सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना!
छठ पर्वको आध्यात्मिक आधार हाम्रो प्राचीन वैदिक परम्परासँग जोडिएको छ। ऋग्वेदकोमा उषा देवीको अत्यन्त सुन्दर स्तुति गरिएको छ। वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको यही प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा पनि प्रतिबिम्बित हुन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यो पर्वले हामीलाई प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिन्छ।
यस पावन पर्वले हामी सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस्। छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस्।
छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना!
Gagan Thapa
Gagan Kumar Thapa (born 19 July 1976) is a Nepali politician serving as the president of the Nepali Congress since 2026. He was the prime ministerial candidate for the Nepali Congress in the 2026 general election. More on Wikipedia
-
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
काठमाडौंबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी भीमफेदी नजिक चिसापानीगढीमा भएको हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको छ।
यस अकल्पनीय दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै, दुर्घटनामा घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
ईश्वरले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून्।
हार्दिक श्रद्धाञ्जली! 🙏 -
Gagan Thapa
@thapagk
‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार, किराँत धर्म तथा संस्कृतिको मौलिक पहिचान र संरक्षणमा अतुलनीय योगदान पुर्याउनुभएका राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।
महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारको मार्गले हामी सबैलाई सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि प्रेरित गरिरहोस्। उहाँका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउन सकौँ। -
Gagan Thapa
@thapagk
नेपाल संवत् ११४७ तथा म्हः पूजाको हार्दिक मंगलमय शुभकामना!
हाम्रो मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक नेपाल संवत् ११४७ को शुभ अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
लोककल्याण र परोपकारको प्रेरणादायी विरासत बोकेको नेपाल संवत्को नयाँ वर्षले हामी सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याओस्। हामीबीचको आपसी सद्भाव, आत्मीयता र एकता अझ प्रगाढ बनोस्।
यसै अवसरमा मनाइने म्हः पूजाले सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र नयाँ आत्मविश्वास प्रदान गरोस्। हाम्रो सांस्कृतिक विविधता र एकताको भावनालाई अझ बलियो बनाउँदै नयाँ वर्षले समुन्नत नेपालको साझा यात्रामा थप प्रेरणा प्रदान गरोस्।
न्हूदँया भिन्तुना!
सकलंयात सुख, शान्ति व समृद्धिया शुभकामना! -
Gagan Thapa
@thapagk
दीपावली तथा तिहारको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना!
उज्यालो, आत्मीयता र सद्भावको यो पर्वले हामी सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गरोस्। दियोको उज्यालोले अन्धकार हटाएझैँ हाम्रो समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी सद्भाव, एकता र विश्वासलाई अझ बलियो बनाओस्।
यो पर्वले हामी सबैलाई सत्य, न्याय र सद्भावको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रेरणा दिओस्। हरेक घरमा खुसी, हरेक मनमा आशा र हाम्रो साझा भविष्यमा समुन्नतिको उज्यालो फैलियोस्।
शुभ दीपावली! शुभ तिहार! -
Gagan Thapa
@thapagk
२७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती, २०८३ को हार्दिक शुभकामना!
नेपाली मौलिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्ती तथा २७औँ राष्ट्रिय आरोग्य दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, आयुर्वेद एवं वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
आयुर्वेदको मौलिक ज्ञान, स्वस्थ जीवनशैली र प्राकृतिक उपचार पद्धतिको संरक्षण, प्रवर्द्धन तथा वैज्ञानिक विकासमार्फत स्वस्थ र निरोगी समाज निर्माणमा हामी सबैलाई प्रेरणा मिलोस्। -
Gagan Thapa
@thapagk
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
MY HANDS ARE CLEAN!
गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाई गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।
Nepali Congress
@NepaliCongress
कार्तिक १३, २०८३
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर सरकार !
विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाई गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।
समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ । विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलेका अनेकौँ घटना हामीले भोगेका हौँ । आज पुनः तिनै विगतका निरङ्कुश प्रवृति दोहरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो ।
नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका निम्ति निरन्तर लड्दै आएको पार्टी हो । नेपाली कांग्रेस सधैँ यस्ता निरङ्कुश र स्वेच्छाचारी कदमहरूको बिरुद्ध उभिँदै आएको छ र अनवरत उभिने छ ।
स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो । यदि कुनै सञ्चार माध्यम वा पत्रकारबाट गलत कार्य वा त्रुटि भएको छ भने त्यसको निरूपणका लागि प्रेस काउन्सिल लगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाहरू विद्यमान छन् । ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासन (Rule of Law) लाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति (Rule by Law) तर्फ उन्मुख हुनु हो । सञ्चार माध्यम र पत्रकारमाथि गरिएको यो दमनकारी कदम अत्यन्तै निन्दनीय र घोर आपत्तिजनक छ । नेपाली कांग्रेस यस घटनाको कडा शब्दमा घोर भत्र्सना गर्दछ ।
हामी सरकारसँग नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता कदम तत्काल सच्याउन जोडदार माग गर्दछौँ ।
जय नेपाल !
गगनकुमार थापा
सभापति -
Gagan Thapa
@thapagk
आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, CAN र क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना!
नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ। सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै, नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
विजयादशमीको हार्दिक मंगलमय शुभकामना!
यस पावन पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस वर्षको दशैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ। धेरै परिवार दुःख, पीडा र कठिनाइमा हुनुहुन्छ। यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ।
यो विजयादशमीले हामी सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्।
सबैमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना।
शुभ विजयादशमी! -
Gagan Thapa
@thapagk
ICC CWC League 2 अन्तर्गत ओमानमा नेपालको अन्तिम शृङ्खला सम्पन्न भएसँगै नेपालले लिग २ मा छैटौँ स्थान सुनिश्चित गर्दै सन् २०२७ देखि २०३१ सम्मका लागि ODI Status कायम राख्न सफल भएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोली एवं नेपाल क्रिकेट संघ परिवारलाई हार्दिक बधाई तथा शुभकामना।
-
Gagan Thapa
@thapagk
आज बिहान बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको खबरले दुःखी बनाएको छ।
बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न हार्दिक अनुरोध गर्दछु।
यस विपद्को घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण साथीहरूलाई अपिल गर्दछु। -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको छ। हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो हुन पुग्यो। यसबाट सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ।
यस महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गर्दछु।
यसैबीच, विभिन्न उम्मेदवारहरूको सूचीलाई मेरो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएको छ।
यस सन्दर्भमा स्पष्ट हुन आग्रह गर्दछु। यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन।
मेरो नाम जोडेर आएको लिष्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला। कुनै पनि अफवाहमा नलाग्नुहोला।
सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न म आग्रह गर्दछु।
मलाई विश्वास छ, तपाईंहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउनेछ।
जय नेपाल! -
Gagan Thapa
@thapagk
देशभर लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। मौसम विभाग तथा सम्बन्धित निकायहरूले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको छ।
अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो। साथै, आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्नुहुन सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु। -
Gagan Thapa
@thapagk
प्रा. डा. सुरेशराज शर्माको निधनको खबरले दुःखी बनाएको छ।
नेपालको प्राविधिक तथा उच्च शिक्षाको विकासमा उहाँले पुर्याउनुभएको योगदान र काठमाडौं विश्वविद्यालयको स्थापनादेखि त्यसलाई संस्थाका रूपमा उभ्याउन उहाँले देखाउनुभएको दूरदृष्टि सदैव स्मरणीय रहनेछ।
उहाँले देखाउनुभएको बाटो र दिनुभएको शिक्षाले भावी पुस्तालाई पनि निरन्तर दिशानिर्देश गरिरहनेछ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा उहाँका विद्यार्थी र शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।
भावपूर्ण श्रद्धाञ्जली। -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेसको १५औँ महाधिवेशन र संविधान दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!
आजदेखि देशभर वडा तहबाटै कांग्रेसको ऐतिहासिक लोकतान्त्रिक अभ्यास प्रारम्भ भएको छ। गाउँ, नगर र वडा-वडामा नयाँ उत्साह र उर्जा छाएको छ।
यो ऐतिहासिक अभियानमा सहभागी भई सबल र सुदृढ कांग्रेस निर्माणमा जुटौँ।
जय नेपाल!This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
लोकतन्त्रका लागि जीवन समर्पण गर्ने, कठिन परिस्थितिमा पनि आफ्नो अडानबाट विचलित नहुने साहसी, त्यागी र निष्ठावान् नेता - लौहपुरुष गणेशमान सिंहप्रति २९औँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन।
हामी १५औँ महाधिवेशनको यात्रामा छौं। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो।
समय बदलिएको छ, चुनौती बदलिएका छन्।
तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ।
लौहपुरुष गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गरौँ।
गणेशमान सिंहप्रति हार्दिक श्रद्धासुमन।
जय नेपाल। -
Gagan Thapa
@thapagk
हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली महिलाहरूमा हार्दिक मंगलमय शुभकामना।
-
Gagan Thapa
@thapagk
ACC Men's Premier Cup को फाइनलमा UAE लाई पराजित गर्दै शानदार रूपमा उपाधि जितेर Asia Cup मा स्थान बनाएकोमा हाम्रो राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई! 🇳🇵
-
Gagan Thapa
@thapagk
आफूलाई जति नै दुःख परे पनि ‘ऐया’ नभनी, मेरो दुःखमा ढाडस बनेर हरेक कठिन मोडमा मेरो हिम्मत बढाइरहने मेरा बालाई हृदयदेखि नमन। 🙏
जीवन दिने मात्र होइन, जीवन जिउने आधार, संस्कार, साहस र भरोसा दिने सम्पूर्ण पूजनीय पिताहरूमा कोटि–कोटि नमन। 🙏
कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना। -
Gagan Thapa
@thapagk
जननायक बी.पी. कोइरालाप्रति हार्दिक श्रद्धासुमन।
भाद्र २४ केवल बी.पी.को जन्मजयन्ती मात्र रहेन, गत वर्षको त्यो हिंसात्मक घटनाको सम्झना पनि हो।
भाद्र २३ को दमन र २४ गतेको हिंसाका दोषीहरूलाई निष्पक्ष छानबिन गरी सजाय नदिएसम्म राज्य जवाफदेही हुन सक्दैन। राज्यमा दण्डहीनताले प्रश्रय पाउनु हुँदैन ।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
गएको भदौ २३ गते आफ्नो जीवन गुमाउनु हुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
बाढी प्रभावित क्षेत्रमा पुगेर मैले देखेको अवस्था।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको भन्ने सूचना रसुवाका प्रमुख जिल्ला अधिकारीमार्फत प्राप्त भएको छ।
तसर्थ, रसुवागढी हुँदै भोटेकोशी/त्रिशूली नदी प्रणालीको तटीय क्षेत्रमा रहेका सबै नागरिकहरूलाई अत्यन्त सतर्क रहन तथा सुरक्षित स्थानमा रहन हार्दिक अनुरोध गर्दछु। -
Gagan Thapa
@thapagk
सम्पूर्णमा अपिल
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ।
यस विपदको अवस्थामा भोटेकोशी, त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु। सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सवै तहका सरकारसंग समन्वय गरेर उद्दार राहतमा केन्द्रित रहन अनुरोध गर्दछु।
विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहनेछ।
नेपाली कांग्रेसका सम्पूर्ण समितिहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाका नेतृत्व एवं सवै सदस्य साथीहरूलाई तटीय क्षेत्रमा वसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न अपील गर्दछु। -
Gagan Thapa
@thapagk
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय हिजो फेरि उठेको छ।
२०७४ सालदेखि लगभग हरेक वर्ष यसरी नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको छ। हरेक पटक हामी राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनायौं, तर सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न सकेनौं।
अब त एक दशक बित्न लागिसक्यो।
२०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन सकेको छैन र पीडितहरू न्याय पाउनबाट वञ्चित छन्।
विगतका सरकारबाट पनि यो काम हुन सकेन। तर विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन। यसपटक यो विषय प्रतिवद्धतामा मात्र सिमित नहोस्।
यसर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेरो आग्रह छ.
अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्।
सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो। -
Gagan Thapa
@thapagk
प्रदीप गिरि स्मृति फेलोसिप
प्रदीप गिरिलाई सम्झनु भनेको केवल उहाँका विचारहरू स्मरण गर्नु होइन; उहाँले जीवनभर रोज्नुभएको अध्ययन, प्रश्न, विचार र सामाजिक न्यायको बाटोलाई निरन्तरता दिनु पनि हो। यही भावनाका साथ हामी ‘प्रदीप गिरि स्मृति फेलोसिप’ सुरु गर्दैछौँ।
प्रदीप गिरिका लागि अध्ययन र लेखन जीवनका अभिन्न हिस्सा थिए। त्यत्तिकै महत्त्वपूर्ण थियो- समाजको सबैभन्दा कमजोर, सीमान्तकृत र पछाडि पारिएका नागरिकको पक्षमा निर्भीकतापूर्वक उभिने उहाँको प्रतिबद्धता। यिनै दुई मूल भावनालाई केन्द्रमा राखेर हामीले यो फेलोसिपलाई 'विचार, अध्ययन र अनुसन्धान' तथा 'कर्म, न्याय र अभियान' गरी दुई आधारमा अघि बढाएका छौँ।
पहिलो चरणअन्तर्गत अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई फेलोसिप प्रदान गरिनेछ।
अध्ययनका चार प्रमुख क्षेत्र रहनेछन्:
क) नेपाली राजनीति, गणतन्त्र र सङ्घीयता
ख) समावेशिता र सामाजिक न्याय
ग) साहित्य, दर्शन र विचारको इतिहास
घ) युवा नेतृत्व, नागरिक शिक्षा र लोकतान्त्रिक नवप्रवर्द्धन
कुनै विचारकप्रति सबैभन्दा सार्थक श्रद्धाञ्जली उहाँका विचारलाई स्मारकमा मात्र सीमित गर्नु होइन, नयाँ पुस्तालाई ती विचारसँग संवाद गर्ने, तिनलाई प्रश्न गर्ने र अझ अगाडि लैजाने अवसर सिर्जना गर्नु हो।
प्रदीप गिरि स्मृति फेलोसिप त्यसै दिशामा एउटा अर्थपूर्ण प्रयास हो। -
Gagan Thapa
@thapagk
हार्दिक निमन्त्रणा
श्रद्धेय प्रदीप गिरि भन्नुहुन्थ्यो, "विचार कुनै निश्चित कालखण्डको बन्दी हुनुहुँदैन; यो समयको प्रवाहसँगै अझ परिपक्व र जीवन्त बनेर अघि बढ्नुपर्छ।"
राजनीतिक चिन्तक तथा श्रद्धेय नेता प्रदीप गिरिको चौथो वार्षिकीको स्मरणमा आयोजना गरिएको "He Told Us: In Spirit & Struggle - Remembering Pradeep Giri" कार्यक्रममा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछौं।
भदौ ६, २०८३ | शनिबार
मध्यान्न १२ बजेदेखि
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुर -
Gagan Thapa
@thapagk
जितपुर सिमरा–१ की ३ वर्षीया अबोध बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र निर्मम हत्याले अत्यन्तै दुःखी र स्तब्ध बनाएको छ। सानी गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
गरिमा हराएको दिनदेखि नै राज्यको काँध खोजिरहेको परिवार आज पनि न्याय पाइन्छ भन्ने आशामा सरकारलाई गुहारिरहेको छ, पर्खिरहेको छ। के सरकारले यो परिवारको पीडा बुझेको छ? राज्यप्रति उनीहरूले राखेको आशा र भरोसाको गम्भीरता महसुस गरेको छ?
घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कडा सजाय दिलाउन सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्छ। साथै, यस्ता घटना फेरि दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी, संवेदनशील र जवाफदेही बनाउन तत्काल कदम चालिनुपर्छ।
गरिमाको घटनाले हामीलाई बालिका तथा किशोरीको सुरक्षाका लागि अझै धेरै गर्न बाँकी छ भनेर फेरि सम्झाएको छ। हरेक बालिका सुरक्षित, संरक्षित र न्यायप्रति विश्वस्त हुने वातावरण नबन्दासम्म हाम्रो जिम्मेवारी पूरा भएको मान्न सकिँदैन। -
Gagan Thapa
@thapagk
आदरणीय प्रदीप गिरि दाइको स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। उहाँसँग बिताएका पलहरू, उहाँबाट पाएका प्रेरणा र राजनीतिलाई हेर्ने उहाँको फराकिलो दृष्टिकोण मेरा लागि सधैं मार्गदर्शन बनिरहनेछ।
-
Gagan Thapa
@thapagk
जनकवि दुर्गालाल श्रेष्ठको निधनले नेपाल भाषा, नेपाली साहित्य र सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। ६ दशकभन्दा लामो समय साहित्य सिर्जनामा समर्पित उहाँले कविता, गीत र अन्य विधामार्फत भाषा, संस्कृति र जनभावनालाई समृद्ध बनाउनुभएको छ।
उहाँका सिर्जना र योगदान सधैं स्मरणीय रहनेछन्। जनकवि श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकमा हार्दिक समवेदना व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
Warmest 80th Independence Day wishes to PM @narendramodi jee and the people of India! 🇮🇳🇳🇵 May the deep-rooted friendship between Nepal and India continue to thrive, and may India be blessed with everlasting peace and progress. 🙏🏽
-
Gagan Thapa
@thapagk
वरिष्ठ साहित्यकार, भाषाविद् तथा प्राज्ञिक व्यक्तित्व प्रा. डा. राजेन्द्र बिमलको निधनले नेपाली साहित्य र बौद्धिक जगत्मा अपूरणीय क्षति पुगेको छ।
नेपाली, मैथिली र अंग्रेजी साहित्य तथा भाषा–अध्ययनमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान सधैँ स्मरणीय रहनेछ। यस दुःखद घडीमा दिवंगत डा. बिमलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
विश्व आदिवासी दिवसको अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण आदिवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपालको मौलिक पहिचान, समृद्ध भाषा, संस्कृति, परम्परा र प्राकृतिक स्रोत-साधनको संरक्षणमा आदिवासी समुदायको अतुलनीय योगदान रहँदै आएको छ। संविधानले सुनिश्चित गरेका आदिवासीका अधिकारहरूको पूर्ण कार्यान्वयन, पहिचानको सम्मान, भाषा-संस्कृतिको संरक्षण र राज्यका हरेक तहमा समतामूलक सहभागिताका लागि हामी निरन्तर प्रतिबद्ध छौँ।
-
Gagan Thapa
@thapagk
Devastated by the news from Broad Peak.
Nims, I met you before Project Possible, before the world knew your name, and before you changed what people believed was possible in the mountains. I truly believed you would find a way back, just as you always had.
More than the records, your greatest contribution was changing the world's perception of Nepali mountaineers. You showed that Nepalis are not just the strength behind expeditions, but leaders, pioneers, and innovators who can redefine the future of mountaineering. Your legacy will inspire generations.
Today, I also remember Pur Bahadur “Yukta” Gurung, Kili Pemba “Kilu” Sherpa, Nima Sherpa, Nawang Thindu Sherpa, Gyalu Sherpa, Sohail Sakhi, Mallory Geis, Nadhira Al Harthy, and Wang Zhong. Behind every name is a life of courage, sacrifice, dreams, and loved ones waiting at home.
My deepest condolences to all the families, friends, and the entire mountaineering community.
Rest in peace. You will all be remembered. -
Gagan Thapa
@thapagk
सुनसरीको कप्तानगञ्ज घटना र त्यसपछि विभिन्न स्थानमा भईरहेको तनावपूर्ण स्थितिबारे आज मधेश प्रदेश, सुनसरी, मोरङ लगायत प्रभावित क्षेत्रका केन्द्रीय, प्रदेश तथा जिल्लाका पार्टीका साथीहरू, मधेस प्रदेशका मुख्यमन्त्री, सांसद, स्थानीय प्रतिनिधिहरू सहित आज भर्चुअल बैठक गरी प्रदेश र स्थानीय सरकार तथा पार्टी समिति र सदस्यले गर्नुपर्ने कामका बारेमा पार्टीको तर्फबाट स्पष्ट निर्देशन दिइएको छ।
-
Gagan Thapa
@thapagk
सामाजिक सद्भाव र भाइचारा कायम राख्न म सबैमा हार्दिक अपिल गर्दछु।
जय नेपाल!This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
सबैमा संयमित भएर सामाजिक सद्भाव कायम राख्न हार्दिक अपिल गर्दछु।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
भावपूर्ण श्रद्धाञ्जली!
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा हाम्रा आदरणीय अभिभावक गोपालमान श्रेष्ठ दाईको निधनको खबरले अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ।
नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैं प्रेरणादायी रहनेछ। स्याङ्जाबाट सुरु भएको उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्याउनुभएको योगदान अविस्मरणीय छ।
पार्टी र लोकतान्त्रिक आन्दोलनमा समर्पित उहाँजस्तो समर्पित,निष्ठावान, अनुभवी र निडर नेता गुमाउनु नेपाली कांग्रेस र सिङ्गो देशकै लागि अपूरणीय क्षति हो।
आदरणीय गोपालमान दाईप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली! साथै, यस कठिन घडीमा शोकसन्तप्त परिवारजन, आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु।
तपाईंको निष्ठा र समर्पणको बाटोमा हामी निरन्तर हिँडिरहनेछौँ।
उहाँप्रति श्रद्धाञ्जली अर्पणका लागि भोलि बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म उहाँको पार्थिव शरीर नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय, सानेपामा राखिनेछ। -
Gagan Thapa
@thapagk
आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीको माग संवोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारू गर्न आग्रह ।
यही साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुखद र निन्दनीय छ। नागरिकको जीवन रक्षाका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नै आफ्नै कार्यस्थलमा असुरक्षित हुनु र उपचार गर्ने क्रममा वा गरेकै आधारमा दुर्व्यबहार र भौतिक आक्रमणमा पर्नु कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन सक्दैन।
यस घटना पश्चात पेशागत सुरक्षाका लागि नेपाल चिकित्सक संघ लगायतको आव्ह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा उपचारको पर्खाइमा रहेका हजारौँ बिरामीहरूले सास्ती भोग्नुपर्ने विषम परिस्थिति सिर्जना भएको छ। आफ्नो सुरक्षा र पेशागत हकका लागि सेवा बन्दजस्तो अप्रिय निर्णय गर्ने ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मी पुग्नु चिन्ताजनक विषय हो।यस्तो परिस्थिति अहिलेमात्र भएको होइन। त्यसैले यसतर्फ तत्कालिन र दीर्घकालीन समाधान खोज्न ढिलो गर्नु हुँदैन।
१. विगतमा चिकित्सक र स्वास्थ्यकर्मीको पटक पटकको आन्दोलनको दवाव र नेपाली कांग्रेसकै पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६(संशोधन सहित) कार्यान्वयनमा आइसकेको छ। अत: यस घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गरियोस्। वार्ताका क्रममा दुर्व्यवहार गर्ने अधिकारी र प्रहरी माथि निष्पक्ष छानबिन गरियोस्।
२.नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीसँग अविलम्ब संवाद गरी उनीहरूका पेशागत सुरक्षाका मागहरू सम्बोधन गरेर ओपिडी लगायतका अत्यावश्यक सेवाहरू तत्काल सुचारु गर्ने वातावरण मिलाउन सरकारले अतिरिक्त पहलकदमी लियोस्।
३. स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकोले यसको संवेदनशीलताको ख्याल राख्दै हजारौं नागरिक र विरामीको अबस्थालाई ध्यान दिएर सेवा प्रवाह नरोक्न र वार्ता र संवादवाटै समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक संघ लगायत सवै चिकित्सक र स्वास्थ्यकर्मीलाई अपिल गर्दछु। -
Gagan Thapa
@thapagk
No matter what , this is unacceptable. No if , No but.
-
Gagan Thapa
@thapagk
जलवायु परिवर्तन र बीपी कोइराला
भोलि बीपी स्मृति दिवसको उपलक्ष्यमा 'The Green Table' को विशेष संवादमा जलवायु परिवर्तनका सन्दर्भमा बीपी कोइरालाका विचारहरूका बारेमा खुला छलफल गर्दै छौ।
समय: बिहानको ७ बजे
स्थान: जवालखेल
र त्यो भन्दा पहिले हामी बिहानको ६ बजे UN Park मा जम्मा हुने छौ '5 KM Green Run' का लागि। रजिस्ट्रेसन गर्न छुटाउनु भएकाहरुलाई पनि स्वागत छ, सँगै दौडौला र संवाद गरौंला।
जय नेपाल।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
सरकारको निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर लागू नगर्ने निर्णयको स्वागत छ।
यो व्यवस्था अनुपयुक्त भएको कुरा हामीले प्रारम्भबाट नै उठाउँदै आएका थियौं।
निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्। धेरैका लागि त्यो कुनै विलासिता (luxury) होइन, बाध्यता हो।
निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो। सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले कहिल्यै पनि समस्याको समाधान गर्दैन।
त्यसैले समता शुल्क लागू गर्नु समानताको नीति थिएन, बरु असमानतालाई अझ बढावा दिने व्यवस्था थियो।
सरकारले यही आर्थिक र सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेको छ। यो निर्णय सही छ। उक्त निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक पूरा होस्।
साथै सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझोस्। -
Gagan Thapa
@thapagk
हरेक वर्ष तपाईंहरू रातोपुलस्थित मेरो घरमा आएर जन्मदिनको खुसी साट्नुहुन्थ्यो।
यसपटक भने तपाईंहरूलाई अर्कै ठाउँमा निमन्त्रणा गर्न चाहन्छु।
श्रावण ६ गते, बीपी स्मृति दिवसको अवसरमा, हामीले जलवायु जनचेतनाका लागि “Green Run” आयोजना गरेका छौं। यही कार्यक्रममा हामी एउटा अर्थपूर्ण र पुण्य कार्यको घोषणा पनि गर्नेछौं।
यस वर्ष मेरो जन्मदिनको शुभकामना पनि त्यही कार्यक्रममा तपाईंहरूबाटै लिनेछु।
भेटौं, श्रावण ६ गते।
बिहान ६:०० बजे
स्थान: UN Park -
Gagan Thapa
@thapagk
श्रावण ४।
मेरो लागि वर्षकै सबैभन्दा विशेष दिन।
मेरो जन्मदिन भएकाले होइन, तिम्रो जन्मदिन भएकाले।
कहिले आत्मविश्वास डगमगायो, कहिले हिम्मत कम भयो।
तर हरेक पटक तिमी मेरो साथमा उभियौ।
मेरो भरोसा बनेर, मेरो शक्ति बनेर, मेरो हिम्मत बनेर।
कठिन समयमा हात नछोडेकोमा A big thank you.
Happy Birthday, my love ❤️
जन्मदिन त हामी दुवैको हो,
तर आजको शुभकामना सबैभन्दा पहिले तिमीलाई। -
Gagan Thapa
@thapagk
नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भीकतापूर्वक उभिनुभएका श्रद्धेय नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाउनुभयो र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहनुभयो।
अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभयो। सार्वजनिक जीवनमा उहाँले देखाउनुभएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहनेछ।
सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा उहाँले निर्वाह गर्नुभएको भूमिका विशेष स्मरणीय छ। उहाँले प्रज्वलित गर्नुभएको नागरिक चेतनाको दीप र छोड्नुभएको बौद्धिक सम्पदाले हामीलाई सधैँ मार्गदर्शन गरिरहनेछ।
यस दुःखद घडीमा श्रद्धेय डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा विवेक मण्डलको आत्मदाहको प्रयासपछि उपचारका क्रममा आज बिहान २:४० बजे भएको दुःखद निधनको खबरले अत्यन्त मर्माहत बनाएको छ।
यस शोकपूर्ण घडीमा स्वर्गीय विवेक मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। यस अपूरणीय क्षतिको पीडा सहन परिवारजनलाई धैर्य र शक्ति प्राप्त होस्।
यस कठिन घडीमा म शोकसन्तप्त परिवारको साथमा छु। स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु। -
Gagan Thapa
@thapagk
कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ।
करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?!
चेत होस् : लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ।आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो।
फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो!गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस्! -
Gagan Thapa
@thapagk
गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ।
यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो।
यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। उहाँहरूलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।
यससँगै सबैमा एउटा विनम्र अनुरोध छ।
यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो।
यस कठिन घडीमा गणेशजीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ।
विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ।
हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ?
यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ। -
Gagan Thapa
@thapagk
पोखराका अग्रज पत्रकार, शिक्षक, पुस्तकालय अभियानी एवं लोकतान्त्रिक आन्दोलनका एक निष्ठावान् व्यक्तित्व केशवराज पराजुली गुरुको निधनको खबरले दुखी बनाएको छ।
पञ्चायतको कठिन कालखण्डमा पनि केशवराज गुरुले लोकतन्त्र, नागरिक स्वतन्त्रता र सार्वजनिक जवाफदेहिताका पक्षमा जुन निर्भीक कलम चलाउनुभयो, त्यो हाम्रो पुस्ताका लागि सधैँ प्रेरणादायी रहनेछ। पत्रकारिता मात्र होइन, शिक्षा र पुस्तकालय अभियानमार्फत समाजमा सचेतना फैलाउन उहाँले खेल्नुभएको भूमिका अतुलनीय छ। सत्य र निष्ठाको राजनीति तथा जनहितका पक्षमा उहाँ सधैँ एउटा दह्रो खम्बाका रूपमा उभिनुभयो।
यस दुःखद घडीमा स्वर्गीय केशवराज पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु। -
Gagan Thapa
@thapagk
इटालीको कोर्टिना द आम्पेज्जोमा सम्पन्न प्रतिष्ठित ‘La Sportiva Lavaredo Ultra Trail 120K’ प्रतियोगितामा १२० किलोमिटर दूरी १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्डसहित उपाधि जित्नु भएकोमा नेपाली अल्ट्रा धाविका सुनमाया बुढालाई हार्दिक बधाई तथा सम्मान।
जुम्लाको पातारासीबाट विश्व मञ्चसम्मको तपाईँको यात्रा आज हामी सबैका लागि प्रेरणादायी कथामा परिणत भएको छ। तपाईँको यो ऐतिहासिक सफलताले सिङ्गो देशलाई गौरवान्वित बनाएको छ। यस अद्वितीय उपलब्धिका लागि तपाईँप्रति हार्दिक सम्मान तथा आगामी यात्राका लागि शुभकामना। 🇳🇵 -
Gagan Thapa
@thapagk
"For my friends everything, for my enemies the law" -
Óscar R. Benavides
Former President of Peru -
Gagan Thapa
@thapagk
प्रिय @hamrorabi जी,
सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी,
तथा रास्वपा परिवार,
हार्दिक शुभकामना!
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना!
पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।
यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो।
यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु।
तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।
जय नेपाल! -
Gagan Thapa
@thapagk
हार्दिक निमन्त्रणा
दिन बित्छ दर्दमा, रातभर बढ्छ क्रन्दन
हृदयहीन राज्य, निस्तब्ध जन-स्पन्दन
ग्रिन टेबल श्रृङ्खलाको पाँचौं कार्यक्रम
‘विस्थापनको व्याकुलता: सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’
मिति:२०८३।०२।१५ गते शुक्रबार।
समय: दिउँसो १:३० बजे।
स्थान: नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा।
आयोजक: नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान। -
Gagan Thapa
@thapagk
गणतन्त्र दिवसको शुभकामना !
नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्र्थापनाका लागि भएका ऐतिहासिक जन—आन्दोलनहरूमा देशका असंख्य वीर सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गर्नुभएको छ । आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सम्पूर्ण वीर शहीदहरूप्रति गणतन्त्र दिवसको यस पावन अवसरमा म उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारद्वारा संविधानसभाको निर्वाचन सम्पन्न भयो । तत्पश्चात् वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरिएको थियो । यही ऐतिहासिक उपलब्धिको स्मरणमा हामी हरेक वर्ष जेठ १५ लाई गौरवका साथ गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।
नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ । नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त यस ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो । मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा यो गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमा, गणतन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल ! -
Gagan Thapa
@thapagk
रोड टु UFC सिजन ५ मा आफ्नो पहिलो खेल जित्न सफल MMA फाइटर रबिन्द्र ढाँटलाई हार्दिक बधाई। आगामी खेलहरूमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना। बझाङको बाघलाई छिट्टै UFC मा देख्न पाइयोस् भन्ने अपेक्षा गरेको छु । 🐅🇳🇵
-
Gagan Thapa
@thapagk
बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सम्पन्नता नै नेपालको सबैभन्दा ठूलो तागत हो । हाम्रा चाडपर्वहरू केवल संस्कृति मात्र होइनन्, यस समाजलाई जोड्ने बलियो कडी हुन्। मुस्लिम समुदायको महान् पर्व बकर इद (ईद–उल–अज्हा) को पावन अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना!
यो पर्वले हामी नेपालीहरूबीच आपसी प्रेम, सहिष्णुता, सामाजिक एकता र सहकार्यको भावनालाई अझ मजबुत बनाउनेछ भन्ने विश्वास लिएको छु। इद मुबारक! 🌙✨ -
Gagan Thapa
@thapagk
राष्ट्रिय समता दिवसको शुभकामना!
-
Gagan Thapa
@thapagk
विश्व सिनेमा क्षेत्रमा प्रतिष्ठित मानिने कान्स फिल्म फेस्टिभल २०२६ मा 'Un Certain Regard' विधामा जुरी प्राइज (Jury Prize) जित्न सफल चलचित्र 'Elephants in the Fog' का निर्देशक श्री अविनाश विक्रम शाह लगायत सम्पूर्ण टिमलाई धेरै-धेरै शुभकामना दिन चाहन्छु। साँच्चै नै यो पल नेपाली कला क्षेत्रको लागि एउटा ऐतिहासिक र गौरवपूर्ण पल हो। बधाई तथा शुभकामना टिम!
-
Gagan Thapa
@thapagk
सर्लाहीका बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका ६ जना भाइबहिनीहरूको पढाइलाई निरन्तरता दिन, उहाँहरूका लागि ललितपुरमा कक्षा १० सम्म छात्रावाससहित पूर्ण निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ।
क्षमता भएर पनि आर्थिक अभावका कारण धेरै दलित तथा विपन्न परिवारका बालबालिकाको पढाइ बीचमै रोकिने अवस्था दुःखद यथार्थ बनेको छ। यही अवस्थालाई थोरै भए पनि बदल्ने उद्देश्यले यो पहल गरिएको हो।
यो सम्भव बनाउन साथ दिनुहुने सम्पूर्ण सहयोगी साथीहरू र सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद।
यस्ता कार्यहरूलाई आगामी दिनमा पनि निरन्तर रूपमा अघि बढाउँदै जानेछु। -
Gagan Thapa
@thapagk
हिजो सार्वजनिक भएको SEE परीक्षामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई! तपाईँहरूको मेहनत र लगनशीलताले आज सार्थक रूप पाएको छ।
त्यस्तै, अपेक्षित ग्रेड प्राप्त गर्न नसक्नुभएका भाइबहिनीहरूलाई यो नतिजालाई केवल एउटा खुड्किलोको रूपमा लिन र कत्ति पनि विचलित नहुन आग्रह गर्दछु। आगामी ग्रेड वृद्धि (Grade Increment) परीक्षा आफ्नो क्षमता प्रमाणित गर्ने अर्को सुन्दर अवसर हो।
विद्यार्थीको मनोबल उच्च राख्न र आवश्यक शैक्षिक परामर्श दिन म स्थानीय सरकारहरूलाई तत्काल समन्वयका लागि अनुरोध गर्दछु।
साथै, यस वर्ष एसईईको नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सफल भएकोमा नेपाल सरकार, सम्बन्धित निकाय र संलग्न सबैप्रति धन्यवाद तथा बधाई व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
आज विश्व प्रेस स्वतन्त्रता दिवस।
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो। तर आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ। कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान!
प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध होइन, यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि हो। सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो।
सम्पूर्ण सञ्चारकर्मी साथीहरूमा 'विश्व प्रेस स्वतन्त्रता दिवस' को हार्दिक शुभकामना। -
Gagan Thapa
@thapagk
"शक्ति प्रदर्शन कि प्रक्रियागत न्याय? भूमिहीनको अधिकार र राज्यको दायित्व"
आज सडकमा डोजर कि कानून? भन्ने प्रश्न निकै पेचिलो बनेको छ। के सुकुम्बासी समस्याको समाधान केवल एउटा झुपडी भत्काउनु मात्रै हो? कि यो दशकौँदेखि जकडिएको संरचनागत विभेदको अन्त्य हो?
हामीले कोही पनि रहरले सुकुम्बासी हुँदैन भनेर बुझ्नुपर्छ । शासक बस्ने सहरमा मात्रै स्रोत र साधन केन्द्रित गर्ने हाम्रो विकासको गलत ढाँचाले मानिसहरूलाई गाउँबाट सहर पस्न बाध्य पार्यो। किन भूमिहीनको कुरा गर्दा सधैं सीमान्तकृत र दलित समुदाय नै अग्रपंक्तिमा ठोक्किन्छन्? यो अपमानित भएर बाँच्नुपर्ने कथा केवल गरिबीको कथा मात्र होइन, यो राज्यले गरेको ऐतिहासिक विभेदको परिणाम हो।
संवैधानिक अधिकार र हाम्रो प्रयास:
यिनै यथार्थलाई स्वीकार गरेर हामीले संविधानमा 'सम्मानपूर्वक बाँच्न पाउने हक' र 'आवासको हक' लाई उच्च महत्त्वका साथ राख्यौँ। संविधानको धारा ४० मा हामीले स्पष्ट लेख्यौँ-"राज्यले भूमिहीन दलितलाई कानून बमोजिम एक पटक जमिन उपलब्ध गराउनुपर्नेछ र आवासहीन दलितलाई बसोबासको व्यवस्था गर्नेछ।"
यही मौलिक हक कार्यान्वयनका लागि भूमि सम्बन्धी ऐनको सातौँ र आठौँ संशोधन मार्फत हामीले भूमिहीन दलित र सुकुम्बासीलाई एक पटकका लागि जग्गा उपलब्ध गराउने कानुनी व्यवस्था गर्यौँ। काठमाडौँ जस्ता सहरी क्षेत्रमा सामुदायिक आवास मार्फत व्यवस्थापन गर्ने कानुनी बाटो खुला गर्यौँ। वास्तविक पीडितको पहिचान र पुनःस्थापनाको नीतिगत बाटो प्रष्ट छ।
नक्कली सुकुम्बासी र राज्यको दायित्व:
सुकुम्बासीको आवरणमा राज्यलाई ठग्नेहरू अपराधी हुन्। पहुँचका भरमा सार्वजनिक जग्गा दोहन गर्ने 'नक्कली' सुकुम्बासीलाई पहिचान गरेर कारबाही गर्नुपर्छ भन्ने व्यवस्था कानुनमै छ। तर विडम्बना, संविधान र कानुनले दिएको यो अधिकार कार्यान्वयन गर्न राज्यले वर्षौँ खेर फाल्यो।
गत वर्ष संसद्मा भूमि सम्बन्धी ऐन संशोधन आउँदा म र विश्वप्रकाश शर्मा लगायतका साथीहरूले निकै मेहनत गरेर समाधानसहितको संशोधन दर्ता गरायौँ। हाम्रो दृष्टिकोण स्पष्ट थियो:
१. वास्तविक सुकुम्बासीले न्याय पाओस्: उनीहरूले आत्मसम्मानका साथ भूमि पाउनुपर्छ, जुन राज्यको जिम्मेवारी हो।
२. राज्य ठग्नेहरू दण्डित हुन्: भूमिहीनको नाममा सार्वजनिक सम्पत्ति कब्जा गर्नेहरूका लागि सबै छिद्र बन्द गरियोस्।
३. प्राकृतिक स्रोतको संरक्षण होस्: वाग्मती र मनोहरा जस्ता नदी किनारका वास्तविक सुकुम्बासीलाई राज्यले अन्यत्र स्थानान्तरण र पुनर्स्थापना गरोस् र नक्कलीलाई हटाओस्।
हामीले त यहाँसम्म भन्यौँ-सर्वोच्च अदालतको आदेश बमोजिम शक्तिको आडमा हदबन्दी भन्दा बढी जग्गा राख्नेहरूको विवरण सार्वजनिक गरी त्यो जग्गा सरकारको नाममा ल्याइयोस् र वास्तविक भूमिहीनको व्यवस्थापनमा प्रयोग गरियोस्।
सरकारको बाटो-बिधि कि डोजर?
हाम्रो यो प्रगतिशील संशोधन प्रतिनिधिसभाबाट पारित भयो, तर राष्ट्रिय सभामा पुग्दा संसद् विघटनको सिकार भयो। आजको सरकारसँग प्रचण्ड बहुमत छ। हामी सहयोगी बन्न तयार नै थियौँ। सडकमा डोजर चलाउनुभन्दा त्यही कानुनलाई प्रयोग गरेर दशौँ गुणा तीव्र गतिमा काम गर्न सकिन्थ्यो।
तर सरकारले विधिको बाटो छोडेर डोजरको बाटो किन रोज्यो?
हो, कानुनको बाटो अलि धैर्यतापूर्ण हुन्छ, अलि प्रक्रियागत हुन्छ। यसले क्षणिक 'ताली' र 'लाइक्स' नदेला। तर, के राज्य सधैँ तालीको पछि मात्र लाग्ने हो? मानवीय संवेदना र आत्मसम्मानलाई कुल्चिएर नागरिकलाई 'कैदीबन्दी' जस्तो व्यवहार गर्नु के राज्यको अभिभावकीय भूमिका हो?
विकल्प र पहिचान नगरी बलपूर्वक उठिवास लगाउनु लोकतन्त्रको उपहास हो।
सरकारलाई मेरो गम्भीर ध्यानाकर्षण:
यो डोजरले नागरिकको झुपडी मात्र होइन, उनीहरूको मर्यादा र राज्यप्रतिको भरोसा पनि भत्काएको छ। सस्तो लोकप्रियताका लागि गरिएको यो निर्मम प्रहारले सडक त खाली गराउला, तर यसले लोकतन्त्रको जग कमजोर बनाउँछ।
मेरो आग्रह छ:
• नदी किनार खाली गर्नैपर्छ, तर त्यो काम 'डोजर'ले होइन, 'कानुन' को प्रयोग गरेर गर।
• नक्कली सुकुम्बासीलाई दण्ड देऊ, तर वास्तविक भूमिहीनलाई पहिचान नगरी, पुनर्स्थापनाको आधार नबनाई, धम्क्याएर र लखेटेर हटाउने काम तत्काल बन्द गर।
• सुकुम्बासी समस्या पालेर होइन, समाधान गरेर मात्र सकिन्छ। राज्य 'रुल बाइ ल' (शक्ति) होइन, 'रुल अफ ल' (कानुन) को बाटोमा हिँडोस्।
याद राखौँ-राज्यको सामर्थ्य डोजरको दाँतमा होइन, कानुनको न्यायपूर्ण कार्यान्वयनमा देखिनुपर्छ। -
Gagan Thapa
@thapagk
अन्तर्राष्ट्रिय श्रमिक दिवस (May Day) को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। कार्यस्थल सुरक्षित होस्, पारिश्रमिक उचित होस्।
-
Gagan Thapa
@thapagk
वेदना र हिंसाभन्दा माथि उठेर करुणा र सद्भावको बाटो रोज्नु नै बुद्धप्रतिको सच्चा सम्मान हो। बुद्ध जयन्तीको यस विशेष दिनमा रिस र राग त्यागी सबैको मनमा शान्तिको दीप जलिरहोस्।
साथै, प्रकृति पूजक किराँत समुदायको महान् पर्व उभौलीको उपलक्ष्यमा सम्पूर्णमा 'सेवाङ्ली' तथा हार्दिक शुभकामना व्यक्त गर्दछु। बुद्धको शान्तिको सन्देश र प्रकृतिप्रतिको हाम्रो मौलिक संस्कारबीचको यही समन्वय नै हाम्रो वास्तविक पहिचान र सुन्दरता हो।
हाम्रो संस्कृति, आपसी एकता र सामाजिक सद्भाव सधैं अटल रहोस्। शुभकामना! -
Gagan Thapa
@thapagk
“सीमामा रु। १०० सीमा!”
वर्षौदेखि निष्क्रिय रहेको भन्सार प्रावधानको कडाइका साथ कार्यान्वयनले सीमावर्ती जनजीवनमा पारेको बहुआयामिक प्रभावबारे गम्भीर सार्वजनिक विमर्श अपरिहार्य भएको छ। यही सन्दर्भमा ग्रीन टेबल —नेपाली कांग्रेसको पहलमा एक उत्तरदायी, तथ्याधारित र नीतिमुखी संवाद मञ्चका रूपमा प्रस्तुत हुँदैछ।
यस श्रृंखलाले सीमामा बसोबास गर्ने नागरिकका अनुभव, सरोकार र आवाजलाई नीति निर्माणको केन्द्रसम्म पुर्याउने उद्देश्य राख्दछ। केवल प्रश्न उठाउने होइन, यथार्थमा आधारित समाधानका संरचनागत विकल्पहरू प्रस्ताव गर्दै, सार्वजनिक अभिलेख निर्माण र उत्तरदायित्वको संस्कृतिलाई सुदृढ बनाउने यसको प्रमुख लक्ष्य हो।
ग्रीन टेबल — जहाँ लोक र राज्यबीच अर्थपूर्ण संवाद हुन्छ। -
Gagan Thapa
@thapagk
सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीबाट भर्खरै फर्किएको छु। त्यहाँका नागरिकहरूसँगको अन्तर्क्रिया पछि एउटा गहिरो छटपटी र आक्रोश मनमा लिएर फर्किएको छु।
कागजमा सीमित रहेको, तर हालै संघीय सरकारले कडाइका साथ लागू गर्न खोजेको "१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने" अव्यवहारिक आदेशले सीमा क्षेत्रका नागरिकको दैनिकी कति कष्टकर बनाएको छ भन्ने कुरा भुक्तभोगीलाई मात्र थाहा छ।
त्यहाँ मैले केही यस्ता दृश्य र आवाजहरू सुनेँ, जसले राज्यको चरित्रमाथि नै प्रश्न उठाउँछन्:
• बिहान कामका लागि सीमा पार गर्ने एक ज्यालादारी मजदुरलाई एउटा बिस्कुटको प्याकेटका कारण दुई घण्टा रोकिनुपर्यो।
• एक महिलाले चिन्तित हुँदै भन्नुभयो— “पहिला हामी सम्मानका साथ सीमा पार गर्थ्यौँ, अहिले डरका साथ पार गर्छौँ।”
सीमा क्षेत्रले भोगिरहेको यो असहजताको गह्रौँ भारी मसँगै फर्कँदैछ।
एक इमानदार राजनीतिज्ञको हैसियतले म सत्य स्वीकार गर्छु— यो व्यवस्था हिजो मात्र आएको होइन। यो विभिन्न सरकारका पालामा, र मेरो आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा समेत कानूनका पानामा रहिरह्यो। तर, यो कानून कति अव्यवहारिक छ भन्ने बुझेर नै हामीले यसअघि यसलाई लागू गर्न दिएका थिएनौँ। तथापि, समयमै यसलाई सुधार्न नसक्नु हाम्रो कमजोरी थियो। त्यो कमजोरी स्वीकार गर्ने र सच्याउने जिम्मा अब हाम्रै हो।
यो नागरिकमैत्री नीति हुँदै होइन, यो एक प्रकारको 'हेपाहा नीति' हो। यो मधेसको दैनिकीमा लागेको घाउ हो। नियमित आवतजावतलाई शङ्कामा बदलिएको छ र नागरिक सम्मानलाई अपमानित तुल्याइएको छ। स्वयम् भन्सार विभागले स्वीकार गरेको छ कि यसबाट उल्लेखनीय राजस्व उठ्दैन। त्यसो भए यो दुःख आखिर किन र कसका लागि?
राज्यले मधेसका हरेक भान्सामा अवरोध खडा गरेको छ। यसको मार महिला, विद्यार्थी, किसान र श्रमिक वर्गमाथि परेको छ।
सरकारसँग मेरो स्पष्ट माग छ:
यो अव्यवहारिक निर्णय तत्काल फिर्ता लिइयोस्। सीमामा पहिले जस्तो सहजता थियो, त्यसलाई कम्तीमा सुनिश्चित गरियोस्।
सीमान्त क्षेत्रहरू राष्ट्रका किनारा मात्र होइनन्; ती अर्थतन्त्र, संस्कृति र विश्वासका जीवित सङ्गम हुन्। जब नीतिले यो संवेदनशीलता बिर्सन्छ, त्यसले देशका सीमामा उभिएर देश सम्हाल्ने नागरिकहरूलाई नै सजाय दिन्छ। -
Gagan Thapa
@thapagk
मेरो निर्वाचन क्षेत्र सर्लाही-४ का जनताले दिनुभएको माया, विश्वास र साथप्रति हार्दिक आभार व्यक्त गर्दै, आज धनकौल बजारमा।
-
Gagan Thapa
@thapagk
कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन लाग्नुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा सफलताको हार्दिक शुभकामना। तपाईँको मेहनत र आत्मविश्वासले अवश्य पनि सुखद नतिजा ल्याउनेछ। धैर्य र शान्त भएर परीक्षा दिनुहोला। उज्ज्वल भविष्यको कामना।
-
Gagan Thapa
@thapagk
आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गर्न सफल नेपाली टोलीलाई हार्दिक बधाई, साथै आगामी खेलका लागी शुभकामना।
-
Gagan Thapa
@thapagk
डा. दिनेशनाथ गोंगल,
नेपालमा पहिलो पटक न्युरो सर्जरी सुरु गरी आधुनिक शल्यचिकित्साको आधारशिला तयार पार्ने अग्रणी व्यक्तित्व। ४० हजारभन्दा बढी सफल शल्यक्रियामार्फत असंख्य जीवनमा नयाँ आशा जगाउँदै, वीर अस्पतालमा न्युरो सर्जरी विभाग स्थापना गर्न उहाँले खेलेको भूमिका सदैव स्मरणीय रहनेछ। उहाँको साहस, संघर्ष र समर्पण चिकित्सा इतिहासमा सधैं उज्यालो भएर रहनेछ ।
भावपूर्ण श्रद्धाञ्जली। -
Gagan Thapa
@thapagk
नेपाल विद्यार्थी संघ (ने.वि.संघ) को ५७औं स्थापना दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!
जय नेपाल! -
Gagan Thapa
@thapagk
सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो।
पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ। पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु।
पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ।
अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ।
जय नेपाल! -
Gagan Thapa
@thapagk
आमाले यो पटक फेरि सिकाउनु भयो
परिस्थितिभन्दा ठूलो हाम्रो धैर्य र विश्वास हुन्छ।
जीवनका हरेक मोडमा मेरो गुरु रहनु भएकी आमालाई नमन।
सबै आमाहरूलाई मातृ दिवसको हार्दिक शुभकामना। -
Gagan Thapa
@thapagk
नयाँ वर्ष २०८३ को अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना!
यो नयाँ वर्षले हरेक घरमा शान्ति, हरेक मनमा आशा, र सबैका लागि अवसर ल्याओस्।
हामी सबै मिलेर अझ सुदृढ लोकतन्त्र, सबल संस्था र समुन्नत नेपाल निर्माणतर्फ अगाडि बढौं।
नव वर्ष २०८३ को शुभकामना!
Happy New Year 2083! 🇳🇵 -
Gagan Thapa
@thapagk
श्रद्धेय आशा भोसले,
नेपाली गीतमा पनि उत्तिकै आत्मीय लाग्ने स्वर। उहाँका कालजयी सिर्जनाहरू हाम्रा सम्झनामा सधैं गुन्जिरहनेछन्। भावपूर्ण श्रद्धाञ्जली। -
Gagan Thapa
@thapagk
हार्दिक बधाइ तथा शुभकामना!
नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना! -
Gagan Thapa
@thapagk
राम नवमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलकामना!
मर्यादा पुरुषोत्तम श्रीरामका आदर्शले हाम्रो जीवनमा सत्य, धैर्य, सदाचार र सकारात्मक सोचलाई अझ सुदृढ बनाओस्।
शुभ रामनवमी! -
Gagan Thapa
@thapagk
‘ईद उल फित्र’को अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूलाई ईद मुबारक ! यस पर्वले सबैको जीवनमा शान्ति, सद्भाव, आपसी भाइचारा, खुशी र समुन्नति ल्याओस् भन्ने कामना गर्दछु।
-
Gagan Thapa
@thapagk
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूका पूजनीय पिता मोहनप्रसाद ओलीज्यूको असमायिक निधनको दुःखद खबरले मर्माहत बनाएको छ।
दिवंगत पुण्य आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना!
मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु। -
Gagan Thapa
@thapagk
मैतीदेवी मतदान केन्द्रबाट।
सबैलाई उत्साहपूर्वक मतदान गर्न हार्दिक अपिल। -
Gagan Thapa
@thapagk
आशीर्वाद र स्नेह लिएर मत हाल्न निस्किँदा ।
बाँकी हजुरहरूको हातमा। -
Gagan Thapa
@thapagk
मधेशमा हाम्रो पहिलो होली !
-
Gagan Thapa
@thapagk
तराई/मधेश मे होली खाली रँग के परब न, ई रँङ, उमंग, प्रेम आ समाजिक समरसता के प्रतीक है।
ई फागुन हमनी के समाज में नयाँ जोस आ नयाँ उमँग लेके आवे। देश शान्ति, सद्भाव आ समुन्नती के रँङ से रँङे के संकल्प के साथ, अपनेसब लोगके होली के हार्दिक बधाई आ शुभकामना व्यक्त करैछी ! -
Gagan Thapa
@thapagk
आदरणीय शुभेच्छुक तथा साथीहरू,
निर्वाचन नजिकिँदै जाँदा, मौन अवधिमा समेत, म लगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइँदै छन्। यो केवल आचारसंहिताको उल्लङ्घन मात्र होइन, लोकतान्त्रिक संस्कारमाथिको आक्रमण हो। यस्ता गलत र भ्रामक सूचनाविरुद्ध तपाईंहरूको सचेत सहभागिता अत्यन्त आवश्यक छ। त्यसैले;
* Report गर्नुहोस्: Facebook, TikTok, YouTube लगायत प्लेटफर्ममा म वा पार्टीका उम्मेदवार तथा पार्टीबारे कुनै पनि फेक सामग्री देख्नुभयो भने तुरुन्तै “Report” गर्नुहोस्।
* Verify गर्नुहोस्: कुनै सामग्री शेयर गर्नु अघि एकछिन रोकिएर सत्यता जाँच्नुहोस्। अत्यधिक सनसनीपूर्ण वा भडकाउ सामग्री प्रायः भ्रामक हुन सक्छ।
सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ।
जय नेपाल ! -
Gagan Thapa
@thapagk
म सधैं आम जनताको आवाज उठाइरहेँ - कहिले सडकमा, कहिले सदनमा। समस्या उजागर गरेँ, समाधानको खोजी गरेँ।
यो अवधिमा जम्मा ८ महिना ११ दिन स्वास्थ्य मन्त्रीका रूपमा कार्यकारी जिम्मेवारी पाउँदा, त्यसलाई निष्ठापूर्वक पूरा गर्ने प्रयास गरेँ। मैले आजसम्म के गरेँ? संक्षेपमा यस भिडियोमा।
बाँकी मूल्याङ्कन तपाईंको हातमा।
जय नेपाल!This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
तपाईं शुभेच्छुक तथा आम जनताको स्नेह र समर्थनले कांग्रेस बदलिएको छ। अब तपाईंको विश्वास र मतको बलमा परिस्थितिलाई सम्हाल्दै देशलाई सही दिशातर्फ अघि बढाउन चाहन्छौँ।
आगामी पाँच वर्ष निर्णायक छन्। थप परिक्षण गर्ने सुविधा छैन। हामीलाई विश्वास छ - तपाईंको निर्णय आवेगमा होइन, विवेकमा आधारित हुनेछ। हामी तपाईंको विवेकपूर्ण छनोटमा भरोसा गर्छौँ।
जय नेपाल !This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
सुरक्षित गतिका साथ देशलाई गन्तव्यमा पुर्याउनका लागि, २ मतपत्र मै रूख चिन्हमा मतदान।
-
Gagan Thapa
@thapagk
चिन्नु भो मलाई ?
शब्दः मणि काफ्लेThis media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
समस्यामा परेका नेपालीको लागि
Help Desk !
मध्यपूर्वमा विकसित भएको पछिल्लो अवस्थाका कारण त्यहाँका विभिन्न देशमा रहनुभएका धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रभावित हुनुभएको छ। कतिपयलाई सम्पर्क गरि राहत, स्थानान्तरण र तत्काल उद्धारको आवश्यकता परेको छ। विदेशमा रहनुभएका धेरैको आफ्नो परिवारसँग सम्पर्क हुन सकिरहेको छैन। साथै नेपालबाट उड्ने धेरै उडानहरू रद्द भएका कारण यहाँ रहनुभएका प्रभावित हुनुभएको छ। सरकारले यसमा आफ्नो तवरले काम गरिरहेको छ।
त्यसमा सबैलाई थप आवश्यक सहयोग पुऱ्याउन हामीले 'Help Desk' सञ्चालनमा ल्याएका छौँ।
यस प्रक्रियालाई सहज बनाउन सम्बन्धित देशमा रहेका नेपाली जनसम्पर्क समिति तथा गैरआवासीय नेपाली संघ (NRNA) का साथीहरूले आवश्यक समन्वय गरिरहनुभएको छ।
साथै उडान अवरुद्द भएर काठमाडौँमा रोकिनु भएकाहरूलाई आफ्नो गृह जिल्ला वा घरसम्म पुग्नका लागि हामीले यातायातको पनि आवश्यक प्रबन्ध गरेका छौं।
आवश्यक सहयोग वा समन्वयका लागि निम्न उल्लेखित नम्बरहरूमा फोन वा WhatsApp मार्फत सम्पर्क गरी सहयोग लिन सक्नुहुनेछ:
सम्पर्क विवरणहरू:
नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय सम्पर्क कृष्ण दुलाल - (9852054081)
सम्पर्क व्यक्ति- सुदिप ढुङ्गाना- (9840040717)
• काठमाडौं बाहिर जान यातायातको लागि: भरतप्रसाद अर्याल (9849884372)
• बहराइन: शेर बहादुर रावत (+973 39016393) / पदम सुन्दर गुरुङ (+973 66907094)
• कतार: मोहम्मद अजिज (+974 5523 5921) / राज रेग्मी (+974 66682067)
• यूएई: भुवानि प्र. तिमल्सिना (00971 50 795 1019) / रमेश श्रेष्ठ (+971 50 398 0499)
• इजरायल: खगेश्वर अधिकारी - (+972 54-2859476)/राजेन्द्र उप्रेती (+972 53-7827619 ) -
Gagan Thapa
@thapagk
यतिका दिन बितिसकेछन् हजुरहरूको बिचमा। सर्लाहीले यति धेरै माया र आशीर्वाद दियो, समय बितेको पत्तै भएन। यो साथका लागि सर्लाहीलाई साधुवाद!
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
नेपाली काँग्रेसको प्रतिज्ञा - सुशासन स्थापना। कसरी ? हामी प्रष्ट छौँ।
-
Gagan Thapa
@thapagk
फागुपूर्णिमा होलीको अवसरमा देशभित्र तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा पारस्परिकता, एकता, सद्भाव र शान्तिका रङहरूले जीवन रङ्गीन बनोस् - सबैमा हार्दिक शुभकामना !
सुरक्षित रूपमा होली खेलौँ, खुसी बाँडौँ। होली रे… -
Gagan Thapa
@thapagk
अबको पाँच वर्षको समय, प्रत्येक दिन, प्रत्येक पल प्रगतिको समय हुन्छ।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
अर्थतन्त्रमा विश्वास डगमगाएको छ। हामी यसलाई बदल्न चाहन्छौँ। कसरी ? नेपालमा १० लाख सम्म कमाई गर्नेले एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन। हामी यहाँबाट सुरु गर्न चाहन्छौँ।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
आज मध्यपूर्वमा रहेका हाम्रा नागरिकहरू संवेदनशील अवस्थामा हुनुहुन्छ, र यहाँ उहाँहरुको परिवार चिन्तित हुनुहुन्छ। यो नेपालको दुःखद यथार्थ हो। यसलाई घृणाले होइन, तयारी, जिम्मेवारी र जवाफदेहिताले मात्र बदल्न सकिन्छ।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
८ महिना ११ दिन स्वास्थ्य मन्त्री रहँदाको कार्यकालको सम्झना ! मेरो प्रतिज्ञा नेतृत्वमा त्यही गतिको निरन्तरता।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस चुनावी सभा, नुवाकोट
-
Gagan Thapa
@thapagk
आज मध्यपूर्वका मुलुकहरूमा विकसित परिस्थितिका कारण नेपालबाट उड्ने धेरै उडानहरू रद्द भएका छन्।
यसका कारण विमानस्थलमा अलपत्र पर्नु भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई खाना तथा बसोबासका लागि सहयोग गर्न लोकतान्त्रिक होटल व्यवसायी संघका साथीहरूले समन्वय गरिरहनु भएको छ।
अप्ठ्यारोमा पर्नु भएका साथीहरूले उल्लेखित नम्बरहरूमा सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नुहुनेछ।
खिमानन्द बस्याल - ९८५१११७८३४
तुलसीराम भण्डारी - ९८५१०९०७८७
शैलेन्द्र विक्रम थापा - ९८५११९५२११ -
Gagan Thapa
@thapagk
स्वास्थ्य क्षेत्रका लागि नेपाली काँग्रेसको प्रतिज्ञा।
-
Gagan Thapa
@thapagk
मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिले हामीलाई चिन्तित बनाएको छ। विभिन्न देशहरूमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा झन संवेदनशील बनेको छ। यो परिस्थितिबारे सुसुचित रही सुरक्षा सतर्कता अपनाउनुहुन सम्पूर्ण नेपाली दिदी बहिनी दाजुभाइमा अनुरोध गर्दछु। सुरक्षा नियमहरूको पूर्ण पालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहनुहोला। आफ्नो ख्याल गर्नुहोला।
साथै, म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गर्दछु। -
Gagan Thapa
@thapagk
नेपाली काँग्रेसको प्रतिज्ञा e-sports gamer हरूलाई प्रोफेसनल खेलाडीको रूपमा पहिचान !
-
Gagan Thapa
@thapagk
शुभ बिहानी!
-
Gagan Thapa
@thapagk
The vision to lead, the speed to deliver!
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस बृहत चुनावी सभा, पोखरा
-
Gagan Thapa
@thapagk
कपिलवस्तु बुद्धभुमि नगरपालिकामा नेपाली कांग्रेस चुनावी सभा ।
-
Gagan Thapa
@thapagk
सुन्दर गीतका लागि गायक रविराज शाहलाई धन्यवाद!
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
सशक्त कृषि र पर्यटनका नेपाली काँग्रेसको प्रतिवद्धता !
-
Gagan Thapa
@thapagk
मगर ढुट, मगर खाम र मगर काइकेजस्ता आफ्नै समृद्ध भाषिक पहिचान जोगाउँदै आएका मगर समुदायले हुर्रा (देउस्याहा), कौडा, घाटु र झ्याउरेजस्ता मौलिक सांस्कृतिक परम्परालाई पनि निरन्तर संरक्षण गर्दै आएका छन्।
यस्ता अनुपम पहिचान बोकेको विशिष्ट समुदायलाई मगर एकता दिवसको हार्दिक शुभकामना! -
Gagan Thapa
@thapagk
मेरै पाखा पखेरो ...
-
Gagan Thapa
@thapagk
गतिका साथ सुरक्षित गन्तव्यमा पुर्याउँछौँ, देशलाई दुर्घटनाबाट जोगाउँछौँ।
-
Gagan Thapa
@thapagk
नेपाली काँग्रेसको एउटा ग्यारेन्टी गाडी गतिमा दौडिन्छ, अर्को ग्यारेन्टी गाडी दुर्घटना हुँदैन।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
बृहत चुनावी सभा, बाँके
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस कर्णाली चुनावी सभा, सुर्खेत
-
Gagan Thapa
@thapagk
नेपाली काँग्रेसको प्रतिज्ञा - अनिवार्य स्वास्थ्य बिमा, सबल स्वास्थ्य प्रणाली। कसरी? हामी स्पष्ट छौँ।
-
Gagan Thapa
@thapagk
बलियो अर्थतन्त्रका लागि नेपाली काँग्रेसको प्रतिज्ञा।
-
Gagan Thapa
@thapagk
खेल मार्फत राष्ट्रको पहिचान र गौरव! कसरी? खेलाडी सुरक्षा कोष लगायतका कार्यक्रम मार्फत। नेपाली काँग्रेस स्पष्ट छ।
-
Gagan Thapa
@thapagk
यही मायाले अघि बढाइरहन्छ।
-
Gagan Thapa
@thapagk
नेपालको कुनै पनि क्षेत्रमा योगदान गर्न चाहने संसारभरका नेपालीहरूलाई साझेदारीका साथ सँगै अगाडि बढाउन नेपाली कांग्रेस प्रतिबद्ध छ।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
सामाजिक सञ्जालमा मेरो नाम जोडेर फैलाइएका भ्रमहरू पूर्णतः निराधार छन्। मेरो विचार र व्यवहार सधैँ सबै जाती र समुदायप्रति सम्मानजनक छ। म जातीय श्रेष्ठतामा होइन, मानवीय समानता र भाइचारामा विश्वास गर्दछु।
कृपया कुनै पनि भ्रामक प्रचारको पछि नलाग्न विनम्र अनुरोध गर्दछु।
पूरा भिडियो यो लिंकमा हेर्न सक्नु हुनेछ।
youtu.be/5xdOnp1rkUEThis media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
साथीहरूलाई गीतको लागि धन्यवाद!
गायक: रमन धिमाल, नवराज विश्व, गुञ्जन खनाल, मुकेश अधिकारी, डिल्ली गहतराज, रुबेन भुजेल
संगीत निर्माता: सुबास सेञ्चुरी
मिक्स/मास्टरिङ: एसएम स्टुडियो
ब्यालेन्स इन्जिनियर: प्रतिक खड्का
संगीतकार/गीतकार: गुञ्जन खनाल
भिडियो इडिटर: नितेश घतानThis media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
नेपाली काँग्रेसको प्रतिज्ञा, हरित र दिगो विकासलाई प्राथमिकता। कसरी? हामी स्पष्ट छौँ।
-
Gagan Thapa
@thapagk
किताबजीसँग आजको भेट !
-
Gagan Thapa
@thapagk
संसदीय कार्यकाल (२०७९ - २०८२)
-
Gagan Thapa
@thapagk
सुशासनका लागि नेपाली कांग्रेसको प्रतिवद्धता !
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
भ्रष्टाचारमा शून्य सहनशीलता! - कसरी? नेपाली काँग्रेस स्पष्ट छ।
-
Gagan Thapa
@thapagk
धादिङमा मध्यराति भएको बस दुर्घटनाको खबरले अत्यन्त मर्माहत बनाएको छ।
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। -
Gagan Thapa
@thapagk
'एक पटकको नेपाली, सधैँको नेपाली'
कसरी? हामी प्रस्ट छौँ ! -
Gagan Thapa
@thapagk
नेपाली काँग्रेसले के गर्छ? कसरी गर्छ? हामी प्रस्ट छौँ !
-
Gagan Thapa
@thapagk
हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न !
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
धैर्य र प्रेमले जीवन सजियोस्। रमजान करीम 🌙🤲
-
Gagan Thapa
@thapagk
२००७ सालको लडाइँ प्रजातन्त्र र स्वतन्त्रताका लागि थियो, ती मूल्यहरू आज पनि उत्तिकै जीवित छन्। तर हाम्रो व्यक्तिगत स्वतन्त्रता र भयमुक्त वातावरणमा बोल्न-बाँच्न पाउने अधिकारमाथि अवरोधहरू नयाँ स्वरूपमा देखिँदै छन्। यी चुनौतीहरूको सामना पनि त्यही ७ सालको ऐतिहासिक प्रेरणा र दृढतासहित गर्नुपर्छ।
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस प्रतिज्ञा सभा, मधेश प्रदेश, जनकपुर ।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
नेपाली काँग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईँ प्रश्न लिएर आउनुस्।
राजनीतिक दलहरू जबाफदेही हुनुपर्छ। प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्न सक्नु पर्छ। तपाईँका प्रश्नको प्रत्यक्ष उत्तर दिन हामी भोलि राष्ट्रिय सभा गृहमा हुने छौँ। प्रश्नहरूका साथ भोलिको कार्यक्रममा उपस्थित भइदिनु हुन् सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।
काठमाडौँ वा नेपाल बाहिर रहनु भएका साथीहरूले askgagan.com वा इमेल मा gaganthapasecretariat@gmail.com मार्फत आफ्ना प्रश्नहरू राख्न सक्नु हुनेछ। -
Gagan Thapa
@thapagk
काठमाडौँ क्षेत्र नं. ४ निवासी दिव्य शताब्दी पुरुष गौरीशंकरलाल दासको शुभेच्छा, आशीर्वाद र सुझाव लिएर जनकपुरमा भइरहेको पहिलो प्रतिज्ञा सभामा सहभागी हुन जाँदैछु।
-
Gagan Thapa
@thapagk
ग्याल्पो ल्होछारको अवसरमा हार्दिक शुभकामना! ताशी देलेक 🙏
-
Gagan Thapa
@thapagk
यो जितको निरन्तरता रहिरहोस्। बधाई अनि शुभकामना टिम !
-
Gagan Thapa
@thapagk
देशभर घर-घर पुगेर ‘रुख’ चिन्हमा मत मागिरहनुभएका सबै कांग्रेस साथीहरूलाई एकछिन मेरा केही कुरा सुन्न अनुरोध गर्दछु।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
फल्गुन ६, जनकपुर मे शोर - कांग्रेस के आमसभा, बद्लाब के जोर ।
-
Gagan Thapa
@thapagk
मैले केही समय पहिले, अबको केही वर्षमा नेपाली युवाहरूले नेपाल कै डाँडाहरूमा बसेर महिनाको २-३ लाख कमाउन सक्नेछन् भन्ने कुरा कुनै random statement थिएन। त्यो एउटा सपना थियो, नेपालको IT सेक्टरलाई अबको केही वर्षमा कहाँसम्म पुर्याउन सकिन्छ भन्ने roadmap थियो।
IT sector मार्फत Global Scale का सम्भावनाहरू नेपालमा भित्र्याउने हाम्रो प्रतिबद्धता हो।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
आनन्दामृत आश्रितरक्षक आत्मानन्द महेश शिव
साम्बसदाशिव साम्बसदाशिव साम्बसदाशिव साम्बशिव ॥
महाशिवरात्रिको पावन अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण सनातन वैदिक धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना! -
Gagan Thapa
@thapagk
आज अचलगढ, बलरामा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा सर्लाहीका जनता समाजवादी पार्टी नेपाल (जसपा)का वरिष्ठ उपाध्यक्ष केदार नन्दन चौधरी तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव मनिष मिश्र, केदारसिंह ठटौलालगायत नेता र सयौँ कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
22 years of being together and still falling for you everyday! Happy Valentines my love ❤️
-
Gagan Thapa
@thapagk
घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा यही हाम्रो सार्वजनिक यातायातको समस्या हो। साना र अव्यवस्थित सवारीमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट र भाडा व्यवस्था, र राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था ! यसको अर्थ हो हाम्रो सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता छ।
सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अपरिहार्य छ। त्यसका लागि हामीले ठोस तयारी गरेका छौँ, र आज त्यसबारे केही कुराहरू राखेको छु।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
आइ बरहथवा न.पा. अन्तर्गत हजरिया मे स्थानीय किसान सब से भेटघाट करे के क्रम मे आलु, मकै आ उखु खेती उत्पादन लागत, बजार व्यवस्थापन आ बागमती नदी किनारके तटबन्धसे जुडल चुनौती सबके बारेमे बिस्तृत रुपमे गुनासो आ सुझाव सब सुनली।
खेती आ नदी नियन्त्रण के विषय जनजिविका आ दीर्घकालीन विकास से सिधा जुडल महत्त्वपूर्ण स्थानीय सवालके नीतिगत समाधान केन्द्र तहतक पहुँचा के व्यव्हारिक समाधानके ओरी आगाडि बढम।
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
It’s ok to fall sometimes, what counts is how stronger we come back! We will rise again boys. Always proud of you!
#iccmenst20worldcup #nepalicricket -
Gagan Thapa
@thapagk
मिठो संयोग, आज खरसाल टोल, नयाँ बजार बरहथवामा गगन सहनीसँग भेट। दुवै गगन दङ्ग 😁
-
Gagan Thapa
@thapagk
This was a fun rapid fire!
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
सर्लाही ४ का दिदी बहिनीहरूसँग बिहानी भलाकुसारी।
-
Gagan Thapa
@thapagk
महोत्तरी हुँदै सर्लाही पुग्दा।
-
Gagan Thapa
@thapagk
कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ! आम नागरिक लाइ कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ। हामीलाई minimum government bodies, maximum governance चाहिएको छ।
Digital governance मार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने हाम्रो स्पष्ट प्रतिबद्धता हो।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
सबैलाई समन्वय गर्दै संविधान जारी गराउन सफल आदरणीय सुशील कोइरालाको योगदानले आज पनि हामी सबैलाई संविधानको प्रभावकारी कार्यान्वयनतर्फ दृढ प्रतिबद्ध रहन प्रेरणा दिइरहेको छ।
स्मृति दिवसमा हार्दिक सम्झना, सुशील दा! -
Gagan Thapa
@thapagk
हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ नै सँगै अर्थतन्त्रको Economic Productivity मा पनि ठुलो असर पारेको छ, जसको Opportunity Cost अत्यन्तै उच्च छ।
सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
The nation is proud of you, team! विजयी भव:
-
Gagan Thapa
@thapagk
पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुने छैनन् । स्वास्थ्य बिमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्ने हाम्रो सङ्कल्प हो।
Health is not charity, health is security.This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
अलबिदा सुनिल दाइ।सिनेमा क्षेत्रमा तपाईंको योगदान सदा स्मरणीय रहनेछ।
-
Gagan Thapa
@thapagk
आज पोखरामा गण्डकी प्रदेशका ११ जिल्लाका १८ निर्वाचन क्षेत्रका साथीहरूसँग निर्वाचन केन्द्रित छलफल।
-
Gagan Thapa
@thapagk
बदलिएको काँग्रेस भनेको के हो ?
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
Sports has always been close to my heart. It has been a beautiful feeling to watch Nepal’s sports sector grow and reach new heights. Sharing thoughts at the Nepal Sports Summit 2026 on connecting sports with greater opportunities and long-term potential.
-
Gagan Thapa
@thapagk
के नेपाली कांग्रेस साँच्चै बदलियो ? नेपाली कांग्रेस २.० भनेको के हो ?
तपाईँहरू धेरै जनाको प्रश्न थियो। मैले ति जिज्ञासाहरूलाई सम्बोधन गर्ने प्रयास गरेको छु। एक पटक सुनिदिनु होला, सोचिदिनु होला।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
पंचायती सत्ताको भयले सत्यलाई दबाउन खोजिएको समय, गणतंत्रको आवाज बनेर उभिनु भएको नाम हो - शहीद दुर्गानन्द झा। नागरिक अधिकार, पहिचान र न्यायको प्रश्न उठाएको कारण आजकै दिन फांसी दिइयो।
उहाँको शहादत केवल एक व्यक्तिको अन्त्य होइन, यो मौनता विरुद्धको प्रतिरोध थियो, र गणतांत्रिक चेतनाको अमिट दस्तावेज।
आज उहाँको शहादत दिवसमा निडर विचार, असहमति र लोकतान्त्रिक साहसका प्रतीक शहीद दुर्गानन्द झाप्रति हार्दिक श्रद्धांजलि। -
Gagan Thapa
@thapagk
तपाईंहरुको भरोसा कहिल्यै टुट्न दिनेछैन।
-
Gagan Thapa
@thapagk
सर्लाहीमा आज पहिलो दिन।
-
Gagan Thapa
@thapagk
हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा निर्वाचित सम्पूर्ण राष्ट्रिय सभाका सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
-
Gagan Thapa
@thapagk
काठमाडौँ क्षेत्र नं. ४ को माया र भरोसाकै बलमा यहाँसम्म आइपुगेको छु। यस क्षेत्रबाट पाएको अपार साथ र स्नेहप्रति सधैं ऋणी रहनेछु।
तपाईंहरूको शुभेच्छा लिएर सर्लाहीको यात्रा आजबाट सुरु गर्दै छु।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
सरस्वति नमस्तुभ्यं वरदे कामरूपिणि।
विद्यारम्भं करिष्यामि सिद्धिर्भवतु मे सदा॥
सरस्वती पूजा एवं वसन्तपञ्चमीको पावन अवसरमा अध्ययन र विवेकको शक्ति सबै नेपालीमा विस्तार होस् - हार्दिक शुभकामना! -
Gagan Thapa
@thapagk
प्रिय साथीहरू,
हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ।
तपाईंको सभापति -
Gagan Thapa
@thapagk
पहिचान, सम्मान आ समावेशी लोकतन्त्र के संघर्ष मे अपन जीवनके आहुति देनिहार सम्पूर्ण ज्ञात अज्ञात शहिदसभके बलिदानी दिवस के पूण्य अवसरमे भावपूर्ण श्रद्धाञ्जलि अर्पण करैत छि।
………………………
पहचान, सम्मान आ समावेशी लोकतन्त्र दिउवावे खातिर अपन जान न्योछावर करे वाला सभि ज्ञात-अज्ञात शहीद लोग के आजु बलिदानी दिवस के मौका पर भावपूर्ण श्रद्धाञ्जली अर्पित करऽ तानी ।
………………….
तपाइँ-हामीलाई पहिचान, सम्मान र समावेशी लोकतन्त्र दिलाउन आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूमा आज बलिदान दिवसको अवसरमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।
भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
एकताबद्ध भएर अघि बढ्न सबैमा हार्दिक अपील।
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं।
यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो।
यसले स्थापित गरेको छ - पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ।
विशेष महाधिवेशनमा सहभागी हुनुभएका-नहुनुभएका, सहमत हुनुभएका-नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु - यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन - कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ।
यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं।
आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन - जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ।
नेपाली कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै होइन आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र वाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं- नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ - अब कांग्रेस बदलिएको छ, बदलिनेछ।
अत: समस्त शुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपील गर्दछौ - नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन, ‘सत्ताका लागि जोसंग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ - यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ।
अन्त्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण शहिदहरूप्रति श्रद्धान्जली अर्पण गर्दछौं, पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्दछौं, समस्त नवयुवा लगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रमा सरिक हुन पुन: हार्दिक अपील गर्दछौं। जय नेपाल !
तपाईंको सभापति
गगनकुमार थापा
२०८२ माघ २ गते -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस पार्टीमा सार्थक परिवर्तनका लागि विशेष महाधिवेशनबाट आएको यो परिणाम हामी सबै सदस्यहरूको इमानदार प्रयत्नको साझा उपलब्धि हो।
हामीमाथि भरोसा राख्नुहुने सबैप्रति कृतज्ञतासहित हार्दिक नमन।
जय नेपाल! -
Gagan Thapa
@thapagk
जय नेपाल !
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै नै विशेष रह्यो।
नेपाली कांग्रेसलाई सही दिशामा उभ्याउने उद्देश्यले आयोजित यस महाधिवेशनमा सहभागी हुनुहुने तथा योगदान पुर्याउनुहुने सबैप्रति हार्दिक आभार!
Gagan Thapa
@thapagk
Post not available here, view on X
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
विशेष समयको विशेष उपस्थिति !
जय नेपाल! -
Gagan Thapa
@thapagk
यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदै छु।
-
Gagan Thapa
@thapagk
म तपाईंहरूको सुझाव र विचारहरू सुन्न चाहन्छु र यी विषयहरूमा तपाईंहरूसँग मिलेर काम गर्न चाहन्छु।
Kindly submit your ideas using the form provided here.
docs.google.com/forms/d/1aEER_7MVnHyMvNqquro2VBNE7UivQ-v-… -
Gagan Thapa
@thapagk
विशेष महाधिवेशन लगायत समसामयिक विषयहरूमा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्रकार साथीहरूसँग प्रश्नोत्तर।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
आज पार्टी कार्यालय बाहिर आदरणीय नेता बिमलेन्द्र निधि प्रति भएको व्यवहार गलत छ। यो विषयमा मेरो धारणा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणासँग समान छ।
असल प्रजातन्त्रवादीले 'सत्यको अनेकता'मा विश्वास गर्छ, फरक मत राख्नेको सम्मान गर्छ। त्यस कारण उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय छ।
म समग्र नेपाली कांग्रेसका शुभेच्छुक साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवर्तन चाहन्छौ तर विधि, विधान र प्रक्रिया भन्दा बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ।
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
जेन जी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन थियो।
त्यो मर्मलाई संस्थागत गर्ने कुरा अब हुने निर्वाचन वा बन्ने सरकार मात्रले सम्भव हुदैन। यस आन्दोलनले धेरै आधारभूत र जटिल विषयहरू बिउत्याएको छ।
यसका लागि, निर्वाचनपछि बन्ने संसद्ले के–कस्ता प्राथमिक काम गर्नुपर्छ भन्ने विषयमा अहिले नै न्यूनतम समझदारी आवश्यक छ।
त्यसैले, सम्पूर्ण राजनीतिक दल, सरोकारवाला निकाय र जेन्जी साथीहरूलाई एकै ठाउँमा उभिएर यस्तो साझा समझदारीका लागि सहकार्य गर्न यसै भिडियोमार्फत अपिल गर्दछु।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
आजभन्दा ४९ वर्ष अगाडि विषम परिस्थितिमा ' राष्ट्रिय एकता र मेलमिलाप' को आह्वान गरेर बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू नेपाल फर्किएको दिन !
राष्ट्रिय एकता र मेलमिलाप दिवस' को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन - भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ। त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।
राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो।
अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ। सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु।
पुनश्च: सबैलाई ४९ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको शुभकामना। -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु; यो मेरो चाहना विपरित हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो।
मेरो र उहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन्। जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासंग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौं। यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो। -
Gagan Thapa
@thapagk
Meerkat Nepal का संस्थापक सागर भट्टराई भाइ सँग पोखरामा भेटघाट भयो। उनले विशेष गरी Adventure Tourism लाई लक्षित गर्दै एउटा यस्तो Platform विकास गरेका रहेछन्, जसले साहसिक पर्यटन समुदायलाई जोड्ने मात्र नभई स्थानीय गाइडहरूलाई सशक्त बनाउन र नेपालको पर्यटन क्षेत्रलाई विश्वबजारसँग आबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
नेपालको पर्यटन क्षेत्रको असीमित सम्भावनालाई Niche Market र प्रविधिसँग जोड्न सके रोजगारी र आर्थिक वृद्धिका थुप्रै अवसरहरू सिर्जना हुन सक्छन्। सागर भाइलाई उनको यस सराहनीय प्रयास र व्यावसायिक सफलताको हार्दिक शुभकामना!This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
नक्सालस्थित नन्दिकेशर बगैंचामा 'Khushi Children’s Park' को निर्माण सम्पन्न भएको देख्दा मन प्रफुल्लित भएको छ।
कुनै समय फोहोर फालिने 'डम्पिङ साइट' का रूपमा रहेको यस क्षेत्रलाई सुन्दर र खुल्ला उद्यान बनाउने अभियान हामीले करिब १२ वर्ष अगाडि स्थानीय समुदायसँग मिलेर शुरु गरेका थियौं। आज त्यो अभियानले थप सार्थक रूप लिएको छ। सुरुवाती चरणको हाम्रो सामूहिक प्रयास र पछि महानगरपालिकासँगको निरन्तर समन्वयले नै यो ठाउँलाई आजको यो सुन्दर स्वरूपमा देख्न सम्भव भएको हो।
बालबालिकाहरूका लागि यो खुसीको केन्द्र निर्माणमा उदारतापूर्वक सहयोग पुर्याउनुहुने Maharaja The Royal Casino को सम्पूर्ण टिमलाई विशेष धन्यवाद व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
पोखरामा शकुन्तला दिदीले भन्नु भयो: ‘काँग्रेसले हामीलाई बिर्सोस्, सङ्घर्ष गरेको मान्छेलाई बिर्सोस् तर तपाईँहरूले के नबिर्सिनु भने, पार्टीलाई नबिर्सिनुहोस्, यसको सिद्धान्तलाई नबिर्सिनुहोस्, भ्रष्टाचार निर्मूल गर्नुपर्छ, सुशासन कायम गर्नुपर्छ भन्ने कुरा नबिर्सिनुहोस्।’
दिदी नेपाल महिला सङ्घ कास्की जिल्लाको संस्थापक अध्यक्ष, उहाँ स्वयं एउटा इतिहास हो र यही नै हो काँग्रेसको Character। सदाचार र सुशासनप्रतिको प्रतिबद्धता नै काँग्रेसको असली DNA हो। अब हाम्रो सङ्कल्प यस्तै सङ्घर्ष गरेका, वर्षौँ पार्टीको मूल्यमान्यतामा अडिएर, निस्वार्थ भावनाका साथ, निस्कलंक समाजमा योगदान गरेका काँग्रेसीहरूको भावनामा पार्टीलाई र देशलाई अगाडि बढाउने हो।
जय नेपाल!This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
Gender-based violence has taken new forms with the rise of AI and digital media. We firmly condemn all forms of abuse; emotional, verbal, physical, or symbolic. Today, and every day, let us commit to fostering safer, more inclusive spaces for women and marginalized, both online and offline.
#16daysofactivismagainstgbv #noexcuse for online abuse -
Gagan Thapa
@thapagk
बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो?
मैले भने; होइन।
साथीहरूले फेरी सोध्नुभयो कसरी?
मैले भने; प्रष्ट छ - अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।
यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन।
कुरा स्पष्ट छ, अलमलमा नपरौं। -
Gagan Thapa
@thapagk
कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो। नागरिकले दिएको सन्देश स्पष्ट छ पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ।
पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ।
हामी न झुक्छौँ, न झुकिन्छौँ।
जय नेपाल!This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
The Idea of Congress - a meaningful conversation on democracy, leadership and the evolving role of our party.
Thank you to the Pradeep Giri Institute and Youth Congress Nepal for bringing together dynamic young voices and creating a space to discuss, reflect and dream of a stronger democratic future.
Jay Nepal !
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
राष्ट्रिय विभूति फाल्गुनन्दले सत्यधर्म मुचुल्काको माध्यमबाट समाज सुधार र किराँत धर्म-संस्कृतिको संरक्षणमा पुर्याउनुभएको असाधारण योगदानप्रति श्रद्धापूर्वक स्मरण गर्दछु।
उहाँको दर्शनले नेपाली समाजमा सत्य, सहिष्णुता र मौलिक पहिचानप्रतिको आत्मगौरव सधैं जागृत रहोस्। -
Gagan Thapa
@thapagk
प्रजातन्त्र स्थापनाको लडाईमा अद्भुत साहस, समर्पण र निष्ठाका साथ लड्नुभएका युग पुरुष गणेशमान सिंह आज लोकतन्त्र सुधारको लडाईँमा समेत उति नै सान्दर्भिक हुनुहुन्छ। आफ्नो अन्तर्मनको आवाज सुन्ने र सार्वजनिक जीवनमा रहने व्यक्तिहरूले नैतिकताको सर्वोच्चता पालन गर्नुपर्छ भन्ने कुरामा उहाँ सधैँ दृढ उभिनु भयो। लौह पुरुष गणेशमान सिंहको १११औ जन्मजयन्तीको अवसरमा भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दछु।
-
Gagan Thapa
@thapagk
आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो सहभागिता सुनिश्चित गर्न आजै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरौँ। निर्वाचन आयोगको वेबसाइटमा गएर वा दर्ता गरिसकेका साथीहरूबाट जानकारी लिएर Voter ID Card बनाउनुहोला।
-
Gagan Thapa
@thapagk
फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन।
नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ।
निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो।
अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन।
नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ। -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस पार्टीको अधिवेशनका बहसमा पार्टीका सबै साथीहरूलाई सक्रिय सहभागिताको लागि आग्रह गर्दछु, तपाईंहरूको साथ अपरिहार्य छ। साथै, अन्य नौजवान साथीहरूलाई पनि अनुरोध गर्दछु कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभए पनि यसको सुधारको यात्रामा तपाईंहरूको समर्थनले नयाँ ऊर्जा र बल प्रदान गर्नेछ। जय नेपाल।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
छठ पर्वको हार्दिक शुभकामना!
यो वर्ष दशैं, तिहार र नेपाल संवत्जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु। मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु।
अर्को वर्ष सँगै छठ मनाउने अभिलाषासहित छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्! 🌅🙏 -
Gagan Thapa
@thapagk
दशैंजस्तै यस तिहारमा पनि उत्सवका कार्यक्रममा सहभागी नहुने भएकाले, दिपावली, देउसी–भैलो र न्हु दँयाका कार्यक्रमहरूमा सहभागी हुन नसकेकोमा निम्ता गर्नु हुने सबै आयोजकहरूसँग एकमुष्ट यहींबाट माफी चाहन्छु।🙏
दिपावली तथा न्हु दँयाको अवसरमा सबैमा हार्दिक शुभकामना! 🌼🪔 -
Gagan Thapa
@thapagk
ICC Men's T20 World Cup 2026 मा स्थान सुरक्षित गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई!
विश्व मञ्चमा नेपालको सफलताको यात्रा निरन्तर जारी रहोस्, शुभकामना! -
Gagan Thapa
@thapagk
बिपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्थ्यो,
तर उनी त अस्ताइसकेका रहेछन्।
यो खबरले स्तब्ध बनायो।
हार्दिक श्रद्धाञ्जली! -
Gagan Thapa
@thapagk
Moving forward, why does it matter that we start dialogues with the generation demanding change?
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा, म आम नेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू र स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिहरूलाई सरकारले जारी गरेका सूचनाहरू व्यापक रूपमा फैलाउन र सम्भावित विपदको समयमा आफ्नो ख्याल गर्दै उद्दार, राहत र सेवामा जुट्नुहुन अनुरोध गर्दछु।
साथै, पार्टीका साथीहरूलाइ पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात् गर्दै आफ्ना–आफ्ना ठाउँमा सक्रिय भएर खटिन आग्रह गर्दछु। -
Gagan Thapa
@thapagk
भदौ २३ र २४ गतेको जेन-ज़ि पुस्ताले नेतृत्व गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुभएका शहीदहरूलाई फेरि एक पटक भावपूर्ण श्रद्धाञ्जली।
यो पुस्ताको आन्दोलनले उठाएका न्यायपूर्ण मागहरूलाई पूरा गर्न सक्ने सबल पार्टी निर्माणको लागि पार्टी रूपान्तरण अनिवार्य सर्त हो भन्नेबारे केही विचार राखेको छु।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
हाम्रो मुख्य जिम्मेवारी: निष्पक्ष निर्वाचन र संविधानको रक्षा।
नेपाली कांग्रेस पार्टीमा आबद्ध साथीहरू,
जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा छ । नेपाली कांग्रेसका तर्फबाट म र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ २५ गतेकै दिन संवैधानिक रिक्तता नआओस् भनेर ‘आवश्यकताको सिद्धान्त’ अनुसार वैधानिक बाटोबाट नै राजनीतिक समाधान खोज्न आग्रह गरेका थियौं। हाम्रो प्रस्ताव थियो- संविधान तत्काल संशोधन गरी जेन-जी युवाको मागअनुरूप प्रधानमन्त्री नियुक्त गर्ने र त्यही सरकारमार्फत निर्वाचन सम्पन्न गराउने ।
तर त्यसो हुन सकेन । जुन प्रक्रियाबाट सरकार गठन र संसद विघटन गरियो त्यो संविधानसम्मत छैन भन्ने पार्टीको ठहर गत भाद्र २७ गते बसेको कार्यसम्पादन समितिले सार्वजनिक गरिसकेको छ । त्यही बैठकले नयाँ राजनीतिक यथार्थ, संवैधानिक परिस्थिति र पार्टीले अब अगाडी लिने बाटोको बारेमा पार्टीभित्र र बाहिर व्यापक परामर्श गरी केन्द्रीय कार्य समितिमा छलफल गरी पार्टीको आधिकारिक धारणा तय गरिने निर्णय गरेको थियो।
यस सन्दर्भमा केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला लगायत सबै तहका साथीहरूको माझ अब नेपाली कांग्रेसले अगाडि लिनुपर्ने बाटोको सम्बन्धमा मेरो प्रस्ताब राखेको छु।
1. अन्तरिम सरकार गठनसंगै प्रतिनिधिसभा विघटन र निर्धारित समयमा निर्वाचन हुन नसक्दा उत्पन्न हुने रिक्तता राजनीतिक मात्र नभएर संवैधानिक विषय पनि हो।त्यसैले ढिलो चाँडो यो निर्णयको संवैधानिक निरुपण हुने नै छ ।
2. आन्दोलनपश्चात आज जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, यो आजको वास्तविकता हो, यसलाई स्वीकार गरौं ।अन्तरिम सरकार गठन भैसकेको छ, निर्बाचनको मिति घोषणा भएको छ। एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्बाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं। कही कतै यो मूल जिम्मेवारीबाट सरकार बिचलित भयो वा अलमलियो भने खवरदारी गरौं। भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आज को मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नविर्सौं।
3. प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभार स्थानीय सरकार कायम छन् । संविधानका आधारभूत मूल्य र लोकतान्त्रिक संस्थालाई जोगाउन सचेत खवरदारी गर्नु नै हाम्रो मूल जिम्मेवारी हो ।
4. नेपाली कांग्रेसले भदौ २३ गते राज्यद्वारा गरिएको दमन अक्षम्य ठहर गर्दै छानबिनमा सहयोग र दोषीलाई कानून अनुसार दण्डित गराउने प्रतिबद्धता जनाईसकेको छ । त्यसैगरी भदौ २४ र त्यसपश्चातको विध्वंश र आगजनीको वास्तविक क्षति आंकलन गरी दोषिलाई दण्डित गर्न निरन्तर दवाव जारी राख्नुपर्छ ।
5. संघमा राजनीति कहिले सहज होला भनेर नकुरीकन प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण तत्काल प्रारम्भ गर्नुपर्छ । नागरिक सेवाप्रवाहमा कुनै कमी हुन नदिन कोभिड महाव्याधिमा जस्तै स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्दै व्यवस्थापन गर्न अग्रसर हुनुपर्छ । हाम्रो समाज, संविधान र संघीयताको यो आत्मीय पक्षलाई आत्मसात गर्दै पार्टीका सबै तहगत समिति र सदस्यले यथासक्य सघाउन आग्रह गर्दछु ।
6. पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवस कै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं। जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ। हामीले अहिले जे र जसरी गरिरहेका छौं त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन। पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ। यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल शुरू गरौं। स्वीकार गरौं-गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममुल्याङ्कन र आत्मसंकल्प गरौं।
अन्त्यमा,
पार्टी सभापति शेरबहादुर देउवा लगायत देशैभरी कांग्रेस र अन्य पार्टीका धेरै साथीहरू, कार्यालय र लोकतान्त्रिक संस्थामाथि अमानवीय ढङ्गले सुनियोजित र सांघातिक आक्रमण भएका छन्, त्यसको हामी घोर निन्दा गर्दछौं । आन्दोलनका क्रममा अहिले पनि अस्पतालमा सयौं घाइते साथीहरू छन् । उनीहरूका शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
Gagan Thapa
@thapagk
अर्कोतिर हामीले नविर्सौं, कलिलो पुस्ताका भाइबहिनीहरू क्रुरतापूर्वक मारिएका छन् । जलेका भौतिक संरचनाको पुनर्निर्माण गर्न सकिन्छ; आन्दोलनमा घुसपैठ गर्ने पात्र र प्रवृत्तिले पनिकठोर दण्ड पाउने निश्चित छ । तर गुमेको जीवन फर्किँदैन। देशको दुर्दशाबाट दु:खी हुँदै स्वतःस्फुर्त आन्दोलनमा उत्रिएका ती युवाहरूले भ्रष्टाचारमुक्त, स्वच्छ र जनमुखी राजनीतिको सपना देखेका थिए। संकल्प गरौं ती निर्दोष भाइबहिनीहरूको बलिदान खेर जाने दिने छैंनौं । जय नेपाल!
२०८२ भदौ ३० -
Gagan Thapa
@thapagk
अहिले राजनीतिक बहस भन्दापनि आत्तिएको समाजलाई सहारा दिँदै भग्नावशेष सफा र पुनःस्थापना गर्न जुटौँ।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
यो सरासर गलत र भ्रामक समाचार हो।
हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ।
यो संवेदनशील अवस्थामा कम्तीमा भ्रमको खेती नगर्दिनुहोला।🙏 -
Gagan Thapa
@thapagk
प्रिय साथीहरू, हामी सच्चिनेछौँ, अनि झन् बलियो भएर उठ्नेछौँ।
पार्टीका साथीहरूलाई अपिल।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ।साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
हाम्रो आपिल!
संयम, संवाद र एकताले समाधान पहिल्याऔ।
Gen-Z को भावना अनुसार संवैधानिक बाटोबाट निकास निकालौं। -
Gagan Thapa
@thapagk
रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।
अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु। -
Gagan Thapa
@thapagk
सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ। सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ।
सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ। यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो। सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ।
आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको छ। सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ। सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिम सँग समेत जोडिएको छ। हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ।
त्यसैले सरकार सँग पुनः आग्रह छ-यो निर्णय पुनर्विचार गरियोस। सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाओस। -
Gagan Thapa
@thapagk
वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङप्रति हार्दिक श्रद्धाञ्जली।
विकट गाउँघरको कठिनाइ पार गर्दै रेडियो नेपालसम्म आफ्नो स्वर पुर्याई ‘को म्हेन्दो’ जस्ता जनवादी गीतमार्फत उत्पीडित समुदायको आवाजलाई राष्ट्रभर गुन्जाउँदै जागरण फैलाउने उहाँको योगदान सबैका लागि प्रेरणादायी रह्यो। काठे लोकभाकादेखि देउडा, तामाङ सेलोदेखि आधुनिक गीतसम्म उहाँका कालजयी सिर्जनाहरूले नेपाली लोकसंगीतलाई नयाँ उचाइमा पुर्याए। संगीतप्रतिको उहाँको समर्पण साँच्चै उदाहरणीय रह्यो।
उहाँको स्मृति र योगदान सधैं नेपाली समाज र संस्कृतिमा जीवित रहनेछ। -
Gagan Thapa
@thapagk
आज गौरा पर्वको अवसरमा बुढानिलकण्ठ सुदूरपश्चिम समाजले जगन्नाथ मन्दिरमा आयोजना गरेको पर्व उल्लासपूर्वक मनायौँ।
देउडा गीत र नाचले गुञ्जिने, सामूहिकता र संस्कृतिको सुगन्ध बोकेको हाम्रो गौरवशाली गौरा पर्वको पुनः हार्दिक शुभकामना! -
Gagan Thapa
@thapagk
`पागल हुन कहाँ सजिलो छ र ?´ कविता सङ्ग्रह सार्वजनिकिकरण कार्यक्रममा सहभागी हुने अवसर मिल्यो।
कवि बिसुकुमार केसीजीले यस कृतिमार्फत् मानवीय संवेदना, नेपाली समाजका विविध आयामहरूलाई कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ। बधाई तथा शुभकामना बिसु दाइ! -
Gagan Thapa
@thapagk
आज सर्लाहीमा
नेपाली कांग्रेसका अग्रज नेता तथा प्रजातन्त्र सेनानी स्व. वासुदेवशरण कोइरालाको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा उहाँको योगदानलाई सम्झँदै श्रद्धाञ्जली अर्पण गर्यौं। वासुदेवशरण कोइरालाका आदर्श, निष्ठा र पार्टी निर्माणमा उहाँको भूमिका हाम्रो यात्रामा सदैव मार्गदर्शन रहनेछन्। -
Gagan Thapa
@thapagk
आन्दोलित उखु किसानको सन्दर्भमा, हिजो माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री र सम्बन्धित अधिकारीहरूसँग भेटेर मैले मुख्यतः दुई विषयमा कुरा गरे।
पहिलो, अहिले तत्काल गर्नुपर्ने काम भनेको आन्दोलित किसानलाई सरकारले कबुल गरे अनुसारको उनीहरूको बिक्रीमा आधारित प्रोत्साहन अनुदान भुक्तानी नै हो। बजेटको अभावका कुराहरू बाहिर आए पनि अवस्था त्यस्तो छैन। चालू आर्थिक वर्ष ८२/८३ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत 'उखु कृषकहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५ (संशोधन सहित) उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने (गत आ.व. २०८१/८२ को समेत)' शीर्षकमा २ अर्ब रुपैयाँ छुटाइएको छ। यसबाट रकम निकासा गरी अविलम्ब प्रोत्साहन अनुदान रकम अन्तर्गत प्रतिक्विन्टलमा पाउने ७० रुपैयाँको दरले भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्छ।
दोस्रो, किसानहरूको हितको सन्दर्भमा सरकारले कहिले एउटा निर्णय गर्ने र कहिले फिर्ता गर्ने गर्नुहुँदैन। किसानहरूलाई पटक-पटक सडकमा आउने अवस्था सिर्जना गर्नु हुँदैन। न्यूनतम मूल्यदेखि अनुदानसम्मलाई व्यवस्थित गर्दै दीर्घकालीन समाधान निकाल्नका लागि विभिन्न सरोकारवालाहरूसँग बसेर बहु-आयामिक ढङ्गले काम गर्नुपर्नेछ।
कृषि मन्त्रालयले यो दुवै विषयमा प्रस्ट रहेको र पहलकदमी गरी पनि रहेको पाँए। तर यो विषय कृषि मन्त्रालयको निर्णयले मात्र टुङ्गिँदैन। अतः प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर-खेतमा फर्कने वातावरण बनाउन र यो विषयको दीर्घकालीन समाधान खोज्न आवश्यक निर्णय गरी पहलकदमी लिनुहोस। -
Gagan Thapa
@thapagk
जय-जय शंकर, जय महादेव !
लोकप्रिय गायक सुगम पोखरेलले गाउनुभएको भजन ‘जय जय शंकर’ लोकार्पण गर्ने सु-अवसर मिल्यो।
कैलाश पर्वत देखिनेगरी ५१०० मिटर उचाइमा रहेको हुम्ला जिल्लाको लिमि उपत्यकास्थित लाप्चा गाउँमा छायाङ्कन गरिएको यो भिडियो साच्चै नै उत्कृष्ट बनेको छ। -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस संघीय मामिला समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आयोजित “संविधान संशोधन र संघीयता सबलीकरण तथा संघीयता : संघ-प्रदेश-स्थानीय सरकारको समन्वय, प्रशासन र सुरक्षा निकायको भूमिका” विषयक विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम।
-
Gagan Thapa
@thapagk
Happy Teej ❤️😍
-
Gagan Thapa
@thapagk
नेपालभरि तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरूलाई तीजको हार्दिक शुभकामना!
यो पर्वले सबैमा शक्ति, उत्साह र एकताको ऊर्जा जगाओस्, साथै काठमाडौं क्षेत्र नं. ४ का विभिन्न तीज कार्यक्रमहरूमा दिनुभएको निमन्त्रणाका लागि धन्यवाद! -
Gagan Thapa
@thapagk
हिजो वीरगञ्जमा 'In Spirit and Struggle: Remembering Pradeep Giri' संवाद सत्रमा 'नेपाल, भारत र सीमा क्षेत्र: युवा, संस्कृति र पहिचानको राजनीति' विषयमा सहभागिता जनाएँ।
यस ज्ञानमुलक छलफलको लागि सबै अतिथिजन एवं प्रदीप गिरी इन्स्टिच्युटलाई धन्यवाद! -
Gagan Thapa
@thapagk
आदिवासी जनजाति विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आयोजित 'नेपाली कांग्रेसका आदिवासी जनजाति योद्धाहरू' पुस्तक विमोचन तथा सम्मान कार्यक्रम।
-
Gagan Thapa
@thapagk
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) र वित्तीय जोखिम मूल्याङ्कन (एफआरए) को नतिजाअनुसार सर्वोत्कृष्ट ६ पालिकामध्ये ४ पालिका नेपाली कांग्रेसको नेतृत्वमा परेका छन् । यस उपलब्धिको लागि धादिङको नीलकण्ठ, चितवनको खैरहनी, रुपन्देहीको तिलोत्तमा र स्याङ्जाको अर्जुनचौपारी पालिकाका प्रमुख तथा सम्पूर्ण पालिका टिमलाई हार्दिक बधाई!
-
Gagan Thapa
@thapagk
'नबिराउनु, नडराउनु’ भन्ने उक्तिलाई जीवन मन्त्र बनाउन सधैं प्रेरित गर्ने मेरो बा तथा सबै बाहरूलाई कुशे औंसीको हार्दिक शुभकामना!
-
Gagan Thapa
@thapagk
संसदमा हिजो
लिम्पियाधुरामा नेपाली भूमिमा नेपालको उपस्थिति बिना भारत र चीनले गरेका गतिविधि आपत्तिजनक छन्। यसलाई हामी प्रतिवाद गर्छौं।
अहिले हामी ग्राण्ड कोएलिसनको सरकारमा छौं, तर सरकारको लय र गति मिलेको छैन, गर्ने भनेर घोषणा गरिएका काम सुरु भएका छैनन्, सुरु गरिएका काम पूरा भएका छैनन्, जनताले दिएका सुझावमा काम भएको छैन। जनताले डेलिभरी खोजेका छन् तर सरकार त्यो दिशामा छैन। यही कारण आज जनताले विश्वास गुमाएका छन्।
हामी धेरै ठाउँमा चुकेका छौं, नागरिकहरू रिसाएका छन्। नागरिकमा उत्साह फिर्ता ल्याउनुपर्नेछ। हिजो हामीले गरेका सुधारका कामहरूलाई गति दिनुपर्नेछ। यसका लागि म मेरो तर्फबाट र मेरो पार्टी नेपाली कांग्रेसको तर्फबाट प्रतिबद्ध छु।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
श्रद्धेय प्रदीप गिरि दाइ एउटा त्यस्तो पुस्तक हुनुहुन्थ्यो, जसलाई कहिल्यै पढेर सकिँदैन। आज पनि नेपाली समाजका गहिरा समस्याहरू बुझ्न र समाधान खोज्न उहाँलाई निरन्तर पढिरहनु पर्ने आवश्यकता महसुस हुन्छ। दाइको तेस्रो स्मृति दिवसमा हार्दिक श्रद्धाञ्जली।
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागद्वारा सानेपास्थित बीपी स्मृति भवनमा आयोजित अन्तरक्रिया तथा तीज शुभकामना आदान-प्रदान कार्यक्रम।
-
Gagan Thapa
@thapagk
Glacial retreat & water security demand urgent regional action -raised at the HKH Parliamentarians’ Meet 2025 in Kathmandu. Thanks to the Parliamentary Agriculture, Cooperative & Natural Resources Committee for hosting.
-
Gagan Thapa
@thapagk
प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा तथा समाजसेवामा जीवनभर समर्पित वासु (वासुदेव शरण) कोइरालाज्यूको निधनले मन अत्यन्त दुखी भएको छ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको शान्तिको कामना तथा परिवारजनमा हार्दिक समवेदना।
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा सक्रिय सहभागिता जनाई अमूल्य योगदान पुर्याउनु भएका सबै साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
हामीलाई विश्वास छ, तपाईंहरूको निरन्तर प्रतिबद्धता र योगदानले नेपाली कांग्रेसलाई अझ सबल बनाउन निर्णायक भूमिका खेल्नेछ।Post not available here, view on X
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना !
-
Gagan Thapa
@thapagk
नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह, केन्द्रीय कार्यालय, सानेपा।
-
Gagan Thapa
@thapagk
Wishing the Asian Powerlifting Championships 2025 a Grand Success!
-
Gagan Thapa
@thapagk
काठमाडौं क्षेत्र नं. ४ लोकतान्त्रिक खेलकुद संघको प्रथम क्षेत्र, प्रदेश तथा नगर अधिवेशन। निर्वाचित सभापति एवं सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना!
-
Gagan Thapa
@thapagk
आज काठमाडौं क्षेत्र नं. ४ मा आयोजित ‘युवासँग जनप्रतिनिधि’ अन्तरक्रिया कार्यक्रममा IT, रोजगारी, नीति निर्माणलगायतका विविध विषयमा छलफल भयो । कार्यक्रम आयोजनाको लागि CERIN Network टिमलाई धन्यवाद!
-
Gagan Thapa
@thapagk
Fitness has no age bar - ६८ वर्षीय कृष्ण सिंह शाही र ५२ वर्षीय केदार मान स्थापितले इच्छाशक्ति र लगनशीलता नै ठूलो शक्ति हो भनेर प्रमाणित गर्दै थाईल्याण्डमा सम्पन्न १२औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ्ग च्याम्पियनशिपमा शाहीले ह्याक लिफ्टिङ्गमा स्वर्ण र इन्क्लाइन्ड प्रेसमा रजत, स्थापितले इन्क्लाइन्ड प्रेसमा स्वर्ण पदक प्राप्त गर्नुभएकोमा हार्दिक बधाई!
-
Gagan Thapa
@thapagk
जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाटीँ पुन्हीको पावन पर्वमा आपसी भाइचारा अझ प्रगाढ बनोस् भन्ने शुभेच्छासहित सम्पूर्णमा हार्दिक मंगलकामना!
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस चितवनका पूर्व सभापति तथा गण्डकी प्रदेशका पूर्व प्रमुख, आदरणीय पृथ्वीमान गुरुङ दाइको असमयिक निधनको खबरले अत्यन्तै मर्माहत भएको छु।
लोकतन्त्रको यात्रा, संगठन निर्माण र पार्टीका सिद्धान्तप्रति उहाँको निष्ठा र समर्पण सधैं स्मरणीय रहनेछ। उहाँको निधनले हामीले एक अनुभवी, कर्मठ र आदर्श नेतृत्व गुमाएका छौं।
स्वर्गीय पृथ्वीमान दाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु। यस दुःखद घडीमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
चितवन उद्योग वाणिज्य संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा ११ वटा विभिन्न व्यवसायिक क्षेत्रका साथीहरूबाट प्राप्त सुझावहरू महत्वपूर्ण छन्।
२०४६ पछि खुला राजनीतिको जस्तै खुला अर्थनीति अपनाउने सही निर्णयका कारण नेपालमा दूरसञ्चार, बैंकिङ, ऊर्जा जस्ता क्षेत्रमा तीव्र सुधार सम्भव भयो। तर त्यस लहरलाई दीर्घकालीन नीति र नेतृत्वको स्थिरता दिन नसक्दा नेपालले महत्वपूर्ण अवसरहरू खेर फाल्यो।
अब फेरि त्यस्तै अवसर हाम्रो सामु छ। अहिले गरिने सही नीतिगत हस्तक्षेपले हामीले गुमाएको दशकको क्षतिपूर्ति गर्न सक्छ। त्यसका लागि सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य, स्पष्ट दृष्टिकोण र राजनीतिक इच्छाशक्ति आवश्यक छ। यी सब कुराहरू मनन गर्दै आगामी दिनमा यस विषयमा थप काम गर्नेछु। -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस भरतपुर महानगरपालिका-११ मा नवनिर्मित बी.पी. स्मृति भवनको उद्घाटन समारोह।
-
Gagan Thapa
@thapagk
Asia Climate Summit, थाइल्याण्डबाट फर्केपछि माननीय वनमन्त्रीज्यू, सचिवज्यूलगायत सम्बन्धित अधिकारीहरूसँग मन्त्रालयमा भेटेर सम्मेलनबाट प्राप्त अनुभव र विशेषगरी पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापार र कार्बन वित्त सम्बन्धी सम्भावनाहरूको विस्तृत अपडेट हामीले प्रस्तुत गर्यौं।
यस विषयमा हाम्रो जोड - नेपालसँग कार्बन व्यापारमार्फत वित्त प्राप्त गर्ने अवसर छ, तर यो समय-संवेदनशील छ। हामीसँग यो अवसर उपयोग गर्न छोटो समय मात्रै छ, त्यसैले तीव्र गतिमा काम गर्नुपर्छ। त्यसका लागि अहिले गरिहाल्नु पर्ने भनेको विगत एक वर्षदेखि हामीले उठाइरहेको कार्बन व्यापारसम्बन्धी नियमावलीलाई अबिलम्ब तयार गर्न जरुरी छ। स्पष्ट नीति र नियमावलीले मात्र नेपालले यो क्षेत्रमा आफ्नो स्थान सुनिश्चित गर्न सक्छ।
छलफलपछि मन्त्रीज्यूले सम्मेलनको हाम्रो अनुभवमा आधारित सुझावहरूलाई मनन गर्दै, नियमावलीलाई छिट्टै अन्तिम रूप दिई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभएको छ।
कार्बन वित्त नेपालको दिगो विकास र जलवायु अनुकूलनका लागि महत्त्वपूर्ण स्रोत हो। हाम्रा वनजंगल, नवीकरणीय ऊर्जा र दिगो परियोजनाहरूलाई यसमार्फत अझ बलियो बनाउन सकिन्छ। तर, त्यसका लागि सरकार, निजी क्षेत्र र समुदायबीच एकीकृत प्रयास आवश्यक छ। अब हामीले नीतिगत सहजीकरण, द्विपक्षीय सम्झौता तथा सार्वजनिक-निजी साझेदारीमा जोड दिँदै अगाडि बढ्नुपर्छ। -
Gagan Thapa
@thapagk
नेपालमा लोकतान्त्रिक मूल्य र चिन्तनको बीजारोपण गर्नुका साथै साहित्य र विचारमा क्रान्तिकारी चेतनाको जग बसाल्ने जननायक बीपी कोइरालाको ४३औं स्मृति दिवसमा श्रद्धापूर्वक सम्झना।
आज चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा रहेको उहाँको शालिकमा माल्यार्पण गर्दै केही समय उहाँको योगदान, विचार र त्यागको स्मृतिमा निमग्न भएँ।
बीपीले देखाएको बाटो हाम्रो निरन्तर मार्गदर्शक बनिरहोस्। -
Gagan Thapa
@thapagk
पार्टीभित्र अध्ययन र अनुसन्धानको अभ्यासलाई निरन्तरता दिँदै यस परिपाटीलाई सुदृढ बनाउने उद्देश्यले स्थापना गरिएको पुस्तकालयले एक वर्ष पूरा गरेको छ। यस पुस्तकालय निरन्तर नेपाली कांग्रेसको विचार निर्माण गर्ने र नीतिगत बहस लाई जोड दिने थलो बन्दै गएको छ।
पुस्तकालयको स्थापना र सञ्चालनमा योगदान पुर्याउनु हुने दाताहरूलाई नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको आयोजनामा सम्मान गर्यौं। आधुनिक पुस्तकालय निर्माणमा सहयोग गर्नु हुने महानुभावहरूप्रति हामी मनैदेखि कृतज्ञ छौं।
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
आजको दिन हामी दुवैको जन्मदिन।
जन्मदिन जस्तै हरेक यात्रामा पनि हामी सँगै छौं।
Happy Birthday, Anjana!
मेरो जीवनको सबैभन्दा सुन्दर साथीसँग यो यात्रा अझ रमाइलो, अझ अर्थपूर्ण बनिरहोस्। -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आयोजित 'जलवायु परिवर्तन, कार्बन वित्त र पेरिस सम्झौता' विषयक छलफल भयो।
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभाग र उद्यमशील कांग्रेसको सहकार्यमा केन्द्रीय कार्यालय, सानेपामा आयोजित “नेपाली कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना” विषयक संवाद गोष्ठी।
-
Gagan Thapa
@thapagk
शिक्षा, समाजसेवा र राजनीतिमा चार दशकभन्दा बढी समर्पित व्यक्तित्व आदरणीय दिदी नर्वदा पोखरेलद्वारा लेखिएको आत्मकथा "मेरो जीवनयात्रा" को लोकार्पण कार्यक्रम,
साथमा कमला दिदी र शशी दिदी। -
Gagan Thapa
@thapagk
संविधानसभा सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव स्व. रामअयोध्या प्रसाद यादवको १३औं पुण्यतिथिमा बारा पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण र परिवारजनसंग भेटघाट गर्यौं। स्वर्गीय यादवले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नु भएको योगदानको पार्टीले सधैं स्मरण गरिरहनेछ ।
-
Gagan Thapa
@thapagk
थाइल्याण्डको Asian Institute of Technology (AIT) को नेतृत्वसँगको अन्तरक्रिया फलदायी रह्यो। AIT ले नेपालका विभिन्न क्षेत्रमा पुर्याइरहेको संस्थागत सहयोगसँगै, AIT मा कार्यरत नेपालीहरूले स्वयंसेवी रूपमा दिँदै आएको योगदान एकदमै प्रशंसायोग्य छ।
अझ नेपालमै AIT केन्द्र स्थापना गर्ने पहलकदमी भइरहेको कुरा सुनेर उत्साहित भएर आएको छु। यो केन्द्र खुल्ने र सञ्चालन गर्ने कुरामा मैले सक्ने सबै सहयोग पुर्याउने छु। -
Gagan Thapa
@thapagk
नेपाली काँग्रेस धादिङका पूर्व सभापति, २००७ सालको क्रान्तिका योद्धा, प्रजातन्त्र सेनानी आदरणीय भरतराज उप्रेतीज्यूको ९७ वर्षको उमेरमा आज स्वर्गारोहण भएको दुःखद खबरले म अत्यन्त मर्माहत भएको छु। स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै, उहाँप्रति हार्दिक श्रद्धा र सद्भाव व्यक्त गर्दछु। शोकसन्तप्त परिवारजनलाई यस कठिन घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछु।
-
Gagan Thapa
@thapagk
थाइल्याण्डमा आयोजित Asia Climate Summit लाई सम्बोधन गरेर नेपाल फर्किएको छु। पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापारको लाभ सबैलाई समान रूपमा वितरण गर्नुपर्छ भन्ने मेरो जोड रह्यो। विगतको Clean Development Mechanism (CDM) मा हामीले अपेक्षित लाभ लिन सकेनौँ। यसपटक भने विगतका गल्तीहरू नदोहोर्याउने गरी कार्बन व्यापारसँग सम्बन्धित काम गर्ने हाम्रो चाहना रहेको कुरा मैले जानकारी गराएँ।
नेपालसँग कार्बन क्रेडिटमार्फत विकास वित्त (development finance) को ठूलो अवसर छ। हाम्रो वन-जंगल, नवीकरणीय ऊर्जा र दिगो परियोजनाहरूले कार्बन व्यापारमा महत्वपूर्ण योगदान दिन सक्छ। मैले सम्मेलनमा यही महसुस गरे कि विभिन्न देश र कम्पनीहरू नेपाल सरकार र निजी क्षेत्रसँग काम गर्न अत्यन्त इच्छुक छन्।
तर, यो विषय समय-संवेदनशील भएकाले ढिलाइ गर्नुहुँदैन। यसका लागि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरू छिटो सम्पन्न गर्न जरुरी छ। यसका लागि काममा जुट्नुपर्ने छ। -
Gagan Thapa
@thapagk
Work with us!
@MPOfficeKtm4 regularly provides opportunities for individuals to work in parliamentary research, legislative affairs, research-based policy initiatives, and different campaigns. To continue this, we have opened an application for the post of Research Intern.
If you are interested, apply and be part of our next batch of researchers.
Scan a QR Code or click a link below to apply.
docs.google.com/forms/d/e/1FAIpQLScYYh5Nz4XpDiDY-shDOfRPl… -
Gagan Thapa
@thapagk
अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया ।
चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः ॥
ज्ञान र प्रेरणाको स्रोत, गुरुप्रति मेरो नमन। -
Gagan Thapa
@thapagk
बरिष्ठ राजनीतिज्ञ, नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री आदरणीय अच्युतराज रेग्मीको ९७ वर्षको उमेरमा हिजो विहान अस्ट्रेलियाको एक अस्पतालमा निधन भएको खबरले म अत्यन्त स्तब्ध र मर्माहत छु ।
२०१५ सालको प्रथम आमनिर्वाचनमा स्व. अच्युतराज रेग्मी पाल्पाबाट निर्वाचित हुनुहुन्थ्यो। शोकको यस घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनहरु प्रति गहिरो समवेदना व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
हार–जित खेलको हिस्सा हो।
हाम्रो महिला फुटबल टिमको संघर्ष गर्वको विषय हो। -
Gagan Thapa
@thapagk
The first two entrepreneurs featured on the show are female. What a great way to kick off a show with its own legacy and a global audience. Shark Tank Nepal is a testament to the fact that Nepalese are entrepreneurial at heart. I hope it will inspire millions in Nepal to start something of their own.
Looking forward to more episodes. Congratulations to the makers of the show.
www.youtube.com/watch?v=bp4NDX-WMlA -
Gagan Thapa
@thapagk
बारा नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य, भद्र र शालीन व्यक्तित्व रामअयोध्या यादवको निधनले दुःखी बनाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
दाइले, देशको प्रजातान्त्रिक आन्दोलन, संविधान निर्माण र पार्टी निर्माण प्रक्रियामा पुर्याउनुभएको अमूल्य योगदान सर्वदा सम्झिरहनेछौ। -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस बाग्लुङका पूर्व पार्टी सभापति, पूर्व प्रतिनिधि सभा सदस्य, जेष्ठ राजनितिज्ञ सभाका केन्द्रीय सदस्य गोबिन्द प्रसाद कँडेलको निधनले अत्यन्त दुःखित बनाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलन, पार्टी निर्माण प्रक्रियामा पुर्याउनुभएको अमूल्य योगदान सर्वदा सम्झिरहनेछौ। -
Gagan Thapa
@thapagk
हिजो पार्टी कार्यालयमा, बेलायतको लेबर पार्टीमा विभिन्न ओहोदामा रही लामो समय काम गर्नुभएका तथा त्यहाँको संसदीय निर्वाचनमा उम्मेदवार बन्नुभएका डा. बच्चु कैलाश कैनीसँग अन्तरक्रिया गर्यौं। विशेषगरी बेलायतको राज्य व्यवस्था सञ्चालन र लेबर पार्टीको कार्यशैलीको सन्दर्भमा उहाँले गर्नुभएको प्रस्तुति ज्ञानवर्द्धक रह्यो।
डा. बच्चु कैलाश कैनीलाई हार्दिक आभार। साथै, यस कार्यक्रमको संयोजनका लागि नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन श्रोत विभागलाई विशेष धन्यवाद! -
Gagan Thapa
@thapagk
Happy International Yoga Day!
Yoga for One Earth, One Health — let’s embrace yoga for a balanced body, peaceful mind and a healthier planet. -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री ढुण्डीराज शास्त्री (ढुण्डीराज पौडेल) को निधनले अत्यन्त दुःखित बनाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
ढुण्डीराज दाइले, नेपालको प्रजातान्त्रिक आन्दोलन, पार्टी निर्माण प्रक्रिया र मन्त्रीको रूपमा सरकार सञ्चालनमा पुर्याउनुभएको अमूल्य योगदान सर्वदा सम्झिरहनेछौ। -
Gagan Thapa
@thapagk
Yesterday in Sauraha, Chitwan - Lion Year 2025/26 Schooling Program.
Appreciation to Lions Clubs International and its dedicated chapters across Nepal for their ongoing work in education, health and service. -
Gagan Thapa
@thapagk
काठमाडौं प्रतिनिधि सभा क्षेत्र नं ९ को प्रशिक्षक प्रशिक्षण कार्यक्रम नगरकोटमा तथा काठमाडौं क्षेत्र नं ६ (प्रदेश 'क') को तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम बागबजारमा आज।
-
Gagan Thapa
@thapagk
Extremely saddened over the terrible crash of Air India in Ahmedabad this afternoon. It is a tragedy, and loss of lives is deeply regrettable. I convey my deepest condolences to the victims and their families during this difficult time.
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागद्वारा आयोजित 'आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति शृङ्खलामा पार्ने प्रभाव' विषयक अन्तरक्रिया कार्यक्रम, काठमाडौं ।
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
Post not available here, view on X
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
Visited the inspiring exhibition ‘Nepal Down the Ages’ by senior artist Hari Prasad Sharma with my daughter - a beautiful walk through Nepal’s history, culture and colors.
-
Gagan Thapa
@thapagk
ईद-उल-अज्हाको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूप्रति हार्दिक शुभकामना!
-
Gagan Thapa
@thapagk
हिजो पुस्तकालय तथा श्रोतकेन्द्र विभागको नियमित श्रृङ्खला "पूर्वाधार मीमांसा" अन्तर्गत "राज्यको प्राथमिकतामा खानेपानी, सरसफाइ तथा स्वच्छता" विषयमा विमर्श सम्पन्न भयो। पूर्व सचिव ई. सुमन शर्मा र पूर्व सहसचिव ई. सुदर्शन भण्डारीको प्रस्तुतीबाट बजेट विनियोजन, तहगत जिम्मेवारी, ढल व्यवस्थापनको चुनौती र नागरिकको स्वच्छ खानेपानीप्रतिको मौलिक हक सुनिश्चित गर्न राज्यको भूमिकामा छलफल भयो।
-
Gagan Thapa
@thapagk
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८२ को अवसरमा नेपाली कांग्रेस, दलित समुदाय समन्वय तथा सशक्तिकरण विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय, सानेपामा "दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवम् राजनीतिक दलको भूमिका" विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भयो।
हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रमलाई ज्ञान, अनुभव र सुझावले योगदान गर्नु हुने अतिथि जे. भि. विश्वकर्मा, डा. उद्धव प्याकुरेल, निर्जला भट्टराई, प्रकाश धौलाकोटी, दिनेश त्रिपाठी, कैलाश राई, सुन्दर बहादुर सेनी तथा उपस्थित सम्पूर्ण सहभागीजनप्रति हार्दिक धन्यवाद।
जय नेपाल! 🇳🇵
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस दैलेखका पूर्वसभापति तथा पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको असामयिक निधनले हामी सबै स्तब्ध र मर्माहत भएका छौं।
उहाँले लोकतान्त्रिक आन्दोलन र पार्टी संगठन सुदृढीकरणमा पुर्याउनु भएको योगदान अविस्मरणीय छ। उहाँको कर्मठ नेतृत्व, निष्ठा र जनता प्रतिको समर्पण हाम्रो राजनीतिक यात्राका लागि सधैं प्रेरणादायी रहनेछ।
उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।
यस दुःखद परिस्थितिका कारण १९ जेठ २०८२ मा म सहभागी हुनेगरि तय भएको तेस्रो जिल्ला सम्मेलन हालका लागि स्थगित गरिएको जानकारी गराउँदछु। -
Gagan Thapa
@thapagk
हिजो धरान आएको थिएँ। किरात राई यायोक्खा साकेला सांस्कृतिक पार्क अवलोकन गर्ने अवसर मिल्यो।
यस स्थानले किरात समुदायको सांस्कृतिक गहिराइ, इतिहास र पहिचान जोगाउन खेलेको भूमिका साँच्चिकै प्रेरणादायी लाग्यो।
सुम्निमा–परुहाङ र यलम्बरहाङको शालिकले यहाँको ऐतिहासिक चेतनालाई झनै जीवन्त बनाएको छ।
यस्ता सांस्कृतिक स्थलहरू हाम्रा साझा सम्पदा हुन् — यिनको संरक्षण र सम्मान गर्नु हामी सबैको साझा जिम्मेवारी हो। -
Gagan Thapa
@thapagk
गणतन्त्र दिवसको शुभकामना!
जनआन्दोलनको ऐतिहासिक उपलब्धिका रूपमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक छ।
असन्तुष्टिका बीच पनि आशा र सम्भावनाको उज्यालो बाटो छ। सेवा, उत्तरदायित्व र जनविश्वासको आधारमा गणतन्त्र सुदृढ बनोस् । लोकतान्त्रिक मूल्य र जनआकांक्षाका पक्षमा हामी सबै एकजुट बनौं।
जय नेपाल! 🇳🇵 -
Gagan Thapa
@thapagk
राष्ट्रिय समता दिवस २०८२ को हार्दिक शुभकामना!
२००९ सालको यही दिन नेपाली कांग्रेसले जातीय भेदभाव र छुवाछूतविरुद्ध ऐतिहासिक परिपत्र जारी गर्दै समताको मार्गचित्र प्रस्तुत गरेको थियो।
२०६७ सालमा “जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन” पारित भई कानुनी आधार तयार भयो, र २०७० सालदेखि जेष्ठ १० लाई राष्ट्रिय समता दिवसका रूपमा औपचारिक रूपमा मनाउन थालिएको हो।
समाजमा विद्यमान सबै प्रकारका विभेद अन्त्य गर्न यो दिवसको दिन अझ दृढ संकल्प गरौँ! -
Gagan Thapa
@thapagk
हाम्रो हिरो शिव श्रेष्ठ दाइसँग झापा, भद्रपुरमा..
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेसले पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग को संयोजनमा “राजनीतिक विमर्शको केन्द्रमा रोजगारी – सरकारको प्राथमिकताको केन्द्रमा रोजगारी” भन्ने मूल अवधारणासहित “मिसन रोजगारी” अभियानमा काम गरिरहेको छ। हामी प्रस्ट छौ, दिगो रोजगारी सिर्जना गर्ने विषय व्यावसायिक लगानी, सिप तथा जनशक्ति व्यवस्थापन जस्ता विभिन्न आयाममा गर्ने कामहरूको नतिजा हो। हामी यस अभियान केन्द्रित भएर रोजगारदाता, सिप प्रदायक, विज्ञ तथा नीतिगत रूपमा काम गर्ने सम्पूर्ण सरोकारवाला सँग निरन्तर छलफल गरिरहेका छौ, अध्ययन गरिरहेका छौ।
यसै सन्दर्भमा हामी हिजो 'स्थानीय सरकार: रोजगारी केन्द्रित नीति, योजना र कार्यक्रम' विषयमा केन्द्रित रहेर विज्ञ, स्थानीय सरकारका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरू सँग छलफल गर्यौँ। छलफलमा प्राप्त सुझावहरू र हाम्रो अध्ययनको आधारमा, हामीले स्थानीय सरकारहरूलाई रोजगारीका सन्दर्भमा गर्नु पर्ने नीति, योजना तथा कार्यक्रममा सन्दर्भमा सुझाव दिने छौ, आवश्यक सहयोग गर्नेछौँ। यसको समन्वय स्थानीय तह समन्वय विभागले गरिरहेको छ। रोजगारी सँग जोडिएका आधारभूत विषयहरूमा स्थानीय तहले काम गर्न सक्ने ठाउँ हरू छन, त्यसमा केन्द्रित भएर काम हुनेछन्। स्थानीय सरकारका प्रतिनिधिहरू ले 'हामी सक्छौ' भन्नुभएको छ। सबैको साथ, सहयोग, सहभागिता र उत्साहले हामीलाई थप विश्वास दिएको छ। हामीलाई विश्वास छ, 'हामी सक्छौ'। -
Gagan Thapa
@thapagk
बी.पी. कोइरालाको जीवन, संघर्ष र विचारलाई औपन्यासिकता ले बाधेर सुभाष घिमिरेद्वारा रचित ऐतिहासिक कृति ‘सान्दाजु’ को हीजो लोकार्पण भयो।
अर्थपूर्ण सिर्जना गर्नुभएकोमा लेखक घिमिरेलाई हार्दिक बधाई तथा आभार प्रकट गर्न चाहन्छु। -
Gagan Thapa
@thapagk
2025 ICC Women's T20 World Cup Asia Qualifier मा शानदार प्रदर्शन गर्दै Global Qualifier मा स्थान बनाएकोमा हाम्रो महिला राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई! अबको यात्रा अझ सफल र ऐतिहासिक बनोस्।
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस रूपा गाउँपालिका, कास्कीको दोस्रो पालिका सम्मेलन।
-
Gagan Thapa
@thapagk
Good morning from Sirubari, Syangja!
-
Gagan Thapa
@thapagk
नेपालको पहिलो नवग्रह मन्दिर, अर्जुनचौपारी (स्याङ्जा) मा दर्शन एवम् पूजा।
-
Gagan Thapa
@thapagk
कार्यक्रम अघि भालुपहाड, स्याङ्जामा डाँडाकाँडा बीच केही क्षण।
-
Gagan Thapa
@thapagk
गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तरपालिका ‘गोदावरी मेयर कप’ फुटबल प्रतियोगिता २०८२ को समापन। रोचक फाइनल खेलमा काठमाडौं महानगरपालिकाले गोदावरी नगरपालिकालाई पराजित गर्दै उपाधि जित्न सफल भयो।
खेल जित्ने काठमाडौं र मन जित्ने गोदावरी दुबैलाई बधाई!
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
‘बारपाक फोटो प्रदर्शनी’
हामी सबैको स्मृतिमा गढिएको गोरखाको बारपाक फेरि फोटोमार्फत जीवन्त बनेको छ।
हिजो भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको डबलीमा उद्घाटन गरिएको प्रदर्शनीमा भूकम्पपछिका १० वर्षमा देखिएको परिवर्तन र पुनर्निर्माणका चुनौतीहरूलाई संवेदनशील ढंगले कैद गरिएको छ।
बारपाकलाई देश–विदेशमा चिनाउन गरिएको यो उल्लेखनीय प्रयासका लागि फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनालाई धन्यवाद!
प्रदर्शनी विवरण:
मिति: २०८२ जेठ १, २ र ३
स्थान: नेपाल पर्यटन बोर्डको डबली, भृकुटीमण्डप, काठमाडौं -
Gagan Thapa
@thapagk
आज बुद्ध पूर्णिमा, उभौली, कुर्म जयन्ती र गोरखनाथ जयन्तीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना !
भगवान बुद्धको जीवनले देखाएको मध्यम मार्ग, अहिंसाको दर्शन र सहिष्णुताको अभ्यास सर्वकालिक रहेको आजको दिनले विशेष स्मरण गराउँछ।
यही दिन किराँत समुदायले उभौली पर्व मनाइरहेका छन् - प्रकृतिप्रतिको आस्था र पारस्परिक सहअस्तित्वको प्रतीक। कुर्म जयन्तीले धर्म र धैर्यताको सन्देश दिन्छ भने गोरखनाथ जयन्तीले साधना र आध्यात्मिक अभ्यासको स्मरण गराउँछ।
धर्म, संस्कृति, प्रकृति र साधनाको यो अनुपम संगमले हामी सबैमा शान्ति, सद्भाव र सकारात्मक ऊर्जा भरिदियोस्। -
Gagan Thapa
@thapagk
The crucial ceasefire between India and Pakistan offers hope for a strong foundation for sustainable peace, harmony, and regional security.
At the same time, I profoundly hope that every terrorist involved in the Pahalgam attack is brought to justice — and that this time, they learn the clear lesson: such acts will not go unpunished.
There must be unequivocal clarity among all that terrorism cannot be tolerated. Peace is the only real path to shared prosperity. -
Gagan Thapa
@thapagk
I met with Prof. @guenther_fink and other public health researchers at @SwissTPH in Switzerland. We discussed the vital role of political leadership in ensuring universal access to affordable, quality healthcare in low-resource settings & the urgent need to reimagine North–South partnerships that respond to local health needs while recognizing local expertise and knowledge.
-
Gagan Thapa
@thapagk
नेपालमा वामपन्थी आन्दोलनका अगुवा, नेकपा (एमाले)का नेता, पूर्वमन्त्री, लेखक तथा साहित्यकार प्रदीप नेपालको निधनले मर्माहत बनाएको छ। दिवङ्गत प्रदीप नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु। उहाँले नेपालको प्रजातन्त्र प्राप्तिमा दिनुभएको योगदानलाई हामी सर्वदा सम्झिरहने छौँ।
-
Gagan Thapa
@thapagk
मिथिलाक गौरव, त्याग आ श्रद्धाक प्रतिक छथि माता सीता । वएह माता सीताक प्राकट्य दिवस अर्थात जानकी नवमीक अवसर पर सम्पूर्ण मे हार्दिक शुभकामना !
जानकी नवमी हमरा सभके प्रेम, समर्पण आ मर्यादाक महत्वक शिक्षा दैति अछि ।
जय जानकी, जय मिथिला, जय नेपाल ! -
Gagan Thapa
@thapagk
स्थानीय सरकारका प्रतिनिधिसँग संवाद!
अहिले स्थानीय सरकार आगामी आर्थिक वर्षको लागी आ-आफ्नो नीति तथा कार्यक्रम र बजेट निर्माणको चरणमा छन। यहीँ सन्दर्भमा रहेर, हामीले नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागको मार्फत सबै प्रदेशका पालिका प्रमुख, उपप्रमुखहरू सँग भर्चुअल संवाद गर्यौ। हाम्रो गत स्थानीय चुनावको संकल्पपत्र, असल अभ्यासको अनुकरण तथा निरन्तरता बारे छलफल गर्यौ। विशेषगरि पार्टीको 'मिसन रोजगारी' अभियान अन्तर्गत, दिगो रोजगारी सिर्जना गर्न स्थानीय सरकारले लिनुपर्ने नीतिका सन्दर्भमा छलफल भयो। -
Gagan Thapa
@thapagk
*नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागद्वारा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रम*
अर्थतन्त्रमा अहिले देखिएको संकट चिर्न यो अन्तर्क्रियामा महत्वपूर्ण सुझाव प्राप्त भएका छन्। कार्यक्रममा उपस्थित भई आफ्ना सुझाव, अनुभव र विचार प्रस्तुत गर्नुहुने सम्पूर्ण अतिथि, व्यवसायी तथा सरोकारवालाहरूलाई हार्दिक धन्यवाद! -
Gagan Thapa
@thapagk
आज काठमाडौं क्षेत्र नं. ४ मा संघीय खानेपानी आयोजना अन्तर्गत बू.न.पा.–१०, बालुवाखानीस्थित नगर अस्पतालमा डिप बोरिङको शिलान्यास सम्पन्न।
स्वच्छ पानी पहुँचका लागि साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद! -
Gagan Thapa
@thapagk
१७ वर्षहरू, अनगिन्ती सम्झनाहरू!
आज, अञ्जना र म वैवाहिक सम्बन्धमा गाँसिएको दिनको १७ औँ वार्षिकोत्सव! आज सम्म सँगै बिताएका हरेक पलप्रति आभारी छु र भावी दिनहरूको सदाझैँ प्रतीक्षारत छु। यस अवसरमा शुभकामना, शुभेच्छा राख्नुहुने सबैलाई धन्यवाद!
#१७वर्ष #साथसधैँको -
Gagan Thapa
@thapagk
विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक छ। लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो।
शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै पनि हिसाबले उचित हुन सक्दैन। घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
राज्यसँग आग्रह छ - शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ। आन्दोलनरत शिक्षकहरु संग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौं। -
Gagan Thapa
@thapagk
आज मातातीर्थ औँसी, आमाको माया र त्यागलाई श्रद्धापूर्वक सम्झने र सम्मान गर्ने दिन ! हामी कोही आमासँगै बस्न पाएका छौँ, कसैले टाढाबाट सम्झेका छौँ। तर, बुटवलकी रीमा न्यौपानेका लागि यसपटकको मातातीर्थ औँसीसँगै बज्रपात आयो। अप्रिल २२ गते भारतको कश्मीर, पहलगाममा भएको जघन्य आतङ्ककारी आक्रमणमा आफ्नै आँखा अगाडी छोरा सुदीप न्यौपानेलाई गुमाउनु परेको त्यो बज्रपातको पीडा कुनै शब्दले समेट्न सक्दैन। उक्त आतङ्ककारी आक्रमणको जति नै निन्दा गरे पनि अपुग हुन्छ।
नेपाल, राज्य आतङ्कवाददेखि सीमापार र अन्तर्राष्ट्रिय आतङ्कवादका सबै स्वरूपको आतङ्कवाद र अतिवादको विरुद्धमा सधैँ दृढ रहँदै आएको छ। आतङ्कवाद विरुद्धको विश्वव्यापी प्रयासमा नेपालले सदैव साथ दिँदै आएको छ। यहीँ मान्यताका साथ यस आक्रमणका विषयमा नेपाल सरकार तथा नेपाली कांग्रेस लगायतका राजनीतिक दलहरूले आफ्नो धारणा राख्दै, यस दुःखद घडीमा हामी भारत सरकार र भारतीय जनताको साथमा रहेको कुरा प्रस्ट पार्दै भनेका छन, 'हामी जुनसुकै स्वरूप वा आवरणको आतङ्कवाद होस, त्यसको सदैव खिलाफमा र धार्मिक-सामाजिक सद्भावको पक्षमा छौ, रहनेछौ।'
हामीलाई विश्वास छ- यस आतङ्ककारी आक्रमणको योजनाकारदेखि संलग्न प्रत्येकलाई छिट्टै नै कारबाही हुनेछ, यो आतङ्ककारी क्रियाकलापको परिणाम तिनले भोग्नुपर्नेछ। तबमात्र यो आततायी आक्रमणमा परेका पीडित र रीमा न्यौपाने लगायतका पीडितका परिवारको लागी न्यायको अनुभूति हुनेछ। हामी त्यो समयको प्रतीक्षामा छौँ।
आतङ्कवाद विश्वव्यापी समस्या त हो नै हाम्रा निमित्त क्षेत्रीय चुनौती पनि हो, त्यसैले यो साझा समस्या विरुद्ध साझा ऐक्यबद्धता आवश्यक छ। -
Gagan Thapa
@thapagk
तीर्थराम डङ्गोल दाइ अब हामीबिच रहनुभएन।
संविधान सभा सदस्य, पूर्व राज्य मन्त्री तथा नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका पूर्व सभापति तीर्थराम डङ्गोलको निधनले अत्यन्त दुःखित बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
तीर्थराम डङ्गोल दाइले नेपालको प्रजातान्त्रिक आन्दोलन, पार्टी निर्माण तथा संविधान निर्माण प्रक्रियामा पुर्याउनुभएको अमूल्य योगदान सर्वदा सम्झिरहनेछौ।
सम्पूर्णमा जानकारीको लागी, उहाँको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ।तत्पश्चात अपरान्ह २:०० बजे काठमाडौंको टेकू दोभानमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । -
Gagan Thapa
@thapagk
लोकतन्त्र व्यवस्था अनुरूप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि स्वाभाविक भए पनि यसको विकल्प कुनै पनि प्रकारको अतिवाद हुन सक्दैन। लोकतन्त्र शब्दमा होइन, हाम्रो आचरण, सोच र कार्यशैलीमा देखिनु पर्छ। समावेशी, उत्तरदायी र समुन्नत लोकतन्त्र निर्माणका लागि आजको दिनले हामी सबैलाई थप प्रतिबद्ध र प्रेरित बनाओस्। लोकतन्त्र दिवसको सबैमा हार्दिक शुभकामना!
-
Gagan Thapa
@thapagk
आज कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको शहीद कृष्ण बहादुर गुरुङ स्मृति पार्कको उद्घाटन गर्दै उहाँप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने अवसर पाउँदा विशेष अनुभूति भएको छ। लोकतन्त्र र अधिकारका लागि उहाँले देखाउनुभएको साहस र बलिदान हामी सबैका लागि मार्गदर्शन बनिरहने छ।
-
Gagan Thapa
@thapagk
The Oxford Diplomatic Society's representatives visited the Nepali Congress headquarters in Sanepa, Lalitpur. We discussed education, regional diplomacy, economic and public health reforms, Nepal's political transition, and initiatives to strengthen climate resilience. I genuinely appreciate their sincere interest in Nepal's democratic process and development.
-
Gagan Thapa
@thapagk
काठमाडौं क्षेत्र नं. ४ मा आज बौद्धिक पेशाकर्मी अभियान परिषद्द्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान, अन्तरक्रिया तथा भेटघाट कार्यक्रम।
-
Gagan Thapa
@thapagk
नयाँ वर्ष २०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी र आमाबुबाहरूलाई सुस्वास्थ्य र समुन्नत भविष्यको हार्दिक शुभकामना!
नववर्ष हामी सबैका लागि सकारात्मक परिवर्तन, आपसी सद्भाव र प्रेरणादायी यात्राको सुरुवात बनोस्। हरेक दिन आशाले भरिएको होस् र हरेक प्रयास सफल होस्।
जय नेपाल! -
Gagan Thapa
@thapagk
शिक्षक आन्दोलन समाधान सम्बन्धी मेरो धारणा
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
भोजपुरमा आयोजित नेपाली कांग्रेसको दोस्रो जिल्ला सम्मेलनमा सहभागी हुँदै संगठन सुदृढीकरण, समावेशी सहभागिता र स्थानीय मुद्दाहरूमा केन्द्रित संवादमा सहभागी भएँ।
नेपाली कांग्रेस भोजपुरका भातृ संगठन, शुभेच्छुक संस्था तथा साथीहरूसँग उहाँहरूका समस्याहरु, मुद्दाहरू सुने। स्थानीय नेताहरूको प्रतिबद्धता र साथीहरूको उत्साहले पार्टीलाई अझ सबल बनाउने मा म विश्वस्त छु। भोजपुरका सबै साथीहरू प्रति आभार! -
Gagan Thapa
@thapagk
"ध्यानं समनुपस्सन्तं, मङ्गलपुष्करिणी सुखं"
रुपन्देही जाँदा ‘मंगलपुष्करिणी दह धार्मिक महोत्सव’मा सहभागी हुने अवसर प्राप्त भयो।
यो महोत्सवले मंगलपुष्करिणी दहको संरक्षण र विकासमा मात्र होइन, देवदह क्षेत्रको धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु। -
Gagan Thapa
@thapagk
स्वतन्त्रता हामीले सजिलै पाएका होइनौं। त्याग, बलिदान र कयौं पीडादायी संघर्षहरू पार गरेर यहाँसम्म आइपुगेका हौं। हिजो सुरजपुरा पुगेँ, त्यही ठाउँ जहाँ २०४० साल फागुन २० गतेको त्यो दुखद घटना घटेको थियो।
त्यो दिन नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला, नेताहरू सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत रुपन्देही जिल्लाका पार्टीका नेताहरू छलफलका लागि यहाँ भेला हुनुभएको थियो। छलफल चलिरहेका बेलामा, त्यसबेलाको सरकारको संरक्षणमा सयौंको संख्यामा आएका हातहतियारधारी गुण्डाहरूले आक्रमण गरे। पार्टीका साथीहरूले नेताहरूलाई जोगाउनुभयो। तर, हामीले हाम्रा दुई कर्मठ साथीहरू यादवनाथ आलोक र रामप्रसाद चौधरी गुमायौं। धेरै साथीहरू घाइते हुनुभयो।
हिजो रूपन्देहीको कार्यक्रममा आउँदा सुरजपुराको यो पवित्र स्थलमा पुग्ने मौका मिल्यो। पुष्पानन्द गिरीको परिवारसँग भेट हुँदा, इतिहासलाई महसुस गर्ने र अझ प्रतिबद्ध भएर अघि बढ्ने प्रेरणा लिएर फर्किएको छु।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४, प्रदेश "ख" को दोस्रो प्रदेश सम्मेलन तथा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम।
-
Gagan Thapa
@thapagk
हिजो नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १, रुपन्देहीको दोस्रो क्षेत्रीय सम्मेलनमा सहभागी भएँ।
स्थानीय नेता र साथीहरूको सहभागिता, प्रतिबद्धता र उत्साहले अझ ऊर्जा थपेको छ।सङ्गठनलाई सुदृढ गर्दै लोकतन्त्रलाई अझ मजबुत बनाउने यात्रामा हामी निरन्तर अघि बढिरहेका छौँ।Post not available here, view on X
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
अछाम, बान्निगढि जयगढ गाउँपालिका ३, जगगढ बजारमा एल. पी. ग्यास विस्फोटपछि भएको आगलागी त्यस कारण भएको क्षतिको खबरले दुखित बनाएको छ। घटनामा घाइते सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
यस्तो सङ्कटको बेलामा राहत, क्षतिपूर्ति, उद्धार र पुनःस्थापना तुरुन्त अघि बढाउनु पीडितहरूप्रति राज्यको प्राथमिक दायित्व हो। त्यसको लागी सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गरिरहेका छौँ। जलनको उपचार आफैमा जटिल भएकाले थप संवेदनशील भएर लाग्नुपर्नेछ। म, पार्टीका साथीहरू लगायत सबैलाई पनि आ-आफ्नो ठाउँबाट आवश्यक राहत, क्षतिपूर्ति, उद्धार र सहयोगमा लाग्न हार्दिक अपिल गर्दछु। -
Gagan Thapa
@thapagk
वरिष्ठ पत्रकार भैरव रिसालप्रति हार्दिक श्रद्धासुमन!
नेपाली पत्रकारिताको पहिलो पुस्ताका प्रतिनिधि भैरव दाइको निधन सँगै एउटा युगको अन्त्य भएको छ। उहाँका लेखनी, विचार र योगदान प्रति हामी सर्वदा कृतज्ञ रहने छौ।
उहाँको आत्माले मोक्ष प्राप्त गरोस्। शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
आज नेपाल तरुण दल, तनहुँद्वारा आयोजित ‘तरुण यात्रा’ पुस्तक विमोचन तथा प्रशिक्षण कार्यक्रममा सहभागी भई विचार, संगठन र नेतृत्वको सशक्तिकरणमार्फत युवा राजनीतिलाई अघि बढाउने विषयमा नेपाली कांग्रेसको धारणा प्रस्तुत गरें।
युवाहरूको क्षमता विकास र सार्थक सहभागिता आजको समयको आवश्यकता हो।
जय नेपाल! -
Gagan Thapa
@thapagk
आज नेपाल थारु संघ, दाङ क्षेत्र नं. ३ को प्रथम अधिवेशन तथा सम्मेलनमा सहभागी भई संस्थागत संरचना सुदृढीकरण र सामाजिक न्यायमा आधारित राजनीतिक सशक्तिकरणका सन्दर्भमा नेपाली कांग्रेसको धारणा प्रस्तुत गरे।
थारु समुदायको पहिचान, अधिकार र राजनीतिक सहभागितालाई संस्थागत गर्दै समावेशी लोकतन्त्र र सामाजिक न्यायको यात्रालाई अघि बढाउनु हाम्रो साझा उद्देश्य हो।
स्थानीय तहमै संगठनलाई सुदृढ बनाउँदै अघि बढ्नु नेपाली कांग्रेसको प्राथमिकता हो। सम्मेलनमा उपस्थित भई आत्मीयता र उत्साह प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
जय नेपाल! -
Gagan Thapa
@thapagk
What a great performance, 1974AD! Anjana and I were grateful to once again be in the audience, surrounded by your enthusiastic fan followers bursting at the seams. It was a much-needed break. From those nostalgic experiences at Dashrath Stadium to the HYATT ground, we can only be proud to have a Nepali band that has the power to unite Nepalis, both at home and abroad, across generations!
-
Gagan Thapa
@thapagk
राम नवमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यो विशेष दिनले हाम्रो जीवनमा शान्ति, सदाचार र सकारात्मक सोचको उज्यालो ल्याओस्।
शुभ रामनवमी ! -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेसका महामन्त्री मा. विश्व प्रकाश शर्माले आज संसदमा भनेझैं, "हामीले गर्नुपर्ने सुधार हाम्रो संविधानले परिकल्पना गरेको व्यवस्थाभित्र हो। हामीले सरकार-सत्ता सञ्चालनमा अपनाइरहेका तौरतरिकामा हो। त्यसका लागि हामीले संविधान संशोधन गर्न सक्छौं, व्यवस्थाभित्र पात्र फेर्न सक्छौं, तर यो व्यवस्थाको विकल्पमा जाने कुरा उचित होइन, छैन। यो हाम्रो हितमा छैन। एक परिवारको एउटै व्यक्ति केन्द्रित शासन व्यवस्थाले हाम्रा समस्या हल गर्छ भन्ने कुरा त झन् सोचनीय नै छैन।"
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
ईद-उल-फित्रको अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। संयम र आत्मशुद्धिको यो पर्वले सबैमा शान्ति, समुन्नति र आपसी सद्भावको भावना फैलाओस्।
ईद मुबारक! 🤲 -
Gagan Thapa
@thapagk
आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?
हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने?
मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन,
निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन। -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस नवलपरासी क्षेत्र नंबर २ को प्रथम क्षेत्रीय सम्मेलन
-
Gagan Thapa
@thapagk
लोकतान्त्रिक आन्दोलनका नायक, शान्ति प्रक्रियाका आधार स्तम्भ तथा नेपाली राजनीतिका शिखर पुरुष श्रद्देय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पन्ध्रौं स्मृति दिवसको अवसरमा उहाँप्रति गहिरो सम्मान र श्रद्धाञ्जली अर्पण गर्दछु।
-
Gagan Thapa
@thapagk
आज नेपाली कांग्रेस पार्टी कार्यालयमा क्रियाशील सदस्यता वितरण सम्बन्धी विषयमा गहन विमर्श र छलफल भयो।
क्रियाशील सदस्यता वितरणमा प्रत्येकले आफ्नो जिम्मेवारी पूरा गर्दा, हामी सहजै र समयमै नेपाली कांग्रेसको अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सक्नेछौँ।
जय नेपाल!! -
Gagan Thapa
@thapagk
Glad to be part of the discussions at Ilam Literature Festival 2025—big thanks to the organizers, speakers, and audience for this event!
-
Gagan Thapa
@thapagk
पाँचथर तुम्बेवा गाउँपालिकाको मौवा बजारमा।
-
Gagan Thapa
@thapagk
फागुपूर्णिमा होलीको सबैमा हार्दिक शुभकामना! सुरक्षित रूपमा होली खेलौं, खुशी बाँडौं!
-
Gagan Thapa
@thapagk
संसदमा आज
लोकतन्त्रमा नागरिक नै सबैभन्दा बलियो हुन् — प्रश्न गरौं, आलोचना गरौं, तर घृणा नफैलाऔं; कानुनी समानता, निष्पक्ष शासन र तथ्यमा आधारित बहसको संस्कृति विकास गरौं!This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
रोजगारीका कुरा गरौं
रोजगारीको लागि काम गरौं ।
नेपाली कांग्रेसले "राजनीतिक विमर्शको केन्द्रमा रोजगारी - सरकारको प्राथमिकतामा रोजगारी" सोचका साथ "हामी सक्छौं – मिसन रोजगारी" सुरु गरेको छ । यो अभियान नेपाली कांग्रेस पुस्तकालय तथा अध्ययन स्रोत केन्द्र विभाग अन्तर्गत सञ्चालन हुनेछ। -
Gagan Thapa
@thapagk
पार्टी कार्यालयमा विषयगत समाधान खोज्ने संवादहरू जारी छन् :
'पूर्वाधार निर्माण: अवरोध र समाधान' अन्तर्गत आजको छलफल 'वन तथा वातावरण' विषयमा केन्द्रित थियो।नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा पूर्वाधार विकासका समस्याहरूको समाधान खोज्ने क्रममा आज 'पूर्वाधार मिमाशां' को पाँचौँ शृङ्खला सम्पन्न भयो।
वातावरणविद् ई. निरञ्जन श्रेष्ठले प्रस्तुति दिनुभएको कार्यक्रममा प्रा. डा. राजेश राई, डा. चन्द्र पोखरेल, सिडेन अध्यक्ष ई. लक्ष्मण केसी तथा नेपाली काँग्रेस नेता सुवास पोखरेलले आ-आफ्नो धारणा राख्नु भयो।
वन, वातावरण, इन्जिनियरिङ, कानुन तथा राजनीति क्षेत्रमा सक्रिय साथीहरूको सहभागिताले पूर्वाधार निर्माणका अवरोध हटाउन महत्त्वपूर्ण निष्कर्ष प्राप्त भएको छ। -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण कार्यक्रमको आज दोस्रो दिन।
समूहगत छलफल, प्रस्तुति तथा सरकारमा रहनुभएका मन्त्रीहरूको धारणा सहित कार्यक्रम सम्पन्न भयो। यसको सफल आयोजनाका लागि नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई हार्दिक बधाई तथा धन्यवाद!
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण कार्यक्रम रुपन्देहीमा।
-
Gagan Thapa
@thapagk
हिजो नेपालगंजमा आयोजित "संविधान संशोधन: आवश्यकता र चुनौती" विषयक अन्तरक्रिया कार्यक्रम नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनको संयुक्त आयोजनामा सम्पन्न भयो।
न्यानो स्वागतको लागि 🙏
कार्यक्रममा विचार प्रस्तुत गर्नुहुने संविधानविद् तथा सहभागी सबैमा धन्यवाद!
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
Today: Nepal Literature Festival 2025, Pokhara
-
Gagan Thapa
@thapagk
ग्याल्बो ल्होसारगी थाम्जीला टाशीदेलेग।
२१५२ ग्याल्बो ल्होसारको उपलक्ष्यमा सम्पुर्ण शेर्पा समुदाय लगायत बौद्धधर्मालम्बीहरुमा हार्दिक शुभकामना। -
Gagan Thapa
@thapagk
I have been traveling to various religious sites in Nepal and India to experience the deeply rooted spiritual elements of these holy sites. On each occasion I was filled with a sense of profound healing which reinforced my personal beliefs even further.
One such extraordinary, once-in-a-lifetime experience was at the Maha Kumbh in Prayagraj, and I take this opportunity to extend my heartfelt congratulations to Prime Minister Shri @narendramodi ji and Chief Minister Shri @myogiadityanath ji for their commendable execution of the event.
During these visits, I realized the immense potential for spiritual growth and healing these two countries can offer to our people.
Since Nepal and India complement each other so well on the realm of spirituality, we would like Indian spiritual seekers to explore more of this journey on the Nepali side too.
We are keen to explore together, the vast potential of welcoming Indian spiritual wisdom seekers to our nation at a scale, while also working within sectors inside the country in providing them with a fulfilling and wholesome experience. -
Gagan Thapa
@thapagk
आज पोखरामा नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित 'नेपालको आर्थिक परिवेशः नेपाली कांग्रेसको दृष्टिकोण' विषयक अन्तरक्रिया कार्यक्रममा थियौँ।
नेपालको आर्थिक समृद्धिका लागि उद्योग, व्यापार, लगानी, र उद्यमशीलताको प्रवर्द्धनमा नेपाली कांग्रेसको दृष्टिकोण र प्रतिबद्धता अझ मजबुत बनाउँदै लैजान्छौं। स्वस्थ प्रतिस्पर्धा, नवीन सोच, र समावेशी विकासको बाटोबाट मात्रै समृद्ध नेपालको परिकल्पना सम्भव छ।
कार्यक्रममा सहभागिता जनाउनु भएका सबै उद्यमी, व्यवसायी, विज्ञ, र शुभेच्छुकहरूप्रति धन्यवाद! -
Gagan Thapa
@thapagk
नेपाल महिला फुटबल टोलीले Four Nations Cup को फाइनलमा म्यानमारविरुद्धको प्रतिस्पर्धामा सोचेजस्तो नतिजा हासिल गर्न सकेन। हामीले जित हुँदा जसरी खुसी मनाउँथियौ, पराजयमा पनि हतोत्साह होइन, अझ मजबुत भएर फर्किने प्रेरणा दिऔँ। फाइनलसम्मको यात्रामा देखाएको संघर्ष, मेहनत र समर्पण प्रेरणादायी छ। अझ राम्रो खेल्दै नेपालले फेरि बलियो रूपमा फर्कनेछ।
-
Gagan Thapa
@thapagk
२६२ औं सेना दिवसको शुभकामना !
Happy Nepal Army Day ! #nepalarmy -
Gagan Thapa
@thapagk
महाशिवरात्रि पर्वको पावन उपलक्ष्यमा देश-विदेशमा रहनुभएका सम्पूर्ण सनातन धर्मावलम्बीहरूलाई हार्दिक मंगलमय शुभकामना।
आशुतोष भगवान श्री पशुपतिनाथको प्रांगणबाट पाशुपत क्षेत्रमा पाल्नुहुने सबैमा सुस्वागतम् ! -
Gagan Thapa
@thapagk
प्यूठानको सभा सम्पन्न गरी अबेर राति दाङको राप्ती गाउँपालिका, सिसनिया पुग्दा साथीहरुको न्यानो स्वागत।
-
Gagan Thapa
@thapagk
रोल्पा बहु प्राविधिक शिक्षालय एवं जलजला बहुमुखी क्याम्पसमा शिक्षक तथा विद्यार्थीहरूसँग अन्तरक्रिया।
-
Gagan Thapa
@thapagk
रोल्पाको लिबाङमा सन स्टार युवा क्लबद्वारा आयोजित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हेर्ने क्रममा उत्साही खेलाडीहरूको जोश र स्थानीय समुदायको उल्लेखनीय सहभागिता देख्न पाइयो। यस्ता प्रतियोगिताले खेलकुद प्रवर्द्धन गर्दै युवालाई प्रेरित गर्नुका साथै स्थानीय आर्थिक गतिविधिलाई पनि टेवा पुर्याउँछ। आयोजक तथा सहभागी सबैलाई शुभकामना!
-
Gagan Thapa
@thapagk
१५ वर्ष पछि रोल्पामा आएको छु।
यो दौरानमा रोल्पा फेरिएको छ, रोल्पा परिवर्तन चाहान्छ, रोल्पा अगाडी बढ्न चाहान्छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रोल्पाको दोस्रो जिल्ला सम्मेलनको लागी लिवाङमा उर्लिएको रोल्पालीको उत्साह विशेष थियो, माया अपार थियो। यो माया, यो माहोलको लागि सबै प्रति हार्दिक आभार! रोल्पाको समुन्नतिमा हामी सबै संगै छौं।Post not available here, view on X
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
हिजो सल्यान, आज रोल्पा!
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रोल्पाको दोस्रो जिल्ला सम्मलेनको लागी आज रोल्पामा छु। सल्यानबाट रोल्पा जानेक्रममा सल्यानको कपुरकोट, रोल्पाको त्रिवेणी लगायतका स्थानमाहरु मा स्थानीय साथीहरू सँग भेट गर्दै हामी रोल्पा लिवाङको कार्यक्रममा पुगेका छौं। -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस, केन्द्रीय सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान! तथ्यमा आधारित प्रचार अभियान!!’ कार्यक्रममा हिजो विराटनगरमा!
युवाको सक्रिय भूमिका, सही सूचना प्रवाह र तथ्यमा आधारित प्रचारको महत्त्वबारे उपयोगी छलफल भयो, जसले जिम्मेवार नागरिक चेतना अभिवृद्धि गर्न सकारात्मक भूमिका खेल्ने विश्वास लिएको छु।Post not available here, view on X
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
काठमाडौं महानगरपालिका वडा नं. ८, नवाली टोलमा रहेको नित्यनाथ सत्तलको पुनर्निर्माणका लागि आज शिलान्यास सम्पन्न भयो। पुनर्निर्माणपछि यहाँ पुस्तकालय, सामाजिक कार्यका लागि हल र नित्यनाथ मन्दिर रहनेछ। परम्परागत वादन तथा गायन सिक्नुअघि नित्यनाथको पूजा गर्ने परम्परा रहिआएको छ। सम्पदा संरक्षणलाई प्राथमिकता दिँदै काठमाडौं महानगरपालिकाले निरन्तर लगानी गरिरहेकोमा काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभागलाई धन्यवाद!
-
Gagan Thapa
@thapagk
आज नेपाली कांग्रेस पूर्वखोला गाउँपालिका कार्यसमितिद्वारा आयोजित 'प्रथम लोकतान्त्रिक महोत्सव - २०८१' मा सहभागिता जनाउन पाउँदा खुशी लाग्यो। स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रमहरू र विविध आकर्षक प्रस्तुतिहरूका साथै गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय नेतागण र समर्पित कार्यकर्ताहरूको उत्साहजनक सहभागिताले महोत्सवलाई अझ विशेष बनायो।
Post not available here, view on X
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
२००७ सालको परिवर्तनले केवल राणाशासनको अन्त्य मात्र गरेन, सामाजिक परिवर्तनको मार्ग प्रशस्त गर्दै नेपाली समाजलाई स्वतन्त्रता, समानता र सामाजिक न्यायतर्फ अघि बढायो।
अभिव्यक्तिको स्वतन्त्रता लगायतका मौलिक हकहरू त्यस परिवर्तनको अमूल्य उपलब्धि हुन्, जसको महत्व आज पनि उत्तिकै गहिरो छ। यही स्वतन्त्रताका लागि आन्दोलनहरू भए, पार्टीहरू जन्मिए र प्रजातन्त्र स्थापित भयो। यदि हामीले यी आधारभूत मूल्यहरूलाई मजबुत बनाउँदै अघि बढ्न सकेनौं भने, हाम्रो प्रजातान्त्रिक यात्राले आफ्नो सही दिशा गुमाउन सक्छ।
प्रजातन्त्र दिवसको अवसरमा हार्दिक शुभकामना ! -
Gagan Thapa
@thapagk
महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो। परिवारसँग कुम्भ मेलामा स्नान गर्दाका केही यादगार झलकहरू।
-
Gagan Thapa
@thapagk
कर्णालीको समृद्ध संस्कृति, परम्परा, कला र पहिचानलाई एकै थलोमा उजागर गर्ने कर्णाली उत्सव छैठौं संस्करणका साथ फेरि सुर्खेतमा आयोजना हुँदैछ। फागुन ५, ६, र ७ गते सिटी हलको आँगनमा कर्णालीका कथा, संगीत, नृत्य र परिकारलाई मनाउने अवसर हुनेछ। कर्णाली उत्सवको सफलताको कामना!
-
Gagan Thapa
@thapagk
आज नेपाल मुस्लिम संघ लुम्बिनीको प्रथम अधिवेशनको लागी रुपन्देही थियौं। अधिवेशनको सफलताको लागि नेपाल मुस्लिम संघ लुम्बिनीलाई हार्दिक बधाई तथा नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना। लोकतान्त्रिक मूल्यमान्यता, सहिष्णुता र समावेशी राजनीतिका पक्षमा हाम्रो साझा प्रतिबद्धता अझ बलियो बनोस् भन्ने कामना गर्दछु।
-
Gagan Thapa
@thapagk
हामी हाम्रो निजी घर समयमा बनाउन सक्छौँ, तर सरकारी आयोजना चाहे त्यो सडक होस् वा भवन कहिल्यै पनि समयमा सम्पन्न हुन सक्दैन। यस्तो किन होला? हामी सबै सरकारमा बसिसकेका छौँ, तर सरकार फेरिए पनि पूर्वाधार निर्माणको गति उस्तै छ। अब एक-अर्कालाई आरोप लगाउने होइन, समाधान खोज्नु आवश्यक छ। सरकारी खर्चमा बन्ने पूर्वाधारहरूलाई तीव्र गतिमा, अझ चाँडो र प्रभावकारी रूपमा कसरी सम्पन्न गर्न सकिन्छ? त्यसको निम्ति समस्या मात्र उठाउने होइन, समाधान निकाल्ने प्रयास प्रारम्भ गरेका छौँ। यही क्रममा सरोकारवालासँग भएको छलफल।
-
Gagan Thapa
@thapagk
सुन्दर सुदूरपश्चिम !
केही दिनअघि बडीमालिका, त्रिपुरासुन्दरी, शैलेश्वरी, उग्रतारा, उदयदेव मन्दिर र खप्तड त्रिवेणी लगायत सुदूरपश्चिमका धार्मिक स्थलहरूको भ्रमण गर्ने क्रममा... नेपाल साँच्चै नै अद्भुत र सुन्दर छ! -
Gagan Thapa
@thapagk
संसदमा आज
जाजरकोटको भूकम्प, असोजको बाढी र पहिरो तथा अन्य प्रकोप पछाडिको पुनःस्थापना तथा पुन: निर्माणका बारेमा भइरहेका कामहरू, यस प्रयोजनका लागि स्रोत जुटाउन गरिएका प्रयास बारे सरकारले जानकारी गराउनुपर्छ।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको आज तेस्रो तथा अन्तिम दिन!
आज प्रशिक्षक, विज्ञ, पदाधिकारीहरूको कार्यपत्र तथा प्रस्तुतिहरूमा जिल्ला सभापतिहरूले आफ्ना कुराहरू राख्नुभयो। सरकार र पार्टी समन्वय, सङ्गठन, विधान संशोधन, पार्टी प्रोटोकल, प्रचार-प्रसार आदि विषयमा बृहत् छलफल र निष्कर्षसहित कार्यक्रम समापन भएको छ।
प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सफल र उपलब्धिमूलक रह्यो। यसको लागि नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई बधाई तथा धन्यवाद। -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आज पनि चल्यो। आजको प्रशिक्षण र अभिमुखीकरण ७७ जिल्लाका जिल्ला सभापति र प्रशिक्षण शाखा प्रमुखहरूको थियो। सबै जिल्लाबाट पार्टीका साथीहरू आउनुभएको छ। सबैसँग भेटघाट भलाकुसारी पनि सँगै भइरहेको छ।
-
Gagan Thapa
@thapagk
आज हामी पर्वतको प्रदेशसभा क्षेत्र 'ख' को प्रथम प्रदेश सभा क्षेत्रीय सम्मेलनमा सहभागी हुन बिहान पर्वत हुवास गएका थियौँ। यहाँ पर्वतका पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरूको उत्साहजनक उपस्थिती थियो।
-
Gagan Thapa
@thapagk
हामी केही दिन गण्डकी प्रदेशमा हुनेछौं!
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। आज 'प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण' कार्यक्रम सम्पन्न भयो। भोलि र पर्सि ७७ जिल्लाका सभापति तथा उपसभापतिहरूलाई प्रशिक्षण दिने कार्यक्रम छ।
पर्वतमा प्रदेशसभा क्षेत्र 'ख' को प्रथम प्रदेशसभा क्षेत्रीय सम्मेलन छ। उक्त कार्यक्रमका लागि भोलि २२ गते हामी पर्वत जाँदैछौं। -
Gagan Thapa
@thapagk
"विद्या ददाति विनयम्"
ज्ञानले हामीलाई विनम्रता प्रदान गर्छ। यस सरस्वती पूजा र वसन्तपञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपालीलाई विनम्रता र समुन्नति शुभकामना! -
Gagan Thapa
@thapagk
आज स्टार्टअप तथा साना तथा मझौला उद्यम सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको सफल आयोजना तथा व्यवस्थापनको लागी नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग प्रमुख उर्मिला थपलिया र उहाँको टिम लाई धन्यवाद तथा बधाई।
सम्मेलनका दौरान साना देखी ठुला विभिन्न उद्यम गरिरहनुभएका उद्यमी तथा व्यवसायी सँग प्रत्यक्ष भेट्यौ, उहाँहरूका कुराहरू सुन्यौ। सत्रहरूमा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वहरू लाई सुन्यौ। साना तथा मझौला व्यवसाय तथा स्टार्टअपको क्षेत्रमा गर्नुपर्ने तमाम काम हरू छन। उद्धमशिलता प्रवर्द्धनमा हामीले गरिरहेका प्रयासहरू लाई थप प्रभावकारी किसिमले अगाडी बढाउने कुरामा हामीलाई नयाँ सिकाइहरू पनि भएका छन। म उद्धमि बन्छु भनेर लाग्ने व्यक्तिलाई, यहाँको व्यावसायिक वातावरण सहज र साना उद्यम अनुकूल बनाएर उद्यमशीलता प्रवर्द्धन गर्ने कुरामा नेपाली कांग्रेसले आफ्ना विभिन्न प्रयासहरू सर्वदा जारी राख्ने छ।
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
सोनाम ल्होसारको अवसरमा सम्पूर्ण तामाङ समुदायलाई हार्दिक मंगलमय शुभकामना !
-
Gagan Thapa
@thapagk
आज स्टार्टअप तथा साना तथा मझौला उद्यम सम्मेलनको पहिलो दिन!
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय प्राङ्गण, सानेपामा राखिएका स्टलहरूमा साना, मझौला तथा स्टार्टअप व्यवसायीहरूका विभिन्न उत्पादनहरू प्रदर्शनीमा छन्। कार्यालयभित्र हलमा तीन सत्रमा साना तथा मझौला उद्यमका विभिन्न सरोकारका विषयमा छलफल भए।
पहिलो दिन उल्लासपूर्ण रूपमा सम्पन्न भयो। सम्मेलनको दोस्रो दिन पनि कार्यक्रम बिहान ९ बजेबाट सुरु हुनेछ।Post not available here, view on X
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले माघ १६ र १७ गते केन्द्रीय कार्यालय सानेपामा स्टार्टअप तथा साना तथा मझौला उद्यम सम्मेलन गर्दैछ।
सम्मेलनमा नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रूपान्तरण, नेपाली लगानीका लागि स्टार्टअप र SME हरूको भविष्य, कृषि उद्यमशीलता सम्बन्धी अवसर र चुनौती, IT क्षेत्रका लागि उद्यमशीलता र जनशक्ति विकास, साथै महिला उद्यमशीलता र प्रेरणादायी उद्यमशीलता यात्राबारे विषयगत सत्रहरू सञ्चालन हुनेछन्।
तपाईंहरू सबैलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु। भोलि सानेपामा भेटौँ है!This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
त्रिभुवन माध्यमिक विद्यालयको वार्षिकोत्सव मनाउन प्रतापपुर बेलाटारी जाँदा करुणा सागर धवल भाइको आर्टहरू हेर्ने मौका मिल्यो।
भाइमा सुन्दर आर्टहरू बनाउने अद्भुत क्षमता रहेछ। उनले बनाएको मेरो 'स्केच' उपहारस्वरूप ल्याएको छु। यो माया र मेहनतका लागि सबैप्रति आभारी छु। करुणा भाइलाई विशेष धन्यवाद तथा शुभकामना। -
Gagan Thapa
@thapagk
हिजो, हामी नवलपरासी, प्रतापपुरमा थियौं।
यस क्षेत्रको शिक्षा, सिकाइ र सामाजिक सचेतनामा महत्त्वपूर्ण भूमिका खेलेको प्रतापपुर-९ बेलाटारीस्थित ऐतिहासिक त्रिभुवन माध्यमिक विद्यालयको ७२औं वार्षिकोत्सव विशेष रूपमा मनायौं।
विद्यार्थीहरूले मेहनत गरेर बनाएका विभिन्न प्रदर्शनीहरू अवलोकन गर्यौं। 'Science Exhibition' विशेष थियो। विद्यार्थीको अतिरिक्त गतिविधिमा यस किसिमको सहभागिताले विद्यार्थीमा आलोचनात्मक चेतको विकास गर्दै सिकाइको दायरा विस्तार गर्छ। यस्ता गतिविधिहरू हाम्रा विद्यालयहरूमा उल्लेख्य रूपमा हुनुपर्छ।
विद्यालयको गर्विलो इतिहासको यात्रामा विभिन्न समयमा विभिन्न तवरले योगदान गर्ने सम्पूर्णलाई हार्दिक बधाई। त्रिभुवन माध्यमिक विद्यालयको भविष्य अझ गर्विलो बनोस्, विशेष शुभकामना। -
Gagan Thapa
@thapagk
'हाम्रो श्रम बजारलाई चाहिने सिपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक संस्थाको सबभन्दा महत्वपूर्ण भूमिका छ।'
आज नवलपरासी, प्रतापपुर–२, सेमरीस्थित प्रस्तावित आदर्श क्याम्पसको भवन शिलान्यास कार्यक्रममा रहेका बेला यहाँका शिक्षक, प्रध्यापक तथा साथीहरूसँग यहीँ विषयमा छलफल भयो। -
Gagan Thapa
@thapagk
नेपालले individual sports मा विश्व विजेता जन्माउन सक्छ, र चेस जस्तो खेलमा त्यसको सम्भावना असीमित छ। विद्यालयको पाठ्यक्रममा चेसलाई समावेश गरेर हाम्रो बालबालिकामा मानसिक विकास, रणनीतिक सोच र समस्या समाधानको क्षमतालाई प्रोत्साहन गर्न सकिन्छ भन्ने सम्भावनाको पनि छलफल भयो। कार्यक्रममा निम्तो दिएर बोलाउने KMAG Technology का लक्ष सापकोटा र सम्पूर्ण आयोजकलाई यो प्रयासको लागि धन्यवाद !
-
Gagan Thapa
@thapagk
म विश्वस्त छु, हामी सक्छौँ। नेपालमै सम्भावना उजागर गर्न सक्छौँ।
नेपालमा अर्थतन्त्र र रोजगारीको हिसाबले सम्भावना बोकेको क्षेत्र हो आइटी क्षेत्र। यो क्षेत्रले बोकेको सम्भावना बारे म उत्साहित छु। साथै यस क्षेत्रको हितको लागी धेरै सुधार गर्नुपर्नेछ भन्ने कुरामा प्रस्ट छु। त्यसको लागि प्रयास गरिरहेका छौं।कानुनी र नीतिगत तहमा पछिल्लो समय हामीले गरेका पहलले केही समस्याको हल निक्लिएको छ। आइटी क्षेत्रका स्थापित देखी नवप्रवेशी युवाहरू यसबाट उत्साहित हुनुहुन्छ।
यो बिचमा हामीले धेरै साथीहरू सँग बसेर छलफल गऱ्यौँ, उहाँका सुझावहरू सुन्यौं। यो प्रक्रियामा संयोजन गर्ने, सुझाव दिने, विश्वास गर्ने सम्पूर्ण साथीहरूलाई धन्यवाद। हामीले यो क्षेत्र सँग सम्बन्धित अन्य सुधारका विषयमा सुझाव सुनिरहेका छौँ, अध्ययन गर्दैछौं। थप सुधारको लागी हामी कटिबद्ध छौँ।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
आज बङ्गलादेशसँगको पहिलो खेलसँगै यु-१९ महिला टी-२० विश्वकपका सबै खेलमा उत्कृष्ट प्रदर्शनको हार्दिक शुभकामना! Best wishes, girls!
-
Gagan Thapa
@thapagk
निजी क्षेत्र उत्साहित छ!
निजी क्षेत्रका साथीहरूसँग सरकारले निजी क्षेत्रको विश्वास बढाउन र व्यावसायिक वातावरण सहज बनाउन हामीले गरेका र गर्न खोजेका प्रयासका सम्बन्धमा छलफल गर्यौँ।
अहिले गर्न खोजिएको कानुनी सुधारप्रति निजी क्षेत्रका साथीहरू उत्साहित हुनुहुन्छ। हामीले अहिलेभन्दा सहज रूपमा काम गर्न सकिने वातावरण निर्माणका लागि के-कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका छौँ। अब सुधारको रफ्तार बढाउनुपर्छ। -
Gagan Thapa
@thapagk
पूर्व प्रशासकहरूसँग छलफल गरेको छु।
सिमित स्रोत र साधनका बिच पनि सरकार र राज्यका निकायहरूले आफ्नो कामलाई कसरी कुशल सेवाप्रवाह र परिणाममुखी बनाउन सक्छन् भन्ने विषयमा छलफल भएको छ। आफ्नो अनुभव, अध्ययन र दक्षताका आधारमा उहाँहरूले दिनुभएका व्यवहारिक सुझाव र छलफलका निष्कर्षहरूलाई सरकारका प्राथमिकता कार्यान्वयनलाई सहज बनाउन गठन भएको राजनीतिक संयन्त्रमा प्रस्तुत गर्नेछु। -
Gagan Thapa
@thapagk
माघे संक्रान्ति, माघी पर्व, मकर स्नान तथा घ्यु चाकु खाने विशेष दिनको सम्पूर्णमा हार्दिक शुभकामना!
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस खुम्बु पासाङ ल्हामु गाउँपालिकाका सभापति एवं वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधनले दु:खित बनाएको छ। चुङ्बा शेर्पा प्रति हार्दिक श्रद्धाञ्जली साथमा परिवारजनमा समवेदना प्रकट गर्दछु।
-
Gagan Thapa
@thapagk
प्रजातन्त्र सेनानी देवीध्वज बस्नेतको निधनले दु:खित बनाएको छ। उहाँको निधनले नेपाली कांग्रेस र समग्र प्रजातन्त्र आन्दोलनलाई ठूलो क्षति पुगेको छ। स्वर्गीय देविध्वज बस्नेत प्रति हार्दिक श्रद्दासुमन, परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछु।
२००७ सालमा राणा शासन विरुद्धको आन्दोलनमा मुक्ति सेनामा लिखुखोला क्षेत्रबाट कमाण्डर, वि. सं २०१५ सालको समयमा पुर्व ३ नम्बर क्षेत्रको नेपाली काङ्ग्रेसका सभापति, ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य भएर प्रजातन्त्र प्राप्तिको लडाईंमा उहाँले निभाउनु भएको भूमिका प्रति हामी सर्वदा कृतज्ञ रहनेछौ। -
Gagan Thapa
@thapagk
प्रजातन्त्रको लागि भएका विभिन्न सङ्घर्षमा समर्पित योद्धाहरुको संगठन, नेपाल प्रजातन्त्र सेनानी संघ बाग्मती प्रदेशको अधिवेशन सफल सम्पन्नता एवं सक्षम नेतृत्व चयनको शुभकामना !
बागमती प्रदेश सरकारले आज संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्रदेशका सवालहरू केन्द्रित छलफल कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा नयाँ आयामबाट छलफल भएका छन। -
Gagan Thapa
@thapagk
हिजो पोखरामा नेपाली कांग्रेस प्रदेश तथा स्थानीय विभाग गण्डकी प्रदेशले आयोजना गरेको 'प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि' विषयक गण्डकी प्रदेशस्तरीय एक दिने अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरू सँग छलफल भयो। हिजो नै, नेपाल मुस्लिम संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। मुस्लिम संघमा निर्वाचित सभापति शाह मोहम्मद लगायत सम्पूर्ण साथीहरूलाई बधाई तथा शुभकामना। हिजो अबेर सम्म गण्डकी प्रदेश भित्रका विभिन्न संरचनामा रहेका साथीहरूसँग जिल्लागत रूपमा बसेर पार्टीका यावत विषयमा फलदायी कुराकानी गर्यौ।
आज बिहान देखि दिउँसोभर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पार्टी कार्यालयमा राखेको भेटघाट तथा छलफल कार्यक्रममा विभिन्न पेशागत सङ्गठनका साथीहरू, बुद्धिजीवी, पर्यटन व्यवसायी, भातृ तथा शुभेच्छुक संस्थाका साथीहरू लगायत पार्टीका नेता कार्यकर्तासँग छलफल भयो।Post not available here, view on X
Gagan Thapa
@thapagk
Gagan Thapa
@thapagk
-
Gagan Thapa
@thapagk
अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन चितवनमा आयोजित “लोकतान्त्रिक समाजवादका भाष्यकार प्रा. डा. यज्ञ प्रसाद अधिकारीको जीवन सङ्घर्षका बारेमा लेखिएका लेखकहरूको सङ्ग्रह” पुस्तक विमोचन समारोह, रक्तदान कार्यक्रम, र अन्य विभिन्न कार्यक्रमहरूमा सहभागी भएर बित्यो।
यो नयाँ वर्ष सबैका लागि सुखद होस् । हार्दिक शुभकामना! -
Gagan Thapa
@thapagk
गुरुङ समुदायको महान चाड तमु ल्होसारको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना !
-
Gagan Thapa
@thapagk
क्रिसमसको उपलक्ष्यमा सम्पूर्ण ईसाई धर्मावलम्वीहरूमा हार्दिक मंगलमय शुभकामना !
-
Gagan Thapa
@thapagk
Janakpur Bolts का समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। No If No But.
-
Gagan Thapa
@thapagk
Nepal Premier League- NPL को उपाधि जित्न सफल Janakpur Bolts लाई धेरै धेरै बधाई! 📷📷
यस प्रतियोगिताले नेपालमा क्रिकेटको क्रेज र सम्भावनालाई विश्व क्रिकेट जगतमा झन् गज्जबले स्थापित गर्यो। घरेलु प्रतियोगिताको सफलताले नेपाली क्रिकेट झन् ग्लोबल बन्यो।
यसको परिकल्पना र सफल आयोजनको लागि नेपाल क्रिकेट सङ्घ (CAN) लगायत यसका सबै प्रायोजकहरू तथा सम्पूर्ण सरोकारवालालाई विशेष धन्यवाद।
तर यो सफलताको सबै भन्दा ठुलो हकदार भने नेपाली क्रिकेट फ्यान्स नै हो ! -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेसका नेता, पुर्व मन्त्री तथा काठमाडौं नगरका पुर्व मेयर पी एल सिंह को निधनले दु:खित बनाएको छ।
स्वर्गीय पी एल दाइ प्रति हार्दिक श्रद्दासुमन, परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछु। -
Gagan Thapa
@thapagk
प्रकृति र परम्पराको संरक्षण गर्दै, सामाजिक एकता र सांस्कृतिक धरोहरलाई सजीव राख्ने य:मरि पुन्हि, उधौली पर्व र धान्यपूर्णिमाको सम्पूर्णमा शुभकामना !
-
Gagan Thapa
@thapagk
चितौन कचेहेरी: विचारहरूको उत्सव।
कार्यक्रममा ‘नयाँ युगको नयाँ राजनीति: सक्किने डर कि सचिने अवसर?’ विषयमा छलफलका लागि प्यानलिस्टको रूपमा निमन्त्रणा गर्नुभएकोमा डा. जीवन क्षेत्रीप्रति हार्दिक आभार व्यक्त गर्दछु। काठमाडौं बाहिर यस्ता विचारका उत्सवहरू निरन्तर चलिरहून् भन्ने कामना गर्दछु। -
Gagan Thapa
@thapagk
विश्व दाई, मिङमा शेर्पा, लाक्पा शेर्पा, प्रकाश लामिछाने, सुभाष अधिकारी, पदम शर्मासहितको टोलीलाई लोबुचे हिमालको सफल आरोहणको बधाई !
-
Gagan Thapa
@thapagk
मङ्सिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट विजयी सम्पूर्ण जनप्रतिनिधिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
-
Gagan Thapa
@thapagk
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कृषि र किसानका कुरा!
केही दिनअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा माननीय मन्त्रीज्यू, सचिवज्यू, लगायत मन्त्रालयका अधिकारीहरू, अन्य सम्बन्धित प्रतिनिधिहरूसँग कृषिका मुद्दा र किसानका समस्याका बारेमा छलफल भयो। छलफलका क्रममा मैले २०७१ भदौदेखि २०७३ भदौसम्म संसदको कृषि तथा जलस्रोत समितिको सभापतिको रूपमा रहँदाको अनुभव, भू-उपयोग नीति, ऐन र कृषि विकास रणनीति तर्जुमा गर्दा समितिले लिएको अग्रसरता, कृषि क्षेत्रको नीतिगत र संरचनागत समस्या हल गर्न गरेका प्रयास र त्यसयता निरन्तर उठाइरहेका केही विषयहरूको स्मरण गराएको थिएँ। खासगरी कृषि उपजको समर्थन मूल्य तोक्ने, कृषि सम्बन्धी एकीकृत कानून तर्जुमा गर्ने, समयमा मल उपलब्ध हुने वातावरण निर्माण गर्ने, कृषि कर्जालाई सहज र व्यवस्थित बनाउने, कृषि उपजको बजारीकरण, कृषि अनुदानलाई पारदर्शी बनाउने र भौचर प्रणाली लागू गर्ने लगायतका निम्न विषयमा हामीले गम्भीर चासो राख्दै ध्यानाकर्षण गराएका छौँ।
१. उखु किसानले पाउनुपर्ने उखुको न्यूनतम समर्थन मूल्य (MSP) का सम्बन्धमा:
उखुको समर्थन मूल्य समयमा नतोकिने र किसानले समयमा रकम नपाउने अवस्थाको अन्त्य गर्न मन्त्रालयले समयमै ध्यान पुर्याउनु आवश्यक छ। यस वर्ष पनि उखु क्रसिङको सिजन सुरु भइसक्दा समेत उखुको समर्थन मूल्य निर्धारण भएको छैन। जसले गर्दा उद्योगहरूले पुरानै वर्षको मूल्यको आधारमा उखु खरिद गर्ने र किसानले उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य हुँदा किसानलाई घाटा हुने अवस्था छ। अघिल्ला वर्षहरूमा जस्तै किसानले उखुको उचित मूल्य नपाउने अवस्था नबनोस् भन्नका लागि किसानहरूले उखु काट्न नसक्दै उखुको उत्पादन लागत र चिनीको वर्तमान बजार मागको आधारमा समर्थन मूल्य तोक्नुपर्दछ। नेपाल उखु उत्पादक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव तथा संविधानसभा सदस्य एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललगायत हामीसँगको छलफलमा मन्त्रीज्यूले 'मङ्सिर १५ गतेभित्र मूल्य निर्धारण गरिसक्छु' भन्ने प्रतिबद्धता जनाउनुभएको छ। हामी अपेक्षा गर्छौँ यो समयभित्र मूल्य निर्धारण हुनेछ।
२. कृषि विधेयक र सम्बन्धित कानूनको विषयमा:
सङ्घीय एकीकृत कृषि ऐन र कृषि बजार ऐन बनाउनका लागि हामीले लामो समयदेखि निरन्तर संसदमा आवाज उठाउँदै आएका र सरकारलाई पनि झक्झकाइरहेको कुरा मन्त्रीज्यूलाई पुनः स्मरण गराएको छु। सङ्घीय एकीकृत कृषि ऐन बनाउने कुरालाई प्राथमिकतामा राखेर सम्बन्धित विधेयक आगामी अधिवेशनमा संसदमा ल्याउनुहोस्। हामी शीघ्र कानुन बन्ने गरी काम गर्छौँ भनेका छौँ। मन्त्रीज्यूले छिट्टै विधेयक ल्याउने कुरा गर्नुभएको छ। यसका साथै हाम्रै पहलमा भू-उपयोग नीति र ऐन बन्यो तर यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। यो नै व्यावसायिक कृषि विकासको महत्वपूर्ण आधार हो। अतः अन्य सरोकारवाला निकायसँग सहकार्य र समन्वय गरी यथासक्य छिटो कृषि जमिनको संरक्षण तथा एकीकरण गर्न यसको कार्यान्वयनमा जोड दिनुपर्ने कुरामा ध्यानाकर्षण गराएका छौँ।
३. समयमै मल उपलब्ध गराउने विषयमा:
किसानले समयमा मल नपाउने विषय पछिल्लो तीन वर्षमा थोरै सुधार भए पनि संरचनात्मक सुधार नभएको कारणले बर्षेनी केही-केही समस्या आउने गरेको छ। यो समस्याको दिगो व्यवस्थापन र संरचनागत सुधार भएको छैन, जसले गर्दा जुनसुकै बेलामा अप्ठ्यारो पर्न सक्छ। भेटका क्रममा मन्त्रालयका तत्कालका केही योजना बताउनुभएको छ। मन्त्रीज्यूलाई भनेको छ– ‘मन्त्रालयले यस सन्दर्भमा दिगो समाधान र संरचनागत व्यवस्थापनका लागि लिनुपर्ने अग्रसरता समयमै लियोस्। मैले आफ्नो ठाउँबाट र पार्टीको तर्फबाट गर्नुपर्ने पहलकदमी र सहजीकरण गर्नेछु।’
४. किसानले पाउने व्यावसायिक कृषि कर्जा र भुक्तानीको समय सीमाका विषयमा:
बैंक तथा वित्तीय संस्थाले दिने व्यावसायिक कृषि कर्जालाई कसरी व्यवस्थित, सहज र प्रभावकारी बनाउन सकिन्छ भनेर संसदीय समितिको सभापति हुँदादेखि नै मैले उठाउँदै आएको छु। झण्झटिलो प्रक्रिया, अव्यावहारिक मापदण्ड र समयावधिले गर्दा वास्तविक कृषकहरूलाई गाह्रो परेको अवस्था छ। ऋणीले कर्जा पाँच वर्षमा थप २ वर्षको समयावधि थपेर तिरिसक्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले कतिपय बालीले कम्तीमा ५ वर्षमा मात्र उत्पादन दिन सुरु गर्ने हुनाले ५ वर्षमा नै सम्पूर्ण ऋण तिर्न सक्ने अवस्था छैन। यस कारणले कृषिमा दिने कर्जा अनुदानको भुक्तानी गर्ने समय सीमाको बारेमा कार्यविधि संशोधन गरेर आवश्यकता अनुसार सहज बनाउनुपर्नेछ। यसको लागि मन्त्रालयको राष्ट्र बैंकसँगको समन्वय आवश्यक छ। अविलम्ब यसको पहल लिन आग्रह गरेका छौँ। मन्त्रीज्यूले सकारात्मक प्रतिबद्धता जनाउनुभएको छ।
५. कृषि अनुदानको पारदर्शिताका विषयमा:
सरकारले विभिन्न शीर्षकमा कृषकलाई अनुदान दिने गरेको छ। कतिपय अवस्थामा यस्तो अनुदान प्रभावकारी रूपमा प्रयोग भएको छैन र कतिपय लक्षित वर्गसम्म पुग्न सकेको छैन। सरकारले दिने अनुदान पहुँचमा भएकाले मात्र प्रयोग गर्ने गरेको र व्यापक दुरुपयोग हुने गरेको आम गुनासो छ। यस सन्दर्भमा मन्त्रीज्यूलाई ‘आजसम्म सरकारबाट कसले कति अनुदान लिए र के मा प्रयोग गरे भनेर कम्तीमा दश वर्षको (२०७०-२०८०) अनुदान लिनेहरूको नाम सार्वजनिक गर्न’ आग्रह गरेको छु। साथै अनुदानलाई पारदर्शी र यथासक्य प्रतिफलमा आधारित बनाउन सकियो भने प्रभावकारिता बढी हुन्छ। अतः लक्षित वर्गको वित्तमा पहुँच (Access to Finance) र अनुदानमा पहुँच (Access to Subsidy) को अवस्था यकिन गरेर आवश्यक निर्णय लिने विषयमा केही सुझाव दिएका छौँ।
६. समन्वय र सहकार्य:
नेपालको कृषि क्षेत्रको विकासको अवरोधहरू कृषि तथा पशुपन्छी मन्त्रालयको क्षेत्राधिकारभन्दा बाहिर पनि छ भन्ने यथार्थलाई नकार्न सकिँदैन। अतः कृषि मन्त्रालयभित्रका संस्था र निकायबीचको समन्वयका साथै भूमि व्यवस्था, सिंचाइ, उद्योग लगायतका अन्य मन्त्रालय र तहगत सरकारबीचको समन्वयलाई सँगसँगै अगाडि बढाउन सके मात्र कृषि विकासले गति लिन सक्छ र कार्यक्रम कार्यान्वयनमा दोहोरोपन हट्न सक्छ। आजको दिनमा कृषि क्षेत्रमा पर्ने प्रभावका बारेमा सबैभन्दा जानकार स्थानीय तह नै भएकाले स्थानीय सरकारसँगको समन्वय र सबलीकरण झन् महत्वपूर्ण छ। यसतर्फ मन्त्रीज्यूलाई विशेष ध्यानाकर्षण गराएका छौँ।
कृषि क्षेत्रको सुधारका लागि मन्त्रीज्यूले चाल्ने यस्ता सकारात्मक अभियानमा म र पार्टीको तर्फबाट सधैँ साथ रहनेछ। -
Gagan Thapa
@thapagk
कार्बन व्यापार र जलवायु वित्तमा सुखद सुरुवात!
कोप–२९ मा नेपाल र स्वीडेनबीच कार्बन व्यापारसम्बन्धी पेरिस सम्झौताको आर्टिकल ६ अन्तर्गत पहिलो पटक दुईपक्षीय सम्झौता भएको छ। यससँगै हामीले उठाउँदै आएको विषय नेपालमा कार्बन व्यापार र जलवायु वित्तका सम्भावनाका क्षेत्रहरू थप खुल्दै जाने छन्।
यो सम्झौताले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न नेपालको राष्ट्रिय निर्धारित योगदान (NDC) कार्यान्वयनमा सहयोग पुग्नेछ। साथै, कार्बन व्यापारबाट नेपालले अझ धेरै लाभ प्राप्त गर्नेछ।
हामीले स्वीडेनजस्तै अन्य देशहरूसँग पनि दुईपक्षीय सम्झौता गरी जलवायु परिवर्तनका असरहरू कम गर्न तथा जलवायु वित्त र कार्बन व्यापारबाट लाभ लिन सक्नुपर्छ। -
Gagan Thapa
@thapagk
आदरणीय दाइ, पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनको खबरले स्तब्ध भएको छु।
उहाँले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, संसदीय प्रजातन्त्र सुदृढ बनाउन खेलेको भूमिका र मानवअधिकारको क्षेत्रमा पुर्याएको अतुलनीय योगदान लाई सर्वदा सम्झिरहने छौँ।
यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना एवं दाइप्रति हार्दिक श्रद्धा सुमन ! -
Gagan Thapa
@thapagk
हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा !
मा. सञ्जय गौतम र मैले, माननीय मन्त्रीज्यू, सचिवज्यू, लगायत मन्त्रालयका अधिकारीहरू, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक, नेपाल वायुसेवा निगमका अधिकारी, अन्य सम्बन्धित प्रतिनिधिहरू सँगको छलफलमा मूलतः दुई विषयमा हामीले गम्भीर चासो राख्दै ध्यानाकर्षण गराएका छौँ।
१. हवाई भाडामा भएको अस्वाभाविक वृद्धिको सम्बन्धमा:
क)अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको निर्माण कार्यको कारण फ्लाइटको सङ्ख्या कम भएको र यसको कारण भनेर अन्तर्राष्ट्रिय हवाई भाडा दर अस्वाभाविक रूपमा वृद्धि भएको छ। जसको सिधा असर आम मानिसमा परेको छ। हामीले यो सम्बन्धमा मन्त्रालयको धारणा सुन्यौ। यसलाई सुधार गर्न के काम भइरहेको छ भन्ने जानकारी लियौ।
ख) डिसेम्बर महिना बाट धेरै सुधार हुन्छ भन्ने कुरा आएपनी त्यसपश्चात्को हवाई भाडा दर पनि महँगो नै रहने अवस्था छ। यसको समाधानको लागी सबै उपायहरू लगाएर भाडदारमा भइरहेको अनियमितता लाई चेक गर्न आवश्यक रहेको बुझाउँदै हामीले हाम्रा सुझाव दिएका छौँ।
ग) यसरी विमानस्थलमा हुने निर्माण कार्यकै कारण देशको हवाई यातायात र भाडा दर प्रभावित हुनेभएकोले अहिले भइरहेको विमानस्थल निर्माणका कामहरूलाई 'के-कस्तो उपायहरू लगाएर थप गतिशील बनाउदै निर्माणको अवधि घटाउन सकिन्छ? जसले गर्दा निर्माण अवधि घट्न सक्छ।', भन्ने हाम्रो चासोको विषयमा मन्त्रालयले काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ, जुन सराहनीय छ।
२. कोरियामा जाने श्रमिकहरू महँगो हवाई-भाडदारका कारण एकदमै ठुलो मारमा परेका छन्। नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर हुन्छ वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्नुपर्छ भन्ने धारणा राख्यौँ। यस सम्बन्धमा मैले अध्ययन गरेर, अन्तरक्रिया गरेर लिएको सबै कुराको जानकारी गराएको छु। यसका लागी मन्त्रालयले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, EPS, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग एकै ठाउँमा बसेर, समन्वय गरी तत्काल निचोडमा पुगेर कार्यान्वयनमा लिएर जानुपर्नेछ। यसमा मन्त्रीजीले 'तुरुन्त काम हुने गरी प्रक्रिया अगाडी बढाउँछु' भन्ने कुराको विश्वास दिलाउनुभएको छ। -
Gagan Thapa
@thapagk
हामीले, @MPOfficeKtm4 सांसदको कार्यालय , मार्फत संचालन गरिरहेको Skill Up Campaign को छैटौं सत्र 'Financial Frontier' यहीँ मङ्सिर ८ गते शनिवार हुँदैछ।
वित्तीय ज्ञान र व्यक्तिगत वित्त को व्यवस्थापन, Financial Knowledge & Personal Financial Management सँग सम्बन्धित सीप सिक्न चाहाना राख्नेहरुले तलको लिङ्कमा गएर वा सँगैको QR Scan गरेर आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ।
Application Form: forms.office.com/r/FPGt9vJkG0 -
Gagan Thapa
@thapagk
गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन दिदीको असामयिक निधनले दुखी छु। स्वर्गीय बिमला दिदीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनहरूमा हार्दिक समवेदना !
-
Gagan Thapa
@thapagk
Congratulations to Nepal’s U19 Women’s Cricket Team for a historic victory over the UAE to secure a Nepal’s place in the ICC U19 Women’s T20 World Cup 2025.
A proud moment for us all. -
Gagan Thapa
@thapagk
हरिबोधिनी एकादशीको एवं तुलसी शालिग्राम विवाहको आजको पावन दिन, सम्पूर्ण सनातन वैदिक धर्मालम्बीहरुमा मंगलमय शुभकामना !
-
Gagan Thapa
@thapagk
आज पार्टी केन्द्रिय कार्यालयमा, एक कार्यक्रमका बिच नेपाल दलित संघ केन्द्रिय अध्यक्ष लगायत केन्द्रिय सदस्यज्युहरुलाई प्रमाणपत्र वितरण गर्यौ।
हार्दिक बधाई तथा सफल कार्यसम्पादनको शुभकामना! -
Gagan Thapa
@thapagk
आज फाल्गुनन्द जयन्ती!
सत्यधर्म मुचुल्काको मार्फत थाल्नु भएको समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा पुर्याउनु भएको महत्त्वपूर्ण योगदानको स्मरण गर्दै राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द प्रति हार्दिक श्रदासुमन !
महागुरु फाल्गुनन्दले अपनाउनुभएको दर्शनले हामी सबैलाई उत्प्रेरित गरिरहोस्। -
Gagan Thapa
@thapagk
'कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छ' कानुनी शासनको मान्यता यही हो।
कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ।
सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।
कुनै पनि व्यक्तिलाई राज्यले Selective ढङ्गले हेर्न पाइँदैन। यो विचार,आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो। म यो मान्यतामा अटल विश्वास गर्छु। त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन।
आज गणेशमान सिंहको जन्म जयन्ती,हामीले गणेशमान सिंहबाट सिकेको पनि यहीँ हो। उहाँका अटल विश्वास,आदर्श र निष्ठाको स्मरण सहित हार्दिक श्रद्धा सुमन! -
Gagan Thapa
@thapagk
हिजो जनकपूरमा अस्ताउँदो सूर्यलाई पूजा गरें। आज बिहान वीरगञ्जको घडिअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरें।
छठी माईको आशीर्वाद र सूर्य देवताको कृपा सबैमा रहि रहोस्। फेरि पनि सबैमा छठ पर्वको शुभकामना। -
Gagan Thapa
@thapagk
स-परिवार जनकपुरधाममे छठ पर्व मनाब लेल आईब गेल छी!
सूर्य देवक कृपा सभ पर रहए, सुख, शांति, समृद्धि आ आरोग्यक प्राप्ति होअ। अहाँ आ अहाँक परिवार केँ छठ पर्वक बहुत बहुत शुभकामना। -
Gagan Thapa
@thapagk
कोप-२९, जलवायु परिवर्तन र नेपाल
आज, केही साता अगाडी मैले भारतको नयाँ दिल्लीमा भएको 'Asia Climate Summit' मा सहभागी भएर राखेका र सिकेका; हामीले भोग्दै आएका जलवायु परिवर्तनका असर र त्यसको लागी नेपाल जस्तो देशले पेरिस सम्झौताको Article-6 अन्तर्गतका संयन्त्रबाट लिन सकिने फाइदा, जलवायु वित्त (Climate Finance), 'स्वैच्छिक कार्बन बजारहरू (Voluntary Carbon Markets)ले बढाउने कार्बन क्रेडिट र व्यापारको क्षेत्रमा नेपाल कसरी तयार हुनसक्छ?, के गर्नुपर्छ?, कार्बन व्यापारमा सार्वजनिक तथा निजी क्षेत्र कसरी काम गर्न सक्छन्?', भन्ने विषयमा वन तथा वातावरण मन्त्रालयमा मा. मन्त्री ऐन बहादुर शाही ज्यू , सचिव ज्यू र मन्त्रालयको टिम सँग भेटेर छलफल भयो।
यही क्रममा कोप-२९ मा महामहिम राष्ट्रपति ज्युको नेतृत्वमा नेपाल सहभागी हुँदै गर्दा नेपालले उठाउने विषयको तयारी, कोप -२९ मा पेरिस सम्झौताको Article-6 अन्तर्गत हुने छलफल, Loss & Damage Fund, 'नेपालमा हुने क्षतिको मापन, मापदण्ड र प्रक्रिया के हुने? भन्ने लगायतका विषयमा कुराकानी भए।
मन्त्री ज्यू र मन्त्रालयले, कोप-२९ मा नेपालको प्रभावकारी सहभागिता, वातावरण संरक्षण नियमावलीमा हुने संशोधन र कार्बन व्यापार सम्बन्धी कार्यविधिका विषयमा केही तयारीहरू गरिरहनु भएको छ। त्यसले नेपाललाई जलवायु सम्बन्धी विभिन्न संयन्त्र तथा कार्बन व्यापारबाट लिन सकिने फाइदा र जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने जस्ता विषयमा थप तयार पार्ने विश्वास लिएको छु। -
Gagan Thapa
@thapagk
आजको भाइटीका र पुरानो सम्झना।
-
Gagan Thapa
@thapagk
नेपाल संवत्, राष्ट्रिय संवत्!
नेपाल संवत् ११४५ को नयाँ वर्षको उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना। न्हूदँया भिन्तुना!
आज दिनभर काठमाडौं क्षेत्र नं. ४ का विभिन्न स्थानहरूमा टोल समिति, युवा क्लब, तथा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी भई भव्यताका साथ उत्सव मनायौं। -
Gagan Thapa
@thapagk
सबैको घरमा माता लक्ष्मीको बास होस्!
म र मेरो परिवारको तर्फबाट तपाईं र तपाईंको परिवारजनलाई लक्ष्मी पूजाको शुभकामना!🙏 -
Gagan Thapa
@thapagk
मानव सभ्यता देखि नै मानिसको वफादार साथी - आज उनै निष्ठावान कुकुरहरूलाई समर्पित दिन! Happy Kukur Tihar !
-
Gagan Thapa
@thapagk
उपाधी सपना अधुरो रहेपनि, फाइनल सम्मको यात्रामा हाम्रो टिम र खेलाडीको हिम्मत र प्रदर्शन प्रेरणादायी र गौरवमय रह्यो।
-
Gagan Thapa
@thapagk
पार्टी कार्यालयमा रहेको पुस्तकालय साथै पार्टी स्रोत केन्द्र जसलाई हामीले पुस्तकालय मात्र नभएर एउटा आइडिया सेन्टरका रूपमा प्रयोग गर्दै आइरहेका छौं।
यहाँ हामी शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विविध विषयहरूमा संवाद, छलफल तथा अन्तरक्रिया गर्छौं। हामी यहाँ हाम्रा राज्य-प्रशासन देखी साना-ठुला सरोकार र समस्याहरु बारे बुझ्ने, समाधान खोज्ने प्रयास गर्छौं।
यही क्रममा "कहाँबाट आउँछन् योजना” बाट सुरु भएको पूर्वाधार मीमांसाको तेस्रो संस्करणमा हामीले 'सडकको दुखान्त' शीर्षकमा विज्ञहरूका कुरा सुन्यौँ। नेपालमा पूर्वाधार किन समयमा बन्दैनन्, र बनेमा पनि किन टिकाउ बन्दैनन् भन्ने विषयमा छलफल गर्न - नेपाल सरकारका पूर्व सचिव इन्जिनियर अर्जुन थापा , नेपाल नगरपालिका सङ्घ का अध्यक्ष भीम ढुङ्गाना , आइ ओ इ का ट्रान्सपोर्टेसन विभाग प्रमुख उप प्राध्यापक इन्जिनियर अनिल मरासिनी ले सडक पूर्वाधार का विविध आयाम माथि आफ्ना दृष्टिकोण राख्नु भयो।
मिमांशाको यो क्रम निरन्तर जारी रहने छ। यस्ता छलफल र छलफल बाट प्राप्त विषय हाम्रो पार्टीका पुँजी हुन। यो सबै प्रक्रिया विभिन्न तहको सरकारमा बसेर काम गरिरहेका हामी जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वलाई राज्य प्रशासन संचालन गर्ने, निति नियम बनाउने क्रममा उपयोगी भएको छ। -
Gagan Thapa
@thapagk
आज नेपाल राष्ट्र बैंकको विशेष कार्यक्रमका बिचमा राष्ट्र बैंक को स्वायत्तता, विश्वश्नियता र सरकारलाई दिने सल्लाहका विषयमा खुला भएर कुरा भयो।
सुस्ताएको अर्थतन्त्रलाई लयमा फर्काउने बिषय तथा पछिल्लो समय देखिएका लघुवित्त र सहकारी संकट एवं वित्तीय सस्थाको नियमन गर्ने विषयमा राष्ट्र बैंकले निभाउने भुमिकाको विषयमा समेत छलफल भएको छ। -
Gagan Thapa
@thapagk
एउटा खेल जति रोमाञ्चक हुन सम्भव हुन्छ, हिजोको खेल त्यस्तै थियो। बुधवार बंगलादेश सँगको फाइनल झन् दमदार हुनेछ। फाइनलको लागि शुभकामना, टिम नेपाल।
-
Gagan Thapa
@thapagk
हिजो नेपाली कांग्रेस जनसम्पर्क समिती भारतका साथीहरू सँग भेट भयो। भारतमा रहेका नेपाली कांग्रेसका आस्थावान साथीहरू लाई जसरी संगठित र एकीकृत गर्नुभएको छ, त्यो सराहनीय छ।
जनसम्पर्क समितिको सदस्यता, भूमिका तथा पार्टी सँगको नियमित संबन्ध जस्ता विभिन्न विषयमा कुरा भएको छ। -
Gagan Thapa
@thapagk
भारत भ्रमणका क्रममा हिजो नेपाली राजदूतावासमा, भारतमा बसोबास गर्ने नेपालीहरूको अवस्था, नेपाल-भारत व्यापार, हाल नेपालबाट भारत निर्यातमा आएको समस्या समाधानमा भइरहेका पहल लगायतका विषयमा दूतावासका कर्मचारीहरूसँग अन्तरक्रिया गरेको छु।
-
Gagan Thapa
@thapagk
It was a pleasure exchanging ideas on key issues impacting our nation’s progress. Collaboration and dialogue are vital as we strive for a better future for Nepal. I look forward to continuing our efforts together.
-
Gagan Thapa
@thapagk
भारतको नयाँ दिल्लीमा आयोजित एसिया जलवायु सम्मेलन Asia Climate Summit को क्रममा जलवायु वित्त र कार्बन व्यापारका विषयमा भएका विभिन्न छलफल र भेटघाटहरू महत्त्वपूर्ण रहे । नेपालको भविष्य र दिगो विकासका लागि जलवायु वित्तसँग जोडिएका विषयहरू हामीले प्राथमिकतामा राखी काम गर्नु पर्ने देखेको छु ।
-
Gagan Thapa
@thapagk
भारतको नयाँ दिल्लीमा हुने Asia Climate Summit मा सहभागी हुन जाँदै छु। प्यानल छलफलमा कार्बन व्यापार सम्बन्धी नीतिहरू र वन संरक्षणमा काम गरेको हाम्रो देशले त्यसबाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा केही कुराहरू राख्नेछु।
-
Gagan Thapa
@thapagk
वसन्तराज मिस्र जीको असामयिक निधनले दुखी छु। सन १९७० देखि पर्यटन क्षेत्रमा निरन्तर लागेर देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उहाँले गर्नुभएको योगदानलाई यो देशले सधैँ उच्च सम्मान गर्ने छ। यस शोकको घडीमा परिवारजनमा धैर्य धारण गर्ने सामर्थ्य मिलोस्।
-
Gagan Thapa
@thapagk
विपद्का बिच आशा र साहसको सञ्चार होस। आपसी सहयोगको भावना अझै प्रगाढ बनोस्। विजया दशमीको सबैमा शुभकामना।
-
Gagan Thapa
@thapagk
छिट्टै उद्धार, राहत र तत्काल यातायात सुचारु गर्नेबारे राज्य व्यवस्था समितिमा आफ्नो धारणा राखेको छु।सरकार र अधिकारीहरूबाट जबाफदेहिताको अपेक्षा गरेको छु।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
यो विपत्तिसँग जुध्न, नेपाली काँग्रेसले पार्टी कार्यालय सानेपामा विपद् व्यवस्थापनमा लामो समय काम गरेका विज्ञहरू, इन्जिनियर साथीहरू र पार्टीका भातृ सङ्गठनहरूसँग छलफल गरी सम्पूर्ण पार्टीलाई परिचालन गर्ने गरी काम सुरु भएको छ। नेपाली काँग्रेसले आफ्नो पुरै ऊर्जालाई विपद्का बेला जनतासंग जोडिने गरी काम गर्नमा लगाउने छ। हामी निरन्तर यही कार्यमै लागि रहने छौँ।
पूरा भिडियो यो लिंकमा : youtu.be/vokxVjAte1gThis media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
देशभर परिरहेको अविरल वर्षाका कारण बिभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछु। साथै, नेपाली काङ्ग्रेस पार्टीका साथीहरुलाई समुदाय स्तरमा उद्दार तथा सहयोग कार्यमा खटिन हार्दिक अपिल गर्दछु।
-
Gagan Thapa
@thapagk
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सुचना पालना गर्दै सतर्कता र सावधानी अपनाएर सुरक्षित रहौं।केही दिन जोखिमयुक्त क्षेत्रमा यात्रा नगरौं, सम्भावित खतरा रहेका स्थानबाट टाढा रहौं, र स्थानीय प्रशासनले जारी गरेका निर्देशनहरू पालना गरौं।
सजग बनौं र सुरक्षित रहौं! -
Gagan Thapa
@thapagk
संविधान दिवसको शुभकामना ! भोली साँझको समयमा यतै भेटौं है ४ बजे देखि ८ बजे सम्म।
-
Gagan Thapa
@thapagk
विश्वकर्मा पूजा तथा सांस्कृतिक पर्व ईन्द्रजात्राको हार्दिक शुभकामना !
-
Gagan Thapa
@thapagk
प्रिय भाइ मीन , तिमी हाम्रो पुस्ताको अब्बल सिने कर्मी हो। Oscar Worthy चलचित्र 'साम्बाला' निर्माण गरेकोमा बधाई र सफलताको शुभकामना।काँग्रेसीहरूले त आफ्नो परिवारको एउटा सदस्य अन्तर्राष्ट्रिय ख्याति प्राप्त सिने कर्मी हो भन्दा थप गर्व गर्न सक्ने विषय हो । 'साम्बाला' सिनेमा हलमा आउने प्रतीक्षामा छु। सबैलाई हेर्न आग्रह पनि गर्दछु।
-
Gagan Thapa
@thapagk
आज १११ औँ बिपी जन्मजयन्ती! उहाँप्रति हार्दिक श्रद्धासुमन।
बिपी जन्मजयन्ती कार्यक्रम विशेष आज चितवनमा छु। सात सालको क्रान्तिका प्रजातन्त्र सेनानी स्व. विष्णु प्रसाद पोख्रेलको २० औँ स्मृति दिवसमा उहाँकै घर आँगनमा परिवार र शुभचिन्तकहरुसँग उपस्थित भएर स्व. पोख्रेलले चितवन काँग्रेसमा रहेर प्रजातन्त्र स्थापनार्थ खेल्नु भएको भूमिकाको प्रसंग सुनियो र बुझ्ने अवसर मिल्यो।
साथसाथै काँग्रेस रत्ननगरका निष्ठावान नेता स्व. गोविन्द प्रसाद सुवेदीको पाँचौं दिनको पुण्यतिथिमा उपस्थित भएर उहाँको परिवार प्रति समवेदना प्रकट गरें। स्व. सुवेदी प्रति हार्दिक श्रद्धाञ्जली! -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आज दिउँसो ३ः०० बजे आदरणीय सभापति श्री शेरबहादुर देउवाज्यूद्वारा पारा ओलम्पिक खेलमा नेपाल को लागि ऐतिहासिक पहिलो पदक विजेता खेलाडी सुश्री पलेशा गोवर्धन, प्रशिक्षक कविराज नेगि एवं टोलीका विशेष कार्यक्रमका बीच नगद पुरस्कार सहित सम्मान गर्दैछौ। यस कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।
-
Gagan Thapa
@thapagk
हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदी बहिनीमा हार्दिक शुभकामना!
-
Gagan Thapa
@thapagk
मेरा प्रेरणाका स्रोत पुजनिय बुबा, साथै सम्पूर्ण बुवाहरुलाई कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन को धेरै धेरै शुभकामना ।
-
Gagan Thapa
@thapagk
Congratulations, Palesha Govardhan, on your historic Paralympic bronze medal, becoming the first Nepali athlete to win an official Olympic medal!
-
Gagan Thapa
@thapagk
‘उत्तेजनाको राजनीति बडो सजिलो हुन्छ, चेतनाको राजनीति गाह्रो , ओकल्न सजिलो छ, विवेकपूर्ण ढङ्गले सम्हाल्न गाह्रो हुन्छ। हामी सबै विवेकपूर्ण किसिमले संयमित भएर काम गर्नुपर्छ। प्रतिपक्ष सरकारको हो, राज्यको होइन।'
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
मेरो निर्वाचन क्षेत्र परिवार जस्तो भएको छ। यस्तै चाड-पर्व, जात्रा उत्सवहरू उहाँहरूसँगै मनाई रहेको हुन्छु। आज कृष्ण जन्माष्टमी र गौरा पर्व पनि उहाँहरू माझ नै बिताए। गज्जब रमाइलो अनुभूति भयो। सबैलाई शुभकामना !
-
Gagan Thapa
@thapagk
क्रिकेटको क्रेज यसरी स्थानीय स्तरसम्म बिस्तार भएको देख्दा खुसी लाग्यो। नगर प्रमुख गुरु प्रसाद भट्टराई जी तथा खेलप्रेमि खगेन्द्र भण्डारी,ठगेन्द्र थापा,अमृत खनाल,सन्तोष भण्डारी लगायतको यो प्रयासलाई नमन।
गल्याङ नगरपालिका स्याङ्जा मा गल्याङ नगरपालिका क्रिकेट सङ्घ को आयोजनामा अन्तर्राष्ट्रिय फर्म्याटमै आयोजना गरिएको गल्याङ प्रीमियर लिग क्रिकेट प्रतियोगिता (GPL) को पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु । #सबलस्थानीयसरकार -
Gagan Thapa
@thapagk
आज प्रदीप गिरि दाइको तेश्रो स्मृति दिवस!
अहिले पनि जब-जब पार्टीभित्र बिचारका कुरा हुन्छन अनि ती बिचारलाई बुझाउन कठिन हुन्छ हामीसंगै कतै प्रदीप दाइ भैदिए हुन्थ्यो जस्तो लाग्छ।अभाव टड्कारो रूपमा खड्किएको छ।दाइका पाइला पछ्याउने हाम्रो प्रयास निरन्तर छ,रहनेछ ।
श्रद्धेय प्रदीप दाइप्रति हार्दिक श्रद्धा सुमन! -
Gagan Thapa
@thapagk
परम्परागत सांस्कृतिक पर्व सापारु/गाईजात्रा २०८१ को हार्दिक शुभकामना !
-
Gagan Thapa
@thapagk
देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी पुन्हीको हार्दिक शुभकामना।
-
Gagan Thapa
@thapagk
आज नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय तथा अध्ययन-श्रोत केन्द्रमा भएको “कहाँबाट आउँछन् योजना” विषयमा पूर्वाधार मीमांसा ।
-
Gagan Thapa
@thapagk
आज संसदमा:
सदनको जुन ठाउँमा उभिँदा पनि हाम्रो कुरा एउटै हो। भ्रष्ट्राचार र सुशासनको विषयमा हामी उभिने ठाउँ फेरिए पनि मुद्दा फेरिँदैन।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
नेपाली काँग्रेस पार्टीले पठन संस्कृतिको पुनः स्थापना गर्ने प्रयास स्वरूप लाइब्रेरीको स्थापना गरेको छ। आज, प्राध्यापक कृष्ण खनालको पुस्तक 'बिपी कोइराला: चेतना, चिन्तन र राजनीति' मा नेपाली काँग्रेसका साथीहरूले गहन छलफल र बहस गरे। आगामी दिनहरूमा, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न विषयहरूमा पनि यस्ता छलफलहरू आयोजना गरिनेछन्। यसले हाम्रो बहसलाई थप सूचित र सशक्त बनाउने विश्वास छ।
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस काठमाडौंका उपसभापति, कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी दाइको निधनको खबरले स्तब्ध छु। स्वर्गीय राजकुमार दाइप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनहरूमा हार्दिक समवेदना !
-
Gagan Thapa
@thapagk
आज जननायक बिपी कोइरालाको स्मृति दिवस!
यस अबसरमा आज पार्टी केन्द्रीय कार्यालयमा पुस्तकालय तथा स्रोत केन्द्रको शुभारम्भ हुंदै गर्दाका केही झलक!
यो केवल पुस्तकालयको रुपमा मात्र रहनेछैन विचार संप्रेषण र संवादको केन्द्र समेत हुनेछ।यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद! -
Gagan Thapa
@thapagk
श्रावण ६ गते, बिपी कोइरालाको स्मृति दिवसको अवसरमा, नेपाली कांग्रेस केन्द्रीय पुस्तकालयको उद्घाटन कार्यक्रममा सादर निमन्त्रणा ! भोलि बिहान ९ बजे मिले सम्म भेटौं है !!
-
Gagan Thapa
@thapagk
मन मात्रै हैन् हाम्रो त जन्मदिन पनि एउटै छ । ह्याप्पी बर्थ डे अन्जना ❤
जीवनका हरेक उतारचडावहरूका साथै जन्मदिनको पनि साझेदारी गर्ने मेरी प्यारी जीवनसाथीलाई जन्मदिनको शुभकामना ❤ -
Gagan Thapa
@thapagk
आज यूएईसंग को पहिलो खेल सँगै एशिया कपको सबै खेलमा उत्कृष्ट प्रदर्शनको हार्दिक शुभकामना ! Best Wishes Girls
-
Gagan Thapa
@thapagk
नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको छ,कास्की लगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले ठुलो क्षति भएको छ। यी घटनाले मर्माहत बनाएको छ। हाम्रो भौगोलिक बनावट निक्कै संवेदनशील छ तर पूर्वाधार निर्माणमा त्यस किसिमको संवेदनशीलता अबलम्बन हुन सकेको छैन।भौगोलिक बनावटको संवेदनशीलता नबुझी भौतिक विकास निर्माण अघि बढाउने हाम्रो तरिकाले पनि यस्ता दु:खद घटना बढिहेका छन्।अर्कोतर्फ घटना घटेपछि मात्र संबेदनशील हुने तर घटना हुन नदिन र भइहाले थप क्षति हुन नदिन आवश्यक पूर्व तयारी नगर्ने हाम्रो शासकीय मनोवृत्ति विडम्बनापूर्ण छ। भौगोलिक संवेदनशीलता ध्यानमा राखेर आपत्कालीन र दीर्घकालीन नीति बनाउने अनि त्यस अनुरुप पूर्व तयारी र द्रुत गतिमा काम गर्ने कुरामा अझै ढिलाइ गरिरह्यौँ भने यस्तै थप दुर्घटनाको प्रतीक्षा गरिरहने हाम्रो नियति हुनेछ। यो अवस्था बदल्न मेरो कोसिस जारी रहनेछ।
-
Gagan Thapa
@thapagk
आज गिरिजाप्रसाद कोईराला (गिरिजाबाबु) को जन्मशताब्दी! यो अवसरमा गिरिजाबाबु प्रति उच्च सम्मान, सर्वदा सम्झना तथा हार्दिक श्रद्धासुमन!
नेपालले उदार-लोकतन्त्रको आडमा आर्थिकरुपमा मारेको फड्को को श्रेय उहाँको नेतृत्व, दुरदर्शितालाई जान्छ। उहाँले शान्ति प्रक्रियामा निभाउनु भएको भूमिकाको कारण हामीले शान्तिनायकका रुपमा पनि सम्झिन्छौ। -
Gagan Thapa
@thapagk
मुस्लिमहरुका प्रख्यात धार्मिक गुरु रौतहट जिल्ला राजपुर फरहद्वा निवासी जमियत ओल्माय नेपालको संस्थापक अध्यक्ष हजरत मौलना अब्दुल अजिज सिद्दिकि ज्युको मिति २०८१/३/१३ गते निधन भएको र अन्त्येष्टि आज भएकोमा वहाँ प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
-
Gagan Thapa
@thapagk
Office of MP presents you the fourth session of Skill Up - "Prompt Engineering: Unlocking AI's Potential".
This session has been designed to help professionals make the best use of AI for their endeavors. As the world is revolutionizing with Generative AI, we are sure mastering the prompt could be a great help!
Grab the opportunity and register now! -
Gagan Thapa
@thapagk
सम्माननीय प्रधानमन्त्रीजीले मन्त्रीले मानेनन् भन्दै हिड्ने होइन यो संसदीय व्यवस्थामा प्रधानमन्त्रीले नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्नेभए बालुवाटारबाट डेरा सर्ने ।
-
Gagan Thapa
@thapagk
सरकारले Policy Predictability, Budget Creditability को व्यवस्था नगरुन्जेल
र संसदमा Fiscal Oversight को सुबिधा नहुन्जेल
बजेट प्रभावकारी हुँदैन।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
उच्च मनोबलका साथ डटेर खेलौं । Best Wishes !!
#nepalcricketteam #t20worldcup2024 -
Gagan Thapa
@thapagk
संसदमा हिजो!
गिरिबन्धु टि-स्टेटको विषयमा सरकारले फाइलहरु कसरी खोल्छ र सत्तापक्षका नयाँ र पुराना साथीहरुले के भन्नुहुन्छ, त्यो हेर्न र सुन्न बाँकी छ। -
Gagan Thapa
@thapagk
सहकारीका बचतकर्ताको अर्बौँ रुपैयाँ हिनामिना भएको विषयलाई लिएर पीडितहरूको न्यायको लागि काँग्रेसले एउटा लडाई लड्यो। अन्ततः 'सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति' बनेको छ। यसको आवश्यकता किन पर्यो, अब यसले कसरी काम गर्छ र काँग्रेसले संसदमा र सडकमा उठाउँदै आएका मागहरू कसरी सम्बोधन हुने दिशामा अगि बढे, भन्ने विषय यो भिडियोमा समेटेको छु।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
२०६२/०६३को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण !
आज १७औं गणतन्त्र ! ब्यवस्था संगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ। दोष ब्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृतिको हो। बदलिन र बदल्न,सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन। आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ,थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौं।
यही निराशाको तावामा विभिन्न आवरणमा ब्यवस्थामाथि आगो सल्काउन खोज्नेहरूप्रति सचेत रहदैं लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत र देशलाई समुन्नत बनाउन आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस्।
गणतन्त्र दिवसको अवसरमा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना ! -
Gagan Thapa
@thapagk
आज बुद्ध पूर्णिमा, उभौली, कुर्म एवं गोरखनाथ जयन्ती, धेरै पर्व परेको पावन दिन, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना!
-
Gagan Thapa
@thapagk
प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ।
म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफुमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन - हेक्का रहोस्। -
Gagan Thapa
@thapagk
बारबरा खोजमूलक पत्रकारिता पुरस्कार-२०८१ बाट पुरस्कृत भएकोमा देवेन्द्र भट्टराई,मातृका दाहाल, दीपा दाहाल र रमेश कुमारलाई हार्दिक बधाई !
-
Gagan Thapa
@thapagk
*हार्दिक श्रद्धाञ्जली*
हामीले पछिल्ला केही दिनको अन्तरालमा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पुर्वमन्त्री सूर्यमान गुरुङ र नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति एवं पूर्व सांसद खगेन्द्रराज रेग्मी लाई गुमायौँ। लोकतान्त्रिक आन्दोलनका दुई अथक योद्धा गुमाउँदै गर्दा नेपाली कांग्रेस र समग्र नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ।
हिजो मात्र हामीले नेपालको सांस्कृतिक इतिहासका मूर्धन्य व्यक्तित्व ज्ञानमणि नेपाललाई गुमाएका छौँ। 'इतिहास-संशोधन मण्डल' मा रहेर उहाँले नेपालको सत्य र तथ्य इतिहासका सामग्री खोज्न जुन कार्यहरू गर्नुभयो, यी आज हाम्रा सम्पत्ति हुन। उहाँले नेपालको सांस्कृतिक इतिहासका विषयमा गर्नु भएको खोज, अनुसन्धान, सङ्कलन तथा अभिलेखीकरणका मार्फत निभाउनु महत्त्वपूर्ण भूमिकाको उच्च सम्मान व्यक्त गर्दछु।
तीनै जना आदरणीय व्यक्तित्व प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनहरूमा हार्दिक समवेदना ! -
Gagan Thapa
@thapagk
गिरिबन्धु टि-स्टेटको जग्गाका सट्टापट्टा गर्ने सन्दर्भमा तत्कालीन मन्त्रीपरिषदले २०७८ वैशाख १३ गते गरेको निर्णय र त्यससंग सम्बन्धित काम कारवाहीका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला ऐतिहासिक छ। फैसलाले गिरीबन्धु टी-स्टेट लगायताका हदबन्दी छुट पाएका सरकारी तथा सार्वजानीक जग्गामा नजर गाडेर बसेकाले नजर बन्द गरिदिएको छ। सम्मानित अदालतले २०७८/०१/१३ को मन्त्रीपरिषदको निर्णयलाई “सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त” निर्णयको संज्ञा दिँदै सो निर्णय खारेज गरेको छ । यसले तत्कालीन सरकारले जबरजस्ती ढङ्गले गरेको निर्णय र कानुन संशोधन कति गलत र वदनियतपूर्ण थियो भन्ने पुष्टि त गरेको छ नै नीतिगत बाटोबाट हुने भ्रष्टाचारको उदाङ्गो पार्दिएको छ। उक्त निर्णय अनुचित र वदनियतपूर्ण भएकोले यस्तो निर्णय गर्ने गराउने गलत नै हुन भन्नेमा अब द्विविधा भएन। अत: यस्तो वदनियत राखेर निर्णय गर्ने गराउनेमाथि थप अनुसन्धान अपरिहार्य छ।
यस्तो महत्त्वपूर्ण नजिर स्थापना गर्न कानुनी लडाई लड्नुहुने अधिवक्ता ओम प्रकाश अर्याल लगायत सम्पूर्णमा हार्दिक धन्यवाद!
सम्मानित अदालतले गरेको यो फैसलाले नीतिग तहबाट हुने भ्रष्टाचार रोक्ने कुरामा एउटा नयाँ मानक स्थापित गर्नेछ नै, साथै हदबन्दी छुटको दुरुपयोग गरी जग्गा सट्टा पट्टा गर्दा निश्चित आधारविना गरिएका र अन्य प्रयोजनका लागि प्रयोग गरेका जग्गा राज्यले प्राप्त गर्ने यो फैसलासंगै यस्तै प्रकृतिका छुटको सुविधा लिएका र दुरुपयोग गरिएका जग्गा राज्यको मातहत ल्याउन प्रस्ट निर्देश गरेको छ। हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भए सो जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसलाले आजसम्म अपचलन भएका, विक्री भएका सम्पूर्ण सरकारी स्वामित्वका जग्गा सरकारका नाममा फिर्ता ल्याउने बाटो समेत खुलेको छ।
अदालतले आफ्नो फैसलामा बोलेको कुराको आधारमा अब सरकारलाई जग्गा फिर्ता ल्याउने र दोषीलाई कारबाही गर्ने बलियो आधार मिलेको छ। अदालत बोलिसकेको विषयमा अब काम गर्ने अभिभारा सरकारको हो। अत: सम्मानित अदालतले दिएको आदेश तत्काल कार्यान्वयन गर्न र भूमि सम्बन्धी ऐनको दफा १२ङ.बमोजिमको अनुगमन तथा निरीक्षण समितिलाई अविलम्ब क्रियाशील बनाइ छुटको सुविधा लिएर अरू प्रयोजनमा लगाएका,प्रयोग नगरिएका वा दुरुपयोग गरिएका जग्गा एकिन गरी सोही दफा बमोजिम अविलम्ब जफत गरी राज्य मातहत ल्याउन सरकारले तत्काल कार्यप्रारम्भ गरोस्।यसमा सरकारले दायाँ बायाँ नहेरोस्, आलटाल र बहानाबाजी नबनाओस्।
अन्त्यमा, नीतिगत तहमा हुने भ्रष्टाचारको यो एउटा नमूनामात्र हो। यस्ता थुप्रै विषयहरू छन जुन नीतिगत निर्णयका नाममा अनुसन्धानको दायरा बाहिर राख्ने र कार्वाही नगर्ने प्रवृत्ति झाङ्गिएको छ। यसलाई नियन्त्रण गर्न संसदमा विचाराधीन रहेका भ्रष्टाचार सम्बन्धी कानुन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन सम्बन्धी कानुनका दुई संशोधन विधेयकमा नीतिगत भ्रष्टाचारका सम्बन्धमा स्पष्ट प्रावधान राख्न हामीले नै संशोधन दर्ज गरेका छौं । ति विषय कानुनमा नै समेटौं, नीतिगत रूपमा हुने भ्रष्टाचारको मुख कानुनी रूपमै टालौं। साथै, तामेलीमा रहेका यस्ताखाले नीतिगत भ्रष्टाचारका विषयलाई छानबिनको दायरामा ल्याउँ। -
Gagan Thapa reposted
Sameer Khatiwada
@Khatiwada_S
Sharing my latest blog piece with @ADB_HQ:
** Global warming will drastically alter labor markets, affecting health and productivity, particularly for outdoor workers in agriculture, construction, and manufacturing. **
#adbannualmeeting
blogs.adb.org/blog/red-alert-how-we-can-help-millions-wor… -
Gagan Thapa
@thapagk
वैशाख १५ गते हुने उपनिर्वाचनले संसदमा कसको संख्या बढ्छ भन्ने कुरा महत्वपूर्ण होइन कस्तो सन्देश दिन्छ भन्ने कुरा महत्वपूर्ण हो। यतिबेला आवेग र उत्तेजना होइन समन्वय र संयमको आवश्यकता छ। इलाम प्रतिनिधिसभा क्षेत्र नं.२ र बझाङ प्रदेशसभा १ बाट नेपाली कांग्रेस निर्वाचित भएर आउँदै गर्दा समन्वयकारी शक्ति बलियो हुन्छ।हामीलाई थप ताकत मिल्छ,बल पुग्छ । यी दुई साथीहरूले हिजोका दिनमा कुनै पदीय जिम्मेवारीमा नहुँदै गर्दा त आम मानिसका, आफ्नो गाउँ ठाउँका विषयहरूलाई जोड तोडले उठाउदै आएका थिए र जनतासङै बसेर मद्दत गर्दै आएका थिए भने सांसदको जिम्मेवारीमा आइसके पछाडि यी विषयलाई थप जिम्मेवारीपूर्वक उठाउने छन् सँगै बसेर हल खोज्ने छन्।
त्यसैले इलाम र बझाङका आम मतदातासँग अपिल छ,तपाईँलाई अप्ठ्यारो पर्दा तपाईँसँगै उभिने तपाईँका समस्यालाई आफ्नो अनुकूलतामा उचाल्ने होइन समन्वय र समाधान दिने उम्मेदवारहरु तपाईँका बिचमा हुनुहुन्छ। हामीलाई विश्वास छ-वैशाख १५ गते आफ्नो मतदानको अधिकार प्रयोग गरी रुख चिन्हमा मत दिएर नेपाली कांग्रेसका उम्मेदवारहरू इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई विजयी गराउनुहुनेछ, उत्तेजना र भ्रम होइन समन्वय र संयमताको पक्षमा पूर्व र पश्चिमबाट नेपालको राजनीतिलाई सन्देश दिनुहुनेछ।
जय नेपाल! -
Gagan Thapa
@thapagk
आज लोकतन्त्र दिवस!
जनअधिकार र लोकतन्त्रका लागि जीवन आहुति गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली! लोकतन्त्र व्यवस्था त ल्यायौं तर त्यसअनुरुप अवस्था बदलिन नसक्दा आम निराशा पक्कै छ तर यसको विकल्प कुनै पनि आवरणको अतिवाद होइन र हुन सक्दैन। लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै हो। लोकतन्त्र शब्दमा होइन हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुन सकोस्। यही व्यवस्थाभित्र अवस्था बदल्न आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस्।
लोकतन्त्र दिवसको हार्दिक शुभकामना! -
Gagan Thapa
@thapagk
मङ्गलबारेमा हिजो घर दैलोको क्रममा इलामेली जनतासँग !
आज १२ बजे इलामको लाँकुरी चौताराको सभामा भेटौँ -
Gagan Thapa
@thapagk
When in Nepal, views like these are complimentary to the flights!
-
Gagan Thapa
@thapagk
आज ने.वि.संघ को ५५ औँ स्थापना दिवस! यस अवसरमा सङ्गठनको ऐतिहासिक वैभव, यसको स्थापना र संघर्षका दिनमा अग्रजहरूले गरेको योगदान र हामी जस्ता हजारौँ साथीहरूले सङ्गठनमा बिताएका दिनहरूको सम्झनासहित ने.वि.संघमा विभिन्न कालखण्ड र तहमा आबद्ध सम्पूर्णमा शुभकामना!
(तस्बिरमा विद्यार्थी आन्दोलनको कालखण्डका केही सम्झनाहरू) -
Gagan Thapa
@thapagk
राम नवमी पर्वको हार्दिक मंगलमय शुभकामना !
-
Gagan Thapa
@thapagk
*** संवाद यात्रा ***
नेपाली काँग्रेसको अभियान "समुदायमा काँग्रेस" अन्तर्गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको 'संवाद यात्रा' हिजो कञ्चनपुर स्थित महाकाली पुलमा पुगेर टुङ्गाएका छौँ। यात्राको क्रममा हामीले हुलाकी राजमार्ग अन्तर्गत १४५० कि.मी २१ वटा जिल्ला हुँदै यात्रा गर्यौँ। यस संवाद यात्राका क्रममा हामीले खुला संवाद, स्थानीय समस्या र सम्भावनामा केन्द्रित संवाद, सेवा प्रवाह गर्ने ठाउँको अवलोकनको कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएर स्थानीय तहमा काम गरिरहेको मान्छेसँग व्यक्तिगत कुराकानी लगायतका कार्यक्रमहरू गरी नेपाली काङ्ग्रेसलाई समुदायमा फर्काउने र पार्टी रूपान्तरणको अभियानको थालनी गरेका छौँ।
आज यसचरणको संवाद यात्राको अन्तिम दिन सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल धनगढी स्थित नैनादेवि मन्दिर दर्शन सँगै , नेपाली क्रिकेट क्षेत्रमा अतुलनीय योगदान दिइरहेको सुदूरपश्चिम र सुदूरपश्चिमको क्रिकेटका लागि विशेष योगदान र सम्भावना भएको फाप्ला क्रिकेट मैदान सुधार ,स्तरोन्नति र आवश्यकता पहिचानका लागि अवलोकन, प्रत्यक्ष अपेक्षा ,गुनासा र प्रश्नहरू सुन्ने क्रमलाई निरन्तरता दिँदै धनगढीमा नागरिक अन्तरक्रिया र पार्टी अन्तरक्रिया पश्चात् कञ्चनपुरमा शहिदपरिवारसँग भेटघाट, जनताका सवाल जनतासँगै रहेर सुन्ने हाम्रो प्रयत्न र खुला संवाद ,जनप्रतिनिधिसँग सघन संवाद गर्यौ।
यात्रामा जोडिनु हुने साथीहरु, पार्टी संयन्त्र, लगायत सम्पूर्णमा विशेष धन्यवाद प्रकट गर्दछु। हुलाकी राजमार्ग अन्तर्गत यो संवाद यात्राको अन्तिम दिन आज भएतापनी मेरो लागि यो एउटा नौलो यात्राको प्रारम्भ भएको महसुस गरेको छु।
संवाद यात्रा टुङ्गिएको छैन अव निरन्तर हिँड्ने हो.. -
Gagan Thapa
@thapagk
**संवाद यात्रा**
संवाद यात्राको यस चरणको तेस्रो दिन हिजो वर्दिया राजापुरमा कृषकहरुसँग कृषि उत्पादन आधुनिकीकरण,औद्योगीकरण बजारीकरणका समस्या ,चुनौती र सम्भावनाका विषयमा कृषि संवाद त्यस पश्चात् कैलाली जिल्लामा आम जनसमुदायसँग जन संवाद, खुला संवाद ,स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग स्थानीय तहमा भएका प्रयास,चुनौती र समस्या तथा अपेक्षा लगायतका विषयमा जनप्रतिनिधि संवादका साथै समसामयिक गतिविधि र गुनासो सुनुवाइ र सम्बोधनका लागि चिया संवाद गरियो । आज बिहान धनगढी स्थित नैनादेवी मन्दिर नजिक हाम्रो भेट हुनेछ ।
संवाद यात्रा निरन्तर छ.. -
Gagan Thapa
@thapagk
संवाद यात्रा
संवाद यात्राको यस चरणको दोस्रो दिन आज दिनभर बांके र बर्दियाको हुलाकी राजमार्ग आसपासका विभिन्न स्थानमा उद्योगी व्यवसायीसंग व्यवसायिक लगानी ऋण र व्यवस्थापनका कुरा, किसानसंग मल बिउ र मुल्यको कुरा,शिक्षक विद्यार्थी अभिभावकसंग शिक्षाको गुणस्तरको कुरा, भूमि र सुकुमबासीका कुरा,वन वातावरण र जैविक विविधताका कुरा,पूर्वाधार विकास र ढिलासुस्तीका कुरा,सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अवलोकन गरी जनशक्ति,पूर्वाधार र सेवा प्रवाहको अवस्थाका बारेमा कुराकानी गर्यौं। पार्टीका साथीसंग सदस्यता,नेतृत्व चयन र व्यवस्थापनबारे छलफल गर्यौँ। संवादका क्रममा जनताका अपेक्षा र सुझाव लिएका छौँ।
संवाद यात्रा निरन्तर छ... -
Gagan Thapa
@thapagk
हामीले संसद्मा निरन्तर उठाइरहेको संसदिय छानविन समिति भनेको के हो ?, यसले के काम गर्छ ?, यो छानविन समितिको क्षेत्राधिकार के रहनुपर्छ ?, सहकारी ठगीमा संसदीय छानबिन समिति नै किन? विस्तार यो भिडियोमा...
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
वर्ष २०८१ को र संवाद यात्राको तेस्रो चरणको पहिलो दिनको शुरुवात बाँके जिल्लाको निर्वाचन क्षेत्र नं-२ अन्तर्गत पर्ने डुडुवा गाउँपालिका,मिलनचोकमा जनताका अपेक्षा, गुनासा र सुझाव उहाँहरुकै साथमा रहेर प्रत्यक्ष सुन्यौ साथै ,नेपालगञ्जमा स्थानीय समुदायका समस्या, कृषि ,पूर्वाधार विकास , गुणस्तरीय शिक्षा , सुलभ स्वास्थ्य सेवा प्रवाह र प्रवर्द्धन लगायत आम - जनचासोका विषयमा समूह छलफल गर्दा समस्याहरू अनुभूत गर्यौ तथा पार्टी कार्यालय नेपालगञ्जमा , पार्टिका साथीहरुसँग रहेका पार्टी सशक्तीकरण,सुदृणिकरणसँग सम्बन्धित सुझाव तथा अपेक्षाहरु लिँदै यस चरणको संवाद यात्राको पहिलो दिन बिट मार्यौं भोलि बिहान उद्योग वाणिज्य संघको कार्यालय नेपालगञ्जमा भेट्ने छौ ।
संवाद यात्रा जारी छ... -
Gagan Thapa
@thapagk
संवाद यात्रा निरन्तर!
हाम्रो यो चरणको संवाद यात्रा बाँके देखि कञ्चनपुरसम्म। नयाँ वर्षको शुभकामना साटासाट गर्दै तपाईंसँग संवाद र भेटघाटका लागि बैशाख १ देखि ४ गते सम्म तपाइँकै ठाउँमा ! -
Gagan Thapa
@thapagk
नव वर्ष २०८१ को पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!
-
Gagan Thapa
@thapagk
इलाम तयार छ!
इलामको फाकफोकथुम गाउँपालिकाको सिकारी भञ्ज्याङ्, आमचोक लगायतका ठाँउमा पुग्दै गर्दा इलाम-२ मा हुन लागेको उप-चुनावमा इलाम चिनेको, इलामवासीका समस्या बुझेको र समाधानको लागि निरन्तर लागि परेको अनि समस्या बल्झाउन होइन सम्हाल्न सक्ने व्यक्तिलाई प्रतिनिधि चुन्न इलाम तयार छ ।
चुनावपूर्व हुने दलीय गठबन्धनको रीति तोडेर नेपाली कांग्रेस यो चुनावी मैदानमा छ । कांग्रेसको यो चुनावी यात्रामा 'रुख' चिन्हमा मतदान गरी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई निर्वाचित गर्न इलाम-२ तयार छ । -
Gagan Thapa
@thapagk
एसीसी प्रिमियर कप २०२४ मा उच्च प्रदर्शन सहित सफलताको लागी नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक शुभकामना !
-
Gagan Thapa
@thapagk
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षा मन्त्रीज्यूलाई धन्यवाद !
आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट,शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ । यससंगै प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ र यो सत्प्रयासमा हाम्रो साथ रहने प्रतिबद्धता पनि। -
Gagan Thapa
@thapagk
ईद मुबारक ! “ईद उल फित्र”को अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना !
-
Gagan Thapa
@thapagk
वि.सं.२०४७ पछाडिका भ्रष्ट्राचारका जति पनि काण्डहरू छन् तिनको निष्पक्ष छानबिन गरौँ र दोषीलाई कारबाही गरौँ भन्ने कुरा निरन्तर राख्दै आएको थियौं । आज रास्वपाका साथीहरूले पनि त्यस्तै कुरा राख्नु भएको कुरा आएको छ।नीतिगत लगायतका सबै भ्रष्टाचारको छानबिन गरौँ।कसरी सम्भव छ त ? बिस्तार यो भिडियोमा...
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
साँझको समयमा गोरखा मनकामना ।
-
Gagan Thapa
@thapagk
अहिले त्रिविका उपकुलपति स्वयंले दलीय प्रभावबाट अलग रहेर प्रचलित कानून बमोजिम रेक्टर र रजिष्टार लगायतका पदाधिकारी नियुक्ति अगाडि बढाउन खोजेको देख्दा केही आशा पलाएको थियो । तर, त्यो प्रयासलाई पनि प्रधानमन्त्रीले रोक्नुभयो भन्ने खबर छ ।
प्रधानमन्त्रीज्यू ( @PM_nepal_ @cmprachanda ), विनम्रतापूर्वक आग्रह छ, फेरी यस्तो गल्ति नगर्नुहोस् । -
Gagan Thapa
@thapagk
समुन्नत नेपालको हाम्रो आकाङ्क्षा पुरा गर्न निजामती सेवालाई त्यसअनुरुप आधुनिक बनाउनुपर्नेछ।यो क्षेत्रलाई आकर्षित बनाइ योग्य व्यक्ति भित्राउने,टिकिराख्ने र सिकिराख्ने,प्राज्ञिक हिसाबले काबिल, नैतिक हिसाबले प्रतिबद्ध र उत्कृष्ट सेवा बनाउनु पर्नेछ।प्रस्तावित विधेयकको उद्देश्य ठिक भएपनि समग्र सार्वजनिक प्रशासनको Reform का यस्ता मुद्दा संवोधन गर्न सकेको छैन।यसका लागि संसदमा क्रसपार्टी छलफल गरौं।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
तराई मधेसका विभिन्न ठाउँमा निलगाई वन्यजन्तुका कारण किसानले ठुलो सास्ती भोग्नुपरेको छ। अत: तत्काल निलगाईलाई कृषि हानिकारक वन्यजन्तुको रुपमा घोषणा गर्न तथा निलगाई, बाँदर लगायतको दीर्घकालिक व्यवस्थापनको लागि आवश्यक अध्ययन गरी उपयुत्त समाधान खोज्न सरकारको ध्यानाकर्षण!
-
Gagan Thapa
@thapagk
*संवाद यात्रा*
संवाद यात्राको यो चरणमा हिजो दाङ र बाँकेमा हुलाकी राजमार्ग आसपासका समुदायसंग संवाद गरी काठमाडौं फर्केको छु। यसपटक खुला छलफल,उद्योग व्यवसाय,शिक्षा,स्वास्थ्य,कृषि लगायतको विषयमा सरोकारवालासंग अन्तरक्रिया, अवलोकनका साथै पार्टीको तल्लो तहमा क्रियाशील साथीसंग सदस्यता,नेतृत्व चयन र पार्टी व्यवस्थापन तथा लिनुपर्ने नीतिका बारेमा सुझाव लिएर आएको छु।हिजो थारु समुदासंग छलफल,सिक्टा सिंचाइ आयोजनाको अवलोकन र अन्तरक्रिया र जनप्रतिनिधि र जनसमुदायसंग संवादमा धेरै महत्त्वपूर्ण विषय आएका छन्। केही कानुनका विषय छन्,केही बजेटका केही कार्यान्वयनमा अड्किएका विषय छन् केही पार्टीले पहलकदमी लिनुपर्ने विषय छन् ।
संवाद यात्राबाट थप भरोसासहित उत्साह बोकेर आएको छु।जनचासो र सरोकारका यी विषयका बारेमा अब तत् तत् निकायमा निरन्तर झक्झकाउने छु। केही समयपछि यात्रालाई पुन: निरन्तरता दिनेछु । -
Gagan Thapa
@thapagk
*संवाद यात्रा*
संवाद यात्राका क्रममा कपिलवस्तु; लबनीमा खुला संवाद, तौलिहवा पार्टी कार्यालयमा पार्टीका साथीहरूसंग भेटघाट तथा अन्तरक्रिया, महाराजगञ्ज नगरपालिकामा जनप्रतिनिधि संवाद, बहादुरगञ्जमा चिया संवाद र चन्द्रौटामा खुला अन्तरक्रिया गर्यौं। संवाद र भेटघाटमा आम जनताको दैनिकीसंग जोडिएका समस्या,मल विउ सिँचाइ,श्रम रोजगार,शिक्षा स्वास्थ्यदेखि राजनीतिक विषयमा चासो-चिन्ता र अपेक्षा सहितका सुझाव आएका छन।ति विषय समाधानमा निरन्तर लाग्ने नै छु। यात्रा निरन्तर छ...!
आज दाङ र बाँकेमा पर्ने हुलकी राजमार्ग आसपासका समुदायसंग संवादमा हुनेछु। -
Gagan Thapa
@thapagk
*संवाद यात्रा*
संवाद यात्राका क्रममा रुपन्देहीमा; रोहिणी गाउँपालिका धकधईमा खुला संवाद,भैरहवामा उद्योग व्यवसायी संवाद, लुम्बिनी बौद्ध विश्वविद्यालयमा शिक्षा संवाद र मायादेवी गाउँपालिकामा स्थानीय तहका कर्मचारीसंग संवाद गर्यौं। सिद्धार्थनगर,मायादेवी र लुम्बिनी सांस्कृतिक भैसैयामा पार्टीका साथीहरूसंग अन्तरक्रिया र छलफल गर्यौं। उद्योगी व्यवसायी साथीहरुको कुरा सुन्दा लाग्यो,उहाँहरुले आत्मविश्वास गुमाइराख्नु भएको छ। गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको संचालन लगायत व्यवसायसंग जोडिएका थुप्रै विषयमा कुरा उठाउनु भएको छ। कर्मचारी साथीहरूले निजामति ऐन लगायत कर्मचारी व्यबस्थापन र वृत्ति विकासका कुरा उठाउनु भएको छ। केही नीतिगत,केही कानूनी र केही कार्यान्वयनमा समस्या छन् ।तत् तत् निकायमा समाधानका लागि मेरो सतत् पहलकदमी रहनेछ । -
Gagan Thapa
@thapagk
*संवाद यात्रा*
संवाद यात्राको यो चरणमा आज दिनभर नवलपरासीका हुलाकी राजमार्ग आसपासका विभिन्न स्थानमा किसानसंग मल विउ र मुल्यको कुरा,शिक्षक विद्यार्थी अभिभावकसंग शिक्षाको गुणस्तरको कुरा,उद्योगी व्यवसायीसंग व्यवसायिक लगानी ऋण र व्यबस्थापनका कुरा,सिमाना भूमि र सुकुमबासीका कुरा,पूर्वाधार विकास र ढिलासुस्तिका कुरा सुन्यौँ।अस्पतालको अवलोकन गरी जनशक्ति,पूर्वाधार र सेवा प्रवाहको अवस्था हेर्यौं। पार्टीका साथीसंग सदस्यता,नेतृत्व चयन र व्यवस्थापनबारे छलफल गर्यौँ। जनताका अपेक्षा र सुझाव लिएका छौँ।संवाद यात्रा निरन्तर छ... -
Gagan Thapa
@thapagk
अब हाम्रो भेट र भलाकुसारी संवाद यात्रामा!
हामीले माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्ज सम्म आएर रोकिएको थियो। हाम्रो संवाद यात्राको शृङ्खला त्यहीँ ठाउँबाट पुनः सुरु हुदैछ। यो चरणको यात्राका क्रममा हामी यहीँ १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा आउनेछौ। अब हाम्रो भेट र भलाकुसारी तपाईँकै ठाउँमा हुनेछ। -
Gagan Thapa
@thapagk
थोरै व्यक्तिगत, पारिवारिक कुराकानी अनि थोरै सुरुवाती राजनितिक यात्रा, अबको बाटाे, नेतृत्व, नीति निर्माणका अफ्ट्याराहरु, देशमा युवा उद्यमी तथा उद्यमशीलताको सम्भावना र तत्त्काल सुल्झाउनु पर्ने विषय लगायतका सन्दर्भमा नरोत्तम दाईसँग केहि औपचारिक र केहि अनौपचारिक कुराकानी ।
-
Gagan Thapa
@thapagk
नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी छाला जुत्ता प्रकरण, टेरामेक्स, एनसेल, सुन काण्ड, सहकारी काण्ड आदिमा संलग्न भएको एकजनाले पनि उन्मुक्ति नपाओस्। नेता होस् कि नाता पर्ने होस्, रूखको छहारीमुनि बस्ने होस् कि घाम ताप्ने होस् कि हँसिया हतौडा बोक्ने होस् कि घन्टी बजाउने होस्, दोषी कसैले पनि उन्मुक्ति नपाओस्।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
The Office of MP @MPOfficeKtm4 successfully conducted the second session of Skill Up on Effective Communication and Public Speaking.
Skill Up is a monthly series where by we organize trainings to enhance skills essential for the job market. What would you want the next session of Skill Up to be about? -
Gagan Thapa
@thapagk
आजको दिनमा TripAdvisor मा 'Sherpa' रेष्टुरेन्ट पुरै Amsterdam शहर भरी २ नम्बरमा पर्छ।
त्यसका एक सञ्चालक सालिक गौतम नेपाली काँग्रेसका महासमिति सदस्य मात्र होइनन्, गज्जबका उद्यमी पनि हुन।
नेपालीहरूले जहाँ भए पनि गज्जब गर्न सक्छन् र काँग्रेस उद्यमीहरूको पार्टी हो भन्ने कुरा स्थापित गर्न सालिकले गरेको मेहनतको कथा एउटा अर्को उदाहरण हो।आफू वरपरका र पार्टीका साथीहरूले गर्नुभएको गज्जबको कामहरूलाई पस्किने जमर्को गर्ने छु। तपाईँहरूको साथको अपेक्षा रहनेछ।
#kathanepaliko
#kathacongressiko -
Gagan Thapa
@thapagk
सुरक्षा,सहभागिता,समता र सम्मान!
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महिला दिदी बहिनीहरूमा हार्दिक शुभकामना! -
Gagan Thapa
@thapagk
ॐ नमः शिवाय || महाशिवरात्रिको शुभकामना !
-
Gagan Thapa
@thapagk
कुनै अलमलमा नपरौँ।धोका दिने नै नियत भएकाले,आज नभए भोलि धोका दिन्थे नै! त्यसैले अब कांग्रेसलाई Rebuild, Restart र Restrengthen गरौँ।
जय नेपाल !This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
रसुवाको गोसाइँकुण्ड दर्शन एवं लाङटाङ खोई हि क्षेत्र भ्रमण।
-
Gagan Thapa
@thapagk
वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यप्रति हार्दिक श्रद्धाञ्जली! भौतिक रुपमा उहाँ हामीमाझ नरहेपनि उहाँका कालजयी गीत तथा भजन चिरकालसम्म गुञ्जिरहनेछन। उहाँको वैकुण्ठ बासको कामना सहित शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना !
-
Gagan Thapa
@thapagk
प्रजातन्त्र दिवस २०८० को शुभकामना !
-
Gagan Thapa
@thapagk
संसदमा आज सम्माननीय प्रधानमन्त्री सँग मेरो प्रश्न - 'अर्थतन्त्रमा आएको समस्या र त्यसको सुधारको लागि के के काम गर्दै हुनुहुन्छ ? '
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
सरस्वती पूजाको शुभकामना ! -
Gagan Thapa
@thapagk
What a way to clinch a bilateral series!
Two individual centuries from Anil & Bhim in a final match to make it a 3-0 series win against Canada.
Congratulations, Team Nepal ✨ #nepvcan
📸:@CricketNep -
Gagan Thapa
@thapagk
क्षेत्रका युवाहरूको रोजगारी र उद्यमशीलतालाई सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको Skill Up कार्यक्रमको पहिलो सत्र अन्तर्गत आज सांसद को कार्यालयले MS Excel Workshop को आयोजना गरेको छ ।
-
Gagan Thapa
@thapagk
सोनाम ल्होसारको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना !
-
Gagan Thapa
@thapagk
संसदमा आज : सदन र सरकारलाई परिणाममुखी बनाउने बारे कुरा
जबसम्म कार्यशैली फेरिँदैन परिणाम पनि फेरिँदैन। निर्देशन मात्रैले परिवर्तन ल्याउँछ भन्ने सोचबाट सरकार बाहिर आउनुपर्छ। उही काम गरेर फरक परिणामको अपेक्षा गर्नु मूर्खता मात्र हुन्छ यसको सुरुवात प्रधानमन्त्रीबाटै हुनुपर्छ ।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
संसदमा आज :
अर्थतन्त्रमा केही सुधार आएको छ। सूचकाङ्क सकारात्मक बन्दै छन्। तर सकारात्मक सूचकाङ्कले पनि किन नागरिकलाई सहजता भएको छैन? आन्तरिक अर्थतन्त्रमा ठुलो शिथिलता आएको छ। पुँजीगत खर्च गर्न हामी सकिरहेका छैनौँ। यसको हल निकाली नागरिकलाई अर्थतन्त्र फेरि लयमा फर्कने छ भनेर आशा दिन ढिला गर्न हुँदैन। सरकारले समस्या हल गर्न पहिले भन्दा फरक प्रयास चालेर नागरिकलाई आशा सञ्चार गरौँ।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
संसदमा आज - स्वास्थ्यका कुरा :
स्वास्थ्य बिमा ऐनको प्रभावकारी कार्यान्वयन गरौँ। सबै नेपालीको अनिवार्य स्वास्थ्य बिमा र बिमा मार्फत गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरौँ । -
Gagan Thapa
@thapagk
आज संसदमा -
विद्यालयका बालबालिकाको सिकाइको स्तर चिन्ताजनक छ। विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेपले त्यहाँको पढाइको गुणस्तरमा असर त परेको छ नै विद्यार्थीहरूमा नैराश्यता बढेको छ। शिक्षा सुधारका विषयमा सरकारले तत्काल गर्न सक्ने सुधारहरूमा अब कति पनि ढिलाई गर्नु हुँदैन।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
जो सुकै होस् । जति सुकै शक्तिशाली होस् ।
राजनीतिक होस् कि आर्थिक शक्ति होस् ।
चाहे जग्गा मिच्ने होस्, चाहे नागरिकताको कीर्ते गर्ने होस् ।
चाहे सहकारीमा ठग्ने होस् । यताको होस् । उताको होस् ।
कसैले पनि उन्मुक्ति पाउनु हुँदैन ।
आज संसदमा …This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
The first session of the Skill Up series is here!
Skill Up is a monthly initiative of the Office of MP designed for the Youths of Kathmandu Constituency 4. The program aims to support the youths in the constituency by providing them with a platform that can help them nurture their skills for the job market and professional endeavors.
Skill Up is a monthly event conducted on two Saturdays each month. Every month, we will have experts guide our participants in learning skills that could benefit their professional lives.
We are starting the first session with Microsoft Excel this Saturday!
Excel your professional career with Microsoft Excel! Join us for the first Skill Up session on February 10 and 17. Scan the QR code or click the link to register !
forms.gle/kidHdw36q5zXaPZj9 -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेसका निष्ठावान नेता,केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको असामयिक निधनमा पार्टी शोकमा भएकोले समुदायमा कांग्रेस अभियानका कार्यक्रम हाललाई स्थगित गरिएको छ।संवाद यात्राका स्थगित कार्यक्रमहरू पछि मिति तय गरी सोही स्थानबाट पुनः सुचारु हुनेछन।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेसका एक निष्ठावान् योद्धा, केन्द्रीय सदस्य, पूर्व मन्त्री केशवकुमार बुढाथोकीको विराट मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा निधन भएको खवरले अत्यन्तै मर्माहत बनाएको छ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दछु।
-
Gagan Thapa
@thapagk
*समुदायमा कांग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा पर्सामा*
खुला संवाद, पत्रकार संवाद, उद्योग व्यवसायी संवाद र पार्टी भेटघाटमा म सहित सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियारजी लगायत पार्टीका साथीहरूको अन्तरक्रिया।
संवाद तथा सरोकारवालासंग भेटघाटको क्रममा स्थानीयवासीले कृषिमा आउने अनुदान किसानको खातामा सोझै आउने व्यवस्थाको माग, कृषि उत्पादनको उचित मूल्य, तराईको लाइफलाइन हुलाकी राजमार्ग र नारायणी रंगशालालाई भएको उपेक्षा, नागरिकता कानूनको विषय, उधारो सम्बन्धी कानूनको विषय, सुख्खा बंदरगाह नचलेको विषय, स्टार्ट अपलाई काठमाडौं बाहिर पनि प्राथमिकता दिनुपर्ने र कर लगायतका विषय उठाउनुभएको छ। -
Gagan Thapa
@thapagk
*समुदायमा कांग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा बारामा*
समुदायमा खुला संवाद, युवा संवाद, कृषि संवाद, पर्यावरण र श्रम संवाद तथा पार्टीका साथीहरूसंगको भेटघाट र अन्तरक्रिया। संवादका क्रममा युवा र रोजगारीको विषय, कृषि उत्पादन, सिंचाइ र मलको विषय, वन विनास र पर्यावरणको विषय, शान्ति सुरक्षा र प्रशासनबाट सहजिकरण नभएको विषय, पार्टी पङ्क्तिमा दलित वर्गको सहभागिता, न्याय र गठबन्धन लगायतका विषयमा कुरा राख्नुभयो। -
Gagan Thapa
@thapagk
समुदायमा कांग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा रौतहटमा
खुला संवाद तथा सरोकारवालासंग भेटघाटको क्रममा स्थानीयवासीले डुबानको विषय, चिनी मिल नभएको कारण हुने समस्या, विद्यालयमा शिक्षकको अभाव, वैदेशिक रोजगारमा फ्रि भिषा भन्दै ठगिएको लगायतका विषय उठाउनुभयो। -
Gagan Thapa
@thapagk
*समुदायमा कांग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा सर्लाहीमा*
कौडेना गाउँपालिकाले संचालन गरेको सामुदायिक अस्पतालको अवलोकन, मलङगवा लगायत भिभिन्न ठाउँमा खुला संवाद तथा सरोकारवालासंग भेटघाट। संवादको क्रममा स्थानीयवासीले प्रशासन कार्यालयहरुमा हुने समस्या, मलको उपलब्धता र असमान वितरण, भन्सारमा भोग्नुपर्ने अप्ठ्यारो लगायतका विषयमा कुरा राख्नुभयो। -
Gagan Thapa
@thapagk
*समुदायमा कांग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा महोत्तरीमा*
बलवामा परौल स्थानको दर्शन, सम्सीमा शहीद शिवचन्द्र मिश्रको सालिक अनावरण। लोहारपट्टी, बलवा, मनरा सिस्वा, सम्सीमा समुदायमा खुला संवाद तथा सरोकारवालासंगको छलफल र अवलोकनका क्रममा स्थानीयवासीले 'लम्पी स्किन' बाट मृत्यु भएका गाईवस्तुको क्षतिपुर्तिको विषय, सीमाका वासिन्दाले भोग्नुपरेको सास्ती, सरकारी विद्यालयको गुणस्तरको विषय, सिंचाईको असुविधाका कारण खेतियोग्य जमिन बांझो भएको र दशकौंदेखि सिंचाई योजनाको मर्मतसम्भार समेत नभएको, मिटर व्याजको समस्या, युवा रोजगारी र बैदेशिक रोजगारीका क्रममा भोगेका समस्या लगायतका विषयमा कुरा राख्नुभयो। -
Gagan Thapa
@thapagk
*समुदायमा कांग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा धनुषामा*
वि. स २०१८ साल देखि निरन्तर भइरहेको अखण्ड सीताराम नाम संकीर्तन एवं जानकी मन्दिर दर्शन,
Gagan Thapa
@thapagk
कमला नदीको पर्यावरणको रक्षाको लागी यहाँ स्थानीय साथीहरूको "कमला बचाउ अभियान" अन्तर्गतको 'मिया वाकी' विधिबाट वृक्षारोपण, मुसहर बस्तीका विद्यालय र पाश्वान बस्तीमा गरी दुई ओटा सामुदायिक सिकाई केन्द्रको सुरुवात,
Gagan Thapa
@thapagk
रेलमार्ग अवलोकन र आप्रवासी कामदारको हकहित सम्बन्धी छलफलमा सहभागि भयौं। संस्कृति-सम्पदा,शिक्षा,पर्यावरण,वैदेशिक रोजगारी र पुर्वाधार विकास लगायतका विषयमा आम जनताका कुरा सुन्यौं।
-
Gagan Thapa
@thapagk
समुदायमा कांग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा सिरहा जिल्लामा प्राविधिक शिक्षालयको आवश्कता, दलित आरक्षण मध्य मधेशी दलित समुदायको सहभागिताको विषय, तराईमा बढ्दो लागू पदार्थ दुर्व्यसन समस्या, कृषि कोल्ड स्टोरको आवश्यकता, सिंचाई सुविधाको विषय, विकास निर्माणमा ढिलासुस्ती लगायतका विषयमा कुरा राख्नुभयो।
-
Gagan Thapa
@thapagk
यात्राको क्रममा सप्तरी राजविराजको गजेन्द्र नारायण सिहं अस्पतालमा। त्यहाँ बालबच्चाको कुपोषण, कार्यरत स्वास्थ्यकर्मीका समस्या लगायत भवन हस्तान्तरणको विषयमा कुराहरु भयो!
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
"समुदायमा कांग्रेस" अभियान अन्तर्गत आज शहीद दिवसको दिन देशभर वडा तहका कार्यक्रम सुरु भएका छन। आज म आफू क्रियाशील रहेको का.म.न.पा वडा न. ३० को कार्यक्रममा सहभागी हुनको लागि 'संवाद यात्रा' एक दिनको लागी थाती राख्दै काठमाडौँ आएको छु। आज यहाँ अभियान अन्तर्गत 'सम्पदा सरसफाई' कार्यक्रम गरेका छौँ। वडा तहमा कार्यक्रमको आयोजना तथा व्यवस्थापन गर्ने नेपाली कांग्रेस का.म.न.पा. वडा न. ३० लगायत सबै वडा कार्यसमितिलाई धन्यवाद!
-
Gagan Thapa
@thapagk
आज शहीद दिवस!
स्वतन्त्रता र जनअधिकारका लागि प्राण आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूमा हार्दिक नमन !
समुदायमा कांग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा आजै आदरणीय गुरू घिमिरे सहित हामी धनुषा शहीद नगर यदुकुहामा पुगेर शहीद कामेश्वर मण्डल, कुशेश्वर यादवको सालिकमा माल्यार्पण गर्ने अवसर मिल्यो। हार्दिक श्रद्धाञ्जली! -
Gagan Thapa
@thapagk
हामी अहिले राती ११ बजिसक्दा पनि सिराहा ओैरहीका कृषक तथा स्थानीयहरू सँग संवादमा छौँ।
सिराहा आइपुग्दा थोरै ढिला भएकाले पूर्वनिर्धारित ठाउँमा थोरै ढिला नै पुगियो। तर चिसो, रात केही नभनी यति अबेर सम्म म सँग भेटेर संवाद गर्न कुरेर बसिदिनु भएकोमा औरहीवासी लाई नमन! -
Gagan Thapa
@thapagk
समुदायमा कांग्रेस अभियान सप्तरीमा
सप्तरीमा हिजो बेलुका आयौँ र आज दिउसोभर जसो यहीँ रह्यौ। सप्तरीमा रहँदा राजविराजको गजेन्द्र नारायण सिंह अस्पताल, डाग्नेश्वरीको पत्थरगढा, बोदेबर्साइनमा पार्टीका साथीहरूका साथमा स्थानीय आम समुदायसँग खुल्ला संवाद र भेटघाट गर्यौ। सप्तरी बासीको माया, मीठो आतिथ्य साथमा कङ्कालिनी र छिन्नमस्ता मन्दिरको आशीर्वाद लिएर हामी अहिले सिराहा जिल्ला प्रवेश गरेका छौँ। भगवानपुरमा आएसँगै हाम्रो भेटघाट, संवाद र यात्राको क्रम सिराहामा पनि निरन्तर चलिरहेको छ। -
Gagan Thapa
@thapagk
समुदायमा कांग्रेस अभियान
आज संवाद यात्राको दोस्रो दिन
मोरङ र सुनसरीबाट
समुदायमा कांग्रेस अभियानको आज दोस्रो दिन। हिजो बेलुका मोरङमा रङ्गेली धर्मशालामा बास बस्दै गर्दा यहाँका केही साथीहरूसँग संवाद भयो। संवाद शृङ्खला आज बिहानै संसारीमाईको पूजा र रङ्गेली बजारको चिया सँगै पुनः शुरु भयो।
Gagan Thapa
@thapagk
मोरङ म कयौँ पटक आएको छु, तर यो अभियान भर हामीले संवाद गर्ने हो, यहाँका कुरा सुन्ने हो भनेपछि, म मा नयाँ उत्साह थियो। मोरङमा रहँदा रङ्गेली, कर्सिया बजार, रामचौक, कटहरी जस्ता ठाउँहरूमा पुगेर यहाँका स्थानीय सँग खुलेर संवाद गर्दा मलाई धेरै नयाँ कुराहरू को बुझाइ भयो। वरगाछीको गुराँस पुस्तकालयमा पुस्तक हस्तान्तरण गर्न जाँदा मैले एउटा बोट पनि रोपेको छु। ममा, मैले रोपेको बोटको हुर्काइ सँगै वरगाछी को सस्मरण सधैँ रहिरहनेछ।
Gagan Thapa
@thapagk
समुदायमा संवाद अनि पार्टीका साथीहरूसंग भेटघाट अन्तरक्रिया मोरङबाट थप उत्साह बोकेर सुनसरी आइपुग्दै गर्दा थोरै ढिला भयो। बर्जू ताल बाट सुरु भएको सुनसरीको यात्रामा भोक्राह नरसिंह गाउँपालिकामा यहाँका कृषकहरूसँग गरेको कुरा विशेष रह्यो। कृषकलाई स-साना कुराले ठुलो समस्यामा पारेका छन्। भोक्राहमा नै रहँदा अँध्यारो भैसकेको थियो, जाडो थियो, तर पनि सबै जना त्यो कुराको प्रवाह नगरी अन्तिम सम्म रहनुभयो।
हामी अहिले सुनसरी बाट सप्तरी जाँदै छौँ। हाम्रो संवाद र भेटघाटको निरन्तरता यसरी नै भोलि सप्तरी बाट....
जय नेपाल! -
Gagan Thapa
@thapagk
आज नेपालको लोकतान्त्रिक आन्दोलन र महिला मुक्ति आन्दोलनको योद्धा श्रद्धेय नोना कोइरालाको स्मृति दिवस!
समुदायमा कांग्रेस अभियानका क्रममा आजै विराटनगरस्थित पार्टी कार्यालय पुगेर उहाँको सालिकमा माल्यार्पण गर्ने अवसर मिल्यो।
उहाँप्रति हार्दिक श्रद्धाञ्जली! -
Gagan Thapa
@thapagk
आजबाट 'समुदायमा कांग्रेस अभियान' प्रारम्भ भयो!
हामी, हाम्रो अभियान मेची पुलबाट सुरु गरेर, कञ्चनश्री, झापा बजार, कञ्जीवारी, खजुरगाछी हुँदै अहिले मोरङ आइपुगेका छौँ।
हामीले अभियानको क्रममा यात्रा गर्ने घोषणा पछि सबैजनाले 'कम सुनाउने बढी सुन्ने गर्नुपर्छ है!' भनेर सुझाव दिनुभएको छ। हाम्रो अभियानको मुख्य उद्देश्य नै त्यहीँ हो, संवाद सँगै यात्रा। आज जाडो थियो, तर हामी सँग संवाद गर्न, भेटघाट गर्न धेरै जना हामी सँग जोडिनुभयो। आज हामीले कृषकका, युवाका, स्थानीय आम समुदायका माझ गएर कुरा गर्यौ। सबै जनाका सुझाव, सल्लाह, गुनासा, माया, शुभेच्छा लिएर आजको झापाको यात्रालाई बिट मारेका छौँ। हाम्रो यात्रा भोलि पनि निरन्तर रहनेछ, कुरा सुन्ने, संवाद गर्ने, यात्रा गर्ने क्रम भोलि पनि चल्नेछ। अब भोलि 'संवाद गर्न' हाम्रो भेट मोरङमा! -
Gagan Thapa
@thapagk
काठमाडौं क्षेत्र नं ४ मा सार्वजनिक शौचालय सहितको बगैंचा एवं चालू आर्थिक बर्ष २०८०/०८१ का याेजनाहरूकाे (सडक) अनुगमन तथा अन्तरक्रिया । २०८० माघ १२
-
Gagan Thapa
@thapagk
आज माघ १२, नेपाली कांग्रेसको ७८औँ स्थापना दिवस!
यस अवसरमा सबै कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरूमा शुभकामना! पार्टी स्थापनाकाल देखि आजसम्म पार्टी निर्माणमा योगदान पुर्याउनुहुने सम्पूर्ण श्रद्धेय नेतागण, बलिदानी दिने सहिद तथा योद्धाहरू प्रति हार्दिक नमन गर्न चाहन्छु। हामीले, आज स्थापना दिवसको अवसरमा 'श्रद्धा, संकल्प र सम्मान कार्यक्रम' आयोजना गरेका छौँ। तपाईँहरू सबैलाई पार्टी केन्द्रीय कार्यालयमा निमन्त्रणा पनि गर्न चाहन्छु।
नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेको राजनैतिक र आर्थिक उपलब्धिको जगमा 'समुन्नत नेपाल, सम्मानित नेपाली' को सपना साकार पार्ने अभियानमा लाग्न सम्पूर्णलाई आग्रह समेत गर्दछु। -
Gagan Thapa
@thapagk
राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुहुने सबैमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
-
Gagan Thapa
@thapagk
संवाद यात्रा
अब तपाईँसँग मेरो भेट तपाईँकै गाउँमा, तपाईंकै ठाउँमा !
समुदायमा कांग्रेस अभियान अन्तर्गत म माघ १३ गते भद्रपुर वडा नं.५ मेचीपुल भन्सारबाट तपाईँसंगको संवाद यात्रामा हुनेछु। -
Gagan Thapa
@thapagk
आज न्यूजिल्याण्डसंग को पहिलो खेल संगै विश्व कपको सबै खेलमा उत्कृष्ट प्रदर्शनीको हार्दिक शुभकामना ! Best Wishes Boys
-
Gagan Thapa
@thapagk
माघे संक्रान्ति, माघी, मकर स्नान, घ्यु चाकु खाने दिनको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !
-
Gagan Thapa
@thapagk
तमु ल्होसार २०८० को पावम अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना!
-
Gagan Thapa
@thapagk
मेरा मित्र तथा कांग्रेसका एक निष्ठावान् योद्धा, नेपाली कांग्रेस रामेछाप-काठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको असामयिक निधन भएको खबरले अत्यन्तै मर्माहत बनाएको छ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दछु।
-
Gagan Thapa
@thapagk
धान्य पूर्णिमा,उधौली पर्व र य:मरी पुन्हीको उपलक्ष्यमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना !
-
Gagan Thapa
@thapagk
उदयपुर कटारी अस्पतालमा अस्पताल व्यवस्थापन, सेवा प्रवाहको अवस्था र समन्वय लगायतका विषयमा जनप्रतिनिधि र अस्पताल टीम संगको छलफल।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
क्रिसमसको उपलक्ष्यमा सम्पूर्ण ईसाई धर्मावलम्वीहरूमा हार्दिक मंगलमय शुभकामना !
-
Gagan Thapa
@thapagk
आज श्रद्धेय: नेता कृष्ण प्रसाद भट्टराईको शताब्दी जन्म दिवस!
लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान र आजको सन्दर्भबारे आज पार्टी कार्यालय, सानेपामा विमर्श गर्यौं। विमर्श सभामा पाल्नुभएका वक्ताद्वय श्री निलाम्बर आचार्य र श्री सिके लाल एवं सहजकर्ता डा. नवराज लम्सालप्रति कृतज्ञता व्यक्त गर्दछु।
किसुनजीले देखाएको निष्ठा, इमानदारिता र सरलताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिलोस्। -
Gagan Thapa
@thapagk
२०७९ को आम चुनावबाट निर्वाचित भएर म तपाईँको सांसदको रूपमा शपथ खाएको आज ठिक एक वर्ष भएको छ। निर्वाचनका क्रममा मैले तपाईंको जनप्रतिनिधि भएर गरेका प्रयासलाई तपाईंहरू समक्ष आवधिक रुपमा प्रस्तुत गर्ने बाचा गरेको थिएं। त्यसै अनुसार यो भिडियो मार्फत मैले यस एक वर्षमा गरेका कामहरू संक्षेपमा प्रस्तुत गरेको छु।
तपाईंको जनप्रतिनिधि र एउटा जिम्मेवार सांसदको रूपमा मैले गर्नुपर्ने कामका बारेमा तपाईंहरूको निरनतर सल्लाह र सुझावको अपेक्षा गरेको छु।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
कोशी विराटनगरमा ..
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस उदयपुर - प्रथम जिल्ला सम्मेलन
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस प्रथम मधेस प्रदेश सम्मेलन, जनकपुरधाम
-
Gagan Thapa
@thapagk
प्रिय विश्व दाई जन्मदिनको सप्रेम शुभकामना!
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस प्रथम गण्डकी प्रदेश सम्मेलन, पोखरा
-
Gagan Thapa
@thapagk
प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका संस्थापक सदस्य श्री रामनारायण मिश्रजीको ५६औँ पुण्य तिथिको अवसरमा गंगासागर, जनकपुरधाममा आयोजित श्रद्धाञ्जली एवं प्राथना सभा।
-
Gagan Thapa
@thapagk
तनहुँ
-
Gagan Thapa
@thapagk
कुश्मा, पर्वतमा ..
-
Gagan Thapa
@thapagk
पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाही प्रति क्षमा चाहान्छु, ‘Sorry’!
सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो। त्यसका लागि नगरपालिकाको व्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भिर लापरवाही हो। यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो। त्यसप्रति म माफी चाहान्छु। पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं। -
Gagan Thapa
@thapagk
पाल्पामा दुई दिन ..
-
Gagan Thapa
@thapagk
माता जानकीक भगवान श्रीरामक संग संपन्न शुभ विवाहक स्मृतिमे प्रतिवर्ष राजर्षि जनकक पुण्यभूमिमे मनाओल साँस्कृतिक पावनि विवाह पञ्चमी पावन अवसरपर समस्त नेपालीके हार्दिक शुभकामना व्यक्त करैत छी।
-
Gagan Thapa
@thapagk
सरकारले उपयुक्त अध्ययन बिना दीर्घकालीन महत्वका निर्णय लिनु भनेको पनि कुशासन हो। यस्तै भएको छ, नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रियामा! कुनै बेला सरकार आफैले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबरहरू आएका छन। पुँजी बजारको अवस्था र आवश्यकता बारे थप अध्ययन भएर आवश्यकता पहिचान नभएसम्म यो अनुमति दिने प्रक्रिया रोकिनुपर्छ। सरकारले कुरा सुशासनका गर्ने, काम कुशासनका गर्ने गर्न मिल्दैन।
हामीले यो कुरा प्रधानमन्त्री ज्यु लाई भेटेरै भनेका छौ र सार्वजनिक रूपमा पनि खबरदारी गराउन चाहन्छौँ। -
Gagan Thapa
@thapagk
हाम्रो उच्च शिक्षा अस्त-व्यस्त छ। त्यसको प्रमुख कारण हो शिक्षामा भएको दलियकरण र विश्वविद्यालय नियुक्तिमा भएको भागबन्डा हो। यसमा हामी सबै उत्तिकै दोषी छौँ। तर यसलाई अब सच्चाउन पर्छ। उच्च शिक्षा सुधार र हाम्रा गल्ती सच्चाउने कुराको प्रस्थान बिन्दु हुन सक्छ देशकै जेठो र ठुलो त्रिभुवन विश्वविद्यालय र यसको उपकुलपति नियुक्ति!
अब त्रिभुवन विश्वाबिधालयको उपकुलपति लगायतका अन्य नियुक्ति भागबन्डा र स्वार्थका आधारमा होइन, विश्वविद्यालय र उच्च शिक्षा सुधार गर्न सक्ने ज्ञान, सिप, दक्षता, कार्य योजना भएको व्यक्तिलाई नियुक्ति गरौँ। यो कुरा मैले प्रधानमन्त्रीलाई भेटेर पनि भनेको छु।
हामीले अब पनि यसो गरेनौँ भने, धेरै ढिला हुनेछ। उच्च शिक्षा सुधार गर्न अब ढिला गर्ने छुट हामीलाई छैन। -
Gagan Thapa
@thapagk
जाजरकोटमा झनै चिसो बढेको छ
अस्थायी आवास निर्माणका लागि भूकम्प प्रभावित क्षेत्रमा पुग्नु भएका केही साथीहरू अस्थायी टहराहरू निर्माण गरेर फर्कनु भएको छ। केही साथीहरू अहिले प्रभावित क्षेत्रमा निरन्तर काम गरी राख्नु भएको छ।
हामीले मङ्सिर २६ बाट पुस ६ गते सम्म अस्थायी आवास निर्माणको दोस्रो चरणका लागि यहाँबाट साथीहरू जाँदै हुनुहुन्छ।
यद्यपि हाम्रो प्रयासले मात्रै अस्थायी आवास निर्माण सम्पन्न गर्नु सम्भव हुँदैन। यसका लागि सरकारले नै तदारुकता देखाउनु पर्छ। प्रभावित क्षेत्रमा यथाशीघ्र आवास निर्माण सम्पन्न नगर्ने हो भने स्थिति भयावह हुने छ। आवास निर्माणलाई जति सक्दो चाँडो गतिमा अघि बढाउन सरकारलाई झकझकाई रहेका छौँ।
हामी निरन्तर अस्थायी आवास निर्माण अभियानमा छौँ। -
Gagan Thapa
@thapagk
एनसेल प्रकरण: समिति बन्यो ठिक हुन्छ भन्ने अवस्था छैन,सशक्त खबरदारी आवश्यक छ
एनसेलको खरिदबिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै यो प्रकरणमा ठुलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिन्छ।
तत्कालै यो प्रकरणमा विभिन्न तहबाट प्रश्न उठेकै छन्।संसदीय समितिमा,गठबन्धन दलका बैठकमा,पार्टी भित्र बाहिर सबैतिर।सरकारले समिति बनाएको छ भने सार्वजनिक लेखा समितिले “समग्र प्रक्रियामा अनुसन्धान गर्नुपर्ने देखिएकाले त्यो पूरा नहुन्जेल शेयर बिक्रीको प्रक्रियालाई रोक्न निर्देशन” दिएको छ।
तर, समिति बन्यो सबै ठिक हुन्छ भन्ने अवस्था छैन । कानुनको छिद्र दुरुपयोग गरेर यस्तो गरेको प्रस्ट देखिन्छ।यसमा बदनियत छ, किनकि पहिला पनि पटक पटक यस्तो गरेका दृष्टान्त छन्।राजनीतिक र प्रशासनिक नेतृत्व मध्ये कसैको साथ र आश्वासन नपाईकन यत्रो अनियमितताको हिम्मत आउँदैन। जसको आडमा यो भएको छ र जो प्रत्यक्ष परोक्ष संलग्न छन् अहिले हुने छानबिन प्रभावित गर्न उनीहरू लाग्ने नै छन्।
अतः उनीहरूलाई असफल बनाउने भनेको यो प्रकरणमा जो जहाँ बसेर प्रतिरोध गरिरहेका छौ, हाम्रो प्रयासलाई एकीकृत बनाउने हो, जसरी विगतमा प्रतिरोध गरेका थियौँ, कोहीले सरकार भित्रैबाट कोहीले संसदमा, कोहीले सडकबाट।
१) समिति औपचारिकतामा मात्र सीमित नहोस्।छानबिन समिति बनाउने र सामसुम पार्न नदिन हर क्षण सचेत र चनाखो हुनु जरुरी छ। हरेक पटक अनेकन भ्रष्टाचार र आर्थिक अनियमितताका काण्ड सार्वजनिक हुन्छन्, दबाब हुन्छ, छानबिनको प्रयास हुन्छ अनि विभिन्न दृश्य अदृश्य साँठगाँठमा प्रकरणलाई सामसुम पार्ने प्रयास हुन्छ। यस्तो हुन नदिन निरन्तर खबरदारी गरौँ।
२) यो प्रकरणमा जोसुकै, जुनसुकै तह, ओहदा, र पार्टीको जस्तोसुकै प्रभावशाली व्यक्ति संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ। नेता-नाता, सरकारी-गैरसरकारी कसैले छुट पाउनु हुँदैन । साथै यो सँगै कुनै व्यक्ति,संस्था वा समूहको स्वार्थ अनुकूल नीतिगत भ्रष्टाचारका लागि कहीँ कतैबाट ठाउँ बनाउन खोजिएको छ भने त्यसलाई रोक्नुपर्छ। अझै सशक्त ढङ्गबाट प्रतिवाद जरुरी छ, नागरिक स्तरबाट, सञ्चार माध्यमबाट, दलहरूभित्रबाट, सरकार भित्रैबाट र सांसदबाट। अतः सबै तिरबाट अझै सङ्गठित र सामूहिक रूपमा प्रतिवाद गरौँ।
३) यो प्रकरणसँग जोडिएर जसरी नेपालमा हुने प्रत्यक्ष वैदेशिक लगानी तथा अन्य लगानीको वातावरणलाई प्रभावित पार्ने र आरोप लगाउने विषय उठेका छन्। ती विषय गम्भीर छन्। यस सन्दर्भमा नेपाल सरकारले प्रस्ट गर्नुपर्छ,गराउनुपर्छ।
पुनः आग्रह छ-समिति मात्र बनाएर प्रकरण फासफुस पार्ने र मिलेमतोमा टुङ्गाउने प्रयास कहीँ कतैबाट नहोस्।सुन काण्डदेखि भुटानी शरणार्थी काण्डसम्म पर्दाभित्र दलका शीर्षहरूबिच जे जस्ता मिलेमतोका प्रयास भए यो प्रकरणमा त्यस्तो हुन नदिन सरकारभित्र, दलहरूभित्र र बाहिर अझै सशक्त ढङ्गले खबरदारी गरौँ। -
Gagan Thapa
@thapagk
रुकुम पश्चिम सोती गाउँमा सङ्गठित र योजनाबद्ध रूपमा भएको नवराज विकसहित ६ युवाको हत्याका सन्दर्भमा अदालतले गरेको फैसला ऐतिहासिक छ।
यो फैसलाले जातीय विभेद र छुवाछुतको आडमा हुने अपराधका विरुद्धमा हाम्रो न्याय प्रणाली सशक्त रूपमा उभिएको छ र नेपालको न्यायिक इतिहासमा यो फैसलाले एउटा युगान्तकारी नजिर स्थापित गरेको छ।
अदालतले जस्तै हाम्रो समाजले नवराजहरूलाई न्याय र सम्मान दिन तथा जातीय विभेद र छुवाछुतकै कारण अझै समाजमा विभेद भोग्नुपरेका धेरै युवाले नवराज बिकको नियति भोग्नु नपर्ने परिस्थिति सिर्जना गर्न राज्यले ठोस कदम चाल्नुपर्छ।
नियम कानुन मात्र होइन नियत र व्यवहारमा पनि उत्तिकै बदलाव आवश्यक छ।सबैले आ-आफ्नो ठाउँबाट सत्प्रयास गरौं- अरू नवराजहरूले सम्मानित जीवनसँगै न्याय पाउन सकुन।यो नै समुन्नत नेपालको महत्त्वपूर्ण आधार हुनेछ। -
Gagan Thapa
@thapagk
समुन्नत नेपाल, सम्मानित नेपाली' बनाउने हाम्रो सपनाको सबैभन्दा महत्त्वपूर्ण विषय हरेक नागरिकलाई समान अवसर हो। हामीले कोही पनि व्यक्ति अपाङ्ग भएकै कारण त्यो अवसर बाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने छ। समतामुलक कानुनको निर्माण गरी अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक संयन्त्रमा अपनत्वको आभास दिलाउँदै, सबै नागरिकको सहभागिता लाई समावेशी बनाउने मुख्य जिम्मेवारी सरकार, हामी सबैको हो।
अपाङ्गता दिवसको अवसरमा हामी सबैलाई अपाङ्गता भएका व्यक्तिहरू सँगै मिलेर उहाँहरूको बृहत्तर हितको र समुन्नत नेपाल निर्माणमा लाग्ने प्रेरणा मिलोस्। -
Gagan Thapa
@thapagk
हामी निरन्तर अस्थाई आवास निर्माण अभियानमा छौँ।
भूकम्प प्रभावित क्षेत्रमा १०० वटा अस्थाई आवास निर्माण गरी प्रदीप पौडेल लगायतका साथीहरू काठमाडौँ फर्किए लगत्तै नेपाली कांग्रेसका अन्य टोलीका साथीहरू अस्थाई आवास निर्माणका लागि जाजरकोट र पश्चिम रुकुममा हुनुहुन्छ। नेविसंघका साथीहरूले विद्यालयका लागि अस्थाई भवन बनाएर हस्तान्तरण गर्नु भएको छ।
जाडोबाट हुन् सक्ने मानवीय जोखिमलाई न्यूनीकरण गर्न प्रभावित क्षेत्रमा जति सक्दो छिटो अस्थाई टहराको निर्माण गरिसक्नु पर्ने छ। नेपाली कांग्रेसको यो अभियानमा यहाँहरू पनि जोडिन सक्नु हुनेछ। -
Gagan Thapa
@thapagk
भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिने रकम बिना झन्झट एकमुष्ट दिइनुपर्छ।
हिजो भएको पार्टी नेताहरूको छलफलमा, सरकारले अस्थायी आवास निर्माणका लागि दिने भनेको पचास हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने भन्ने निर्णय भए अनुसार प्रधानमन्त्री ज्युलाई भेटेर यो विषयमा जानकारी गराएको छु।
यदि डर रकम दुरुपयोगको हो भने पनि त्यसको हिसाबकिताब, पछाडि स्थायी आवास निर्माण र पुनर्निर्माणको क्रममा गर्न सकिन्छ तर अहिलेको भुक्तानी प्रक्रिया अनावश्यक रूपमा झन्झटिलो भयो भने उपयुक्त समय भित्र अस्थायी घर नबन्ने सम्भावना रहन्छ। त्यस कारण भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिइने रकम दुई किस्ता नभई एकमुष्ट दिँदा उचित हुने हाम्रो धारणा हो। प्रधानमन्त्री ज्युले पनि यही अनुसार बन्दोबस्त गर्ने विश्वास दिलाउनु भएको छ। -
Gagan Thapa
@thapagk
गुल्मीको उत्साह नै बेग्लै!
म हिजो दिनभर गुल्मीमा थिए। यहाँ रहँदा रुरु- रेसुङ्गा घुमे। यहाँ अग्रज आमा- बुवा, युवा साथीहरू सँग भेटेर कुरा सुन्दै, साट्दै, बुझ्दै गरेर समय बित्यो। नेपाली कांग्रेस गुल्मीको जिल्ला सम्मेलन का लागि चिदिचौरमा जम्मा हुनुभएका साथीहरूको उपस्थिति र उत्साह साँच्चै नै विशेष थियो। अहिले गुल्मीको अपार माया लिएर जाँदै छु। भेट्न र रुरु-रेसुङ्गा घुम्न, 'जाऊँ हिँड रेसुङ्गा' भन्दै म फेरि आउनेछु।
अब, म पश्चिमको छोटो यात्रा सकाएर काठमाडौँ फर्कनेछु। त्यसपछि, पार्टीका महत्त्वपूर्ण काम सकाएर, म पुरै नेपाल यात्राको तयारीमा लाग्नेछु। अब तपाईँहरू सँग भेट, यसै गरी तपाईँहरू कै ठाउँमा हुनेछ। -
Gagan Thapa
@thapagk
अर्घाखाँचीमा रहँदा!
अर्घाखाँची नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा सहभागी भएपछि म यहाँका विभिन्न ठाउँहरू पनि घुमे। सुपा देउरालीको दर्शन भयो। यहाँका युवा साथीहरू, उद्यमी, कृषक, तथा आम मानिसहरू सँग भेटघाट, भलाकुसारी भयो। अर्घाखाँचीको अपार माया, शुभेच्छा र आशीर्वाद लिएर आज गुल्मीमा आएको छु। -
Gagan Thapa
@thapagk
नवलपुर, पश्चिम नवलपरासी, कपिलवस्तु, अर्घाखाँची हुँदै अबको भेट गुल्मी तिर !
पछिल्ला केही दिनमा सङ्गठनका साथीहरूसँगको भेटघाट, छलफलका साथै मैले आम मानिससँग दुख सुख साट्ने अवसर पाएँ। यो बुझाईको, सिकाईको यात्राको क्रममा म भोलि गुल्मी तिर हुने छु। मिले सम्म भेटौँ है! -
Gagan Thapa
@thapagk
म केही दिनका लागि पश्चिमको यात्रामा छु। नवलपुर हुँदै पश्चिम नवलपरासी र कपिलवस्तुका साथीहरूसँग भेटघाट, कुराकानी गर्ने अवसर मिल्यो।
पार्टीको साथीहरू सँग सङ्गठनको बारेमा कुरा त भयो नै तर मेरो लागी सबैभन्दा उपयोगी भुईँ तहमा गएर आम मानिसका अहिलेका गुनासा, अपेक्षा बारे बुझ्नु रह्यो। साथीहरूको ऊर्जा र हौसलाले थप उत्साहित, थप जिम्मेवार महसुस गराएको छ।
अबको केही दिन निरन्तर यहाँहरूसँगको भेटघाटमा रहने छु। -
Gagan Thapa
@thapagk
अबको केही दिन पश्चिम तिर हुनेछु।
नेपाली कांग्रेसका साथीहरूले विभिन्न ठाउँहरूमा पार्टीका कार्यक्रमहरू राख्नुभएको छ, हाम्रो साक्षात्कार त्यहाँ हुने नै छ। सँगै तपाईँहरूको गाउँ-ठाउँ, आँगन, पिँढी, चिया पसल, चौतारीहरूमा पनि भलाकुसारी गर्ने छु, गुनासाहरू सुन्ने छु, सुझाव लिने छु।
मेरो देश भरी यात्रा गर्ने तयारीमा अहिलेको छोटो यात्राको अनुभवले मद्दत पुर्याउने छ।
आज, म नवलपुरमा छु। यहाँबाट अर्घाखाँची हुँदै गुल्मी आउने छु। त्यतै भेटौँ है!
जय नेपाल! -
Gagan Thapa
@thapagk
भूकम्प प्रभावित क्षेत्रमा बढ्दो चिसोका कारण अवस्था दिनानुदिन दिन कष्टकर बन्दै छ। जाडोका कारण हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्नका लागि हामीले जति सक्दो चाँडो अस्थायी आवासहरू बनाई सक्नु पर्ने छ। जोखिममा रहेका परिवारको अस्थायी आवास अहिले हाम्रो प्रमुख प्राथमिकता हो।
प्रदीप पौडेलको नेतृत्वमा नेपाली कांग्रेसका साथीहरू अहिले जाजरकोटमा हुनुहुन्छ। जाजरकोट र रुकुममा आवास निर्माणमा सहयोग गर्नका लागि नेपाली कांग्रेसबाट थप २५ टोली त्यस तर्फ जाँदै हुनुहुन्छ। भूकम्प प्रभावित क्षेत्रमा नेपाली कांग्रेसले न्यूनतम १००० अस्थायी घरहरू बनाउने छ।
सहयोग गर्न चाहने साथीहरू नेपाली कांग्रेसको यो अभियानमा जोडिन सक्नु हुनेछ। -
Gagan Thapa
@thapagk
२०१७ सालको क्रान्तिका योद्धा, प्रजातन्त्र सेनानी आदरणीय कृष्णविक्रम नेम्वाङको असामयिक निधनको खबरले स्तब्ध बनाएको छ।
उहाँले नेपाली कांग्रेसमा दिएको योगदान र इतिहासकारका रूपमा इतिहास लेखन, सङ्कलन र व्याख्यामा निभाएको योगदान सदा स्मरणीय रहनेछ।
उहाँको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
सूर्य उपासना के पर्व छैठ पुजाके सम्पूर्ण मे हार्दिक मंगलमय शुभकामना। जय छठी मैया !
-
Gagan Thapa
@thapagk
प्रधानमन्त्रीले भन्नुभएछ- 'सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो।'
प्रमज्यूलाई प्रश्न छ, कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेस सँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले,कसले गर्यो सहमति?
१)प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बिचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस्।
यो तपाईँहरू बिचको समझदारी हो पार्टीहरू बिचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ।
अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन।
२)यहीँ प्रसङ्गमा कति साथीहरूले, 'सरकारले गर्ने निर्णयको सत्ता पक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ?' भन्ने कुरा उठाउनु भएको छ।
त्यसको उत्तर हो, मिल्छ। गलतको विरोध, प्रतिरोध सबै गर्न मिल्छ, गर्नुपर्छ। हिजो पनि गलतलाई गलत भनेका हौं,आज पनि र भोली पनि भन्छौं। सत्तामा हुँदा गलत पनि ठिक र त्यही कुरा प्रतिपक्षमा हुंदा गलत भन्ने हुंदैन।
बरु,सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्ता पक्ष भनेर मौन बस्नु चाहिँ गलत हो।
३)जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन। हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले-जहिले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिइरहने छौं।
हिजो त्यहीँ काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन।
Wrong is Wrong. -
Gagan Thapa
@thapagk
सरकारलाई धन्यवाद!
भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम(पश्चिम)बाट फर्केपछी नेपाली कांग्रेसको तर्फबाट हामीले लिखित रुपमा प्रधानमन्त्रीज्यू समक्ष सरकारले तत्काल गर्नुपर्ने विषयहरूको ध्यानाकर्षण गराएका थियौं। मूलत: सरकारले फजुल खर्च रोक्न र सांसद विकास कोषको लागि छुट्टाइएको ८ अर्ब २५ करोड रुपैया पुनर्स्थापना र पुनर्निर्माणमा कोषमा जम्मा गर्न हाम्रो विशेष आग्रह रहेको थियो प्रधानमन्त्रीज्यूले ति विषयलाई सकारात्मक रुपमा लिएर कोशिष गर्छु भन्नुभएको थियो। सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रकम पुनर्स्थापना र पुनर्निर्माणमा प्रयोग गर्ने निर्णय गरेको छ। सरकारलाई हार्दिक धन्यवाद! -
Gagan Thapa
@thapagk
टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ।
सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत 'अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता' लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन। -
Gagan Thapa
@thapagk
भूकम्पपछि तत्काल राहत, अस्थायी आवास निर्माण र पुनर्निर्माण सम्म पुग्दा ठुलो खर्च लाग्छ किनकि भूकम्पले क्षति पुर्याएका हजारौँ त घर मात्र बनाउनु पर्नेछ। सरकारले यो सबैको व्यवस्थापन गर्नुपर्नेछ। त्यसैले हामीले प्रधानमन्त्रीलाई भेटेरै दुई वटा कुरा तत्काल गर्न भनेका छौँ।
एक, सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस् र भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुहोस्। अनि बल्ल, सरकारको गम्भीरता देखिन्छ।
दुई, 'संसदीय कोष' भनेर चिनिने 'संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम' को लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्नुहोस्।
सरकारले, आफैँले तत्काल गर्न सक्ने यति काम सुरु गरेपछि बल्ल अन्य सहयोगी, दाताहरू तथा अन्यत्रबाट सहयोग माग्ने, व्यवस्थापन र परिचालन गर्ने नैतिक बल सरकारलाई प्राप्त हुन्छ। -
Gagan Thapa
@thapagk
आज भूकम्प प्रभावित क्षेत्रमा पानी पर्यो, जाडो बढिरहेछ। नयाँ घर नबन्दा सम्म कम्तीमा जाडो र बर्खा थेग्ने गरी अस्थायी घर बनाउन जरुरी छ।
हामीले दुई नमुना अस्थायी घर (टहरा) बनाउँदै गर्दाको अनुभवका आधारमा कम्तीमा दुई दक्ष र दुई अर्धदक्ष सहित ११ जनाको समूह हुँदा एक दिनमा एउटा टहरा बनाउन सकिने रहेछ। यो विषयमा हामीले प्रधानमन्त्री ज्युलाई भेटेका थियौँ। आज सरकारले अस्थायी आवास बनाउन प्रत्येक परिवार ५० हजार दिने सरकारले सही निर्णय गरेको छ। अब निर्णयमा मात्र नअड्की सरकारले अरू काम गर्नुपर्छ।
तत्काल तिहार लगत्तै प्रत्येक पीडित परिवारको हातमा रकम पुग्ने गरी संयन्त्र बनाएर काम गर्नुपर्छ।
घर बनाउन चाहिने जस्तापाता जस्ता सामानहरू बजार बाट लिनुपर्ने हुनाले बजारमा जस्ताको सहज उपलब्धता सुनिश्चित गर्नुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण, एकैसाथ धेरै संरचना बनाउनुपर्ने हुनाले जनशक्ति पर्याप्त छैन। त्यसको लागी दक्ष र अर्धदक्ष जनशक्ति त्यहाँ पुग्ने र काम गर्ने गरी उचित व्यवस्थापनमा ध्यान दिनुपर्छ।
यहीँ उद्देश्य सहित मङ्सिरको पहिलो साता नै नेपाली कांग्रेसले १००० घर बनाउन चाहिने जनशक्ति श्रमदानको लागि भूकम्प प्रभावित क्षेत्रमा पठाउने छौँ।
आज सरकारले पैसा दिने निर्णय गरेको छ, अब पैसा समयमा नै पीडित परिवारको हातमा पुग्ने देखि बाँकी काममा हाम्रो साथ, सहयोग र खबरदारी रहनेछ। -
Gagan Thapa
@thapagk
हामी केही दिनदेखि जाजरकोट र रुकुम पश्चिममा छौँ।
भूकम्प प्रभावित क्षेत्रमा नयाँ घर नबन्दा सम्म कम्तीमा जाडो छल्नका लागि अस्थायी घर बनाउन जरुरी छ। हामी केही इन्जिनियर तथा स्वयंसेवी साथीहरू सहित अस्थायी आवास निर्माणमा जुटेका छौँ। पाँच घण्टाको समयमा २ जना दक्ष जनशक्ति, २ जना अर्ध दक्ष जनशक्ति र करिब ७/८ जना सहयोगीले स्थानीय निर्माण सामग्रीको प्रयोग गरेर करिब ३५ हजारमा यी अस्थायी घरहरू बन्न सक्ने रहेछन्। -
Gagan Thapa
@thapagk
यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईंहरू(शीर्ष नेता) ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ। इतिहासले सधैँ सम्झिने छ। तपाईंहरू फेरी भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्यो। मैले भन्दै आएको छु, फेरी भन्छु-'तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।'
यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् ।इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ,सम्मान गर्नेछ। र, गणतन्त्र विरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन्। आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुनेछ। -
Gagan Thapa
@thapagk
कार्तिक १७ गते मध्यरातको भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम र वरपरका क्षेत्रमा भएको जनधनको क्षतिको खबरले मर्माहत बनाएको छ। ज्यान गुमाउने प्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र प्रभावित सम्पूर्णको सकुशलताको कामना गर्दछु।
प्रभावित क्षेत्रका साथीहरूसँग निरन्तर कुरा गरिरहेको छु, अवस्था भयभीत छ। दुःख र सङ्कटको यस घडीमा हामी सबै एक भएर लागौँ। सरकार, गृह-प्रशासन, लगायतका निकाय लाई शीघ्र भन्दा शीघ्र उद्धार, घाइतेहरूको स्वास्थ्योपचार, राहत र भय रहित व्यवस्थापनमा केन्द्रित हुन आग्रह गर्दछु। साथै कर्णाली प्रदेशको सम्पूर्ण पार्टी कमिटीका साथीहरू तथा जिम्मेवार सबैलाई सरकारलाई सहयोग गर्दै भूकम्प प्रभावित क्षेत्रका उद्धार तथा राहतका काममा जुट्न अपिल गर्दछु। -
Gagan Thapa
@thapagk
दस वर्ष पछि फर्किएको खुसी, हामी फेरि विश्वकपमा!
नेपाली राष्ट्रिय क्रिकेट टिम लाई बधाई तथा धन्यवाद! 🇳🇵 -
Gagan Thapa
@thapagk
आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य छ। मुद्दाको अन्तिम किनारा, पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको छ।
यस्तो अवस्था आएको पहिलो पटक होइन। कानुनको छिद्र प्रयोग गरेर पटक पटक यस खालका घटनाहरू दोहोरिने गरेका छन्। आम माफीका घटना आउँदा त्यसको विरोध गर्ने, घटना सेलाउँदै गए पछि बिर्सिने प्रवृत्तिलाई अब फेरि दोहोरिन दिनु हुँदैन। यस सम्बन्धमा जे-जसरी आम माफी दिने गरिएको छ, त्यसले यो प्रणालीमै प्रश्न उठ्ने गरेको छ। यसमा मुद्दाको अन्तिम किनारा गर्नुमा न्यायपालिकाको भूमिका र पीडितको न्यायको विषयको आधारमा यो प्रणालीमै पुनर्विचार गर्नुपर्नेछ।
अब हामी अलमलिने वा यो विषयलाई नजरअन्दाज गर्ने भन्ने नै हुँदैन, आम माफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गरौँ र कानुनी छिद्रहरू टालौँ। -
Gagan Thapa
@thapagk
Mission ICC T-20 Cricket World Cup 2024!
नेपाली राष्ट्रिय क्रिकेट टिमले सिङ्गापुर सँग जित निकालेर आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा सुखद सुरुवात गरेको छ। यसको लागी हाम्रो क्रिकेट टिमलाई बधाई!
यस प्रतियोगिताका अन्य खेलमा सुखद नतिजा सहित २०१४ पछि पहिलो पटक विश्वकप छनोटको लागी कप्तान रोहित पौडेल सहित सम्पूर्ण टिम लाई शुभकामना।
साथमा यो स्तरको ८ टिम सम्मिलित प्रतियोगिताको आयोजना गरिरहेको नेपाल क्रिकेट सङ्घ( CAN) लाई पनि सफल आयोजनाको लागी शुभकामना। -
Gagan Thapa
@thapagk
कोजाग्रत पूर्णिमाको अवसरमा नेपाली कांग्रेसको तर्फबाट हामीले हाम्रा विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान साथमा चियापान कार्यक्रम आयोजना गर्दैछौँ। तपाईँहरू सबैजनालाई कार्तिक ११ गते शनिवार, अपराह्न २ बजे देखि ५ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु।
-
Gagan Thapa
@thapagk
हामीले त फूलपाती यसरी मनायौँ है! यहाँहरू सम्पूर्णमा बडा दशैँको हार्दिक मङ्गलमय शुभकामना 🙏
-
Gagan Thapa
@thapagk
हामी सबैलाई बधाई। हाम्रो लामो समयको निरन्तर प्रयास पश्चात् आजबाट गैरआवसीय नागरिकता वितरण सुरु भएको छ। यो नागरिकताले गैरआवासीय नेपाली र उहाँहरूसँगको अथाह सम्भावनालाई नेपालसँग जोड्न थप सहज हुनेछ। समुन्नत नेपाल निर्माणका लागि यो महत्त्वपूर्ण कोशेढुंगा हुनेमा विश्वस्त छु।
-
Gagan Thapa
@thapagk
इजरायलमा प्यालेस्टाइनको सशस्त्र उग्रवादी समूह हमासले
गरेको आतङ्ककारी हमलामा परी १० जना निर्दोष नेपाली नागरिकको मृत्यु भएको दुःखद खबरले अत्यन्त मर्माहत भएको छौँ। शोकको यस दुःखद घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। यसै गरी आक्रमणमा परी घाइते भएका नेपाली नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।
अहिलेको यस मानवीय सङ्कटको दुःखद घडीमा जोखिमपूर्ण अवस्थामा रहेकाहरूको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नु, बेपत्ताको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु तथा युद्ध प्रभावित क्षेत्रका अत्यन्त प्रभावितलाई अविलम्ब उद्धार गरी सुरक्षापूर्वक नेपाल फर्काउनु सर्वोच्च प्राथमिकता भएकाले सोहीअनुसार शीघ्रातिशीघ्र कार्य गर्न सरकारसँग माग गर्दछौँ।
त्यहाँ रहेका नेपाली नागरिकको जीवन रक्षा गर्न, हाम्रो उच्च राजनीतिक र प्रशासनिक तहका अधिकारी का साथै इजरायल र नेपालका कूटनीतिक अधिकारी तथा इजरायलमा क्रियाशील सामाजिक, राजनीतिक संस्थाहरूसँग हामी आफै पनि निरन्तर समन्वय र सहजीकरण गरिरहेका छौँ।
यसै गरी इजरायलमा रहेका पीडित तथा नेपालमा रहनुभएका उहाँहरूका परिवारजन तथा आफन्तसँग पनि प्रत्यक्ष संवाद तथा सम्पर्क गरी समस्या समाधान गर्न पहल गरिरहेका छौँ।
विपत्तिको यस दुःखद घडीमा हामी सबैको सामूहिक प्रयास र पहलले समस्या समाधान हुने विश्वास व्यक्त गर्दै सरकारले आकस्मिक उद्धारको तयारी गरिरहेकाले हामी सबैले धैर्य धारण गर्नका लागि हार्दिक अपिल गर्दछौँ।
हाम्रो मित्रराष्ट्र इजरायलमा प्यालेस्टाइनको सशस्त्र उग्रवादी समूह हमासले गरेको आतङ्ककारी हमलाको निन्दा गर्दै इजरायलको राष्ट्रिय एकता, भौगोलिक अखण्डता, जनताको सार्वभौमिकताप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ ।
यसै गरी इजरायल र प्यालेस्टाइनमा शान्ति स्थापना गर्नका लागि संयुक्त राष्ट्रसङ्घ लगायत अन्य अन्तर्राष्ट्रिय समुदायलाई तत्काल प्रभावकारी कूटनीतिक कदम चाल्न पनि अपिल गर्दछौँ । -
Gagan Thapa
@thapagk
एरिकाले दिलाएको खुसी!
एसियाली खेलकुद २०२३ मा एरिका गुरुङले कराँतेको ६८ केजी तौल समूहमा नेपालको लागी रजत पदक जितेकी छन। यस सँगै एरिका एसियाली खेलकुद नेपालको लागी कराँते खेलमा रजत जित्ने पहिलो खेलाडी बनेकी छन।
यो ऐतिहासिक सफलताको लागी एरिकालाई बधाई। साथमा भावी खेल जीवनको लागी शुभकामना! -
Gagan Thapa
@thapagk
एसियाली खेलकुद २०२३ मा नेपाली महिला कबड्डी टिमले कांस्य पदक जितेको खबरले गौरवान्वित बनाएको छ। कबड्डी टिमलाई हार्दिक बधाई साथमा धन्यवाद पनि।
एसियाडमा सहभागिता जनाएको पहिलो पटकमै पदक जित्नुले नेपाली महिला कबड्डी टिमको क्षमता र सम्भावना रहेको जनाउँछ। यो टिमलाई भावी खेलहरूका लागी शुभकामना ! -
Gagan Thapa
@thapagk
आजको संसदमा
विद्यालय शिक्षा विधेयक अपेक्षा र अवस्था नहेरी खण्ड खण्डमा आएको छ। यसमा धेरै सुधार आवश्यक छ। हामीले अब यसमाथि विहङ्गम छलफल गरेर अबको १५-२० वर्ष नेपालको विद्यालय शिक्षाको मार्गदर्शन गर्ने र संविधानको अपेक्षा अनुरूप देशलाई चाहिने जनशक्ति उत्पादन गर्न सक्ने व्यवस्था गर्ने गरी काम गर्नेछौँ। -
Gagan Thapa
@thapagk
आजको संसदमा
कानुनका छिद्र प्रयोग गरेर बदनियतसाथ आम माफी दिइने प्रचलन गलत छ।आममाफी सम्बन्धी बनेका विभिन्न कानुन र अदालतका व्याख्याका बर्खिलाप पटक-पटक माफी मिनाहा गरेर सरकारले गल्ती दोहोराइरहेको छ। यसमा सरकारले जवाफ दिनुपर्छ।
आममाफी सम्बन्धी यस्ता घटना बाहिरिएपछि त्यसको विरोध हुन्छ तर यसको जरो सम्म पुगेर काम नै भएको छैन। 'आसन अनुसार भाषण बदलेर' हामी यो समस्याको समाधानमा पुग्दैनौ।
त्यसकारण, मेरो आग्रह छ, सदनले सरकार लाई निर्देशित गरोस्। आम माफी सम्बन्धी छरिएर रहेका विभिन्न कानुनलाई एकीकृत गराएर सम्पूर्ण प्रक्रियाको व्याख्या गरौँ र कानुनी छिद्र टालौँ। अहिले भएका गल्ती र भविष्यमा हुन नदिन काम गरौँ।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व र सदभाव कायम राख्न हार्दिक अपिल!
विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सदभाव भड्काउने खालका अवाञ्छित र रहस्यमय गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको छ।
धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सदभाव भड्काएर सामाजिक विद्वेष तथा घृणा फैलाउने कुत्सित अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेको कारणले हिजोदेखि नेपालगञ्जमा कर्फ्यु जारी गर्नु परेको छ, जुन गम्भीर चिन्ताको विषय हो।
हाम्रो देश नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र हो। आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई छ। यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको छ।
हामीहरूको धार्मिक आस्था फरक होला, पाठ गर्ने धार्मिक ग्रन्थ फरक होलान, प्रार्थना गर्ने मन्त्र फरक होला। तर आफ्नो धर्म, आस्था र प्रार्थना एउटै छ। त्यो हो - मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता, सदभाव तथा सहअस्तित्व।
विश्व शान्तिका प्रतीक भगवान गौतम बुद्धको जन्मभूमि तथा शान्तिभूमि नेपालबाट हामीले विश्वलाई शान्ति, सहिष्णुता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्दै आएका छौँ र यो गौरवमय पहिचान र परम्परालाई हामीले कायम राख्नुपर्छ। त्यसैले हाम्रो देश नेपाल र हामी नेपालीको मौलिक र गौरवमय पहिचान, परम्परा र स्वभाव विपरीत धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव भड्काउने अवाञ्छित क्रियाकलापप्रति सचेत हुँदै शान्ति, सहिष्णुता तथा सहअस्तित्वको सन्देश प्रवाह गर्न सबै धार्मिक, सांस्कृतिक तथा जातीय समुदायप्रति विनम्रतापूर्वक हार्दिक अपिल गर्दछु।
साथै समाजमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व, सहिष्णुता र सद्भाव कायम गर्न नेतृत्वदायी तथा उदाहरणीय भूमिका निर्वाह गर्न नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरूलाई हार्दिक आह्वान गर्दछु।
यसै गरी धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव, सहिष्णुता तथा सहअस्तित्व कायम गरी समाजमा अविलम्ब शान्ति र सुव्यवस्था बहाल गर्न सरकारसँग आग्रह गर्दछु।
धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव, सहिष्णुता तथा सहअस्तित्वमा प्रतिकूल प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई हार्दिक अपिल गर्दछु।
यदि हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेमा त्यस्तो षड्यन्त्रप्रति उत्तेजित नहुन तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि सविनय अनुरोध गर्दछु।
जय नेपाल ! -
Gagan Thapa
@thapagk
आजको संसदमा
डाक्टर माथि आक्रमण हुँदा 'Jail without Bail' हुने डर र उपभोक्तालाई उपचार प्रति गुनासो हुँदै गर्दा वैधानिक सम्बोधन हुने भर नभएसम्म स्वास्थ्यकर्मी माथिको आक्रमण, आक्रमण पछिको आन्दोलन र सम्झौताको चक्र दोहोरिन्छ। यस चक्रलाई तोड्न सरकारले यस पटक स्वास्थ्यकर्मी सङ्घर्ष समिति र नेपाल मेडिकल एसोसिएसन सँग गरेको सम्झौता अक्षरशः पालना गरोस्।
साथमा, स्वास्थ्य सेवा प्रवाह क्षमता बढाउनको लागी हामीले नै तयार पारेको 'एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना र मापदण्ड' को आधारमा निर्णय गर्न, सरकारलाई आग्रह। -
Gagan Thapa
@thapagk
विश्व कै सबै भन्दा पुरानो जात्रा मध्ये एक इन्द्र जात्रा आजबाट सुरू भएको छ।
वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइने इन्द्रजात्रा (येँयाः पुन्ही)को यहाँहरू सम्पूर्णमा शुभकामना । -
Gagan Thapa
@thapagk
फेरि चिकित्सक तथा स्वास्थ्यकर्मी माथि कुटपिट र आक्रमण भएको दुःखद घटना बाहिरिएको छ। हरेक पटक जब यस्ता घटना घट्छन्, आक्रमण भएपछि सबैको चासो हुन्छ, आन्दोलन हुन्छ अनि बल्ल राज्य संयन्त्रको ध्यान जान्छ। हरेक घटनाको राप तापको कमीसँगै चासो पनि बिस्तारै सेलाउँछ। यसै कारण यस्तो घटनाहरू बारम्बार घटिरहेका छन्, जसले गर्दा स्वास्थ्यकर्मीको आत्मविश्वास कम हुँदै गएको छ। यो सामान्य घटना होइन प्रवृत्ति हो। कहीँ न कहीँ हाम्रा कानुन, संयन्त्र र प्रक्रियामा खोट छ, कार्यान्वयनमा समस्या छ, त्यसलाई बदलौँ र प्रभावकारी कार्यान्वयन गरौँ। नागरिकलाई भरोसा र विश्वास दिलाऔँ, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आत्मविश्वास दिलाऔँ।
-
Gagan Thapa
@thapagk
राष्ट्रिय सभागृह बाहिर आज छैटौँ दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ई: लगायतका साथीहरूका बारेमा काठमाडौँ महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको छु।
लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ। ई: लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायी 'Street Vendors' को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन। सँगै बसेर कुरा गरेपछि,एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै। त्यस कारण मेरो आग्रह छ-निर्वाचित सरकारसंग जबाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगर बीच शीघ्र संवादको वातावरण बनोस्। -
Gagan Thapa
@thapagk
नेपाल क्रिकेट संघ (CAN) को केन्द्रीय अध्यक्षमा निर्वाचित चतुर बहादुर चन्द, सचिव पदमा निर्वाचित पारस खड्का, उपाध्यक्षमा रोशन कुमार सिंह लगायत केन्द्रीय कार्यसमितिमा निर्वाचित सम्पूर्णलाई बधाई।
विशेष गरी पारसका लागि खेल मैदानका कुशल नेतृत्व र सफलता हुँदै अब क्रिकेट संघको अधिकारीको रूपमा काम गर्ने मौका आएको छ। म विश्वस्त छु, पारसले खेल प्रशासकको रूपमा खेल्न लागेको 'इनिङ' पनि खेल र कप्तानी 'इनिङ' जस्तै सफल हुनेछ।
नेपालमा क्रिकेटको विकासको लागी चतुर बहादुर चन्द नेतृत्वको नयाँ टिमलाई हार्दिक शुभकामना।
📷: Cricket Association of Nepal-CAN -
Gagan Thapa
@thapagk
विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ
विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौ।
अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु। -
Gagan Thapa
@thapagk
"कुनै संविधानको अध्ययन गर्दा त्यसका चिसा अक्षरमुनि कुनै स्पन्दित भइरहेको न्यानो आत्मा छ कि छैन भनेर खोज्नुपर्छ।अधिकारको दस्ताबेज भन्दा इरादाको अठोट खोज्नुपर्छ। अधिकारको कागजी रूपलाई मात्र प्राप्त गर्ने कसैको उद्देश्य रह्यो भने त्यसले कागजको खोस्टो मात्र पाउँछ ।"
बि.पी. कोइरालाको यो भनाइ स्मरण गर्दै हामी सबैलाई संविधान दिवसको शुभकामना! साथै आग्रह, संविधान कार्यान्वयनका चुनौती पार लगाउँदै यसका उपलब्धि संस्थागत गर्न एकता र सद्भावका साथ काम गरौँ। -
Gagan Thapa
@thapagk
बिपी साहित्य सम्मेलन २०८० को तेस्रो दिन अर्थात् भाद्र २६ गते हुने भनिएको कार्यक्रम संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उहाँ प्रति सम्मान प्रकट गर्दै स्थगित भएको थियो।
भोलि, असोज ३ गते, तेस्रो दिनका सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रम साथमा संविधान दिवसको अवसरमा थप कार्यक्रमका साथ बिपी साहित्य सम्मेलन २०८० को समापन गर्दै छौँ।
भोलि, नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भेटौँ है ! -
Gagan Thapa
@thapagk
आज, सर्वोच्च कमाण्डर गणेशमान सिंह ज्यूको २६ औँ स्मृति दिवस!
हाम्रो पुस्ता राजनीतिमा होमिँदै गर्दा गणेशमान सिंह सबैको प्रेरणा हुनुहुन्थ्यो। उहाँको राजनीतिक उदारता, त्याग, बलिदान र प्रजातान्त्रिक सङ्घर्षका लागि निर्वाह गरेको नेतृत्वदायी भूमिका हामी सबैको लागि राजनीतिक आदर्शको विषय हो।
'लौह पुरुष' को २६ औँ स्मृति दिवसको अवसरमा उहाँ प्रति उच्च सम्मान र हार्दिक श्रद्दासुमन व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
आज हरितालिका तिजको दिन, सम्झनामा वीरङ्गना रश्मि राज्यलक्ष्मी शाह र आज हामीले उपभोग गरिरहेको स्वतन्त्रताका लागि गरेको संघर्षको एउटा कथा !
nepalkhabar.com/magazine/141305-2022-8-28-22-17-14 -
Gagan Thapa
@thapagk
आज दुई विशेष चाडहरू एकै दिन मनाउँदै छौँ। हरितालिका तीज तथा विश्वकर्मा पूजाको अवसरमा हार्दिक मंगलमय शुभकामना।
-
Gagan Thapa
@thapagk
दिव्य शताब्दी पुरुष, डा. गौरीशङ्कर लाल दासको आशीर्वाद साथमा उहाँको 'जन्म शताब्दी वर्ष' घोषणा!
आदरणीय डा. गौरीशङ्कर लाल दास १०० वर्ष पुग्दै हुनुहुन्छ। यस अवसरमा उहाँ नागरिक स्तरबाट 'दिव्य शताब्दी पुरुष' घोषित हुनुभएको छ। अबको एक वर्ष हामीले उहाँका बारेमा विभिन्न कार्यक्रम गरेर मनाउने गरी 'जन्म शताब्दी वर्ष' को शुभारम्भ गरेका छौँ।
उहाँ, समग्र नेपालीको लागी गौरव को पात्र हुनुहुन्छ। एउटा यस्तो प्रेरक व्यक्तित्व जसले नेपालको स्वास्थ्य, लोकसेवा, मानवअधिकार जस्ता अनेकौँ क्षेत्रमा बलियो जग बसाल्न सक्रिय हुनुभयो र आज पनि उत्तिकै ऊर्जाका साथ विभिन्न किसिमले सक्रिय रहेर हामीलाई प्रेरणा र आशीर्वाद दिइरहनुहुन्छ। -
Gagan Thapa
@thapagk
मलाई संसार देखाउने बुवाको मुहारमा म आफ्नो सारा संसार देख्छु।
-
Gagan Thapa
@thapagk
नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य आदरणीय सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनाएको छ।
संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि उहाँले गरेको समन्वयकारी भुमिका सदा स्मरणीय रहनेछ। म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ।
उहाँको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। -
Gagan Thapa
@thapagk
बिपी साहित्य महोत्सवको दोस्रो दिन नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा !
-
Gagan Thapa
@thapagk
भोलि भाद्र २५ गते बिपी साहित्य सम्मेलन २०८० को दोस्रो दिन। भोलि बिहान ९ बजेबाट, नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भेटौँ है !
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
जननेता बिपी कोइरालाको ११० औँ जन्म जयन्तीका अवसरमा आयोजना गरिएको बिपी साहित्य महोत्सवको २०८० को पहिलो दिन आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा !
-
Gagan Thapa
@thapagk
भोलि भाद्र २४ गते बिपी साहित्य महोत्सव २०८० को पहिलो दिन। बिपी जयन्तीको विशेष दिनमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भेटौँ है त !
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
भदौ २४ गते बिपी कोइरालाको ११० औँ जन्म जयन्ती!
यही अवसरमा नेपाली काङ्ग्रेसले ३ दिन सम्म बिपी साहित्य महोत्सवका मार्फत भव्यता साथ बिपिलाई सम्झने छौँ।
जसले बिपी लाई पढ्नुभएको छ, सुन्नुभएको छ, बुझ्नुभएको छ। बिपी कोइरालालाई फरक किसिमले बुझ् र भेट्न चाहाने तपाईँहरू सबैको लागी भदौ २४,२५ र २६ गते नेपाली कांग्रेस केन्द्रिय कार्यालय, सानेपामा स्वागत गर्दछौँ।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
देशको राजधानीको कान्ति बाल अस्पतालमा समयमा स्वास्थ्य सेवा लिन नपाएर एक पाँच वर्षकी बालिकाको दुःखद निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी सदनलाई जानकारी गराइयोस्।
-
Gagan Thapa
@thapagk
हिजो नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक हमला निन्दनीय छ। उहाँको स्वास्थ्य लाभको कामना गर्दछु। समाजमा व्याप्त असन्तुष्टिलाई देखाएर हिंसालाई प्रोत्साहन तथा वैध ठहराउन जुन किसिमको भाष्य निर्माण गरिँदै छ, यो डरलाग्दो छ। कुनै पनि बहानामा हिंसालाई जायज ठहराउन सकिँदैन, हुँदैन। यसतर्फ सबै राजनीतिक दल नागरिक समाज,आम संचार क्षेत्र सचेत हुनु जरुरी छ।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र न. ७ का क्षेत्रीय सभापति तथा का.म.न.पा. वडा न. १६ का वडा अध्यक्ष मुकुन्द रिजालको असामयिक निधनले स्तब्ध बनाएको छ। स्व. मुकुन्द दाइ प्रति हार्दिक श्रद्धाञ्जली! शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना !
-
Gagan Thapa
@thapagk
अतः सत्यं यतो धर्मो मतो हीरार्जवं यतः।
ततो भवति गोविन्दो यतः कृष्णस्ततो जयः।।
श्री कृष्णजन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏 -
Gagan Thapa
@thapagk
बिपीको ११० औँ जन्मजयन्तीका अवसरमा बिपी साहित्य महोत्सव !
-
Gagan Thapa
@thapagk
Here it begins! Go team Nepal! 🏏 🇳🇵
-
Gagan Thapa
@thapagk
म्याच डे टुडे! 🏏
आज हामीले एसिया कप २०२३ को दोस्रो खेलमा इतिहासमै पहिलो पटक सिनियर लेभलमा भारतको सामना गर्दैछौँ। भारतीय क्रिकेटका हस्तिहरूले क्रिकेट खेलेको हेरेर धेरै हदसम्म प्रभावित भएका हामीहरूका लागि यो क्षण बहुप्रतिक्षित थियो।
सम्पूर्ण नेपालीको माया, साथ र समर्थन सहित आज नेपाली टिम मैदानमा हुने छ । कुशल खेल प्रदर्शनका लागी नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक शुभकामना!
📸: Cricket Association of Nepal-CAN -
Gagan Thapa
@thapagk
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।।
जनै पूर्णिमाको शुभकामना! -
Gagan Thapa
@thapagk
हाम्रो एसिया कप यात्राको सुरुवात!
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाकिस्तानको खेल सँगै एसिया कप २०२३ को यात्रा प्रारम्भ गर्नेछ। आजको खेल हाम्रा लागि यो संस्करणको मात्र नभएर लामो समय देखि हामीले सपना देखेको 'एसिया कप' को यात्राकै पहिलो खेल हो। म हाम्रो टिम विश्व क्रिकेटका महारथीहरू विरुद्ध मैदानमा उत्रेको हेर्न उत्साहित छु।
एसिया कपमा उत्कृष्ट खेल प्रदर्शनको लागी हाम्रो टिमलाई हार्दिक बधाई तथा शुभकामना।
📸 : Cricket Association of Nepal-CAN -
Gagan Thapa
@thapagk
आजको संसदमा
इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्कको विरोध गर्दै अनशनरत बिद्यार्थी सुलभ चापागाईँको जीवन रक्षार्थ सरकारलाई आग्रह!
'केही नेपाल ऐन संशोधन' भनेर धेरै ऐनहरूका विभिन्न व्यवस्थामा संशोधन गर्न ल्याइएको विधेयक विधिशास्त्रको मान्यताको खिलाफ छ। यसरी विधेयक ल्याउनु भनेको सांसदलाई सरासर हेप्नु हो।
यही विधेयकमा मुलुकी फौजदारी सहिंताकोको संसोधनमार्फत जघन्य अपराधमा संलग्नलाइ जोगाउन खोजिएको छ,राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरणको यो प्रवृति स्वीकार्य छैन,यो प्रस्ताव फिर्ता गरियोस्।
मेरो प्रधानमन्त्रीलाई अनुरोध छ 'डन्ट टेक अस फर ग्राण्टेड', यो हेपाइको जमेर विरोध हुनेछ।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न यसको विपक्षमा रहेका हामी सबै एकजुट हुनुपर्ने आजको आवश्यकता हो।
-
Gagan Thapa
@thapagk
पोलिसी ह्याकथनको फाइनल 📑
भोलि युवा साथीहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा 'Gig Economy' र 'Climate Action' मा आफ्ना नीति पत्र प्रस्तुत गर्दै हुनुहुन्छ। पोलिसी ह्याकथनको फाइनल कार्यक्रममा प्रत्यक्ष रुपमा वा फेसबुक लाइभ मार्फत तपाईं पनि जोडिन सक्नुहुनेछ।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
हिजो पुलचोक इन्जिनियरिङ क्याम्पसमा !
हाइड्रोपावर इन्जिनियर कार्यक्रम, पुलचोक क्याम्पसका साथीहरूले आयोजना गरेको कार्यक्रममा विधुत खपत र व्यापार: सम्भावना र चुनौतीहरूका विषयमा सान्दर्भिक अन्तरक्रिया भयो। विधुत व्यापारलाई थप व्यवस्थित र नाफामूलक बनाउन सरकार र संसदले अझै ठोस कदमहरू चाल्नुपर्ने आवश्यक छ।
साथै, इन्जिनियरिङ अध्ययन संस्थान IOE ले गरेको शुल्क वृद्धिको निर्णय विरुद्ध अनशन बस्नुभएका नेविसंघ पुलचोक इकाईका साथीहरूसँग भेटेर कुराकानी भयो। सरकार र सम्बन्धित अन्य निकायसँग छलफल गरेर उहाँहरूका जायज मागहरू सम्बोधन गर्ने सन्दर्भमा आवश्यक कदमहरू लिनेछु। -
Gagan Thapa
@thapagk
आज अठवली अर्थात् अष्टमी - गौरा पर्वको मुख्य दिन। गौरा पर्वको हार्दिक मंगलमय शुभकामना।
-
Gagan Thapa
@thapagk
प्रदीप दाइ हामी बिचबाट बिदा हुनुभएको एक वर्ष भइसकेछ।
यस बिचमा धेरै घटनाक्रमहरू भए, दाइलाई धेरै सम्झिए। प्रदीप दाइ भएको भए कसो गर्नु हुन्थ्यो होला, के भन्नु हुन्थ्यो होला? संसदमा उहाँको अभाव झनै खड्कियो।
उहाँसँगका प्राय भेटमा हुने विचार-विमर्श, किताब छलफल, उहाँले दिने सुझाव सधैँ स्मृतिमा रहनेछन्।
मेरा राजनीतिक तथा वैचारिक पथप्रदर्शक प्रदीप गिरिप्रति हार्दिक श्रद्धासुमन! -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हरि न्यौपानेको असामयिक निधनले स्तब्ध बनाएको छ। स्व. हरि दाइ प्रति हार्दिक श्रद्धाञ्जली।
शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ! -
Gagan Thapa
@thapagk
नीति निर्माणमा युवाको सहभागीता !
नेपाली कांग्रेस युवाहरूको कुरा सुन्न चाहन्छ, युवाहरूसँग काम गर्न चाहन्छ। तपाईँ Gig Economy वा Climate Action मा चासो राख्नु हुन्छ, यो विषयमा काम गर्न चाहनुहुन्छ भने नेपाली काँग्रेसको Policy Hackathon मा सहभागी हुन सक्नु हुनेछ।
हामीले तपाईँले काम गरेका नितिपत्र र विचारहरूलाई नेपाली कांग्रेसका तिनै तहका प्रतिनिधिहरू मार्फत ग्रहण तथा, कार्यान्वयनको लागि पहल गर्ने छौँ।
Join us, together we can make a large difference !
कार्यक्रम सम्बन्धी थप जानकारी: nepalicongress.org/hackathonThis media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
नेपाली कांग्रेसले GIG Economy र Climate Action मा Policy Hackathon को आयोजना गर्दै छ।
युवा साथीहरू सहभागी हुने हैन त? -
Gagan Thapa
@thapagk
Cheers to Gyanendra Malla, an extraordinary cricketer who inspired us all! 🏏 #farewelllegend
-
Gagan Thapa
@thapagk
मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सकिएको छ। बैठकमा महत्वपूर्ण धारणा राख्ने,सूझाव प्रदान गर्ने सबैलाई धन्यवाद! बैठकमा पार्टीको एजेण्डा,प्राथमिकता,कार्ययोजना र कार्यतालिका लगायतका विषयमा साउन ८ गते मैले राखेको अवधारणा लिखित रुपमा आज सभापतिज्यूलाइ बुझाएको छु। साथै सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा बैठकमा राखेको मेरो फरक मत लिखित रुपमा दर्ज गरेको छु।
drive.google.com/file/d/1yR7tchoI532CNHnD9BDekQKrE9XzPxgn… -
Gagan Thapa
@thapagk
बिपी बिना नेपालको लोकतान्त्रिक आन्दोलन र सैद्धान्तिक–वैचारिक बहस नै अपूर्ण हुने भएकाले उहाँ बारे विमर्श हुनु स्वाभाविक नै हो।
ekantipur.com/opinion/2023/07/21/168990501371121785.html -
Gagan Thapa
@thapagk
जन्मदिनको असीम शुभकामना, अञ्जना। आज हामी दुवैको लागि निकै विशेष , एकै दिन, दुवैको जन्मदिन।
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक हिजोबाट पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको छ।
बैठकमा हामी महामन्त्रीका तर्फबाट बैठकका एजेन्डा तथा साङ्गठनिक कार्य योजना र वार्षिक कार्य तालिकाको प्रस्ताव र विभिन्न समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत भए। अब केही दिन प्रस्तुत प्रस्ताव र प्रतिवेदन माथि छलफल चल्नेछ। -
Gagan Thapa
@thapagk
पछिल्ला दिनमा हामीले संसदमा कुनै पनि विधेयक आइसके पछि, विधेयकको विविध पक्षमा नेपाली कांग्रेस संसदीय दलमा विज्ञ र सरोकारवालाहरूसँग छलफलको अभ्यास गरेका छौँ।
यही क्रममा आज नेपाल विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि संसदीय दलमा विश्व विद्यालयका परिकल्पनाकार लगायत शिक्षा क्षेत्रका विज्ञहरूसँग छलफल गर्यौँ।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
हिजो सदनमा!
"नेपाल विश्वविद्यालय विधेयक" प्रतिनिधिसभामा प्रस्तुत भएको अवसरमा नयाँ/पुराना विश्वविद्यालयहरूलाई दलीय हस्तक्षेपबाट टाढा राख्ने, विश्वविद्यालय शिक्षाको पुनर्संरचना गर्ने साथै सम्पूर्ण विश्वविद्यालयहरूको बारेमा नियमन गर्ने गरी सरकारले छाता विश्वविद्यालय ऐन ल्याउनु पर्ने विषयमा आफ्ना धारणा राखेको छु।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
सदनबाट सरकारलाई आग्रह!
सहकारी पीडितका आवाज सरकारले ढिला नगरी सुन्नुपर्छ। अब हामीले सहकारी पीडितका अरू समाचार होइन उनीहरूले न्याय पाएका समाचार सुन्न चाहन्छौ। -
Gagan Thapa
@thapagk
कुन् सत्य हो सत्य कसोरि जान्नू ?
जुन् प्राणिको हित् छ उ सत्य मान्नू ।
छोरी गार्गी र उनको साथी कृदयले वाचन गरेको प्रश्नोत्तरमाला मार्फत २१० औं भानुजयन्तीको शुभकामना। -
Gagan Thapa
@thapagk
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यूकी धर्मपत्नी सीता दाहालज्यूको निधन भएको खबरले अत्यन्तै दुःखित बनाएको छ। स्व. दाहालको आत्माको चिर शान्तिको कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्रीज्यू तथा शोक सन्तप्त परिवारजनलाई यो दुःखद घडीमा भगवानबाट धैर्य धारण गर्ने शक्ति मिलोस। -
Gagan Thapa
@thapagk
करिब एघार महिनाको अन्तराल पछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक गतिविधि लगायतका विषयमा छलफल हुनेछ । यस बिचमा विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय कार्यसमितिमा राख्ने नै छु। नेपाली कांग्रेसको बैठकमा राख्नुपर्ने विषय र एजेण्डाका बारेमा आफ्ना विचार र सुझाव दिन चाहनुहुन्छ भने कृपया मेरो व्यक्तिगत इमेल (thapagk@gmail.com) अथवा यसै पोस्टको कमेन्टमा राख्नुहुन सम्पूर्ण गाउँ-नगर, टोलमा रही नेपाली कांग्रेस र चार तारे झन्डालाई माया गर्नु हुने कांग्रेसजन र शुभेच्छुकहरूमा आग्रह गर्न चाहन्छु। जय नेपाल!
-
Gagan Thapa
@thapagk
आज नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा!
जय नेपाल ! -
Gagan Thapa
@thapagk
मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ।
पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरियो। एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ। आज बिहान सामाजिक सञ्जाल खोल्दै गर्दा एक जना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखेँ। एकदमै अत्यास लाग्यो।
आखिर हामी कहाँ चुक्यौँ? हाम्रो समाज कहाँ चुक्यो? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ? हामीले यतिका वर्ष देखि कसका लागि सङ्घर्ष गर्यौँ? हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ? खै हामीले समाजको आवश्यकता बुझेको? हामीले गर्ने राजनीति जनताको लागि हो। उहाँहरूको जीवन भौतिक विकास बाहेक अरू पनि थुप्रै विषयसँग जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो?
सामाजिक सञ्जालमा साथीको सङ्ख्या सँगै मानिसहरूको एक्लोपन बढेको छ। मान्छे स्क्रिनसँग बढी निकट हुन थालेको छ। मनका कुरा राख्ने ठाउँ भेट्न छोडेको छ। मानसिक रूपमा सङ्घर्ष गर्दै छु भन्दा लाज मान्नु पर्ने कस्तो समाजको निर्माण गर्यौँ हामीले? कसैले हिम्मत गरेर मलाई परामर्श चाहिने छ भन्यो भने पनि शुल्कका कारण त्यो सुविधा लिन नसक्ने अवस्था छ।
अब पनि हामीले ठोस कदम नचाल्ने हो भने, हामीले भविष्यमा धेरै मानिका र सरोनहरूलाई गुमाउने छौँ। हामीले त्यो अवस्था कदापि आउन दिनु हुन्न। यसमा तपाईँ हामी सबैको भूमिका रहन्छ। हाम्रो नेतृत्वमा काठमाडौँ महानगर वार्ड नं ३० मा सञ्चालन भइरहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले नि:शुल्क परामर्श सेवा प्रदान गरिरहेको छ। हामी चाँडै नै मानसिक स्वास्थ्यका लागि आवश्यक थप सेवाहरू बिस्तार गर्ने छौँ। तपाईंले यहाँबाट पनि नि:शुल्क सेवा लिन सक्नु हुने छ।
अब मानसिक स्वास्थ्य सम्बन्धी चेतना, परामर्श र उपचार स्थानीय निकाय बाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गरौँ। हरेक व्यक्तिले आफ्नो भावनात्मक, मानसिक स्वास्थ्यलाई बुझ्ने, सहयोग चाहिएमा प्रोफेसनल सहयोग पाउने अवस्था सृजना गर्नु पर्छ। विद्यालयहरूमा सानै उमेरबाट बालबालिकाले यस्ता खाले जानकारी र सहयोग पाउन सके भने, कालान्तरमा उनीहरूका लागि सहज हुन्छ। हामीले यस सम्बन्धी पहल कानुनी रूपमा नै गर्नुपर्छ। हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन सक्दैनौ भने हामीले गरेको सङ्घर्षको, हाम्रो राजनीतिको के अर्थ? -
Gagan Thapa
@thapagk
पार्टी सदस्यता र सङ्गठनका विभिन्न विषयमा छलफल गरी १४ बुँदे प्रतिबद्धता सहित नेपाली कांग्रेस जिल्ला सभापतिहरूसँगको दुई दिने बैठक सम्पन्न गरेका छौँ।
बैठकमा पार्टी,नीति र नेतृत्वका सम्बन्धमा उठेका विभिन्न विषयहरूलाई हामीले आसन्न केन्द्रीय कार्य समितिको बैठकमा लैजाने छौँ।
बैठकमा उपस्थित सभापतिहरूले जुन विचार,सुझाव र प्रतिबद्धता जाहेर गर्नुभएको छ,यसले 'बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने अभियानलाई थप गति प्रदान गर्नेछ। -
Gagan Thapa
@thapagk
हाम्रो समाज लामो समयसम्म आर्थिक उन्नतिलाई विकासको मानक मानेर अगाडि बढ्यो। तर हरेक नागरिकको स्वतन्त्रता र स्वाभिमान लगायतका विषयलाई बिर्सिएर आर्थिक, भौतिक उपलब्धिलाई मात्रै विकासको मानक मान्नु हुँदैन। विकासको केन्द्रमा मान्छे हुनुपर्छ, उसको स्वतन्त्रता हुनुपर्छ।
समुन्नत नेपाल, सम्मानित नेपालीको हाम्रो अवधारणा यही मान्यतामा निर्माण गरिएको हो। विगतलाई पुनरावलोकन गर्दा होस् या भविष्यको खाका कोर्दा, यो अवधारणालाई भुल्नु हुँदैन।
पछिल्लो समय राजनीतिक सामाजिक वृत्तमा 'नेपाल कति बन्यो?' भन्ने भाष्य निर्माण भइरहेको बेला अमित ढकालको यो लेख सान्दर्भिक लाग्यो।
www.setopati.com/cover-story/setopati-debate/305989 -
Gagan Thapa
@thapagk
नम्बर मात्रै हैन सिकाई महत्त्वपूर्ण हुन्छ।
परीक्षा भनेको आफूले आफूलाई, आफ्नो रुचि र क्षमतालाई पहिचान गर्ने अवसर हुन। परीक्षाको प्राप्ताङ्कले मात्रै तपाईँको क्षमतालाई परिभाषित गर्दैन। आज SEE परीक्षाको नतिजा आएको छ, यो नतिजा तपाईँले आफूलाई चिन्ने, आफूलाई निखार्ने यात्राको मार्ग दर्शक बनोस।
सम्पूर्ण भाइ बहिनीहरूमा शुभकामना ! -
Gagan Thapa
@thapagk
आज नेपाली कांग्रेस जिल्ला सभापतिहरू को बैठकको पहिलो दिन।
आज हामी महामन्त्रीद्वय, पार्टी पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु, ४२ जिल्ला सभापति १८ जिल्लाका प्रतिनिधिको उपस्थिती थियो भने केहि जिल्लाका साथीहरूले जुम मार्फत उपस्थिति जनाउनु भएको थियो।
वैठकमा सदस्यता वितरण, नवीकरण, अभिलेखीकरण तथा जिल्ला सभापतिहरूले प्रस्तुत गर्नुभएको जिल्लाका गतिविधि र सदस्यता विवरण का सम्बन्धमा कुराहरू भएका छन। साथै पार्टी सञ्चालन तथा साङ्गठनिक विषयमा उपस्थित सभापति ज्युहरूले आफ्ना धारणा राख्नुभएको छ।
यो प्रक्रिया भोलि दोस्रो दिन पनि चल्नेछ। -
Gagan Thapa
@thapagk
हिजो पूर्णिमाको दिन पाशुपत क्षेत्रमा बागमती सन्ध्या आरती!🙏
-
Gagan Thapa
@thapagk
आजको सुन्दर संयोग!
आज गुरु पूर्णिमा साथै मेरा राजनीतिक गुरु स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी औँ जन्म जयन्ती!
यो अवसरलाई हामीले पशुपति मन्दिर परिसरमा दीप प्रज्वलन एवं बागमती गंगा आरती गरेर मनायौ। -
Gagan Thapa
@thapagk
विनयफलं शुश्रूषा गुरुशुश्रूषाफलं श्रुतं ज्ञानम्।
ज्ञानस्य फलं विरतिः विरतिफलं चाश्रवनिरोधः।। -
Gagan Thapa
@thapagk
यस पटकको असार १५ काठमाडौँ क्षेत्र नं ४ महिला सङ्घका आमा दिदी बहिनीहरूसँग !
राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना। -
Gagan Thapa
@thapagk
आज तुलसी रोप्ने दिन!
हरिशयनी/देवशयनी एकादशीको अवसरमा सम्पूर्णमा मङ्गलमय शुभकामना। -
Gagan Thapa
@thapagk
ईद उल अधाको अवसरमा यहाँहरू सम्पूर्णमा शुभकामना। ईद मुबारक 🌙🤲
-
Gagan Thapa
@thapagk
के तपाईँहरू नेपाली कांग्रेसको सदस्य भएर हामीसँग जोडिन चाहनु हुन्छ?
यदि चाहनुहुन्छ भने नेपाली कांग्रेसले अनलाइन मार्फत सदस्यता लिन मिल्ने गरी सदस्यता खुला गरेको छ। नेपाली कांग्रेसको वेबसाइट (nepalicongress.org/online-membership) मा गएर सदस्यता लिन चाहिने व्यक्तिको विवरण भरेपछि सदस्यता लिने सकिने छ।
नेपाली कांग्रेसका सम्पूर्ण पदाधिकारी, नेता, कार्यकर्ता र जिम्मेवार सबैले यो विषयमा सहजीकरण गर्दिनुहुन आग्रह गर्दछु। -
Gagan Thapa
@thapagk
सरकारले बजेट मार्फत गरेको जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्ने निर्णयले गर्दा संविधानले नै परिकल्पना गरेको निर्वाचनको स्वतन्त्रता तथा निष्पक्षता सङ्कुचित हुने अवस्था थियो।
आफ्नो गलत निर्णयका कारण व्यहोर्न पर्ने दुष्प्रभावलाई मध्यनजर गर्दै उक्त निर्णयबाट पछाडि हटेकोमा सरकार र अर्थमन्त्री ज्युलाई धन्यवाद। -
Gagan Thapa
@thapagk
Forever friends, forever cool 😉
Here's to 34 years of friendship! We missed you Niraj! -
Gagan Thapa
@thapagk
नेपाली काँग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सभापति विकास लामाको असामयिक निधनले स्तब्ध बनाएको छ। स्व. विकास दाइ प्रति हार्दिक श्रद्धाञ्जली। शोक सन्तप्त परिवारमा हार्दिक समवेदना।
-
Gagan Thapa
@thapagk
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् नेपाली काँग्रेस बझाङका पूर्व जिल्ला सभापति पृथ्वी बहादुर सिंहको असामयिक निधनले स्तब्ध बनाएको छ। दाइ प्रति हार्दिक श्रद्धाञ्जली। शोक सन्तप्त परिवारमा हार्दिक समवेदना।
-
Gagan Thapa
@thapagk
नेपाली कांग्रेसले अहिले नेपालमा सङ्ख्यागत हिसाबमा सबै भन्दा धेरै स्थानीय तहको नेतृत्व गरिरहेको छ।
स्थानीय सरकारको नेतृत्व गरिरहनु भएकाहरू जनतालाई सरकारको अभिभावकत्वको, उपस्थितिको अनुभूति गराउने मुख्य भूमिकामा हुनुहुन्छ। नेपाली कांग्रेसले विभिन्न समयमा स्थानीय तहको भूमिकालाई सहयोग पुर्याउने खालका कार्यक्रमहरूको आयोजना गरी रहेको हुन्छ।
कांग्रेसबाट निर्वाचित स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूसँग स्थानीय तहको बजेट निर्माण लगायत कार्यक्रमका सम्बन्धमा सहजिकरण र मार्गदर्शन गर्न आज आयोजित कार्यक्रममा पार्टी कार्यालय सानेपाबाट। -
Gagan Thapa
@thapagk
सांसदहरुले आफ्नो भूमिका नखोज्ने हो भने सरकारले हेप्छ। सरकारको संसद प्रति डर र भर कायम राख्न, बजेटको प्रभावकारी कार्यान्वयनको लागी सांसदहरूले आफ्नो हातको अधिकार प्रयोग गर्नुपर्छ। #parliamentofnepal #budget
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
आजको संसदमा प्रश्न!
के, सरकारले निर्वाचनको निष्पक्षतामा सम्झौता गर्ने गरी जिल्ला निर्वाचन आयोग खारेज गर्न मिल्छ?
#parliament #budget #budgetsession -
Gagan Thapa
@thapagk
बूढानिलकण्ठ नगरपालिका वडा नं १३ स्थित सडक खण्डको स्तर उन्नतिका लागि अवलोकनका क्रममा स्थानीयसँग भएको अन्तरक्रिया।
This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
ललितपुर महानगरपालिका, नेपाल भरका स्थानीय सरकारहरूका लागि उदाहरणीय नगरपालिका रूपमा स्थापित नगरपालिका हो। चिरिबाबु दाईको दृढता साँच्चै सराहनीय छ। स्थानीय सरकारलाई थप प्रभावकारी रूपमा कसरी अघि बढाउने भन्ने सन्दर्भमा उहाँसँग भएको छलफल।
-
Gagan Thapa
@thapagk
नीति तथा कार्यक्रम ल्याउने समय बदलिनु पर्छ, बनाउने तरिका बदलिनु पर्छ, यस भित्र रहने अन्तरवस्तु पनि बदलिनु पर्छ। नीति तथा कार्यक्रममा संसद भित्र हुने छलफललाई अझै पनि यसै गरी अघि बढाउने हो भने, तिनलाई लिएर संसद भित्र छलफल गर्नुको कुनै औचित्य रहँदैन।
सरकारलाई गर्नु भएन भनेको हैन, सँगै गरौँ भनेको हो। हामीले काम गर्ने तरिका बदलिनै पर्छ।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
यात्री जस्ता नेपालमै विद्युतीय सवारी बनाइरहेका व्यवसाय लाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको सरकारले आहत दिने कि राहत दिने?
-
Gagan Thapa
@thapagk
मैतीदेवी मन्दिर सत्तल शिलान्यास कार्यक्रममा आज!
मैतीदेवी मन्दिर परिसरको संरक्षण र संवर्द्धनका लागि हामीले नियमित कामहरू गरिरहेको छौँ। निर्माण हुने सत्तलले यस स्थानका परम्परागत उत्सव तथा जात्रा व्यवस्थापनमा थप टेवा पुर्याउनेमा विश्वस्त छु। -
Gagan Thapa
@thapagk
भ्रष्टाचार विरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे धारणा
नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण युगान्तकारी राजनीतिक परिवर्तन त भए, तर नेपाली जनताको अपेक्षा अनुसार आर्थिक विकास, सामाजिक रुपान्तरण र सुशासनको प्रत्याभूति हुन सकेको छैन । यस्तो किन हुन सकेन ? आम जनताको प्रश्न छ । यसको एउटा प्रमुख कारण भ्रष्टाचार र कुशासन नै हो । विगत लामो समयदेखि हाम्रो शासकीय संरचनामा प्रवृत्ति कै रुपमा जरो गाडेर बसेको भ्रष्टाचार र कुशासनले गर्दा सरकार, राजनीतिक दल, राजनीतिकर्मी, नीति निर्माता, कर्मचारीतन्त्र लगायत राज्यका निकायप्रति व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा छ ।
यस्तो प्रवृत्ति विरुद्ध पछिल्ला दिनमा नागरिक तहमा प्रतिरोध प्रारम्भ भएको छ, जुन जायज र स्वभाविक छ । यसका विरुद्ध भइरहेका तमाम नागरिक आन्दोलन र अभियानप्रति ऐक्यबद्धता प्रकट गर्दछु । अब कुनै पनि व्यक्ति, समुह वा राजनीतिक दल कि यो प्रतिरोधमा नागरिकका साथ उभिनुपर्छ कि भ्रष्टहरूको समर्थनमा, बीचको बाटो कसैसँग पनि छैन।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने पछिल्लो प्रकरणको अनुसन्धानका क्रममा 'ठगी गिरोहको भिआइपी जालो र भ्रष्टाचारको संगठित प्रवृत्ति' उजागर भएको छ । यो प्रकरण सबैको मापन गर्ने विषय बनेको छ-हामी कुन प्रवृत्तिको पक्षपोषण गर्न उभिन्छौं? हामी कस्तो समाज र संस्कृति निर्माण गर्न चाहान्छौं? मैले यस विषयमा विभिन्न संचार माध्यमलगायत संसदको समेत ध्यानाकर्षण गराइसकेको भए पनि केही कुरा दोहोर्याउन सान्दर्भिक ठानेको छुः
१. नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र होइन यो संगठित अपराध हो, मानव बेचबिखन हो । यो नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोह नै हो । तसर्थ, यस्तो जघन्य अपराधमा संलग्न जो कोही हुन्, हदैसम्मको सजायका भागिदार छन् ।
२. हालसम्म यस प्रकरणमा सरकार र नेपाल प्रहरीले गरेको प्रयास प्रशंसनीय छ । अपराधमा संलग्न जोसुकै हुन, जुनसुकै परिवार, पद र पार्टीका किन नहुन्, निष्पक्ष छानबिन हुनुपर्छ । कुनै पनि बहानामा अनुसन्धान प्रकियामा अवरोध, ढिलासुस्ती, दवाव वा प्रभाव पारिनु हुँदैन । पर्दा पछाडिबाट त्यस्तो दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्नुपर्छ ।
३. विधिको शासन र कानूनको दृष्टिमा सबै नागरिकहरू समान हुन्छन् । अपराधमा संलग्न भैसकेपछि अपराधको दल, वर्ण, जात, लिङ्ग वा समुदाय हुँदैन, हुनुहुँदैन । दोषी छ भने जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउनु हुँदैन; तर निर्दोष छ भने अन्यायमा पनि पर्नु हुँदैन । अनुसन्धानको स्वतन्त्र र स्वभाविक दिशाले निर्दिष्ट गरेको अन्तिम विन्दुसम्मै अनुसन्धान हुनुपर्छ ।
४. विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुन्छ, हुनुपर्छ । पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रसस्त गर्नुपर्छ । अनुसन्धानबाट निर्दोष साबित भए पुनर्स्थापना हुन्छ नै । यो कानूनीमात्र होइन न्यूनतम नैतिक विषय पनि हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा यो नै नेपाली कांग्रेस पार्टीको धारणा हो । नेपाली कांग्रेस पार्टीका लाखौं आम सदस्यहरूको धारणा हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो । पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन । पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो- अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ । दोषी र निर्दोष छुट्टयाउने कानूनी प्रक्रियाबाट हो । यति गम्भिर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वत: पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ । पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु । पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि,आज पनि र भोली पनि मेरो धारणा यही नै रहनेछ । पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन् । यसमा पनि म प्रष्ट छु- गलत परम्परा तोडिनु पर्छ । परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन । मेरो यो विचारलाई पार्टीको विचार बनाउन म निरन्तर लागेको छु, लागिरहनेछु ।
अत: हामी कांग्रेस प्रष्ट हुनुपर्छः-
१. नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानून बमोजिमको सजाय पाउनै पर्छ । जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ । परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह,पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्छ ।
२. नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन, अख्तियारको दुरूपयोग, भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक पदको दुरुपयोग जस्ता विगतमा भएका अन्य मुद्दाहरूको पनि निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारवाही गर्न र सुशासन कायम गर्न दृढतापूर्वक नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ ।
३. भ्रष्टाचारको एउटा महत्वपूर्ण कारण र आधार नीतिगत भ्रष्टाचार बनेको छ । नीतिगत विषयमा ठूला र शक्तिशाली भ्रष्टाचारका कार्य भइरहेका प्रसंग उठेका छन् । त्यसैले, विगतमा नीतिगत निर्णयका नाममा तामेलीमा रहेका वा अनुसन्धानको दायरामा नआएका भ्रष्टाचारका विषयहरू समेत अनुसन्धानको दायरामा ल्याउनु पर्छ । भ्रष्टाचार सम्बन्धी कसुरमा हदम्याद हटाउनु पर्छ । यसका निम्ति संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार सम्बन्धी दुईवटा ऐन संशोधन विधेयक विचाराधीन छन् । हामी नेपाली कांग्रेसका सांसदहरूले यी विषयलाई संशोधनमा राखेका छौं । यी विषय लगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानूनी, संरचनागत र संस्थागत सुधार गर्ने जुन वातावरण ऐले बनेको छ, त्यसको नेतृत्व र अग्रसरता कांग्रेसले नै लिनुपर्छ ।
अन्त्यमा, अनुहारमा दाग लागेपछि ऐना जतिपटक पुछे पनि अनुहारको दाग पुछिँदैन, अनुहारकै दाग पुछ्नु पर्छ । त्यसका लागि पार्टीभित्र शुद्धीकरणको अपरिहार्यतालाई बोध गर्दै पार्टीका प्रत्येक सदस्यले दृढ संकल्प गर्ने बेला आएको छ । सुशासन र सदाचार नै समुन्नत नेपाल निर्माणको आधारशिला हुन् । त्यसैले तिनको पक्षमा दृढतापूर्वक उभिन र जहाँ हुनुहुन्छ त्यहीबाट भ्रष्टाचार र कुशासनका विरुद्धमा पार्टीभित्र र बाहिर आवाज उठाउन, दवाब दिन र खबरदारी गर्न पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु । जय नेपाल! -
Gagan Thapa
@thapagk
Para Taekwondo Grand Prix को फाइनलमा विश्वको नं १ खेलाडीलाई हराउँदै विजेता भएकोमा सृजना घिसिङ र उहाँको यात्रालाई यो उचाईंसम्म पुर्याउन अहोरात्र मेहेनत गर्नु हुने कोच कविराज नेगी लामा ज्युलाई हार्दिक बधाई ! नेपाली खेल क्षेत्रलाई यो ऐतिहासिक सफलता दिलाउनु हुने यहाँहरूमा आभार!
-
Gagan Thapa
@thapagk
भ्रष्टाचारबिरुद्धको अभियानमा जो जहाँ छौं, त्यहीबाट आवाज उठाऔं, खबरदारी गरौं, दबाब दिऔं।
नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ, सदन र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्नेछ। भोलिको कार्यक्रमहरु प्रति ऐक्यबद्धता । -
Gagan Thapa
@thapagk
हाम्रा अग्रज, लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनले स्तब्ध भएका छौँ।
मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार, आफन्तजन तथा शुभचिन्तक सम्पूर्णमा हार्दिक समवेदना ! -
Gagan Thapa
@thapagk
सुशासन, विनियोजन विधेयक र बजेट
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा भुटानी शरणार्थीको प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान प्रशंसनीय छ। 'नेता होस कि, नाता होस' यस प्रक्रियामा दोषी कोही कसैले उन्मुक्ति पाउनुहुँदैन।
विनियोजन विधेयकका सन्दर्भमा सबै बजेट 'लक' भएर छापिने अवस्थामा रहेको बेला भइरहेको छलफल कर्मकाण्डी जस्तो भएको छ। यो प्रक्रियामा सरकार र सदन जोडिनुपर्छ। हामीले यसमा अन्यत्रको महिनौँ अगाडि देखी छलफल गर्ने असल अभ्यास अनुसरण गरेर असल परिपाटीको सुरुवात गर्न सकिन्छ। विभिन्न विधामा बजेट विनियोजन भए पनि अपनत्व नभएका कारण धेरै कार्यक्रम अलपत्र छन। अर्थतन्त्रमा रोग लागेको समयमा बजेट निर्माणमा संरचनागत सुधारका लागी अर्थमन्त्री ज्युले विश्वास दिलाउने गरी काम गर्नुपर्नेछ। अर्थमन्त्री ज्यु कठोर कदम चाल्न र जोखिम उठाउन तयार हुनुपर्छ ।This media couldn't be displayed. See it on the original post. -
Gagan Thapa
@thapagk
कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !
-
Gagan Thapa
@thapagk
'बुद्धं शरणं गच्छामी।'
२५६७ औँ बुद्ध जयन्ती तथा साकेला उभौली पर्वको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना! -
Gagan Thapa
@thapagk
काठमाडौँ महानगर प्रमुखमा बालेन शाह,उपप्रमुखमा सुनिता डङ्गोल तथा महानगरका निर्वाचित सबै जनप्रतिनिधिहरूलाई हार्दिक बधाई तथा शुभकामना!
काठमाडौंवासीले भोगेका समस्या समाधान गर्दै 'लिभेवल काठमाडौँ' बनाउने अभियानमा काठमाडौँको एक सांसदको रूपमा म महानगरको टिमसंग सधैँ साथमा रहनेछु। -
Gagan Thapa
@thapagk
वायु प्रदूषण न्यूनीकरण गर्न तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने पहलकदमीका सन्दर्भमा सदनमा हामी चार जना सांसदले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छौँ। @speaker_nepal वायु प्रदूषणको विषयलाई प्राथमिकतामा राखेर अबको बैठकमा छलफल गराउनु हुनेछ भन्ने आशा राखेका छौँ ।
-
Gagan Thapa
@thapagk
हर्कपुर गैँडाकोटका आयोजित @fineprintbooks फाइनप्रिन्ट फिभर घुम्ती साहित्य महोत्सवमा यहीँ फागुन २९ गते शनिबार, म ‘देशजगत्’ विषयमा @Jibalamichhane सँग संवाद गर्न आउदैछु।
-
Gagan Thapa
@thapagk
कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति!
सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन। -
Gagan Thapa
@thapagk
स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय"काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु"!
यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा@PM_Nepalबरु सिधै भनिदिनुस्"सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ" -
Gagan Thapa
@thapagk
कृषि मन्त्री @gsbhusalज्यूले केही हप्ता अगाडि सार्वजनिक गर्नुभएको नीतिगत अवधारणा र महासंकटको समयमा कृषि क्षेत्रमा गर्नुपर्ने कामका सन्दर्भमा आज मेराे धारणा उहाँलाई बुझाएको छु।विश्वास छ,कृषिमा सार्थक परिवर्तनकाे उहाँको प्रयत्नमा केही मद्दत पुर्याउनेछ।drive.google.com/file/d/1oMh_yJlQz6L8IMG8fb0uiGLXJ5VrcTRd…
-
Gagan Thapa
@thapagk
.@PM_Nepal दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ?मलाइ त म यिनको प्रतिनिधि हो भन्ने सोच्दा लज्जाबोध हुन्छ।यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ!
केही नगर्ने हो भने यिनका आँसुले पोल्नेछ।यिनको व्यवस्थापनका उपाय छन्।हामी छलफल गर्न चाहन्छौं।बोलाउनुस,मिलेर काम गरौं। -
Gagan Thapa
@thapagk
नेपथ्यको कन्सर्ट भने पछि जानका लागि को उत्साहित नहोला र? त्यस माथि यो सांगीतिक साँझ शिक्षाका लागि समर्पित छ। म त जाँदै छु, अनि तपाईं नि?

























































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































