954
अन्तर्राष्ट्रिय पहिचान प्राप्त सामाजिक अभियन्ता तथा समाजवादी विश्लेषक मीना पौडेल लिखित चर्चित पुस्तक "साहस : महिला बेचबिखन, बहिष्कार र प्रतिकार" वहाँकै हातबाट ग्रहण गर्दा हर्षानुभूति !
-
Baburam Bhattarai
@brb1954
Happy 54th Independence and National Day to the friendly people and government of Bangladesh. It was a pleasure to attend the celebrations in Kathmandu. @ChiefAdviserGoB @bdoot_kathmandu
-
Baburam Bhattarai
@brb1954
नेपालमा अब आर्थिक विमर्शको 'सिजन' शुरू हुँदैछ!
एकातिर संसदको बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन आउँदैछ! त्यहाँ प्रि-बजेट, सरकारको आगामी बर्षको नीति तथा कार्यक्रम र बार्षिक बजेट प्रस्तुत हुनेछ। तीमाथि संसद भित्र र बाहिर रौंचिरा बहस हुनेछ।
अर्कोतिर, यो बर्ष सरकारले रामेश्वर खनालको नेतृत्वमा गठन गरेको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले भर्खरै बुझाएको चार सय बढी पृष्ठ लामो प्रतिवेदनमाथि पनि राष्ट्रिय बहस आवश्यक छ।
हाम्रा आर्थिक क्षेत्रका अहिलेसम्मका वहसहरू देशको मूलतः पूर्व-औद्योगिक (pre-industrial) र परनिर्भर (dependent) अवस्था ( जसलाई peripheral capitalism पनि भन्न सकिन्छ!)बाट औद्योगिक र अन्तरनिर्भर ( inter-dependent) अवस्थामा रूपान्तरण ( trnsformation) वा छलांग/उडान (take-off) को युगीन संरचनात्मक समस्या र समाधानको रूपमा भन्दा पनि सनातनी क्रमिक विकास र सतही सुधारको रूपमा मात्र हुने गरेका छन्।
यसलाई चिर्न मैले लामो समयदेखि राजनीतिक-अर्थशास्त्रीय कोणबाट नेपालको अल्पविकास ( underdevelopment) को ऐतिहासिक भौतिकवादी व्याख्या गर्दै पहिलो चरणमा नेपाललाई तीव्र गतिमा राष्ट्रिय औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्ने र समाजवाद-उन्मुख आत्मनिर्भर र अन्तरनिर्भर अर्थतन्त्रको जग निर्माण गर्ने कुरा गर्दै आएको छु। त्यसनिम्ति विकास/समृद्धिको पछिल्लो विकसित सैद्धान्तिक आधारको रूपमा 'आलोचनात्मक आधुनिकतावाद'(critical modernism) को अवधारणा प्रस्तुत गरेको छु । साथै नेपालको विकास-अल्पविकासका राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुकुल र प्रतिकुल पक्षहरूको विश्लेषण गरेको छु। र अन्त्यमा 'नेपालको विकास र समृद्धिको मार्गचित्र' निर्माण र प्रस्तुत गरेको छु।
त्यसैको सारसंक्षेपको रूपमा मैलै हालै एक क्याम्पसका विद्यार्थीहरू वीचमा विमर्श गरेको सामाग्री सार्वजनिक छलफलकानिम्ति यहाँ प्रस्तुत गरिएको छ ।
m.youtube.com/watch?v=ZdjyyFiVgRg -
Baburam Bhattarai
@brb1954
Happy 85th National Day to the friendly people and government of Pakistan. It was a pleasure to attend the sober and enlightening celebration program in Kathmandu.@CMShehbaz @abrarhashmi88 #nepalpakistanfriendship
-
Baburam Bhattarai
@brb1954
नयाँ बर्षले नेपाली जनतालाई सबै खाले राजा र रजौटाहरूबाट मुक्ति देओस्! अग्रगामी वैकल्पिक शक्तिहरू फस्टाउन्!देशमा सुशासन र समृद्धिको ढोका खुलोस्! नयाँ बर्ष २०८२ वि.स.को सबैमा हार्दिक शुभकामना!
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
२०५८ देखि २०६३ सालसम्मको सक्रिय शासनकालमा ज्ञानेन्द्र शाहले राज्य कब्जा गरी ढुकुटीमाथि लुट मच्चाएका थिए, मन्त्रिपरिषद्बाटै निर्णय गराएर समर्थकहरूलाई मनमौजी रूपमा आर्थिक सहायता तथा चन्दा बाँडेका थिए
@dipeshjee
ekantipur.com/opinion/2025/04/09/exploiting-the-royal-tre… -
Baburam Bhattarai
@brb1954
पुराना मित्र तथा भारतका सिनियर राजनीतिज्ञ श्री के सी त्यागीसंग काठमाण्डौमा अनौपचारिक तर उपयोगी भेटघाट! केही चिसिएको नेपाल-भारत सम्बन्धलाई द्विपक्षीय हितमा सुदृढ बनाउने विविध उपायवारे विमर्श!
Had an informal but fruitful chat with old friend and senior political leader of India, Shri K C Tyagi, in Kathmandu. A gamut of issues to strengthen the bilateral relations between Nepal and India for mutual benefits were discussed.
#nepalindiarelations -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
-
Baburam Bhattarai
@brb1954
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको आवश्यकतावारे अन्तरसम्वाद! www.facebook.com/share/p/15TiXPRZRL/
-
Baburam Bhattarai
@brb1954
अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ- ' Those who cannot remember history are condemned to repeat it.' ( अर्थात् जसले इतिहासलाई सम्झन सक्दैनन्, उनीहरू त्यसलाई दोहोर्याउन अभिशप्त हुन्छन्।)
नेपालमा अहिले दलहरूको नेतृत्वमा नै राजा-रजौटा प्रवृत्ति हावी भएकाले बरू पुरानै मृत राजतन्त्रलाई किन नब्युँताउने? भन्ने हास्यस्पद कुतर्क केही वृत्तमा चल्न थालेको छ। यस्तै कुराको खण्डन गर्दै मैले २०६१ माघ ६ गते ( तत्कालीन राजा ज्ञानेन्द्रले प्रम देउवालाई बर्खास्त गरेर सम्पूर्ण सत्ता हातमा लिएको माघ १९ गते भन्दा १३ दिन अगाडि मात्र!) कान्तिपुर दैनिकमा " राजा-रजौटा प्रवृत्ति र लोकतन्त्र" भन्ने लेख प्रकाशित गरेको थिएँ।
त्यसैलाई वहाना बनाएर प्रचण्डले हामीलाई तत्कालै माघ १६ गते पार्टीभित्र कार्वाही गरेका थिए। जुन अब इतिहास भैसकेको छ।
नयाँ पुस्ताले यो इतिहास ख्याल गरोस् भनेर सो चर्चित लेख यहाँ पुनः प्रस्तुत गरिएको छ। (श्रोत: बाबुराम भट्टराई,२०६३, राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र, जनध्वनि प्रकाशन, काठमाण्डौ ) -
Baburam Bhattarai
@brb1954
Another brilliant piece by Jeffery Sachs on flawed trade policies of @POTUS . It could be an eye-opener for other reckless leaders across the world. twitter.us19.list-manage.com/track/click?u=50ec04f7fdd8f2…
-
Baburam Bhattarai reposted
NagarikNews
@nagarik_news
‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग संवाद गर्दै भट्टराईले राजावादी गतिविधि र नेपालको अविकासलगायतका विविध पक्षबारे विश्लेषण गरेका छन्।nagariknews.nagariknetwork.com/interview/1470806-17437371…
-
Baburam Bhattarai
@brb1954
अहिले देशमा पुनः एक पटक ऐतिहासिक रूपले मरिसकेको राजतन्त्रको भूत जगाएर आफ्नो सामरिक स्वार्थ पूरा गर्ने बाह्यशक्ति र संघीय लोकतान्त्रिक गणतन्त्रबाट आफ्नो लूटको स्वर्ग गुमेकोमा मुर्छित आन्तरिक प्रतिगामी शक्तिहरूले कुशासन र अल्पविकासको निरन्तरताबाट विरक्तिएका सर्वसाधारण जनतालाई राजतन्त्र पुनर्स्थापनको विषाक्त ललीपप बाँड्ने कुचेष्टा गरिरहेछन्।
गत चैत्र १५ गते काठमाण्डौमा प्रदर्शन गरिएको अपराधिक प्रतिक्रान्तिकारी रिहर्सल त्यसैको एउटा कडी हो।
यस सन्दर्भमा कुख्यात दरबार हत्याकाण्ड लगत्तै पछि मैले लेखेको र २०५८ असार १९ गतेको 'जनादेश साप्ताहिक' मा प्रकाशित र मेरो लेखसंग्रह ( राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र, जनध्वनि प्रकाशन, २०६३ ) मा संकलित आलेख "राजतन्त्रलाई हेर्ने दृष्टिकोणवारे" यहाँ पुनः प्रस्तुत गरेको छु। -
Baburam Bhattarai reposted
Guna Raj Luitel
@gunaraj
माओवादीले #गणतन्त्र ल्यायो, समृद्धिका लागि नयाँ समाजवादी शक्ति चाहिन्छ: डा. भट्टराई | #brb #nagarikfrontline nagariknews.nagariknetwork.com/politics/1470633-174360396…
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai reposted
The Kathmandu Post
@kathmandupost
OPINION: Why Dalits hate kingship
The only alternative to the republic is a more responsible one free from Brahmanism.
kathmandupost.com/columns/2025/04/01/why-dalits-hate-king… —by @MitraPariyar -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दछौं ।
-
Baburam Bhattarai reposted
Nepalkhabar
@nepalkhabar
हिंसात्मक गतिविधिको सशस्त्र प्रतिवाद गरौँ: नेसपा नयाँ शक्ति nepalkhabar.com/politics/231466-2025-3-28-22-35-14
-
Baburam Bhattarai
@brb1954
अहिले देशमा पुनः एक चोटि गणतन्त्र र राजतन्त्रको सार्वजनिक बहस भैरहेको सन्दर्भमा मैले २०४७ असोज ५ गते त्यो वेलाको नयाँ सम्विधान जारी हुने पूर्व सन्ध्यामा तत्काल सबभन्दा लोकप्रिय "साप्ताहिक विमर्श" मा प्रकाशित गरेको लेख "गणतन्त्र 'कम्युनिष्ट' नारा होइन" यहाँ पोष्ट गरेको छु। ( श्रोत: वेलाबखतका कुरा,२०४७)
-
Baburam Bhattarai
@brb1954
आज सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसंग राष्ट्रपति निवासमा भेटेर देशको समसामयिक परिस्थितिवारे सम्वाद गर्ने सुअवसर प्राप्त भयो।
देशको प्रमुख अभिभावकको नाताले राष्ट्रपतिज्यूमा लोकतान्त्रिक राज्यप्रणालीमा स्वाभाविक रूपमा वेलावखत देखापरिरहने राजनीतिक,आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी सम्वाद र सहमतिबाट हल गरून् र जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरून् भन्ने सदीक्षा रहेको अनुभूति भयो।
सबै जिम्मेवार राजनीतिक दल र नेतृत्वको ध्यानाकर्षण होस्। -
Baburam Bhattarai reposted
Setopati
@setopati
म भएको भए कुलमानलाई पूरा कार्यकाल चलाउन दिन्थेँ- बाबुराम भट्टराई
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai reposted
BRB Secretariat
@BRB_Secretariat
वैकल्पिक राजनीति भनेको थप एक थान परम्परागत बाली लगाउनु होइन, बरु नयाँ बीउ रोपेर नयाँ फल फलाउनु हो।” -: डा. बाबुराम भट्टराई
लुम्बिनी प्रदेशद्वारा आयोजित नेसपा(नयाँ शक्ति) को प्रथम महाधिवेशन भाव सम्प्रेषण तथा प्रसंसा अभियान उद्घाटन कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। #brb #brb -
Baburam Bhattarai reposted
NepalPress
@NepalPressnp
राजतन्त्र भूत हो, फर्किँदैन: बाबुराम भट्टराई
#nepalpress
www.nepalpress.com/2025/03/22/574278/ -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
भ्रष्टाचारको दुश्चक्रले जनता निराश : बाबुराम भट्टराई ekantipur.com/news/2025/03/22/people-are-disappointed-by-…
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को प्रथम महाधिवेशनबाट पारित राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पढ्नको लागि यहाँ स्क्यान गर्नुहोस्।
-
Baburam Bhattarai reposted
Himal Press
@HimalPress
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक परिवर्तनका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्। @brb1954 himalpress.com/2025/03/210396/
-
Baburam Bhattarai reposted
Himal Press
@HimalPress
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा विद्यमान समस्या समाधान र लोकतान्त्रिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अपरिहार्य रहेको बताएका छन्। #himalpress
himalpress.com/2025/03/210208/ -
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
नेसपा नयाँ शक्तिद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रदर्शन, तस्बिरहरू www.ratopati.com/story/479511/protest-by-nesp-naya-shakti…
-
Baburam Bhattarai reposted
Setopati
@setopati
नागरिक हौं, रैती होइनौं भन्दै नेसपा (नयाँ शक्ति) को प्रदर्शन (तस्बिरहरू)
www.setopati.com/politics/353812 -
Baburam Bhattarai
@brb1954
तीन दलका छोटे राजाहरूको भ्रष्ट र अलोकतान्त्रिक हर्कतबाट वाक्कदिक्क भएर मृत राजतन्त्र ब्यूँताउन खोज्नेहरूको पछि लाग्नु भनेको कराईबाट उम्केको माछो पुनः भुंग्रोमा खस्नु जस्तै हो!
देशको वर्तमान गम्भीर संरचनात्मक समस्याको दीगो समाधान भनेको राष्ट्रिय सहमति कायम गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसदको व्यवस्था गर्न संविधान संशोधन गर्नु नै हो। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले संसद बाहिरबाट योग्य मन्त्रीहरू नियुक्त गर्ने र संसद कानून बनाउने र सरकारलाई खबरदारी गर्ने काममा केन्द्रित हुने प्रणाली भयो भने मात्रै देशमा राजनीतिक स्थीरता, सुशासन र समृद्धि हासिल हुनसक्छ।
त्यसनिम्ति 'राजनीतिक अस्थीरताको दिगो ओखति, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति' मूल नारा सहित अघि बढाउन लागिएको राष्ट्रिय अभियानमा सबै देशभक्त, प्रगतिशील, लोकतान्त्रिक शक्तिहरू सक्रिय सहभागी बनौं!
मिति- चैत ६ गते
समय- दिउँसो १.० बजे
स्थान- माइतीघर मण्डला, काठमाण्डौ -
Baburam Bhattarai reposted
Himal Press
@HimalPress
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको आवश्यकता अझै बढिरहेको बताएका छन्। #himalpress
himalpress.com/2025/03/208430/ -
Baburam Bhattarai
@brb1954
आज मार्च १४ - अचम्भको स्मरणयोग्य दिन!
सन् १८७९ मार्च १४ - भौतिक विज्ञानका श्रेष्ठतम व्यक्तित्व Albert Einstein को जन्म!
सन् १८८३ मार्च १४ - सामाजिक विज्ञानका श्रेष्ठतम व्यक्तित्व Karl Marx को मृत्यु!
सन् २०१८ मार्च १४ - हाम्रो पुस्ताका भौतिक विज्ञानका श्रेष्ठतम व्यक्तित्व Stephen Hawking को मृत्यु!
अर्को गजब संयोग वा समानता - ती सबै समाजवादी विचारका पक्षधर!
यी महामानवहरूलाई हार्दिक सम्मान! -
Baburam Bhattarai
@brb1954
केही पुराना 'कम्युनिष्ट' घटकहरूले मौसमी रूपमा एक ठाउँमा उभिएर आफुलाई 'समाजवादी मोर्चा' भन्ने गरेका छन्। 'कम्युनिष्ट' हरूको मात्र मोर्चा भएपछि त्यसलाई 'कम्युनिष्ट मोर्चा' भने भैहाल्थ्यो। यदि 'कम्युनिष्ट' भन्न लाज लागेको भए र 'समाजवादी' भन्नु उपयुक्त ठानेको भए पार्टीको नाम नै 'समाजवादी' राखे भैहाल्थ्यो!
कि 'कम्युनिष्ट' भनेर कार्यकर्तालाई ठग्ने, अनि 'समाजवादी' भनेर जनतालाई ठग्ने दोहोरो चाल हो? यसरी दुइवटा डुंगामा खुट्टा राखेर कता पुगिएला?
यो भयंकर वैचारिक र नैतिक विचलन हो। यसको सट्टा विगतका कम्युनिष्ट आन्दोलनका अनुभव र नयाँ युगको नयाँ आवश्यकता अनुरूप उत्तर-पुँजीवादी र उत्तर-साम्यवादी वैचारिक-राजनीतिक विकल्प खोज्नेतिर लाग्ने हो कि?
त्यसनिम्ति सार्थक वहस हेतु नेसपा (नयाँ शक्ति) को हालै सम्पन्न प्रथम महाधिवेशनद्वारा पारित दस्तावेज "नयाँ युगको नयाँ कार्यभार: वैकल्पिक राजनीतिको औचित्य र आधार" बाट उद्धृत अंश "समुन्नत समाजवादको वैचारिक-राजनीतिक मार्ग निर्देशन" यहाँ प्रस्तुत गरिएको छ। -
Baburam Bhattarai
@brb1954
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान गर्दै आएका दीपक रौनियार निर्देशित पछिल्लो चलचित्र "राजागंज" ( चैत १ गतेबाट सार्वजनिक प्रदर्शन हुँदै!) लाई सरकारको दबाबमा महत्वपूर्ण अंश काट्ने गरी सेन्सर गरिनु आपत्तिजनक छ।
पछिल्लो मधेश आन्दोलनको पृष्ठभूमिमा क्राइम थ्रिलर विधामा निर्मित यो यथार्थवादी चलचित्रलाई राज्य लगायत सबैले प्रोत्साहन गर्नुपर्नेमा विभिन्न ढंगले निरूत्साहित गर्दा देश, समाज र सरकारलाई झन् प्रत्युत्पादक हुनेछ।
संविधान र कानूनले प्रत्याभूत गरेको सबै प्रकारको अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि वहानामा कुन्ठित गरिनु लोकतन्त्रको हितमा हुँदैन। -
Baburam Bhattarai
@brb1954
देशमा गम्भीर वैचारिक-राजनीतिक वहसको संस्कार हराउँदै गएको, आम जनता र विशेषतः नयाँ युवाहरूमा राजनीतिप्रति वितृष्णा बढ्दै गएको र त्यो धमिलो पानीमा माछा मार्न प्रतिगामी शक्तिहरू सलबलाउन थालेको स्थितिमा विभिन्न राजनीतिक दल, सार्वजनिक बौद्धिक लगायतका वीचमा निकै सार्थक अन्तरसम्वाद।
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
अहिले रिकभर गरिएको छ ।
RatoPati
@Rato_pati
पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पेज ह्याक भएको सचिवालयको दाबी www.ratopati.com/story/477908/secretariat-claims-that-for…
-
Baburam Bhattarai
@brb1954
निकै दिनपछि पुस्तक पसल पुगेर मन लागेका पुस्तकहरू छानेर किनियो!
खाशगरी " The Book of Why: The Science of Cause and Effect" वर्तमान विश्व र नेपाली सन्दर्भमा निकै उपयोगी लाग्यो।
संसारका विभिन्न देशहरूमा किन निरंकुशतावादी, नश्लीय-राष्ट्रवादी, धार्मिक-कट्टरपन्थी शासक र दलहरू उदाइरहेछन्? किन हाम्रो नेपालमै अस्तिमात्रै जननिर्वाचित संविधानसभाबाट विधिवत् दाहसंस्कार गरिएको निरंकुश,थोत्रो राजतन्त्रको भूत जगाउने मिथ्या प्रयासमा केही मान्छे बरालिइ रहेछन्?
यो सबैको अन्तर्यमा अर्थ-राजनीतिक, सामरिक कारण भए पनि आम रूपमा औसत मान्छेमा रहेको त्यसलाई बुझ्ने सही वैज्ञानिक चिन्तन र दृष्टिकोणकै अभाव हो। जीवन र जगतका समस्या वा अन्तर्विरोधहरूलाई बुझ्न र हल गर्न तिनलाई जन्माउने तत्वहरूवीचको कार्य-कारण ( cause & effect ) सम्बन्धलाई ठम्याउन नसक्नु हो। अर्थात् समस्याको 'के?' (What?) मात्र बुझ्नु तर मुख्य पक्ष 'किन?' (Why?) चाहिं ठम्याउन नसक्नु हो।
अनि मान्छे हजारौं बर्षसम्म भूतप्रेत र राजामहाराजा मानेर किन नबसोस् त! तर अबको वैज्ञानिक युगमा हामी त्यसो गर्न अभिशप्त छैनौं! -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
पूर्वराजाको स्वागतमा देखियो उदेकलाग्दो दृश्य
#onlinekhabar #former_gyanendra_shah
www.onlinekhabar.com/2025/03/1638382/a-shocking-scene-was… -
Baburam Bhattarai
@brb1954
एकादेशमा दुइवटा बिराला रहेछन्। बाटोमा हिंडदै जाँदा एउटा रोटीको टुक्रा फेला पारेछन्। कसले खाने भन्नेबारे निकैबेर गलफत्ती भएछ। रूखबाट एउटा बाँदरले यो लामो झगडा हेरेर बसेको रहेछ। रूखबाट ओर्लेर बाँदरले भनेछ- 'हे बिराला हो, किन झगडा गर्छौ? म तिमीहरू दुबैलाई बराबर बाँडिदिन्छु नि!' दुवैले 'हस्' भनेछन्।
बाँदरले रूखबाट तराजु लिएर आएछ। रोटीलाई दुई असमान टुक्रा पारेर तराजुमा राखेछ। दुबै लोभी बिरालाले मनमनै आश गरेछन्- ठूलो चाहिं टुक्रा मेरै भागमा पर्ला! तर धूर्त बाँदरले तराजु ढल्केपट्टिको ठूलो टुक्राको ठुलै अंश चुँडेर आफ्नै मुखमा हालेछ। अब तराजु अर्कोपट्टि ढल्केछ। फेरि ढल्केपट्टिको टुक्राको ठूलो अंश चुँडेर बाँदरले आफ्नो मुखमा हालेछ। तराजु अर्कोपट्टि ढल्कने नै भयो। यस्तो चक्र बाँदरले पटक पटक दोहोर्याउँदै गएछ। मूर्ख बिरालाहरू फेरि पनि आश गरेर बस्दैगरेछन्।
अन्त्यमा एउटा सानो टुक्रा मात्र बाँकी बचेछ। अझै पनि लोभी र मूर्ख बिरालाहरू त्यो टुक्रा त बाँदरले उसैलाई देला भन्दै कुरेर बसेछन्। तर छट्टू बाँदरले भनेछ-'तिमीहरूकोनिम्ति मैले यति धेरै मेहनत गरें। यो सानो टुक्रो त मैं खान्छु है!'
अन्तिम टुक्रो पनि मुखमाहाल्दै बाँदर तराजु बोकेर कुलेलम भएछ। मूर्ख र लोभी बिरालाहरू हेरेका हेरै भएछन्।
यो नीतिकथा वर्तमान नेपाली राजनीतिसंग मिल्दोजुल्दो हुन गएमा संयोग मात्र हुनेछ! -
Baburam Bhattarai reposted
Deshsanchar
@deshsanchar1
लोकतन्त्रलाई कमजोर पार्ने र पछाडि फर्काउने हर्कतविरुद्ध सबै एकजुट हौँः डा भट्टराई deshsanchar.com/2025/03/08/1020624/
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
यहाँहरु सबैलाई हार्दिक निमन्त्रणा छ ।
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
सम्पुर्ण देशभक्त, न्यायप्रेमी तथा अग्रगामी जनसमुदायहरुलाई शुभकामना ।
-
Baburam Bhattarai
@brb1954
उन्नत लोकतन्त्र भनेको सिद्धान्तमा मात्र ' Government of the people, by the people, for the people..' ( Abraham Lincon, November 19, 1863) हैन, जीवन्त व्यवहारमा नै 'जनताको, जनताद्वारा, जनताकोनिम्ति सरकार' हो। कुनै अनिर्वाचित जन्मजात राजा वा सैनिक तानाशाहको शासन हैन।
'जनता' भनेको विभिन्न वर्ग, लिंग, जाति, धर्म, क्षेत्र, समुदायमा विभाजित नागरिकहरूको समष्टी हो। तसर्थ उन्नत लोकतन्त्र भनेको पूर्ण रुपले समानुपातिक र समावेसी लोकतन्त्र हो।
अनि उन्नत लोकतन्त्र भनेको आवधिक चुनावमा पार्टी नेतृत्वले छानेको उम्मेदवारलाई भोट हाल्ने, प्रतिनिधि चुनेर पठाउने र मतदाता चूप लागेर बस्ने प्रतिनिधिमूलक संसदीय लोकतन्त्र मात्र हैन, (क) प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने, (ख) उम्मेदवारहरू कुनै पनि ठीक नलागे None Of The Above (NOTA) अर्थात नो भोट को प्रयोग गर्नसक्ने, (ग) निर्वाचित प्रतिनिधिले ठीक काम नगरे निश्चित विधि अनुसार वीचैमा फिर्ता बोलाउन सक्ने (Right to Recall) प्रावधान भएको प्रणाली हो।
साथै नेपालको अहिलेको ठोस सन्दर्भमा भन्नु पर्दा, उन्नत लोकतन्त्र भनेको संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यन्त्री रहने, राष्ट्रपति र मुख्यमन्त्रीले संसद/प्रदेशसभा बाहिरबाट योग्य व्यक्तिहरूको मन्त्रीपरिषद गठन गर्ने, संसद र प्रदेशसभा सदस्यहरू व्यवस्थापकीय र सरकारलाई सचेत गराउने काममा केन्द्रित रहने प्रणाली हो।
उन्नत लोकतन्त्र समय र स्थानको आवश्यकता अनुसार निरन्तर विकसित हुदै जाने प्रणाली हो। अतः कुनै पनि वहानामा लोकतन्त्रको विकल्प कुनै राजतन्त्र हैन अझै उन्नत र परिमार्जित लोकतन्त्र नै हो। -
Baburam Bhattarai
@brb1954
प्रसिद्ध दार्शनिक Voltaire को रोचक भनाइ छ- 'The more often a stupidity is repeated, the more it gets the appearance of wisdom'. ( अर्थात् कुनै मूर्खतापूर्ण कुरालाई जति धेरै पटक दोहोर्यायो, उती त्यो बुद्धिमत्तापूर्ण कुरा जस्तो लाग्न थाल्दछ।)
केही समय यता बढो प्रायोजित ढंगले सामाजिक संजाल र सडकमा जसरी लोकतान्त्रिक गणतन्त्र भन्दा वंशानुगत राजतन्त्र राम्रो हो र देशका सबै राजनीतिक,आर्थिक समस्याको समाधान राजतन्त्रको पुनर्स्थापनाले मात्र हुन्छ भन्ने भाष्य आक्रामक रूपमा स्थपित गर्न खोजिदैछ त्यसले सोझा जनता मात्र हैन बौद्धिक र युवा जमातलाई समेत भ्रमित पार्न खोज्दैछ। त्यो एकदम रहस्यमय र बिडम्वनापूर्ण मात्र छैन देशको अस्तित्व तथा जनताको भविष्यनिम्ति समेतअत्यन्त खतरनाक छ।
हो, आज देशमा गम्भीर समस्या छन्। राजनीतिक, आर्थिक, सामरिक, सामाजिक लगायत सबै क्षेत्र संकटग्रस्त छन्। पुराना स्थापित राजनीतिक दल र तिनको नेतृत्वप्रति जनअसन्तुष्टी व्यापक छ। खाशगरी युवा पुस्ता ज्यादै निराश र आक्रोशित छ।
हामी स्वयम् तिनै समस्याको समाधाननिम्ति केही समयदेखि समग्र राजनीतिकै अग्रगामी पुनर्संरचना र वैकल्पिक राजनीतिक
शक्ति निर्माण अभियानमा जुटेका छौं।
परन्तु अहिलेको अत्याधुनिक ज्ञानविज्ञान र ए.आइ. लगायतका प्रविधि तथा मान्छेमा निहीत बुद्धिविवेक प्रयोग गरेर शोधअनुसन्धान गर्दा कुनै पनि तथ्य, तर्क र सूचकले लोकतान्त्रिक गणतन्त्रकाल भन्दा वंशानुगत राजतन्त्रकाल श्रेष्ठ थियो र हुनसक्छ भन्ने पुष्टी गर्दैन। अन्तिम राजा ज्ञानेन्द्रको भूमिका, क्षमता, चरित्र सबैको निष्पक्ष सम्परीक्षण गर्दा उनी देशको समस्याको समाधान हैन झन् ठुलो समस्या र खतरा हुने तथ्य नै स्थापित हुन्छ।
बरू कथंकदाचित भित्री र बाहिरी शक्तिहरूको साँठगाँठले बलजफ्ती राजतन्त्रको पुनर्स्थापना हुने हो भने त्यसले निर्वााचित संविधानसभाबाट बनेको नेपाली इतिहासकै पहिलो संविधानको हत्या हुने, इतिहासमा पहिलो पटक प्राप्त जनतामा निहीत सार्वभौमसत्ता गुम्ने, बहुजातीय बहुभाषिक मुलुकमा बल्लतल्ल प्राप्त संघीयता पुनः गुमेर देश जातीय द्वन्दमा फस्ने, छिमेकी र विश्वका शक्तिकेन्द्रहरूले आआफ्नो सामरिक स्वार्थको दुहाइ दिंदै संवेदनशील हिमाली क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप गर्ने र देश अन्त्यहीन सशस्त्र द्वन्द्वमा फस्ने गम्भीर खतरा पो रहन्छ!
यो खतरनाक परिदृश्यको आंकलन आफुलाई 'राष्ट्रवाद' को जन्मजात ठेकेदार मान्ने पूर्व राजा, तिनका आसेपासे र हिमाली क्षेत्रमा सुरक्षा चासो राख्ने बाहिरी शक्तिकेन्द्रहरूले गर्नुपर्छ कि पर्दैन? तुच्छ क्षणिक गद्दीको लोभमा परेर आफ्ना पुर्खाहरूले आर्जेको मुलुकको सार्वभौकिता र स्वाधीनता नै गुमाउने कलंकको भारी बोक्न ज्ञानेन्द्र शाह तयार भएकै हुन्? छिमेककै सिक्किम र भुटान र अलि परका युक्रेन लगायतबाट पाठ सिक्नुपर्छ कि पर्दैन? अमेरिकी राष्ट्रपति ट्रम्पले हाकाहाक्की प्यालेस्टाइनको गाजा, ग्रीनल्याण्ड, पनामा नहर लगायत कब्जा गर्ने धम्की दिएबाट अहिलेको संसार कति खतरनाक दिशातिर उन्मुख छ भन्ने यी राजावादीहरूले बुझ्नुपर्छ कि पर्दैन? 'विचारभन्दा माथि देश' भन्नेहरूले के सोच्दै होलान्?
अतः इतिहासको यो संगीन घडीमा देशलाई माया गर्ने सबैले छातीमा हात राखेर ममः भनौं! भोक लाग्यो भनेर विष नखाऊँ! वलिदानी संघर्षबाट प्राप्त हाम्रो संविधानका चार स्तम्भ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्रमध्ये कुनै एक स्तम्भ ढल्दा पूरै संविधान ढल्नसक्छ भन्ने हेक्का राखौं! 'राजा' हुने सपना देख्नेहरूले बरू संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने आँट गरून्! लोकतन्त्रको विकल्प राजतन्त्र हैन झन् उन्नत लोकतन्त्र हो भन्ने बुझून्! -
Baburam Bhattarai reposted
Hisila Yami
@HisilaPost
यति धेरै प्रविधि चलाएर पनि एक्लो मानिस : डा. दोभान राई | Dr.Dovan Rai | ... youtu.be/VHwzyguxLyk via @YouTube
-
Baburam Bhattarai
@brb1954
यूक्रेन,मध्यपूर्व लगायतले संकेत गरिरहेको वर्तमान विश्वको भयावह संकट र उत्तिकै उज्ज्वल सम्भावनावारे वर्तमान युगका अगुवा चिन्तक प्रा. जेफ्री साक्सको अर्को एउटा उत्कृष्ट अनुभवसिद्ध विश्लेषण र संश्लेषण सबै गम्भीर पाठक र नीतिनिर्माताहरूले अवश्य पढून् र आत्मसात गरून्। नत्र पछुताउनु पर्ला।twitter.us19.list-manage.com/track/click?u=50ec04f7fdd8f2…
-
Baburam Bhattarai
@brb1954
यूक्रेनको घटनाबाट पुनः एक पटक प्रष्ट भएको छ कि अन्तर्राष्ट्रिय सम्बन्धमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैन र आआफ्नो राष्ट्रिय स्वार्थ नै अन्ततः निर्णायक हुन्छ। साथै युक्रेन, नेपाल जस्ता ठूला शक्ति केन्द्रहरूको साँधमा रहेका देशहरूले आफ्नो स्वाधीनता र राष्ट्रिय हितको रक्षानिम्ति कसैको उक्साहट र आवेगमा आएर हैन कि दीर्घकालीन हित र शक्तिसन्तुलनको आँकलन गरेर कसैप्रति आश्रित नभई वा स्थायी दुश्मनी नगरी सबैसंग सन्तुलित सम्बन्ध राख्नुपर्दछ।
Rapid Response 47
@RapidResponse47
WATCH IN FULL: All 46 minutes of the Oval Office meeting between President Donald J. Trump and President Zelenskyy
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai reposted
Rapid Response 47
@RapidResponse47
WATCH IN FULL: All 46 minutes of the Oval Office meeting between President Donald J. Trump and President Zelenskyy
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai reposted
Collin Rugg
@CollinRugg
Here is the full 50-minute conversation between President Trump and President Zelensky.
There are a lot of politicians claiming Zelensky was "ambushed."
There was a full 40 minutes of dialogue before the "fireworks" started.
The president insisted throughout the first 40 minutes that he was focused on peace.
Zelensky responded by strongly pushing back on a ceasefire with Russia and demanded that Putin pay for the entire war.
JD Vance jumps in at the 40-minute mark to clarify the difference between Trump and Biden and their approach to the war.
This apparently ticked off Zelensky which is when the fireworks started.This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai reposted
Elon Musk
@elonmusk
Watch this carefully. Very important.
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
नेपाली युवाले आगामी दिनमा देशमै बसेर नोवेल पुरस्कार जित्ने काम गर्न सक्छन्। कसरी? यो छोटो भिडियो हेरौं/सुनौं!
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
देश विकास गर्न युवा विदेश हैन देशमै बस्नु पर्छ। पुराना राजनीतिक शक्तिलाई ढाल्न र नयाँ अग्रगामी वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न युवा मात्र सक्षम छ!
-
Baburam Bhattarai reposted
World of Statistics
@stats_feed
Best nature destinations:
1. 🇳🇵 Kathmandu, Nepal
2. 🇻🇳 Halong Bay, Vietnam
3. 🇪🇬 Hurghada, Egypt
4. 🇲🇺 Mauritius
5. 🇮🇩 Lombok, Indonesia
6. 🇺🇸 Kauai, US
7. 🇹🇿 Zanzibar Island
8. 🇰🇾 Grand Cayman
9. 🇬🇵 Guadeloupe
10. 🇿🇦 Kruger National Park, South Africa
According to Tripadvisor, 2024 -
Baburam Bhattarai
@brb1954
हालै सम्पन्न प्रथम पार्टी महाधिवेशन पछि मेरो स्वकीय सचिवालयमा निम्न बमोजिम पुनर्गठन र कार्यविभाजन भएको सबैमा जानकारीकालागि हार्दिक अनुरोध छ:
॰ रोशन पोखरेल (गोरखा): राजनीति, प्रशासन - ९८५११०२८८३
° रेखी गुरूंग (लमजुंग): व्यवस्थापन, सुरक्षा - ९८४९११०६१०
° अमित खनाल (रूपन्देही) : मिडिया, सूचना प्रविधि - ९८१२९९९७६१ -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
‘राजनीतिक दलहरू राज्य दोहन गर्न र कार्यकर्ता पाल्न केन्द्रित छन्’-
डा. बाबुराम भट्टराई
#onlinekhabar @brb1954
www.onlinekhabar.com/2025/02/1632752/the-middleman-said-w… -
Baburam Bhattarai
@brb1954
देशमा मडारिदै गएको संकटमा विभिन्न शक्तिहरूको दृश्य अदृश्य चलखेलवारे खबरदारी गर्ने बरिष्ठ पत्रकार उजीर मगरको यो अनुसन्धानमूलक विश्लेषण सबैले गम्भीरतापूर्वक अध्ययन र मनन गरौं।
अहिले कुनै दल वा व्यक्तिमाथि मात्र हैन जननिर्वाचित संविधानसभाबाट बनेको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डतामाथि प्रहार भैरहेछ। कुशासन, भ्रष्टाचार, वेरोजगारी, महँगी,आर्थिक संकट विरूद्ध आक्रोशित जनमतलाई प्रतिगमनतिर सोझ्याउने कसरत भैरहेछ।
बाहिरबाट हेर्दा मिल्नै नसक्ने जस्ता पात्रहरू यो प्रतिगमनकारी हर्कतनिम्ति विभिन्न रूपले परिचालित भैरहेछन्। वेलैमा सतर्क रहौं! सम्भावित जनआक्रोशलाई पश्चगमनतिर हैन अग्रगमनतिर डोर्याऊँ! भोलि धेरै ढिलो हुनसक्छ!
Lokantar News
@Lokaantar
पूर्वराजा ज्ञानेन्द्र र प्रचण्डबीच मिलेको त्यो एजेन्डा र पछिल्लो संयोग lokaantar.com/story/281068/2025/2/26/tippani/gyanendra-pr…
-
Baburam Bhattarai
@brb1954
नेसपा (नयाँ शक्ति) को हालै सम्पन्न प्रथम महाधिवेशनद्वारा पारित अन्तर्राष्ट्रिय अर्थ-राजनीतिक परिस्थितिको विश्लेषणसंग मिल्दोजुल्दो यो उपयोगी आलेख!
पछिल्लो भूमण्डलीकृत पूँजीवादले उत्पादक शक्ति र प्रविधिको अपूर्व विकास र विस्तार संगसंगै जन्माएको चरम आर्थिक असमानता, कुलीनतन्त्र र एकाधिकारवाद, विनाशकारी युद्ध, पर्यावरण विनाश आदिको दिगो समाधाननिम्ति अब टालटुले र आंशिक सुधार हैन समग्र अर्थराजनीतिक प्रणालीकै उत्तर-पूँजीवादी, उत्तर-'साम्यवादी' पुनर्संरचना गरिनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ। त्यसैलाई वैकल्पिक राजनीतिको औचित्य र आधार भनिएको छ। स्वस्थ वैचारिक वहस होस्! nayapatrikadaily.com/news-details/161253/2025-02-26 -
Baburam Bhattarai
@brb1954
Best wishes and congratulations to all the Hindus world over on the auspicious and happy occasion of Mahashivaratri!
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
माओवादी आन्दोलन, नयाँ युगको नयाँ विचार, नेपालको वर्तमान संकटको निकास लगायतका गम्भीर विषयहरूमा पुराना माओवादी मित्र महेश्वर दाहालसंग अन्तरंग कुराकानी!www.samayabaddha.com/politics/80567/
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
नेसपामा ९ केन्द्रीय सदस्य मनोनीत, कार्यविभाजन गर्दै तोकियो जिम्मेवारी
ekantipur.com/news/2025/02/23/9-central-members-nominated… -
Baburam Bhattarai
@brb1954
नेसपा नयाँ शक्ति NSP Naya Shakti का नवनिर्वाचित केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू र परिषद् तथा आयोगका प्रमुखहरू प्रथम बैठकको समापनपछि! समावेसिता र प्रत्यक्ष लोकतन्त्रको सुन्दर प्रतिबिम्ब!
-
Baburam Bhattarai reposted
Satya Nadella
@satyanadella
A couple reflections on the quantum computing breakthrough we just announced...
Most of us grew up learning there are three main types of matter that matter: solid, liquid, and gas. Today, that changed.
After a nearly 20 year pursuit, we’ve created an entirely new state of matter, unlocked by a new class of materials, topoconductors, that enable a fundamental leap in computing.
It powers Majorana 1, the first quantum processing unit built on a topological core.
We believe this breakthrough will allow us to create a truly meaningful quantum computer not in decades, as some have predicted, but in years.
The qubits created with topoconductors are faster, more reliable, and smaller.
They are 1/100th of a millimeter, meaning we now have a clear path to a million-qubit processor.
Imagine a chip that can fit in the palm of your hand yet is capable of solving problems that even all the computers on Earth today combined could not!
Sometimes researchers have to work on things for decades to make progress possible.
It takes patience and persistence to have big impact in the world.
And I am glad we get the opportunity to do just that at Microsoft.
This is our focus: When productivity rises, economies grow faster, benefiting every sector and every corner of the globe.
It’s not about hyping tech; it’s about building technology that truly serves the world. -
Baburam Bhattarai
@brb1954
आजका कोपिला भोलिका फूल!
नेसपा नयाँ शक्ति NSP Naya Shakti का नवनिर्वाचित युवा ( ४० बर्ष मुनिका ) केन्द्रीय समिति सदस्यहरूसंग ( हालसम्म प्रत्यक्ष निर्वाचित ८७ मध्ये २२ जना युवा) !
वृद्धाश्रम जस्ता अरू दलहरूले पनि सिके राम्रै हुन्थ्यो! -
Baburam Bhattarai
@brb1954
ज्ञानेन्द्रको चलखेल र अग्रगामी वैकल्पिक राजनीतिको औचित्यवारे Himalaya TV संग संक्षिप्त कुराकानी। www.facebook.com/share/v/18o4C8bcQL/
-
Baburam Bhattarai
@brb1954
फागुन ७ गते 'प्रजातन्त्र दिवस' को उपलक्ष्यमा राज्यद्वारा सैनिक मंचमा आयोजित र शीर्ष ६ उपस्थित निकै आकर्षक कार्यक्रममा सरकार पक्षकै पूर्व प्रम तथा वहालवाला उपप्रम लगायतका वरिष्ठ व्यक्तित्वहरू र प्रमुख प्रतिपक्षी दलका नेता लगायतका पूर्व प्रमहरू ( यो बबुरो बाहेक!) कोही पनि उपस्थित नभएको देख्दा निकै नमिठो अनुभूति भयो।
यस पटक मात्र हैन प्रायः सधैं यस्तो दृश्य देख्नु पर्दा मन खिन्न हुन्छ! आखिर किन यस्तो हुन्छ? राष्ट्रिय दिवसहरूवारे कतिपय सच्याउनु पर्ने कुरा छन्। तीवारे पुनर्विचार गरेर संख्या घटाउनुपर्छ भन्ने मेरो शुरूदेखि नै दृढ मत छ। तर अर्को निर्णय नभएसम्म राष्ट्रिय दिवसहरूलाई सबैले सम्मान गर्नुपर्दछ। खाशगरी राज्यको उच्च ओहदामा बसिसकेका व्यक्तिहरूले आआफ्ना फरक राजनीतिक आस्थाका वावजुद राष्ट्रिय दिवसहरूको सम्मान गर्ने न्यूनतम दायित्व निर्वाह गर्नैपर्छ।
साथै विशेषतः सेना/प्रहरी/सशस्त्र प्रहरीका जवान र सांस्कृतिक कर्मीहरूले सधैं निकै मेहनत गरेर उच्चकोटीको र देशभक्तिपूर्ण प्रस्तुती दिने गर्दछन्। अनि स्थानीय पालिकाहरूको सांस्कृतिक झाँकी, राष्ट्रिय खेलाडीहरूको तेक्वान्दो प्रदर्शन लगायतका प्रस्तूती प्रशंसायोग्य हुन्छन्। तिनलाई हौसला दिने कथित ठुलावडाहरूको कर्तव्य होइन? कि चुनावको वेला मात्रै दाँत ङिच्याउँदै जाने हो? -
Baburam Bhattarai
@brb1954
अहिलेको चौथो औद्योगिक क्रान्तिकालको भूमण्डलीकृत पूँजीवादी (एकाधिकारवादी बजार-पूँजीवाद र राज्य-पूँजीवाद!) विश्वको राजनीतिक विमर्श शाश्त्रीय उदारवाद र साम्यवादभन्दा माथि उठेको समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित उन्नत अर्थ-राजनीतिक प्रणालीको खोजी हो।
नेपाल जस्तो एक्काइसौं शताब्दीको शुरूमा मात्र लोकतान्त्रीकरण भएको र पहिलो-दोश्रोऔद्योगिक क्रान्तिको चरणमा रहेको मुलुकमा तत्काल राजनीतिक व्यवस्थाको परिवर्तन भन्दा पनि स्थापित व्यवस्थालाई नयाँ युगको आवश्कता अनुरूप परिमार्जन र संचालन गर्ने अग्रगामी राजनीति र दलहरूको पुनर्निर्माण र नवनिर्माणको खाँचो र खोजी हो।
अहिले विश्व र नेपालमा भैरहेको नयाँ र वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयासलाई त्यही सन्दर्भमा जोडेर बुझ्नु उपयुक्त हुनेछ।
Kantipur
@ekantipur_com
नागरिक अपेक्षा र शासकीय संरचनाले दिनुपर्ने डेलिभरीको मिलनबिन्दु पक्कै टाढिएको छ । त्यसले आमनिराशा बढाउन मद्दत गरेको छ । तर यस्तो अवस्था छैन कि, अहिले सम्पूर्ण परिवर्तन नै उल्टाउनुपर्छ वा ठूलो विद्रोहको अनिवार्यता परिसक्यो । @khanalyes
ekantipur.com/koseli/2025/02/15/yellow-light-in-democracy… -
Baburam Bhattarai
@brb1954
तेश्रो लिगलिग पालुंगटार महोत्सव २०८१ को पूर्ण सफलताको हार्दिक शुभकामना!
आधुनिक नेपाल राज्यको भौगोलिक एकीकरणको उद्गमस्थल लिगलिगकोट जस्ता ऐतिहासिक स्थल, जलश्रोत र खाद्यान्नको भण्डार मर्स्यांग्दी-चेपे उपत्यका, अन्नपूर्ण - मनास्लू हिमशृंखलाको रमणीय दृश्य, मध्यपहाडी लोकमार्ग-पृथ्वी राजमार्ग - पालुंगटार एयरपोर्ट ( पुनर्निर्माणाधीन ) लगायतका पूर्वाधारको सुगमता, प्राविधिक शैक्षिक जनशक्तिको प्रचूरता, कठमाण्डौ-पोखरा-भरतपुर जस्ता ठूला महानगरहरूको पृष्ठभाग जस्ता अनुकुलताहरूले लिगलिगकोट पालुंगटार क्षेत्रलाई भविष्यको महत्वपूर्ण औद्योगिक-व्यवसायिक केन्द्र बनाउन सक्ने धारणा व्यक्त ! -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निर्वाचनमा उम्मेदवारलाई अस्वीकार(रिजेक्ट) गर्ने विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टी भएको छ ।
www.ratopati.com/story/473169/use-of-39right-to-reject39-… -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
-
Baburam Bhattarai
@brb1954
नेसपा (नयाँ शक्ति) का प्रत्यक्ष निर्वाचित केन्द्रीय पदाधिकारीहरू (वायाँबाट क्रमशः) - मानुषी यमि भट्टराई (उपाध्यक्ष- महिला-वागमती/गण्डकी); आशाकुमारी तामांग (सचिव-महिला-वागमती); उमेश साह (उपाध्यक्ष-मधेशी/थारू-मधेश); बाबुराम भट्टराई (अध्यक्ष-खुल्ला-गण्डकी); दुर्गा सोब ( उपाध्यक्ष-दलित-वागमती/सुदूर पश्चिम); ईश्वर रिजाल (उपाध्यक्ष-खसआर्य- वागमती); टेकम बाठा मगर (उपाध्यक्ष-आदिवासी जनजाति-कर्णाली); सोनाम सिंह स्यानतांग ( महासचिव-खुल्ला-वागमती); भरत दाहाल ( सचिव- खुल्ला-कोशी); लक्ष्मण कार्की 'सन्देश' ( सचिव-खुल्ला-वागमती); [अनुपस्थित- हरि रिजाल (कोषाध्यक्ष-खुल्ला-लुम्विनी)।
छैन त जातीय/क्षेत्रीय/लैंगिक/उमेरगत हिसावले समावेसी र प्रत्यक्ष लोकतन्त्रको गज्जव संयोजन? -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
भट्टराईले शब्दको जुंगाको लडाइँ छोडेर फागुन १ गतेलाई राज्य र सबै दल, जनताकोतर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाउन प्रस्ताव गरेका हुन् ।
www.onlinekhabar.com/2025/02/1623470/baburams-proposal-le… -
Baburam Bhattarai
@brb1954
फागुन १ गते। नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) शुरू भएको दिन! संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न शुरू गरेको दिन। त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, वेपत्ताजन, घाइते/अपांग योद्धाहरू सबैमा अन्तर्हृदयदेखि उच्च सम्मान!
शब्दको जुंगाको लडाइँ छोडौं। फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक बर्ष 'जनक्रान्ति दिवस' को रुपमा मनाऔं!
१९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोडौं! -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को तीन दिनसम्म चलेको पहिलो महाधिवेशनले विभिन्न १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
#onlinekhabar
www.onlinekhabar.com/2025/02/1622807 -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा प्रवासमा रहेका प्रतिनिधिले पनि मतदानको अधिकार प्रयोग गरेका छन् ।
#onlinekhabar
www.onlinekhabar.com/2025/02/1622819 -
Baburam Bhattarai
@brb1954
नसपा( नयाँ शक्ति) को महाधिवेशनद्वारा पारित समसामयिक प्रस्तावहरू! himalpress.com/2025/02/201759/
-
Baburam Bhattarai reposted
Himal Press
@HimalPress
himalpress.com/2025/01/195973/
फुर्सद मिल्नासाथ गृहजिल्ला गोरखाका गाउँबस्ती र उकालीओरालीमा पुग्ने भट्टराई सांगठनिक गतिविधिमा पनि त्यत्तिकै सक्रिय देखिन्छन्। समकालीन राजनीतिक नेताहरूमध्ये सामान्य देखिने भट्टराई भड्किलो नरुचाउने बताउँछन्।
#himalpress -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
अध्यक्षमा डा. बाबुराम भट्टराईलाई नेत्रप्रसाद चापागाईंले चुनौती दिएका छन् । एक महासचिवका लागि तीन जना र तीन सचिवका लागि ७ जनाको उम्मेदवारी परेको छ ।
#onlinekhabar #baburambhattrai
www.onlinekhabar.com/2025/02/1621915/nesp-electing-leader… -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
दाङका रिजाल स्वास्थ्य व्यवसायी पनि हुन् । उनी नयाँ शक्तिको स्थापनाकालदेखि वैकल्पिक राजनीतिमा क्रियाशील छन् ।
#onlinekhabar
www.onlinekhabar.com/2025/02/1622064 -
Baburam Bhattarai reposted
Setopati
@setopati
नेसपा (नयाँ शक्ति) को उपाध्यक्ष भइन् मानुषी, २० जना निर्विरोध www.setopati.com/politics/350732
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
नेसपा केन्द्रीय समिति ९९ सदस्यीय ekantipur.com/news/2025/02/10/nesp-central-committee-has-…
-
Baburam Bhattarai reposted
Himal Press
@HimalPress
नेसपा नयाँ शक्ति महाधिवेशन : ३ बजेदेखि चुनावी प्रक्रिया
#himalpress
himalpress.com/2025/02/201296/ -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
अध्यक्ष बाबुराम भट्टराईसँगै नयाँ दलका नेताहरू महाधिवेशन उद्घाटन सत्रमा देखिए पनि पुराना दलका नेताहरू उपस्थित छैनन्।
www.setopati.com/politics/350569 -
Baburam Bhattarai reposted
Ratopati English
@RatopatiE
In pictures: Nepal Samajwadi Party (Naya Shakti)
general convention kicks off today
@brb1954 @manushiyb
#nayashakti #alternativepolitics
english.ratopati.com/story/38993 -
Baburam Bhattarai
@brb1954
हिमालप्रेससंग नेसपा(नयाँ शक्ति) को प्रथम महाधिवेशन ( माघ २७-२९) को सन्दर्भमा विविध विषयमा कुराकानी। himalpress.com/2025/02/200936/
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा प्रवासबाट मतदान गर्ने व्यवस्था ekantipur.com/news/2025/02/08/arrangements-for-voting-fro…
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
Is this acceptable in the 21st century? Does not the handing over the Gaza Strip, an inaleinable part of Palistine, to the USA by the occupying power Israel, amount to naked agression and direct colonialism? How would the dispossesed people of Palestine be "happy,safe and free"? The Two State Solution would be the only just,viable and durable solution in the Middle East. Let the international community, including the Government of Nepal and the enlightened people of the USA, break their silence and stop this deliberate violation of international law.
-
Baburam Bhattarai
@brb1954
नेसपा (नयाँ शक्ति) को आगामी माघ २७-२९ गते काठमाण्डौमा हुने प्रथम महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक तथा संगठनात्मक प्रस्ताव " नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार" पार्टीको केन्द्रीय सचिवालयबाट आवश्यक पृष्ठपोषण सहित स्वीकृत।
दस्तावेजमा नयाँ युगको नयाँ चुनौति र सम्भावना, नयाँ युगमा नेपालको अवस्था, नेपालमा वैकल्पिक राजनीतिका प्रमुख कार्यभार, वैकल्पिक पार्टीको संगठनात्मक सिद्धान्त, संरचना र आधारहरू, पार्टीको तत्कालीन कार्ययोजना लगायतका विषय समेटिएका छन्। -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
बाबुरामको वैकल्पिक बाटोको सत्य अब अन्तिम मोडतिर आएको स्पष्ट देखिन थालेको छ ।
@brb1954 र नेसपा नयाँशक्तिबारे ज्योति दनुवारको टिप्पणी । #nesapanayashakti #baburambhattarai
www.nepalviews.com/2025/02/03/357361 -
Baburam Bhattarai
@brb1954
वैकल्पिक राजनीतिको औचित्य, देशको संरचनात्मक संकट, नयाँ विचार सहितको नयाँ नेतृत्वको आवश्यकता लगायतका विषयमा @basantabasnet संग मेरो कुराकानी!
www.onlinekhabar.com/2025/02/1616525/we-are-not-the-rulin… -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
बाबुरामलाई प्रश्न : संगठित रुपमा तपाई रक्षात्मक बन्नु भएको हो ? | Dr. Baburam Bhattarai
----------------------------------------------------------
Full video : www.youtube.com/watch?v=oOouMlfP4ps
अन्तर्वार्ता पढ्न : www.onlinekhabar.com/2025/02/1616525This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
नेपालका एक स्वनामधन्य नेताले संसदको मंचबाट नै आफुलाई 'जिम्मा दिए' समय किटेरै त्यही मितिभित्र 'समाजवाद ल्याइदिने' घोषणा गर्नुभएछ! हाम्रै जीवनकालमा सन् सत्तरीको दशकमा तत्कालीन सोभियत कम्युनिष्ट पार्टीका महासचिव तथा सरकार प्रमुख लियोनिध ब्रेजनेभले सन् १९८० सम्म सोभियत संघ (रूस लगायत) मा 'कम्युनिज्म आउने' (वा ल्याउने!) घोषणा गरेको सुनेका थियौं। तर सन् १९८९-९० नपुग्दै त्यहाँ के भयो सबैलाई थाहै छ!
मार्क्स जिउँदो छदैमा फ्रान्सका केही आलाकाँचा मान्छेहरूले मार्क्सको नाउँमा यस्तै उट्पट्यांग कुरा गरेकाले उनले भनेका थिए -' I am no Marxist'!
त्यसैले समाजवाद जस्तो गम्भीर विषय ( नयाँ पुस्ताका साथीहरूले Albert Einstein को सन् 1950 को Monthly Review म्यागाजीनको पहिलो अंकमा प्रकाशित " WHY SOCIALISM" अवश्य पढ्नु होला!) - लाई यस्तो मजाकको विषय नबनाऊँ। समाजवाद त्यसरी म्याद किटेर कुनै महापुरूषले फुत्त आकाशबाट टिपेर ल्याइदिने बजारिया वस्तु होइन। विगतका कमीकमजोरी र अपूर्णताबाट सिकेर अबको नयाँ युग सुहाउँदो नयाँ विचार र राजनीति विकास गरौं। -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
Dr. Baburam Bhattarai, former Prime Minister and Finance Minister of Nepal, leads the Nepal Socialist Party (Naya Shakti). A key figure in the country’s political landscape, he remains dedicated to truth, justice, and progressive reforms.
@brb1954
youtu.be/JSAidMmpIf4 -
Baburam Bhattarai
@brb1954
नयाँ पुस्ता अथवा जेनजी राजनीतिप्रति उदास हुनु स्वाभाविक र विडम्बनापूर्ण दुवै छ। तर प्रसिद्ध भनाइ झैं- तपाईंले राजनीतिमा चासो नराखे पनि राजनीतिले तपाईंसंग चासो राख्छ। त्यसैले संसारमा अरू सबै विषय झैं राजनीति पनि दुइ थरि हुन्छ- खराब राजनीति/नेता र असल राजनीति/नेता। शिक्षा, ज्ञान,विवेक भनेकै खराब र असल छुट्टयाउन सक्नु र खराबलाई तिरस्कार र असलको पक्षपोषण गर्नु हो। अहिले संसारमा वैकल्पिक राजनीतिको वहस नै यही मुद्दामा हो।
Kantipur
@ekantipur_com
राजनीतिमा उदास जेनजी ekantipur.com/koseli/2025/02/01/sick-janeje-in-politics-0…
-
Baburam Bhattarai
@brb1954
नयाँ पुस्ता अथवा जेनजी राजनीतिप्रति उदास हुनु स्वाभाविक र विडम्बनापूर्ण दुवै छ। तर प्रसिद्ध भनाइ झैं- तपाईंले राजनीतिमा चासो नराखे पनि राजनीतिले तपाईंसंग चासो राख्छ। त्यसैले संसारमा अरू सबै विषय झैं राजनीति पनि दुइ थरि हुन्छ- खराब राजनीति/नेता र असल राजनीति/नेता। शिक्षा, ज्ञान,विवेक भनेकै खराब र असल छुट्टयाउन सक्नु र खराबलाई तिरस्कार र असलको पक्षपोषण गर्नु हो। अहिले संसारमा वैकल्पिक राजनीतिको वहस नै यही मुद्दामा हो।
Kantipur
@ekantipur_com
राजनीतिमा उदास जेनजी ekantipur.com/koseli/2025/02/01/sick-janeje-in-politics-0…
-
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
प्रचण्डबारे बाबुराम : बेइमानहरूबाट ठगिएँ
पुराना राजनीतिक दलहरूसँग एकता र सहकार्य नगर्ने
www.ratopati.com/story/470302/baburam-on-prachanda-cheate… -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
वैकल्पिक शक्तिको सिद्धान्त छाडेका छैनौं, बेइमानबाट ठगिएका मात्रै हौं : डा. बाबुराम भट्टराई | Dr. Baburam Bhattarai
News Link : www.onlinekhabar.com/2025/01/1613960This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
Interesting ( or dangerous? ) tech/trade war! It is hightime the world seriously thinks about more equitable and sustainable post-capitalist, post-communist mode of existence for humanity! www.theguardian.com/business/2025/jan/27/tech-shares-asia…
-
Baburam Bhattarai
@brb1954
Happy 76th Republic Day to the friendly people and Government of India! As a close neighbor Nepal and the Nepalese people admire the tremendous stride in economic development made by India and aspire to collaborate in the common mission of prosperity of both the people.@PMOIndia
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
सक्षम नेतृत्व ! सशक्त विकल्प !!
-
Baburam Bhattarai
@brb1954
Happy Chinese New Year and Celebrations of 70th Anniversary of Establishment of Diplomatic Relations Between Nepal and China! Grand cultural show in Kathmandu! @PRCAmbNepal
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
माघ २७ गते कमलादी जाऔं !
नेसपा (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सफल पारौं !! -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
जसरी पनि सत्तामा पुग्ने र राज्यसत्ता दोहन गर्ने राजनीतिक प्रवृत्ति दुर्भाग्य : भट्टराई ekantipur.com/news/2025/01/21/unfortunately-the-political…
-
Baburam Bhattarai
@brb1954
My conversation with Thira Lal Bhushal of @kathmandupost specially focused on the necessity and challenges of building a new alternative political force in Nepal. kathmandupost.com/interviews/2025/01/20/repolarisation-of…
-
Baburam Bhattarai
@brb1954
Better late than never! The ceasefire in Palestine after the worst genocide seen by our generation over the past 15 months killinng more than 46700 civilians, more than half of it children and women, is a welcome event. Let the world community sincerely work for a permament peace in the region with a two-state solution for Palestine and Israel! Let all the hostages, including Bipin Joshi from Nepal, reunite with their families at the earliest!
-
Baburam Bhattarai
@brb1954
Congratulations to @realDonaldTrump on his assuming the august office of the 47th President of the United States of America! Let the friendly relations between Nepal and the USA blossom further for mutual benefits of both the countries! @USEmbassyNepal
-
Baburam Bhattarai
@brb1954
सरकारी तथ्यांकले नै भनिरहेछ- गत तीन बर्षमा दुइ लाख नेपालीले देशमा भविष्य नदेखेर सदाकोनिम्ति देश छाडे!सन् २०२४ मा मात्र रोजगारीकालागि ८ लाख ५४ हजार र शिक्षाकानिम्ति थप १ लाख १९ हजार नागरिकले देश छाडेका छन्! गत ४ बर्षमा मेडिकल काउन्सिलमा दर्ता भएका ८६२४ डाक्टरमध्ये ६३६८ डाक्टर अर्थात ७४% ले देश छाडेका छन्। सबै क्षेत्रको आँकडा यस्तै छ। यो वीचमा पालैपालो तीन महापुरूषहरूले देश हाँक्नु भएको छ। वहाँहरू नै अझै भन्दै हुनुहुन्छ पालो पुगेन! अझै छिटो अर्को पालो चाहियो रे! हैन, देश पूरै खाली नहुन्जेल कुर्सीमा बसिरहने इच्छा हो ? ढुंगोमाटोमाथि मात्र शासन गर्ने हो?
-
Baburam Bhattarai
@brb1954
Why can't the sovereign people of Greenland freely exercise their right to self-determination and enjoy full independece? How can an occupying power sell the whole people and the country to another occupying power? Is'nt it naked colonialism/slavery/imperialism?How can the supposedly most advanced people of Nordic countries, specially Denmark, harbor such antiquated thinking of 17th century in the 21st century?
-
Baburam Bhattarai
@brb1954
Interesting!
www.foreignaffairs.com/united-states/know-your-rival-know… -
Baburam Bhattarai
@brb1954
Noteworthy proposal for the permanent solution of the long-drawn Middle East crisis. twitter.us19.list-manage.com/track/click?u=50ec04f7fdd8f2…
-
Baburam Bhattarai
@brb1954
नेपालका विभिन्न जाति/ समुदायले आआफ्नै मौलिकता सहित माघी पर्व, माघे संक्रान्ति, घ्य् चाकु सँल्हु आदि नाउँमा मनाउने मकर संक्रान्ति (सूर्य उत्तरायण हुने दिन) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना।
( आफुले चाहिं तरूलजन्य भोजन र टोखाको प्रसिद्ध चाकु सहित मनाइयो!) -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
माघ २७ गते प्रज्ञाभवन, कमलादी जाऔं !
नेसपा (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सफल पारौं !! -
Baburam Bhattarai
@brb1954
दुइ ठुला पार्टीहरू सहित दुइतिहाइ बहुमत भएको सरकारले संसदको विधेयक अधिवेसन भनिने नियमित हिउँदे अधिवेसन बोलाउनुपर्ने वेलामा सामान्य प्रकृतिका ऐनहरू संशोधन गर्न तीन अध्यादेश मार्फत तीन दर्जन वढी विषयमा फेरवदल गर्नु स्थापित लोकतान्त्रिक मूल्यमान्यताको ठाडो उल्लंघन र उपहास हो।
संसद नै नभएको वा संसदीय प्रक्रियाबाट जाँदा ढिलो हुने आपतकालीन र विशेष राष्ट्रिय महत्वको विषयमा अध्यादेश जारी गर्नसक्ने अन्तर्राष्ट्रिय र हाम्रो परम्परा हो। तर अहिलेका यी कुनै पनि मुद्दा त्यस्तो प्रकृतिका छैनन्। तुरून्तै संसदको बैठक बसेर छोटो बाटोबाट तत्कालै पारित गर्न सकिने अवस्था छ।
यहींनेर गम्भीर आशंका उब्जिन्छ। प्र म ओलीको लोकतन्त्रसंग छेडछाड गरिरहने पुरानो स्वभावसंग सबै परिचित छन्। तर उदारवादी लोकतन्त्रको मसीहा दावी गर्ने कांग्रेस समेत किन मतियार बनेको हो?
अझै गम्भीर विषय के छ भने पूर्व राजा र राजावादीहरू यो जनक्रान्ति र संविधानसभा मार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान उल्ट्याउन दृश्य अदृश्य रूपमा लागिरहेको सर्वविदितै छ। अहिले प्रमुख प्रतिपक्षमा रहेका प्रचण्ड र प्रचण्डपन्थीहरूको पनि यो व्यवस्था र संविधान वाध्यतावश स्वीकारेको क्षणिक सत्ताभोगको साधन मात्र हो भन्ने त्यसको भित्री यथार्थसंग अवगत हुनेहरूले बुझेकै कुरा हो। नजिकको ठुलो छिमेकीले यो संविधानलाई 'नोट' मात्र गरेको, चुच्चे नक्सा थपिएपछि झन् चिढिएको कुनै लुकेको कुरा हैन। यी सबै तारहरू सचेत वा आकस्मिक रूपमा जोडिन पुगे भने जनताले त्यति ठुलो वलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास कसले र कसरी गर्ला?
अतः सबै लोकतान्त्रिक, प्रगतिशील, देशभक्त, समाजवादी र वैकल्पिक राजनीति पक्षधर शक्तिहरू वेलैमा सतर्क र सचेत बनौं। -
Baburam Bhattarai reposted
Uttam Babu Shrestha
@uttambabu
धेरैपछि लेख लेखियाे । @nepalviewsnv मा पहिलाे पटक। मानविय मनाेविज्ञान, सन्जाल, मिडिया र राजनिति घाेलघाल पारेर । आम निराशाकाे खतरनाक भाष्यले स्ट्रङ्गम्यानका नेपाली अनुहारहरूलाइ सगरमाथाकाे चुचुराेमा पुराउन सक्ने हाे कि ? www.nepalviews.com/2025/01/10/350930/
-
Baburam Bhattarai
@brb1954
पृथ्वीनारायण शाहलाई वस्तुपरक ढंगले बुझ्न हालै प्रकाशित प्रसिद्ध इतिहासकार महेशराज पन्तका विभिन्न कालखण्डमा लेखिएका रचनाहरू र पृथ्वीनारायण शाहको चर्चित 'दीव्योपदेश' को संकलन "पृथ्वीनारायण शाह: नायक, प्रतिनायक अनि नायकदेशीय" निकै उपयोगी लाग्यो।
खासगरी पछिल्लो चरणमा मडारिदो भूराजनीतिक भुँमरी र राष्ट्रिय अर्थतन्त्रको बढ्दो परनिर्भरताको सन्दर्भमा नेपालले लिनुपर्ने नीतिवारे अढाइ सय बर्ष पहिलेका पृथ्वीनारायण शाहको अन्तरदृष्टि निकै सान्दर्भिक हुनसक्छ।
स्मरण रहोस्, कुनै पनि व्यक्तिका गुण र दोष दुवै हुन्छन्। हामीले कसैका कमजोरीको विरोध गर्दा उसका राम्रा कुरालाई अनुसरण गर्न वा त्यसबाट सिक्न हिच्किचाउनु हुन्न। -
Baburam Bhattarai
@brb1954
सत्य र न्यायको मार्गमा निरन्तर हिंड्नु मुख्य कुरा हो। बहुमत र अल्पमत गौण कुरा हो। अग्रगामी परिवर्तनकारीहरूले शुरूमा एक्लै पर्दा पनि नआत्तिइकन अन्ततः सत्य र न्यायको मार्गमा बहुसंख्यालाई आकर्षित र गोलबन्द गर्ने प्रयत्न निरन्तर जारी राख्नुपर्छ। रूपान्तरणकारी राजनीति र सत्तामुखी राजनीतिको मुख्य फरक यही हो।
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
ओली सरकारका ६ महिना, पछिल्ला राजनीतिक समीकरण र अर्थतन्त्र सुधारका विषयमा पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग कान्तिपुरले गरेको संक्षिप्त कुराकानी
@gangabc
ekantipur.com/Interview/2025/01/09/there-is-a-race-betwee… -
Baburam Bhattarai
@brb1954
ओली र प्रचण्डका 'कम्युनिष्ट' पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो - बाहिरी रूप 'समाजवादी' भित्री सार 'नोकरशाही पुँजीवादी'!
बरू ओली अलि बढी खुला र प्रष्ट! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजीको प्रयोगमा!
बाघ vs ब्वाँसो?
नेपाल र रूसको नियति फरक होला? -
Baburam Bhattarai
@brb1954
पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आआफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा वहाँहरू र वहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन। यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको मूल अन्तरवस्तुको रक्षा र विकासको विषय हो।
साथै वहाँहरू दुवै 'कम्युनिष्ट' पृष्ठभूमिबाट आउनु भएकाले वहाँहरू र वहाँहरूका पूर्व पार्टीहरू परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एक दलीय प्रणालीका पक्षधर हुन् कि हाम्रै विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगिकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने परीक्षण गर्ने महत्वपूर्ण कसौटी पनि हो।
त्यसैले यसवारे सम्बन्धित सबैको गम्भीर ध्यान पुगोस्। -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
बधाइ, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष नेत्र चापागाईं! विद्यार्थी संगठनहरूले आफ्ना दलीय, गुटीय, निजी स्वार्थ पूर्तिनिम्ति शैक्षिक संस्थाहरूमा तालाबन्दी गर्ने, प्राध्यापकमाथि सांघातिक आक्रमण गर्ने जस्ता गलत प्रवृत्तिलाई तोड्दै शैक्षिक क्षेत्रको आमूल सुधारका १५ सूत्रीय मागनिम्ति सत्याग्रहको शान्तिपूर्ण अभियान चलाउने यो वैकल्पिक विधिबाट अरू विद्यार्थीहरूले समेत प्रेरणा लिउन्। सरकार र संसदीय समितिले सत्याग्रहीसंग गरेको भद्र सहमति कार्यान्वयन गरोस्।
Kantipur
@ekantipur_com
शिक्षामन्त्रीको प्रतिबद्धतापछि माइतीघरको धर्ना स्थगित
-संसद्को शिक्षा तथा स्वास्थ्य समितिले चापागाईंको मागबारे बैठकमा छलफल गर्दै सुझाव लिने
ekantipur.com/news/2025/01/06/the-sit-in-of-maitighar-was… -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
दुवै पार्टीको बैठकमा कम्युनिष्ट नेताहरू किन कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन् भन्ने प्रश्नको जवाफ नखोजिने जिकिर भट्टराईको छ ।
@brb1954 @kpsharmaoli @cmprachanda
www.onlinekhabar.com/2025/01/1599351/baburams-question-to… -
Baburam Bhattarai
@brb1954
नेपालका करिब एक दर्जन 'कम्युनिष्ट' नाउँ रहेका पार्टीहरूमध्ये संसदीय गणितका हिसाबले दुइ ठुला पार्टीहरू एमाले र माकेको केन्द्रीय समितिको वैठक एकै दिन (पौष २१) शुरू हुनु आकस्मिकता मात्र हुनसक्छ। बैठकको दस्तावेज र निर्णयहरु वाहिर आएपछि मात्रै उनीहरूवीचको समानता/असमानता र उनीहरूको आगामी दिशा बढी प्रष्ट हुनेछ।
तैपनि उनीहरूको विगत र प्रमुख नेताहरूको प्रवृत्तिलाई हेरेर सहज अनुमान गर्न सकिन्छ:
- उनीहरूले अर्कालाई पूरै अशुद्ध र आफुलाई चौवीस क्यारेटको शुद्ध 'कम्युनिष्ट' प्रमाणित गर्न न्वारानदेखिको बल लगाउनेछन्!
- दुवै ठुला नेताका वफादारहरूले शब्दकोशमा भएका सबै शब्द छानीछानी आफ्नो सर्वोच्च नेताको देवत्वकरण र अर्कोको दानवीकरण गर्नेछन्!
- दुवैका बैठकमा तीस बर्ष पहिले विश्वका १६ देशमा कम्युनिष्ट पार्टीको एकल शासन भएकोमा अहिले किन ५ देशमा मात्र सीमित भए? संसदीय चुनावबाट सरकारमा पुगेका छिमेकी भारतका तीन प्रदेशमध्ये किन अब एउटा मात्र बाँकी छ? किन सत्तामा पुगेपछि आफुलाई सर्वहारावर्गको नेता भन्नेहरू उल्टै नयाँ नोकरशाही पुँजीपति वर्गमा रूपान्तरित हुन्छन् र कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन् ? आदि गम्भीर प्रश्नहरूबारे खासै वहस छलफल हुनेछैन।
त्यसैले हाम्रो विनम्र सुझाव छ:
- नेपालको विशिष्ठ भूराजनीतिक अवस्था, अत्यन्त पिछडिएको आर्थिक-सामाजिक संरचना, लामो समयसम्मको निरंकुश राजतन्त्रात्मक
शासनप्रणाली आदिको सन्दर्भमा हिजो पुँजीवादी लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका निर्वाह गरेकाले नेपालमा 'कम्युनिष्ट' ब्राण्ड स्थापित र पपुलर भएको हो। अब २१ औं शताब्दीको नयाँ युगको नयाँ कार्यभार पुरानै कम्युनिष्ट भाष्य,नीति,कार्यक्रम,संगठन,नेतृत्व,शैलीबाट पूरा गर्न सम्भव छैन। वेलैमा आफुलाई आमूल रूपान्तरण नगरे पुरानै 'कम्युनिष्ट' ब्राण्ड अब क्रमशः क्षयीकरण हुँदै जाने मात्र हो। ( चीन लगायत हिजो पूर्ण जनक्रान्तिबाट एकल सत्तामा पुगेकाहरूको सन्दर्भ अर्कै हो।)
- अर्कोतिर, विश्व र नेपालमा कायम रहेको नव-उदारवादी पुँजीवादले ल्याएको विश्वव्यापी वस्तु र सेवाको प्रचुरता वीच चरम आर्थिक-सामाजिक असमानता, भयंकर पर्यावरण विनाश, आणविक हातहतियारको विभीषिक, ए.आइ. को संशय आदिले संसारले नयाँ उत्तर-पुँजीवादी विकल्प खोजेको प्रष्टै छ। नेपाल भने भर्खरै पुँजीवादी चरणमा संक्रमण गरेकाले एकैसाथ पुँजीवादी र उत्तर-पुँजीवादी राजनीतिक,आर्थिक, सामाजिक,सांस्कृतिक प्रणाली वीच तालमेल मिलाएर हिंड्नुपर्ने अत्यन्त चुनौतिपूर्ण अवस्थामा छ।
- विश्वमा र नेपालमा चलिरहेको वैकल्पिक राजनीतिको विमर्शको चुरो कुरा यही हो। हाम्रो संविधानमा उल्लिखित 'लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद' भन्ने पदावलीको आशय पनि हाम्रा विचारमा त्यही हो। यसवारे सबै दलका बैठक,भेला, सम्मेलन, अधिवेशनमा र सार्वजनिक मन्चहरूमा वहस होस्।
शुभकामना! -
Baburam Bhattarai
@brb1954
तत्काल नेपालको विकासको मूल वाधक भनेकै शिक्षाक्षेत्रको चरम आदिमपन, दिशाहीनता र वेथिति हो। हाम्रो औसत IQ विश्वमै सबभन्दा कम अर्थात् ४२.९ स्कोर हुनु नै त्यसको अकाट्य प्रमाण हो। अत: ECD लगायत शिक्षाको आमूल सुधारकोनिम्ति पछिल्लो पटक एक हप्तादेखि माइतीघर मण्डलमा उभिइरहेका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाइँसंग अविलम्व वार्ता गरेर सरकारले शिक्षाक्षेत्रको सुधार गरोस्।
Kantipur
@ekantipur_com
विपन्न विद्यार्थीले वार्षिक पाउने ४ सय छात्रवृत्ति, प्रधानाध्यापकले मासिक पाउने २ सय भत्ता र विद्यालयले मासिक पाउने १० हजार सञ्चालन खर्चको बजेट बढाउन माग
@sudipkaini
ekantipur.com/Education/2025/01/05/standing-and-dharna-in… -
Baburam Bhattarai reposted
Naya Patrika
@NAYA_PATRIKA
जिम्मी कार्टरको नेपाल डायरी jhannaya.nayapatrikadaily.com/news-details/2669/2025-01-04
-
Baburam Bhattarai
@brb1954
पपठनीय, विचारणीय लेख। वैकल्पिक राजनीति समकालीन विश्व र नेपालको अग्रगामी रूपान्तरण र नेतृत्व गर्ने युगीन आवश्यकता हुनाले यसको नयाँ वैचारिक, राजनीतिक, आर्थिक,सामाजिक, सांस्कृतिक आयाम संगसंगै नयाँ नीति, कार्यक्रम, संगठन, नेतृत्व र व्यवस्थापन प्रणाली पनि हुन्छ र हुनुपर्छ भन्ने बुझौं।
साथै यो एकैपटक पूर्ण बनिबनाउ रूपमा आकाशबाट खस्ने नभै वर्तमानको धरातलमा विभिन्न उकाली ओराली हुँदै र विजय पराजयका अनेकन शृंखला पार गर्दै अघि बढ्छ भन्ने पनि ख्याल राखौं।
Naya Patrika
@NAYA_PATRIKA
वैकल्पिक राजनीतिको नायक खोइ ? nayapatrikadaily.com/news-details/156950/2025-01-02
-
Baburam Bhattarai
@brb1954
बस/रेलमा यात्रा गर्दा पकेटमारी गरिसकेपछि पकेटमारा नै 'चोर चोर' भन्दै दौडिए झैं नेपालमा आआफ्नो पालामा विभिन्न भ्रष्टाचारकाण्डमा मुछिएका उच्च पदस्थ व्यक्तिहरू नै पानीमाथिको ओभानो बनेर भ्रष्टाचारविरोधी अभियन्ता बन्न खोज्नु विडम्वनापूर्ण छ। यसवारे @thapagk को भनाइ मनासिवै लाग्छ। यसवारे राष्ट्रिय वहस होस् र सार्थक सहमति बनोस्।
Setopati
@setopati
गगनले पूर्वप्रधानमन्त्रीहरू बसेर भ्रष्टाचारका कुन-कुन फाइल खोल्ने हो, छलफल गरौं भन्दा के भने प्रचण्डले?
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
ECD लगायत शैक्षिक क्षेत्रको आमूल सुधारको माग लिएर माइतीघर मण्डलामा चार दिनदेखि उभिइरहेका नेपाल समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष नेत्र चापागाईंप्रति सर्वपक्षीय ऐक्यबद्धता!
सरकारको आँखा वेलैमा खुलोस्! -
Baburam Bhattarai reposted
सोबिता गौतम
@sobita465
वर्तमान राजनीतिक अवस्था,प्रणाली र अभ्यासका त्रुटी केन्द्रित संवाद।संसदीय अभ्यासको औचित्य र सुधारात्मक बाटोबारे साझा बुझाई।
समस्या केन्द्रित विचार-विमर्शले कहिँ त पुर्याउँछ तर व्यक्ति केन्द्रित प्रतिशोधकोले कहाँ पुर्याउला?
देश बचे पक्ष-विपक्ष,
नत्र के सत्ता पक्ष,के प्रतिपक्ष! -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
-
Baburam Bhattarai
@brb1954
Interesting statistics! Human ( or animal? ) instinct to move to greener pastures ??
World of Statistics
@stats_feed
Where people want to move to:
🇺🇸 USA -> Japan 🇯🇵
🇷🇺 Russia -> USA 🇺🇸
🇲🇽 Mexico -> Canada 🇨🇦
🇧🇷 Brazil -> Portugal 🇵🇹
🇵🇹 Portugal -> Netherlands 🇳🇱
🇳🇱 Netherlands -> Spain 🇪🇸
🇪🇸 Spain -> France 🇫🇷
🇫🇷 France -> Canada 🇨🇦
🇨🇦 Canada -> Japan 🇯🇵
🇯🇵 Japan -> UK 🇬🇧
🇮🇩 Indonesia -> Japan 🇯🇵
🇹🇭 Thailand -> Japan 🇯🇵
🇬🇧 UK -> Canada 🇨🇦
🇦🇷 Argentina -> Spain 🇪🇸
🇨🇱 Chile -> Spain 🇪🇸
🇵🇪 Peru -> Spain 🇪🇸
🇨🇴 Colombia -> Spain 🇪🇸
🇪🇨 Ecuador -> Spain 🇪🇸
🇮🇳 India -> Canada 🇨🇦
🇵🇰 Pakistan -> Canada 🇨🇦
🇹🇷 Turkey -> Germany 🇩🇪
🇺🇦 Ukraine -> Poland 🇵🇱
🇵🇱 Poland -> Germany 🇩🇪
🇩🇪 Germany -> Switzerland 🇨🇭
🇳🇴 Norway -> USA 🇺🇸
🇸🇪 Sweden -> Spain 🇪🇸
🇫🇮 Finland -> Spain 🇪🇸
🇧🇪 Belgium -> Canada 🇨🇦
🇮🇪 Ireland -> Canada 🇨🇦
🇮🇹 Italy -> Switzerland 🇨🇭
🇬🇷 Greece -> Germany 🇩🇪
🇸🇦 Saudi Arabia -> Qatar 🇶🇦
🇶🇦 Qatar -> Canada 🇨🇦
🇪🇬 Egypt -> Oman 🇴🇲
🇿🇦 South Africa -> Canada 🇨🇦
🇳🇬 Nigeria -> Canada 🇨🇦
According to most searched for relocation destinations -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
Sad to share this old photo (2013) with Former US President Jimmy Carter who has passed away on December 29 at the age of 100 years!
Just wondering why intelligent, humble and good people like Jimmy Carter ( Dr Manmohan Singh of India departed the other day!) are leaving this world, while the unscrupulous, crooks, corrupts, rabble-rousers, ethno- nationalist and religious fundamentalist populists are ruling the roost!
RIP, President Carter!
I will always cherish my pleasant and fruitful meetings with you a number of times when you visited Nepal. The Carter Center's and your valuable contribution in the peace process of Nepal has been well apprecited by all concerned. Your famous smile the grateful world will miss for a long time! @POTUS @CarterCenter -
Baburam Bhattarai reposted
Himal Press
@HimalPress
मधेश भ्रमणपछि @brb1954 को विचार :
क्षेत्रीयतावादी दलमा टाँसिएर मात्रै मधेशको विकास हुँदैन
himalpress.com/2024/12/191642/ -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
शिक्षा क्षेत्रको सुधारको माग गर्दै को माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं १५ दिनदेखि सडकमा उभिएका छन् ।
www.ratopati.com/story/465032 -
Baburam Bhattarai
@brb1954
नेपाल र विश्वमा नयाँ वैकल्पिक राजनीतिको आवश्यकता, त्यसको नयाँ वैचारिकी, नेपालमा त्यसका ठोस एजेण्डा र विगतका कमीकमजोरीको समीक्षा सहितको मेरो आलेख @nepalviewsnv ! गम्भीर वहस होस्!
Nepal Views
@nepalviewsnv
'संसार र इतिहास परम्परावादी ढङ्गले सोच्ने र यथास्थितिसँग आत्मसमर्पण गर्नेहरूले होइन, भिन्न र अग्रगामी ढङ्गले सोच्ने र यथास्थितिसँग विद्रोहको साहस गर्नेहरूले नै निर्माण गर्छन् ।' नेपालमा किन वैकल्पिक राजनीति जरुरी छ ? बहसमा @brb1954 का तर्क । #nepalviews www.nepalviews.com/2024/12/29/347413/
-
Baburam Bhattarai
@brb1954
Forwarded by one of my classmates in Chandigarh! Agreed!
-
Baburam Bhattarai
@brb1954
देशको वर्तमान अर्थराजनीतिक संकट र त्यसको निदानवारे @12khari संग मेरो कुराकानी।
baahrakhari.com/detail/437190 -
Baburam Bhattarai reposted
Naya Patrika
@NAYA_PATRIKA
मनमोहन सिंहलाई कसरी सम्झने ?
@journoprk
jhannaya.nayapatrikadaily.com/news-details/2659/2024-12-28 -
Baburam Bhattarai
@brb1954
सन् २०११ मा प्रमको रूपमा मेरो भारत भ्रमणकोक्रममा BIPPA, EPG लगायतका महत्वपूर्ण विषयमा भारतीय समकक्षी मनमोहनजीसंग भएका वार्ता र सहमतिवारे The Hindu दैनिकमा त्यतिवेला छापिएको यो संक्षिप्त रिपोर्ट।
मैले नेपालको हितमा आफ्नै स्वविवेकले BIPPA सम्झौता गरेको थिएँ। यो रिपोर्टमा भनिए झैं भारतीय प्र म मनमोहनजीसंग एक्लाएक्लै कुराकानी हुने क्रममा वहाँले BIPPA सम्झौता गर्नेनगर्नेवारे भारतको कुनै आग्रह छैन भन्नुभएको थियो र मैले नै नेपालको तीब्र आर्थिक विकासनिम्ति बाह्य लगानी आवश्यक छ त्यसैले हामी तयार छौं गरौं भनेर BIPPA सम्झौंता गरेकोथिएँ। अर्थशास्त्रको कखरा नबुझ्नेहरू वा बुझ पचाउनेहरूले यसको विरोध गर्नेछन् भन्ने पूर्वआँकलन गरेर नै पछि पत्रकारहरूसंग कुरा गर्दा यो The Hindu को रिपोर्टमा ठीकै भनिए झैं 'I have taken a huge risk' ('मैले ठुलो जोखिम उठाएको छु') भनेको थिएँ। नभन्दै केही लालबुझक्कडहरूले त्यसको गलत अनुवाद ' मैले जुवा खेलेको हुँ' भन्ने गरेर नेपालभर मेरो बदनाम गर्ने कुचेष्टा गरेका थिए।
अर्को अत्यन्त ऐतिहासिक महत्वको कुरा, प्रमको हैसियतमा मेरो EPG ( प्रबुद्ध व्यक्तिको समूह) मार्फत भारतसंगको १९५० को सन्धी, सीमा विवाद, खुला सीमाना लगायतका सबै समस्या एकमुष्ट रूपमा हल गर्ने पहल र त्यसमा भारतीय समकक्षी मनमोहनजीको सकारात्मक भूमिका हो। यो The Hindu को रिपोर्टमा भनिए झैं हामीले पर्याप्त गृहकार्य गरेर पहिले नै भारतीय पक्षलाई nonpaper पठाएका थियौं। विभिन्न तहमा शान्त कुटनीतिको कुशल अभ्यास गरिएको थियो। त्यसैले यो असल शुरूवात भएको थियो।
तर पछि दुवैतिर नयाँ नेतृत्व आए पछि यी सबै सकारात्मक पहल कसरी भत्किए र नेपाल-भारत सम्बन्ध अहिले कुन हालतमा छ सबैको अघि छर्लंग छॅदैछ। भारतका पूर्व प्र म मनमोहनजीको दुःखद देहान्तको वेला कमसेकम नयाँ पुस्ताले इतिहासको यो असलियत बुझोस् र सिकोस्। www.thehindu.com/news/international/visit-has-created-tru… -
Baburam Bhattarai
@brb1954
With the passing away of Dr Manmohan Singh, Former Prime Minister of India, Nepal has lost a great friend; India has lost a pionerer economic reformer
; and the world has lost an oustanding economist and a good human being. I have personally lost a sincere and reliable friend. He was an epitome of intellect, integrity and delivery; a rare breed of politicians in the contemporary times. My heartfelt tributes to him and deep condolences to his near and dear ones.@PMOIndia -
Baburam Bhattarai
@brb1954
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको दु:खद निधनमा नेपालले एक असल मित्र, भारतले एक अगुवा आर्थिक सुधारक र विश्वले एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव गुमाएको छ।
निजी रूपमा मैले एक विलक्षण बौद्धिक तथा सहृदयी अग्रज मित्र गुमाएको छु।
नेपालको प्रधानमन्त्रीको रूपमा मैले सन् २०११ अक्टोबर २०-२३ मा गरेको भारतको औपचारिक भ्रमणको क्रममा वहाँसंगको गम्भीर वार्तापछि भएका BIPPA सम्झौता, EPG वारे सहमति, दोहोरो कर मुक्तिको सम्झौता DTAA ( जुन प्रविधिक कारणले पछि नेपालमै हस्ताक्षर भएको) आदि नेपाल-भारत सम्बन्धका महत्वपूर्ण कोसेढुंगाको रूपमा रहिरहनेछन्।
वहाँसंग जहिले भेट्दा पनि शान्त र गम्भीर मुद्रामा विश्व र नेपाल-भारत द्विपक्षीय आर्थिक विकास र साझेदारीका विषयमा गहन विमर्श हुने गरेको म कहिल्यै बिर्सन सक्दिनँ। विशेषत: १७ औं सार्क सम्मेलनमा सन् २०११ नोभेम्वर १०-११मा माल्दीभ्समा भेट हुँदा दक्षिण एशियाली देशहरूवीच बहुपक्षीय कनेक्टिभिटी बढाउने र अन्तत: खुला बजारक्षेत्र बनाउनेबारे वहाँ र पाकिस्तानी प्र म युसुफ गिलानीसंग भएको कुरा सम्झना हुन्छ। मैले ठट्टैठट्टामा दुवैजनाको अगाडि भारत र पाकिस्तानको सम्बन्ध कस्तो रहन्छ भन्ने कुराले नै सार्कको भविष्य तय गर्ने हुनाले तपाईंहरूले राम्रो बनाउन मेहनत गर्नोस् सार्कका बाँकी हामी सबैले सघाउँछौं भनेको तर सार्क अहिले मृतप्रायः भएको देख्दा पीडाबोध हुन्छ।
डा. मनमोहन सिंह र बंगलादेशकी तत्कालीन प्र. म. शेख हसिना संग सन् २०१२ अगस्त ३०-३१ मा इरानको राजधानी तेहरानमा भएको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनको क्रममा भेट हुँदा नेपालको जलविद्युत भारत हुँदै बंगलादेश निर्यात गर्नेवारे गम्भीर कुराकानी भएको र वहाँहरू दुवै सकारात्मक रहेको विशेष सम्झना हुन्छ।
पछिल्लो पटक केही बर्ष पहिले दिल्लीमा भेट हुँदा हामी दुवै सत्ता बाहिर थियौं। अन्तरंग कुराकानी भयो। कुरैकुरामा थाहा लाग्यो मेरा JNU का गुरूहरू Prof. G S Bhalla, Prof. G K Chaddha वहाँका निकट मित्रहरू हुनुहुँदो रहेछ र वहाँहरूबाटै वहाँले मबारे सबै जानकारी पहिल्यै पाइसक्नुभएको रहेछ। निजी सम्बन्धले पनि द्विदेशीय सम्बन्धमा कस्तो असर पार्दो रहेछ भन्ने नजिकबाट अनुभूति भयो।
असल र महान व्यक्तित्व डा. मनमोहन सिंहप्रति हार्दिक श्रद्धान्जली तथा आफन्तजनमा गहीरो समवेदना! -
Baburam Bhattarai
@brb1954
एक संवेदनशील प्राज्ञको मार्मिक र तर्कसंगत प्रस्तुती! बर्षौंदेखि सत्ताको म्यूजिकल चेयर खेल मात्र खेल्न जान्नेहरूले देशको उच्च शिक्षाको असी प्रतिशत भार थाम्ने त्रि वि वि का यी जायज पीडा एकतिर र अर्कोतिर राजधानीमा क्रिकेट स्टेडियमको उचित स्थानमा शीघ्र निर्माणको महत्ववारे के बुझ्दा हुन्? आआफ्नै चुनावी क्षेत्रमा क्रिकेट मैदान, स्पोर्ट कम्लेक्स, भ्यूटावर बनाउन तँछाड मछाड गर्नेहरूले राष्ट्रिय प्राथमिकता प्राप्त स्थानमा पूर्वाधार निर्माणमा किन चासो लिदा हुन्? तैपनि सत्य र न्यायका आवाज उठाउन नछोडौं। shilapatra.com/detail/150828
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
क्रिस्मसको शुभकामना !
Merry Christmas!! -
Baburam Bhattarai
@brb1954
Shocked at the sad demise of legendary filmmaker Shyam Benegal. His film 'Ankur'(1974),among others, remains my all time favorite movie. This gem of a parallel cinema has inspired me in life to take to the path of incessant rebellion against stuctural injustice in society and work for truth and justice, when I was a mere 20 year old student of architecture in Chandigarh. My heartfelt respects and tributes to the great soul!
The Hindu Cinema
@TheHinduCinema
Veteran filmmaker #shyambenegal, a pioneer of the parallel cinema movement in Indian cinema, was cremated on Tuesday with full state honors and a three-gun salute in Mumbai
www.thehindu.com/entertainment/movies/filmmaker-shyam-ben… -
Baburam Bhattarai
@brb1954
Merry Christmas ! Let us celebrate and preserve the true spirit of secularism and religious freedom enshrined in the Constitution of Nepal!
नेपाल र विश्वभरका इसाई धर्मावलम्वीहरूको महान पर्व क्रिसमसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! -
Baburam Bhattarai
@brb1954
वैकल्पिक राजनीति कसैको लहडमा हैन युगको आवश्यकताले जन्माउने र जन्माएको कुरा हो। सत्य र न्यायको कर्म र ज्ञानविज्ञानको खोजी एकै झट्कामा पूरा हुने विषय हैनन्। अन्तिम सफलता थुप्रै असफलताको चरण पार गरेर मात्र प्राप्त हुन्छ। प्रसिद्ध आविष्कारक Thomas Alva Edision भन्थे: 'I have not failed; I have come to know that ten thousand ways don't work.'
हामी नयाँ वैकल्पिक राजनीतिक अभियन्ताहरू पनि भन्छौं: 'हामी असफल भएका हैनौं; हामीले थाहा पायौं कि पुराना शक्तिहरूलाई बदल्ने हाम्रो प्रयास काम लाग्दो रहेनछ।'
नेपालमा पनि पुराना शक्तिहरूलाई धोइपखाली गर्न वा उनीहरूसंग लसपस गर्न छाडेर अब सबै नयॉं वैकल्पिक राजनीतिक शक्ति निर्माणमा केन्द्रित होऊँ!
Nepal Views
@nepalviewsnv
वैकल्पिक राजनीतिको बहस शृङ्खलामा संजीव सत्गैंया लेख्छन् -‘डा.भट्टराईको असफल प्रयासपछि र रास्वपा सभापति रवि लामिछानेको विवादले गर्दा नेपालमा वैकल्पिक राजनीतिको लागि स्थान अझै तयार भइसकेको छैन कि भन्ने विचारले पनि ठाउँ पाउँदै गएको छ ।’ पूरा लेख यो लिंकमा 👇
www.nepalviews.com/2024/12/22/345357/ -
Baburam Bhattarai reposted
Shona Murray
@ShonaMurray_
A must-read
-
Baburam Bhattarai
@brb1954
नेसपा ( नयाँ शक्ति) को आसन्न महाधिवेशनवारे नारायण खनालको यो लेख!
www.facebook.com/share/p/19FFrgsttj/ -
Baburam Bhattarai
@brb1954
हालैको NPL प्रतियोगिताको क्रममा Janakpur Bolts का समर्थकहरूमाथि केही अराजक व्यक्ति/समूहबाट भएको भौतिक आक्रमण र नस्लीय/रंगभेदी गालिगलौज अत्यन्त आपत्तिजनक, भर्त्सनायोग्य र दण्डनीय छ।
नेपाल जस्तो संविधानद्वारा नै परिभाषित "बहुजातीय,बहुभाषिक,बहुधार्मिक,बहुसांस्कृतिक विशेषतायुक्त" (धारा ३) मुलुकमा, संविधानको 'मौलिक हक र कर्तव्य' खण्ड (भाग - ३) को 'समानताको हक' (धारा १८), 'छुवाछूत तथा भेदभाव विरूद्धको हक' (धारा २४) लगायतमा कसैलाई पनि "उत्पत्ति, जात,जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने" कार्य "गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछन्" भनिएको स्थितिमा राज्यले मधेशी आयोगको पत्रलाई गम्भीरतापूर्क लिओस्।
साथै हाम्रो देशको जातीय, क्षेत्रीय विविधता वीचको एकतालाई खल्बल्याएर आफ्नो कुत्सित स्वार्थ पूर्ति गर्ने भित्री र बाहिरी तत्वहरूको सम्भावित कुचेष्टालाई समेत सबैले वेलैमा चिनेर निष्फल पार्न ध्यान दिऊँ!
RatoPati
@Rato_pati
जनकपुर बोल्ट्सका समर्थकमाथि प्रहार गर्नेमाथि कारबाही गर्न आयोगको पत्राचार www.ratopati.com/story/463823/commission39s-letter-to-tak…
-
Baburam Bhattarai
@brb1954
मधेशको तीव्र आर्थिक रूपान्तरणका समस्या र सम्भावनावारे जनकपुर उद्योग वाणिज्य संघका अगुवाहरू ( वर्तमान अध्यक्ष काठमाण्डौ जानु भएकाले पूर्व अध्यक्षहरू बजरंग प्रसाद साह, इ.प्रकाशचन्द्र साह, रमेश प्रसाद साह, श्याम प्रसाद साह, ललित प्रसाद साह, श्याम प्रसाद साह- कलवार सेवा समिति, जितेन्द्र कुमार महासेठ लगायत) संग अनौपचारिक तर अत्यन्त गम्भीर विमर्श।
संघीयता र पहिचानको पहिलो चरणको मूलत: सफल आन्दोलन/क्रान्ति पछि अब मधेशको तीव्र आर्थिक रूपान्तरणमा राज्य, निजी क्षेत्र र समुदायको एकीकृत प्रयत्न केन्द्रित हुनुपर्ने सुझाव!
स्मरण रहोस्, संसारभर बहुजातीय, बहुभाषिक मुलुकमा संघीयताको अर्थ-राजनीतिक औचित्य भनेकै सबै जाति/भाषाले आआफ्नो भौगोलिक क्षेत्रमा आफ्नो आन्तरिक अर्थतन्त्र/बजारको सुरक्षा तथा संरक्षण प्राप्त गर्न सकून् र सम्बन्धित जाति/भाषाका जनताले छिटो समृद्धि हासिल गरून् भन्ने हो।
हाम्रा पहाड र मधेशका पुराना दल र नेताहरूले यो कुरा नबुझ्नु वा बुझ पचाउनु र हिजोको आन्दोलन/क्रान्तिमा योगदानको सांवा- ब्याज असुली स्वरूप उनीहरू अहिले राज्य ( संघ, प्रदेश र स्थानीय तह ) को दोहनमा लिप्त हुनु आज देशको प्रमुख समस्या हो। -
Baburam Bhattarai
@brb1954
एउटा भ्रष्टाचारीको विकल्प अर्को भ्रष्टाचारी हुनसक्दैन। भ्रष्टाचारमुक्त समृध्द देशनिम्ति संरचनात्मक रूपले नयाँ वैकल्पिक राजनीति र शक्तिको निर्माण र अभ्यास गरौं। जनकपुरमा पत्रकारहरूसंग कुराकानी।www.ratopati.com/story/463647/congress-uml-maoists-and-ma…
-
Baburam Bhattarai
@brb1954
Congratulations Janakpur Bolts for the outstanding victory in the NPL Final! Coincidentally I was a witness to the spontaneous jubilance of the people in Janakpur! Ultimately Nepali cricket has won and has established itself as the premier game in the country! Congratulatios to all participants and organizers!
-
Baburam Bhattarai
@brb1954
जनकपुर उनपा-७, जिरोमाइलमा नेसपा ( नयाँ शक्ति ) मधेस प्रदेश समिति कार्यालयको उद्घाटन। नेसपा ( नयाँ शक्ति ) लाई हिमाल-पहाड-मधेश जोड्ने देशको भरपर्दो वैकल्पिक राजनीतिक शक्ति बनाइछाड्ने दृढता।
-
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
आयोग गठन भाँडिएकोमा बाबुरामको प्रश्न : लाखौँ द्वन्दपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो ? www.ratopati.com/story/463239/baburam39s-question-on-the-…
-
Baburam Bhattarai
@brb1954
२०६३ मा शुरू भएको शान्तिप्रक्रियाको एउटा महत्वपूर्ण अंग सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्तासम्बन्धी आयोगको गठन समेतअहिले १८ बर्ष पछि फेरि भाँडिनु (आयोगको काम सम्पन्न भएर द्वन्दपीडितले न्याय पाउनु त कता हो कता !) घोर आपत्तिजनक कुरा हो।
मैले २०६९ फागुनमा तत्काल व्यवस्थापिका- संसद नरहेकाले अन्तरिम संविधान बमोजिम दलीय सहमतिका आधारमा त्यससम्बन्धी विधेयक अध्यादेश मार्फत जारी गरेर मात्र खिलराज रेग्मीलाई सत्ता हस्थान्तरण गरेका १२ बर्ष यता ९ वटा सरकार ( खिलराज + सुशील कोइराला + ओली + प्रचण्ड + देउवा + ओली + देउवा + प्रचण्ड + ओली ) बन्नु तर यति संवेदनशील काम फिटिक्क अघि नबढ्नु र लाखौं द्वन्दपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो?
यसनिम्ति पटक पटक सत्ताको कुर्सीमा बस्ने प्रमुख दलका प्रमुख नेताहरूको सत्तास्वार्थ, गैरजिम्मेवारपन, अदूरदर्शीता प्रमुख रूपमा जिम्मेवार हो भन्न कोही हिच्किचाउनु पर्दैन।
सहायक (दृश्य/अदृश्य ) कारण प्रमुख बाह्य शक्तिकेन्द्रहरूको नाजायज सामरिक स्वार्थ/दाउपेच, शक्तिकेन्द्रहरूसंग जोडिएका NGO/INGO-कर्मीहरूको आर्थिक लालसा, शान्तिप्रक्रियालई राजनीतिक मुद्दा भन्दा कानूनी/प्रशासनिक मुद्दा ठान्ने औसत व्यक्तिको चिन्तन, कर्मचारीतन्त्रको परिणाममुखी भन्दा प्रक्रियामुखी (बिरालो बाँधेर श्राद्ध गर्ने!) सोंच आदि हुन्।
अब के गर्ने त? माथिका गलत चिन्तन, प्रवृत्तिबाट मुक्त भएर र लाखौं द्वन्दपीडितका आँसु सम्झेर यसो गरौं:
- TRC लगायतका शान्तिप्रक्रियाको जिम्मेवारी कुनै दल वा नेता विशेषको नभएर शान्ति-सम्झौतामा हस्ताक्षर गर्ने अविछिन्न उत्तराधिकारयुक्त नेपाल राज्य र राजनीतिक दलहरू( स्मरण रहोस् २०६३ मंसीर ५ गते वृहद शान्ति-सम्झौतामा हस्ताक्षर हुनु अघि कार्तिक २२ गते सात राजनीतिक दल र विद्रोही माओवादीवीच त्यही प्रकृतिको सम्झौतामा हस्ताक्षर भएको थियो)-को हो भन्ने सबैले हेक्का राखौं।
- जनयुद्ध र त्यससंग जोडिएका मूलभूत घटनाक्रमहरू कुनै निजी स्वार्थ/अभीष्टनिम्ति नभएर ठोस राजनीतिक मागहरू ( हेर्नोस् ४० सूत्रीय माग )निम्ति तत्कलीन राज्यसत्ता विरूद्ध गरिएको घोषित सशस्त्र जनविद्रोहको क्रममा भएका थिए र त्यसैको जगमा सबै राजनीतिक दलहरू वीच १२ बुँदे समझदारी, संयुक्त जनआन्दोलन, बृहद शान्ति-सम्झौता, अन्तरिम संविधान, अन्तरिम सरकार, संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र राज्यव्यवस्था हासिल भएको ऐतिहासिक तथ्यलाई सबैले आत्मसात गरौं।
- सम्झौताको नामैले 'सत्यनिरूपण' र 'मेलमिलाप' भन्नुको अर्थ द्वन्दको क्रममा भएका अप्रिय घटनाको निष्पक्ष छानवीन गरेर सत्यतथ्य पत्ता लगाउने र अन्ततः घटनामा सम्बद्ध पक्षहरूवीच र समाजमा विविध प्रकारले ( क्षमादान, परिपूरण आदि र विशिष्ठ सन्दर्भमा दण्ड समेत गरेर ) दीगो मेलमिलाप र शान्ति कायम गर्ने भन्ने हो। तर द्वन्दको क्रममा भएका हताहत, अंगभंग, वेपत्ता आदिका घटनामा दुवै पक्ष र मुख्यतः तत्कालीन सत्ता पक्षको सशस्त्र शक्ति संलग्न रहेकाले त्यसको सत्यनिरूपण गर्न कति कठीन हुन्छ जोकोहीले अनुमान पनि गर्न सक्दैन। त्यसैले यसमा सबै पक्ष जिम्मेवार र विनयशील बनेर प्रस्तुत हुने, प्रतिशोध हैन क्षमाभावले ओतप्रोत हुने, पीडित र आश्रितहरूलाई यथेष्ठ परिपूरणको व्यवस्था गर्ने, अति विरल केसमा दण्ड सजाय गर्ने नै सम्भव र सर्वोत्तम विधि हुनसक्छ। अर्थात Forgive and Forget नै हाम्रो सन्दर्भमा सम्भव र उपयुक्त विधि हुनसक्छ। यो वाहेक अरू सबै या त कहिल्यै शान्तिप्रक्रिया टुंगो नलगाउने वा अर्को झन् ठूलो द्वन्दको वीउ रोप्ने बाटो हुने खतरा रहन्छ।
- द्वन्दव्यवस्थापन कानूनी वा प्रशासनिक हैन राजनीतिक विषय र प्रक्रिया हो भन्ने कुरालाई आत्मसात गरेर अब आयोग गठनको प्रक्रियावारे पनि विश्वका सफल उदाहरणबाट सिकेर अघि बढ्नु आवश्यक छ। उदाहरणकानिम्ति, मैले बुझेसम्म, दक्षिण अफ्रिकाका Desmond Tutu दरखास्त हालेर र अन्तरवार्ता दिएर छानिएका हैनन्। अनि संयुक्त राष्ट्र संघ वा त्यस्तै अन्य बहुपक्षीय संस्थाका प्रमुखहरू पनि पहिले दरखास्त मागेर छानिदैनन्। तिनमा पहिले प्रमुख सरोकारवालाहरू वीच सहमतिले उपयुक्त पात्र खोजिन्छ अनि तिनलाई प्रक्रिया मिलाएर छानिन्छ। हाम्रो शान्तिप्रक्रियावारे जसले जे जे फूलबुट्टा भरेर फूर्ति लगाए पनि हामी प्रमुख पहलकर्तहरू जिउँदै छौं, हामीले छाती ठोकेर भन्न सक्छौं- क्रान्ति पनि हामीले गरेको हो; शान्ति पनि हामीले नै ल्याएको हो। अतः अब ढिलो नगरी र पुराना गल्ती नदोहोर्याई हाम्रो शान्तिप्रक्रियालाई बुझेका, स्वच्छ छवी भएका, सक्षम व्यक्ति सहमतिले रोजौं र प्रक्रिया पुर्याएर नियुक्त गरौं। लाखौं द्वन्दपीडितका आँसु छिटो पुछौं!
प्रतिक्रान्तिका बादल क्षितिजमा मडारिन खोजिरहेछन्। ख्याल राखौं- एउटालाई खाने बाघले अर्कोलाई पनि खानसक्छ! -
Baburam Bhattarai
@brb1954
Tucker Carlson
@TuckerCarlson
Jeffrey Sachs on how Joe Biden has been the most destructive president in American history, and how Donald Trump can repair the damage.
(0:00) The Regime Change in Syria
(8:48) What Is Greater Israel?
(21:45) Were Americans Involved in the Overthrowing of Assad?
(34:26) War With China by 2027
(40:22) Biden’s Attempt to Sabotage Trump
(46:10) The Attempted Coup of South Korea
(51:20) Jeffrey Sachs' Warning to Trump of Potential Nuclear War
(55:18) Will We See the Declassification of the 9/11 Documents?
(1:07:11) Will Trump Pardon Snowden and Assange?
(1:16:43) The Most Important Appointment of Trump’s Cabinet
(1:26:29) Biden’s Attempt to Kill Putin
(1:35:58) Can Trump Bring Peace?
(1:45:44) Is War With Iran Inevitable?
(1:51:21) Why Corporate Media Hates Jeffrey Sachs
Includes paid partnerships.This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
७५३ स्थानीय तहमध्ये २४९ तहमा प्रमुख कार्यकारी अधिकृत नहुनु र 'गाउँको सिंहदरबार' भनिने स्थानीय तहबाट जनताले अत्यावश्यक सेवासुविधा पाउन नसक्नु पालैपालो सरकारमा बस्ने राजनीतिक दल र नेताहरूको गल्ती मात्र हैन ठुलो अपराध हो। यो एकातिर सही अर्थको संघीयतालाई स्वीकारेर कर्मचारी, प्रहरी लगायतका राज्यका महत्वपूर्ण अंगहरू केन्द्रबाट प्रदेशलाई हस्तान्तरण गर्न नचाहने राजनीतिक दल र नेताहरूको वदमाशी हो भने अर्कोतिर राज्यकोनिम्ति कर्मचारी हुनुपर्नेमा कर्मचारीकोनिम्ति राज्य ठान्ने कर्मचारीतन्त्रको गलत मानसिकताको उपज हो। भूइँतहका जनतामाथिको यो ज्यादतीको छिटो अन्त्य होस्। अन्यथा जनआक्रोशको बिष्फोट भयंकर हुनसक्छ।
-
Baburam Bhattarai
@brb1954
पूर्व सचिव तथा प्राज्ञिक व्यक्तित्व डा. मानबहादुर बीके लिखित/सम्पादित पुस्तकहरू "ERADICATING HUNGER: REBUILDING FOOD REGIME" र "प्राचीन नेपालमा गणतन्त्रको अभ्यास" निकै रूचीकर र उपयोगी लाग्यो।
विशेषतः प्राचीन इतिहासका अध्येताहरू पेशलकुमार निरौला र नीलकुमार क्षेत्री सहितको सहलेखनमा प्रस्तुत पुस्तक "प्राचीन नेपालमा गणतन्त्रको अभ्यास" नेपाललाई तथ्यपरक ढंगले बुझ्न निकै सहयोगी हुनसक्छ।
हार्दिक धन्यवाद! -
Baburam Bhattarai
@brb1954
वर्तमान विश्व र नेपालमका आधारभूत वैचारिक- राजनीतिक प्रश्नहरू र वैकल्पिक राजनीतिक अभियानवारे ABC Televison मा शुभशंकर कँडेलसंग गम्भीर कुराकानी! youtu.be/I8_OerZhuLg
-
Baburam Bhattarai
@brb1954
नेपालका मौलिक सांस्कृतिक पर्वहरू उधौली, यःमरि पुन्हि/ज्यापू दिवस, धान्यपूर्णिमाको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना!
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
संविधान संशोधनवारे सार्थक बहस!himalpress.com/2024/12/188180/
-
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
अहिलेको उपलब्धिलाई थप बलियो बनाउनेगरी संविधान संशोधन गर्नुपर्छ : भट्टराई www.ratopati.com/story/462575/constitution-should-be-amen…
-
Baburam Bhattarai reposted
Manushi Yami Bhattarai
@manushiyb
Sharing अहिले भर्खरै The Morning Live मा भएको कुराकानीको लिंक 👇🏽
www.facebook.com/share/v/1Wzazjg6QH/ -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
All the sane persons in Nepal and elsewhere should take these timely warnings by Jeffrey D Sachs seriously in time, if we want to save humanity. Tomorrow may be too late!
नेपाल र विश्वभरका सबै सचेत र न्यायप्रेमी मानिसहरूले मानवजातिको रक्षा गर्ने हो भने चर्चित अमेरिकी विद्वान जेफ्री साक्सका मध्य-पूर्वमा भैरहेको नरसंहार र सत्तापरिवर्तन सम्बन्धी यी चेतावनीहरूलाई समयमै गम्भीरतापूर्वक लिनैपर्छ। नत्र भोलि धेरै ढिलो हुनसक्छ। www.commondreams.org/opinion/us-israel-syria -
Baburam Bhattarai
@brb1954
सत्यनिरूपण तथा मेलमिलाप आयोग (TRC) र वेपत्तासम्बन्धी आयोगको गठनमा भैरहेको अलमलले पुनः सबैमा आशंका जन्माउनु स्वाभाविक भएको छ। द्वन्दव्यवस्थापन भनेको राजनीतिक पक्ष बढी र कानूनी पक्ष कम हो र यसमा प्रक्रिया भन्दा परिणाम प्रमुख हो भन्ने नबुझ्नु वा बुझ पचाउनु सबभन्दा ठूलो गल्ती देखिन्छ। नत्र बर्षौंसम्म प्रक्रियादेखि प्रक्रियासम्म तर परिणाम शून्य कसरी हुन्छ?
संसारको कुन द्वन्दव्यवस्थापन विशुद्ध कर्मचारी, कानूनविद्, गैससकर्मीको भरमा सफलतापूर्वक सम्पन्न भएको छ? अनि यस्तो संवेदनशील क्षेत्रमा दर्खास्त हालेर जागीर खान कुन उपयुक्त, सक्षम,स्वाभिमानी पात्र अघि सर्छ? के दक्षिण अफ्रिकाका डेशमण्ड टूटू दर्खास्त हालेर, भनसून गरेर भर्ना गरिएका थिए? हो, प्रक्रिया पनि पूरा गर्नुपर्छ, पारदर्शी पनि हुनुपर्छ। तर त्यो भन्दा अगाडि प्रमुख सरोकारवालाहरू वीच पर्याप्त गृहकार्य गरेर, उपयुक्त पात्र पहिचान गरेर, उसको सहमति लिएर अनि मात्र प्रक्रिया पूरा गरिन्छ। संसारभर महत्वपूर्ण वहुपक्षीय सरोकार भएका संस्थाहरूका प्रमुख चयन गर्ने तरिका त्यही हो। त्यसले मात्र सही परिणाम ल्याउँछ। हाम्रा तीन-टाउकेहरूले कहिले बुझ्लान् र सिक्लान्?
(नोट: यो कुनै प्रत्यासीहरूप्रति दुराग्रह राखेर गरेको टीप्पणी हैन। कसैको सम्मानमा चोट पुगेमा क्षमा चाहन्छु।) -
Baburam Bhattarai
@brb1954
जीवनको यात्रा, नेपालको आर्थिक विकासको बाटो, नयाँ वैकल्पिक शक्तिको अपरिहार्यता लगायतका विषयमा एक उदीयमान युवासंग मेरो कुराकानी! youtu.be/TR70wASWi8E
-
Baburam Bhattarai reposted
Bassam Haddad
@4Bassam
I don’t want to hear it again!
The Complete Fall from Illusory Grace of the US Government
I don’t want to hear a word about your vengeful democracy
About your principles
About your human rights
About your civility
About your values
I don’t want to see you aghast at what you consider deplorable. You are the epitome of deplorable.
I don’t want to hear your moralizing
I don’t want to hear you preaching
I don’t want to hear you defending
I don’t want to hear you denouncing
I don’t want to read your stupid and hypocritical statements about others’ violations. You are the apex of violation.
I don't want to read it in articles, hear it in University lectures, watch it on the news, or witness it in public space.
You are done. You are done. Clean up your own mess henceforth. Fix your own. Fix yourself first.
I don’t want to ever stop affirming the need to defend the victims of your hypocrisy, not just in Palestine.
[This is not a hot take. It’s a sober take, for 100s of millions of people. It eschews Western European and Arab governments because they are impotent and dependent. It eschews Israel because, well Israel, and, no one really takes its supremacist quests seriously except its ardent supporters—hence the above—who are bereft of principles and doomed to be completely alone in their racist tirades, in good time
Partially tweeted in November 2023. Finalized on Christmas day, a few days after the US derailed another cease-fire at the UN]
Merry Christmas -
Baburam Bhattarai reposted
Bassam Haddad
@4Bassam
Notes/Thread on the "Days After," with focus on Israel’s destruction of Syria’s defense capabilities and its implications: There is no mincing of words regarding the (realistically temporary) relief that pervaded Syria for the past couple of days. But as we discover what we expected regarding the infinitely atrocious/inhumane prisons of the regime, the effective unprecedented defanging and destruction of the Syrian state’s defense and intelligence capabilities by Israel as of today will have reverberations for decades to come. This is the Janus-faced context of the Ba`thist regime collapse that will become more evident by the day, if not hour, starting, well, yesterday. Thread 1/9
-
Baburam Bhattarai
@brb1954
सबै कुरामा सहमत हुन नसकिए पनि आर्थिक विकास र अल्पविकासमा राजनीतिक र अन्य सम्बन्धित संस्थाहरू (institutions) को निर्णायक भूमिका हुनेबारे यस बर्षका नोवेल विजेताको महत्वपूर्ण र रोचक प्रवचन!
हाम्रो नेपाली सन्दर्भमा पनि युगौंदेखिको निरपेक्ष अविकास (nondevelopment) र सापेक्ष अल्पविकस (underdevelopment)को भित्री र बाहिरी संरचनागत/संस्थागत कारण र निराकरणवारे बहस होस।
प्रत्येक बर्ष सतही रूपमा कति राजस्व उठ्यो, कति विदेशी मुद्रा संचय भयो, कति भ्यूटावर बन्यो आदि कुरा गरेर आत्मरति गर्ने तर देश चाहिं सधैं कंगाल भैराख्ने, युवा जनशक्ति पलायन भैरहने, सरकार कटौरा थापेर छरछिमेक चाहारिरहने, पालैपालो सत्तामा बसेर तर मारिरहने, अनि सरकार बाहिर हुने वित्तिकै ब्रह्मज्ञानका पुलिन्दा बाँडेर जजनता ठगिरहने कहिलेसम्म?
The Nobel Prize
@NobelPrize
“I grew up in Turkey shortly after the country had undergone a coup and freedoms were suppressed. Soldiers were everywhere, even at the gates of our school and I came to wonder whether political issues were related to the economic problems the country was experiencing at the time such as unemployment, inflation, stagnation, and whether they were related to the issues that I was also observing around the world in the little capacity that I had as a teenager.”
Daron Acemoglu received the 2024 economic sciences prize for studying how societal institutions affect prosperity. In his prize lecture he explained how this interest was formed early in his life.
Watch the lectures here: www.youtube.com/live/YcuxbYUW8R8?cbrd=1&ucbcb=1 -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
भट्टराईको प्रश्न : इजरायलले प्यालेस्टाइनमाथि नरसंहार मच्चाउँदा नेपाल सरकार किन बोल्दैन ?
ekantipur.com/news/2024/12/09/bhattarais-question-why-doe… -
Baburam Bhattarai
@brb1954
पोखरा मनपा-33 ( पहिलेको भरतपोखरी) स्थित मालागिरी सामुदायिक होमस्टेमा बसेर गम्दा नेपालका रित्तिदैं गएका गाउँको पुनर्जागरण र नवनिर्माणनिम्ति होमस्टे पर्यटन र त्यससंग जोडिएका/जोडिने आर्थिक-सामाजिक गतिविधि एउटा महत्वपूर्ण आधार हुनसक्ने प्रत्यक्ष अनुभूत भयो।
खाशगरी ठुला,मध्यम र उदीयमान शहरका पेरीअर्वन (काँठ) क्षेत्रमा विभिन्न तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, उद्यमी व्यवसायी लगायत सबैले आफ्ना आवधिक गतिविधि( भेला, बैठक, समारोह, रिट्रिट आदि) ठुला तारे होटल सट्टा गाउँले होमस्टे स्थल ( जहाँ सामुदायिक भवनहरू पनि हुन्छन्) गर्ने हो भने मात्र पनि गाउँमा अर्थतन्त्र चलायमान हुने, रोजगारी सिर्जना हुने, स्थानीय उत्पादनले बजार पाउने, परनिर्भरता घट्ने र समग्र राष्ट्रिय अर्थतन्त्रले नयाँ गति लिने हुनसक्थ्यो। हामी सबैले अरूलाई उपदेश दिनु सट्टा आफ्ना परिवार, दल, संस्थाबाटै किन शुरू नगर्ने? -
Baburam Bhattarai
@brb1954
रवि लामिछानेको गिरफ्तारी र सहकारी पीडितको समस्यावारे हाम्रो भनाइ - राजनीतिक प्रतिशोध नसाँधियोस् र सहकारी पीडितलाई तुरून्त राहत दिएर दीर्घकालीन ढंगले समस्या समाधान गरियोस्। www.facebook.com/share/v/1FpZu7xgUo/
-
Baburam Bhattarai
@brb1954
केही नहुनु भन्दा केही हुनु राम्रो हो। तर विदेश सम्बन्धमा सधैं देशभित्र किचलो गर्ने परम्परा अन्त्य गरौं।कमसेकम परराष्ट्र मामिलामा दीगो राष्ट्रिय सहमति कायम गरौं।
KRISHNA ACHARYA
@KrishnaAcharyaG
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआईबाट ऋण नलिने काङ्ग्रेस-एमाले नेताहरूको सहमति थियो
तर, चीनले नमानेपछि सहुलियतपूर्ण ऋणको बाटो खुला राखी बीआरआईमा हस्ताक्षर
सम्झौतामा के शब्द छ ? त्यसको अर्थ के हो ?👇️ ekantipur.com/news/2024/12/05/signing-of-bri-opening-the-… -
Baburam Bhattarai
@brb1954
स्थानीय तहको उपनिर्वाचनको परिणामको विश्लेषण आआफ्नो विश्व दृष्टिकोण र राजनीतिक स्वर्थ अनुरुप विभिन्न ढंगले हुनु स्वाभाविक छ। परन्तु केही अकाट्य तथ्य र तथ्यांकलाई कसैले पनि नकार्न मिल्दैन:
१. काठमाण्डौ मनपा-१६ र कीर्तिपुर नपा बहेक नामाकरण जे भए पनि अरू सबै ग्रामीण इलाका हुन्। फरक आर्थिक-सामाजिक जीवन र वैचारिक-राजनीतिक- सांस्कृतिक चेतनाको कारणले शहरका मतदातालाई वैचारिक-राजनीतिक कुराले बढी प्रभावित गर्न सक्छ भने ग्रामीण मतदातालाई दलीय, जातीय,भाषिक,सांस्कृतिक पहिचान र निजात्मक सम्बन्धले बढी प्रभावित गर्नसक्छ। साथै स्थानीय चुनावमा स्थानीय मुद्दा/समस्या र उम्मेदवारका निजी गुण/सम्बन्ध बढी बलशाली हुन पुग्छन्। त्यसैले सीमित क्षेत्रमा भएको यो उपनिर्वाचनको परणामलाई अतिरंजित गरेर हौसिनु वा निराश हुनु वस्तुसंगत हुन्न।
२• यो उपनिर्वाचनका केही तथ्यांकले भने रोचक र गंभीर संकेत गर्छन्। जस्तै, ४४ स्थानमा भएको उपनिर्वाचनमा कांग्रेस, एमाले, माके र अन्य दलले अढाइ बर्ष पहिले र अहिले जितेको संख्या, दोहोर्याएर जितेको ठाउँको संख्या, जीतमा थपघटको संख्या दाँजेर हेरौं त!कांग्रेसले पहिले २७ सट्टा अहिले १९ स्थान जितेर कुल ८ गुमाएको छ र अझै अग्रस्थानमा छ। एमालेले पहिले ७ सट्टाअहिले ८ जितेर १ थपेको छ। माकेले पहिले ८ सट्टाअहिले ११ जितेर ३ थपेको छ। अन्य र स्वतन्त्रले पहिले २ सट्टा अहिले ६ जितेर कुल ४ थपेका छन्। सबभन्दा रोचक र गम्भीर महत्वको कुरा कांग्रेसले १२, एमालेले १ र माकेले ३ ठाउँमा मात्र दोहोर्याएर जितेका छन्; अर्थात् कांग्रेसले १५, एमालेले ६ र माकेले ५ स्थान गुमाएका छन्। समग्रमा ४४ मध्ये २८ स्थानमा जनताले अढाइ बर्ष पहिले चुनेका पार्टीका प्रतिनिधिलाई हराएका छन्। यसको सिधा अर्थ हो- जनता परिवर्तन चाहन्छन्; तर विकल्प नपाए पछि उनै पुराना पार्टीमध्येबाट एउटालाई चुन्न बाध्य छन्।
३• नयाँ र वैकल्पिक शक्तिहरूको भूमिका र दायित्व यहींनेर छ। उनीहरूको विकासप्रक्रिया मन्दगतिको भैरहेछ। राजनीति शून्यमा रहन सक्दैन। कसै न कसैले त्यो ठाउँ भर्नैपर्छ। अग्रगामी वैकल्पिक शक्तिले त्यो ठाउँ नलिउन्जेल अहिलेको दुष्चक्र भोगिरहन नेपाली जनता अभिसप्त छन्। -
Baburam Bhattarai reposted
Yejin Gim
@gimyejin
I'm a South Korean journalist based in New York City. This is a thread about what's happening in South Korea right now after the president declared emergency martial law.
-
Baburam Bhattarai
@brb1954
स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई बधाइ तथा धन्यवाद!
दुइ बर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ। साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एक अर्कोको विकल्प बनेकाछन्। यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य छन्।
नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आआफ्ना कमजोरीहरू सच्याएर अर्को पटक जनतालई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्छ। अन्यथा जनता अर्कै विकल्प खोज्न बाध्य हुनेछन्। -
Baburam Bhattarai
@brb1954
नव-उदारवादी प्रणालीको वर्चस्व रहेको विश्वको असमाधेय अर्थराजनीतिक संकट र त्यसनिम्ति समग्र प्रणालीकै पुनर्संरचना गर्नु पर्ने र प्रवोधन (Enlightenment)का मूलभूत मान्यताहरूलाई पुनर्जागृत गर्नुपर्ने आग्रह सहितको अर्थशास्त्रका नोवेल विजेता Joseph E Stiglitz को यो विचारोत्तेजक लेख। सधैं चुनावदेखि चुनाव र सरकारदेखि सरकारसम्मको म्युजिकल चेयरको खेलमा लिप्त तर देशका आधारभूत अर्थराजनीतिक मुद्दबारे साझा अरूची भएका हाम्रा कांग्रेस-कम्युनिष्ट ब्राण्डधारी टाउके नेताहरूले यसलाई पढ्ने र आत्मसात गर्ने कष्ट गर्लान्? www.project-syndicate.org/commentary/end-of-neoliberalism…
-
Baburam Bhattarai reposted
Manushi Yami Bhattarai
@manushiyb
Heading to BHU for the conference “Tracing Modes of Gendered Thinking: Ideation and Philosophy from the Global South”.
Friends in Varanasi, lets catch up ! -
Baburam Bhattarai
@brb1954
सत्य तथा न्यायको पक्षमा र आफ्नो आदर्श र सिद्धान्तनिष्ठ विचारमा जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि दृढतापूर्वक उभिने व्यक्तिको योगदानलाई अन्ततः समाज र इतिहासले स्वीकार्नैपर्छ भन्ने पछिल्लो उदाहरण वर्तमान विश्वका अगुवा विद्रोही चिन्तक Noam Chomsky र उनका कृतिवारे गरिएको यो समीक्षा हो। विशेषतः युवा पुस्ताले अवश्य पढोस् र प्रेरणा लेओस्! foreignpolicy.com/2024/11/15/chomsky-foreign-policy-book-…
-
Baburam Bhattarai reposted
Rajendra Baniya
@RBaniyaji
प्रचण्डसँगको नोकझोक,भारतीय दलालको आरोप,बिप्पा र कालो झण्डा अनि बिआरआई । Himalaya TV
-
Baburam Bhattarai
@brb1954
हाम्रा अर्थशास्त्री र योजनाविद्हरूकानिम्ति पनि उपयोगी यो चर्चित अर्थशास्त्री John Maynard Keynes र उनका विचारवारे लेखिएको पछिल्लो किताब " Price of Peace" को पुस्तक समीक्षा! सके किताब नै किनेर पढौं, नसके यो समीक्षा चाहिं अवश्य पढौं र ममः भनौँ!
blogs.lse.ac.uk/lsereviewofbooks/2020/09/17/book-review-t… -
Baburam Bhattarai
@brb1954
आजकल प्रचण्ड र प्रचण्डपन्थी कणहरूको सुशासन र भ्रष्टाचारविरोधी कार्यहरूबारे निकै प्रवचन सुन्न पाइन्छ। तर वहांका विशेषत: NCell लगायत दूरसंचारका क्षेत्रमा भएका 'सुशासन' का अन्तर्राष्ट्रिय महत्वका कामको वेलिविस्तार भएको पुस्तक "Cuckooland" वारे चाहिं किन चर्चा नगरिएको होला?
-
Baburam Bhattarai
@brb1954
यो के हो?
धार्मिक आस्थाको कुरा आफ्नो ठाउँमा होला! तर कैयौं अनजान मान्छेहरूको स्वास्थ्य र जीवनसंग जोडिएको यस्तो संवेदनशील विषयमा वेलैमा राज्यको ध्यान पुगोस्।Nepal Health Research Council, Nepal Medical Council लगायतका स्वास्थ्यसंग सम्बन्धित संस्थाहरूको पनि ध्यानाकर्षण होस्।
साथै जनस्वास्थ्यसंग सम्बन्धित सूर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाइए झैं यस्ता अपुष्ट, अन्धविश्वासयुक्त सामाग्रीको खुला विज्ञापन देशको प्रतिष्ठित दैनिकले गर्न हुने हो हैन? नेपाली भाषाको त आमसंहार भएकै छ! सम्बन्धित निकायको ध्यान पुगोस्! अनि मिडिया स्वयम् पनि जिम्मेवार हुनुपर्छ कि? -
Baburam Bhattarai
@brb1954
विकसित पुँजीवादी देशका सन्दर्भमा विश्लेषण गरिएको तर किनारा पुँजीवाद (Peripheral Capitalism) को चरणमा टाक्सिएको नेपालका सन्दर्भमा पनि उपयोगी हुनसक्ने यो खोजपूर्ण लेख! के हाम्रा 'लाल बादशाह' हरूले पढ्ने धैर्य गर्लान्? jacobin.com/2024/11/dealignment-left-parties-working-class
-
Baburam Bhattarai
@brb1954
प्रिय दिदीबहिनी तथा दाज्यूभाइहरू,
त्यसो त मंसीर १६ गतेको स्थानीय तहको उपनिर्वाचन कुनै ठुलो राष्ट्रिय महत्वको विषय नहुन सक्छ। यो कुनै नियमित निर्वाचन पनि हैन। यो अधिकांशत: पुरानै शक्तिहरूले जित्दै आएका सीमित ठाउँहरूमा आकस्मिक ढंगले हुनगैरहेको निर्वाचन मात्र हो।
परन्तु जुन ढंगले गत तीनदशकदेखि र मुख्यत: गत एक दशकदेखि देशलाई निर्बाध लुट्दै र लाखौं भर्भराउँदा युवाहरूलाई बेरोजगार बनाएर विदेश लखेट्दैै आफु र आसेपासेहरूलाई नवधनाढ्यको सुखसयलमा विराजमान गराइरहेका पुराना दल र तिनका 'त्रिमूर्ती'हरू आफ्नो बर्चस्व कायम गर्न उफ्रीपाफ्री गरिरहेछन्, त्यसले मतदाताहरू गम्भीर बन्नैपर्ने अवस्था सिर्जना भएको छ।
यो उपनिर्वाचन तिनलाई खबरदारी गर्ने अवसर हुनसक्छ।
गत स्थानीय तहको निर्वाचनको वेलादेखि नै भूइँतहका जनताले त्यसको झल्को दिंदैं आएका छन्। अग्रगामी वैकल्पिक शक्तिहरूको उदय पनि क्रमशः भैरहेछ।
तर 'त्रिमूर्ती' हरूको अहंकार र आत्मष्लाघा कायमै छ। हजारौं जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तिनको विर्ता र सत्तासुखको भर्यांग मात्र हो भन्ने विषाक्त सोंच तिनमा हावी छ। देशलाई कंगाल पारेर मुट्ठीभर विचौलिया, तस्कर,ठेकेदार,भ्रष्ट कर्मचारी,विदेशी शक्तिकेन्द्रसंग मिलिमतो गरेर थुपारेको अकूत धन देशविदेशमा लुकउने र त्यसको केही अंशले आसेपासेहरूको झुण्ड पाल्ने र चुनावको वेला वेपर्वाह खर्चेर चुनाव जित्ने तिनको दिनचर्या नै बनिसकेको छ।
अब त्यसलाई रोक्ने वेला आएको छ। लोकतन्त्रमा सचेत जनताले मात्र रोक्न सक्छन्। भ्रष्ट र ठगहरूलाई दण्डित गर्न सक्छन्। त्यो गर्ने उपयुक्त वेला र तरिका निर्वाचन/मतदान नै हो।
अत: यो उपनिर्वाचनमा भ्रष्ट पुराना शक्ति र व्यक्तिहरूलाई पराजित गरौं! स्वच्छ र सक्षम नयाँ शक्ति र व्यक्तिहरूलाई विजयी बनाऊँ!
विदेशमा रहेका मतदााताहरूले ( हाल रहेकैै देशबाट मतदान गर्ने व्यवस्था नहुन्जेल! ) आफन्त र साथीसंगातीहरूलाई खबर गरेर भ्रष्ट पुरानाहरूलाई हराऊँ; नयाँ स्वच्छहरूलाई जिताऔं!
अब आँखा खोलौं! समृद्धि सम्भव छ हाम्रै पालामा! -
Baburam Bhattarai
@brb1954
बुढीगण्डकी आयोजनाको सपना तुहिंदै गएकोमा पूर्वी गोरखा र पश्चिमी धादिंगका प्रभावित जनतामा निराशा र आक्रोश बढ्दै!
यो राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजनाको एक प्रमुख पहलकर्ताको नाताले यसलाई मेरो प्रमकालको परिकल्पना अनुरूप नै नेपाल आफैले अधिकारसम्पन्न प्राधिकरण मार्फत छिटो बनाउन दबाब दिने प्रतिबद्धता! -
Baburam Bhattarai reposted
Hisila Yami
@HisilaPost
डा. बाबुराम भट्टराई गोरखाको वडा ५ रामचे गॉउमा चुनाबमा किसानसंगै रमाउँदै !
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
बीआरआईलाई राष्ट्रिय हितअनुकूल ग्रहण गर्नुपर्छ : भट्टराई ekantipur.com/pradesh-4/2024/11/25/bri-should-be-adopted-…
-
Baburam Bhattarai
@brb1954
As I am leaving for my home district Gorkha today and won't be able to attend the consultation meeting of former PMs called by @PM_nepal_ on his forthcoming China visit, here are my few thoughts for his considerations:
- Nepal is the oldest independent and sovereign country in South Asia and one of the oldest in the world,and hence, has every right and responsibility to assert and maintain its sovereignty, come what it may.
- Given Nepal's specific geo-strategic, geo-economic and geo-political positioning between two rising and competitive powers China and India , and closely monitered by the Super Power USA and its allies, we have to be adept in maintainting friendly relations with all for our own national interests.
- As we need foreign trade, capital, technology, knowhow and goodwill to kick-offf our laggard economy to a deveveloped stage at the shortest possible time, we must take advantage of whatever possibility the BRI of China offers us, as we have done with India and USA earlier.
- Our Party, the Socialist Party of Nepal (Naya Shakti), extends best wishes to the PM and his team for the forthcoming China visit. -
Baburam Bhattarai reposted
Guilherme Klein
@GuilhermeKlei11
Does the nationality of capital matter? In short: Yes.
This thread summarizes my article just published in the Cambridge Journal of Economics, which examines how the nationality of capital affects long-term economic growth. -
Baburam Bhattarai
@brb1954
अति विकसित देश अमेरिकामा समेत हालैको राष्ट्रपतीय निर्वाचनमा आर्थिक मुद्दाले निर्णायक भूमिका खेलेको बिश्लेषण गरिंदैछ भने हाम्रो जस्तो भर्खरै आधुनिकतातिर वामे सर्दै गरेको देशमा आर्थिक विकास नीतिको कुरामा दल, नेता,मिडिया,नागरिक समाज सबैको किन यस्तोअरूची होला? अ-सामाजिक सन्जाल( शब्द-सापटी: C K Lal), टिभी,अखबार,चियागफ, कोठेगफ,गोष्ठी,भाषण,सिनेमा जतासुकै एकअर्काको धोती तानातान र व्यक्ति विशेषको देवत्वकरण वा दानवीकरण मात्र!
केही समय निकालेर अमेरिकाका केही जोशिला युवाहरूले शुरू गरेको म्यागाजिन र प्लेटफर्म @jacobinमा प्रकाशित/प्रसारित यो अर्थतन्त्र सम्बन्धी विचारोत्तेजक लेख पढ्ने कष्ट गर्ने कि? jacobin.com/2024/11/biden-economic-policy-inflation-welfare -
Baburam Bhattarai
@brb1954
आधुनिक हिट्लर नेतन्याहूका मानवताविरोधी अपराधवारे प्रसिद्ध अमेरिकी सार्वजनिक बौद्धिक जेफ्री साक्सको तथ्य र तर्क सहितको यो आलेख जानेर नजानेर चूप बस्ने वा घुमाइफिराइ अपराधीकै पक्षपोषण गर्ने सबैले पढून्! नेपालका मूलधारका राजनीतिक दल, बौद्धिक,मिडिया समेतका आँखा खुलून्!twitter.us19.list-manage.com/track/click?u=50ec04f7fdd8f2…
-
Baburam Bhattarai
@brb1954
शान्ति-सम्झौताको १८ बर्ष पूरा हुँदा सबैले TRC/बेपत्ता आयोगको काम (धारा ५.२.५) नसकिएकोमा चिन्ता गर्छौं। गर्नैपर्छ। त्यो छिटो पूरा हुनैपर्छ।
तर संगसंगै , यो सम्झौताको एउटा प्रमुख पैरवीकर्ता र अन्तिम मस्यौदाकारको नाताले मलाई यौटा अर्को पक्षले असाध्यै घोचिरहन्छ। त्यो हो, सम्झौताको धारा-३ ("राजनीतिक-आर्थिक-सामाजिक रूपान्तरण") का विभिन्न उपधाराका प्राबधानहरू, जसले आज दशौं लाख युवाहरूलाई देश छोडेर विदेश जान बाध्य पारिरहेछ, तिनको अझैसम्म कार्यान्वयन नहुनु!
जस्तै-
३.७ "सामन्ती भूस्वामित्वको अन्त्य गर्दै वैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गर्ने नीति अवलम्बन गर्ने।
३.८ "राष्ट्रिय उद्योगधन्धा र साधन श्रोतको संरक्षण र प्रबर्द्धन गर्ने नीति अनुसरण गर्ने।
३.९ शिक्षा,स्वास्थ्य,आवास,रोजगारी र खाद्य सुरक्षामा सबै नागरिकको अधिकार स्थापित गर्ने नीति लिने।
३.१० सुकुम्वासी,कमैया,हलिया,हरवाचरवालगायतका आर्थिक सामाजिक रूपले पछाडि परेका वर्गलाई जग्गालगायत आर्थिक सामाजिक सुरक्षाको व्यवस्था गर्ने नीति लिने।
३.११ सरकारी लाभको पदमा रहेर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्नेहरू उपर कडा कारवाही गरी दण्डित गर्ने नीति लिने।
३.१२ देशको आर्थिक-सामाजिक रूपान्तरण एवं न्यायका साथै देशलाई छिटो समुन्नत र आर्थिक रुपले समृद्धशाली बनाउन एक साझा विकास अवधारणा निर्माण गर्ने। आदि। ( हेरौं फोटोकपी)
त्यसैले अहिले पटकपटक देशको नेतृत्व सम्हालेका नेताहरूको गलत हर्कतबाट असन्तुष्ट रहेका र देश छोड्न उद्यत भएका युवाहरूलाई हाम्रो आग्रह छ- हाम्रो पुस्ताका युवाहरूको ठुलो बलिदानीपूर्ण संघर्षको बलमा भएको ऐतिहासिक शान्ति-सम्झौतामा उल्लिखित यी प्राबधानहरू कार्यान्वन गरेर देशलाई भ्रष्टाचारमुक्त गर्न र समृद्ध नेपाल निर्माण गर्न अघि बढ्नोस्। हामी जस्ता अघिल्लो पुस्ताका मान्छे तपाईंसंगै हुनेछौं। -
Baburam Bhattarai
@brb1954
बृहद् शान्ति-सम्झौता भएको १८ बर्ष पूरा भएको दिन मंसीर ५ गतेको सन्दर्भमा 'लोकपथ' संग गरिएको यो विहंगम कुराकनी!www.youtube.com/watch?v=eq9_SyBGccM&t=1877s
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
अब आँखा खोलौं । आँखा चिन्हमा नै मतदान गरौं । #नेसपा_नयाँशक्ति #nesapanayashakti #अब_आँखा_खोलौं
-
Baburam Bhattarai reposted
The Kathmandu Post
@kathmandupost
In this interview with the Post’s Purushottam Poudel and
@jagdishor, Indian Political Scientist @pbmehta discusses India’s foreign policy under Narendra Modi, India-China and India-US relations, and Nepal’s role in regional geopolitics.
kathmandupost.com/interviews/2024/11/18/india-should-not-… -
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
माओवादी आन्दोलनले दमननाथलाई सम्झिनैपर्ने कारण www.ratopati.com/story/458228/the-reason-why-damannath-mu…
-
Baburam Bhattarai
@brb1954
पुराना शक्ति बाइबाइ!
नयाँ शक्ति हाइहाइ!!
मोरंगदेखि जाजरकोट, गोरखादेखि काठमाण्डौसम्मका हाम्रा यी नयाँ, सक्षम र समावेसी उम्मेदवारहरू! -
Baburam Bhattarai
@brb1954
समकालीन नेपालका एक विशिष्ठ बौद्धिक तथा राजनीतिक व्यक्तित्व र हाम्रा आत्मीय अग्रज मित्र दमननाथ ढुंगानाको आकस्मिक देहान्तको खबरले स्तब्ध छु।
नेपालको अग्रगामी राजनीतिक परिवर्तन, मानव अधिकार संरक्षण र विशेषतः शान्तिप्रक्रियामा वहाँले पुर्याउनु भएको योगदान हामीले सदैव सम्मानपूर्वक सम्झिरहनेछौं।
वहाँप्रति हार्दिक श्रद्धाञ्ली तथा शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना ! -
Baburam Bhattarai
@brb1954
It is unfortunate and embarrassing that the leading figures in Nepali politics are stooping to a new low in their public utterances and real life practices.
It is all the more irresponsible and shameful when their public spat is on sensitive geopolitical and diplomatic issues. Additionally, when a former revolutionary degenarates into a petty opportunist politician and indulges in the dirty maneuvering for personal power, it is all the more disgusting.
In the public eye their public accusations against their political rivals having played a particular foreign 'card' is just like ' the pot calling the kettle black'. The discerning public by now very well know how these gentlemen sell themelves to anybody for petty power or monetary favour.
Let them understand: national interest of Nepal, the oldest sovereign state in South Asia, is above the interest of any Party or leader, and we cannot drift away from the age-old policy and practice of non-alignment and good relations with both the neighbors. The sequence of foreign visits is just a transactional issue based on mutual convenience and necessity.
Suhasini Haidar
@suhasinih
Excl: Oli playing the “China card” by going to Beijing, Nepal should balance ties: Prachanda in interview @the_hindu www.thehindu.com/news/international/oli-playing-the-china…
-
Baburam Bhattarai
@brb1954
Just one factual error needs to be corrected in this otherwise excellent book review by the celebrated academic @AbhiSubediNepal. Hisila and Baburam are now associated with Nepal Samajwadi Party (Naya Shakti), and not with Janata Samajbadi Party. kathmandupost.com/columns/2021/08/15/a-guerrilla-woman-s-…
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
Congratulations to Nepal’s U19 women’s team for making it to the ICC Women’s U19 T20 World Cup 2025 !
-
Baburam Bhattarai
@brb1954
It was a great pleasure to meet with good old friends from India, Nobel Peace Laureate @k_satyarthi , noted political scientist @pbmehta and well-known political activist and analyst @_YogendraYadav at Kantipur Conclave in Kathmandu. Various gamuts of Nepal-India relations and contemporary politics were discussed.
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
'संसदीय प्रणालीको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली बनाएर सुशासन दिने कुरा र मुख्य रूपमा कृषि प्रधान अर्थतन्त्र छ, जसले रोजगारी दिन नसकेर लाखौं मानिस बाहिर छन्, यी एजेन्डा लिएर वैकल्पिक राजनीतिमा जानुपर्छ' #kantipurconclave2024
ekantipur.com/news/2024/11/13/populism-is-temporary-it-ri… -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मुलुकको लोकतन्त्र दोबाटोमा नभई घुम्तीमा रहेको बताएका छन् ।
@brb1954
#kantipurconclave2024 #kantipurconclave
ekantipur.com/news/2024/11/13/democracy-is-not-on-the-way… -
Baburam Bhattarai
@brb1954
I wish the KANTIPUR CONCLAVE on DEMOCRACY IN DILEMMA a great success. Look forward to insightful interactions with distinguished speakers!
-
Baburam Bhattarai reposted
David Harvey
@profdavidharvey
How is artificial intelligence going be deployed? We know historically that when machinery came into production, John Stuart Mill said, machinery should lighten the load of labor, I cannot understand why when machinery is actually employed, it is doubling the load of labor. [1/8]
-
Baburam Bhattarai
@brb1954
नेपालको शान्तिप्रक्रियाको विशिष्ठता, अहिलेसम्म नटुंगिनाका कारणहरू, अब अपनाउनुपर्ने बाटो लगायतका विषयमा @12khari संग मेरो कुराकानी! लाखौं प्रभावित जनताको जीवनसंग जोडिएको सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगको काम छिटो सम्पन्न गरौं! यसलाई छुद्र सत्ता लुछाचुँडीको बन्धक नबनाऊँ!
Baahrakhari
@12khari
दुई वर्षभित्र टुंग्याउने भनेका शान्ति प्रक्रिया दुई दशकसम्म किन टुंगिएन ?
baahrakhari.com/detail/436385 -
Baburam Bhattarai
@brb1954
Interesting and insightful thread by @MilanBrahmbha11 on the logic of rise of so-called great men in history! However, only the Hegelian subjective approach or the wish of the individual alone may not be sufficient to explain it. One may have to take into consideration the then prevailing objective conditions or the politico-economic contradictions at the national and global level as well. This is what Mao has hinted in his chat with Kissinger quoted at the end of this thread.
Anyway, a must read thread for all to know the rise of not only Trump but hosts of aspiring 'great men' in different parts of the contemporary world !
Milan Brahmbhatt
@MilanBrahmbha11
Kissinger on Trump and 'The Cunning of Reason.'
The Financial Times's man in Washington Edward Luce took Henry Kissinger out for lunch in 2018. Luce tried every which way to corner Kissinger into a direct comment on Trump, but his aged quarry easily evaded the pursuit. Except for one evidently premeditated and striking, if cryptic, assessment that I wrote about at the time, under another blogging hat, here: naimisha_forest.silvrback.com/kissinger-hegel-trump A thread… 1/ -
Baburam Bhattarai reposted
Mohammed Al-Issa محمد العيسى
@MhmdAlissa
The #muslimworldleague looks toward Riyadh as the meeting of the Global Alliance for a Two-State Solution takes place. This initiative, led by the Kingdom of Saudi Arabia, enjoys broad international participation. We hope the sincere determination of this ambitious and pioneering diplomatic endeavor will achieve its just and noble objectives. May Allah the Almighty bless this historic initiative and grant it success, along with all efforts undertaken in support of the Palestinian cause.
-
Baburam Bhattarai
@brb1954
नेपाल समाजवादी नेवा: संघद्वारा काठमाण्डौमा आयोजित र विभिन्न पार्टी र नागरिक समाजका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी महत्वपूर्ण सार्वजनिक विमर्श निकै रोचक र उपयोगी रह्यो।
नेपालका विभिन्न जातिहरूको आनुवंशिक संरचना ( genetic structure ) सम्बन्धी एक वैज्ञानिक शोधपत्र अनुसार काठमाण्डौका नेवा: जाति सबैभन्दा मिश्रित ( हेरौं यो लिंकमा pmc.ncbi.nlm.nih.gov/articles/PMC5248489/) रहेको पाइएबाट नेपालको इन्द्रधनुषी बहुराष्ट्रिय चरित्रको प्रमुख पहरेदारका रुपमा नेवा: जातिले आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्ने अनुभूति भयो।
हामी सानै छॅदा बा-हजूरबाहरूले 'काठमाण्डौ'लाई 'नेपाल' भन्ने गरेको अझै सम्झना हुन्छ। हाम्रै छिमेकी खोप्लांग बजारमा 'नेपाले साहू' 'नेपाले कान्छा'हरू थिए।
अत: नेवा:हरू रियाक्टिभ हैन प्रोयाक्टिभ भएर अघि बढ्नुपर्ने हो कि? -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
न्हूदँ ने.सं ११४५ को उपलक्षमा शुभकामना आदानप्रदान सहित प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रतिनिधित्व सम्बन्धी विभिन्न पार्टीका नेता, सांसद लगायत नागरिक अगुवाहरूसँग आज अन्तर्क्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आयोजक नेपाल समाजवादी नेवाः संघलाई हार्दिक बधाई!
-
Baburam Bhattarai
@brb1954
युवाहरूसंग राजनीति र अन्य विविध विषयवारे अन्तरंग सम्वाद! youtu.be/1nPP0xxEEKU
-
Baburam Bhattarai
@brb1954
Insightful post-election review in the USA! jacobin.com/2024/11/its-happening-again-trump-election-win
-
Baburam Bhattarai reposted
The Kathmandu Post
@kathmandupost
OPINION: Developing new approaches to economic policy
GDP, an outdated measure of the economy, doesn’t reflect the health of people or the planet.
kathmandupost.com/columns/2024/11/06/developing-new-appro… —by Radhika Balakrishnan -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
छठ पर्वको हार्दिक शुभकामना !
-
Baburam Bhattarai
@brb1954
Cogratulations to President-elect @realDonaldTrump ! May his second tenure as 47th President of United States of America contribute towards a more peaceful and just internatonal world order and closer Nepal-USA relations!
-
Baburam Bhattarai
@brb1954
Interesting narrative on American elections! jacobin.com/2024/11/harris-trump-election-messaging-popul…
-
Baburam Bhattarai
@brb1954
It is high time Nepal takes serious initiative to join the fast emerging BRICS system. Our specific geo-politics, level of economic development/underdevelopment, heavy dependency on the Breton Woods financial system, dire need of foreign capital/technology/investment/trade to transform the laggard economy, we need to explore available other opportunities like BRICS. Let our government wake up from the deep slumber! @kpsharmaoli
Jorge Heine
@jorgeheinel
As part of the effort to deride the group, they used to say “there are only two #brics in the wall”. That was never true, and even less so after the 16th #brics2024 summit in #kazan. My column in @ChinaDaily . @BUPardeeSchool @AdilNajam @AmitavAcharya @marianakalil #diplomacy
-
Baburam Bhattarai
@brb1954
Let the American people keep the broader interests of humanity in mind than their own narrow national interests or rather still narrower interests of their strong 'military-industrial complex' , while chosing their powerful President and Members of both the Houses. Wish you all the best! @POTUS @usnepalonline www.facebook.com/share/1AyVudrzLL/
-
Baburam Bhattarai
@brb1954
छिमेकी भारत र चीनले मूलत: शिक्षा क्षेत्र अथवा मानव संशाधन विकासको क्षेत्रमा अपनाएको भिन्न बाटो,अर्थात् माथिबाट तल ( Top Down) र तलबाट माथि (Bottom Up), को परिणाम समग्र विकासमा कस्तो देखियो भन्नेवारे गहन अध्ययन गरिएको यो शोधपत्र हाम्रा नीतिनिर्माता, शिक्षाविद् र राजनीतिकर्मीहरूकालागि पनि निकै उपयोगी हुनसक्छ। पढीहेर्ने कि?@Bidyabhattarai
-
Baburam Bhattarai
@brb1954
माओवादी आन्दोलनसंग जोडिएका सबैले पढ्नैपर्ने @khabarhubnepal को यो खोजपूर्ण आलेख! विश्लेषण र संश्लेषण आआफ्नो हुन सक्छ, को सही र को गलत इतिहासले फैसला गर्छ, तर तथ्य तथ्य नै हुन्छ र कसैले बदल्न सक्दैन।
Khabarhub
@khabarhubnepal
‘प्रचण्ड त ज्ञानेन्द्रसँग मिलौं भन्ने पक्षको मान्छे हो । अहिले माओवादी केन्द्रीय कार्यालयमा रहेका डोरप्रसाद उपाध्याय (निर्मलकुमार) त्यसका साक्षी छन्’ माओवादीका एक पुराना नेताले भने, ‘०५९ मंसिर–पुसतिर प्रचण्डले बाबुरामलाई भने– अब निकासको ढोका खुल्ने भयो ।’ khabarhub.com/2024/27/704415/
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
तिहार, नेपाल सम्वत् ११४५, म्हः पूजा र छठ पर्वको हार्दिक मंगलमय शुभकामना !
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
जेबी विश्वकर्मा लेख्छन् : राज्यसत्ता रूपान्तरणको संघर्ष सत्ता प्राप्तिसँग हुन्छ तर सांस्कृतिक रूपान्तरण आफ्नो विश्वास र सत्वविरुद्ध हुन पुग्छ । त्यसैले मानिस सांस्कृतिक रूपान्तरणका लागि सहजै तयार हुँदैन । @JBBiswokarma
ekantipur.com/opinion/2024/11/01/distorted-politico-cultu… -
Baburam Bhattarai
@brb1954
बहुचर्चित 'यति' बारे यो खोजपूर्ण र तथ्यपरक आलेख! हल्ला, अनुमान,दन्त्यकथा हैन विज्ञान, तथ्यको आधारमा आफ्ना धारणा बनउने वानी बसालौं।स्कूल-कलेजका पाठ्यपुस्तकहरू सोही अनुरूप पुनर्लेखन गरौं।
Kantipur
@ekantipur_com
कमल मादेन लेख्छन् : विज्ञानले यतीको वास्तविकता स्पष्ट पारिसकेको छ । तर, हिजोआज पर्यापर्यटन विकासका लागि यतीको भ्रामक मूर्ति स्थापना गर्ने कार्य भइरहेको छ । विज्ञानलाई नजरअन्दाज गरेर अझै नेपालमा यती पाइन्छ भनेर गलत हर्कत गर्नु हुँदैन ।
ekantipur.com/opinion/2024/11/01/yeti-myths-and-scientifi… -
Baburam Bhattarai
@brb1954
नयाँ नेपाली चलचित्र " पूर्णबहादुरको सारंगी" हेर्ने क्रममा विविध क्षेत्रका नेपाली कलाकारहरूसंग!
ऐतिहासिक रूपले नेपाली समाजमा गीतसंगीत क्षेत्रका अगुवा तर उल्टै सबभन्दा उत्पीडित र अपहेलित गन्धर्भ ('गाइने') परिवारको मार्मिक संघर्षको कथामा आधारित यो फिल्म सबै सहृदयी मनहरूले हेर्नैपर्छ।
पटकथा,छायांकन,संगीत,अभिनय प्रशंशायोग्य छन्। मैले बुझेसम्म मुख्य भूमिकामा रहेका विजय बरालको यो अहिलेसम्मकै उत्कृष्ट अभिनय हो। -
Baburam Bhattarai
@brb1954
देशमा विद्यमान गम्भीर अर्थ-राजनीतिक समस्या र त्यसबाट उत्पन्न व्याप्त जनअसन्तुष्टीको सम्बोधन गर्नु सबै नयाँ र पुराना दल/नेतृत्वको साझा दायित्व हो।
समस्यालाई वस्तुपरक ढंगले पहिचान गरेर तिनलाई कसले छिटो र राम्ररी समाधान गर्ने भन्ने विषयमा प्रतिष्पर्धा र सहकार्य नै बहुदलीय लोकतन्त्रको मूल मर्म र सौन्दर्य हो।
त्यसनिम्ति सबभन्दा पहिले देशका दीर्घकालीन र अल्पकालीन साझा समस्याको पहिचान गर्नु र त्यसपछि सबै दल/नेतृत्वले आआफ्ना दृष्टिकोण, पक्षधरता,संगठन, योजना, कार्यशैली अनुसार कार्यान्वयनकोनिम्ति प्रतिष्पर्धा गर्नु उपयुक्त हुन्छ।
यसैलाई मध्यनजर गरेर हामीले अन्तर-पार्टी विमर्श ( Cross-Party Dialogue ) को प्रारम्भिक थालनी गरेका छौं। यसलाई विविध ढंगले पृष्ठपोषण गरेर अघि बढाउन सबैसंग हार्दिक आग्रह छ। -
Baburam Bhattarai
@brb1954
'देउसी भैलोमा रानीतिक विषय उठाउन नपाइने' हुकुमी आदेशको कुरा सही हो भने यसमा निरंकुश राजतन्त्रात्मक पंचायती शासनकालको भूत जागेको प्रष्ट हस्को आयो! अहिलेका सिडीओ हिजोका अंचलाधीश/बडाहाकिम होइनन् र हुनसक्दैनन् भन्ने हेक्का रहोस्!
हिजो (कार्तिक १५ गते) मात्र प्रज्ञाप्रतिष्ठानमा प्रमसहित सबै वरिष्ठ नेतागण उपस्थित सिस्नुपानी देउसीभैलो कार्यक्रममा सबैको शिष्ट भाषामा छाला काड्ने काम अति रोचक/घोचक ढंगले भएकै हो! आफुले लडेर ल्याएको लोकतन्त्रले आफैलाई सिस्नुपानी लगाउँदा प्रम लगायत हामी सबैले गर्वानुभूति गरेकै हौॅ!
बरू सिडिओ सा'पहरूको ध्यान प्रतिबन्धित पटाकाहरू वेरोकटोक पड्किरहेको, सडेगलेका भाइमसाला,प्रदुषण बढाउने प्लाष्टिकका माला लगायतका वस्तुहरूको विक्रिवितरण खुल्लमखुल्ला भैरहेको, महॅगी र कालाबजारीले उपभोक्ताहरूको ढाड सेकिरहेको आदि जस्ता जनसरोकारका मुद्दाहरूतिर केन्द्रित हुँदा राम्रो होला।
Onlinekhabar
@Online_khabar
चितवनमा देउसी भैलोमा राजनीतिक विषय उठाउन नपाइने www.onlinekhabar.com/2024/10/1561318/political-issues-can…
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
तिहारको हार्दिक मंगलमय शुभकामना !
-
Baburam Bhattarai
@brb1954
आफ्नै घरेलु मैदानमा भएको दक्षिण एशियाली महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले हार्दा हामी सबैलाई नमिठो लागिरहेछ।
भनिन्छ- हारेको सेनाले बढी सिक्छ। हामीले पनि सिक्नुपर्छ र अर्कोचोटि जित्ने कोशिश गर्नुपर्छ।
मेरो विचारमा हामीले हार्नु र बंगलादेशले जित्नुमा, अरू कुराहरूका अतिरिक्त, मुख्य रूपमा हाम्रो भन्दा उनीहरूको राम्रो टिम वर्क अर्थात सामुहिक कर्म हो।
निजी रूपमा त हाम्रा फरवार्ड/स्ट्राइकर, गोलकिपर लगायतका खेलाडी बेजोड देखिन्थे!
पाठ:- खेल, राजनीति, व्यवसाय, युद्ध, परिवार सामुहिकताले चल्छन्। अत: सबैतिर हिरो/हिरोइन पूजा गर्नु सट्टा टिम/संस्था निर्माण गर्न ध्यान दिऊँ!! -
Baburam Bhattarai
@brb1954
Never mind team Nepal! Congratulations Bangladesh! SAFF Women's Football has won!!
-
Baburam Bhattarai
@brb1954
अब प्रचण्डले नेतृत्व गरेको गुटलाई 'माओवादी' भन्नुभन्दा 'प्रचण्डपन्थी' भन्नु उपयुक्त होला। किनकि माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरी सहित आधुनिक नेपाल राज्य बने यताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसंगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको छ। त्यसपछि त्यो आन्दोलन (जुन 'पार्टी' मात्र थिएन!) लाई हाम्रो प्रस्ताव अनुसार नयाँ युगको नयाँ कार्यभार (जुन तीब्र आर्थिक-सामाजिक रूपान्तरण हुनुपर्दथ्यो, अझै हुनुपर्छ) पूरा गर्न वेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नुपर्दथ्यो। परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता-स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो।
अनि केही तथ्यांकका कुरा- प्रचण्डको पार्टीको संसदीय सिटसंख्या ३० हो ३२ हैन। २०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनावचिन्ह लिएर जितेको २ सिटलाई समेत कानूनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दावी गरेका मात्र हुन्। साथै गोरखा र सर्लाहीका २/२ निर्वाचन क्षेत्रमा प्रचण्डको पार्टीको नाउँमा देखिएको बढी मत नेसपाको उल्लेख्य मत जोडेर मात्र देखिएको हो। त्यो घटाउँदा कति हुन्छ आफैं बुझौं!
Kantipur
@ekantipur_com
विष्णु रिजाल लेख्छन् : एउटासँग सहकार्य गरिरहेका बेला अर्कासँग हिमचिम बढाउने दाहालको त्यही कार्यशैली र आफू मात्रै बाठो छु भन्ने मनोविज्ञानले गर्दा मुलुक त राजनीतिक अस्थिरताको सिकार भयो नै, स्वयम् उनको पार्टीलाई त्यसभन्दा बढी घाटा भएको छ । @bishnurijal1
ekantipur.com/opinion/2024/10/29/maoists-out-of-power-34-… -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
पूर्व प्रधानमन्त्री तथा पार्टी संयोजक डा. बाबुराम भट्टराईले आज विभिन्न राजनीतिक दलका नेताहरूसँग अनौपचारिक अन्तरंग छलफल आयोजना गर्नुभएको छ। उक्त अन्तरपार्टी विमर्शमा निम्न उल्लेखित आधारभूत राष्ट्रिय र तत्कालीन मुद्दाहरूबारे सकारात्मक विमर्श भएको छ ।
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
साथै, यस्ता संवादलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनुपर्ने साझा धारणा व्यक्त भएको छ ।
-
Baburam Bhattarai
@brb1954
While commending @KamalDevBhatta1 for this cover story on Nepal Samajwadi Party ( Naya Shakti ) I would like to make a small clarification. The much touted cliche that Baburam 'chose to back Prachanda in Gorkha-2 in exchange for the support for his daughter Manushi in Kathmandu-7' is absolutely false. There is no correlation between the two. In fact because of this wrong perception she had had to face the backlash in the urban cnstituency in Kathmandu. If she or I had desired otherwise she could have easily contested from Gorkha-2 and won.
The Annapurna Express
@TheAnnaExpress
COVER STORY
"Bhattarai has suggested a merger of the CPN-UML and CPN (Maoist Center), though he believes even a united party would lose relevance within a decade" writes- @KamalDevBhatta1
#baburambhattarai #amn
theannapurnaexpress.com/story/51027/ -
Baburam Bhattarai reposted
The Kathmandu Post
@kathmandupost
EDITORIAL: All-talk Dahal
Fuelled by a sense of betrayal and entitlement, the Maoist chief increasingly cuts a sorry figure.
kathmandupost.com/editorial/2024/10/27/all-talk-dahaL -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
हिसिला यमी लेख्छिन् : नेपाली महिला इतिहास र आन्दोलनको दस्ताबेजीकरण हो– महिला आन्दोलनको सहखोजी ।ekantipur.com/koseli/2024/10/26/in-search-of-womens-movem…
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक बाबुराम भट्टराईले लामो संघर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त नेपालको संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिबीच साझा धारणा र एउटै बुझाइ आवश्यक रहेको बताएका छन् ।ekantipur.com/news/2024/10/26/the-country-can-no-longer-r…
-
Baburam Bhattarai
@brb1954
Hats off to the Goddesses of Nepali football! Well done Sabitra! Also the amazing patience of the team in adversity ! Nepal has won and football has won! All the best for the final!
-
Baburam Bhattarai
@brb1954
नेसपा (नयाँ शक्ति) को हालै पोखरामा उल्लासकासाथ सम्पन्न प्रथम विधान अधिवेशनले नयाँ शक्ति अभियानको स्थापनाकालदेखिका सबै सथीहरूलाई पुनः पार्टीमा एकताबद्ध भएर देशमा सच्चा अग्रगामी वैकल्पिक शक्तिको निर्माण गर्न आह्वान गरेको छ।
पछिल्ला घटनाक्रमहरूले देशलाई राजनीतिक अस्थीरता,भ्रष्टाचार,अल्पविकास, वेरोजगारी,जातीय/क्षेत्रीय/लैंगिक विभेद,परनिर्भरता,वैदेशिक हस्तक्षेप लगायतको दुष्चक्रबाट मुक्त गरेर छिटो समुन्नत र समतामूलक नयाँ नेपाल निर्माण गर्न स्पष्ट अग्रगामी विचार,नीति,कार्यक्रम,नेतृत्व सहितको वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यता रहेको थप पुष्टी गरेका छन्।
यात्रा गर्दा बाटो विराएमा/हराएमा जहाँबाट विराएको हो त्यहीं फर्कनू भन्ने लोकोक्ति छ। हामीले पनि जानेर/नजानेर नयाँ शक्ति निर्माण गर्ने क्रममा बाटो बिरायौं। म आफ्नो हिस्समा पर्ने गल्ती/कमजोरीप्रति आत्मालोचित हुँदै कसैप्रति कुनै आग्रह पूर्वाग्रह नराखी सबै साथीहरूलाई यो महाभियानमा एकताबद्ध हुन हार्दिक अनुरोध गर्दछु।
हाम्रा स्थापनाकालीन प्रतिबद्धताहरू र विशेषत: ऐतिहासिक 'लुम्विनी संकल्प' पुन: एकपटक स्मरण गर्न आग्रह गर्दछु। -
Baburam Bhattarai
@brb1954
प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर 'पूर्व माओवादीहरू' एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्। अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले 'सुशाशन'को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्।
यसवारे केही प्रष्ट्याउनु जरूरी भएको छ:-
पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन? यसको वैचारिक-राजनीतिक औचित्य र आधार के हो?
स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौं- माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरी सहित पूरा गरिसकेको छ। विश्व एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुॅजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौं। अनि किनारा पुॅजीवाद (peripheral capitalism) को रूपमा असमान र परनिर्भर सम्बन्ध ( unequal and dependent relations) मा बाँधिन पुगेका छौं।
यो स्थितिमा अब हामीले पुरानो जनयुद्धकालीन अवस्थानिम्ति उपयुक्त माओवादी विचार-राजनीति र स्टालिनवादी अति केन्द्रीकृत ढाॅचाको कम्युनिष्ट पार्टीको माध्यमबाट नयाॅ युगका कार्यभार पूरा गर्न सक्दैनौं। हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक-सामाजिक-सांस्कृतिक आधार वीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाॅकी विश्वसंग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ। त्यसनिम्ति हामीले नयाॅ युगको नयाॅ कर्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाॅ विकास गर्नु परेेको छ। तसर्थ हामीले समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाॅ समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद ( enhanced/enriched socialism) भनेका छौं, विकास गर्नुपर्ने आवश्यकता देखेका छौं।
हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक-राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौं? तर अहिले समय र परिस्थिति अनुकुल नयाॅ कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासवारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले 'सबै पूर्व माओवादी एक ठाउँमा आउँ ' भन्नुको के अर्थ रहन्छ?
माओ मरेको पनि आधा शताब्दी बितिसकेको, विश्वमा वस्तुगत र आत्मगत रूपले अपूर्व परिवर्तन आएको, पुरानो 'कम्युनिष्ट' सत्ताहरू सबैतिर तासको घर झैं ढल्दै गैरहेको, भूमण्डलीकृत नव-उदारवादी पुॅजीवादले चरम असमानता, पर्यावरण विनाश, आणविक हतियारको विभीषिका, ए.आई.को अनिश्चितता सिर्जना गरेर विश्व र मानवजातिलाई त्राहीमाम् पारिरहेको अवस्थामा विचार, दर्शन, राजनीति, अर्थशाश्त्र, समाजशाश्त्र सबै क्षेत्रमा नयाँ संश्लेषण आवश्यक हुन्छ कि हुन्न? फेरि नेपालको जटील भूराजनीति, चरम जातीय/भाषिक/क्षेत्रीय विविधता, अति अविकसित/अल्पविकसित अर्थतन्त्र लगायतको परिवेशमा समग्र राजनीति, पार्टी, नेतृत्वको पुनर्संरचना गर्नुपर्छ कि पर्दैन?
यति गम्भीर र दूरगामी महत्वको विषयमा पूर्व माओवादी मात्र हैन सबै पार्टी भित्रका अग्रगामी सोंच भएका व्यक्तिहरू, सार्वजनिक बौद्धिकहरू र विशेषत: सिर्जनशील तथा उर्जावान नयाॅ पुस्ताका युवाहरू वीच बृहद बहस चलाएर नयाॅ अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्नु आजको आवश्यकता हैन र?
दोश्रो कुरा, अब प्रचण्डको नेतृत्वमा 'भ्रष्टाचारविरोधी' ' सुशाशनकोनिम्ति' आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धि ( common sense) को अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो। हिन्दी/उर्दू उखान- 'सौ चूहा खा के बिल्ली हज करने चली' भने जस्तै हो! जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग-उत्थानीकरण हुॅदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रकृया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणी वीचको अन्तर कसले बुझेको छैन र ? हालै प्रकाशित र विश्वचर्चित पुस्तक CUCKOOLAND: How the Rich Own the Truth पढ्ने जो कोही प्रचण्डको असली रूपबाट वेखबर रहन सक्दैन। यदि त्यो सबै 'क्रान्तिनायक विरूद्ध साम्राज्यवादी षड्यन्त्र' हो भने विश्व इतिहासको सबभन्दा ठूलो साम्राज्यका नायक तत्कालीन युवराज र हालका राजाका अवान्छित गतिविधिवारे पनि सो पुस्तकले किन र कसरी खोतलेको होला?ती सबै महापुरूषहरूको चरित्रहत्या सो पुस्तकका लेखकले गरेको भए अहिलेसम्म ती ख्यातिप्राप्त खोजमूलक लेखक विरूद्ध मुद्दा हालेको खबर किन नपाइएको होला?
फेरि पनि इतिहासको गति रोकिन्न। देशले अग्रगामी निकास खोज्छ खोज्छ!! हाम्रो हालैको पोखरामा सम्पन्न विधान अधिवेशन र नेसपा ( नयाॅ शक्ति) को पुनरोदय त्यही दिशाको विनम्र पाइलो हो। -
Baburam Bhattarai
@brb1954
Janata tv का रमेश आचार्यसँग नेपाली अर्थतन्त्रका गम्भीर संरचनात्मक समस्या र तिनको दिगो समाधानबारे अंतरग कुराकानी!youtu.be/TjbVeA3jdkw
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
समसामयिक राजनीतिक प्रस्ताव
-
Baburam Bhattarai
@brb1954
पोखरामा सम्पन्न ऐतिहासिक विधान सम्मेलन पछि नेपालको करिब एक दशकदेखि चल्दै आएको अग्रगामी वैकल्पिक शक्ति अभियानले नेपाल समाजवादी पार्टी (नयाॅ शक्ति) को रूपमा फड्को मारेको छ। सबैलाई बधाई ! धन्यवाद !
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ । पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ ।
www.nepalviews.com/2024/10/22/325322/ -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
पोखरामा सम्पन्न नेपाल समाजवादी पार्टीको विधान अधिवेशनले पार्टीको नामको पछि 'नयाँ शक्ति' थप्ने निर्णय गरेको छ । अधिवेशनले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने तय गरेको छ भने महाधिवेशनमा कार्यकर्ताले प्रत्यक्ष मतदान गर्न पाउने।
ekantipur.com/news/2024/10/22/bhattarai-led-partys-name-i… -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
प्रचण्डसँग चुनावी सहकार्य बारे समीक्षा गर्दै उनले भने, ‘रावण र कंशहरूको राज भएको समाजमा सोझो र इमान्दार हुनु पनि कमजोरी जस्तो देखिने रहेछ ।’
www.onlinekhabar.com/2024/10/1556504/assets-of-all-party-… -
Baburam Bhattarai
@brb1954
पोखरामा शुरू भएको नेसपाको पहिलो विधान अधिवेशनमा पार्टीको घोषणापत्र र विधानमाथि दशवटा समूहमा गहन छलफल भैरहेको छ।देशभित्रका सबै प्रदेश र प्रवासबाट आएका प्रतिनिधिहरूको ग्रुप छलफल पछि प्रत्येक ग्रुपबाट १/१ जना महिला र पुरुष गरी २/२ जनाले टिप्पणी र सुझाव प्रस्तुत गरेपछि आवश्यक परिमार्जन सहित अधिवेशनले दस्तावेजहरू पारित गर्नेछ।
Progressive Democratic Party
@SPONepal
नेपाल समाजवादी पार्टीको प्रथम विधान अधिवेशनको पहिलो सत्र सुरु भैसकेको छ !
#नेसपा #विधान_अधिवेशन -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
-
Baburam Bhattarai
@brb1954
वैकल्पिक शक्तिको वैचारिक अगुवा नेपाल समाजवादी पार्टीको प्रथम विधान अधिवेशन कार्तिक ५-६ गते पोखरा सभागृहमा भव्य रूपमा सम्पन्न हुँदै!
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
आज पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित “समृद्धिको आधार : बाटो र उद्योग-व्यापार” विषयक परिसंवाद कार्यक्रममा डा. बाबुराम भट्टराई ।
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
नेपाल समाजवादी पार्टीको विधान अधिवेशन कात्तिक ५ र ६ गते पोखरामा www.onlinekhabar.com/2024/10/1555547/legislative-session-…
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
किताबले बाबुरामलाई ‘समकालीन नेतामध्ये दूरदृष्टि राख्ने नेता’ भनेको छ
ekantipur.com/koseli/2024/10/19/a-visionary-a-former-rebe… -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
Shocked at the demise of progressive public intellectual of India and a great friend of Nepal, Prof. G N Saibaba. Our heartfelt tributes to him and deep condolences to the bereaved family.
भारतमा काम गर्ने नेपाली मजदुरहरूका अनन्य मित्र तथा नेपालका असल शुभचिन्तक प्रा. जी एन साइबाबाको दुःखद निधनमा वहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहीरो समवेदना! -
Baburam Bhattarai reposted
Piotr Lewandowski
@ptrlewandowski
I'm sure you all have read too many comments on the econ Nobel already, but I think this 👇 by @arvindsubraman is the one worth reading. Concise, balanced, insightful
Arvind Subramanian
@arvindsubraman
My tribute to-& one critique of-the work of Acemoglu, Johnson & Robinson (AJR) in @bsindia
"AJR’s answer to the big question (Why are some countries rich & others poor?) was doubly (constructively & destructively) mono-causal:It’s all about institutions and not about geography" -
Baburam Bhattarai reposted
Himal Press
@HimalPress
विधान अधिवेशनमा जुट्यो नेसपा, तल्लो तहसम्म मस्यौदा पठाइयो
#himalpress
himalpress.com/2024/10/174894/ -
Baburam Bhattarai
@brb1954
TRC लगायतका शान्तिप्रक्रियाका बाँकी काम छिटो सम्पन्न होस्। सत्तामा छॅदा एउटा कुरा, सत्ता बाहिर हुॅदा अर्को कुरा गर्ने प्रवृत्ति नदोहोरियोस्! कसैले पनि यो संवेदनशील विषयमाथि कुर्सीको मोलतोल नगरोस्! वृहत् शान्ति-सम्झौता संविधानको अंग [धारा-३०४(२)] बनिसकेकाले यो सबै दल, सरकार र नागरिकको साझा दायित्व हो भन्ने हेक्का रहोस्।
-
Baburam Bhattarai
@brb1954
The debate triggered by this year's Nobel for Economics, particularly between the pro-Nobel and counter-Nobel camps, is worth emulating by development planners in LDCs like Nepal.
Since the time when I was the first Finance Minister of Republic of Nepal in 2008, I have been hammering on the urgent need for radical institutional restructuring of the state to ensure historic take-off of the stagnant Nepali economy. But it has almost fallen in deaf years so far.
Since then I have keenly followed two books, among others. Firstly, " Why Nations Fail" (2012) by this year's Nobel Laureates ; and secondly, "How China Escaped the Poverty Trap" (2016) by Yuen Yuen Ang. While the first one lucidly unearths the dynamics of socio-economic transformation of the West and credits the crucial role of political and social institutions for this ; the second one makes a rigorous disection of the Chinese economic transformation and asserts the dialectical relation between the development of institutions themselves and stages of development of the economy. Both of them have their points given the different historical specificities.
Nepal, being neither a colonial power nor ever a colonised state or society, has its own peculiar specificity, has very sluggish institutional infrastructure, and must draw appropriate lessons from all.
Hence, let the debate go on, as the sanskrit verse says: ' वादे वादे जायते तत्ववोध'! ( 'The reality reveals through struggle' ) @DAcemogluMIT @yuenyuenang -
Baburam Bhattarai reposted
MOFA of Nepal 🇳🇵
@MofaNepal
Nepal strongly condemns recent attacks on the UNIFIL peacekeepers & urges parties of the conflict to guarantee their safety & security.
Such actions must stop immediately & should be adequately investigated.
A joint statement by 34 UNIFIL-contributing countries👇 -
Baburam Bhattarai reposted
State of Palestine - MFA 🇵🇸🇵🇸
@pmofa
Ministry of Foreign Affairs and Expatriates: Israel uses the International Silence and Double Standard to Deepen its #genocidal War Against the Palestinian people
In the past ten days in northern Gaza, Israel, the illegal occupying power continues to perpetrate relentless massacres against Palestinian civilians as part of a calculated and deliberate strategy to depopulate the area through unlawful killings, ethnic cleansing, and forced displacement. Including the latest atrocity this morning at a food distribution center in Jabalia, just hours after another massacre at dawn targeted displaced families outside Al-Aqsa Martyrs Hospital in Deir al-Balah, where civilians were burned alive.
The Ministry affirms that the international community’s inaction and failure to uphold its legal and moral obligations to intervene and stop this genocidal war, will only embolden the Israeli fascist goverment to entrench its ethnic cleansing agenda, through starvation, forced displacement, and the systematic fragmentation of the Occupied State of Palestinian .This ruthless Israeli plan, violates international law and international resolutions, including gradual annexation, the establishment of buffer zones, and the aggressive expansion of illegal settlements—all designed to distract the foundations of a viable Palestinian state. Moreover, the Ministry emphasizes that the Palestinian people are not only victims of a prolonged and brutal illegal occupation but of a deeply biased international system that fails to implement its own resolutions.
The Ministry is working relentlessly to transform the overwhelming international consensus against Israel’s illegal occupation into tangible, binding actions to implement the United Nations General Assembly resolution that endorsed the International Court of Justice’s advisory opinion, aiming at ending the illegal Israeli occupation within 12 months. -
Baburam Bhattarai
@brb1954
This year's Nobel Prize for Economic Sciences to Daron Acemoglu, Simon Johnson and James A. Robinson is highly deserved. Congratulations to the distinguished economic thinkers and authors who have correctly diagnosed the critical role of institutional factors in the economic transformation of nations.
The iconic book " WHY NATIONS FAIL" jointly authored by Acemoglu and Robinson is a must read for all development planners and practitioners, particularly in Least Developed Countries like Nepal. Hisila and I fondly remember having a very fruitful discussion with @DAcemogluMIT in October 2018 at MIT,USA, specially about the path of economic development Nepal should pursue after the political revolution of 2006. -
Baburam Bhattarai
@brb1954
यस पटकको दशैंको अर्को अविस्मरणीय स्वाद मोहन मैनाली लिखित " मुकाम रणमैदान: नेपाल-अंग्रेज युद्धको बखान" रह्यो!
नेपालीहरू ऐतिहासिक रूपमा किन रोजगारीनिम्ति विदेशिन वाध्य थिए र छन्? विदेशीले कसरी हामीलाई फुटाएर राज गर्छन्? उत्तर र दक्षिण छिमेकीका दाउपेच नेपालमा के कस्ता थिए र छन्? नालापानी जस्ता चर्चित लडाइँका मोर्चाका यथार्थ के हुन्? बुढाकाजी अमर सिंह थापा जस्ता सच्चा देशभक्तहरू कसरी एक्लो पर्छन्? आदि इतिहासका संगीन प्रश्न लिखित दस्तावेजका आधारमा बुझ्न यो किताब पढ्नैपर्छ।
पुस्तकलाई पुरस्कृत गरेर मदन पुरस्कार गुठी आफैं सम्मानित भएको छ! -
Baburam Bhattarai
@brb1954
अहिले पुर्खौली घरको बार्दलीमा बसेर @HimalPress मा प्रकाशित मेरो बाल्यकालको दशैंको स्मरण सम्बन्धी यो कुराकानीमा आधारित प्रस्तुती 'मेरो दसैं' ( हाम्रो पालामा मोटो 'श' लेखिन्थ्यो!) पढ्दा अर्कै युगको वृत्तचित्र हेरे झैं लाग्छ! शायद हाम्रो पुस्ताका गाउँले परिवेशका धेरैसँग मिल्नसक्छ!
Himal Press
@HimalPress
पूर्वप्रधानमन्त्री @brb1954 को बाल्यकालीन दसैँ :
मेरो दसैँ #himalpress
himalpress.com/2024/10/173757/ -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
हुनुपर्ने गाउँको #शहरीकरण हो । यो भनेको गाउँतिर भौतिक पूर्वाधार, बसोबास र आधुनिकता लगायत शहरी सुविधाका अन्य मापदण्ड पुग्नुपर्ने हो । तर शहरमा गाउँको पछौटेपन गइरहेको छ र जुन शहरको ग्रामीणीकरण हो ।
@brb1954
www.onlinekhabar.com/2024/10/1551575/lets-stop-the-rurali… -
Baburam Bhattarai
@brb1954
मध्यपूर्वको समस्याको स्थायी समाधान दुइ स्वतन्त्र राज्य इजराइल र प्यालेस्टाइनको निश्चित र सुरक्षित सीमाना सहितको सहअस्तित्व हो। यसलाई इजराइलले नमानेर किन पटक पटक युद्ध र नरसंहारमा उत्रिरहेको छ? त्यसको सत्यतथ्य बुझ्न प्रसिद्ध अमेरिकी बौद्धिक तथा संयुक्त राष्ट्र संघका जानकार Jeffrey Sachs र सहलेखकको यो गम्भीर आलेख पढौं। यथार्थ नबुझी वा बुझ पचाएर अनावश्यक भ्रम सिर्जना र गालिगलौजमा नउत्रौं! twitter.us19.list-manage.com/track/click?u=50ec04f7fdd8f2…
-
Baburam Bhattarai
@brb1954
Whatever the provocation, the unchecked Israeli massacre of 42 thousand Palestinians, including 70% women and children, one year on is the worst crime against humanity in the 21st century. It is utterly shameful that the advocates of human rights and law-based world order elsewhere have not only failed to check the unruly Israeli state but are seen to be abating it. This arrogant 'might is right' principle may set a disastrous precedent for international law and order, which they will have to face at their own cost in the future.
Likewise, the meek Nepali leaders and parties who are shying away to condemn this blatant crime against humanity for their own narrow political and parochial interests, too, will have to face the bitter consequences.
All the sane citizens of the world who stand for truth and justice must acknowledge that the 'two state theory', i.e. coexistence of two independent states of Israel and Palestine under international security guarantee and supervision, is the only permanent solution in the Middle East.@antonioguterres -
Baburam Bhattarai
@brb1954
Hats off to the Gandaki Province, specially to the women entrepreuners, for making the province number one among the seven provinces in Human Development Index!
Nepali Times
@NepaliTimes
Gandaki is number one among Nepal’s seven provinces in the Human Development Index, even higher than Bagmati, where Kathmandu is located. Only 12% of the population here is below the poverty line, much lower than the national average of 21%.
Full story: nepalitimes.com/here-now/prosperous-gandaki-is-thriving -
Baburam Bhattarai
@brb1954
चीर प्रतीक्षित पुस्तक philosophy beyond spacetime: implications from quantum gravity उपहार ल्याइदिनु भएकोमा मित्र पवन बिष्ट (Los Angeles, USA) लाई हार्दिक धन्यवाद !
विज्ञान र दर्शनको कडी टुट्दै गएको सन्दर्भमा पछिल्लो विज्ञान quantum gravity को आलोकमा उन्नत दर्शन बुझ्न र संश्लेषण गर्न यसले मदत गर्नेछ भन्ने विश्वास लिएको छु। विचार र दर्शनको अन्त्य मानव जाति रहेसम्म कहिल्यै हुन्न बरु त्यसको निरन्तर विकास हुन्छ र गर्नुपर्छ भन्ने सत्यलाई आत्मसात गर्न पनि आग्रह गर्दछु। -
Baburam Bhattarai
@brb1954
समाजमा चरम असमानता ल्याउने पूँजीवाद र राजनीतिक आर्थिक शक्तिको केन्द्रीकरणबाट नयाॅ ब्युरोक्रेसी जन्माउने 'कम्युनिष्ट' प्रणालीको विकल्पमा मानिसको एकल र सामाजिक गुण दुवैको प्रबर्द्धन गर्ने लोकतान्त्रिक पद्धति सहितको समाजवादको पैरवी गर्दै आजभन्दा ७५ बर्ष पहिले स्टालिनकै पालामा प्रसिद्ध वैज्ञानिक आइन्सटाइनले लेखेको WHY SOCIALISM? को नेपाली अनुवादको यो अंश आज झन् सान्दर्भिक लाग्छ। हामीले अहिले वैकल्पिक विचारधाराको रुपमा अघि सारेको 'समुन्नत समाजवाद' को मर्म पनि त्यही हो! नयाॅ Great Debate होस्!
RatoPati
@Rato_pati
‘व्यक्तिलाई ध्वस्त बनाउने चरित्र पुँजीवादको सबैभन्दा ठुलो समस्या हो’
www.ratopati.com/story/451261/einsteins-world-famous-arti… -
Baburam Bhattarai
@brb1954
नेपाली सिनेमाको नयाॅ इतिहास रच्ने संभावना अँगालेको फिल्म SHAMBHALA लाई सफलताको हार्दिक शुभकामना!
जीवन र जगतका अनुत्तरित प्रश्नहरू खोतल्न र बुझ्न चाहनेहरू र नेपालको अद्भभूत भौगोलिक र सांस्कृतिक विविधताको रसास्वादन गर्न रुचाउनेहरूले यो फिल्म नहेर्दा पछुताउनु पर्नेछ।
बधाई मिन भाम र टिम ! -
Baburam Bhattarai
@brb1954
दलितहरूको पूर्ण मुक्तिनिम्ति संविधानका प्रावधानहरूको पूर्ण कार्यान्वयनसंगसंगै संविधान संशोधन र धर्मशास्त्रमा रहेका विभेदकारी कुरा हटाउन धर्मगुरूहरूबाटै आवश्यक कदम उठाउनुपर्ने विषयमा नेपाल टेलिभिजनको "दलित सवाल" कार्यक्रममा मेरो कुराकानी! www.youtube.com/watch?v=0vUfKmjV73o
-
Baburam Bhattarai
@brb1954
नेपालको विपद् व्यवस्थापन संयन्त्र र क्षमता अत्यन्त कमजोर छ भन्ने कुरा गत दशक यता मात्रै आइपरेका विनाशकारी भूकम्प, कोभिड, बाढीपहिरो, हवाइ/सडक दुर्घटनाको वेला छताछुल्ल भैसकेका छन्!
देशको अति विविधतायुक्त भूगोल/हावापानी,मनपरी प्राकृतिक सम्पदाको दोहन, निर्माण कार्य र शहरीकरण, तीव्र गतिको पर्यावरण विनाश आदिले आगामी दिनमा प्राकृतिक विपत्ति अरू थपिने निश्चित छ।
छेपारोको आहान झैं प्रत्येक पटक भन्ने एउटा गर्ने अर्को अनि रुनेकराउने, आरोपप्रत्यारोप गर्ने,क्षणिक स्टन्टवाजी गर्ने,विदेशीसंग हात थाप्ने तर प्रभावित नागरिकलाई अलपत्र पार्ने दुष्कर्म नगरौं!
अहिलेको गृहमन्त्रालय अन्तर्गत रहेको कमजोर र वेवारिसे विपद् व्यवस्थापन संयन्त्रलाई राज्यको प्रमुख कार्यकारी अन्तर्गत बलियो,अधिकारसम्पन्न, साधनश्रोतयुक्त, स्वायत्त/स्वचालित संयन्त्रमा रूपान्तरण गरेर संघ,प्रदेश र स्थानीय तहसम्म व्यवस्थित गरौं! विपत्ति आउने बित्तिकै तत्काल उद्धार,राहत,पुनर्स्थापना, पुनर्निर्माण स्वचालित ढंगले अघि बढ्ने संस्था र संस्कार विकास गरौं!
तत्काल ठूला चाडपर्वको मुखमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय तहहरूसंगको संयोजनमा बाढीपहिरो पीडितहरूलाई अस्थायी आवास, खाद्यान्न,लत्ताकपडालगायतको व्यवस्था र जरूरी सडकमार्गहरू खोल्ने कार्य गरौं! -
Baburam Bhattarai
@brb1954
घटस्थापनाको दिनदेखि शुरू हुने हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैंको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना!
-
Baburam Bhattarai
@brb1954
तीव्र गतिमा कंक्रिटको जङ्गल बन्दै गएको संघीय राजधानी काठमाडौं उपत्यकालाई वेलैमा एकीकृत र योजनाबद्ध ढंगले हरित र ऐतिहासिक-सांस्कृतिक शहरप्रणालीमा रूपान्तरण नगरी हालसालैको जस्तो प्राकृतिक त्रासदीबाट भविष्यमा बच्न सम्भव हुन्न। त्यसनिम्ति मेरो प्र म कालमा शुरू गरिएको काठमाण्डू उपत्यका विकास प्राधिकरणलाई उपत्यकाका सबै पालिकाहरूको प्रतिनिधित्व हुने गरी पुनर्संरचना गरेर त्यस मार्फत उपत्यकाको एकीकृत विकास र संरक्षण गरौं!
अनि नदी किनार र असुरक्षित स्थलहरूमा बस्न बाध्य आवासविहीन
शहरी गरीबहरूलाई मेरो पालामा इचंगुनारायणमा निर्माण गरिए जस्ता (पहिलो फोटो) बहुतले फ्ल्याटहरू विभिन्न स्थानमा निर्माण गरेर सबैलाई सुरक्षित आवासको व्यवस्था गरौं।
पटक पटक सत्ताको नेतृत्व गर्दा माखो नमार्ने तर विपत्तिपछि गोहीको आँसु झार्ने स्टन्टबाजहरूसंग सतर्क रहौँ! -
Baburam Bhattarai
@brb1954
Heartiest congratulations to the friendly people and government of the People's Republic of China on the occasion of the 75th Anniversary of the Founding of the PRC. The great Chinese Revolution in 1949 was a world shaking event which inspired new democratic revolutions all over the world including in Nepal. The recent unbelievable pace of Chinese economic development has awed and inspired all the underdeveloped and developing countries in all continents. Let the deep-rooted friendly relations between Nepal and China blossom further in the days to come.
-
Baburam Bhattarai
@brb1954
देशको कार्यकारी प्रमुख प्रधानमन्त्री विदेश गएको वेला आपत्कालीन अवस्था आइपरेमा कार्यवाहक प्रमले मन्त्री परिषदको जरुरी बैठक राखेर आवश्यक निर्णय गर्नसक्ने परम्परा हामीकहाँ छ। २०६५ भदौमा तत्कालीन प्रम पुष्पकमल दाहाल प्रचण्ड बेइजिंग ओलम्पिक्समा भाग लिन चीन गएको वेला कोशी बाँध फुटेर भयंकर विपत्ति आएपछि कार्यवाहक प्रमको रूपमा मैले तुरून्तै बिषेश मन्त्रीपरिषद् बैठक राखेर तत्कालीन उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अघि बढाएको मलाई सम्झना छ। राज्य जनताकोनिम्ति जनताले बनाएको हो, जनता राज्यकोनिम्ति राज्यले बनाएको हैन भन्ने हेक्का राखौं!
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai reposted
Reuters
@Reuters
Nepal rains bring floods, landslides that kill 10, with seven missing www.reuters.com/world/asia-pacific/nepal-rains-bring-floo…
-
Baburam Bhattarai
@brb1954
Excellent food for thought to all responsible citizens of the world. अग्रगामी वैकल्पिक राजनीति पक्षधर सबैले चिन्तनमनन गर्नुपर्ने नयाॅ युगका आधारभूत प्रश्नहरू!www.cirsd.org/en/horizons/horizons-summer-2024--issue-no-…
-
Baburam Bhattarai
@brb1954
माओवादी आन्दोलन र शान्तिप्रकृयावारे अहिलेसम्म बनेका राष्ट्रिय र अन्तराष्ट्रिय सूचनासञ्चार सामाग्रीमध्ये सम्भवतः सबैभन्दा वस्तुपरक र सन्तुलित यो प्रस्तुती विशेषतः नयाॅ पुस्ताले अवश्य हेरून्/सुनून्! www.channelnewsasia.com/watch/peacemakers/solving-nepals-…
-
Baburam Bhattarai
@brb1954
बुढीगण्डकी परियोजनावारे गोरखा र धादिङका राजनीतिक नेतृत्व र सरोकारवालाहरू वीच अत्यन्त गम्भीर र सार्थक विमर्श!
गोरखा चिन्तन समाजद्वारा आयोजित कार्यक्रममा यस परियोजनाको प्रमुख पहलकर्ताको नाताले यसलाई वहुउद्देश्यीय ढाॅचामा छुट्टै प्राधिकरण अन्तर्गत जलविद्युत विकास कम्पनी र पर्यटन विकास, वस्ती एवम् पूर्वाधार विकास,आर्थिक विकास, जलश्रोत एवम् जलश्रोत विकास लगायतका निर्देशनालयहरू कायम गरेर नेपाल आफैंले निर्माण गर्नुपर्नेमा जोड। त्यसरी मात्र यो राष्ट्रिय गौरवको आयोजनाबाट देश र स्थानीय जनता लाभान्वित हुनसक्ने धारणा व्यक्त।
साथै अन्तरिम कालमा प्रभावित क्षेत्रका जनताका माग सम्बोधन गर्न र आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह। -
Baburam Bhattarai
@brb1954
सामन्ती युगका शासकहरूले आफ्नो अहम् तुष्टीकालागि राज्यको ढुकुटी ठुला मठमन्दिर र दरबार बनाउन खर्च गर्थे। आधुनिक पुॅजीवादी/समाजवादी युगमा दूरदर्शी राजनेताहरूले आन्तरिक र बाह्य श्रोतबाट प्राप्त राजस्व योजनावद्ध आर्थिक-सामाजिक विकास/समृद्धिकालागि सर्वोत्तम लगानी-प्रतिफलको हिसाब गरेर प्राथमिकताका क्षेत्रमा लगानी गर्छन्। तर हाम्रा वर्तमान शासकहरूको अनुत्पादक अग्ला टावर र ठूला भवन/सभाहलमा मनपरी खर्च गर्ने तर उत्पादनमूलक औद्योगिक अर्थतन्त्रनिम्ति अत्यावस्यक पूर्वाधारमा लगानी नगर्ने सोंच र प्रवृत्ति भनेको सामन्ती,लहडी,अहङ्कारी,अदूरदर्शी सोंच नभए के हो?
यस्तै प्रवृत्तिलाई निरूत्साहित गर्न मैले राजनीतिक अर्थशास्त्रको विद्यार्थीको नाताले सुविचारित ढङ्गले आफ्नो छोटो र बजेटविहीन प्र.म.कालमा शुरू गरेको तर अहिलेसम्म अलपत्र पारिएका १७ वटा राष्ट्रिय गौरवका आयोजनाहरूको औचित्य र महत्वलाई यस सन्दर्भमा सबैले स्मरण गर्ने कि? अनावश्यक विलासी गाडीहरूमा अर्बौंको फजुल खर्च रोक्न स्वदेशमै एसेम्बल गरेको मुस्ताङ म्याक्स चढ्नुको सांकेतिक महत्वलाई पनि बुझ्ने कि?
Ramesh.Kumar
@Raw_Ku
रु. २५ खर्ब २९ अर्ब !
पछिल्ला पाँच आर्थिक वर्षमा सरकारले भवन निर्माणमा रु. एक खर्ब ६० अर्ब तथा सवारीसाधन खरीदमा रु. १० अर्ब ७१ करोड खर्च गर्यो ।
ऋण काढेर बेलगाम खर्च गर्ने प्रवृत्ति बढ्दै जाँदा सार्वजनिक ऋण रु. २५ खर्ब २९ अर्ब हाराहारी पुगेको छ।
www.himalkhabar.com/news/142974 -
Baburam Bhattarai
@brb1954
वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याॅउ गरिहाल्छ रे!प्रचण्ड र रवीन्द्र मिश्र वीचको अंतरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो। तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखीजान्ने सबैलाई थाहा छ अहिले 'बिरालो म्यॉउ' गरेकै हो! किनकि प्रचण्डको वास्तविकता त्यही हो।
यसको अर्थ हो- गणतन्त्र,धर्मनिरपेक्षता,सङ्घीयता,समावेसी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो। केही राजावादीहरू चिच्याउंदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसंग साॅटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन्! खोस्न दिनु हुँदैन!
RatoPati
@Rato_pati
प्रचण्ड र रवीन्द्र मिश्रबिच भेटवार्ता, प्रचण्डको ७ बुँदे टिप्पणी www.ratopati.com/story/448973/prachanda-and-rabindra-mish…
-
Baburam Bhattarai
@brb1954
Is the present coalition government of Nepal led by @kpsharmaoli also kowtowing the Quad and the Indo-Pacific Strategy ? Recent statements of foreign ministers of Nepal @Arzuranadeuba and Canada point towards it! Also, Nepal's refusal to vote for an important UN resolution backed by overwhelming majority of nations asking Israel to withdraw from occupied Palestine territory last week is a serious pointer to it? Can Nepal afford to abandon its time-tested foreign policy of non-alignment at this critical juncture ? That too without a thorough national debate and concensus? Sabailai chetana bhaya !
NDTV
@ndtv
#pmmodiinus | PM Modi "Most Pro-American PM" In Indian History, Says US Envoy
www.ndtv.com/india-news/pm-modi-most-pro-american-pm-in-i…
#ndtvworld -
Baburam Bhattarai
@brb1954
Important geopolitical shift notable for Nepal !@MofaNepal @Arzuranadeuba
Indrani Bagchi
@horror06
Why India should take ownership of the Quad
-
Baburam Bhattarai
@brb1954
Who is Anura Kumara Dissanayake, the new President of Sri Lanka? www.thehindu.com/news/international/anura-kumara-dissanay…
-
Baburam Bhattarai
@brb1954
Congratulations to the newly elected President @anuradisanayake of Sri Lanka ! This could be a new beginning for a progressive democratic transformation of South Asia!
Anura Kumara Dissanayake
@anuradisanayake
The dream we have nurtured for centuries is finally coming true. This achievement is not the result of any single person’s work, but the collective effort of hundreds of thousands of you. Your commitment has brought us this far, and for that, I am deeply grateful. This victory belongs to all of us.
Our journey here has been paved by the sacrifices of so many who gave their sweat, tears, and even their lives for this cause. Their sacrifices are not forgotten. We hold the scepter of their hopes and struggles, knowing the responsibility it carries. The millions of eyes filled with hope and expectation push us forward, and together, we stand ready to rewrite Sri Lankan history.
This dream can only be realized with a fresh start. The unity of Sinhalese, Tamils, Muslims, and all Sri Lankans is the bedrock of this new beginning. The New Renaissance we seek will rise from this shared strength and vision.
Let us join hands and shape this future together! -
Baburam Bhattarai
@brb1954
Solemn tributes to Com. Sitaram Yechuri in Kathmandu. His contributions in consolidating Nepal-India friendship highlighted by senior leaders from different political parties of Nepal. My association with him since JNU days in the 1980s fondly recollected! @JNU_official_50 @cpimspeak
-
Baburam Bhattarai
@brb1954
संविधानवारे@NewsGorkhapatra मा मेरो आलेख !
GorkhapatraOnline
@NewsGorkhapatra
शक्ति सन्तुलनको दस्ताबेज gorkhapatraonline.com/news/124104
-
Baburam Bhattarai
@brb1954
सन्दर्भ संविधान दिवस:
संविधानका प्रमुख अन्तरवस्तुहरूमा सहमति निर्माण गर्न २०७२ भदौमा संविधानसभाद्वारा संवैधानिक समितिको सभापतिको संयोजकत्वमा बनाइएको ५ सदस्यीय विशेष समिति! (पहिलो फोटो)
संविधान जारी गर्ने अन्तिम दिनहरूमा कति राजनीतिक पापड बेल्नु परेको थियो भन्ने सम्झना अझै ताजै छ! संविधानलाई त्यत्तिकै 'आधा गिलास भरी आधा खाली' भनिएको हैन। अहिले संविधान संशोधनका कुरा चल्दा त्यसलाई सबैले सम्झदा राम्रै होला!
संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! -
Baburam Bhattarai reposted
Kantipur TV HD
@KantipurTVHD
माधव नेपाल र बाबुराम भट्टराईलाई प्रश्न : प्रत्यक्ष निर्वाचित कार्यकारी कति सम्भव ?
विस्तृत : kantipurtv.com/interview/2024/09/17/1726581533.html
#kantipurnews #kantipurtvhd #kantipur -
Baburam Bhattarai
@brb1954
राष्ट्रिय विज्ञान दिवस (असोज १) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना!
घरघरमा वैज्ञानिक चिन्तन प्रबर्द्धन गरौं, समृद्ध समाजको आधार तयार गरौं! -
Baburam Bhattarai reposted
Kantipur TV HD
@KantipurTVHD
नवौं संविधान दिवसको सन्दर्भमा कान्तिपुर टेलिभिजनमा संविधान विशेष कार्यक्रमहरु असोज १, २ र ३ मा ।
'संविधान : स्वामित्व, कार्यान्वयन र भविष्य'
असोज १ गते, मंगलबार साँझ ६:३० बजे पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँगको सम्वाद ।
@brb1954 @ncp_madhavnepal @Bijaysspaudel -
Baburam Bhattarai reposted
Kantipur TV HD
@KantipurTVHD
देशमा पठन संस्कृति लोप हुँदै गयो : पूर्वप्रधानमन्त्री भट्टराई
#kantipurnews #kantipurtvhd #kantipur -
Baburam Bhattarai
@brb1954
एकै दिन एउटा गम्भीर दर्शन सम्बन्धी गैरआख्यान ("जैविक दर्शन") र अर्को रोचक प्रेमप्रधान आख्यान ("रेजा") को सार्वजनीकरण कार्यक्रममा सहभागी बन्न पाउँदा दुवै हातमा लड्डुको अनुभूति!
दुवै पुस्तक आआफ्नो क्षेत्रमा पठनीय छन्। वधाइ लेखकद्वयलाई! -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
Deeply saddened by the sudden demise of Com. Sitaram Yechury, General Secretary of CPI(M) and a personal friend of mine since the JNU days in the 1980s. He always played a very constructive role in enhancing friendly relations between Nepal and India. My deepest condolences to the bereaved family and his party @cpimspeak .
-
Baburam Bhattarai reposted
Stephen Hawking Bot
@HawkingQuote
"The universe is governed by scientific laws. These laws must hold without exception, or else there is no basis for rational inquiry."
-
Baburam Bhattarai
@brb1954
नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (EPG)को प्रतिवेदनवारे सबै तैं चूप मै चूप रहनु नेपाली राष्ट्रिय हित र नेपाल-भारत सम्बन्ध दुबैकानिम्ति हानिकारक छ। मेरो प्र म कालमा 2011 मा सर्वप्रथम EPG वारे दुवै पक्षवीच सहमति बनेको थियो भने वर्तमान प्र म के पी ओलीको दोश्रो कार्यकाल 2016 मा EPG को गठन भएको थियो। 2018 मा प्रतिवेदन तयार भए यता भारतीय पक्ष प्रतिवेदन ग्रहण गर्नै तयार नहुनु र नेपाल पक्ष गरूडको अगाडि सर्प झैं लम्पसार पर्नु खेदजनक छ।
केही समय यता प्र म ओलीले यसवारे मुख खोल्न खोजे जस्तो जुन देखिदैछ त्यसमा वहाँ अरू प्रष्ट हुनुपर्छ र यस्तो अहम् राष्ट्रिय मुद्दामा सबैले वहाँलाई साथ दिनुपर्छ।
नेपाल र भारत दुवैतिरका शीर्ष नेतृत्वलाई हेक्का रहोस् द्विपक्षीय सम्बन्धमा इतिहासदेखि रहेका सन्धी-सम्झौता,सीमाविवाद,खुला सीमाना,व्यापार,पारवहन,जलश्रोत उपयोग लगायत समस्याहरूलाई कार्पेटमुनी लुकाएर वा स्याडो बक्सिङ गरेर हैन राजनीतिक कूटनीतिक रूपमा खुला सम्वाद गरेर मात्र दिगो समाधान गर्न सकिन्छ। -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
नीलम पौडेलको अनुभव : तर, जीवन सुन्दर छ
- म पारलिङ्गी महिला हुँ । जीवन–यात्रामा मैले अकल्पनीय हन्डर, ठक्कर, अपहेलना, विभेद र दुःख भोगेकी छु तर खुसी छु ।
ekantipur.com/koseli/2024/09/07/but-life-is-beautiful-55-… -
Baburam Bhattarai
@brb1954
दरबारमार्गकाे कृषि हाटबजारमा पुगे बाबुराम www.ratopati.com/story/445879/baburam-reaches-agriculture…
-
Baburam Bhattarai reposted
RatoPati
@Rato_pati
नेपाल समाजवादी पार्टी (नेसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे मागपत्र बुझाएको छ ।
www.ratopati.com/story/445820/nsp-submits--point-charter-… -
Baburam Bhattarai reposted
Onlinekhabar
@Online_khabar
बाबुरामसँग प्रधानमन्त्रीको गुनासोः प्रचण्ड निकै उद्दण्ड भए
www.onlinekhabar.com/2024/09/1535526 -
Baburam Bhattarai reposted
Himal Press
@HimalPress
द्वन्द्वपीडितका पक्षमा बाबुरामले सुझाए १९ बुँदा
#himalpress
himalpress.com/2024/09/165901/ -
Baburam Bhattarai reposted
Naya Patrika
@NAYA_PATRIKA
संक्रमणकालीन न्यायलाई टुंगाेमा लगिन्छ : प्रधानमन्त्री ओली nayapatrikadaily.com/news-details/149072/2024-09-06
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
द्वन्द्वपीडितमैत्री ढंगले शान्ति प्रक्रिया टुंग्याउन नेसपाको माग, बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र ekantipur.com/news/2024/09/06/nepal-samajwadi-party-47-28…
-
Baburam Bhattarai
@brb1954
समसामयिक नेपाली राजनीतिको आधारभूत समस्याबारे राजनीतिशाश्त्रका विद्वान तथा लोकतान्त्रिक आन्दोलनका अगुवा @krishna25789 को गम्भीर विश्लेषण! वेलैमा नीति/नेतृत्व/दलको अग्रगामी लोकतान्त्रिक विकल्प दिन नसके देश भयानक अनिश्चयको भुमरीमा फस्न सक्छ।
Kantipur
@ekantipur_com
कृष्ण खनाल लेख्छन् -
सुधार्नुपर्ने पहिले राजनीति हो ekantipur.com/opinion/2024/09/05/the-first-thing-that-nee… -
Baburam Bhattarai
@brb1954
Leader's Lounge: नेतृत्व सम्वाद कार्यक्रममा विभिन्न एरियामा कार्यगत युवाहरूसँग वैकल्पिक राजनीतिको आवश्यकतावारे गम्भीर अन्तरसम्वाद।
गलत नीति र नेतृत्व संग वाक्कदिक्क भै देश छोड्ने हैन यहाँ नै बसेर लड्न आग्रह। -
Baburam Bhattarai
@brb1954
We are proud of you, Palesha Goverdhan !
Congratulations on winning the first-ever bronze medal in the Paralympics games for Nepal ! -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
२५ दिनदेखि खगेन्द्र सुनारले दलितका लागि दलित अभियान अन्तरगत नेल आन्दोलन गर्दै आउनु भएको छ। उक्त आन्दोलनमा उपस्थित भइ पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ऐक्यबद्धता र संघर्षमा साथमा रहेको प्रतिबद्वता जनाउनु भयो ।
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
नेपाल समाजवादी महिला संघद्वारा आयोजित तीज विशेष कार्यक्रममा पार्टी संयोजक डा. बाबुराम भट्टराई र महिलावादी चिकित्सक डा. अरुणा उप्रेतीको उपस्थिति ।
बालबालिका र महिलाको स्वास्थ्य अवस्था एवं पोषण समग्र देशको विकास र राजनीतिसँग कसरी गाँसिएको छ भन्ने कुरामा डा. अरुणाको विशेष जोड ! -
Baburam Bhattarai
@brb1954
Insightful review of “Pranab:My Father”,a book written by the daughter of a former president of India.@HisilaPost.The book is particularly useful for aspiring young politicians to know how one has to endure incessant ups and down in political life. kathmandupost.com/books/2024/08/31/leadership-and-legacy
-
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
नेपाल समाजवादी पार्टीबारे अनाधिकृत व्यक्तिको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं ।
#अब_आँखा_खोलौं #नेसपा -
Baburam Bhattarai reposted
Hisila Yami
@HisilaPost
Dabbling in diplomacy in Asia: The focal point of the world : Hisila Yami
thehimalayantimes.com/opinion/dabbling-in-diplomacy-in-as… -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
राजाराम गौतम लेख्छन् : माओवादीको राजनीतिक उत्थान प्रचण्डको ‘ब्रान्ड भ्यालु’ मा निर्भर रहन्छ । तर, नेपाली राजनीतिमा प्रचण्ड ‘ब्रान्ड’ यति खस्केको छ कि, यो पुरानै मूल्यमा फर्कने सम्भावना अति न्यून छ । @Rajaramgautam
ekantipur.com/opinion/2024/08/26/thats-why-prachandas-bra… -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गर्दछौं ।
-
Baburam Bhattarai reposted
-
Baburam Bhattarai
@brb1954
भदौ ७ गते तनहुॅमा भारतीय गाडीमा आएका पर्यटकहरूमध्ये २७ जनाको मृत्यु भएको र १६ जना घाइते भएको खबरले सबैलाई दुःखित बनाएको छ।
त्यसबारे पोखरामा जानकार नेपाली अधिकारीहरूसंग कुरा गर्दा भारतबाट डबल डेकर (दुइतले) गाडीहरू समेत बेरोकटोक पहाडी मार्गहरूमा गुड्ने गरेको र कतिपय बसहरू मुक्तिनाथसम्म पुग्ने गरेकाले नचिनेको पहाडी बाटोमा चालकहरूलाई निकै अप्ठेरो पर्ने र यस्ता दुर्घटनाको जोखिम उच्च हुने बताए !
अर्कोतिर नेपाली गाडीहररूलाई भारतमा निश्चित सीमा भन्दा पर जान नदिने तर नेपालमा भारतीय गाडीहरू जतासुकै पुग्नसक्ने असमान ब्यबहार भइरहेको बताए !
अनि त्यसरी आएका भारतीय गाडीहरूको कुनै विमा नहुने हुॅदा दुर्घटना पश्चात उपचार र राहतको थप समस्या हुने बताए!
यसवारे नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस् र यी त्रूटीहरू तुरून्त सच्याउने काम होस्! -
Baburam Bhattarai
@brb1954
“The Return of Hamiltonian Statecraft: @ForeignAffairs:When global super powers are talking about “information-finance-business-government complex”or “marriage between White House&Wall Street”,what about a poor country like ours? Will our trio listen? www.foreignaffairs.com/united-states/return-hamiltonian-s…
-
Baburam Bhattarai
@brb1954
Deeply shocked at the tragic death of 27 tourists from India and 16 more injured in a bus accident in Tanahun, Gandaki Province,Nepal. I extend my condolences to the bereaved families in Maharastra and wish speedy recovery of the injured. @IndiaInNepal
The Kathmandu Post
@kathmandupost
Death toll in Tanahun bus accident climbs to 27
16 others injured as Indian bus with 43 onboard plunges into Marsyangdi River.
kathmandupost.com/gandaki-province/2024/08/23/death-toll-… -
Baburam Bhattarai reposted
Nepal Views
@nepalviewsnv
डा. बाबुराम भट्टराईले पढे/लेखेका मान्छेहरू राजनीतिमा नआउने हो भने देश नबन्ने बताएका छन् । #nepalviews #baburambhattarai #ckraut @brb1954 @manushiyb
www.nepalviews.com/2024/08/23/307010/ -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
रोचक तथ्यांक- २०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ ( २४० सिट) कुल खसेको मतको ५०% भन्दा बढी ल्याएर जित्नेहरू २५ जना ( ४ महिला २१ पुरूष ) रहेछन्! तीमध्यो २३ माओवादी र २ मधेसी जनअधिकार फोरम बाट रहेछन्! अनि तीमध्ये दलित-१, मधेसी-२ ( एकैजना २ ठाउॅबाट),जनजाति-११ र आर्य खस-११ रहेछन्! ( गोलाकारभित्र बढी मत र प्रतिशतको १० सम्मको क्रमांक )
-
Baburam Bhattarai
@brb1954
नेपालको संविधानको प्रस्तावनाः पहिलो,२०७२ असोज ३ गते संविधानसभाबाट पारित गरी जारी गरिएको; दोश्रो, २०६९ जेठ १४ गते सर्वोच्च अदालतको आदेशबाट स्वतः अवसान भएको पहिलो संविधानसभाको संवैधानिक समितिबाट निर्मित मस्यौदा! कुन बढी प्रगतिशील छ आफैं सोचौं!खाश गरी महिला,दलित,आदिवासी जनजाति/मधेसी र समाजवादी कोणबाट !
-
Baburam Bhattarai
@brb1954
प्रखर समाजवादी चिन्तक तथा अनन्य मित्र प्रदीप गिरीको दोश्रो स्मृतिदिवसमा वहाॅवारेको मेरो पुरानो संस्मरणात्मक लेख parewanews.com मा! नेपाल र विश्वभर अहिले गम्भीर वैचारिक खडेरी परिरहेको वेला नव-उदारवादी पुॅजीवाद र स्टालीनवादी साम्यवादको विकल्प खोजौं! www.parewanews.com/2024/08/20/23502
-
Baburam Bhattarai
@brb1954
टोखामा देखिएको इन्द्रधनुष !
-
Baburam Bhattarai
@brb1954
अग्रगामी (प्रगतिशील) वैकल्पिक शक्ति निर्माणमा संलग्न अभियन्ताहरूकोनिम्ति उपयोगी यो चित्रः-
समाज विकास सरल रेखामा हैन छालमय(wavelike) तरिकाले अर्थात् उतारचढाव सहित अघि बढ्छ! धेरै मान्छे घुम्तीमा अर्थात् “ Valley of Disappointment” मा आत्तिएर/थाकेर यात्रा/अभियान वीचैमा छोड्छन् वा पछि फर्कन्छन्! दृष्टकोणमा प्रष्ट र लक्ष्यमा प्रतिबद्ध मानिसहरू अविरळ अघि बढिरहन्छन्! र अन्ततः लक्ष्यमा पुगेरै छाड्छन्!
Library Path
@LibraryPath
-
Baburam Bhattarai
@brb1954
२० बर्षभित्र नेपाललाई व्यवहारतः समृद्ध देश बनाउने मार्गचित्रः Prime Times HD संग मेरो विस्तृत कुराकानी
youtu.be/KhQjNpGWccg -
Baburam Bhattarai
@brb1954
अन्तर्राष्ट्रिय कानूनका विशिष्ठ विद्वान प्रा. @KatakMalla को यो ‘मनरो डक्ट्रिन’ र नेपालको परराष्ट्र नीति सम्बन्धी सारगर्भित विष्लेषण ! हाम्रा राजनीतिकर्मी र नीतिनिर्माताहरूले गम्भीरतापूर्वक पढून् र आत्मसात गरून् !
Kantipur
@ekantipur_com
कटक मल्ल लेख्छन् : ‘मनरो डक्ट्रिन’ वा ‘प्रभाव क्षेत्र’ विस्तारका नाममा गरिने हस्तक्षेपकारी नीति कुनै पनि स्वतन्त्र, सार्वभौम र आत्मस्वाभिमान मुलुकका लागि स्वीकार्य हुँदैन । @KatakMalla
ekantipur.com/opinion/2024/08/16/the-monroe-doctrine-in-d… -
Baburam Bhattarai
@brb1954
हाम्रो जस्तो निर्वाहमुखी कृषिको बाहुल्य रहेको अल्पविकसित र परनिर्भर अर्थतन्त्रलाई विकसित औद्योगिक अर्थतन्त्रमा रूपान्तपण गर्न शुरूको चरणमा राज्यको प्रोत्साहन र संरक्षण नभै हुन्न भन्ने इतिहाससिद्ध तथ्य हो। यसलाई विकास अर्थशास्री @haugejostein ले अमेरिका र पूर्वी एशियाली देशहरूको ऐतिहासिक उदाहरण सहित पुष्टी गरेका छन्!
सुगौली-सन्धी यता निरन्तर हाम्रो अर्थतन्त्र आफुभन्दा कैयौं गुना ठुलो ( अहिले करिब ८० गुना! )र बढी विकसित भारतीय अर्थन्त्रको सुरक्षित बजार ( captive market ) बन्दै आएको आएको छ। यो स्थितिमा भारतीय अर्थतन्त्रसंग निर्वाध खुला सीमाना कायम राखेर हामी कहिल्यै समृद्ध र स्वाधीन अर्थतन्त्र बन्नै सक्दैनौं! यो कुरा मैले सन् १९८० असीको दशकमा गरेको विद्यावारिधी सोधकार्य ( जुन पछि “The Nature of Underdevelopment and Regional Structure of Nepal” पुस्तकको रूपमा प्रकाशित छ ) को वेलादेखि निरन्तर भन्दै आएको छु। यसैलाई सच्याउन आफु प्रम भएको वेला मैले Eminent Person’s Group को अवधारणा ल्याएको हुॅ! तर यसवारे देशमा गम्भीरतापूर्वक वहस समेत हुन सकेको छैन! अब त आॅखा खोलौं!
The Kathmandu Post
@kathmandupost
OPINION: Protectionism for developing economies
It would give lower-income countries a better chance of catching up with high-income countries.
kathmandupost.com/columns/2024/08/16/protectionism-for-de… — by Jostein Hauge -
Baburam Bhattarai
@brb1954
Happy Independence Day (August 15) to the friendly people and government of India. Let the dream of “Viksit Bharat” come true ! @PMOIndia @IndiaInNepal
-
Baburam Bhattarai
@brb1954
शान्तिप्रक्रियाका बाॅकी रहेका TRC र वेपत्तासम्बन्धी आयोगका काम सर्वपक्षीय सहमतिका आधारमा छिटो टुंग्याउने वातावरण बन्दै जानु सकारात्मक छ।
यसनिम्ति सबभन्दा महत्वपूर्ण कुरा यो शान्तिप्रक्रिया हामी सार्वभौम नेपालीहरूको पहल र अपनत्वमा नै भएको हो र हाम्रो सामुहिक संकल्प र निर्णयलाई संसारको कुनै तागतले पनि रोक्न सक्दैन र हुॅदैन भन्ने विषयमा समान समझदारी बनाउनु र विश्वस्त हुनु हो!
( नोटः- दोश्रो फोटो सबैले देखेको/बुझेको २०६३ मंसीर ५ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र,वानेश्वरमा वृहद् शान्तिसम्झौतामा हस्ताक्षर हुॅदै गर्दाको क्षणको हो भने पहिलो फोटो शायद कमैले मात्र देखेको चर्चित १२ बुॅदे समझदारीको तयारी स्वरूप २०६२ असोज अन्तिम साता वा कार्तिक पहिलो साता रोल्पाको छ्यार्लावांगमा माओवादी र एमालेका तत्कालीन कार्यवाहक महासचिव वामदेव गौतम वीच सहमति गर्दाको क्षणको हो!
(कांग्रेस सभापति गिरीजाप्रसाद कोइराला सुरक्षाका कारण त्यहाॅ उपस्थित हुन नसकेकाले वहाॅकै अनुरोधमा सीमा पारी गएर एक महिनापछि अर्थात् २०६२ मंसीर ७ गते १२ बुॅदे समझदारी भएको थियो! नेपालको शान्तिप्रक्रियाको यो धरातलीय यथार्थलाई बुझौं र अरूले के भन्छन् भन्ने भयबाट मुक्त होऊॅ।) -
Baburam Bhattarai
@brb1954
Political upheaval in Bangladesh: How political instability affects politics of South Asia . My commentary ! merotribune.com/2024/08/13/reflection-on-south-asian-poli…
-
Baburam Bhattarai reposted
South Asia Institute
@UniHD_SAI
“Why Bangladesh chose Yunus to steady the ship?” by Prof. Rahul Mukherji and A S M Mostafizur Rahman
nenews.in/opinion/why-bangladesh-chose-yunus-to-steady-th…
#saiheidelberg #southasiainstitute #uniheidelberg #heidelberg #sairesearch #saipoliticalscience #saibangladesh -
Baburam Bhattarai
@brb1954
आफ्नै जीवनका विविध शैक्षिक अनुभव र नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तनवारे डा. सी के राउत र मेरो वीचमा KU द्वारा आयोजित सम्वाद ! यस्ता आधारभूत र रणनीतिक महत्वका मुद्दाहरूमा राष्ट्रिय बहस होउन् !
Progressive Democratic Party
@SPONepal
शिक्षाले बदलेको जिन्दगी। Educast with Dr. Baburam Bhattarai & Dr. CK Rau... youtu.be/7AkH6vogz9o via @YouTube
-
Baburam Bhattarai
@brb1954
मेरो ७० बर्षको जीवनयात्राका अन्तरंग कुराहरू! मेरा आदर्श व्यक्तित्वहरूः आइन्सटाइन (भौतिक जगत), मार्क्स ( सामाजिक जगत) र बुद्ध ( मनोजगत )!- Babu Ram Bhattarai | THE SECOND PAGE | 2081-04-27 youtu.be/8BHNSQdc2zI via @YouTube
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
नेसपा विज्ञ परिषदद्वारा संक्रमणकालीन न्याय विषयमा विभिन्न क्षेत्रका विज्ञहरू वीच गहन अन्तरसम्बाद! नेपालको राजनीतिक क्रान्ति र शान्तिप्रक्रिया आफ्नै मौलिकता सहितको भएकाले हामीले ‘सत्य-निरूपण र मेलमिलाप’को स्पिरिट अनुसार नै यो कार्य सम्पन्न गर्नुपर्नेमा जोड! कसैले पनि हलो अड्काएर गोरू चुट्ने जस्तो हर्कत गर्न नहुने र शान्तिप्रक्रियाको काम उच्च राजनीतिक तहबाटै समझदारीका आधारमा छिटो पूरा गर्नुपर्ने सुझाव !
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai reposted
The Kathmandu Post
@kathmandupost
OPINION: Three men in a rocky boat
Nepal’s top political leaders feel entitled, just like a certain Begum chased out of her country.
kathmandupost.com/columns/2024/08/08/three-men-in-a-rocky… — by @biswasktm -
Baburam Bhattarai
@brb1954
Opinion: Roads, Development and Destruction @HisilaPost english.gothalokhabar.com/news/detail/24376/
-
Baburam Bhattarai
@brb1954
नेपाली नाटक “मेषी दण्ड” ( मण्डला थिएटर, बानेश्वर ) हेरे पछि नाट्य क्षेत्रमा नेपालले केही समय यता गुणात्मक फड्को मार्दै गएको अनुभूति भयो!
नेपालको जातीय,भाषिक, सांस्कृतिक विविधता र अन्तरद्वन्दको तथ्यपरक इतिहास बुझ्न चाहनेले यो नाटक हेर्नैपर्छ !
विशेषतः कलाकारहरूको बेजोड प्रस्तुती र किराॅत राई संस्कृतिको मौलिक झल्को दिमागमा पछिसम्म रहिरहन्छ ! -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
“नेपालमा मार्क्सवाद, किन्सवाद वा संविधान “! अर्थशास्त्री बैकुण्ठ पाण्डेको विचारणीय आलेख ! newsofnepal.com/2024/08/08/660867/
-
Baburam Bhattarai
@brb1954
१८ बर्षदेखि सत्ता खिचातानी र निहित स्वार्थको चेपुवामा पटक पटक अड्किदै आएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संसदका तीन प्रमुख दलवीच सहमति बन्नु सकारात्मक छ।
मैले प्रमको रूपमा २०६९ मा सत्ता हस्तान्तरण गर्नु पहिले तत्काल संसद कायम नरहेका कारण निकै जोडबल गरेर जारी गरेको त्यससम्बन्धी अध्यादेश ( फोटो-३) कार्यान्वयन भैदिएको भए पनि १२ बर्ष पहिले यो काम सम्पन्न हुनसक्दथ्यो! तर विभिन्न बहानामा गरिएन र यहाॅसम्म तन्किदै आयो।
अब कुनै बहाना नगरियोस्! छिटो विधेयक पारित गरेर आयोगहरूमा ऐतिहासिक राजनीतिक परिवर्तनको मर्म अनुरूप संवेदनशील संक्रमणकालीन न्याय सम्पादन छिटो सम्पन्न गर्न सक्ने योग्य र निष्पक्ष व्यक्तिहरू चयन गरियोस् र यो महत्वपूर्ण अध्याय पूरा होस्! हार्दिक शुभकामना ! -
Baburam Bhattarai reposted
BBC News Nepali
@bbcnepali
'गरिबका लागि ब्याङ्कर' को परिचय बनाएका प्राध्यापक मोहम्मद युनुसको राजनीतिक अनुभव कस्तो छ?
#bbcnepali #bangladesh #muhammadyunus
www.bbc.com/nepali/articles/cm2n99vz3zjo -
Baburam Bhattarai
@brb1954
बंगलादेशको पछिल्लो घटनापछि दक्षिण एशियामा भैरहेका विद्रोहका भूल्काहरूवारे मेरो अर्थ-राजनीतिक विश्लेषण! @HimalPress
Himal Press
@HimalPress
बंगलादेशमा उत्पन्न विद्रोहको भुल्कोबाट सिक्नुपर्ने पाठ
#himalpress
himalpress.com/2024/08/157799/ -
Baburam Bhattarai
@brb1954
नेपाली लोकोक्ति भन्छ -‘अति गरे खति हुन्छ!’
BBC News Nepali
@bbcnepali
बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर परिवारका साथ देश छाडिन्, प्रदर्शनकारीहरूले उनको निवासमा गई खुसी मनाउँदै लुटपाट गरे
#bbcnepali #bangladeshunrest #sheikhhasinaThis media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai reposted
Progressive Democratic Party
@SPONepal
कार्यविभाजन र विधान अधिवेशन (कार्तिक २-३) को घोषणा सहित नेसपाको “प्रेस विज्ञप्ति” ।
-
Baburam Bhattarai
@brb1954
‘मन्रो डक्ट्रिन’जस्तो एउटा सार्वभौम देश/क्षेत्रमा अर्को देशको ‘प्रभाव क्षेत्र’ कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन!नेपाल जस्तो दुइ ठूला देशको वीचमा रहेको मुलुकनिम्ति त झन् अकल्पनीय कुरा हो! @SwarnimWagleले वेलैमा भूल सच्याउनु राम्रो होला! nepalkhabar.com/politics/208951-2024-8-3-17-2-4
-
Baburam Bhattarai
@brb1954
संघीय राजधानी काठमाण्डौ ठूलो बर्षासंगै डुवानमा पर्नु राष्ट्रिय चासो र चिन्ताको विषय हो।यो तीव्र जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकरण र सम्पूर्ण उपत्यका कंक्रिट जंगलमा परिणत हॅुॅदै जानुको दुष्परिणाम हो!
यही प्रवृत्ति कायम रहे कुनै वेला समग्र हिमाली सभ्यताको केन्द्र रहेको काठमाण्डौ उपत्यका केही दशकभित्र गम्भीर प्रकृतिक र मानवीय संकटमा पर्न सक्छ।
शहरी तथा क्षेत्रीय विकास योजनको विद्यार्थीको नाताले यसको गम्भीरतालाई बुझेर आफ्नो प्रम कालमा मैले छुट्टै शहरी विकास मन्त्रालयको गठन, काठमाण्डौ उपत्यका विकास प्राधिकरणको गठन, काठमाण्डौ-मधेस जोड्ने फाष्ट ट्र्याक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो प्राथमिकताको राष्ट्रिय गौरवको योजना घोषणा लगायतका दूरदृष्टियुक्त पहल गरेको हुॅ।
देश अब संघीयतामा गैसकेको अवस्थामा भविष्यमुखी भएर यसो गरौंः
- छुट्टै ऐन बनाएर सबै पालिकाहरूको प्रतिनिधित्व हुने गरी अधिकारसम्पन्न काठमाण्डौ उपत्यका एकीकृत विकास प्राधिकरण गठन गरौं र वृहद गुरूयोजना बमोजिम मात्र विकासनिर्माण सम्पन्न गरौं।
- फाष्टट्र्याक र निजगढ विमानस्थल छिटो निर्माण गरेर काठमाण्डौको जनसांख्यिक चाप न्यूनीकरण र विविधिकरण गरौं।
- संघीय राजधानी र औद्योगिक क्षेत्रहरू काठमाण्डौ उपत्यकाबाहिर स्थानान्तरण गरौं। उपत्यका बाहिर छेउछाउमा योजनावद्ध स्याटालाइट सिटीहरूको निर्माण गरौं। काठमाण्डौ उपत्यकालाई सांस्कृतिक,पर्यटकीय,शैक्षिक र सेवामुखी गतिविधि र नयाॅ हिमाली सभ्यताको केन्द्र बनाउॅ।
- अहिलेको अपूर्ण संघीय संरचनालाई पूर्णता दिएर र प्रदेश तथा स्थानीय तहहरूलाई बढी अधिकार सम्पन्न बनाएर सम्पूर्ण देशको एकीकृत र दिगो विकास गरौं।
भोलि धेरै ढिलो हुनसक्छ! #अबआॅखाखोलौं!! -
Baburam Bhattarai
@brb1954
चर्चित भनाइ छ - नयाॅ गन्तव्यमा हिंड्दा कतै बाटो विराए जहाॅबाट विराएको हो त्यहीं फर्केर पुनः यात्रा शुरू गर्नू !
त्यसैले हामी नयाॅ सोंच र शैली सहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण अभियानका अगुवाहरू पटकपटक ऐतिहासिक “लुम्बिनी-संकल्प-२०७४” लाई सम्झेर आफ्नो निर्दिष्ट बाटोमा दृढ रहन्छौं! -
Baburam Bhattarai
@brb1954
समकालीन नेपालका एक शिखर व्यक्तित्व स्व. पद्मरत्न तुलाधरको स्मृतिग्रन्थ त्यसको प्रकाशक गुथीका अध्यक्ष डा. केशवमान शाक्य, सम्पादक ज्ञानराम श्रेष्ठ र वहाॅकी सुपुत्री तथा डेनमार्ककालागि प्रस्तावित नेपाली राजदूत सुम्निमा तुलाधरबाट प्राप्त गर्दा असीम खुशीको अनुभूति !
नेपालको सबभन्दा विकसित राष्ट्रियता ( nationality ) नेवाःका अगुवाहरूले पद्मरत्नको जीवनपर्यन्तको आदर्शलाई पछ्याएर नेपालको अपूर्ण संघीयतालाई पूर्णता दिन अरू सबै राष्ट्रियताहरूसंग एकताबद्ध भएर निरन्तर लागिरहनुपर्ने आग्रह ! -
Baburam Bhattarai
@brb1954
नेसपाका प्रवक्ता तथा अधिवक्ता कृष्ण शर्माको यो सारगर्भित अन्तर्वार्ता ! अग्रगामी वैकल्पिक शक्ति निर्माणकानिम्ति सबैलाई एकतावद्ध हुन आह्वान ! पश्चगामी हैन अग्रगामी संविधान संशोधन हुनुपर्ने नेसपाको दृढ अडान !
www.youtube.com/watch?v=GSErjSv7azM -
Baburam Bhattarai reposted
Janak R
@janakrajshah11
के हो समाजवादी मोर्चाको साँचो अन्तर्य ? www.ratopati.com/story/439538/what-is-the-real-difference…
@brb1954
@Krishna73189073
@manushiyb -
Baburam Bhattarai
@brb1954
धार्मिक प्रवचनहरूवारे @basantabasnet का यी रोचक र मननीय भनाइः
- ‘अतितमा कसैले कल्पेको कथालाई शाश्वत सत्य जसरी ग्रहण गर्दा वर्तमानमा जुन क्षति हुन्छ, त्यसको मूल्य चाहिं भावी पुस्ताले चुकाइरहेको हुन्छ।’
-‘कथावाचनका कारण सिर्जित माहोलमा यति धेरै जनता मिसिइसकेका छन् कि कर्पोरेसनले त्यहाॅ आफ्ना सम्भावित उपभोक्ता भेट्छ। नेताले मतदाता भेट्छ।’
-‘कथालाई सरस बनाउने नाममा उनले फैलाएका कतिपय रुढीवादी तर्कहरूलाई जस्ताको तस्तै मान्दा भने आफ्नो चेतनशीलताको अवमूल्यन पनि हुनसक्छ।’
Basanta Basnet
@basantabasnet
My Latest :
देवी प्रतिभा जी भन्नुहुन्छ, प्यार से बोलो ना !
www.onlinekhabar.com/2024/07/1516219 -
Baburam Bhattarai
@brb1954
Baburam Bhattarai & Hisila Yami | It's My Show With Oshin Sitaula E06 | ... youtu.be/nto95advBUY via @YouTube
-
Baburam Bhattarai reposted
Hisila Yami
@HisilaPost
“Who is better: Indira Gandhi or Mao?” youtu.be/JfG9mfZTFrc
-
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अबको राजनीतिक विमर्श नेपालले कसरी समृद्धि प्राप्त गर्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताएका छन् ।ekantipur.com/news/2024/07/26/future-political-discussion…
-
Baburam Bhattarai
@brb1954
“नेपालले लिनुपर्ने बाटो” विषयमा त्रि वि वि स्ववियूको आयोजनामा उत्साहपूर्ण र गम्भीर ‘विश्वविद्यालय विमर्श’!
नेपालमा राज्यनिर्माणको पहिलो र लोकतान्त्रीकरणको दोश्रो चरणपछि अब समृद्धिकरणको तेश्रो ऐतिहासिक चरणमा दिगो राजनीतिक स्थीरता,सुशासन र तीब्र आर्थिक विकासकालागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद, स्वायत्त तथा अधिकारसम्पन्न जनलोकपालको व्यवस्था,दुइ दशकसम्म निरन्तर दुइ अंकको आर्थिक वृद्धिदर हासिल गरेर अल्पविकसित अवस्थाबाट विकसित अवस्थामा फड्को मार्ने अार्थिक कार्ययोजनाको कार्यान्वयन आदि रूपान्तरणकारी निति र बाटो अपनाउनुपर्ने धारणा व्यक्त !
विश्वविद्यालयहरूले यस्ता आलोचनात्मक र सृजनशील विमर्श मार्फत सही विचार र नीति निर्माणमा योगदान गर्नुपर्ने सुझाव !
स्ववियूको यस्तो सकारात्मक पहलको उच्च प्रशंशा! आफ्नो JNU कालको विद्यार्थी गतिविधिको रोमांचक स्मरण ! -
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खोजी पत्रकार Tom Burgis को हालै प्रकाशित पुस्तक CUCKOOLAND: Where the Rich Own the Truth अब नेपालमा पनि आइपुगेको छ!
सर्सर्ती पढ्दा लेखकले औपन्यासिक शैलीमा वेलायत, रूस, उज्बेकिस्तान, नेपाल लगायतका देशहरूमा उच्च तहमा भएका भ्रष्टाचारहरूको सनसनीपूर्ण र मार्मिक वर्णन गरेका छन्! त्यसवारे अहिले विश्वव्यापी मिडियाहरूमा निकै चर्चा भैरहेछ।
नेपालकोनिम्ति निकै दुःखद र लज्जाको विषय यहाॅका केही व्यवसायी र देशको प्रमुख कार्यकारी पदमा बसेका व्यक्ति पनि अन्तर्राष्ट्रिय गिरोहसंग जोडिएको र गम्भीर प्रकृतिका अनुचित र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप किताबमा ळगाइएको छ।
सम्बन्धित व्यक्तिहरूले बेलैमा त्यसवारे सत्यतथ्य सार्वजनिक गरेर देशको अन्तराष्ट्रिय छवीमा आॅच आउन नदिनु उपयुक्त हुनेछ। -
Baburam Bhattarai reposted
Kantipur
@ekantipur_com
कान्तिपुर सम्पादकीय : संसदीय सुनुवाइ समितिले विवेक देखाओस् ekantipur.com/opinion/2024/07/25/let-the-parliamentary-he…
-
Baburam Bhattarai
@brb1954
केही समय यता देशैभर वाढीपहिरो र त्रिशुलीमा बस वेपत्ता भएर सयौं नागरिकको ज्यान गैरहेको अवस्थामा काठमाण्डौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएर डेढ दर्जनको दुःखद निधन हुनु अत्यन्त पीडादायी र चिन्ताजनक अवस्था हो।
यो राष्ट्रिय विपदको वेला राज्यका सबै अंग एकीकृत ढंगले क्रियाशीळ भएर आवश्यक उद्धार र राहत कार्य गरून्! दुर्घटनाको निष्पक्ष छानवीन गरेर शीघ्र प्रतिरोधात्मक व्यवस्था गरून्!
मृतकप्रति हार्दिक श्रद्धान्जली, घाइतेको स्वास्थ्यलाभको कामना र शोकसन्तप्त परिवारमा गहीरो समवेदना! -
Baburam Bhattarai
@brb1954
68th Anniversary of Nepal-Russia diplomatic relations celebrated with enthusiasm in Kathmandu.
In the emerging multi-polar world Nepal should be adept in strengthening and expanding bilateral relations with all major powers including Russia, pursuing an independent foreign policy of non-alignment.
Reviving and expanding economic cooperation with Russia in the field of trade, investment, tourism, connectivity and others would be particularly beneficial for the sluggish Nepali economy. @PM_nepal_ @MofaNepal -
Baburam Bhattarai
@brb1954
यति वेला देशमा BP ( श्रावण ६ ) र PL (श्रावण ७ ) को स्मृतिदिवस मनाइदैछ।
BP र PL नेपाललाई आधुनिक युगमा प्रवेश गराउने र अगुवाइ गर्ने क्रमशः उदारवादी र साम्यवादी धारका प्रमुख चिन्तक र नायक हुन्। तिनले २००७ साल वरपरबाट शुरू गरेको लोकतान्त्रीकरणको अभियानलाई विकसित र परिमार्जित गरेर हाम्रो पुस्ता संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको हो।
२१औं शताब्दीसंगसंगै नेपालमा र वैश्विक रूपमा हामी नयाॅयुगमा प्रवेश गरेका छौं। नयाॅ युगले समाज,राज्य, दल, अर्थतन्त्र लगायत सबै क्षेत्रमा अग्रगामी पुनर्संरचनानिम्ति नयाॅ विकसित विचार, नीति, विधि,कार्यक्रम, संगठन, नेतृत्वको माग गर्दछ।
अब BP र PL कालीन विचार भन्दा पनि पछि फर्कन खोज्नु प्रतिगमन हो। उनीहरूको समयको उदारवाद र साम्यवादको महिमामण्डन वा भ्रष्टीकरण गरेर सत्ताभोग गरिरहनु यथास्थितिवाद हो। उदारवाद र साम्यवाद भन्दा अघि बढेर स्वतन्त्रता, समानता र समभाव सहितको नयाॅ विचारमा आधारित विकल्प खोज्नु र तयार गर्नु अग्रगमन हो र आजको प्रमुख आवस्यकता हो।
यो बुझेर सबैले प्रसिद्ध वैज्ञानिक न्युटनको निम्न भनाइ आत्मसात गरौं- “ If I have seen further, it is by standing on the shoulder of giants!” अनि BP र PL भन्दा अघि बढ्ने साहस गरौं! -
Baburam Bhattarai reposted
Joe Biden
@JoeBiden
My fellow Democrats, I have decided not to accept the nomination and to focus all my energies on my duties as President for the remainder of my term. My very first decision as the party nominee in 2020 was to pick Kamala Harris as my Vice President. And it’s been the best decision I’ve made. Today I want to offer my full support and endorsement for Kamala to be the nominee of our party this year. Democrats — it’s time to come together and beat Trump. Let’s do this.
-
Baburam Bhattarai
@brb1954
‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक, कसले के भने? – Himal Press himalpress.com/2024/07/152842/
-
Baburam Bhattarai
@brb1954
डा. मुक्ति रिजाल लिखित पुस्तक “ BABURAM: A Visionary Rebel” को सार्वजनीकरण!
टीप्पणीकर्ता विश्वप्रकाश शर्मा,घनश्याम भुषाल र सुमना श्रेष्ठलाई धन्यवाद ! लेखक,प्रकाशक,संचालक र सहभागी सबैमा आभार !
पुस्तक पछिल्लो राजनीतिक इतिहास,वैकल्पिक राजनीतिक अभियान,नेपालको विकासको बाटो आदिवारे संक्षिप्तमा बुझ्न इच्छुक युवा पुस्तालाई विशेष उपयोगी हुने विश्वास ! -
Baburam Bhattarai
@brb1954
नयाँ पार्टी खोल्दैमा वैकल्पिक बनिँदैन : डा.बाबुराम भट्टराई | @Rato_pati www.ratopati.com/story/437845/opening-a-new-party-will-no…
-
Baburam Bhattarai
@brb1954
शासकीय स्वरूप परिवर्तन नभए देशमा अर्को उथलपुथल हुन्छ– बाबुराम भट्टराई [भिडियो अन्तर्वार्ता] lokaantar.com/story/261051/2024/7/19/interview/dr-baburam…
-
Baburam Bhattarai
@brb1954
Sincere homage to the great pioneer of tourism industry in Nepal, Ambica Shrestha, and condolences to the bereaved family !
-
Baburam Bhattarai
@brb1954
‘Nepal, the world champion of political instability!’ That’s why we have been campaigning for a directly elected Presidential system since the declaration of the republic in 2008. www.lemonde.fr/en/international/article/2024/07/16/nepal-…
-
Baburam Bhattarai
@brb1954
पहिले सत्तामा छॅदा वहाॅहरूलाई सांसद संख्या पुर्याउनु थियो! अर्को पार्टीबाट निर्वाचन लडेको र जितेको (ऐनको प्रावधान अनुसार नै साझा चुनावचिन्ह लिएको) मान्छेलाई जबर्जस्ती आफ्नो पार्टीको सांसदको रूपमा प्रस्तुत गर्नुभयो! हामीले स्वीकार्यौं! (भलै गण्डकी प्रदेशको केसमा सर्वोच्च अदालतले जुन दलको उम्मेदवार हो सोही दलको सांसद रहने अन्तरिम आदेश दिइसकेको छ!)
दल त्याग गरिसकेको मान्छेलाई हामीले कानून बमोजिम सबै प्रक्रिया पुर्याएर पार्टीबाट विदा गर्यौं! निर्वाचन आयोगले त्यसलाई स्वीकारेर अभिलेखीकरण गरिसकेको छ।
अहिले वहाॅहरू सडकमा पछारिनु भएको छ! ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा/ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहनु भएको छ! केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहनु भएको छ।
निवर्तमान प्रम र पूर्व प्रमहरूले अदालतको आदेश र निर्वाचन आयोगको निर्णय मान्नुपर्दैन? वहाॅहरू संविधान र कानून भन्दा माथि हो? राजनीतिमा नैतिकता र मूल्यमान्यता भन्ने केही जिनिस हुॅदैन? सत्ता नै सबै थोक हो? यसरी आउॅछ ‘समाजवाद’ ? -
Baburam Bhattarai
@brb1954
वेलायतका ख्यातिप्राप्त विद्वान तथा International Relations, Peace & Conflict Studies का विशेषज्ञ Prof. Oliver Richmond संग नेपाल र विश्वका द्वन्द र शान्तिप्रक्रियावारे गम्भीर छलफल!
नेपालमा पटक पटकको सरकार फेरबदलले शान्तिप्रक्रियाका केही काम अझै पूरा नहुनु र राजनीतिक नेतृत्वको प्राथमिकतामा नपर्नु चिन्ताको विषय ! परन्तु अन्तर्राष्ट्रिय समुदायमा नेपालको आफ्नै विशेषता सहितको शान्तिप्रक्रियाप्रति ठूलो सद्भाव देखिनु सन्तोषको विषय !
यसै सन्दर्भमा नयाॅ बनेको संयुक्त सरकारसंग हाम्रो विशेष आग्रह छ - केही व्यक्तिले हजारौं जनताको वलिदानको विषयलाई आफ्नो सत्ताभोगको साधन बनाए पनि यो सबै लोकतान्त्रिक र प्रगतिशील शक्तिहरू र आम जनताको साझा चासो र दायित्वको विषय हुनाले शान्तिप्रक्रियाका बाॅकी कामलाई कुनै किन्तुपरन्तु नगरी छिटो सम्पन्न गरौं!
२०६३ कार्तिक २२ को सात दल र माओवादी वीचको सहमति, २०६३ मंसीर ५ को नेपाल सरकार र माओवादी वीचको वृहद शान्ति-सम्झौता, अन्तरिम संविधान २०६३ र संविधानसभाद्वारा जारी ’नेपालको संविधान’ को धारा ३०४(२) सम्मले शान्ति प्रक्रिया सम्बन्धी कार्यहरूलाई सबै राजनीतिक दल र नेपाल राज्यको साझा दायित्व स्वीकारेको तथ्यलाई नबिर्सौं!
माओवादी जनक्रान्ति कालमा ‘संयुक्त क्रान्तिकारी जनपरिषद्’ नाउॅमा क्रियाशील समानान्तर जनसरकारको प्रमुखको हैसियतले मैले शान्तिप्रक्रियालाई उच्च प्राथमिकता दिंदै त्यस यता सरकारमा रहॅदा वा नरहॅदा शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन प्रयत्न गर्दै आइरहेको छु।
स्मरण रहोस्, म २०६५/६६मा अर्थमन्त्री रहॅदा सबै द्वन्दपीडितहरूलाई तत्कालीन राहत स्वरूप बजेट विनियोजन गरेको थिएॅ र २०६८/६९ मा प्रधानमन्त्री छॅदा पेचिलो सेना समायोजनको काम सफलतापूर्वक सम्पन्न गर्नुका साथै संसद कायम नरहेको अवस्थामा पनि सबै दलहरूको सहमति जुटाएर सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अध्यादेश जारी गरेर शान्तिप्रक्रियाको कामलाई अघि बढाएको थिएॅ! त्यस यता विविध कारणले प्रक्रिया अवरूद्ध हुनु दुःखद छ। -
Baburam Bhattarai
@brb1954
केही दिन यता भिन्न प्रकृतिका ( अर्थात् साहित्यिक र शैक्षिक ) कार्यक्रमको सन्दर्भमा कलंकीको L R I School र कीर्तिपुरको Nepal APF School को भ्रमण गर्दा पूर्ण सरकारी भन्दा मिश्रित र निजी क्षेत्रका स्कूलहरूको गुणस्तर निकै उच्च रहेको अनुभूति भयो! ‘वामपन्थी’ दावी गर्नेहरूले अक्सर नेतृत्व गरिरहने शिक्षा मन्त्रालय र बर्षेनी खर्बौं खर्चिने शिक्षाक्षेत्रको आमूल सुधार गर्न कसले रोकेको हो? देशको विकास र समृद्धिको मुख्य जग नै गुणस्तरीय,शिपमूलक,जीवनोपयोगी शिक्षा सबैलाई उपलब्ध गराउनु हो भन्ने जान्दाजान्दै त्यसलाई कार्वान्वयन गर्न किन नसकिएको हो?
गुणस्तरीय शिक्षा र उत्पादनशील रोजगारी सुनिश्चित गरेर युवायुवतीहरूलाई आफ्नै देशमा टिकाउन नसकेसम्म देश बन्दैन भन्ने सबैले बुझौं र शिक्षाक्षेत्रको तदनुकूल सुधारलाई पहिलो प्राथमिकता दिऊॅ! नत्र सत्तामा जति बर्ष टाॅसिएर बसेपनि केही अर्थ हुन्न है! -
Baburam Bhattarai
@brb1954
चौथो पटक नेपालको प्रधानमन्त्री बन्नुभएकोमा @kpsharmaoli लाई हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना !
-
Baburam Bhattarai
@brb1954
‘राजनीतिक स्थिरताका लागि प्रत्यक्ष कार्यकारीमा जानैपर्छ’ | @Rato_pati संग मेरो पछिल्लो कुराकानी! www.ratopati.com/story/436782/we-have-to-go-directly-to-t…
-
Baburam Bhattarai
@brb1954
‘पोहोर मरिन् सासु,अहिले आए आॅसु’??
Onlinekhabar
@Online_khabar
ओलीविरुद्ध प्रचण्ड आक्रोशको अर्थ
By @sudarshan_kha
www.onlinekhabar.com/2024/07/1508566 -
Baburam Bhattarai
@brb1954
प्रचण्डको तेश्रो पटकको लज्जास्पद सत्ता बहिर्गमनपछि माओवादी साथीहरूले कुनै अदृश्य षड्यन्त्रको सिद्धान्त ( conspiracy theory ) आविष्कार गरेर सत्यतथ्यलाई विषयान्तर गर्नु र आत्मरति लिनु सट्टा गम्भीर आत्मसमीक्षा गर्नु उपयुक्त होला!
स्मरण रहोस्,लेनिन र माओ भन्ने गर्दथे- “तथ्यबाट सत्य खोज्नु मार्क्सवादको गुदी कुरा हो।” -
Baburam Bhattarai
@brb1954
‘लाटो ( सुधो) खान्छ एक बल्ड्यांग,बाठो खान्छ दश बल्ड्यांग’!
Onlinekhabar
@Online_khabar
प्रधानमन्त्री प्रचण्ड पदमुक्त
www.onlinekhabar.com/2024/07/1508408 -
Baburam Bhattarai
@brb1954
लोक कथा भन्छ - एकादेशमा दुइथरि ठग व्यापारी रहेछन्! एकथरि घीउ बेच्ने र अर्कोथरि तरवार बेच्ने ! घीउ बेच्ने ठगले ठेकीमा गोबर भरेर मुखमा घीउले छोप्दा रहेछन्!तरवार बेच्ने ठगले काठको तरवार बनाएर आकर्षक छालाको म्यानमा राख्दा रहेछन्!
[वस्तु साटासाट गरेर बेच्ने चलन ( Barter system) भएको युगको कुरा हो! ]
घीउ बेच्ने र तरवार वेच्नेले हाटमा भेटेर वस्तु साटासाट गरेछन्! आआफ्नो पोल खुल्ला भनेर दुवैले किनेका सामान खोलेर हेर्ने र देखाउने कुरै भएन! दुवैले एक अर्कालाई ठग्न सकेकोमा मख्ख परेर जुॅगामा ताउ लगाउॅदै बाटा लागेछन्!
अलि पर गएर सामान जाॅचेर हेर्दा दुवैले अर्कोबाट ठगिएको थाहा पाएछन्! अनि चौतारामा उभिएर दुवैले एक अर्कालाई ठगेकोमा सत्तोसराप गरेछन्! देख्ने बटुवाहरू पेट मिचीमिची हाॅसेछन्!
नोटः कतै सन्दर्भ मिल्न गएमा आकस्मिकता मात्र हुनेछ! -
Baburam Bhattarai
@brb1954
नारायणघाट-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोमा परी पाॅच दर्जन बढी बसयात्रु वेपत्ता लगायत देशैभर बाढी,पहिरो,डुवानबाट ठूलो जनधनको क्षति भएकोमा गहीरो दुःख व्यक्त गर्दछौं र सबै तहका राज्यका अंगहरूले एकीकृत ढंगले उद्धार,राहत र पुनर्स्थापनाको कार्य अघि बढाउन् भन्ने आग्रह गर्दछौं!
-
Baburam Bhattarai
@brb1954
‘अॅध्यारोबाट उज्यालोतिर’ कार्यक्रममा पुराना शक्ति/नेताको पतन र नयाॅको उदय लगायतका विषयमा मेरो विहंगम कुराकानी!
m.youtube.com/watch?v=1qQPevovqA4 -
Baburam Bhattarai
@brb1954
“नेपाल जस्ता मुलुकको विकासमा थिंक ट्यांकहरुको भूमिका “– नीति अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा मैले प्रस्तुत मन्तव्यको पूर्ण पाठ! www.nepalviews.com/2022/09/25/95817/
-
Baburam Bhattarai
@brb1954
-
Baburam Bhattarai
@brb1954
लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो।मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुॅदैन।गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो।तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन!
-
Baburam Bhattarai
@brb1954
Best wishes to Team Nepal in the Final of SAFF Championship !
-
Baburam Bhattarai
@brb1954
एमसीसीको नालीबेली : बाठो बन्दा अल्पज्ञान छचल्कियो – डा. स्वर्णिम वाग्ले www.onlinekhabar.com/2019/12/822624
-
Baburam Bhattarai
@brb1954
( Circulated by my classmates in India)
-
Baburam Bhattarai
@brb1954
It is shameful that Foreign Ministers of BIMSTEC, including Nepal, have endorsed the genocidal military dictatorship of Myanmar. Ironically members of the international community who generally shout loudest against the people’s liberation movements are also keeping mum on this.
-
Baburam Bhattarai
@brb1954
यी स्थानीय जनप्रतिनिधिबाट सबैले सिकौं!सार्वजनिक शिक्षामा आमूल परिवर्तन नगरेसम्म समाज/देश बन्दैबन्दैन।त्यसनिम्ति माथिदेखि तलसम्म पहिले हाम्रो दृष्टिकोण बदलिनैपर्छ। गाउॅगाउॅबाट यस्तै भूइॅतहको जनजागरण अभियान सन्चालन गरौं! अबको क्रान्ति यसरी नै हुन्छ! सलाम!
This media couldn't be displayed. See it on the original post. -
Baburam Bhattarai
@brb1954
गजब तथ्यवचन !
-
Baburam Bhattarai
@brb1954
संसद पुनर्स्थापना भन्दा अर्को कुनै बाटो अॅध्यारो सुरूंग र संविधान/लोकतन्त्रको अन्त्यकै बाटो हो।यसमा कसैले कुनै किन्तुपरन्तु नगरौं।जनप्रतिनिसंस्था कायम भए त्यसले संविधान संशोधन गरेर भए पनि जुनसुकै समस्याको निकास खोज्नसक्छ।तर संसदको अभावमा ओली जस्तो मैमत्त साॅढेलाई बाॅध्ने डोरी खै?
Kantipur
@ekantipur_com
कृष्ण खनाल लेख्छन्-
राजनीति अँध्यारो सुरुङमा पसेकै हो ? ekantipur.com/opinion/2021/02/13/161321824487247929.html -
Baburam Bhattarai
@brb1954
Congratulation and best wishes to Nepali chef Santosh Sah, finalist BBC Master Chef Professionals 2020, for promoting Nepali cuisine abroad !









































































































































































































































































































































































































































































































































































































































































































































































































